निर्गमन 20:3

अनलक शाब्दिक बाइबल

मेरो अगि अरू कुनै देवी-देवता नमान्‍नू ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 5:7 : 7 तिमीहरूले मेरो सामु अन्य कुनै देवी-देवता नमान्‍नू ।
  • व्यव 6:5 : 5 तिमीहरूले पमरप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय, सारा प्राण र सारा शक्तिले प्रेम गर्नू ।
  • व्यव 6:14 : 14 तिमीहरूका वरिपरि भएका जाति-जातिहरूका देवी-देवताहरूको पछि नलाग्‍नू,
  • भजन 81:9 : 9 तिमीहरूका माझमा कुनै विदेशी देवता हुनेथिएन । तिमीहरूले कुनै पनि विदेशी देवता पुजा गर्नुहुँदैन ।
  • यिर्मि 25:6 : 6 त्यसैले अरू देवताहरूको पुजा गर्न वा तिनीहरूको सामु निहुरिन तिनीहरूको पछि नलाग, र उहाँले तिमीहरूको हानि गर्ने गरी तिमीहरूका हातले बनाएका कामबाट उहँलाई रिस नउठाओ ।”
  • यिर्मि 35:15 : 15 मैले तिमीहरूकहाँ मेरा सबै दास, अगमवक्ताहरू पठाएँ । यसो भन्‍न मैले तिनीहरूलाई निरन्‍तर पठाएँ, 'हरेक मानिस आफ्नो दुष्‍ट चालबाट फर्कोस् र त्यसले असल कामहरू गरोस् । कोही पनि अरू देवताहरूको पछि लाग्‍ने र तिनीहरूको पुजा गर्ने काम नगरोस् । बरु, मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएको देशमा फर्केर आओ ।' तापनि तिमीहरूले मेरो कुरा सुन्‍दैनौ वा ध्यानै दिंदैनौ ।
  • मत्त 4:10 : 10 त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “शैतान, यहाँबाट गइहाल्! किनकि यसो लेखिएको छ, ‘तैँले परमप्रभु आफ्ना परमेश्‍वरको मात्र आराधना गर्नेछस्, र तैँले उहाँको मात्र सेवा गर्नेछस्’ ।”
  • यशा 46:9 : 9 पहिलेका कुराहरू अर्थात् विगतका समयहरूका बारेमा विचार गर, किनकि म परमेश्‍वर हुँ र त्‍यहाँ अरू कोही छैन । म परमेश्‍वर हुँ र मजस्तो अरू कोही छैन ।
  • भजन 73:25 : 25 स्वर्गमा तपाईंबाहेक मेरो को छ र? पृथ्‍वीमा मैले इच्‍छा गर्ने तपाईंबाहेक अरू कोही छैन ।
  • यशा 44:8 : 8 नडरा अर्थात् भयभित हो । के मैले धेरै पहिले नै यो तँलाई घोषणा गरेको र सुचना दिएको होइन र? तिमीहरू मेरा गवाहीहरू हौः “के मबाहेक अरू कुनै परमेश्‍वर छ र? त्‍यहाँ अरू कुनै चट्टान छैन । म यस्ता कुनैलाई चिन्दिनँ ।”
  • यशा 26:4 : 4 सदासर्वदा परमप्रभु विश्‍वास गर । किनभने परमप्रभु, परमप्रभु नै अनन्त चट्टान हुनुहुन्छ ।
  • निर्ग 15:11 : 11 हे परमप्रभु, देवहरूका बिचमा तपाईंजस्तो को छ र? पवित्रतामा तपाईं वैभवशाली, प्रशंसामा आदरणीय, आश्‍चर्यकर्म गर्नुहुने तपाईंजस्तै को छ र?
  • एफिसी 5:5 : 5 तिमीहरूले यो निश्‍चय गर, कि कुनै कामुक रूपमा अनैतिक, अशुद्ध, वा लालसित व्यक्तिले ख्रीष्‍ट र परमेश्‍वरको राज्यमा कुनै उत्तराधिकार पाउँदैन, किनकि त्यो मूर्तिपूजक हो ।
  • १ यूह 5:20-21 : 20 तर हामी जान्दछौँ, कि परमेश्‍वरका पुत्र आउनुभएको छ र हामीलाई समझशक्‍ति दिनुभएको छ, कि जो सत्य हुनुहुन्छ हामी उहाँलाई चिनौँ, र जो सत्य हुनुहुन्छ हामी उहाँमा र उहाँका पुत्र येशू ख्रीष्‍टमा पनि छौँ । उहाँ साँचो परमेश्‍वर र अनन्त जीवन हुनुहन्छ । 21 प्रिय बालकहरू हो, तिमीहरू आफैँलाई मूर्तिहरूबाट अलग राख ।
  • प्रका 19:10 : 10 उनलाई आराधना गर्न म उनको खुट्टा अगाडि घोप्टो परेँ, तर उनले मलाई “यसो नगर भन्‍नुभयो, किनभने म येशूको बारेमा गवाही राख्‍ने तिम्रा भाइहरू र एक सङ्गी दास मात्र हुँ । परमेश्‍वरको आराधना गर, किनभने येशूको बारेमा भएको गवाही अगमवाणीका आत्‍मा हुनुहुन्छ ।”
  • प्रका 22:9 : 9 तिनले मलाई भने, “त्यसो नगर । तिम्रा दाजुभाइ अगमवक्‍ताहरू र यस पुस्तकको वचन पालना गर्नेहरूका म सङ्गी दास मात्र हुँ । परमेश्‍वरको आराधना गर ।”
  • फिलि 3:19 : 19 तिनीहरूको नतिजा विनाश हो । किनकि तिनीहरूको ईश्‍वर तिनीहरूको पेट हो, र तिनीहरूको शर्ममा तिनीहरूको घमण्ड छ । तिनीहरू सांसारिक कुराहरूका बारेमा विचार गर्दछन् ।
  • कलस्सी 2:18 : 18 नम्रताको चाहना र स्वर्गदूतहरूको आराधनाद्वारा कसैको इनाम नखोसिएको होस् । यस्तो व्यक्‍तिले उसले देखेका कुराहरूमा मन लगाउँछ र उसको शारीरिक विचारद्वारा घमण्डी बन्दछ ।
  • १ कोरि 8:6 : 6 तर हाम्रा निम्ति “परमेश्‍वर पिता एक मात्र हुनुहुन्छ, जसबाट नै सबै कुरा हुन आए, र हामी उहाँकै निम्ति जिउँछौ; र एउटै प्रभु येशू ख्रीष्‍ट जसद्वारा सबै कुरा अस्तित्वमा आउँछन् र जसद्वारा नै हामी अस्तित्वमा छौँ ।”
  • निर्ग 20:23 : 23 तिमीहरूले मबाहेक सुन वा चाँदीको कुनै पनि देवी-देवता नबनाउनू ।
  • यशा 43:10 : 10 परमप्रभु घोषणा गर्नुहुन्छ, “तिमीहरू मेरा गवाहीहरू हौ र मैले चुनेको मेरो सेवक हौ, ताकि तिमीहरूले मलाई चिन र ममा विश्‍वास गर र म उही हुँ भनी बुझ । मभन्‍दा पहिले त्यहाँ कुनै ईश्‍वर बनेको थिएन, र न मपछि कुनै ईश्‍वर हुनेछ ।
  • यहो 24:18-24 : 18 त्यसपछि त्यो भूमिमा बसोबास गर्ने एमोरीहरूलगायत सबै मानिसलाई हाम्रो सामु धपाउनुभयो । त्यसैले हामी पनि परमप्रभुको सेवा गर्छौं किनकि उहाँ हाम्रो परमेश्‍वर हुनुहुन्छ । 19 तर यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुको सेवा गर्न सक्‍दैनौ, किनभने उहाँ पवित्र हुनुहुन्छ, उहाँ डाही परमेश्‍वर हुनुहुन्छ; उहाँले तिमीहरूका पाप र अपराधलाई क्षमा गर्नुहुने छैन । 20 यदि तिमीहरूले परमप्रभुलाई त्याग्यौ र विदेशी देवताहरू पुज्यौ भने उहाँ फर्कनुहुने छ र तिमीहरूलाई हानि गर्नुहुने छ । उहाँले तिमीहरूलाई असल गर्नुभएपछि तिमीहरूलाई नष्‍ट पार्नुहुने छ ।” 21 तर मानिसहरूले यहोशूलाई भने, “होइन, हामी परमप्रभुको आराधना गर्ने छौँ । 22 त्यसपछि यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुको आराधना गर्ने छौ भनी आफैले चुनेका छौ भनी तिमीहरूको विरुद्धमा तिमीहरू आफै साक्षीहरू हौ । तिनीहरूले भने, “हामी साक्षी छौँ ।” 23 “अहिले तिमीहरूसँग भएका विदेशी देवताहरू फ्याँक, र तिमीहरूका हृदय परमप्रभु इस्राएलतिर फर्काओ ।” 24 मानिसहरूले यहोशूलाई भने, “हामीले परमप्रभु हाम्रा परमेश्‍वको नै आराधना गर्ने छौँ । हामी उहाँको सोर सुन्‍ने छौँ ।
  • २ राजा 17:29-35 : 29 हरेक जातिले आ-आफ्ना देवताहरू बनाए, अनि सामरीहरूले बनाएका उच्‍च थानहरूमा तिनलाई राखे । आफू बसोबास गर्ने ठाउँमा हरेक जातिले त्‍यसै गरे । 30 बेबिलोनका मानिसहरूले सुक्‍कोन-बनोत बनाए, कूताका मानिसहरूले नेर्गल बनाए, हमातका मानिसहरूले अशीमा बनाए, 31 अव्वीहरूले नेभज र तर्ताक बनाए । सपर्बेमीहरूले आफ्ना देवता अद्रम्मलेक र अनम्मलेकका निम्ति आफ्ना छोराछोरीलाई आगोमा जलाए । 32 तिनीहरूले परमप्रभुको पनि आदर गरे, र तिनीहरूका बिचबाट उच्‍च थानहरूमा पुजारीहरू नियुक्त गरे, जसले उच्‍च स्‍थानमा निर्मित मन्दिरहरूमा आफ्‍ना निम्ति बलि चढाए । 33 तिनीहरूले परमप्रभुलाई आदर गर्थे र जुन जातिहरूबाट आफू ल्याइएका थिए तिनीहरूकै प्रचलनअनुसार आ-आफ्नै देवताहरूको पनि पुज्थे । 34 आजको दिनसम्म तिनीहरू आफ्‍ना पुराना प्रचलनहरूमा लागेकै छन् । तिनीहरूले न परमप्रभुलाई आदर गर्छन्, न त परमप्रभुले इस्राएल नाउँ दिनुभएको याकूबका मानिसहरूलाई उहाँले दिनुभएका विधिहरू, उर्दीहरू, व्यवस्था वा आज्ञाहरू नै तिनीहरूले पालन गर्छन्— 35 अनि तिनीहरूसित परमप्रभुले करार बाँध्‍नुभयो र तिनीहरूलाई आज्ञा दिनुभयो, “तिमीहरूले अन्य देवताहरूको भय मान्‍ने छैनौ, न तिनीहरूको सामु निहुरिनेछौ, न तिनीहरूकको पुजा गर्नेछौ न त तिनीहरूलाई बलि चढाउनेछौ ।
  • भजन 29:2 : 2 परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमाको श्रेय देओ । पवित्रतामा सुहाउँदो भएर परमप्रभुलाई दण्डत गर ।
  • यशा 45:21-22 : 21 नजिक आओ र मलाई यो घोषणा गर, प्रमाण ल्याओ! तिनीहरूले एकसाथ षड्यन्त्र गरून् । यसलाई धेरै पहिलेदेखि कसले प्रकट गरेको छ? कसले यो घोषणा गर्‍यो? के यो म परमप्रभुले नै थिएनँ र? ‍मबाहेक त्‍यहाँ अरू कुनै परमेश्‍वर छैन, न्यायी परमेश्‍वर र उद्धारक । मबाहेक कुनै अरू छैन । 22 ए पृथ्वीका अन्‍तिम छेउका हो, मतिर फर्क र बाँच । किनकि म नै परमेश्‍वर हुँ र त्‍यहाँ अरू कोही छैन ।
  • १ कोरि 8:4 : 4 त्यसकारण, मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा हामीलाई थाहा छ कि “यस संसारमा भएको मूर्ति केही पनि होइन” र एक मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • व्यव 5:6-9
    4 पदहरू
    95%

    6'तिमीहरूलाई मिश्रदेश अर्थात् दासत्वको देशबाट ल्याउने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।

    7तिमीहरूले मेरो सामु अन्य कुनै देवी-देवता नमान्‍नू ।

    8आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू ।

    9तिनीहरूका सामु ननिहुरनू न त तिनीहरूको सेवा गर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिने छु ।

  • निर्ग 20:4-5
    2 पदहरू
    85%

    4आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू ।

    5तिनीहरूको अगि ननिहरनू वा तिनीहरूको पूजा नगर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिनेछु ।

  • 23तिमीहरूले मबाहेक सुन वा चाँदीको कुनै पनि देवी-देवता नबनाउनू ।

  • 9तिमीहरूका माझमा कुनै विदेशी देवता हुनेथिएन । तिमीहरूले कुनै पनि विदेशी देवता पुजा गर्नुहुँदैन ।

  • निर्ग 20:1-2
    2 पदहरू
    81%

    1¶ परमेश्‍वरले यी सबै वचन बोल्नुभयोः

    2“म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याएँ ।

  • लैव्य 26:1-2
    2 पदहरू
    81%

    1¶ “तिमीहरूले मूर्तिहरू नबनाउनू, र आफ्नो निम्ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खडा नगर्नू, र आफ्नो भूमिमा खोपिएको ढुङ्गाको प्रतिमूर्ति बनाएर त्यसलाई दण्डवत् नगर्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।

    2तिमीहरूले मेरो शबाथ मान्‍नू र मेरो पवित्रस्थानको आदर गर्नू । म परमप्रभु हुँ ।

  • 4मूल्यहीन मूर्तिहरूलाई नपछ्‍याओ, न त आफ्नै निम्ति धातुका ईश्‍वरहरू बनाओ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।

  • 17तिमीहरूले आफ्ना ढलौटे मूर्तिहरू नबनाउनू ।

  • 14किनकि तिमीहरूले म परमप्रभुबाहेक कुनै देवी-देवतालाई नपुज्नू । म डाह गर्ने परमेश्‍वर हुँ ।

  • व्यव 6:13-15
    3 पदहरू
    80%

    13परमप्रभु तिमीहरूका परमेश्‍वरको आदर गर्नू; उहाँको मात्र आराधना गर्नू र उहाँको नाउँमा शपथ खानू ।

    14तिमीहरूका वरिपरि भएका जाति-जातिहरूका देवी-देवताहरूको पछि नलाग्‍नू,

    15किनकि तिमीहरूका बिचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुनुहुन्छ । तिमीहरूले त्यसो गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरको क्रोध तिमीहरूका विरुद्धमा दन्कने छ र उहाँले तिमीहरूलाई पृथ्वीको धूलोबाट नष्‍ट पार्नुहुने छ ।

  • 4तर मिश्रदेशदेखि नै म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । मबाहेक अर्को कुनै परमेश्‍वर छैन भनी तिमीहरूले स्‍वीकार गर्नुपर्छ । र मबाहेक कुनै अर्को उद्धारकर्ता छैन भनी तिमीहरूले स्‍वीकार गर्नुपर्छ ।

  • 4तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्यसरी आराधना नगर्नू ।

  • निर्ग 20:7-9
    3 पदहरू
    76%

    7परमप्रभु तिमीहरूका परमेश्‍वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि म निरपराध छोड्नेछैनँ ।

    8मेरो लागि शबाथ अलग गर्नुपर्छ भनी याद राख्‍नू ।

    9तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र काम गर्नुपर्छ ।

  • 2“इस्राएलका मानिसहरूलाई यसो भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।

  • 22तिमीहरूले आफ्ना लागि कुनै चोखा ढुङ्गा खडा नगर्नू जसलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्छ ।

  • 33र मैले नै तिमीहरूका परमेश्‍वर हुनको निम्ति तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ । म परमप्रभु हुँ ।

  • 32तिनीहरूसित वा तिनीहरूका देवी-देवताहरूसित करार नबाँध्‍नू ।

  • २ राजा 17:35-38
    4 पदहरू
    76%

    35अनि तिनीहरूसित परमप्रभुले करार बाँध्‍नुभयो र तिनीहरूलाई आज्ञा दिनुभयो, “तिमीहरूले अन्य देवताहरूको भय मान्‍ने छैनौ, न तिनीहरूको सामु निहुरिनेछौ, न तिनीहरूकको पुजा गर्नेछौ न त तिनीहरूलाई बलि चढाउनेछौ ।

    36तर महान् शक्ति र उठेका हातहरूले तिमीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभुलाई मात्र तिमीहरूले आदर गर्नुपर्छ । तिमीहरूले उहाँलाई मात्र दण्डवत् गर्नुपर्छ, र उहाँलाई मात्र बलि चढाउनुपर्छ ।

    37उहाँले तिमीहरूका निम्ति लेख्‍नुभएका विधिहरू र उर्दीहरू, व्यवस्था र आज्ञाहरूलाई तिमीहरूले सदासर्वदा पालन गर्नेछौ । त्यसैले तिमीहरू अन्य देवताहरूको डर मान्‍नुहुँदैन,

    38र मैले तिमीहरूसित बाँधेको करार तिमीहरूले बिर्सनेछेनौ, न त तिमीहरूले अन्य देवताहरूको आदर गर्नेछौ ।

  • निर्ग 20:13-17
    5 पदहरू
    76%

    13कसैको हत्या नगर्नू ।

    14कसैसित व्यभिचार नगर्नू ।

    15कसैबाट केही नचोर्नू ।

    16आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।

    17आफ्नो छिमेकीको घरको लालच नगर्नू; आफ्नो छिमेकीकी पत्‍नीको लालच नगर्नू; आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।”

  • 6त्यसैले अरू देवताहरूको पुजा गर्न वा तिनीहरूको सामु निहुरिन तिनीहरूको पछि नलाग, र उहाँले तिमीहरूको हानि गर्ने गरी तिमीहरूका हातले बनाएका कामबाट उहँलाई रिस नउठाओ ।”

  • 24तिमीहरू तिनीहरूका देवी-देवताहरूको सामु ननिहरनू, तिनीहरूको पूजा नगर्नू न त तिनीहरूले गरेजस्तै गर्नू । बरु तिमीहरूले तिनीहरूलाई बिलकुलै नाश गरिदिनू र तिनीहरूका ढुङ्गाका मूर्तिहरूलाई टुक्राटुक्रा पारिदिनू ।

  • व्यव 6:4-5
    2 पदहरू
    74%

    4हे इस्राएल हो, सुनः पमरप्रभु हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ ।

    5तिमीहरूले पमरप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय, सारा प्राण र सारा शक्तिले प्रेम गर्नू ।

  • 3मैले आज्ञा नगरेको अन्य देवताहरूको पछि लागेर तिनीहरूको पुजा गर्‍यो भने वा सूर्य, चन्द्रमा वा कुनै पनि आकाशीय पिण्डलाई ढोग्यो भने,

  • 20परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान । उहाँको आराधना गर । उहाँमै टाँसिरहो, र उहाँको नाउँमा मात्र शपथ खाओ ।

  • 35तिमीहरूलाई नै यी कुराहरू देखाइए ताकि तिमीहरूले परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ र उहाँबाहेक अरू कोही ईश्‍वर छैन भनी तिमीहरूले जान्‍न सक ।

  • 39त्यसकारण आज यो जान र ह्रदयमा राख कि परमप्रभु नै माथि स्वर्ग र तल पृथ्वीमा परमेश्‍वर हुनुहुन्छ र अरू कोही छैन ।

  • 23सावधान बस ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित बाँध्‍नुभएको करार तिमीहरूले नभुल र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई निषेध गर्नुभएको कुनै पनि कुराको प्रतिमूर्ति नबनाओ ।

  • 7मैले तिनीहरूलाई भनें, “हरेक मानिसले आफ्‍ना दृष्‍टिबाट घिनलाग्‍दा कुराहरू र मिश्रदेशका मूर्तिहरू हटाओस् । आफूलाई अशुद्ध नपार । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।”

  • 20परमप्रभुबाहेक अन्य कुनै देवी-देवतालाई बलिदान चढाउनेलाई पूर्ण रूपमा नष्‍ट गरिनुपर्छ ।

  • 13मैले तिमीहरूलाई भनेका हरेक कुरामा ध्यान देओ । अरू देवी-देवताहरूको चर्चा नगर, न त तिमीहरूका मुखबाट तिनीहरूको नाउँ नै सुनियोस् ।

  • 20के मानिसहरूले आफ्नै लागि ईश्‍वरहरू बनाउँछन् र? तर ति त ईश्‍वरहरू नै होइनन् ।”

  • 41म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूका परमेश्‍वर हुनलाई मिश्र देशबाट ल्याएँ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।”