उपदेशक 2:19

अनलक शाब्दिक बाइबल

किनकि त्यो बुद्धिमान् वा मूर्ख मानिस कुनचाहिँ हुने छ भनी कसलाई थाहा छ र? तापनि सूर्यमूनि मेरो काम र बुद्धिले बनाएको हरेक कुरोमाथि त्यो मालिक हुने छ । यो पनि बाफ हो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उप 3:22 : 22 त्यसैले मानिसको लागि आफ्नो काममा आनन्द लिनुभन्दा उत्तम कुरो छैन भनी फेरि मैले बुझेँ, किनकि त्यो नै त्यसको जिम्मेवारी हो । त्योभन्दा पछि के हुन्छ भनी देखाउन त्यसलाई कसले फर्काएर ल्याउन सक्छ र?
  • उप 9:13 : 13 मैले सूर्यमूनि यस्तो बुद्धि पनि देखेको छु, जसले मलाई निकै प्रभावित पार्‍यो ।
  • लू 16:8 : 8 तब ती मालिकले त्यस अधर्मी व्यवस्थापकको प्रशंसा गरे किनकि उसले चतुर्‍याइँसँग काम गरेको थियो । किनकि आफ्ना मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा यस संसारका सन्तानहरू बढी चतुर हुन्छन् ।
  • याक 1:17 : 17 हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो । ज्योतिका पिताबाट त्यो तल आउँछ । उहाँ बद्‌लिरहने छायाजस्तो बद्‌लिनुहुन्‍न ।
  • याक 3:17 : 17 तर स्वर्गबाट आउने विवेकचाहिँ सर्वप्रथम शुद्ध हुन्छ, त्यसपछि शान्तिप्रिय, कोमल, प्रतिक्रियाशील, कृपा र असल फलले पूर्ण, कमजोर नबनाउने र निष्कपट हुन्छ ।
  • १ राजा 12:14-20 : 14 तिनले युवाहरूको सल्लाह मानी तिनीहरूलाई भने, “मेरा पिताले तिमीहरूमाथि गरुङ्गो जुवा बोकाउनुभएको थियो । म त्यो अझै गरुङ्गो पारिदिने छु । मेरा पिताले तिमीहरूलाई कोर्रा लगाउनुभएको थियो, तर म तिमीहरूलाई बिच्छीहरूले डस्न लगाउने छु ।” 15 यसरी राजाले मानिसहरूको कुरा सुनेनन् किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई उहाँले भन्नुभएको वचन पुरा होस् भनेर परमप्रभुले यस्तो परिस्थिति ल्याउनुभएको थियो । 16 जब सारा इस्राएलको कुरा राजाले नसुनेको तिनीहरूले देखे तब मानिसहरूले तिनलाई जवाफ दिए, “दाऊदमा हाम्रो के हिस्सा छ र? यिशैका छोरामा हाम्रो कुनै उत्तराधिकार छैन! हे इस्राएली हो, आ-आफ्ना पालमा जाओ । हे दाऊद, तिमी आफ्नै घर सम्हाल ।” यसरी इस्राएलीहरू आ-आफ्ना पालमा फर्केर गए । 17 तर रहबाम यहूदाका सहरहरूमा बस्ने इस्राएलीहरूका राजा बने । 18 तब रहबाम राजाले बेगार काममा लगाउने मानिसहरूका जिम्मावाल अदोनीरामलाई पठाए, तर सारा इस्राएलले तिनलाई ढुङ्गाले हानेर मारे । रहबाम राजा आफ्नो रथमा चढेर झट्टै यरूशलेममा भागे । 19 त्यसैले आजको दिनसम्म इस्राएल दाऊदको घरानाको विरुद्धमा बागी बनेको छ । 20 यारोबाम फर्के भनी जब सारा इस्राएलले सुने तिनीहरूको आफ्नो सभामा तिनलाई बोलाउनपठाइ तिनलाई सारा इस्राएलमाथि राजा बनाए । यहूदाको कुलबाहेक दाऊदको परिवारलाई पछ्याउने कोही भएन ।
  • १ राजा 14:25-28 : 25 राजा रहबामको शासनकालको पाँचौँ वर्षमा मिश्रका राजा शीशकले यरूशलेमको विरुद्धमा आक्रमण गरे । 26 तिनले परमप्रभुको मन्दिर र राजको महलका खजानाहरू लिएर गए । तिनले हरेक कुरो लिएर गए । तिनले सोलोमनले बनाएका सुनका ढालहरू पनि लिएर गए । 27 राजा रहबामले तिनको सट्टामा काँसाका ढालहरू बनाए, र राजाको महलको ढोकाहरूको रक्षा गर्ने रक्षकहरूका हातमा जिम्मा दिए । 28 राजा परमप्रभुको मन्दिरमा प्रवेश गर्दा ती रक्षकहरूले ती ढालहरू बोक्थे । त्यसपछि तिनीहरूले ती रक्षक कोठामा ल्याएर राख्ने गर्थे ।
  • २ इति 10:13-16 : 13 अनि ती पाका मानिसका सल्लाहलाई बेवास्‍ता गरेर रहबामले तिनीहरूसँग कठोर किसिमले बोले । 14 ती जवान मानिसका सल्‍लाहको अनुसरण गरेर उनीहरूसँग तिनले यसो भनेर, “मेरा बुबाले तिमीहरूको जुवा गह्रौं बनाउनुभयो, तर म त्‍यसमा थप्‍नेछु। मेरा बुबाले तिमीहरूलाई कोर्राले दण्‍ड दिनुहुन्‍थ्‍यो, तर म तिमीहरूलाई बिच्‍छीहरूले दण्‍ड दिनेछु ।” 15 यसरी राजाले ती मानिसका कुरा सुनेनन्, किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई परमप्रभुले भन्‍नुभएको वचन पूरा हुनलाई परमेश्‍वरले नै यस्‍ता घटनाहरू हुन दिनुभयो । 16 जब राजाले आफ्‍ना कुरा नसुनेका सारा इस्राएलले देखे, तब तिनीहरूले जवाफ दिए र भने, “दाऊदमा हाम्रो के हिस्‍सा छ र? यिशैका छोरामा हाम्रो केही उत्तराधिकार छैन! ए इस्राएल, तिमीहरू हरेका आआफ्‍नै पालमा जानुपर्छ । अब ए दाऊद, तिम्रो आफ्‍नै घरको रेखदेख गर ।” यसैले सबै इस्राएल आआफ्‍ना पालहरूमा फर्के ।
  • २ इति 12:9-9 : 9 यसैले मिश्रदेशका राजा शीशक यरूशलेमको विरुद्ध आए र परमप्रभुको मन्‍दिर कोषहरू र राजाको महलका भण्‍डारका धन-सम्पत्ति लुटेर लगे । तिनले हरेक कुरा लगे । सोलोमनले बनाएका सुनका ढालहरू पनि तिनले लगे । 10 रहबाम राजाले तिनको सट्टामा काँसाका ढालहरू बनाए र राजाका महलको ढोकाहरूका रक्षा गर्ने रक्षकहरूका कमाण्‍डरहरूका जिम्‍मामा दिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उप 2:20-23
    4 पदहरू
    85%

    20त्यसकारण सूर्यमूनि मैले गरेका सबै कामको विषयमा मेरो मन निराश हुन थाल्यो ।

    21किनकि बुद्धि, ज्ञान र सिपले काम गर्ने कुनै मानिस होला, तर त्यसले आफूसित भएका सबै थोक अर्को मानिसलाई छाडिदिने छ । यो पनि बाफ र ठुलो दुर्भाग्य हो ।

    22किनकि सूर्यमूनि कडा मेहनतसाथ काम गर्ने र आफ्नो परिश्रमलाई पुरा गर्न कोसिस गर्ने मानिसले के लाभ पाउँछ र?

    23हरेक दिन त्यसको काम दर्दनाक र तनावग्रस्त हुन्छ । त्यसैले रातमा त्यसको प्राणले विश्राम पाउने छैन । यो पनि बाफजस्तै हो ।

  • उप 2:10-18
    9 पदहरू
    83%

    10मेरा आँखाले चाहेको कुनै पनि कुरो प्राप्‍त गर्नदेखि मैले रोकिनँ । मैले हृदयलाई कुनै पनि सुख-विलास रोकिनँ, किनकि मेरो हृदय मेरा सबै परिश्रममा आनन्दित हुन्थ्यो, र सुख-विलास मेरा सबै कामको लागि इनाम थियो ।

    11तब मेरा हातले सम्पन्‍न गरेका सबै काम र मैले गरेका कामलाई मैले निरीक्षण गरेँ, तर फेरि पनि हरेक थोक बाफ र बतासलाई खेदेजस्तै मात्र थियो । सूर्यमूनि कुनै लाभ थिएन ।

    12तब म बुद्धि, पागलपन र मूर्खताको विषयमा विचार गर्नतिर फर्किएँ । किनकि राजाले पहिले नै गरिसकेको कामभन्दा तिनको पछि आउनेले केचाहिँ बढी गर्न सक्छ र?

    13जसरी अन्धकारभन्दा ज्योति उत्तम हो, त्यसै गरी मूर्खताभन्दा बुद्धिका फाइदाहरू रहेछन् भनी मैले बुझ्न थालेँ ।

    14बुद्धिमान् मानिसले आफ्नो शिरमा भएका आँखा त्यो कहाँ जाँदै छ भनी हेर्न प्रयोग गर्छ, तर मूर्खचाहिँ अन्धकारमा हिँड्छ । तर यी सबैमाथि उही दशा आइपर्छ भनी मलाई थाहा छ ।

    15तब मैले मेरो मनमा भनेँ, “मूर्खलाई जे हुन्छ, मलाई पनि त्यही हुने छ । त्यसैले म ज्यादै बुद्धिमान् भएकोमा केचाहिँ फरक पर्छ त?” मैले मेरो मनमा निष्कर्ष निकालेँ, “यो पनि केवल बाफ हो ।”

    16किनकि मूर्खलाई झैँ बुद्धिमान् मानिसलाई पनि धेरै लामो समयसम्म सम्झँदैन । आउँदा दिनहरूमा हरेक कुरा बिर्सिएको हुने छ । बुद्धिमान् मानिस मूर्खझैँ मर्छ ।

    17सूर्यमूनि गरिएका सबै काम मेरो लागि खराबै मात्र भएकाले मैले जीवनको जाँच गरेँ । यसो हुनुको कारणचाहिँ हरेक कुरो बाफजस्तै हो र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।

    18सूर्यमूनि मैले काम गरेर हासिल गरेका मेरा सबै प्राप्‍तिहरूलाई मैले घृणा गरेँ, किनकि मैले ती मपछि आउनेको लागि छोड्नैपर्छ ।

  • उप 6:11-12
    2 पदहरू
    83%

    11जति धेरै वचन बोलिन्छ, त्यति नै धेरै व्यर्थताको वृद्धि हुन्छ । त्यसो भए, मानिसलाई के लाभ हुन्छ र?

    12किनभने छायाझैँ बितिजाने मानिसको छोटो जीवनमा त्यसको व्यर्थताको बेलामा केचाहिँ असल हो भनी कसलाई थाहा हुन्छ र? सूर्यमूनि मानिसको मृत्यु भएपछि के हुन्छ भनी कसले भन्‍न सक्छ र?

  • उप 8:16-17
    2 पदहरू
    80%

    16बुद्धिलाई जान्‍न र दिन वा रातमा नसुतिकन अक्सर गरिने कामलाई बुझ्न मैले मेरो मन लगाउँदा,

    17मैले परमेश्‍वरका सबै कामलाई सोच विचार गरेँ, र सूर्यमूनि गरिएको कामलाई मानिसले बुझ्न नसक्‍ने रहेछ । जवाफहरू पाउनलाई मानिसले जतिसुकै परिश्रम गरे तापनि उसले ती पाउने छैन । आफूलाई थाहा छ भनी बुद्धिमान् मानिसले सोचे तापनि वास्तवमा उसलाई पनि थाहा छैन ।

  • उप 1:2-3
    2 पदहरू
    80%

    2उपदेशक यसो भन्छन्, “तुवाँलोको बाफ र बतासमा भएको मन्द हावाजस्तै हरेक कुरा व्यर्थ छ, जसले धेरै प्रश्‍न उब्जाउँछ ।

    3मानिसले सूर्यमूनि कठिन परिश्रम गर्दा सारा कामबाट उसले के लाभ पाउँछ र?

  • उप 1:13-14
    2 पदहरू
    79%

    13आकाशमूनि गरिने हरेक कुरोलाई बुद्धिद्वारा अध्ययन गर्न र अनुसन्धान गर्न मैले मेरो मन लगाएँ । त्यो अनुसन्धान एउटा कष्‍टकर काम हो जुन परमेश्‍वरले मानिसहरूलाई व्यस्त राख्‍न दिनुभएको हो ।

    14मैले सूर्यमूनि गरिने सबै काम देखेको छु, र ती सबै व्यर्थ छन् र बतासलाई खेदेजस्तो हो

  • उप 1:16-17
    2 पदहरू
    79%

    16मैले मेरो मनलाई यसो भनेको छु, “हेर्, यरूशलेममा मभन्दा अगि भएका सबैले भन्दा मैले धेरै बुद्धि प्राप्‍त गरेको छु । मेरो मनले धेरै बुद्धि र ज्ञान देखेको छ ।”

    17त्यसैले बुद्धि, पागलपन र मूर्खता जान्‍न मेरो मन लगाएँ । यो पनि बतासको रेखदेख गर्ने कोसिस रहेछ भनी मैले बुझेँ ।

  • 9मैले यी सबै बुझेको छु । सूर्यमूनि गरिने हरेक कामको लागि मैले मेरो मेरो मन लगाएको छु । एउटा मानिसले अर्को मानिसलाई चोट लगाउने गरी थिचोमिचो गर्ने समय पनि छ ।

  • 8वास्तवमा मूर्खलाई भन्दा बुद्धिमान् मानिसलाई केचाहिँ बढी फाइदा छ र? अरू मानिसहरूको सामुन्‍ने कसरी व्यवहार गर्ने भनी गरिब मानिसलाई थाहा भए तापनि त्यसलाई के लाभ हुन्छ र?

  • 22त्यसैले मानिसको लागि आफ्नो काममा आनन्द लिनुभन्दा उत्तम कुरो छैन भनी फेरि मैले बुझेँ, किनकि त्यो नै त्यसको जिम्मेवारी हो । त्योभन्दा पछि के हुन्छ भनी देखाउन त्यसलाई कसले फर्काएर ल्याउन सक्छ र?

  • 8उपदेशक भन्छन्, “व्यर्थ, व्यर्थ, सबै थोक व्यर्थ हुन् ।”

  • उप 4:15-16
    2 पदहरू
    78%

    15मैले देखेँ, कि सूर्यमूनि हरेक जिउँदो मानिस र यताउता हिँडडुल गर्नेहरू त्यही जवान मानिससित हिँड्दै थिए जसले आफ्नो ठाउँ लिनै लागेको थियो ।

    16नयाँ राजाको आज्ञा मान्‍न चाहने सबै मानिसहरूका लागि कुनै अन्त्य छैन, तर पछि तिनीहरूमध्ये धेरैले युवकको प्रशंसा गर्ने छैनन् । निश्‍चय नै यो अवस्था पनि बाफ हो, र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।

  • उप 2:25-26
    2 पदहरू
    77%

    25किनकि परमेश्‍वरविना कसले खान र कुनै पनि किसिमको सुख-विलासमा रमाउन सक्छ?

    26परमेश्‍वरलाई खुसी पार्ने जो कसैलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ । तथापि पापीलाई चाहिँ परमेश्‍वरले उहाँलाई खुसी तुल्याउने मानिसको निम्ति जम्मा गर्ने र थुपार्ने काम दिनुहुन्छ । यो पनि बाफ र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।

  • उप 2:1-3
    3 पदहरू
    77%

    1¶ मैले मेरो मनमा भनेँ, “अब आइज । म तँलाई खुसीले जाँच गर्ने छु । त्यसैले सुख-विलास गर ।” तर यो पनि अस्थायी मन्द बतासमात्र रहेछ ।

    2मैले हाँसोको विषयमा भनेँ, “यो सन्काहा हो,” र सुख-विलासको विषयमा भनेँ, “यसको के फाइदा छ?”

    3दाखमद्यले मेरा इच्छाहरूलाई कसरी तृप्‍त पार्ने भनी मैले मेरो मनमा अन्वेषण गरेँ । मैले अझै मूर्खतालाई पक्रिरहेको भए तापनि मैले मेरो मनलाई बुद्धिद्वारा डोर्‍याइन दिएँ । मानिसहरूको जीवन अवधिमा स्वर्गमूनि तिनीहरूको लागि के फाइदा छ भनेर म पत्ता लगाउन चाहन्थेँ ।

  • उप 4:3-4
    2 पदहरू
    77%

    3तथापि, ती दुवैभन्दा पनि अझै नजन्मेकोचाहिँ बढी भाग्यमानी हो । त्यसले सूर्यमूनि गरिएको कुनै पनी खराब कामहरू देख्‍नै पाएको हुँदैन ।

    4तब हरेक परिश्रम र हरेक सिपालु काम आफ्नो छिमेकीको ईर्ष्याबाट आउँदोरहेछ भनी मैले देखेँ । यो पनि बाफ नै हो र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।

  • 1¶ मैले धर्मात्मा र बुद्धिमान् मानिसहरू र तिनीहरूका कार्यहरूको विषयमा मेरो मनमा यी सबै कुराबारे विचार गरेँ । ती सबै परमेश्‍वरका हातमा छन् । कसैमाथि प्रेम वा घृणा के आइपर्ने छ भनी कसैलाई थाहा छैन ।

  • उप 4:7-8
    2 पदहरू
    77%

    7त्यसपछि मैले सूर्यमूनि व्यर्थता अर्थात् हराएर जाने बाफको विषयमा अझै सोचविचार गरेँ ।

    8एउटा एक्लै बस्‍ने किसिमको मानिस छ । त्यसको कोही छैन, न छोरा, न दाजुभाइ । त्यसको कामको कुनै अन्त्य छैन, र त्यसका आँखा धन-सम्पत्ति आर्जन गर्नमा सन्तुष्‍ट हुँदैनन् । त्यो छक्‍क पर्छ, “मैले कसको लागि मेहनत गर्दै छु? मैले किन सुख-विलासलाई त्याग्दै छु?” यो पनि बाफ र खराब अवस्था हो ।

  • 16अर्कोचाहिँ खराबी यही हो, कि मानिस जसरी आउँछ, त्यसरी नै फर्केर जान्छ । त्यसैले बतासको लागि काम गर्ने मानिसलाई केचाहिँ लाभ छ र?

  • 14मूर्खले कुराहरू बढाउँछ, तर के हुने छ भनी कसैलाई थाहा हुँदैन । त्यसको पछि के हुने छ भनी कसैले जान्दैन ।

  • 13मैले सूर्यमूनि यस्तो बुद्धि पनि देखेको छु, जसले मलाई निकै प्रभावित पार्‍यो ।

  • 14पृथ्वीमा गरिने अर्को व्यर्थ कुरा पनि छ । दुष्‍ट मानिसहरूलाई झैँ धर्मी मानिसहरूलाई भएको र धर्मी मानिसहरूलाई झैँ दुष्‍ट मानिसहरूलाई भएको देखिन्छ । म भन्दछु, कि यो पनि बेकामको कुरो हो ।

  • उप 3:18-19
    2 पदहरू
    75%

    18मैले मेरो हृदयमा भनेँ, “मानिसहरू पशुहरूजस्तै हुन् भनी देखाउन परमेश्‍वरले तिनीहरूको जाँच गर्नुहुन्छ ।”

    19किनकि मानव-जातिको अन्त्य र पशुहरूको अन्त्य समान छ । एउटाको मृत्यु अर्कोको जस्तै छ । तिनीहरू सबैको एउटै सास छ । मानव-जातिलाई पशुहरूलाई भन्दा बढी लाभ छैन । किनकि के सबै कुरा सास नै होइन र?

  • उप 9:9-10
    2 पदहरू
    75%

    9परमेश्‍वरले सूर्यमूनि दिनुभएको यस व्यर्थ जीवनकालभरि तेरी पत्‍नीसित खुसी भएर बस् । सूर्यमूनि तेरो कामको लागि त्यो नै तेरो इनाम हो ।

    10तेरो हातले जे काम पाउँछ, त्यो शक्ति लगाएर गर्, किनकि तँ जान लागिरहेको पातलमा कुनै काम वा व्याख्या वा ज्ञान वा बुद्धि छैन ।

  • 6निश्‍चय नै हरेक मानिस छाया झैं हिंड्‍डुल गर्छ । निश्‍चय नै हरेक व्‍यक्‍ति धन थुपार्न हतार गर्छ, तापनि ति कसले पाउनेछ भनी तिनीहरू जान्दैनन् ।

  • 8कोही धेरै वर्षसम्म बाँच्यो भने त्यो ती सबै वर्ष प्रसन्‍न होस्, तर त्यसले आउनेवाला अन्धकार दिनहरूको बारेमा सोचोस्, किनकि त्यस्ता दिनहरू धेरै हुने छन् । हुन आउने हरेक कुरो बिलाएर जाने बाफ हुन् ।

  • 7पछि के हुँदै छ भनी कसैलाई थाहा छैन । के हुँदै छ भनी त्यसलाई कसले बताउन सक्छ र?