व्यवस्थाविवरण 6:4

अनलक शाब्दिक बाइबल

हे इस्राएल हो, सुनः पमरप्रभु हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ तिमो 2:5 : 5 किनभने परमेश्‍वर एकमात्र हुनुहुन्छ, मानिस र परमेश्‍वरको बीच केवल एकमात्र मध्यस्तकर्ता, मानिस ख्रीष्‍ट येशू हुनुहुन्छ ।
  • मर 12:29-32 : 29 येशूले जवाफ दिनुभयो, “सबैभन्दा महत्त्‍वपूर्णचाहिँ यो हो, ‘सुन, हे इस्राएल, परमप्रभु हाम्रा परमेश्‍वर, परमप्रभु एक मात्र हुनुहुन्छ । 30 तिमीले आफ्ना परमप्रभु परमेश्‍वरलाई आफ्ना सारा हृदय, सारा प्राण, सारा मन र सारा शक्‍तिले प्रेम गर्नुपर्दछ ।’ 31 दोस्रो आज्ञा यो हो, ‘आफ्नो छिमेकीलाई आफुलाई जस्तै प्रेम गर्नुपर्छ ।’ योभन्दा अरू कुनै ठुलो आज्ञा छैन ।” 32 शास्‍त्रीले भने, “हे असल गुरुज्यू! परमेश्‍वर एक मात्र हुनुहुन्छ र उहाँबाहेक अरू कोही पनि छैन भनी तपाईंले साँचो भन्‍नुभएको छ ।
  • यूह 10:30 : 30 म र पिता एक हौँ ।”
  • यशा 44:6 : 6 इस्राएलका राजा, त्यसको उद्धारक, सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “म नै पहिलो हुँ र म नै अन्तिम हुँ । र मबाहेक अरू कुनै परमेश्‍वर छैन ।
  • यशा 45:5-6 : 5 म परमप्रभु हुँ र त्‍यहाँ अरू कुनै छैन । मबाहेक कोही परमेश्‍वर छैन । तैंले मलाई नचिनेको भए तापनि म तँलाई युद्धको निम्ति सुसज्‍जित पार्नेछु । 6 ताकि सूर्य उदाउने ठाउँदेखि, र पश्‍चिमदेखि मानसिहरूले मबाहेक कुनै ईश्‍वर छैन भनी जानून्, म परमप्रभु हुँ र अरू कोही छैन ।
  • यिर्मि 10:10-11 : 10 तर परमप्रभु नै साँचो परमेश्‍वर हुनुहुन्छ । उहाँ नै जीवित परमेश्‍वर र अनन्तका राजा हुनुहुन्छ । उहाँको रिसमा पृथ्वी हल्लिन्छ, र जातिहरूले उहाँको रिस सहन सक्दैनन् । 11 तपाईं तिनीहरूसित यसरी बोल्नुहुन्छ, “स्वर्ग र पृथ्वी नबनाउने देवताहरू पृथ्वीबाट र यी आकाशको तलबाट नष्‍ट हुनेछन् ।
  • यशा 44:8 : 8 नडरा अर्थात् भयभित हो । के मैले धेरै पहिले नै यो तँलाई घोषणा गरेको र सुचना दिएको होइन र? तिमीहरू मेरा गवाहीहरू हौः “के मबाहेक अरू कुनै परमेश्‍वर छ र? त्‍यहाँ अरू कुनै चट्टान छैन । म यस्ता कुनैलाई चिन्दिनँ ।”
  • यूह 17:3 : 3 यो अनन्त जीवन होः तिनीहरूले तपाईंलाई अर्थात् एक मात्र साँचा परमेश्‍वर, र जसलाई तपाईंले पठाउनुभएको छ अर्थात् येशू ख्रीष्‍टलाई चिनून् ।
  • यशा 42:8 : 8 म परमप्रभु हुँ, मेरो नाउँत्यही हो । म आफ्‍नो महिमा अर्कोलाई दिनेछैन न म आफ्‍नो प्रशंसा मूर्तीहरूलाई दिन्‍छु ।
  • १ कोरि 8:4-6 : 4 त्यसकारण, मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा हामीलाई थाहा छ कि “यस संसारमा भएको मूर्ति केही पनि होइन” र एक मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ । 5 धेरै देवताहरू र प्रभुहरू भएजस्तै आकाशमा वा पृथ्‍वीमा नाम मात्रका देवताहरू होलान् । 6 तर हाम्रा निम्ति “परमेश्‍वर पिता एक मात्र हुनुहुन्छ, जसबाट नै सबै कुरा हुन आए, र हामी उहाँकै निम्ति जिउँछौ; र एउटै प्रभु येशू ख्रीष्‍ट जसद्वारा सबै कुरा अस्तित्वमा आउँछन् र जसद्वारा नै हामी अस्तित्वमा छौँ ।”
  • व्यव 4:35-36 : 35 तिमीहरूलाई नै यी कुराहरू देखाइए ताकि तिमीहरूले परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ र उहाँबाहेक अरू कोही ईश्‍वर छैन भनी तिमीहरूले जान्‍न सक । 36 तिमीहरूलाई निर्देशन दिन उहाँले स्वर्गबाट आफ्नो आवाज तिमीहरूलाई दिनुभयो । पृथ्वीमा उहाँले आफ्नो दन्कने आगो तिमीहरूलाई देखाउनुभयो । तिमीहरूले आगोको बिचबाट उहाँका वचन सुन्यौ ।
  • व्यव 5:6 : 6 'तिमीहरूलाई मिश्रदेश अर्थात् दासत्वको देशबाट ल्याउने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
  • १ राजा 18:21 : 21 एलिया सबै मानिसका नजिक आई भने, “कहिलेसम्म तिमीहरू आफ्नो मन बद्लिरहन्छौ? परमप्रभु नै परमेश्वर हुनुहुन्छ भने उहाँको पछि लाग । तर बाल परमेश्वर हो भने त्यसको पछि लाग ।” तापनि मानिसहरूले तिनलाई जवाफ दिएनन् ।
  • १ इति 29:10 : 10 दाऊदले सबै सभाको उपस्‍थितिमा परमप्रभुलाई धन्‍यवाद दिए । तिनले भने, “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्‍वर, सदासर्वदा तपाईंको प्रशंसा होस्‌ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 12:28-30
    3 पदहरू
    84%

    28शास्‍त्रीहरूमध्येका एक जना आए र तिनीहरूका छलफल सुने । येशूले तिनीहरूलाई राम्रो जवाफ दिनुभएको तिनले देखे । तिनले उहाँलाई सोधे, “सबैभन्दा महत्त्‍वपूर्ण आज्ञा कुन हो?”

    29येशूले जवाफ दिनुभयो, “सबैभन्दा महत्त्‍वपूर्णचाहिँ यो हो, ‘सुन, हे इस्राएल, परमप्रभु हाम्रा परमेश्‍वर, परमप्रभु एक मात्र हुनुहुन्छ ।

    30तिमीले आफ्ना परमप्रभु परमेश्‍वरलाई आफ्ना सारा हृदय, सारा प्राण, सारा मन र सारा शक्‍तिले प्रेम गर्नुपर्दछ ।’

  • व्यव 6:5-6
    2 पदहरू
    82%

    5तिमीहरूले पमरप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय, सारा प्राण र सारा शक्तिले प्रेम गर्नू ।

    6आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू तिमीहरूका हृदयमा राख ।

  • 39त्यसकारण आज यो जान र ह्रदयमा राख कि परमप्रभु नै माथि स्वर्ग र तल पृथ्वीमा परमेश्‍वर हुनुहुन्छ र अरू कोही छैन ।

  • 3त्यसकारण, हे इस्राएल हो, तिनलाई सुन र पालन गर ताकि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध र मह बग्‍ने देशमा तिमीहरूको भलो होस् र तिमीहरू गुणात्मक रूपमा वृद्धि हुन सक ।

  • 35तिमीहरूलाई नै यी कुराहरू देखाइए ताकि तिमीहरूले परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ र उहाँबाहेक अरू कोही ईश्‍वर छैन भनी तिमीहरूले जान्‍न सक ।

  • १ राजा 8:60-61
    2 पदहरू
    75%

    60ताकि पृथ्वीका सबै जातिले परमप्रभु नै परमेश्वर हुनुहुन्छ र उहाँबाहेक अर्को ईश्वर छैन भनी जानून् ।

    61त्यसकारण, आजको दिनमा झैँ परमप्रभु हाम्रा परमेश्वरका विधिविधानहरू र उहाँका आज्ञाहरू पालन गर्न तिमीहरूको ह्रदय उहाँप्रति साँचा होऊन् ।

  • व्यव 5:6-7
    2 पदहरू
    74%

    6'तिमीहरूलाई मिश्रदेश अर्थात् दासत्वको देशबाट ल्याउने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।

    7तिमीहरूले मेरो सामु अन्य कुनै देवी-देवता नमान्‍नू ।

  • 3मेरो अगि अरू कुनै देवी-देवता नमान्‍नू ।

  • 32शास्‍त्रीले भने, “हे असल गुरुज्यू! परमेश्‍वर एक मात्र हुनुहुन्छ र उहाँबाहेक अरू कोही पनि छैन भनी तपाईंले साँचो भन्‍नुभएको छ ।

  • 2“इस्राएलका मानिसहरूलाई यसो भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।

  • 1¶ हे इस्राएलका घराना हो, परमप्रभुले तिमीहरूलाई घोषणा गरिरहनुभएको वचन सुन ।

  • 20हे परमप्रभु, तपाईंजस्‍तो अरू कोही छैन । हामीले सधैंभरि सुनेका छौं कि तपाईंबाहेक अरू कोही परमेश्‍वर छैन ।

  • 4तर मिश्रदेशदेखि नै म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । मबाहेक अर्को कुनै परमेश्‍वर छैन भनी तिमीहरूले स्‍वीकार गर्नुपर्छ । र मबाहेक कुनै अर्को उद्धारकर्ता छैन भनी तिमीहरूले स्‍वीकार गर्नुपर्छ ।

  • 1¶ अब यर्दन पारि गई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले पालन गरून् भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सिकाउन भनी मलाई दिनुभएका आदेश र विधिविधानहरू यिनै हुन् ।

  • 11विशेष ध्यान देऊ, ताकि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर

  • 5प्रभु एउटै हुनुहुन्छ, विश्‍वास एउटै हो, र बप्‍तिसमा पनि,

  • 2परमेश्‍वर मोशासित बोल्नुभयो र भन्‍नुभयो, “म परमप्रभु हुँ ।

  • 6इस्राएलका राजा, त्यसको उद्धारक, सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “म नै पहिलो हुँ र म नै अन्तिम हुँ । र मबाहेक अरू कुनै परमेश्‍वर छैन ।

  • 9परमप्रभु सारा पृथ्वीका राजा हुनुहुनेछ । त्यस दिन एक मात्र परमेश्‍वर परमप्रभु हुनुहुनेछ, र उहाँको नाउँ मात्र रहनेछ ।

  • 4मूल्यहीन मूर्तिहरूलाई नपछ्‍याओ, न त आफ्नै निम्ति धातुका ईश्‍वरहरू बनाओ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।

  • 17तिमीहरूलाई आज्ञा गर्नुभएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू, उहाँका गम्भीर आदेशहरू र उहाँका विधिहरू दत्तचित्तसाथ पालन गर्नू ।

  • 22यसकारण, हे परमप्रभु परमेश्‍वर, तपाईं महान् हुनुहुन्छ, किनकि तपाईंजस्तो कोही पनि छैन र तपाईंबाहेक कुनै परमेश्‍वर छैन, जस्तो हाम्रा आफ्नै कानले हामीले सुनेका छौं ।

  • 12अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट चाहनुभएका कुराहरू यिनै हुन्: परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान; उहाँका सबै मार्गमा हिँड; उहाँलाई प्रेम गर; परमप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय र सारा प्राणले आराधना गर;

  • 31यसैकारण तिमीहरूले मेरा आज्ञा मान्‍नू र तीअनुसार हिँड्नू । म परमप्रभु हुँ ।

  • 14तिनले भने, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, स्वर्ग र पृथ्वीमा तपाईंजस्तो कुनै पनि परमेश्‍वर छैन, जसले आफ्‍नो सारा हृदयले तपाईंको मार्गमा जाग्‍ने आफ्‍ना सेवकहरूसँग आफ्‍नो अटुट प्रेमको करार बाँध्‍नुहुन्छ ।

  • 16आज परमप्रभु तिमीहरूका परमेश्‍वरले यी विधिविधानहरू पालन गर्न तिमीहरूलाई आज्ञा गर्दै हुनुहुन्छ । त्यसकारण, तिमीहरूका सारा ह्रदय र सारा प्राणले तिनको पालन गर र तिनलाई मान ।

  • व्यव 27:9-10
    2 पदहरू
    71%

    9मोशा र पुजारी अर्थात् लेवीहरूले सारा इस्राएलीलाई भने, “हे इस्राएली हो, मौन भएर सुन । आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको जाति भएका छौ ।

    10त्यसकारण, आज मैले तिमीहरूलाई दिएका आज्ञा र विधिहरूसाथै परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा पालन गर ।”

  • व्यव 6:13-15
    3 पदहरू
    71%

    13परमप्रभु तिमीहरूका परमेश्‍वरको आदर गर्नू; उहाँको मात्र आराधना गर्नू र उहाँको नाउँमा शपथ खानू ।

    14तिमीहरूका वरिपरि भएका जाति-जातिहरूका देवी-देवताहरूको पछि नलाग्‍नू,

    15किनकि तिमीहरूका बिचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुनुहुन्छ । तिमीहरूले त्यसो गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरको क्रोध तिमीहरूका विरुद्धमा दन्कने छ र उहाँले तिमीहरूलाई पृथ्वीको धूलोबाट नष्‍ट पार्नुहुने छ ।

  • 14उहाँ परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, समस्‍त पृथ्‍वीमा उहाँका फैसलाहरू रहन्‍छन्‌ ।

  • 9तिमीहरूका माझमा कुनै विदेशी देवता हुनेथिएन । तिमीहरूले कुनै पनि विदेशी देवता पुजा गर्नुहुँदैन ।

  • 7किनकि हामीले जहिलेसुकै पुकारा गर्दा हाम्रा परमप्रभु परमेश्‍वर जत्ति नजिक हुनुहुन्छ, त्यति अर्को कुन जातिको ईश्‍वर नजिक छ?

  • 1¶ त्यसकारण परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्नू, र उहाँका निर्देशन, उहाँका विधिविधानहरू र उहाँका आज्ञाहरू सधैँ पालन गर्नू ।

  • 1¶ अब हे इस्राएली हो, मैले तिमीहरूलाई सिकाउनै लागेका विधिविधानहरूलाई सुन । तिनको पालन गरी तिमीहरू जीवित होऊ र परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा गएर त्यसलाई अधिकार गर ।

  • 6ताकि सूर्य उदाउने ठाउँदेखि, र पश्‍चिमदेखि मानसिहरूले मबाहेक कुनै ईश्‍वर छैन भनी जानून्, म परमप्रभु हुँ र अरू कोही छैन ।

  • 13तिमीहरूका सारा ह्रदय र सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न र उहाँको सेवा गर्न आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू तिमीहरूले दत्तचित्तसाथ पालन गर्‍यौ भने

  • 9अनि यहोशूले इस्राएलका मानिसहरूलाई भने, “यहाँ आओ, र परमप्रभु तिमीहरूका परमेश्‍वरको वचन सुन ।

  • 4हे याकूबका घराना र इस्राएलको घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन ।

  • 33र मैले नै तिमीहरूका परमेश्‍वर हुनको निम्ति तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ । म परमप्रभु हुँ ।

  • 24'परप्रभुले तिमीहरूलाई आशिष् दिनुभएको होस् र रक्षा गर्नुभएको होस् ।

  • 6तर हाम्रा निम्ति “परमेश्‍वर पिता एक मात्र हुनुहुन्छ, जसबाट नै सबै कुरा हुन आए, र हामी उहाँकै निम्ति जिउँछौ; र एउटै प्रभु येशू ख्रीष्‍ट जसद्वारा सबै कुरा अस्तित्वमा आउँछन् र जसद्वारा नै हामी अस्तित्वमा छौँ ।”

  • 2परमप्रभु हाम्रा परमेश्‍वरले होरेबमा हामीसित करार बाँध्‍नुभयो ।

  • 17किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै देवहरूका परमेश्‍वर र प्रभुहरूका प्रभु, महान् परमेश्‍वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ जसले कसैको पक्षपात गर्नुहुन्‍न र घुस लिनुहुन्‍न ।