उपदेशक 3:17

अनलक शाब्दिक बाइबल

मैले मेरो मनमा भनेँ, “हरेक विषय र हरेक कामको लागि ठिक समयमा परमेश्‍वरले धर्मीहरू र दुष्‍टहरूको न्याय गर्नुहुने छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 16:27 : 27 किनकि मानिसका पुत्र आफ्ना पिताको महिमामा उहाँका स्वर्गदूतहरूसँग आउनेछन् । त्यसपछि उनले हरेक व्यक्‍तिलाई उसको कामअनुसारको प्रतिफल दिनेछन् ।
  • उप 3:1 : 1 ¶ हरेक कुराको लागि तोकिएको समय छ, र आकाशमूनि हरेक उद्धेश्यको लागि बेलाछ ।
  • २ कोरि 5:10 : 10 किनकि हामी सबै ख्रीष्‍टको न्याय आसनको अगाडि खडा हुनुपर्छ, ताकि हरेकले शरीरमा हुँदा गरेको असल वा खराब कार्यको निम्ति प्रतिफल पाओस् ।
  • २ थेस 1:6-9 : 6 तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनु नै परमेश्‍वरको धार्मिकता हो, 7 र येशू ख्रीष्‍ट स्वर्गबाट स्वर्गदूतहरूका शक्‍तिसाथ उहाँको आगमनमा आउनुहुँदा, हामीसँग दुःख भोगेकाहरूलाई छुटकारा मिल्नेछ । 8 जसले परमेश्‍वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ । 9 तिनीहरूले प्रभु र उहाँको शक्‍तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्‍नेछन्, 10 तिमीहरूले हाम्रो गवाहीमा विश्‍वास गर्‍यौ । त्यसै गरी विश्‍वास गर्ने सबैद्वारा अचम्मित पार्नलाई र सबै सन्तहरूद्वारा महिमित हुनलाई उहाँ त्यो दिनमा आउनुहुन्छ ।
  • रोमी 2:5-9 : 5 तर तिमीहरूको कठोर र अपश्‍चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्‍वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ । 6 परमेश्‍वरले हरेकलाई त्यसको आफ्ना कर्महरूको नापअनुसार दिनुहुनेछः 7 अटुट रूपमा सुकर्म गर्दै प्रशंसा, इज्‍जत र अमरत्वको खोजी गर्नेलाई उहाँले अनन्त जीवन दिनुहुनेछ । 8 तर आफ्नै मात्र भलाइ खोज्‍ने, सत्यताको अवज्ञा गर्ने तर अधार्मिकताप्रति आज्ञाकारी हुनेहरूमाथि क्रोध र भयङ्कर रिस आइपर्नेछ । 9 परमेश्‍वरले दुष्‍ट कार्य गर्ने हरेक मानव प्राणमाथि सङ्कट र दुःख ल्याउनुहुनेछ, पहिले यहूदीमाथि अनि ग्रिकहरूमाथि । 10 तर असल काम गर्नेहरूमाथि प्रशंसा, इज्‍जत र शान्‍ति आउनेछ, पहिले यहूदी र त्‍यसपछि ग्रिकहरूमाथि ।
  • उत्प 18:25 : 25 धर्मीलाई पनि दुष्‍टलाई जस्तै व्यवहार गरेर दुष्‍टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट टाढा रहोस् । यस्तो कुरा तपाईंबाट टाढा रहोस्! सारा पृथ्‍वीका न्‍यायकर्ताले न्यायोचित काम गर्नुहुन्‍न र?
  • भजन 98:9 : 9 परमप्रभु पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्‍छ । उहाँले संसारलाई धार्मिकतामा र जातिहरूलाई निष्पक्षतामा न्याय गर्नुहुन्छ ।
  • उप 12:14 : 14 किनकि हामीले गरेको हरेक गुप्‍त कुरा, चाहे त्यो असल होस् वा खराब, त्यसलाई परमेश्‍वरले इन्साफ गर्नुहुने छ ।
  • यिर्मि 29:10-11 : 10 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'बेबिलोनले तिमीहरूमाथि सत्तरी वर्षसम्म शासन गरिसकेपछि म तिमीहरूलाई मदत गर्नेछु, र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्याउछु भन्‍ने मेरो असल वचन पुरा गर्नेछु । 11 किनकि तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु, यो परमप्रभुको घोषणा हो, तिमीहरूलाई एउटा भविष्य र आशा दिनलाई ती शान्तिका योजनाहरू हुन्, विपत्तिका होइनन् ।
  • दानी 11:40 : 40 अन्त्यको समयमा, दक्षिणका राजाले आक्रमण गर्नेछन् । उत्तरको राजाले दक्षिणको राजाको विरुद्ध रथहरू र घोडचडीहरू, र धेरै जहाजहरूको साथमा आँधीझैं युद्ध गर्नेछ । ऊ धेरै देशहरूका विरुद्ध जानेछ, र तिनीहरूलाई बाढीले झैं बगाउनेछ र अगि बढ्नेछ ।
  • दानी 12:4 : 4 तर तिमी दानिएल, यी वचनलाई बन्द गर । अन्तको समयसम्म त्यो पुस्तकलाई मोहर लगाई राख । धेरै जना यता-उता दौडनेछन्, र ज्ञान बढ्नेछ ।”
  • दानी 12:9 : 9 तिनले भने, “ए दानिएल, तिमी आफ्नो बाटो लाग, किनभने अन्तको समय नभएसम्म यी वचनलाई बन्द गरिएका र मोहर लगाइएका छन् ।
  • दानी 12:11-13 : 11 दैनिक होमबलि हटाइएको र पूर्ण विनाश ल्याउने घृणित थोकको स्‍थापना गरिएको समयदेखि, त्‍यहाँ १,२९० दिन हुनेछन् । 12 त्‍यो मानिस धन्यको जो १,३३५ दिनहरूका अन्त्यसम्म पर्खकन्‍छ । 13 अन्तसम्म तिमी आफ्नै बाटो लाग, र तिमीले विश्राम पाउनेछौ । दिनहरूका अन्तमा तिमीलाई दिइएको ठाउँमा तिमी खडा हुनेछौ ।”
  • उप 1:16 : 16 मैले मेरो मनलाई यसो भनेको छु, “हेर्, यरूशलेममा मभन्दा अगि भएका सबैले भन्दा मैले धेरै बुद्धि प्राप्‍त गरेको छु । मेरो मनले धेरै बुद्धि र ज्ञान देखेको छ ।”
  • उप 2:1 : 1 ¶ मैले मेरो मनमा भनेँ, “अब आइज । म तँलाई खुसीले जाँच गर्ने छु । त्यसैले सुख-विलास गर ।” तर यो पनि अस्थायी मन्द बतासमात्र रहेछ ।
  • १ कोरि 4:5 : 5 यसकारण समय आउनुभन्दा अगि वा येशू आउनुभन्दा अगि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्‍यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि हरेकले परमेश्‍वरबाट आफ्नो प्रशंसा पाउनेछ ।
  • उप 8:6 : 6 हरेक विषयको लागि ठिक प्रतिक्रिया र प्रतिक्रिया दिने समय छ, किनकि मानिसका कष्‍टहरू धेरै छन् ।
  • उप 11:9 : 9 हे जवान मानिस, तेरो युवावस्थामा आनन्द मना, र तेरो युवावस्थाको बेलामा तेरो हृदय आनन्दित होस् । तेरो हृदय र तेरा आँखाले देख्‍न सक्‍ने असल इच्छाहरूको पछि लाग् । तथापि यी सबै कुराको लागि परमेश्‍वरले तँमाथि इन्साफ ल्याउनुहुने छ भनी जान् ।
  • मत्त 25:31-46 : 31 जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्‍वर्गदूतहरू आउनेछन्, उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन् । 32 उनको सामुन्‍ने सारा जाति भेला गराइनेछन्, र जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्याउँछ, त्‍यसरी नै उनले एउटा मानिसलाई अर्कोबाट छुट्ट्याउनेछन् । 33 उनले भेडाहरूलाई आफ्नो दायाँ हातपट्टि र बाख्राहरूलाई आफ्नो बायाँपट्टि राख्‍नेछन् । 34 त्‍यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘आओ, तिमीहरू जो मेरा पिताद्वारा आशिषित् भएका छौ, संसारको सृष्‍टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्‍यलाई अधिकार गर । 35 किनकि म भोकाएको थिएँ, अनि तिमीहरूले मलाई खान दियौ; म प्यासी थिएँ र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियौ; 36 म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिराइदियौ; म बिरामी थिएँ र तिमीहरूले मेरो वास्‍ता गर्‍यौ; म झ्‍यालखानामा थिएँ र तिमीहरू मकहाँ आयौ ।’ 37 त्‍यसपछि धर्मी जनहरूले जवाफ दिई भन्‍नेछन्, ‘प्रभु हामीले कहिले तपाईंलाई भोकाउनुभएको देख्‍यौँ र तपाईंलाई खुवायौँ? वा तिर्खाउनुभएको देख्यौँ र तपाईंलाई पिउन दियौँ? 38 र हामीले कहिले तपाईंलाई परदेशी भएको देख्‍यौँ र तपाईंलाई भित्र ल्यायौँ? 39 र हामीले तपाईंलाई बिरामी वा झ्‍यालखानामा कहिले देख्यौँ र हामी तपाईंकहाँ आयौँ?’ 40 र राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्‍दा सानोलाई जे-जति गर्‍यौ, त्यो मेरो निम्ति नै गर्‍यौ ।’ 41 त्‍यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘हे श्रापितहरू, मबाट दूर भएर अनन्त आगोमा जाओ, जुन दुष्‍ट र त्यसका दूतहरूका लागि तयार गरिएको हो, 42 किनभने म भोकाएको थिएँ, तर तिमीहरूले मलाई खान दिएनौ; म तिर्खाएको थिएँ, तर तिमीहरूले मलाई पिउन दिएनौ; 43 म परदेशी थिएँ, तर तिमीहरूले मलाई भित्र लगेनौ; नाङ्गो थिएँ, तर तिमीहरूले मलाई पहिराएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ, तर तिमीहरूले मेरो वास्ता गरेनौ ।’ 44 त्‍यसपछि तिनीहरूले पनि जवाफ दिनेछन् र भन्‍नेछन्, ‘प्रभु, हामीले तपाईंलाई भोकाउनुभएको, वा तिर्खाउनुभएको, वा परदेशी, वा नाङ्गो, वा बिरामी हुनुभएको, वा झ्यालखानामा कहिले देख्‍यौँ र हामीले तपाईंको सेवा गरेनौँ?’ 45 अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सानोभन्‍दा सानोलाई तिमीहरूले जे गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’ 46 यिनीहरू अनन्‍तको दण्‍डमा जानेछन् तर धर्मीहरूचाहिँ अनन्‍त जीवनमा प्रवेश गर्नेछन् ।”
  • यूह 5:22 : 22 किनकि पिताले कसैको न्याय गर्नुहुन्‍न, तर उहाँले न्याय गर्ने सबै काम पुत्रलाई दिनुभएको छ ।
  • यूह 5:26-29 : 26 किनकि जसरी पिता आफैँसँग जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि दिनुभएको छ, ताकि ऊ आफैँसँग जीवन होस्, 27 र पिताले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ । किनकि ऊ मानिसका पुत्र हो । 28 यस कुरामा तिमीहरू अचम्म नमान, किनकि चिहानमा हुनेहरूले उसको सोर सुन्‍ने समय आइरहेको छ, 29 र तिनीहरू चिहानबाट बाहिर आउनेछन्ः असल गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र दुष्‍ट काम गर्नेहरू न्यायको पुनरुत्थानको निम्ति ।
  • प्रेरि 1:7 : 7 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “पिताले उहाँको अधिकारद्वारा तोक्‍नुभएको समय र ऋतुहरू जान्‍ने काम तिमीहरूको होइन ।
  • प्रेरि 17:31 : 31 किनभने उहाँले एक दिन निश्‍चित गर्नुभएको छ, जुन दिन आफूले चुन्‍नु भएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ । परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई यी मानिसको बारेमा प्रमाण दिनुभएको छ ।”
  • २ पत्रु 3:7-8 : 7 अनि स्वर्ग र पृथ्वी आगोको न्यायको निम्ति र दुष्‍टहरूको विनाशको लागि त्यही वचनद्वारा सुरक्षित राखिएको छ । 8 प्रिय हो, यो कुरा नभुल कि प्रभुको लागि एक दिन एक हजार वर्ष र एक हजार वर्ष एक दिनझैँ हुन्छ ।
  • प्रका 11:2-3 : 2 तर मन्दिरदेखि बाहिर चोकको भागलाई ननाप, किनभने त्यो गैरयहूदीहरूलाई दिइएको छ । तिनीहरूले बयालिस महिनासम्म पवित्र सहरलाई कुल्चनेछन् । 3 मेरा दुई साक्षीलाई म १,२६० दिनका निम्ति भाङ्ग्राको लुगा लगाएर अगमवाणी गर्न अधिकार दिनेछु ।”
  • प्रका 11:18 : 18 संसारका राष्‍ट्रहरू क्रोधित भएका थिए, तर तपाईंको क्रोध आएको छ । मृतकहरूको न्याय गर्ने समय आएको छ, र तपाईंका दास अगमवक्‍ताहरू सन्तहरू, जो विश्‍वासीहरू हुन्, र जो तपाईंको नाउँमा डराउँछन्, महत्त्‍वहीन र शक्‍तिशाली दुवैलाई इनाम दिने समय र पृथ्वीलाई नाश गर्नेहरूलाई नाश गर्ने समय आएको छ ।”
  • प्रका 17:12-17 : 12 तिमीले देखेका दसवटा सिङ दस जना राजा हुन्, जसले अहिलेसम्म राज्य प्राप्‍त गरेका छैनन्, तर त्यो पशुसँगै तिनीहरूले एक घण्टाका निम्ति राजाकै अधिकार प्राप्‍त गर्नेछन् । 13 यिनीहरूको एउटै विचार छ, र तिनीहरूले आफ्नो शक्‍ति र अधिकार त्यो पशुलाई दिन्छन् । 14 तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन् । तर थुमाले तिनीहरूलाई जित्‍नुहुनेछ, किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ, र उहाँसँग हुनेहरू बोलाइएका, छानिएका र विश्‍वासयोग्यहरू हुन् ।” 15 ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेको पानीमाथि जहाँ त्यो वेश्या बसेकी छे, त्यो पानी मानिसहरू, भिड, जाति र भाषाहरू हुन् ।” 16 तिमीले देखेका दसवटा सिङ र त्यो पशुले त्यो वेश्यालाई घृणा गर्नेछन् । तिनीहरूले त्यसलाई एकलो र नाङगै पारेर त्यसको शरीरलाई सिद्ध्याउनेछन्, र त्यसलाई तिनीहरूले आगोले पूर्ण रूपमा डढाउनेछन् । 17 किनभने परमेश्‍वरको वचन पुरा नहोउञ्‍जेलसम्म एउटै मनको भई तिनीहरूले आफ्नो अधिकार त्यो पशुलाई राज्य गर्न दिन उहाँको उद्देश्य पुरा हुनलाई परमेश्‍वरले यस्तो विचार हलिदिनुभयो ।
  • प्रका 20:2 : 2 उनले अजिङ्गर अर्थात् त्यो प्राचीन सर्पलाई पक्रे, जो दुष्‍ट वा शैतान हो । उनले त्यसलाई एक हजार वर्षका निम्ति बाँधे ।
  • प्रका 20:7-9 : 7 जब एक हजार वर्षको अन्त्य हुन्छ, तब शैतानलाई त्यसको कैदबाट छोडिनेछ । 8 पृथ्वीको चारै कुनामा भएका जातिहरूलाई छल गर्न त्यो बहिर जानेछ, गोग र मागोगले तिनीहरूलाई युद्धका निम्ति सँगै ल्याउनेछन् । तिनीहरू समुद्रको बालुवासरह अनगिन्ती हुनेछन् । 9 तिनीहरू पृथ्वीको चारैतिर गएर विश्‍वासीहरूको छाउनीवरिपरि र प्रिय सहरलाई घेरे । तर स्वर्गबाट आगो तल झरेर तिनीहरूलाई नष्‍ट पार्‍यो ।
  • प्रका 20:11-15 : 11 त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्‍वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन । 12 मैले शक्‍तिशाली र कमजोर मृतकहरूलाई सिंहासनको अगाडि उभिरहेको देखेँ र पुस्तकहरू खोलिए । तब अर्को पुस्तक अर्थात् जीवनको पुस्तक पनि खोलिएको थियो । ती पुस्तकहरूमा लेखिएका विवरणअनुसार तिनीहरूका कामहरूका आधारमा मृतकहरूको न्याय भयो । 13 समुद्रमा भएका मृतकहरूलाई त्यसले फिर्ता गरिदियो । मृत्यु र पातालले तिनीहरूमा भएका मृतकहरूलाई दिए, र तिनीहरूले गरेका कामअनुसार मृतकहरूको न्याय भयो । 14 मृत्यु र पाताल अग्‍नि-कुण्डमा फालिए । यो अग्‍नि-कुण्ड दोस्रो मृत्यु हो । 15 जीवनको पुस्तकमा कसैको नाउँ लेखिएको नभेट्टाइएमा त्यसलाई अग्‍नि-कुण्डमा फालियो ।
  • १ थेस 5:1 : 1 ¶ भाइहरू हो, तिमीहरूलाई समय र ऋतुहरूको बारेमा कुनै कुरा लेखिरहनु जरुरत छैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उप 3:14-16
    3 पदहरू
    84%

    14मलाई थाहा छ, कि परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो रहिरहन्छ । त्यसमा केही थप्‍न सकिँदैन, न त त्यसबाट हटाउन सकिन्छ, किनकि परमेश्‍वरले नै त्यो गर्नुभएको हो ताकि मानिसहरू आदरसाथ उहाँकहाँ जाऊन् ।

    15जे अस्तित्वमा छ, त्यो पहिलेदेखि नै अस्तित्वमा रहेको छ । जे अस्तित्वमा रहने छ, त्यो पहिलेदेखि नै अस्तित्वमा रहेको छ । लुकिएका कुराहरूको खोजी गर्न परमेश्‍वरले मानिसहरूलाई बनाउनुहुन्छ ।

    16सूर्यमूनिको दुष्‍टतालाई मैले देखेको छु, जहाँ न्याय हुनुपर्थ्यो, र धार्मिकताको सट्टामा दुष्‍टता थियो ।

  • उप 8:5-6
    2 पदहरू
    78%

    5राजाको आज्ञा पालन गर्नेले नोक्सानी हटाउँछ । बुद्धिमान् मानिसको हृदयले समयको उचित मार्ग र तरिका जान्दछ ।

    6हरेक विषयको लागि ठिक प्रतिक्रिया र प्रतिक्रिया दिने समय छ, किनकि मानिसका कष्‍टहरू धेरै छन् ।

  • 18मैले मेरो हृदयमा भनेँ, “मानिसहरू पशुहरूजस्तै हुन् भनी देखाउन परमेश्‍वरले तिनीहरूको जाँच गर्नुहुन्छ ।”

  • उप 9:1-3
    3 पदहरू
    77%

    1¶ मैले धर्मात्मा र बुद्धिमान् मानिसहरू र तिनीहरूका कार्यहरूको विषयमा मेरो मनमा यी सबै कुराबारे विचार गरेँ । ती सबै परमेश्‍वरका हातमा छन् । कसैमाथि प्रेम वा घृणा के आइपर्ने छ भनी कसैलाई थाहा छैन ।

    2सबैको अन्त्य उही किसिमको हुन्छ । धर्मी र दुष्‍ट मानिसहरू, असल, शुद्ध र अशुद्ध अनि बलिदान चढाउने र बलिदान नचढाउने सबैको दशा एउटै हुन्छ । जसरी असल मानिसहरू मर्छन्, त्यसै गरी पापीहरू मर्ने छन् । जसरी वाचा बाँध्‍ने मर्छ, त्यसै गरी शपथ खान डराउने मानिस पनि मर्ने छ ।

    3सूर्यमूनि गरिने हरेक कुराको लागि एउटा खराब दशा छ । तिनीहरू सबैमा उही कुरो आइपर्छ । मानिसको हृदय खराब कुराहरूले भरिएको छ, र तिनीहरू जिउँदा तिनीहरूको हृदयमा पागलपन हुन्छ । त्यसपछि तिनीहरू मरेकाहरूकहाँ जाने छन् ।

  • उप 3:1-4
    4 पदहरू
    77%

    1¶ हरेक कुराको लागि तोकिएको समय छ, र आकाशमूनि हरेक उद्धेश्यको लागि बेलाछ ।

    2जन्मने एउटा समय छ, र मर्ने एउटा समय । रोप्‍ने एउटा समय छ, र उखेल्ने एउटा समय ।

    3मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय । भत्काउने एउटा समय छ, र बनाउने एउटा समय ।

    4रुने एउटा समय छ, र हाँस्‍ने एउटा समय । शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय ।

  • 14पृथ्वीमा गरिने अर्को व्यर्थ कुरा पनि छ । दुष्‍ट मानिसहरूलाई झैँ धर्मी मानिसहरूलाई भएको र धर्मी मानिसहरूलाई झैँ दुष्‍ट मानिसहरूलाई भएको देखिन्छ । म भन्दछु, कि यो पनि बेकामको कुरो हो ।

  • उप 8:9-11
    3 पदहरू
    76%

    9मैले यी सबै बुझेको छु । सूर्यमूनि गरिने हरेक कामको लागि मैले मेरो मेरो मन लगाएको छु । एउटा मानिसले अर्को मानिसलाई चोट लगाउने गरी थिचोमिचो गर्ने समय पनि छ ।

    10यसरी दुष्‍टहरूलाई सार्वजनिक रूपमा गाडिएको मैले देखेँ । तिनीहरूलाई पवित्र स्थानबाट लगियो र गाडियो, अनि तिनीहरूले दुष्‍ट कामहरू गरेकै सहरका मानिसहरूले तिनीहरूको प्रशंसा गरे । यो पनि अर्थहीन छ ।

    11दुष्‍ट अपराधको विरुद्धमा जारी गरिएको मृत्युदण्डलाई झट्टै कार्यान्यन नगरिँदा यसले मानिसको हृदयलाई खराब काम गर्न उस्काउँछ ।

  • उप 7:13-15
    3 पदहरू
    75%

    13परमेश्‍वरका कामहरूलाई विचार गर्: उहाँले बाङ्गो बनाउनुभएकोलाई कसले सिधा पार्न सक्छ?

    14समय राम्रो हुँदा त्यस राम्रो समयमा खुसी भएर बस्, तर समय नराम्रो हुँदा यो कुरा विचार गर्: परमेश्‍वरले दुवैलाई आमनेसामने रहने अनुमति दिनुभएको छ । यही कारणले गर्दा मानिसको पछि के हुँदै छ भनी कसैले पत्ता लगाउने छैन ।

    15मेरा बेकम्मा दिनहरूमा मैले धेरै कुराहरू देखेको छु । धर्मात्माहरूको धार्मिकताको बाबजुत पनि तिनीहरू नष्‍ट हुन्छ, र दुष्‍टहरूको दुष्‍टताको बाबजुत पनि तिनीहरू धेरै वर्षसम्म बाँच्छन् ।

  • 14किनकि हामीले गरेको हरेक गुप्‍त कुरा, चाहे त्यो असल होस् वा खराब, त्यसलाई परमेश्‍वरले इन्साफ गर्नुहुने छ ।

  • उप 3:6-12
    7 पदहरू
    75%

    6खोजी गर्ने एउटा समय छ, र खोज्न छाड्ने एउटा समय । राख्‍ने एउटा समय छ, र फाल्ने एउटा समय ।

    7लुगा च्यात्‍ने एउटा समय छ, र त्यसलाई मर्मत गर्ने एउटा समय । चुप लाग्‍ने एउटा समय छ, र बोल्ने एउटा समय ।

    8प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय । युद्ध गर्ने एउटा समय छ, र मिलाप गर्ने एउटा समय ।

    9कामदारले आफ्नो परिश्रमबाट के लाभ पाउँछ र?

    10मानव-जातिलाई पुरा गर्न परमेश्‍वरले दिनुभएको काम मैले देखेको छु ।

    11परमेश्‍वरले हरेक कुरोलाई त्यसको आफ्नो समयमा सुयोग्य बनाउनुभएको छ । उहाँले मानिसहरूका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ । तर मानव-जातिले सुरुदेखि अन्त्यसम्म परमेश्‍वरले गर्नुभएका कामहरू बुझ्न सक्दैन ।

    12मानिस बाँचुञ्‍जेलसम्म त्यो आनन्दित रहनु र असल गर्नुभन्दा त्यसको लागि अर्को कुनै उत्तम कुरो छैन भनी मलाई थाहा छ ।

  • 22त्यसैले मानिसको लागि आफ्नो काममा आनन्द लिनुभन्दा उत्तम कुरो छैन भनी फेरि मैले बुझेँ, किनकि त्यो नै त्यसको जिम्मेवारी हो । त्योभन्दा पछि के हुन्छ भनी देखाउन त्यसलाई कसले फर्काएर ल्याउन सक्छ र?

  • 15तब मैले मेरो मनमा भनेँ, “मूर्खलाई जे हुन्छ, मलाई पनि त्यही हुने छ । त्यसैले म ज्यादै बुद्धिमान् भएकोमा केचाहिँ फरक पर्छ त?” मैले मेरो मनमा निष्कर्ष निकालेँ, “यो पनि केवल बाफ हो ।”

  • भजन 7:8-9
    2 पदहरू
    73%

    8हे परमप्रभु, जातिहरूको न्याय गर्नुहोस् । हे परमप्रभु, मेरो सुरक्षा गर्नुहोस्, किनभने हे सर्वोच्‍च, म धर्मी र निर्दोष छु ।

    9दुष्‍टका खराब कामहरूको अन्त होस्, तर हे धर्मी परमेश्‍वर, तपाईं जसले हृदय र मन जाँच्नुहुन्छ, धर्मी मानिसहरूलाई स्थापित गर्नुहोस् ।

  • 11ताकि मानिसहरूले भन्‍नेछन्, “साँच्‍चै, धर्मी व्‍यक्‍तिको निम्ति इनाम छ । साँच्‍चै, परमेश्‍वर हुनुहुन्छ जसले पृथ्वीको न्याय गर्नुहुन्‍छ ।”

  • 13आकाशमूनि गरिने हरेक कुरोलाई बुद्धिद्वारा अध्ययन गर्न र अनुसन्धान गर्न मैले मेरो मन लगाएँ । त्यो अनुसन्धान एउटा कष्‍टकर काम हो जुन परमेश्‍वरले मानिसहरूलाई व्यस्त राख्‍न दिनुभएको हो ।

  • 2तोकिएको समयमा म न्यायोचित रूपमा फैसला गर्नेछु ।

  • 2हरेक मानिसको बाटो त्यसको आफ्नै दृष्‍टिमा ठिक छ, तर परमप्रभुले नै हृदयको जाँच गर्नुहुन्छ ।

  • 11परमेश्‍वर धर्मी न्यायकर्ता हुनुहुन्छ, परमेश्‍वर जो हरेक दिन क्रोधित हुनुहुन्छ ।

  • 4परमप्रभुले हरेक थोक यसको आफ्नो उद्धेश्यको लागि बनाउनुभएको छ । उहाँले दुष्‍टहरूलाई समेत विनाशको दिनको लागि राख्‍नुभएको छ ।

  • 1¶ मैले मेरो मनमा भनेँ, “अब आइज । म तँलाई खुसीले जाँच गर्ने छु । त्यसैले सुख-विलास गर ।” तर यो पनि अस्थायी मन्द बतासमात्र रहेछ ।

  • 25बुद्धि र वास्तविकताको विषयमा सिक्‍न, जाँच गर्न र खोज्न अनि खराबी बेवकुफ हो र मूर्खताचाहिँ पागलपन हो भनी बुझ्न मैले मेरो मन लगाएँ ।

  • उप 8:16-17
    2 पदहरू
    71%

    16बुद्धिलाई जान्‍न र दिन वा रातमा नसुतिकन अक्सर गरिने कामलाई बुझ्न मैले मेरो मन लगाउँदा,

    17मैले परमेश्‍वरका सबै कामलाई सोच विचार गरेँ, र सूर्यमूनि गरिएको कामलाई मानिसले बुझ्न नसक्‍ने रहेछ । जवाफहरू पाउनलाई मानिसले जतिसुकै परिश्रम गरे तापनि उसले ती पाउने छैन । आफूलाई थाहा छ भनी बुद्धिमान् मानिसले सोचे तापनि वास्तवमा उसलाई पनि थाहा छैन ।

  • 17सूर्यमूनि गरिएका सबै काम मेरो लागि खराबै मात्र भएकाले मैले जीवनको जाँच गरेँ । यसो हुनुको कारणचाहिँ हरेक कुरो बाफजस्तै हो र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।

  • 20त्यसकारण सूर्यमूनि मैले गरेका सबै कामको विषयमा मेरो मन निराश हुन थाल्यो ।

  • 17त्यसैले बुद्धि, पागलपन र मूर्खता जान्‍न मेरो मन लगाएँ । यो पनि बतासको रेखदेख गर्ने कोसिस रहेछ भनी मैले बुझेँ ।

  • 4यसैकारण कानून-व्यवस्था कमजोर भएको छ, र न्याय अब छैन । किनकि दुष्‍टले धर्मीलाई घेर्दछ । यसैकारण इन्साफ झुटो भएको छ ।” परमप्रभु हबकूकलाई जवाफ दिनुहुन्छ ।

  • 1¶ मानिसहरूका बिचमा झैझगडा भयो र तिनीहरू अदालतमा गए भने न्यायकर्ताहरूले तिनीहरूको न्याय गरून् अनि धर्मीलाई छाडिदिएर दुष्‍टलाई दोषी ठहराऊन् ।

  • 10मनको खोजी गर्ने, हृदयको जाँच गर्ने परमप्रभु म नै हुँ । हरेक व्यक्तिको आफ्नो चालअनुसार, त्यसका कामहरूको फलअनुसार म त्यसलाई इनाम दिन्छु ।

  • 15फैसला फेरि धर्मीको आधारमा हुनेछ । अनि हृदयमा सोझो हुनेहरू सबै जनाले यसको अनुसरण गर्नेछन् ।

  • 23किनकि परमेश्‍वरले व्‍यक्‍तिको थप जाँच गर्नुपर्दैन । कुनै पनि व्यक्ति इन्‍साफको लागि उहाँको सामु जानु आवश्यक छैन ।