एस्थर 9:14
त्यसैले राजाले त्यसै गरियोस् भनी आज्ञा दिए । शूशनमा एउटा आदेश निकालियो, र तिनीहरूले हामानका दसै जना छोरालाई झुण्ड्याए ।
त्यसैले राजाले त्यसै गरियोस् भनी आज्ञा दिए । शूशनमा एउटा आदेश निकालियो, र तिनीहरूले हामानका दसै जना छोरालाई झुण्ड्याए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
9पर्मशता, अरीशै, अरीदै र बैजाता,
10र हम्मदाताको छोरा यहूदीहरूका शत्रु हामानका दस जना छोरालाई मारे । तर तिनीहरूले कुनै कुरा पनि लुटेर लिएनन् ।
11त्यो दिन शूशनको किल्लामा मारिएकाहरूको सङ्ख्याको विवरण राजालाई दिइयो ।
12राजाले रानी एस्तरलाई भने, “यहूदीहरूले हामानका दस छोरासहित शूशनको किल्लामा पाँच सय मानिसलाई मारेका छन् । तब राजाका बाँकी प्रान्तहरूमा तिनीहरूले झन् के गरेका होलान्? अब तिम्रो बिन्ती के हो? त्यो तिमीलाई दिइनेछ । तिम्रो अनुरोध के हो? त्यो तिमीलाई दिइनेछ ।”
13एस्तरले भनिन्, “राजालाई खुसी लागेमा शूशनमा भएका यहूदीहरूलाई आजको आदेश भोलीको निम्ति पनि कार्यान्वयन गर्न अनुमति दिइयोस् र हामानका दसै जना छोराका लाशलाई फाँसीको काठमा झुण्ड्याइयोस् ।”
23त्यसैले मोर्दकैले तिनीहरूलाई जे लेखेका थिए त्यो गरेर यहूदीहरूले थालनी गरेका उत्सवलाई तिनीहरूले निरन्तरता दिए ।
24त्यस बेला सारा यहूदीका शत्रु अगागी हम्मदाताको छोरा हामानले, यहूदीहरूलाई नष्ट गर्न तिनीहरूको विरुद्धमा षड्यन्त्र रचेको थियो, र तिनीहरूलाई थिचोमिचो गर्न र नाश पार्न उसले ‘पुर’ अर्थात् चिट्ठा हाल्यो ।
25तर जब त्यो कुरो राजाको सामु पुग्यो, तब यहूदीहरूको विरुद्धमा हामानले रचेको दुष्ट योजना त्यसकै थाप्लोमा परोस् अनि ऊ र उसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याइयोस् भनी राजाले चिट्ठीहरू लेखेर आदेश दिए ।
26त्यसकारण तिनीहरूले यी दिनलाई “पूरीम” भने जुन “पूर” नामबाट आएको थियो । यस पत्रमा लेखिएको र तिनीहरूले देखेका र तिनीहरूमाथि आइपरेका हरेक कुराको कारणले गर्दा,
7राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “हेर, मैले एस्तरलाई हामानको घर दिएको छु, र तिनीहरूले त्यसलाई फाँसीको काठमा झुण्ड्याएका छन् किनकि त्यसले यहूदीहरूलाई आक्रमण गर्न खोज्दै थियो ।
6एस्तरले जवाई दिइन्, “त्यो विरोधी, शत्रु यही दुष्ट हामान हो ।” तब हामान राजा र रानीको सामु डरले थरथर काँपे ।
7राजा भोजमा दाखमद्य पिइरहेको अवस्थाबाट रिसले चुर भएर उठे, र राजमहलको बगैँचामा गए, तर हामानचाहिं रानी एस्तरबाट आफ्नो जीवनको भिग माग्न त्यहीँ बसे । राजाले तिनको विरुद्धमा विपत्ती ल्याउँदै थिए भनी तिनले देखे ।
8तब राजमहलको बगैँचाबाट दाखमद्य बाँडिएको कोठामा राजा फर्केर आए । हामानचाहिं भर्खरै एस्तर बसिरहेको सोफाको छेउमा पसारो परेका थिए । राजाले भने, “के मेरै उपस्थिति मेरै घरमा त्यसले रानीलाई बलात्कार गर्न खोज्छ?” राजाको मुखबाट यो वाक्य बाहिर निस्कनेबित्तिकै अधिकारीहरूले हामानको अनुहार छोपे ।
9तब राजाको सेवा गर्ने एक जना अधिकारी हर्बोनाले भने, “हामानको घरको छेउमा पच्चिस मिटर लामो एउटा फाँसीको काठ खडा छ । महाराजाको ज्यान जोगाइदन बोल्ने मोर्दकैको निम्ति त्यसले त्यो तयार पारेको हो ।” राजाले भने, “त्यसलाई त्यसैमा झुण्ड्याओ ।”
10त्यसैले तिनीहरूले हामानले मोर्दकै को निम्ति तयार पारेको फाँसीको काठमा उसैलाई झुण्ड्याए । तब राजाको रिस मर्यो ।
14तर तिनकी पत्नी जेरेशले हामान र तिनका सबै मित्रहरूलाई भनिन्, “तिनीहरूले पच्चिस मिटर अग्लो एउटा फाँसीको काठ बनाऊन् । बिहान मोर्दकैलाई त्यसमा झुण्ड्याउन राजासित कुरा गर्नुहोस् । तब आनन्दित भएर राजासँगै भोजमा जानुहोस् ।” हामानलाई यो कुरा मन पर्यो, र तिनले एउटा फाँसीको काठ बनाउन लगाए ।
15अदार महिनाको चौधौँ दिनमा शूशनमा भएका यहूदीहरू एकै ठाउँमा भेला भए, र शूशनमा थप तिन सय जना मानिसलाई मारे, तर तिनीहरूले लुटपाटमा हात हालेनन् ।
4राजाले भने, “चोकमा को छ?” अब हामानचाहिं भर्खरै आफूले तयार गरेको फाँसीको काठमा मोर्दकैलाई झुण्ड्याउन भनी राजासित बिन्ती गर्न राजदरबारको बाहिर चोकमा आइपुगेका थिए ।
5राजाका सेवकहरूले तिनलाई भने, “हामान चोकमा उभिरहेका छन् ।” राजाले भने, “तिनी भित्र आऊन् ।”
6मोर्दकैलाई मात्र मार्नुपर्छ भन्ने विचारलाई तिनले टेरेनन् किनकि मोर्दकैका मानिसहरू को थिए भनी राजाका सेवकहरूले तिनलाई बताएका थिए । हामानले अहासूरसको सम्पूर्ण राज्यमा भएका सारा यहूदी अर्थात् मोर्दकैको जातिलाई सखाप पार्न चाहन्थे ।
7राजा अहासूरसको बाह्रौँ वर्षको पहिलो महिनामा (जुन नीसान महिना हो) दिन र महिनाको छनोट गर्न हामानको सामु पुर अर्थात् चिट्ठा हालियो । चिट्ठा बाह्रौँ महिनामा (जुन अदार महिना हो) नपरेसम्म तिनीहरूले चिट्ठा हालिरहे ।
8तब हामानले राजा अहासूरसलाई भने, “एउटा कोही मानिसहरू छन् जुन हजुरको राज्यका सारा प्रान्तभिर छरिएर रहेका छन् । तिनीहरूको व्यवस्था अरू मानिसहरूको भन्दा फरक छ, र तिनीहरूले राजाको व्यवस्था पालन गर्दैनन् । त्यसैले तिनीहरूलाई छोडिदिनु राजाको लागि उचित होइन ।
9राजालाई खुसी लागेमा तिनीहरूलाई मार्ने आदेश दिनुहोस्, र यो काम गर्ने राजाका कर्मचारीहरूका निम्ति म राजकोषमा जम्मा गर्न तिन लाख किलो चाँदी दिनेछु ।”
10तब राजाले आफ्नो हातबाट छाप-औँठी निकाले र यहूदीहरूका शत्रु अगागी हम्मदाताका छोरा हामानलाई त्यो दिए ।
11राजाले हामानलाई भने, “तिमी र तिम्रा मानिसहरूलाई रुपियाँ-पैसा फिर्ता दिइएको म हेर्नेछु । तिमीलाई इच्छा छ त्यही त्यसले गर ।”
12तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो, र हामानको आदेश समावेश गर्ने गरी एउटा उर्दी लेखेर राजा प्रान्तीय गभर्नरहरू, सबै प्रान्तका अधिकारीहरू, विभिन्न जातिका सबै गभर्नरहरू, सबैजातिका अधिकारीहरूलाई हरेक प्रान्तमा तिनीहरूको आफ्नै लिपि र हरेक जातिको आफ्नै भाषामा पठाइयो । यसलाई राजा अहासूरसको नाउँमा लेखिएको र त्यसलाई तिनको औँठीद्वारा छाप लगाइएको थियो ।
13बाह्रौँ महिना (जुन अदार महिना हो) को तेह्रौँ दिनमा युवादेखि वृद्धसम्म, बालबालिका र महिला सबै यहूदीलाई एकै दिनमा नामेट पार्न, मार्न र नाश गर्न अनि तिनीहरूका धन-सम्पत्ति खोस्न राजाका सारा प्रान्तमा पत्रवाहकहरूद्वारा चिठ्ठीहरू पठाइए ।
14हरेक प्रान्तमा उक्त चिट्ठीको एकप्रतिलाई कानुन बनाइयो । तिनीहरू त्यही दिन तयार हुनुपर्छ भनेर हरेक प्रान्तमा सबै मानिसलाई जानकारी गराइयो ।
15राजाको आदेशलाई वितरण गर्न पत्रवाहकहरू हतारिए गए । शूशनको किल्लाभित्र पनि उर्दी बाँडियो । राजा र हामान पिउनलाई बसे, तर शूशन सहरमा भने हलचल मच्चियो ।
10तब राजाले हामानलाई भने, “छिटो गर, तिमीले भनेझैँ पोशाक र घोडा लिएर आऊ, अनि राजाको ढाकामा बस्ने यहूदी मोर्दकैलाई यसै गर । तिमीले भनेका एउटै कुरा गर्न पनि नचुक ।”
11तब हामानले पोशाक र घोडा ल्याए । तिनले मोर्दकैलाई उक्त पोशाक लगाइदिए, र तिनलाई घोडामा सवार गराएर सहरका सडकहरूमा घुमाए । तिनको सामु तिनले घोषणा गरे, “राजाले सम्मान गर्न इच्छा गर्नुभएको मानिसलाई यसै गरिन्छ ।”
12मोर्दकै राजाको ढोकामा फर्के । तर हामानचाहिं शिर ढाकेर शोक गर्दै हतार गरी आफ्नो घरमा गए ।
14तिनीहरू तिनीसित कुराकानी गरिरहँदा राजाका अधिकारीहरू आइपुगे । एस्तरले तयार पारेको भोजमा लैजान तिनीहरूले हामानलाई हतार गरे ।
1¶ त्यस दिन राजा अहासूरसले रानी एस्तरलाई यहूदीहरूका शत्रु हामानको सम्पत्ति दिए, र मोर्दकैले राजाको सामु सेवा गर्न थाले किनकि कसरी मोर्दकै उनीसित सम्बन्धित थिए भनी एस्तरले राजालाई बताएकी थिइन् ।
2राजाले हामानबाट लिएको आफ्नो छाप-औँठी निकालेर मोर्दकैलाई दिए । एस्तरले मोर्दकैलाई हामानको जमिनको जिम्मा दिइन् ।
3तब एस्तरले फेरि राजासित कुरा गरिन् । उनले भुइँतिर शिर झुकाइन्, र अगागी हामानले यहूदीहरूको विरुद्धमा रचेको षडयन्त्र, खराब योजनालाई रद्द गरिदिन उनले रुँदै राजालाई बिन्ती गरिन् ।
5तब राजाले भने, “एस्तरले भनेकी कुरा गर्न हामानलाई झट्टै ल्याओ ।” त्यसैले राजा र हामान एस्तरले तयार पारेको भोजमा गए ।
1¶ यी कुरापछि राजा अहासूरसले अगागी हम्मदाताका छोरा हामानलाई बढुवा गरे, र तिनीसित भएका सबै अधिकारीभन्दा तिनको अधिकारको पद माथि राखिदिए ।
1¶ बाह्रौँ महिना अर्थात् अदार महिनाको तेह्रौँ दिनमा राजाको कानुन र आदेशलाई कार्यान्वयन गर्ने दिन, यहूदीहरूका शत्रुहरूले तिनीहरूमाथि शक्ति जमाउनलाई आशा गरेको दिन जब आयो, परिणाम उल्टो भयो । यहूदीहरूले आफूलाई घृणा गर्नेहरूमाथि शक्ति पाए ।
23त्यो सुचनको अनुसन्धान भयो र पुष्टि भयो, अनि दुवै जनालाई फाँसीको सजाए दिएर काठमा झुण्ड्याइयो । यो कुरोलाई राजाको उपस्थितिमा इतिहासको पुस्तकमा लेखियो ।
7मोर्दकैको जीवनमा आइपरेका सबै कुरा, र यहूदीहरूलाई मार्नका लागि हामानले राज्यकोषमा दिने प्रतिज्ञा गरेका सम्पूर्ण चाँदीको मात्राबारे तिनले हताकलाई विवरण दिए ।
8यहूदीहरूको विनाशको निम्ति शूशनमा जारी गरिएको उर्दीको नक्कल पनि तिनले हताकलाई दिए । हताकले यो एस्तरलाई देखाउन सकून्, अनि राजाको निगाहा प्राप्त गर्नलाई गएर बिन्ति चढाउने र आफ्नो जातिको पक्षमा उहाँलाई याचना गर्ने जिम्मेवारी तिनले उनलाई दिन सकून् भनेर तिनले यसो गरे ।
5उनले भनिन्, “राजालाई खुसी लागेमा, र मैले हजुरको नजरमा निगाह पाएकी छु भने, राजाको सामु यो कुरो ठिक लाग्छ भने, र हजुरको नजरमा मैले हजुरलाई खुशी पार्न सकेकी छु भने, अगागी हम्मदाताको छोरा हामानद्वारा राजाका सबै प्रान्तमा भएका यहूदीहरूलाई नष्ट पार्न भनी लेखिएका चिट्ठीहरू रद्द गर्न एउटा आदेश लेखियोस् ।
11हामानले तिनीहरूलाई आफ्नो धनदौलतको रवाफ, आफ्ना धेरै जना छोराहरू, राजाले तिनलाई दिएका सबै पदोन्नति अनि राजाका सबै अधिकारी र सेवकहरूभन्दा बढी तिनको प्रगति कसरी भयो भनेर बयान दिए ।
14त्यसैले पत्रवाहकहरू राजाको सेवामा प्रयोग गरिने राजकीय घोडाहरूमा सवार भए । तिनीहरू ढिलो नगरी गए । राजाको आदेशलाई शूशनस्थित राजदरबारबाट पनि जारी गरियो ।
31यहूदी मोर्दकै र रानी एस्तरले यहूदीहरूलाई आज्ञा दिएझैँ तिनीहरूको तोकिएको समयमा पूरीमका यी दिन मान्न चिट्ठीहरूले निश्चयता दिए । यहूदीहरूले उपवास र विलापको समयलाई स्वीकार गरेझैँ तिनीहरूले आफू र आफ्ना सन्तानहरूका लागि यस कर्तव्यलाई पनि स्वीकार गरे ।
32एस्तरको आज्ञाले पूरीमको सम्बन्धमा यी नियमहरूलाई पक्का गर्यो, र यसलाई पुस्तकमा लेखियो ।
7हामानले राजालाई भने, “जुन मानिसलाई राजाले सम्मान दिन इच्छा गर्नुभएको छ,
1¶ त्यसैले राजा र हामान रानी एस्तरसित भोजन गर्न गए ।
5यहूदीहरूले आफ्ना शत्रुहरूलाई तरवारले आक्रमण गरेर मारे र विनाश गरे अनि आफूलाई घृणा गर्नेहरूलाई आफ्नो इच्छाअनुसार गरे ।