निर्गमन 2:18

अनलक शाब्दिक बाइबल

जब ती केटीहरू आफ्ना पिता रूएलकहाँ गए तब तिनले सोधे, “आज तिमीहरू किन यति चाँडै घर आएका छौ?”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 3:1 : 1 ¶ अब मोशा अझै पनि आफ्ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेडा-बाख्रा चराउँदै थिए । तिनले भेडा-बाख्रालाई उजाड-स्थानको परसम्म लगी परमेश्‍वरको पर्वत होरेबसम्म लगे ।
  • निर्ग 4:18 : 18 त्यसैले मोशा आफ्ना ससुरा यित्रोकहाँ गई तिनलाई भने, “मलाई मिश्रमा भएका मेरा आफन्तहरू जीवितै छन् कि छैनन् भनी हेर्न फर्केर जान दिनुहोस् ।” यित्रोले मोशालाई भने, “शान्तिसित जाऊ ।”
  • गिन 10:29 : 29 रूएल मोशाका ससुरा थिए । मोशाले होबाबसँग कुरा गरे र भने, “हामी परमप्रभुले भन्‍नुभएको ठाउँतिर यात्रा गरिरहेका छौँ । परमप्रभुले भन्‍नुभयो, 'म यो तिमीहरूलाई दिने छु ।' हामीसँगै आउनुहोस् र हामीले तपाईंलाई असल गर्ने छौँ । परमप्रभुले इस्राएलको निम्ति असल गर्ने प्रतिज्ञा गर्नुभएको छ ।”
  • गिन 19:20 : 20 तर आफूलाई शुद्धिकरण गर्न इन्कार गर्ने, अशुद्ध रहने व्यक्‍तिलाई समुदायबाट बहिस्कार गर्नुपर्छ, किनभने त्यसले परमप्रभुको पवित्र स्थानलाई अशुद्ध तुल्यायो । अशुद्धताको निम्ति पानी त्यसमाथि छर्किएको छैन; त्यो अशुद्ध रहनेछ ।
  • निर्ग 18:1-9 : 1 ¶ मिद्यानका पुजारी मोशाका ससुरा यित्रोले मोशा र तिनको जाति इस्राएललाई परमेश्‍वरले गर्नुभएका सबै कुरा सुने । परमप्रभुले इस्राएललाई मिश्रबाट ल्याउनुभएको थियो भनी तिनले सुने । 2 मोशाले आफ्नी पत्‍नीलाई माइत पठाएपछि तिनका ससुरा यित्रोले सिप्पोरा 3 र उनका दुई जना छोरालाई लिए । पहिलो छोरोको नाउँ गेर्शोम थियो किनकि मोशाले भने, “म परदेशी भूमिमा परदेशी भएर बसेको थिएँ ।” 4 अर्को छोरोको नाउँ एलीएजर थियो किनकि मोशाले भनेका थिए, “मेरा पिता-पुर्खाहरूका परमेश्‍वर मेरो सहयोग हुनुहुन्थ्यो । उहाँले मलाई फारोको तरवारबाट छुटकारा दिनुभयो ।” 5 मोशाका ससुरा यित्रो मोशाका छोराहरू र मोशाकी पत्‍नी लिएर उजाड-स्थानमा मोशाकहाँ आए जहाँ तिनले परमेश्‍वरको पर्वतमा छाउनी हालेका थिए । 6 तिनले मोशालाई भने, “तिम्री पत्‍नी र तिम्रा दुई छोरा लिएर म तिम्रो ससुरा यित्रो आउँदै छु ।” 7 मोशा आफ्ना ससुरालाई भेट्न गए अनि ढोगेर तिनलाई चुम्बन गरे । तिनीहरूले एक-अर्काका हालखबर सोधपुछ गरे अनि पालभित्र प्रवेश गरे । 8 परमप्रभुले इस्राएलको खातिर फारो र मिश्रीहरूलाई गर्नुभएको सबै कुरा अनि बाटोमा तिनीहरूले झेलेका सबै कठिनाइको बाबजुत पनि परमप्रभुले कसरी तिनीहरूलाई छुटकारा दिनुभयो भन्‍ने विषयमा आफ्ना ससुरा यित्रोलाई बताए । 9 परमप्रभुले इस्राएलको निम्ति गर्नुभएका सबै असल कुरा सुनेर यित्रो रमाए किनकि उहाँले तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटकारा दिनुभएको थियो । 10 यित्रोले भने, “परमप्रभुको स्तुति होस् किनकि उहाँले तिमीहरूलाई फारो र मिश्रीहरूको हातबाट छुटकारा दिनुभएको छ, र मिश्रीहरूको हातबाट उद्धार गर्नुभएको छ । 11 अब मलाई थाहा भयो कि परमप्रभु अरू सबै देवभन्दा महान् हुनुहुँदोरहेछ किनकि मिश्रीहरूले इस्राएलीहरूलाई अभिमानपूर्वक व्यवहार गर्दा परमेश्‍वरले आफ्नो जातिलाई छुटकारा दिनुभयो ।” 12 मोशाका ससुरा यित्रोले परमेश्‍वरको लागि होमबलि र बलिदानहरू ल्याए । हारून र इस्राएलका सबै धर्म-गुरु मोशाका ससुरासितै भोजन खान परमेश्‍वरको अगि उपस्थित भए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 2:19-20
    2 पदहरू
    81%

    19तिनीहरूले भने, “एक जना मिश्रीले हामीलाई गोठालाहरूबाट छुटकारा दिए । तिनले हाम्रो निम्ति पानी तान्‍नुका साथै भेडा-बाख्राहरूलाई पनि पानी खुवाइदिए ।”

    20तिनले आफ्ना छोरीहरूलाई भने, “त्यसो भए, तिनी कहाँ छन् त? किन तिमीहरूले ती मानिसलाई छाड्यौ?” तिनलाई डाक ताकि तिनले हामीसितै खाना खान सकून् ।”

  • निर्ग 2:16-17
    2 पदहरू
    79%

    16अब मिद्यानका पूजाहारीका सात छोरी थिए । तिनीहरू आएर पानी भरे र तिनीहरूका पिताका भेडा-बाख्रालाई पानी खुवाउन डुँड भरे ।

    17गोठालाहरू आएर तिनीहरूलाई धपाउन खोज्दा मोशाले ती युवतीहरूको मदत गरे । त्यसपछि तिनले तिनीहरूका भेडा-बाख्राहरूलाई पनि पानी खुवाइदिए ।

  • निर्ग 18:4-8
    5 पदहरू
    75%

    4अर्को छोरोको नाउँ एलीएजर थियो किनकि मोशाले भनेका थिए, “मेरा पिता-पुर्खाहरूका परमेश्‍वर मेरो सहयोग हुनुहुन्थ्यो । उहाँले मलाई फारोको तरवारबाट छुटकारा दिनुभयो ।”

    5मोशाका ससुरा यित्रो मोशाका छोराहरू र मोशाकी पत्‍नी लिएर उजाड-स्थानमा मोशाकहाँ आए जहाँ तिनले परमेश्‍वरको पर्वतमा छाउनी हालेका थिए ।

    6तिनले मोशालाई भने, “तिम्री पत्‍नी र तिम्रा दुई छोरा लिएर म तिम्रो ससुरा यित्रो आउँदै छु ।”

    7मोशा आफ्ना ससुरालाई भेट्न गए अनि ढोगेर तिनलाई चुम्बन गरे । तिनीहरूले एक-अर्काका हालखबर सोधपुछ गरे अनि पालभित्र प्रवेश गरे ।

    8परमप्रभुले इस्राएलको खातिर फारो र मिश्रीहरूलाई गर्नुभएको सबै कुरा अनि बाटोमा तिनीहरूले झेलेका सबै कठिनाइको बाबजुत पनि परमप्रभुले कसरी तिनीहरूलाई छुटकारा दिनुभयो भन्‍ने विषयमा आफ्ना ससुरा यित्रोलाई बताए ।

  • 1¶ मिद्यानका पुजारी मोशाका ससुरा यित्रोले मोशा र तिनको जाति इस्राएललाई परमेश्‍वरले गर्नुभएका सबै कुरा सुने । परमप्रभुले इस्राएललाई मिश्रबाट ल्याउनुभएको थियो भनी तिनले सुने ।

  • निर्ग 18:14-15
    2 पदहरू
    72%

    14मोशाले आफ्ना मानिसहरूका निम्ति गरेका सबै कुरा तिनका ससुराले देखेपछि तिनले भने, “तिमीले मानिसहरूसित गरिरहेको यो के हो? किन तिमी एक्लै बस्छौ? किन मानिसहरू बिहानदेखि बेलुकासम्म तिम्रो वरिपरि झुम्मिन्छन्?”

    15मोशाले आफ्ना ससुरालाई भने, “परमेश्‍वरको निर्देशन खोज्न मानिसहरू मकहाँ आउँछन् ।

  • 18त्यसैले मोशा आफ्ना ससुरा यित्रोकहाँ गई तिनलाई भने, “मलाई मिश्रमा भएका मेरा आफन्तहरू जीवितै छन् कि छैनन् भनी हेर्न फर्केर जान दिनुहोस् ।” यित्रोले मोशालाई भने, “शान्तिसित जाऊ ।”

  • 29तिनीहरू कनानमा आफ्ना पिता याकूबकहाँ फर्केर तिनीहरूमाथि आइपरेका सबै कुरा बताइदिए । तिनीहरूले भने,

  • 2तिनीहरूले मिश्रबाट ल्याएका अनाज खाइसकेपछि तिनीहरूका पिताले तिनीहरूलाई भने, “फेरि हाम्रो लागि अन्‍न किन्‍नलाई जाओ ।”

  • 5त्यसपछि फारोले योसेफलाई भने, “तिम्रा बुबा र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएका छन्‌ ।

  • उत्प 29:6-7
    2 पदहरू
    71%

    6उनले तिनीहरूलाई सोधे, “के उहाँ सन्‍चै हुनुहुन्‍छ?” तिनीहरूले भने, “उहाँ सन्‍चै हुनुहुन्‍छ, र हेर्नुहोस्, उहाँकी छोरी राहेल भेडाहरू लिएर आउँदै छिन्‌ ।”

    7याकूबले भने,“ हेर, मध्य दिन भएको छ । भेडा-बाख्राहरूलाई जम्‍मा गर्ने बेला भएको छैन । भेडाहरूलाई पानी खुवाएर जाओ र तिनीहरूलाई चर्न देओ ।

  • 2त्यसैले गाद र रूबेनका सन्तानहरू आए अनि मोशा, पुजारी एलाजार र समुदायका अगुवाहरूसँग कुरा गरे । तिनीहरूले भने,

  • 1¶ अब मोशा अझै पनि आफ्ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेडा-बाख्रा चराउँदै थिए । तिनले भेडा-बाख्रालाई उजाड-स्थानको परसम्म लगी परमेश्‍वरको पर्वत होरेबसम्म लगे ।

  • 32उनीहरू सबै गाईबस्‍तु पाल्‍ने भएकाले गोठाला हुन्‌ । उनीहरूले आफ्‍ना सबै बगाल, बथान, र उनीहरूसँग भएका सबै थोक लिएर आएका छन्‌ ।’

  • 15तिनीहरू गिलादको मुलुकमा रूबेन, गाद र मनश्शेको आधा कुलकहाँ आए र तिनीहरूले तिनीहरूलाई भने,

  • 1¶ तब भित्र गएर योसेफले फारोलाई भने, “मेरा बुबा र दाजुभाइहरू, उनका बगाल र बथानहरू र उनीहरूका सबै थोक लिएर कनानबाट आएका छन्‌ । हेर्नुहोस्, अहिले उनीहरू गोशेन प्रदेशमा छन्‌ ।”

  • 25तिनीहरू मिश्रबाट यात्रा गरी कनान देशमा आफ्ना पिताकहाँ आए ।

  • 27तब मोशाले आफ्ना ससुरालाई बिदाइ गरे र यित्रो आफ्नै देशमा फर्के ।

  • 29रूएल मोशाका ससुरा थिए । मोशाले होबाबसँग कुरा गरे र भने, “हामी परमप्रभुले भन्‍नुभएको ठाउँतिर यात्रा गरिरहेका छौँ । परमप्रभुले भन्‍नुभयो, 'म यो तिमीहरूलाई दिने छु ।' हामीसँगै आउनुहोस् र हामीले तपाईंलाई असल गर्ने छौँ । परमप्रभुले इस्राएलको निम्ति असल गर्ने प्रतिज्ञा गर्नुभएको छ ।”

  • 9याकूब तिनीहरूसँग कुरा गरिरहेकै बेला, राहेल आफ्‍ना बुबाका भेडाहरू लिएर त्‍यहाँ आइपुगिन्, किनकि तिनले भेडाहरू चराउँदै थिइन् ।

  • 8जब याकूब मिश्रदेशमा गए, र तिमीहरूका पुर्खाहरूले परमप्रभुसँग पुकारा गरे तब परमप्रभुले मोशा र हारून पठाउनुभयो जसले तिमीहरूका पुर्खाहरूलाई मिश्रदैशबाट बाहिर ल्याए र तिनीहरू यस ठाउँमा बसोबास गरे ।

  • 12तिनीहरूका पिताले तिनीहरूलाई सोधे, “तिनी कुनचाहिँ बाटो लागे?” परमेश्वरका जन यहूदाको बाटो भएर गएका थिए भनी तिनका छोराहरूले देखेका थिए ।

  • 20तिनीहरूले फारोकहाँबाट फर्केपछि मोशा र हारूनलाई भेटे जो दरबारबाहिर उभिरहेका थिए ।

  • 18याकूबले आफ्‍ना पिताकहाँ गएर भने, “बुबा ।” इसहाकले भने, “हँ, तँ को होस्‌?”

  • 18तिनीहरू मिद्यानबाट निस्केर पारानमा आइपुगे जहाँबाट तिनीहरूले आफूसँगै केही मानिसहरूलाई मिश्रका राजा फारोकहाँ लिएर गए । फारोले तिनलाई एउटा घर, देश र भोजन जुटाइदिएका थिए ।

  • 3फारोले तिनका दाजुभाइहरूलाई सोधे, “तिमीहरूको कामधन्‍धा के हो?” उनीहरूले फारोलाई भने, “हामी हजुरका दासहरू हाम्रा पिता-पुर्खादेखि नै गोठाला हौँ ।”

  • 22मोशा परमप्रभुकहाँ गई भने, “हे प्रभु, तपाईंले किन यो जातिमा कष्‍ट ल्याउनुभएको? तपाईंले पहिले मलाई किन दरबारमा पठाउनुभयो?

  • 28परमप्रभु मिश्र देशमा मोशासित बोल्नुहुँदा

  • 15हाम्रा पुर्खाहरू मिश्रमा गए र मिश्रमा नै लामो समयसम्म बसेको तपाईंलाई थाहा छ । मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई रुखो व्यवहार गरे ।