उपदेशक 7:2
भोजको घरमा जानुभन्दा शोकको घरमा जानु उत्तम हुन्छ, किनकि जीवनको अन्त्यमा सबै मानिसका शोक आउँछ । जीवित मानिसहरूले यसलाई मनमा राख्नैपर्छ ।
भोजको घरमा जानुभन्दा शोकको घरमा जानु उत्तम हुन्छ, किनकि जीवनको अन्त्यमा सबै मानिसका शोक आउँछ । जीवित मानिसहरूले यसलाई मनमा राख्नैपर्छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
3हाँसोभन्दा अफसोस उत्तम हो, किनकि शोकित अनुहारपछि हृदयको प्रसन्नता आउँछ ।
4बुद्धिमान्को हृदय शोकको घरमा हुन्छ, तर मूर्खहरूको हृदय भोजको घरमा हुन्छ ।
5मूर्खहरूको गीत सुन्नुभन्दा बुद्धिमान्को हप्की सुन्नु उत्तम हो ।
1¶ महङ्गो अत्तरभन्दा असल नाउँ उत्तम हुन्छ, र जन्मको दिनभन्दा मृत्युको दिन राम्रो हुन्छ ।
12कुनै बाटो मानिसलाई सोझोजस्तै लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ ।
13हृदयमा हाँसो भए तापनि वेदना हुन सक्छ, र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ ।
3सूर्यमूनि गरिने हरेक कुराको लागि एउटा खराब दशा छ । तिनीहरू सबैमा उही कुरो आइपर्छ । मानिसको हृदय खराब कुराहरूले भरिएको छ, र तिनीहरू जिउँदा तिनीहरूको हृदयमा पागलपन हुन्छ । त्यसपछि तिनीहरू मरेकाहरूकहाँ जाने छन् ।
4सबै बाँचेकाहरूसित मिल्न जानेको आशा हुन्छ । मरेको सिंहभन्दा जिउँदो कुकुर असल हो ।
5किनकि बाँचेकाहरू मर्ने छन् भनी तिनीहरूलाई थाहा छ, तर मरेकाहरूलाई केही पनि थाहा हुँदैन । तिनीहरूको स्मरणशक्ति गइसकेकोले तिनीहरूले कुनै इनाम पाउँदैन ।
2अझै बाँचिरहेकाहरूभन्दा पहिले नै मरेकाहरू बढी भाग्यमानी हुन् भनी मैले विचार गरेँ ।
3तथापि, ती दुवैभन्दा पनि अझै नजन्मेकोचाहिँ बढी भाग्यमानी हो । त्यसले सूर्यमूनि गरिएको कुनै पनी खराब कामहरू देख्नै पाएको हुँदैन ।
14समय राम्रो हुँदा त्यस राम्रो समयमा खुसी भएर बस्, तर समय नराम्रो हुँदा यो कुरा विचार गर्: परमेश्वरले दुवैलाई आमनेसामने रहने अनुमति दिनुभएको छ । यही कारणले गर्दा मानिसको पछि के हुँदै छ भनी कसैले पत्ता लगाउने छैन ।
15मेरा बेकम्मा दिनहरूमा मैले धेरै कुराहरू देखेको छु । धर्मात्माहरूको धार्मिकताको बाबजुत पनि तिनीहरू नष्ट हुन्छ, र दुष्टहरूको दुष्टताको बाबजुत पनि तिनीहरू धेरै वर्षसम्म बाँच्छन् ।
15त्यसैले म प्रसन्नताको सिफारि गर्दछु, किनकि मानिसको लागि सूर्यमूनि खानु, पिउनु र खुसी हुनुभन्दा उत्तम कुरो छैन । सूर्यमूनि परमेश्वरले मानिसलाई दिनुभएको त्यसको जीवनकालभिर त्यसको परिश्रममा खुसी नै सँगसँगै जाने छ ।
8कोही धेरै वर्षसम्म बाँच्यो भने त्यो ती सबै वर्ष प्रसन्न होस्, तर त्यसले आउनेवाला अन्धकार दिनहरूको बारेमा सोचोस्, किनकि त्यस्ता दिनहरू धेरै हुने छन् । हुन आउने हरेक कुरो बिलाएर जाने बाफ हुन् ।
9हे जवान मानिस, तेरो युवावस्थामा आनन्द मना, र तेरो युवावस्थाको बेलामा तेरो हृदय आनन्दित होस् । तेरो हृदय र तेरा आँखाले देख्न सक्ने असल इच्छाहरूको पछि लाग् । तथापि यी सबै कुराको लागि परमेश्वरले तँमाथि इन्साफ ल्याउनुहुने छ भनी जान् ।
10तेरो हृदयबाट रिसलाई हटा, र तेरो शरीरमा भएको कुनै पनि दर्दलाई बेवास्ता गर्, किनकि युवावस्था र यसको शक्ति व्यर्थ हुन् ।
22त्यसैले मानिसको लागि आफ्नो काममा आनन्द लिनुभन्दा उत्तम कुरो छैन भनी फेरि मैले बुझेँ, किनकि त्यो नै त्यसको जिम्मेवारी हो । त्योभन्दा पछि के हुन्छ भनी देखाउन त्यसलाई कसले फर्काएर ल्याउन सक्छ र?
8वास्तवमा मूर्खलाई भन्दा बुद्धिमान् मानिसलाई केचाहिँ बढी फाइदा छ र? अरू मानिसहरूको सामुन्ने कसरी व्यवहार गर्ने भनी गरिब मानिसलाई थाहा भए तापनि त्यसलाई के लाभ हुन्छ र?
9भौँतारिहिँड्ने भोकको लालसाले गर्ने इच्छाभन्दा आँखाले जे देख्छ, त्यसबाट सन्तुष्ट हुनु उत्तम हुन्छ । यो पनि बाफ र बतासलाई खेद्ने कोसिस मात्र हो ।
8कुनै पनि कुरो सुरुभन्दा अन्त्य राम्रो हो, र हृदयमा घमण्ड हुनुभन्दा हृदयमा धैर्यवान् हुनु उत्तम हुन्छ ।
16समझशक्तिको मार्गबाट तर्कने मानिसले मरेकाहरूको सभामा विश्राम पाउने छ ।
15थिचोमिचोमा परेकाहरूका सबै दिन दुःखद हुन्छन्, तर आनन्दित हृदयको सुखको अन्त्य हुँदैन ।
16भ्रमको साथ धेरै धन-सम्पत्ति हुनुभन्दा बरु परमप्रभुको भयको साथ थोरै हुनु उत्तम हो ।
17ज्यादै दुष्ट र मूर्ख नबन् । तेरो समय आउनुअगि नै तँ किन मर्छस्?
8तँ खान र पिउनलाई तिनीहरूसँगै बस्न भोजको घरमा तैंले जानुहुँदैन ।'
12मानिस बाँचुञ्जेलसम्म त्यो आनन्दित रहनु र असल गर्नुभन्दा त्यसको लागि अर्को कुनै उत्तम कुरो छैन भनी मलाई थाहा छ ।
19किनकि मानव-जातिको अन्त्य र पशुहरूको अन्त्य समान छ । एउटाको मृत्यु अर्कोको जस्तै छ । तिनीहरू सबैको एउटै सास छ । मानव-जातिलाई पशुहरूलाई भन्दा बढी लाभ छैन । किनकि के सबै कुरा सास नै होइन र?
20हरेक कुरा उहाँ ठाउँमा जान्छ । हरेक कुरा धुलोबाट आउँछ, र धुलोमा नै फर्केर जान्छ ।
5किनकि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, “शोक भएको घरमा प्रवेश नगर् । तिनीहरूका निम्ति शोक गर्न वा सहानुभूति देखाउन नजा, किनकि यी मानिसबाट मैले आफ्नो शान्ति, मेरो अचुक प्रमे र कृपा लिएर गएको छु, यो परमप्रभुको घोषणा हो ।
16किनकि मूर्खलाई झैँ बुद्धिमान् मानिसलाई पनि धेरै लामो समयसम्म सम्झँदैन । आउँदा दिनहरूमा हरेक कुरा बिर्सिएको हुने छ । बुद्धिमान् मानिस मूर्खझैँ मर्छ ।
6हरेक विषयको लागि ठिक प्रतिक्रिया र प्रतिक्रिया दिने समय छ, किनकि मानिसका कष्टहरू धेरै छन् ।
4रुने एउटा समय छ, र हाँस्ने एउटा समय । शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय ।
23हरेक दिन त्यसको काम दर्दनाक र तनावग्रस्त हुन्छ । त्यसैले रातमा त्यसको प्राणले विश्राम पाउने छैन । यो पनि बाफजस्तै हो ।
24खानु, पिउनु र आफ्नो काममा भएको असल कुरोदेखि सन्तुष्ट हुनुभन्दा मानिसको लागि कुनै उत्तम कुरो छैन । यो सत्यताचाहिँ परमेश्वरको हातबाट आउँछ भनी मैले देखेँ ।
7जमिनबाट आएको धूलो जमिनमा फर्कनुअगि र आत्मा दिनुहुने परमेश्वरकहाँ आत्मा जानुअगि उहाँको सम्झना गर् ।
8उपदेशक भन्छन्, “व्यर्थ, व्यर्थ, सबै थोक व्यर्थ हुन् ।”
11जति धेरै वचन बोलिन्छ, त्यति नै धेरै व्यर्थताको वृद्धि हुन्छ । त्यसो भए, मानिसलाई के लाभ हुन्छ र?
12किनभने छायाझैँ बितिजाने मानिसको छोटो जीवनमा त्यसको व्यर्थताको बेलामा केचाहिँ असल हो भनी कसलाई थाहा हुन्छ र? सूर्यमूनि मानिसको मृत्यु भएपछि के हुन्छ भनी कसले भन्न सक्छ र?
6मानिस दुई हजार वर्षसम्म बाँचेर पनि असल थोकहरूको आनन्द लिन पाउँदैन भने त्यो मानिस पनि त्यहीँ जान्छ, जहाँ हरेक मानिस जान्छ ।
24जीवनको मार्गले विवेकशील मानिसहरूलाई उँभोतिर लैजान्छ । यसले तिनीहरूलाई उँधो पातालतिर जानदेखि फर्काउँछ ।
27हेर्नुहोस्, हामीले यस विषयलाई जाँच गरेका छौं । यो यस्तो छ । यसलाई सुन्नुहोस् र आफ्नै निम्ति यसलाई चिन्नुहोस् ।”
13आनन्दित हृदयले मुहारलाई हँसिलो बनाउँछ, तर हृदयको पिरले आत्मालाई चोट पुर्याउँछ ।
3कुनै मानिस एक सय जना छोराछोरीको बुबा बन्यो र त्यो धेरै वर्षसम्म बाँच्यो अनि त्यसका दिनहरू धेरै भएर पनि असल कुराहरूले त्यसको हृदय सन्तुष्ट भएन र त्यसलाई गाडिएन भने त्यो मानिसभन्दा जन्मँदै मरेको बच्चा उत्तम हो ।
10तेरो हातले जे काम पाउँछ, त्यो शक्ति लगाएर गर्, किनकि तँ जान लागिरहेको पातलमा कुनै काम वा व्याख्या वा ज्ञान वा बुद्धि छैन ।
1¶ मैले मेरो मनमा भनेँ, “अब आइज । म तँलाई खुसीले जाँच गर्ने छु । त्यसैले सुख-विलास गर ।” तर यो पनि अस्थायी मन्द बतासमात्र रहेछ ।
2मैले हाँसोको विषयमा भनेँ, “यो सन्काहा हो,” र सुख-विलासको विषयमा भनेँ, “यसको के फाइदा छ?”
10यसरी दुष्टहरूलाई सार्वजनिक रूपमा गाडिएको मैले देखेँ । तिनीहरूलाई पवित्र स्थानबाट लगियो र गाडियो, अनि तिनीहरूले दुष्ट कामहरू गरेकै सहरका मानिसहरूले तिनीहरूको प्रशंसा गरे । यो पनि अर्थहीन छ ।
10यसो नभन्, “यीभन्दा पाकाहरूका दिन किन उत्तम हुन्छ?” किनकि बुद्धिको कारण तैँले यो प्रश्न सोधेको होइन ।
11तिमीहरूका मासु र छाला गलिसक्दा तिमीहरूको जीवनको अन्त्यमा तिमीहरूले विलाप गर्ने छौ ।