उपदेशक 6:8
वास्तवमा मूर्खलाई भन्दा बुद्धिमान् मानिसलाई केचाहिँ बढी फाइदा छ र? अरू मानिसहरूको सामुन्ने कसरी व्यवहार गर्ने भनी गरिब मानिसलाई थाहा भए तापनि त्यसलाई के लाभ हुन्छ र?
वास्तवमा मूर्खलाई भन्दा बुद्धिमान् मानिसलाई केचाहिँ बढी फाइदा छ र? अरू मानिसहरूको सामुन्ने कसरी व्यवहार गर्ने भनी गरिब मानिसलाई थाहा भए तापनि त्यसलाई के लाभ हुन्छ र?
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
11तब मेरा हातले सम्पन्न गरेका सबै काम र मैले गरेका कामलाई मैले निरीक्षण गरेँ, तर फेरि पनि हरेक थोक बाफ र बतासलाई खेदेजस्तै मात्र थियो । सूर्यमूनि कुनै लाभ थिएन ।
12तब म बुद्धि, पागलपन र मूर्खताको विषयमा विचार गर्नतिर फर्किएँ । किनकि राजाले पहिले नै गरिसकेको कामभन्दा तिनको पछि आउनेले केचाहिँ बढी गर्न सक्छ र?
13जसरी अन्धकारभन्दा ज्योति उत्तम हो, त्यसै गरी मूर्खताभन्दा बुद्धिका फाइदाहरू रहेछन् भनी मैले बुझ्न थालेँ ।
14बुद्धिमान् मानिसले आफ्नो शिरमा भएका आँखा त्यो कहाँ जाँदै छ भनी हेर्न प्रयोग गर्छ, तर मूर्खचाहिँ अन्धकारमा हिँड्छ । तर यी सबैमाथि उही दशा आइपर्छ भनी मलाई थाहा छ ।
15तब मैले मेरो मनमा भनेँ, “मूर्खलाई जे हुन्छ, मलाई पनि त्यही हुने छ । त्यसैले म ज्यादै बुद्धिमान् भएकोमा केचाहिँ फरक पर्छ त?” मैले मेरो मनमा निष्कर्ष निकालेँ, “यो पनि केवल बाफ हो ।”
16किनकि मूर्खलाई झैँ बुद्धिमान् मानिसलाई पनि धेरै लामो समयसम्म सम्झँदैन । आउँदा दिनहरूमा हरेक कुरा बिर्सिएको हुने छ । बुद्धिमान् मानिस मूर्खझैँ मर्छ ।
9भौँतारिहिँड्ने भोकको लालसाले गर्ने इच्छाभन्दा आँखाले जे देख्छ, त्यसबाट सन्तुष्ट हुनु उत्तम हुन्छ । यो पनि बाफ र बतासलाई खेद्ने कोसिस मात्र हो ।
10जे अस्तित्वमा रहेको छ, त्यसको पहिले नै नाउँ राखिएको छ, र मानव-जाति के हो भनी पहिले नै जानिएको छ । सबैका शक्तिशाली न्यायाधीशसित बहस गर्नु अर्थहीन भएको छ ।
11जति धेरै वचन बोलिन्छ, त्यति नै धेरै व्यर्थताको वृद्धि हुन्छ । त्यसो भए, मानिसलाई के लाभ हुन्छ र?
12किनभने छायाझैँ बितिजाने मानिसको छोटो जीवनमा त्यसको व्यर्थताको बेलामा केचाहिँ असल हो भनी कसलाई थाहा हुन्छ र? सूर्यमूनि मानिसको मृत्यु भएपछि के हुन्छ भनी कसले भन्न सक्छ र?
5त्यस बच्चाले घामलाई नदेखे तापनि र कुनै कुरा नजाने तापनि त्यस मानिसले भन्दा यसको विश्राम असल हुन्छ ।
6मानिस दुई हजार वर्षसम्म बाँचेर पनि असल थोकहरूको आनन्द लिन पाउँदैन भने त्यो मानिस पनि त्यहीँ जान्छ, जहाँ हरेक मानिस जान्छ ।
7मानिसका सबै काम त्यसको मुखको लागि हो, तापनि त्यसको भोक सन्तुष्ट हुँदैन ।
19किनकि त्यो बुद्धिमान् वा मूर्ख मानिस कुनचाहिँ हुने छ भनी कसलाई थाहा छ र? तापनि सूर्यमूनि मेरो काम र बुद्धिले बनाएको हरेक कुरोमाथि त्यो मालिक हुने छ । यो पनि बाफ हो ।
16त्यसैले मैले निष्कर्ष निकालेँ, “शक्तिभन्दा बुद्धि उत्तम हो, तर त्यस गरिब मानिसको बुद्धिलाई तुच्छ ठानियो, र त्यसका वचनहरूलाई ध्यानै दिइएन ।”
21किनकि बुद्धि, ज्ञान र सिपले काम गर्ने कुनै मानिस होला, तर त्यसले आफूसित भएका सबै थोक अर्को मानिसलाई छाडिदिने छ । यो पनि बाफ र ठुलो दुर्भाग्य हो ।
22किनकि सूर्यमूनि कडा मेहनतसाथ काम गर्ने र आफ्नो परिश्रमलाई पुरा गर्न कोसिस गर्ने मानिसले के लाभ पाउँछ र?
1¶ बोलीवचनमा कुटिल भई मूर्ख हुनुभन्दा आफ्नो सत्यनिष्ठामा हिँड्ने गरिब मानिस उत्तम हो ।
3मानिसले सूर्यमूनि कठिन परिश्रम गर्दा सारा कामबाट उसले के लाभ पाउँछ र?
6निश्चय नै हरेक मानिस छाया झैं हिंड्डुल गर्छ । निश्चय नै हरेक व्यक्ति धन थुपार्न हतार गर्छ, तापनि ति कसले पाउनेछ भनी तिनीहरू जान्दैनन् ।
16बुद्धिको विषयमा सिक्न मूर्खले किन पैसा तिर्ने जब कि त्योसित यसलाई सिक्ने कुनै क्षमता नै छैन?
21मूर्खताले बेसमझको मानिसलाई आनन्द दिन्छ, तर समझशक्ति भएको मानिस सिधा बाटोमा हिँड्छ ।
25किनकि परमेश्वरविना कसले खान र कुनै पनि किसिमको सुख-विलासमा रमाउन सक्छ?
26परमेश्वरलाई खुसी पार्ने जो कसैलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ । तथापि पापीलाई चाहिँ परमेश्वरले उहाँलाई खुसी तुल्याउने मानिसको निम्ति जम्मा गर्ने र थुपार्ने काम दिनुहुन्छ । यो पनि बाफ र बतासलाई खेद्ने कोसिस मात्र हो ।
14मूर्खले कुराहरू बढाउँछ, तर के हुने छ भनी कसैलाई थाहा हुँदैन । त्यसको पछि के हुने छ भनी कसैले जान्दैन ।
15मूर्खहरूको परिश्रमले तिनीहरूलाई यसरी थकाउँछ, कि तिनीहरूलाई सहर जाने बाटोसमेत थाहा हुँदैन ।
16बुद्धिलाई जान्न र दिन वा रातमा नसुतिकन अक्सर गरिने कामलाई बुझ्न मैले मेरो मन लगाउँदा,
17मैले परमेश्वरका सबै कामलाई सोच विचार गरेँ, र सूर्यमूनि गरिएको कामलाई मानिसले बुझ्न नसक्ने रहेछ । जवाफहरू पाउनलाई मानिसले जतिसुकै परिश्रम गरे तापनि उसले ती पाउने छैन । आफूलाई थाहा छ भनी बुद्धिमान् मानिसले सोचे तापनि वास्तवमा उसलाई पनि थाहा छैन ।
8समझदार मानिसको बुद्धि उसको आफ्नै मार्ग बुझ्नको लागि हो, तर मूर्खहरूको मूर्खता छल हो ।
10किनकि त्यसले सडेको देख्नेछ । बुद्धिमान् मानिसहरू मर्छन् । मूर्ख र क्रूर त्यसरी नै नाश हुन्छन् र आफ्ना सम्पत्ति अरूलाई छोड्छन् ।
8उपदेशक भन्छन्, “व्यर्थ, व्यर्थ, सबै थोक व्यर्थ हुन् ।”
4बुद्धिमान्को हृदय शोकको घरमा हुन्छ, तर मूर्खहरूको हृदय भोजको घरमा हुन्छ ।
17त्यसैले बुद्धि, पागलपन र मूर्खता जान्न मेरो मन लगाएँ । यो पनि बतासको रेखदेख गर्ने कोसिस रहेछ भनी मैले बुझेँ ।
11धनी मानिस आफ्नै दृष्टिमा बुद्धिमान् होला, तर समझशक्ति भएको गरिब मानिसले त्यसलाई पत्ता लगाउने छ ।
1¶ मैले सूर्यमूनि एउटा खराबी देखेको छु, र यसले मानिसहरूलाई सार्है थिचेको छ ।
2मानिसले इच्छा गरेको कुनै पनि कुरो कमी नहोस् भनेरे परमेश्वरले उसलाई धन-सम्पत्ति, जग्गा-जमिन र मान-सम्मान दिनुहोला, तर त्यसपछि परमेश्वरले उसलाई त्यसको उपभोग गर्ने कुनै खुबी दिनुहुन्न । बरु त्यसको थोकहरू अरू कसैले उपभोग गर्दछ । यो बाफ र खराब पीडा हो ।
24बुद्धिमान् मानिसहरूको मुकुट तिनीहरूको सम्पत्ति हो, तर मूर्खहरूको मूर्खताले तिनीहरूमा झन् बढी मूर्खता ल्याउँछ ।
3मूर्ख सडकमा हिँड्दा त्यसको सोचाइ अपूर्ण हुन्छ जसले त्यो मूर्ख हो भनी हरेकलाई प्रमाणित गर्छ ।
6आफ्ना मार्गहरूमा टेडो हुने धनी मानिसभन्दा आफ्नो निष्ठामा हिँड्ने गरिब मानिस उत्तम हुन्छ ।
3तथापि, ती दुवैभन्दा पनि अझै नजन्मेकोचाहिँ बढी भाग्यमानी हो । त्यसले सूर्यमूनि गरिएको कुनै पनी खराब कामहरू देख्नै पाएको हुँदैन ।
6किनभने मूर्खहरूको हाँसो भाँडामुनि पड्कने काँढाको आगोझैँ हुन्छ । यो पनि बाफ हो ।
8एउटा एक्लै बस्ने किसिमको मानिस छ । त्यसको कोही छैन, न छोरा, न दाजुभाइ । त्यसको कामको कुनै अन्त्य छैन, र त्यसका आँखा धन-सम्पत्ति आर्जन गर्नमा सन्तुष्ट हुँदैनन् । त्यो छक्क पर्छ, “मैले कसको लागि मेहनत गर्दै छु? मैले किन सुख-विलासलाई त्याग्दै छु?” यो पनि बाफ र खराब अवस्था हो ।
24समझशक्ति भएको व्यक्तिले बुद्धितिर आफ्नो मन लगाउँछ, तर मूर्खको आँखा पृथ्वीको कुनाकुनामा पुग्छ ।
16अर्कोचाहिँ खराबी यही हो, कि मानिस जसरी आउँछ, त्यसरी नै फर्केर जान्छ । त्यसैले बतासको लागि काम गर्ने मानिसलाई केचाहिँ लाभ छ र?
12के तैँले आफ्नै दृष्टिमा बुद्धिमान् भएको कुनै मानिसलाई देखेको छस्? त्यसको भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।
9कामदारले आफ्नो परिश्रमबाट के लाभ पाउँछ र?
16नयाँ राजाको आज्ञा मान्न चाहने सबै मानिसहरूका लागि कुनै अन्त्य छैन, तर पछि तिनीहरूमध्ये धेरैले युवकको प्रशंसा गर्ने छैनन् । निश्चय नै यो अवस्था पनि बाफ हो, र बतासलाई खेद्ने कोसिस मात्र हो ।
22त्यसैले मानिसको लागि आफ्नो काममा आनन्द लिनुभन्दा उत्तम कुरो छैन भनी फेरि मैले बुझेँ, किनकि त्यो नै त्यसको जिम्मेवारी हो । त्योभन्दा पछि के हुन्छ भनी देखाउन त्यसलाई कसले फर्काएर ल्याउन सक्छ र?
1¶ बुद्धिमान् मानिस को हो? जीवनमा आइपर्ने घटनाहरूको अर्थ के हो भनी कसलाई थाहा हुन्छ र? मानिसमा भएको बुद्धिले उसको मुहार चम्काउँछ, र उसको मुहारको कठोरता बद्लिन्छ ।
7पछि के हुँदै छ भनी कसैलाई थाहा छैन । के हुँदै छ भनी त्यसलाई कसले बताउन सक्छ र?