एस्थर 4:6

अनलक शाब्दिक बाइबल

त्यसैले हताक राजाको ढोकाको सामु सहरको खुला चोकमा मोर्दकैकहाँ गए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • एस्थ 4:3 : 3 राजाको हुकुम र आदेश पुगेको हरेक प्रान्तमा यहूदीहरूका माझमा उपवास, रुवाबासी र विलासँगै ठुलो शोक थियो । तिनीहरूमध्ये धेरै जानले भाङ्ग्रा लगाए, र खरानीमा बसे ।
  • एस्थ 7:2 : 2 यो दोस्रो दिनमा, तिनीहरूले दाखमद्य बाँड्‍दै गर्दा राजाले एस्तरलाई सोधे, “रानी एस्तर, तिम्री बिन्ती के हो? तिमीलाई त्‍यो दिइनेछ । तिम्रो अनुरोध के हो? आधा राज्यसम्म पनि तिमीलाई दिइनेछ ।”
  • एस्थ 9:12 : 12 राजाले रानी एस्तरलाई भने, “यहूदीहरूले हामानका दस छोरासहित शूशनको किल्लामा पाँच सय मानिसलाई मारेका छन् । तब राजाका बाँकी प्रान्तहरूमा तिनीहरूले झन् के गरेका होलान्? अब तिम्रो बिन्ती के हो? त्‍यो तिमीलाई दिइनेछ । तिम्रो अनुरोध के हो? त्‍यो तिमीलाई दिइनेछ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • एस्थ 4:7-10
    4 पदहरू
    84%

    7मोर्दकैको जीवनमा आइपरेका सबै कुरा, र यहूदीहरूलाई मार्नका लागि हामानले राज्यकोषमा दिने प्रतिज्ञा गरेका सम्पूर्ण चाँदीको मात्राबारे तिनले हताकलाई विवरण दिए ।

    8यहूदीहरूको विनाशको निम्ति शूशनमा जारी गरिएको उर्दीको नक्‍कल पनि तिनले हताकलाई दिए । हताकले यो एस्तरलाई देखाउन सकून्, अनि राजाको निगाहा प्राप्‍त गर्नलाई गएर बिन्‍ति चढाउने र आफ्नो जातिको पक्षमा उहाँलाई याचना गर्ने जिम्‍मेवारी तिनले उनलाई दिन सकून् भनेर तिनले यसो गरे ।

    9त्यसैले हताक गए र मोर्दकैले तिनलाई भनेका कुरा एस्तरलाई बताए ।

    10तब एस्तरले हताकसित कुरा गरिन्, र तिनलाई मोर्दकैकहाँ फर्केर जान आज्ञा दिइन् ।

  • एस्थ 4:1-5
    5 पदहरू
    84%

    1¶ जब मोर्दकैले यी सबै कुरा थाहा पाए, तब तिनले आफ्ना लुगा च्याते अनि भाङ्ग्रा र खरानी लगाए । तिनी सहरको बिचमा गए, र ठुलो सोरले कराए, र विलाप गरे ।

    2तिनी राजाको ढोकासम्म मात्र गए किनकि कसैलाई पनि भाङ्ग्रा लगाएर त्यसबाट जान अनुमति थिएन ।

    3राजाको हुकुम र आदेश पुगेको हरेक प्रान्तमा यहूदीहरूका माझमा उपवास, रुवाबासी र विलासँगै ठुलो शोक थियो । तिनीहरूमध्ये धेरै जानले भाङ्ग्रा लगाए, र खरानीमा बसे ।

    4जब एस्तरका युवतीहरू र सेविकाहरू आएर उनलाई त्‍यो कुरा बताए, तब रानी ठुलो शोकमा डुबिन् । उनले मोर्दकैको लागि पोशाकहरू पठाइन् (ताकि तिनले भाङ्ग्रा फुकालून्), तर तिनले ती स्वीकार गरेनन् ।

    5तब एस्तरको सेवा गर्न खटाइएका राजाका अधिकारीहरूमध्ये हताकलाई तिनले बोलाइन् । के भएको थियो र यसको अर्थ के हो भनी जान्‍न उनले तिनलाई मोर्दकैकहाँ पठाइन् ।

  • एस्थ 6:2-5
    4 पदहरू
    79%

    2प्रवेशद्वारको पहरा दिने राजाका दुई जना अधिकारी बिग्थाना र तेरेशले राजा अहासूरसलाई हानि गर्ने कोसिस गरेका कुरा मोर्दकैले जानकरी गराएका थिए भनी त्‍यहाँ लेखिएको पाइयो ।

    3राजाले सोधे, “यसो गरेका हुनाले मोर्दकैलाई सम्मान वा पद दिन के गरियो त?” तब राजाको सेवा गर्ने जवान मानिसहरूले जवाफ दिए, “तिनको लागि केही गरिएन ।”

    4राजाले भने, “चोकमा को छ?” अब हामानचाहिं भर्खरै आफूले तयार गरेको फाँसीको काठमा मोर्दकैलाई झुण्ड्याउन भनी राजासित बिन्ती गर्न राजदरबारको बाहिर चोकमा आइपुगेका थिए ।

    5राजाका सेवकहरूले तिनलाई भने, “हामान चोकमा उभिरहेका छन् ।” राजाले भने, “तिनी भित्र आऊन् ।”

  • एस्थ 6:9-12
    4 पदहरू
    78%

    9तब त्यो पोशाक र घोडा राजाका सबैभन्दा माननीय अधिकारीहरूमध्ये एक जनालाई दिइयोस् । राजाले सम्मान गर्न खोज्नुभएको मानिसलाई तिनीहरूले त्यो पोशाक पहिराऊन्, र तिनलाई घोडामा सवार गराएर सहरका सडकहरू घुमाऊन् । तिनीहरूले तिनको सामु घोषणा गरून्, 'राजाले सम्मान गर्ने इच्छा गर्नुभएको मानिसलाई यसै गरिन्छ' ।”

    10तब राजाले हामानलाई भने, “छिटो गर, तिमीले भनेझैँ पोशाक र घोडा लिएर आऊ, अनि राजाको ढाकामा बस्‍ने यहूदी मोर्दकैलाई यसै गर । तिमीले भनेका एउटै कुरा गर्न पनि नचुक ।”

    11तब हामानले पोशाक र घोडा ल्‍याए । तिनले मोर्दकैलाई उक्‍त पोशाक लगाइदिए, र तिनलाई घोडामा सवार गराएर सहरका सडकहरूमा घुमाए । तिनको सामु तिनले घोषणा गरे, “राजाले सम्मान गर्न इच्छा गर्नुभएको मानिसलाई यसै गरिन्छ ।”

    12मोर्दकै राजाको ढोकामा फर्के । तर हामानचाहिं शिर ढाकेर शोक गर्दै हतार गरी आफ्नो घरमा गए ।

  • 17मोर्दकै गए, र तिनले एस्तरले भनेझैँ सबै गरे ।

  • 11एस्तरको अवस्था र उनलाई के गरिन्छ भनी जान्‍न हरेक दिन मोर्दकै स्‍त्री-घरको बाहिरपट्टि चोकमा ओहोर-दोहोर गर्थे ।

  • एस्थ 4:12-13
    2 पदहरू
    75%

    12त्यसैले हताकले एस्तरको कुरा मोर्दकैलाई बताए ।

    13मोर्दकैले यो सन्देश पठाए, “तिमी राजदरबारमा भएकी हुनाले अरू सबै यहूदीमध्ये तिमीचाहिं बाँच्नेछ्यौ भनी तिमीले नसोचे हुन्‍छ ।

  • एस्थ 3:1-4
    4 पदहरू
    75%

    1¶ यी कुरापछि राजा अहासूरसले अगागी हम्मदाताका छोरा हामानलाई बढुवा गरे, र तिनीसित भएका सबै अधिकारीभन्दा तिनको अधिकारको पद माथि राखिदिए ।

    2राजाको ढोकामा भएका सबै सेवकले हामानको सामु घुँडा टेक्‍नु र लम्पसार परेर दण्‍डवत् गर्नु भन्‍ने आदेश राजाबाट भएको थियो । तर मोर्दकैले न घँडा टेके, न लम्पसार परे ।

    3तब राजाको ढोकामा बस्‍ने राजाका सेवकहरूले मोर्दकैलाई भने, “राजाको आज्ञालाई तपाईं किन अटेर गर्नुहुन्‍छ?”

    4तिनीहरूले दिनप्रतिदिन तिनीसित उही कुरा गरे तापनि तिनले उनीहरूका इच्‍छाको बेवास्ता गरे । त्यसैले मोर्दकैको बारेमा त्यस्तै रहन्छ कि रहँदैन भनी तिनीहरूले त्यो कुरा हामानलाई बताए किनकि मोर्दकै यहूदी थिए भनी उनले तिनीहरूलाई भनेका थिए ।

  • एस्थ 8:1-2
    2 पदहरू
    75%

    1¶ त्यस दिन राजा अहासूरसले रानी एस्तरलाई यहूदीहरूका शत्रु हामानको सम्पत्ति दिए, र मोर्दकैले राजाको सामु सेवा गर्न थाले किनकि कसरी मोर्दकै उनीसित सम्बन्धित थिए भनी एस्तरले राजालाई बताएकी थिइन् ।

    2राजाले हामानबाट लिएको आफ्नो छाप-औँठी निकालेर मोर्दकैलाई दिए । एस्तरले मोर्दकैलाई हामानको जमिनको जिम्मा दिइन् ।

  • एस्थ 2:19-22
    4 पदहरू
    74%

    19अब दोस्रो पटक कन्याहरू भेला भइरहेका समयमा मोर्दकै राजाको मूलद्वारमा बसिरहेका थिए ।

    20मोर्दकैले एस्तरलाई निर्देशन दिएअनुसार उनले आफ्नो जाति र आफ्ना नातेदारहरूको बारेमा कसैलाई भनेकी थिइनन् । मोर्दकैले उनलाई हुर्काउँदाको बेलामा झैँ उनले तिनको सल्लाहलाई निरन्‍तर मानिन् ।

    21ती दिनमा मोर्दकै राजाको मूलद्वारमा बसिरहँदा राजाका दुई जना द्वारपाल अधिकारीहरू बिग्थाना र तेरेश रिसाए, अनि तिनीहरूले राजा अहासूरसको हानि गर्न खोजे ।

    22मोर्दकैले यो कुरो थाहा पाएपछि तिनले रानी एस्तरलाई बताए, अनि रानीले मोर्दकैको नाउँ लिएर राजालाई बताइन् ।

  • 15तब एस्तरले मोर्दकैलाई यो सन्देश पठाइन्,

  • 14तिनीहरू तिनीसित कुराकानी गरिरहँदा राजाका अधिकारीहरू आइपुगे । एस्तरले तयार पारेको भोजमा लैजान तिनीहरूले हामानलाई हतार गरे ।

  • 9त्यस दिन हामान आनन्दित र हृदयमा प्रसन्‍न भएर गए । तर जब हामानले राजाको ढोकामा मोर्दकैलाई न खडा भएको न त तिनको सामु डरले थरथर काँपेको देखे, तब तिनी मोर्दकैको विरुद्धमा रिसले चुर भए ।

  • एस्थ 8:14-15
    2 पदहरू
    72%

    14त्यसैले पत्रवाहकहरू राजाको सेवामा प्रयोग गरिने राजकीय घोडाहरूमा सवार भए । तिनीहरू ढिलो नगरी गए । राजाको आदेशलाई शूशनस्थित राजदरबारबाट पनि जारी गरियो ।

    15तब मोर्दकैले निलो र सेतो राजकीय पोशाकहरू पहिरिए अनि सुनको ठुलो मुकुट पहिरिए र, मलमलको बैजनी वस्‍त्र लगाए र राजाको उपस्थितिबाट गए, अनि शूशन सहरले जयजयकार गर्‍यो र आनन्द मनायो ।

  • 1¶ तिन दिनपछि एस्तरले आफ्नो राजकीय पोशाक पहिरिन्, र राजदरबारको सामु रहेको चोकमा खडा हुन गइन् । राजाचाहिँ राजदरबारको राजकीय सिंहासनमा बसेर मूल ढोकातर्फ हेरिरहेका थिए ।

  • 20मोर्दकैले यी कुराहरूका विवरण गरे, अनि राजा अहासूरसका टाढा र नजिकका सबै प्रान्तमा भएका सबै यहूदीलाई चिट्ठीहरू पठाए,

  • 7राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “हेर, मैले एस्तरलाई हामानको घर दिएको छु, र तिनीहरूले त्यसलाई फाँसीको काठमा झुण्ड्याएका छन् किनकि त्यसले यहूदीहरूलाई आक्रमण गर्न खोज्दै थियो ।

  • 13तर मैले मोर्दकैलाई राजाको ढोकामा बसिरहेको देखेसम्म मेरा लागि यी सबै कुराले कुनै अर्थ राख्‍दैन ।”

  • 6मोर्दकैलाई मात्र मार्नुपर्छ भन्‍ने विचारलाई तिनले टेरेनन् किनकि मोर्दकैका मानिसहरू को थिए भनी राजाका सेवकहरूले तिनलाई बताएका थिए । हामानले अहासूरसको सम्पूर्ण राज्यमा भएका सारा यहूदी अर्थात् मोर्दकैको जातिलाई सखाप पार्न चाहन्थे ।

  • 4राजाले एस्तरतिर सुनको राजदण्ड पसारे, तब उनी उठिन् र राजाको सामु खडा भइन् ।

  • 4मोर्दकै राजदरबारमा महान् मानिस थिए, अनि तिनको ख्याति सबै प्रान्तभरि फैलियो किनकि यी मानिस मोर्दकै झनझन महान् बन्दै थिए ।

  • एस्थ 5:4-5
    2 पदहरू
    71%

    4एस्तरले भनिन्, “राजालाई खुसी लागेमा मैले हजुरको निम्ति तयार पारेको भोजमा हजुर र हामानको सवारी होस् ।”

    5तब राजाले भने, “एस्तरले भनेकी कुरा गर्न हामानलाई झट्टै ल्याओ ।” त्यसैले राजा र हामान एस्तरले तयार पारेको भोजमा गए ।

  • 5शूशनको किल्लामा कोही एक जना यहूदी थिए जसको नाउँ मोर्दकै थियो जो याईरका छोरा, शिमीका नाति र कीशका पनाति बेन्यामीन कुलका थिए ।

  • एस्थ 7:7-8
    2 पदहरू
    69%

    7राजा भोजमा दाखमद्य पिइरहेको अवस्थाबाट रिसले चुर भएर उठे, र राजमहलको बगैँचामा गए, तर हामानचाहिं रानी एस्तरबाट आफ्नो जीवनको भिग माग्‍न त्यहीँ बसे । राजाले तिनको विरुद्धमा विपत्ती ल्याउँदै थिए भनी तिनले देखे ।

    8तब राजमहलको बगैँचाबाट दाखमद्य बाँडिएको कोठामा राजा फर्केर आए । हामानचाहिं भर्खरै एस्तर बसिरहेको सोफाको छेउमा पसारो परेका थिए । राजाले भने, “के मेरै उपस्थिति मेरै घरमा त्यसले रानीलाई बलात्‍कार गर्न खोज्‍छ?” राजाको मुखबाट यो वाक्य बाहिर निस्कनेबित्तिकै अधिकारीहरूले हामानको अनुहार छोपे ।

  • 3यहूदी मोर्दकै राजा अहासूरसको दोस्रो दर्जामा थिए । तिनी यहूदीहरूका बिचमा महान् थिए, र तिनका धेरै जना यहूदी दाजुभाइका माझमा लोकप्रिय थिए, किनकि तिनले आफ्नो जातिको भलाइ गरे र आफ्ना सबै मानिसको शान्तिको पक्षमा बोले ।

  • 8जब राजाको आदेश र उर्दीको घोषणा गरियो, तब धेरै जना युवतीहरू शूशनको किल्लामा ल्याइए । तिनीहरूलाई हेगेको हेरचाहमा राखियो । एस्तर पनि राजदरबारमा लगिइन् र स्‍त्रीहरूको निरिक्षक हेगेको हेरचाहमा राखिइन् ।