निर्गमन 14:2

अनलक शाब्दिक बाइबल

“इस्राएलीहरू फर्केर मिग्दोल र समुद्रको बिचमा बाल-सेफोनको अगाडि पी-हहीरोतका सामु पाल टाँगेर बसून् । तिमीहरूले पी-हहीरोतको सामुन्‍ने समुद्रनेर पाल टाँग्‍नुपर्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 44:1 : 1 ¶ मिश्रदेश बसोबास गरेका, मिग्दोल, तहपनेस, नोप र माथिल्लो मिश्रमा बसिरहेका सबै यहूदीको विषयमा यो वचन यर्मियाकहाँ आयोः
  • गिन 33:7-8 : 7 तिनीहरू एथामबाट हिँडे र पी-हहीरोततिर फर्के, जुन बाल-सेफोनको पारिपट्टि पर्छ, जहाँ तिनीहरूले मोग्दोलको पारिपट्टि छाउनी हाले । 8 त्यसपछि तिनीहरू पी-हहीरोतबाट हिँडे र समुद्रको बिचबाट हुँदै मरुभूमितिर लागे । तिनीहरूले एथामको मरुभूमिमा तिन दिनसम्म यात्रा गरे र मारामा छाउनी हाले ।
  • यिर्मि 46:14 : 14 “मिश्रदेशमा सुचना दे, र मिग्दोल, मेम्फिस र तहपनेसमा यो घोषणा गर् । 'आ-आफ्नो ठाउँ लेओ र आफूलाई तयार राख, किनकि तिमीहरूको वरिपरि भएकाहरूलाई तरवारले स्वाहा पार्नेछ ।'
  • यहे 29:10 : 10 यसकारण हेर्, म तेरो विरुद्धमा र तेरो नदीको विरुद्धमा छु, र मिश्रदेशलाई म उजाड र निर्जन बनाउनेछु, अनि मिग्‍दोलदेखि आश्‍वानसम्‍म र कूश देशको सिमानासम्‍म नै तँ उजाड-स्‍थान हुनेछस् ।
  • निर्ग 13:17-18 : 17 फारोले मानिसहरूलाई जान दिएपछि परमेश्‍वरले तिनीहरूलाई पलिश्तीको देशको बाटो नजिकै भए तापनि त्यहाँबाट भएर अगुवाइ गर्नुभएन । किनकि उहाँले भन्‍नुभयो, “तिनीहरूले लडाइँ देखेर तिनीहरूको मन बद्ली तिनीहरू मिश्रमा नै फर्केर जान सक्छन् ।” 18 त्यसैले परमेश्‍वरले ती मानिसहरूलाई उजाड-स्थानको बाटो भएर लाल समुद्रतिर लैजानुभयो । इस्राएलीहरू युद्धको लागि सशस्‍त्र भई मिश्र देशबाट अगि बढे ।
  • निर्ग 14:9 : 9 तर मिश्रीहरूले आफ्ना सबै घोडा, रथ, घोडचढी र सेना लिएर तिनीहरूको पिछा गरे । तिनीहरूले इस्राएलीहरूलाई बाल-सेफोनको अगाडि पी-हहीरोतनेर पाल टाँगेर बसिरहेको भेट्टाए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

  • गिन 33:7-8
    2 पदहरू
    84%

    7तिनीहरू एथामबाट हिँडे र पी-हहीरोततिर फर्के, जुन बाल-सेफोनको पारिपट्टि पर्छ, जहाँ तिनीहरूले मोग्दोलको पारिपट्टि छाउनी हाले ।

    8त्यसपछि तिनीहरू पी-हहीरोतबाट हिँडे र समुद्रको बिचबाट हुँदै मरुभूमितिर लागे । तिनीहरूले एथामको मरुभूमिमा तिन दिनसम्म यात्रा गरे र मारामा छाउनी हाले ।

  • 3फारोले इस्राएलीहरूको बारेमा भन्‍नेछन्, “तिनीहरू देशमा भौतारिहरहेका छन् । उजाड-स्थानले तिनीहरूलाई थुनिदिएको छ ।'

  • निर्ग 14:8-11
    4 पदहरू
    81%

    8परमप्रभुले मिश्रका राजा फारोको ह्रदय कठोर पारिदिनुभएको थियो । त्यसैले राजाले इस्राएलीहरूको पिछा गरे । इस्राएलीहरू विजयका साथ गइसकेका थिए ।

    9तर मिश्रीहरूले आफ्ना सबै घोडा, रथ, घोडचढी र सेना लिएर तिनीहरूको पिछा गरे । तिनीहरूले इस्राएलीहरूलाई बाल-सेफोनको अगाडि पी-हहीरोतनेर पाल टाँगेर बसिरहेको भेट्टाए ।

    10जब फारो नजिक आइपुगे इस्राएलीहरूले माथि हेरे र तिनीहरू छक्‍क परे । मिश्रीहरू तिनीहरूको पिछा गर्दै अगाडि बढ्दै थिए । इस्राएलीहरू अत्यन्तै डराए । तिनीहरूले परमप्रभुलाई पुकारे ।

    11तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहान नभएकोले तपाईंले हामीलाई यस उजाड-स्थानमा मर्न ल्याएउनुभएको हो? मिश्रबाट बाहिर निकाली किन तपाईंले हामीसित यसरी व्यवहार गर्नुभएको?

  • निर्ग 14:15-16
    2 पदहरू
    77%

    15तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “ए मोशा, किन तँ मेरो पुकार गर्दै छस्? इस्राएलीहरूलाई अगाडि बढ्न आज्ञा दे ।

    16तेरो लट्ठी उठाएर तेरो हात समुद्रतिर पसार् र यसलाई दुई भागमा विभाजन गर् ताकि इस्राएलका मानिसहरू सुक्खा भूमिबाट हिँडेर जान सकून् ।

  • निर्ग 14:21-27
    7 पदहरू
    77%

    21मोशाले समुद्रतिर आफ्नो हात पसारे । परमप्रभुले रातभरि सबैभन्दा शक्तिशाली पूर्वीय बतास चलाइदिनुभयो र समुद्रलाई सुक्खा भूमिमा परिणत गराइदिनुभयो ।

    22इस्राएलीहरू समुद्रको बिचबाट ओबानो भूमिबाट गए । पानीले तिनीहरूको दायाँ र बायाँ खम्बाको रूपमा काम गर्‍यो ।

    23मिश्रीहरूले तिनीहरूको पिछा गरिरहे । फारोका सबै घोडा, रथ र घोडचढीहरू समुद्रको बिचमा तिनीहरूको पछिपछि लागे ।

    24तर बिहानी पखतिर परमप्रभुले आगो र बादलको खाँबोबाट मिश्री सेनालाई हेर्नुभयो । उहाँले मिश्रीहरूका बिचमा अलमल गराइदिनुभयो ।

    25तिनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो र घोडचढीहरूलाई अगाडि बढ्न मुश्किल भयो । त्यसैले मिश्रीहरूले भने, “हामी इस्राएलबाट भागौँ किनकि परमप्रभु नै तिनीहरूको पक्षमा रही हाम्रो विरुद्धमा लड्दै हुनुहुन्छ ।”

    26परमप्रभुले मोशालाई भन्‍नुभयो, “पानी मिश्रीहरू, तिनीहरूका रथहरू र तिनीहरूका घोडचढीहरूमाथि आओस् भनेर तेरो हात समुद्रमाथि पसार् ।”

    27त्यसैले मोशाले आफ्नो हात समुद्रमाथि पसारे र बिहान हुँदा यो आफ्नो सामान्य मार्गमा आयो । मिश्रीहरू समुद्रमा भागे, र परमप्रभुले मिश्रीहरूलाई समुद्रको बिचमा फ्याँकिदिनुभयो ।

  • 40तर तिमीहरू भने फर्केर उजाड-स्थानको बाटो हुँदै नर्कटहरूको समुद्रको दिशातर्फ जाओ ।'

  • निर्ग 14:29-30
    2 पदहरू
    75%

    29तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए । पानी तिनीहरूको दायाँ र बायाँ पर्खालको रूपमा खडा रह्यो ।

    30यसरी त्यस दिन परमप्रभुले इस्राएललाई मिश्रीहरूको हातबाट बचाउनुभयो, र इस्राएलले समुद्री तटमा मिश्रीहरूका लाशहरू देखे ।

  • गिन 14:25-26
    2 पदहरू
    74%

    25(त्यस बेला बेँसीमा अमालेकीहरू र कनानीहरू बस्थे ।) भोलि फर्की र नर्कटको समुद्र (लाल समुद्र) को बाटो हुँदै मरुभूमितिर जा ।”

    26परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

  • 2तिनीहरू रपीदीमबाट सीनैको उजाड-स्थानमा आइपुगेपछि तिनीहरूले पर्वतको सामुन्‍ने उजाड-स्थानमा छाउनी हाले ।

  • 13परमप्रभु मोशा र हारूनसित बोल्नुभयो । इस्राएलीहरूलाई मिश्र देशबाट बाहिर ल्याउन उहाँले मिश्रका राजा फारोलाई बताउनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो ।

  • व्यव 2:1-2
    2 पदहरू
    73%

    1¶ तब हामी परमप्रभुले मलाई भन्‍नुभएझैँ नर्कटहरूको समुद्रको दिशातर्फ उजाड-स्थानमा यात्रा गर्‍यौँ । हामीले धेरै दिनसम्म सेइर पर्वतको फन्को मार्‍यौँ ।

    2परमप्रभुले मलाई यसो भन्‍नुभयो, '

  • 1¶ इस्राएलका मानिसहरूले यर्दन नदीको पारिपट्टि यरीहो नजिक मोआबको मैदानमा छाउनी नलगाएसम्म यात्रा गरे ।

  • निर्ग 13:17-18
    2 पदहरू
    73%

    17फारोले मानिसहरूलाई जान दिएपछि परमेश्‍वरले तिनीहरूलाई पलिश्तीको देशको बाटो नजिकै भए तापनि त्यहाँबाट भएर अगुवाइ गर्नुभएन । किनकि उहाँले भन्‍नुभयो, “तिनीहरूले लडाइँ देखेर तिनीहरूको मन बद्ली तिनीहरू मिश्रमा नै फर्केर जान सक्छन् ।”

    18त्यसैले परमेश्‍वरले ती मानिसहरूलाई उजाड-स्थानको बाटो भएर लाल समुद्रतिर लैजानुभयो । इस्राएलीहरू युद्धको लागि सशस्‍त्र भई मिश्र देशबाट अगि बढे ।

  • व्यव 1:1-2
    2 पदहरू
    73%

    1¶ यर्दन नदीको बेँसीको मैदानमा सुपको सामुन्‍ने अराबामा पारान, तोफेल, लाबान, हसेरोत र दीसाहाबका बिचमा यर्दनपारिको उजाड-स्थानमा मोशाले सबै इस्राएलीलाई दिएका वचन यिनै हुन् ।

    2होरेबदेखि सेइर पर्वतको बाटो भएर कादेश-बर्नेसम्म पुग्‍न एघार दिन लाग्छ ।

  • 19किनकि फारोका घोडाहरू तिनीहरूका रथहरू र घोडचढीहरूसँगै समुद्रमा पुगे । परमप्रभुले तिनीहरूमाथि फेरि समुद्रको पानी फर्काएर ल्याउनुभयो । तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए ।

  • निर्ग 6:10-11
    2 पदहरू
    72%

    10तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

    11“इस्राएलका मानिसहरूलाई त्यसको देशबाट जान दे भनी मिश्रका राजा फारोलाई बताइदे ।”

  • 13मोशाले मानिसहरूलाई भने, “नडराओ । स्थिर रहो, र आज परमप्रभुले तिमीहरूलाई दिनुहुने छुटकारालाई हेर । किनकि आज तिमीहरूले देखेका यी मिश्रीहरूलाई तिमीहरूले फेरि कहिल्यै देख्‍नेछैनौ ।

  • 1¶ परमप्रभु फेरि पनि मोशा र हारूनलाई भन्‍नुभयो,

  • गिन 33:10-11
    2 पदहरू
    71%

    10तिनीहरू एलीमबाट हिँडे र लाल समुद्रको किनारमा छाउनी हाले ।

    11तिनीहरू लाल समुद्रबाट हिँडे र सीनको मरुभूमिमा छाउनी हाले ।

  • 1¶ मानिसहरूले एलीमबाट यात्रा थाले र मिश्र देशबाट प्रस्थान गरेको दोस्रो महिनाको पन्ध्रौँ दिनमा इस्राएलीहरूका सारा समुदाय एलीम र सीनै पर्वतको बिचमा पर्ने सीनको उजाड-स्थानमा आइपुगे ।

  • गिन 14:13-14
    2 पदहरू
    71%

    13मोशाले परपप्रभुलाई भने, “यदि तपाईंले यसो गर्नुभयो भने, मिश्रीहरूले यसबारे सुन्‍नेछन्, किनभने तपाईंले यिनीहरूलाई तिनीहरूको शक्‍तिबाट छुटकारा दिनुभयो ।

    14तिनीहरूले यो भूमिका मानिसहरूलाई भन्‍नेछन् । तपाईं परमप्रभु तिनीहरूसँग हुनुहुन्छ भन्‍ने तिनीहरूले सुनेका छन्, किनभने तपाईंलाई आमनेसामने देखिएको छ । तपाईंको बादल हाम्रा मानिसहरूमाथि खडा छ । तपाईं दिनमा बादलको खामो भएर र रातमा आगोको खामो भएर तिनीहरूको अघिअघि जानुहुन्छ ।

  • 50परमप्रभु यरीहोमा यर्दन नदीको किनारमा मोआबको मैदानमा मोशासँग बोल्नुभयो,

  • 14परमप्रभुले सीनैको मरुभूमिमा मोशालाई भन्‍नुभयो,

  • 22तब मोशाले इस्राएललाई लाल समुद्रबाट अगाडि लगे । तिनीहरू शूरको उजाड-स्थानमा लागे । तिन दिनसम्म तिनीहरूले उजाड-स्थानमा यात्रा गरे र पानी पाएनन्

  • 1¶ तिनीहरू मिश्र देशबाट आएका दोस्रो वर्षको पहिलो महिनामा सीनै मरुभूमिमा परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 16तिनीहरू सीनैको मरुभूमिबाट हिँडे र किब्रोथ-हत्तावामा छाउनी हाले ।