14फारस र मादीका सात जना राजकुमार अर्थात् कर्शेना, शेथार, अद्माथा, तर्शीश, मेरेस, मर्सेना र ममूकान राजाका नजिकका मानिसहरू थिए । तिनीहरू राजाकहाँ जान सक्थे, र तिनीहरू राज्यमा उच्चतम पदहरूमा थिए ।
15राजाले सोधे, “अधिकारीहरूद्वारा रानी वश्तीकहाँ लगिएको राजा अहासूरसको आदेशलाई नमानेकी हुनाले कानुनको आदेशअनुसार उनलाई के गरिनुपर्छ?”
16राजा र अधिकारीहरूका सामु ममूकानले भने, “रानी वश्तीले राजाको विरुद्धमा मात्र होइन तर राजा अहासूरसका सबै प्रान्तका सारा अधिकारीहरू र सारा मानिसहरूको विरुद्धमा पनि गलत गर्नुभएको छ ।
17रानीको यो विषय सारा स्त्रीहरूलाई थाहा हुनेछ । यस कुराले तिनीहरूलाई आ-आफ्ना पतिलाई तुच्छ व्यवहार गर्ने बनाउनेछ । तिनीहरूले भन्नेछन्, 'राजा अहासूरसले रानी वश्तीलाई उहाँको सामु ल्याइयोस् भनी हुकुम गर्नुभयो, तर उनले इन्कार गरिन् ।'
18आजको दिन समाप्त नहुँदै रानीको यस विषयलाई सुन्ने फारस र मादीका कुलीन स्त्रीहरूले राजाका सबै अधिकारीलाई उही कुरा भन्नेछन् । धेरै अनादर र क्रोध पैदा हुनेछ ।
19राजालाई यस कुराले खुसी लाग्छ भने, वश्ती अबदेखि उहाँको सामु नआऊन् भनी उहाँबाट एउटा राजकीय आदेश होस्, र यसलाई रद्द गर्न नसकिने फारसी र मादीहरूको कानुनमा लेखियोस् । राजाले उनीभन्दा अझै असल स्त्रीलाई उनको स्थानमा रानीको दर्जा दिइयोस् ।