उपदेशक 5:11
जब समृद्धि बढ्छ, तब यसलाई खाने मुख पनि बढ्छ । मालिकले आफ्ना आँखाले धन-सम्पत्तिलाई हेर्नुभन्दा बाहेक उसलाई केचाहिँ बढी लाभ हुन्छ र?
जब समृद्धि बढ्छ, तब यसलाई खाने मुख पनि बढ्छ । मालिकले आफ्ना आँखाले धन-सम्पत्तिलाई हेर्नुभन्दा बाहेक उसलाई केचाहिँ बढी लाभ हुन्छ र?
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
9यस बाहेक, खेतबारीको उब्जनी हरेकको लागि हो, र राजा स्वयम्ले पनि खेतबारीबाट उब्जनी बटुल्छन् ।
10चाँदीलाई प्रेम गर्ने चाँदीबाट सन्तुष्ट हुने छैन, र धन-सम्पत्तिलाई प्रेम गर्नेले सधैँ यसको बढी चाह गर्छ । यो पनि बाफ हो ।
12धेरै खाए पनि थोरै खाए पनि काम गर्ने मानिसको निद्रा मिठो हुन्छ, तर धनी मानिसको धन-सम्पत्तिले त्यसलाई राम्ररी सुत्न दिँदैन ।
13सूर्यमूनि मैले एउटा खराबी देखेको छुः मालिकले आफ्नै दुर्दशाको निम्ति धन-सम्पत्ति थुपार्छ ।
14जब धनी मानिसले दुर्भाग्यबाट आफ्नो धन-सम्पत्ति गुमाउँछ, तब त्यसले पालन-पोषण गरेको त्यसको आफ्नै छोरोको हातमा केही पनि हुँदैन ।
1¶ मैले सूर्यमूनि एउटा खराबी देखेको छु, र यसले मानिसहरूलाई सार्है थिचेको छ ।
2मानिसले इच्छा गरेको कुनै पनि कुरो कमी नहोस् भनेरे परमेश्वरले उसलाई धन-सम्पत्ति, जग्गा-जमिन र मान-सम्मान दिनुहोला, तर त्यसपछि परमेश्वरले उसलाई त्यसको उपभोग गर्ने कुनै खुबी दिनुहुन्न । बरु त्यसको थोकहरू अरू कसैले उपभोग गर्दछ । यो बाफ र खराब पीडा हो ।
11बेइमानीसित कमाएको धनको महत्त्व घट्दै जान्छ, तर आफ्नो हातले परिश्रम गरेर कमाएको धन बढ्दै जान्छ ।
19अन्यायद्वारा धन थुपार्ने हरेकका मार्गहरू पनि त्यस्तै हुन्छन् । अन्यायद्वारा कमाउनेहरूको जीवन त्यही धनले छिनेर लैजान्छ ।
18परमेश्वरले हामीलाई दिनुभएको यस जीवनकालमा सूर्यमूनि हामीले परिश्रम गर्दा हाम्रा सारा कामबाट प्राप्त कुराहरूको आनन्द मनाउनु, खानु र पिउनु नै ठिक र उचित हो भनी मैले देखेको छु । किनकि यो नै मानिसको जिम्मेवारी हो ।
19जसलाई परमेश्वरले धन-सम्पत्ति र जग्गा-जमिन, अनि त्यसको काममा त्यसको हिस्सा प्राप्त गर्ने र आनन्द मनाउने खुबी दिनुभएको छ, त्योचाहिँ परमेश्वरको वरदान हो ।
7मानिसका सबै काम त्यसको मुखको लागि हो, तापनि त्यसको भोक सन्तुष्ट हुँदैन ।
8वास्तवमा मूर्खलाई भन्दा बुद्धिमान् मानिसलाई केचाहिँ बढी फाइदा छ र? अरू मानिसहरूको सामुन्ने कसरी व्यवहार गर्ने भनी गरिब मानिसलाई थाहा भए तापनि त्यसलाई के लाभ हुन्छ र?
9भौँतारिहिँड्ने भोकको लालसाले गर्ने इच्छाभन्दा आँखाले जे देख्छ, त्यसबाट सन्तुष्ट हुनु उत्तम हुन्छ । यो पनि बाफ र बतासलाई खेद्ने कोसिस मात्र हो ।
24खानु, पिउनु र आफ्नो काममा भएको असल कुरोदेखि सन्तुष्ट हुनुभन्दा मानिसको लागि कुनै उत्तम कुरो छैन । यो सत्यताचाहिँ परमेश्वरको हातबाट आउँछ भनी मैले देखेँ ।
25किनकि परमेश्वरविना कसले खान र कुनै पनि किसिमको सुख-विलासमा रमाउन सक्छ?
26परमेश्वरलाई खुसी पार्ने जो कसैलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ । तथापि पापीलाई चाहिँ परमेश्वरले उहाँलाई खुसी तुल्याउने मानिसको निम्ति जम्मा गर्ने र थुपार्ने काम दिनुहुन्छ । यो पनि बाफ र बतासलाई खेद्ने कोसिस मात्र हो ।
11जति धेरै वचन बोलिन्छ, त्यति नै धेरै व्यर्थताको वृद्धि हुन्छ । त्यसो भए, मानिसलाई के लाभ हुन्छ र?
14“यो खराब छ, यो खराब छ,” ग्राहकले भन्छ, तर पर पुगेपछि त्यसले घमण्ड गर्छ ।
24जसले छर्छ, त्यसले धेरै बटुल्ने छ । जसले दिनुपर्ने पनि समातेर राख्छ, त्यो दरिद्रतामा पर्छ ।
6निश्चय नै हरेक मानिस छाया झैं हिंड्डुल गर्छ । निश्चय नै हरेक व्यक्ति धन थुपार्न हतार गर्छ, तापनि ति कसले पाउनेछ भनी तिनीहरू जान्दैनन् ।
8एउटा एक्लै बस्ने किसिमको मानिस छ । त्यसको कोही छैन, न छोरा, न दाजुभाइ । त्यसको कामको कुनै अन्त्य छैन, र त्यसका आँखा धन-सम्पत्ति आर्जन गर्नमा सन्तुष्ट हुँदैनन् । त्यो छक्क पर्छ, “मैले कसको लागि मेहनत गर्दै छु? मैले किन सुख-विलासलाई त्याग्दै छु?” यो पनि बाफ र खराब अवस्था हो ।
8हरेक कुरो विरक्तलाग्दो छ, र कसैले यसको वर्णन गर्न सक्दैन । आँखाले जे देख्छ, त्यसबाट यो सन्तुष्ट हुँदैन, न त कानले जे सुन्छ, त्यसबाट यो सन्तुष्ट हुन्छ ।
21यसरी नै कसैले आफ्नो धन सम्पत्तिको संचय गरेर आफ्नै लागि राख्दछन् र यो परमेश्वरकहाँ पुग्दैन ।”
22कन्जुस मानिस धनको पछि लाग्छ, तर दरिद्रता त्यसमाथि आइपर्ने छ भनी त्यसलाई थाहै हुँदैन ।
4धन-सम्पत्ति कमाउन धेरै नघोट्टी । कहिले बन्द गर्ने भनी थाहा पाउन बुद्धिमानी बन् ।
5के यसमाथि तेरो आँखाको ज्योति चम्कन दिन्छस्? यो बितेर जाने छ, किनकि गरुडका झैँ यसका पखेटाहरू पलाउने छन् र यो आकाशमा उडेर जाने छ ।
21किनकि बुद्धि, ज्ञान र सिपले काम गर्ने कुनै मानिस होला, तर त्यसले आफूसित भएका सबै थोक अर्को मानिसलाई छाडिदिने छ । यो पनि बाफ र ठुलो दुर्भाग्य हो ।
10मेरा आँखाले चाहेको कुनै पनि कुरो प्राप्त गर्नदेखि मैले रोकिनँ । मैले हृदयलाई कुनै पनि सुख-विलास रोकिनँ, किनकि मेरो हृदय मेरा सबै परिश्रममा आनन्दित हुन्थ्यो, र सुख-विलास मेरा सबै कामको लागि इनाम थियो ।
11तब मेरा हातले सम्पन्न गरेका सबै काम र मैले गरेका कामलाई मैले निरीक्षण गरेँ, तर फेरि पनि हरेक थोक बाफ र बतासलाई खेदेजस्तै मात्र थियो । सूर्यमूनि कुनै लाभ थिएन ।
9कामदारले आफ्नो परिश्रमबाट के लाभ पाउँछ र?
3मानिसले सूर्यमूनि कठिन परिश्रम गर्दा सारा कामबाट उसले के लाभ पाउँछ र?
10थिचोमिचो वा लुटमा भरोसा नगर । अनि व्यर्थमा धनमा आसा नगर, किनकि तिनीहरूले कुनै फल दिने छैनन् । आफ्नो हृदय तिनमा नलगाओ ।
11पैतृक-सम्पत्तिजस्तै बुद्धि राम्रो कुरो हो । यसले सूर्य देख्नेहरूलाई लाभ दिन्छ ।
7कोही मानिस धनी भएजस्तो गर्छ, जब कि त्योसँग केही हुँदैन, र कसैले चाहिँ आफूसित भएको हरेक थोक दिन्छ, र पनि त्यो साँच्चै धनी हुन्छ ।
22त्यसैले मानिसको लागि आफ्नो काममा आनन्द लिनुभन्दा उत्तम कुरो छैन भनी फेरि मैले बुझेँ, किनकि त्यो नै त्यसको जिम्मेवारी हो । त्योभन्दा पछि के हुन्छ भनी देखाउन त्यसलाई कसले फर्काएर ल्याउन सक्छ र?
6के यी सबैले त्यसको ठट्टा गर्ने एउटा यस्तो भनाइ र त्यसको विषयमा हाँसोको रूपमा यस्तो गीत सृजना गर्दैन र, ‘धिक्कार त्यसलाई जसले जे आफ्नो होइन त्यो थुपार्छ । कहिलेसम्म तैँले आफूले बन्धकमा लिएका कुराहरूको वजन बढाउँदै जान्छस्?’
13तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरू गुणात्मक रूपमा वृद्धि हुँदा र तिमीहरूका सुन र चाँदीको वृद्धि हुँदा र तिमीहरूसित भएका सबै थोकको वृद्धि हुँदा
8धेरै ब्याज लगाएर आफ्नो सम्पत्ति बढाउने मानिसको धनलाई अर्कैले कुम्ल्याउँछ र त्यसले गरिबहरूमाथि दया देखाउँछ ।
10परदेशीहरूले तिमीहरूको धन-सम्पत्तिमा भोज लगाउने छैनन् । तिमीहरूले जेको लागि काम गरेका छौ, त्यो परदेशीहरूको घरमा जाने छैन ।
18आफ्नो परिश्रमको फल उसले फिर्ता गर्नेछ र त्यो खान सक्नेछैन । आफ्नो व्यापारद्वारा कमाएको सम्पत्तिको आनन्द उसले पाउनेछैन ।
15र उहाँले तिनीहरूलाई भन्नुभयो, “हेर आफैँलाई लोभी इच्छाहरूबाट अलग राख, किनभने कसैको पनि जीवन उसको प्रशस्त धन सम्पत्तिको कारणले गर्दा जीवन प्रशस्ततामा रहन सक्दैन ।”
16अर्कोचाहिँ खराबी यही हो, कि मानिस जसरी आउँछ, त्यसरी नै फर्केर जान्छ । त्यसैले बतासको लागि काम गर्ने मानिसलाई केचाहिँ लाभ छ र?
19आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त अन्न हुने छ, तर बेकम्मा कोसिसको पछि लाग्नेचाहिँ दरिद्रताले भरिने छ ।
12हेर्नुहोस्ः यी मानिसहरू दुष्टहरू हुन् । तिनीहरू निश्चिन्त छन् र झन्-झन् धनी हुँदैछन् ।
21उसले नखाएको कुनै कुरो बाँकी छैन । त्यसकारण उसको सम्बृद्धि स्थायी हुनेछैन ।
6आफ्ना सम्पत्तिमा भरोसा गर्नेहरू र आफ्नो धेरै धन घमण्ड गर्नेहरूसँग म किन डराउने?
6बतासलाई खेद्ने कोसिसबाट प्राप्त दुई मुट्ठीभन्दा मौन कामबाट प्राप्त एक मुट्ठी लाभ उत्तम हुन्छ ।
23गरिब मानिसको नजोतिएको खेतबारीले प्रशस्तै अन्न उब्जाउला, तर अन्यायले त्यसलाई खोसेर लैजान्छ ।
19म मेरो प्राणलाई भन्नेछु, ‘हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ । आराम गर, खा, पी र आनन्दित हो ।’