निर्गमन 21:24

अनलक शाब्दिक बाइबल

आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 19:21 : 21 तिमीहरूले दया नदेखाउनू । ज्यानको सट्टा ज्यान, आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात र गोडाको सट्टा गोडा हुने छ ।
  • न्या 1:6-7 : 6 तर अदोनी-बेजेक भागे, र तिनीहरूले उनलाई लखेटे र समाए, र तिनीहरूले उनका हात र खुट्टाका बुढी औंला काटिदिए । 7 अदोनी-बेजेकले भने, “हात र खुट्टाका बुढी औंला काटिएका सत्तरी जना राजाले मेरो टेबिलको मुनिबाट आफ्‍नो निम्ति भोजन बाटुल्‍थे । मैले जस्तो गरेको थिएँ, परमेश्‍वरले मलाई त्यस्तै गर्नुभएको छ ।” तिनीहरूले उनलाई यरूशलेममा ल्याए, र उनी त्यहीं मरे ।
  • १ शमू 15:33 : 33 शमूएलले जवाफ दिए, “जसरी तेरो तरवारले स्‍त्रीहरूलाई बालकहीन बनाएको छ, त्यसरी नै तेरो आमा पनि स्‍त्रीहरूका माझमा बालकहीन हुनेछे ।” अनि शमूएलले अगागलाई गिलगालमा टुक्रा-टुक्रा बनाए ।
  • मत्त 5:38-40 : 38 तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आँखाको सट्टामा आँखा, र दाँतको सट्टामा दाँत ।’ 39 तर म तिमीहरूलाई भन्दछु, जो दुष्‍ट छ त्यसलाई प्रतिरोध नगर । त्यसको सट्टामा, जसले तिम्रो दाहिने गालामा हिर्काउँछ, उसलाई तिम्रो अर्को गाला पनि थापिदेऊ । 40 र यदि कसैले तिमीसँग अदालतमा जान चाहन्छ, र तिम्रो दौरा लिएर जान्छ भने, त्यसलाई तिम्रो खास्टो पनि देऊ ।
  • मत्त 7:2 : 2 किनकि जुन इन्साफले तिमीहरूले इन्साफ गर्छौ, त्यही इन्साफले तिमीहरूको पनि इन्साफ हुनेछ । जुन नापले तिमीहरूले नाप्छौ, त्यही नापले तिमीहरू पनि नापिनेछौ ।
  • लू 6:38 : 38 अरूहरूलाई देऊ र तिमीहरूलाई पनि दिइनेछ । प्रशस्त परिमाणमा खाँदी-खाँदी, हल्लाई-हल्लाई पोखिने गरी, तिनीहरूले तिमीहरूका पोल्टामा खन्याउनेछन् । जुन नापले तिमीहरू नाप्‍तछौ, त्यहीँ नापले तिमीहरू पनि नापिनेछौ ।”
  • प्रका 16:6 : 6 किनभने तिनीहरूले विश्‍वासी र अगमवक्‍ताहरूको रगत बगाएका छन्, तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभयो, तिनीहरू यसैको योग्य छन् ।”
  • निर्ग 21:26-27 : 26 कुनै मानिसले आफ्नो कमारा वा कमारीको आँखामा हिर्काएर त्यसलाई नष्‍ट गरिदियो भने उसले आँखाको साटो त्यसलाई स्वतन्त्र भएर जान दिओस् । 27 उसले आफ्नो कमारा वा कमारीको दाँत निकालिदियो भने उसले दाँतको साटो त्यसलाई स्वतन्त्र भएर जान दिओस् ।
  • लैव्य 24:19-20 : 19 यदि कसैले आफ्नो छिमेकीलाई घाइते बनायो भने, त्यसले आफ्नो छिमेकीलाई जे गरेको थियो त्यसलाई पनि त्यही गरियोस्, 20 चोटको साटो चोट, आँखाको साटो आँखा, दाँतको साटो दाँत । त्यसले अर्को मानिसलाई घाइते बनाएको कारण त्यसलाई पनि त्यस्तै गरियोस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • व्यव 19:19-21
    3 पदहरू
    90%

    19त्यसले आफ्नो भाइलाई जे गर्ने सोच बनाएको थियो, त्यसलाई त्यसै गर्नू । यसरी तिमीहरूले आफ्ना बिचबाट दुष्‍टता हटाउनू ।

    20तब बाँकी हुनेहरू यो सुनेर डराने छन्, अनि त्यसपछि कसैले पनि तिमीहरूका बिचमा यस्तो दुष्‍टता गर्ने छैन ।

    21तिमीहरूले दया नदेखाउनू । ज्यानको सट्टा ज्यान, आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात र गोडाको सट्टा गोडा हुने छ ।

  • लैव्य 24:17-21
    5 पदहरू
    89%

    17यदि कसैले कोही अर्को मानिसलाई हिर्काएर मार्‍यो भने, त्यो निश्‍चय नै मारियोस् ।

    18यदि कसैले अर्काको पशुलाई हानेर मार्‍यो भने, त्यसले प्राणको साटो प्राण नै भर्ना दिओस् ।

    19यदि कसैले आफ्नो छिमेकीलाई घाइते बनायो भने, त्यसले आफ्नो छिमेकीलाई जे गरेको थियो त्यसलाई पनि त्यही गरियोस्,

    20चोटको साटो चोट, आँखाको साटो आँखा, दाँतको साटो दाँत । त्यसले अर्को मानिसलाई घाइते बनाएको कारण त्यसलाई पनि त्यस्तै गरियोस् ।

    21जसले कुनै पशुलाई मार्छ त्यसले त्यसको भर्ना तिरोस्, र जसले अर्को मानिसलाई मार्छ त्यो मारियोस् ।

  • निर्ग 21:25-28
    4 पदहरू
    89%

    25डामको सट्टा डाम, चोटको सट्टा चोट र कुटाइको सट्टा कुटाइ मिलोस् ।

    26कुनै मानिसले आफ्नो कमारा वा कमारीको आँखामा हिर्काएर त्यसलाई नष्‍ट गरिदियो भने उसले आँखाको साटो त्यसलाई स्वतन्त्र भएर जान दिओस् ।

    27उसले आफ्नो कमारा वा कमारीको दाँत निकालिदियो भने उसले दाँतको साटो त्यसलाई स्वतन्त्र भएर जान दिओस् ।

    28कुनै गोरुले पुरुष वा स्‍त्रीलाई सिङले हानेर मार्‍यो भने त्यसलाई ढुङ्गाले हानेर मारिनुपर्छ, र त्यसको मासु खाइनुहुँदैन ।

  • मत्त 5:38-40
    3 पदहरू
    83%

    38तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आँखाको सट्टामा आँखा, र दाँतको सट्टामा दाँत ।’

    39तर म तिमीहरूलाई भन्दछु, जो दुष्‍ट छ त्यसलाई प्रतिरोध नगर । त्यसको सट्टामा, जसले तिम्रो दाहिने गालामा हिर्काउँछ, उसलाई तिम्रो अर्को गाला पनि थापिदेऊ ।

    40र यदि कसैले तिमीसँग अदालतमा जान चाहन्छ, र तिम्रो दौरा लिएर जान्छ भने, त्यसलाई तिम्रो खास्टो पनि देऊ ।

  • निर्ग 21:22-23
    2 पदहरू
    82%

    22मानिसहरू सँगसँगै झगडा गर्दा गर्भवती महिलालाई हानि पुगी त्यसको बच्‍चा तुहियो तर त्यो आफैलाई कुनै चोट लागेन भने त्यस स्‍त्रीको पतिले मागेबमोजिम दोषी मानिसलाई हर्जाना तिराइनुपर्छ, र न्यायकर्ताहरूले तोकेबमोजिम त्यसले तिर्नुपर्छ ।

    23तर गम्भीर चोट लागेको रहेछ भने त्यस मानिसलाई प्राणको सट्टा प्राण

  • 12त्यसको हात काटिदिनू । त्यसलाई नटिठ्याउनू ।

  • 1¶ कुनै मानिसले गोरु वा भेडा चोरेर त्यसलाई मार्‍यो वा बेच्यो भने त्यसले एउटा गोरुको सट्टा पाँचवटा गोरु र एउटा भेडाको सट्टा चारवटा भेडा देओस् ।

  • 12कसैले कुनै मानिसलाई मर्ने गरी हिर्कायो भने त्यसलाई निश्‍चय नै मारिनैपर्छ ।

  • 29यसो नभन्, “त्यसले मलाई गरेजस्तै म त्यसलाई गर्ने छु । त्यसले मलाई गरेको साटो म लिने छु ।”

  • निर्ग 21:18-20
    3 पदहरू
    72%

    18मानिसहरू एक-अर्कासित झगडा गर्दा एउटाले अर्कोलाई ढुङ्गाले वा मुक्‍काले हिर्कायो र त्यो व्यक्ति नमरी ओछ्यान पर्‍यो

    19र त्यो फेरि उठेर आफ्नो लट्ठीको सहायताले यताउता हिँड्न सक्यो भने हिर्काउनेले त्यसको समयको हर्जाना तिर्नुपर्छ । त्यसले ऊ पूर्ण निको नभएसम्म सबै खर्च पनि दिनुपर्छ । तर त्यो मानिस हत्याको दोषी भने हुँदैन ।

    20कुनै मानिसले आफ्नो कमारा वा कमारीलाई लट्ठीले हिर्काउँदा मुक्‍का लागेर मर्‍यो भने त्यस मानिसलाई निश्‍चय नै दण्ड दिइनुपर्छ ।

  • व्यव 25:2-3
    2 पदहरू
    72%

    2दोषी मानिसले पिटाइ खानुपर्छ भने न्याकर्ताले त्यसलाई लम्पसार पर्न लगाएर न्यायकर्ताको उपस्थितिमा त्यसको अपराधअनुसार त्यसलाई कोर्रा हानोस् ।

    3न्यायकर्ताले त्यसलाई चालिस कोर्रा लगाउन सक्छ, तर त्यसभन्दा बढीचाहिँ होइन । किनकि त्यसभन्दा बढी कोर्रा लगाए तिमीहरूको इस्राएली भाइ तिमीहरूको दृष्‍टिमा अपमानित हुने छ ।

  • 21वा यदि त्यसले घृणा गरेको व्यक्‍तिलाई आफ्नै हातले प्रहार गर्छ अनि त्यो आक्रमणमा परेको व्यक्‍ति मर्छ भने, त्यसलाई प्रहार गरेको दोष लगाइएको व्यक्‍तिलाई मार्नुपर्छ । त्यो हत्यारा हो । रगतको बदला लिने व्यक्‍तिले त्यसलाई भेट्दा मार्न सक्छ ।

  • निर्ग 21:35-36
    2 पदहरू
    72%

    35एउटा मान्छेको गोरुले अर्को मान्छेको गोरुलाई चोट पुर्‍याएर त्यो मर्‍यो भने त्यसले जिउँदो गोरुलाई बेची तिनीहरूले त्यसको मूल्य बाँडफाँड गर्नुपर्छ र तिनीहरूले मरेको गोरुलाई पनि बाँडफाँड गर्नुपर्छ ।

    36तर त्यस गोरुको विगतमा पनि हान्‍ने बानी रहेछ र त्यसको मालिकले त्यसलाई बाँधेर राखेको रहेनछ भनी थाहा हुन आयो उसले गोरुको सट्टा गोरु तिर्नुपर्छ अनि मरेको पशु त्यसको मालिकको हुनेछ ।

  • मत्त 18:8-9
    2 पदहरू
    71%

    8यदि तिम्रो हात अथवा खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई काटिदेऊ र त्यसलाई तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै हात वा दुवै खुट्टा भएर अनन्तको आगोमा फालिनुभन्दा लुलो वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ ।

    9यदि तिम्रो आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई निकाल, र तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै आँखा भएर अनन्तको आगोमा फालिनु भन्दा एउटा आँखाको लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ ।

  • 19हात वा खुट्टा बाँङ्गिएको मानिस,

  • निर्ग 21:30-31
    2 पदहरू
    71%

    30त्यसको जीवनको लागि कुनै मूल्य माग गरिएको छ भने मागेजति मालिकले दिनुपर्छ ।

    31गोरुले कुनै मानिसको छोरो वा छोरीलाई हानेको छ भने त्यसको मालिकले नियमअनुसार तिर्नुपर्ने हुन्छ ।

  • 4तिनीहरूका कामहरूका फल तिनीहरूलाई दिनुहोस् र तिनीहरूका दुष्‍टताले मागअनुसार प्रतिफल तिनीहरूलाई दिनुहोस् । तिनीहरूका हातहरूका कामको निम्ति प्रतिफल तिनीहरूलाई दिनुहोस् र तिनीहरूले पाउनुपर्ने कुरा तिनीहरूलाई दिनुहोस् ।

  • 15आफ्नो बुबा वा आमालाई हिर्काउने जोसुकै पनि निश्‍चय नै मारिनैपर्छ ।

  • मत्त 5:29-30
    2 पदहरू
    70%

    29र यदि तिम्रो दाहिने आँखाको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई निकलिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा फ्याँकिनुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ ।

    30र यदि तिम्रो दाहिने हातको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई काटिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा जानुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ ।

  • 12त्यसको सहरका धर्म-गुरुहरूले मान्छे पठाई त्यसलाई त्यहाँबाट ल्याउनुपर्छ र जिम्मेवार नातेदारको हातमा सुम्पनुपर्छ अनि त्यसको रगतको बदला लिइयोस् ।

  • 64हे परमप्रभु, तिनीहरूले गरेअनुसार तिनीहरूलाई बदला लिनुहोस् ।

  • 4चोरिएको पशु अर्थात् चाहे त्यो गोरु होस् वा गधा होस् वा भेडा होस्, त्योसँगै जिउँदै पाइयो भने त्यसले दुई गुणा फिर्ता दिनुपर्छ ।

  • 29तिम्रो एउटा गालामा हिर्काउनेलाई अर्को पनि थापिदेऊ । यदि कसैले तिम्रो कोट खोस्‍छ भने उसलाई दौरा पनि दिइहाल ।

  • 1¶ “अब तैँले तिनीहरूका सामु राख्‍ने आदेशहरू यी नै हुन्:

  • 9कुनै पनि विवादको बारेमा अथवा गोरु, गधा, भेडा, लुगाफाटा वा कुनै पनि हराएको वस्तुको विषयमा कसैले “यो मेरो हो” भन्यो भने दुवै पक्षका दाबीलाई न्यायकर्ताहरूको सामु ल्याइनुपर्छ । न्याकर्ताहरूले जसलाई दोषी पाउँछन् त्यसले आफ्नो छिमेकीलाई दुई गुणा तिरोस् ।

  • 31दुष्‍ट मानिसको सामु उसको मार्गलाई कसले दोषी ठहराउँछ र? उसको गरेको कामको बदला कसले लिन सक्‍छ र?

  • 19प्रिय हो, आफैँले बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ । किनकि लेखिएको छ, “बदला लिने काम मेरो हो; मैले बदला लिनेछु”, परमप्रभु भन्‍नुहुन्छ ।

  • 19रगतको बदला लिने व्यक्‍तिले हत्यारालाई मार्न सक्छ । त्यसले त्यसलाई भेट्दा, रगतको बदला लिने व्यक्‍तिले त्यसलाई मार्नुपर्छ ।

  • 24मेरो क्रोध दन्कनेछ र म तिमीहरूलाई तरवारले मार्नेछु । तिमीहरूका पत्‍नीहरू विधवा बन्‍नेछन्, र तिमीहरूका छोराछोरीहरू अनाथ बन्‍नेछन् ।

  • 47यदि तिम्रा आँखाले तिमीलाई ठेस खान लगाउँछ भने, यसलाई निकालेर फालिदेऊ । दुईवटा आँखा लिएर नरकमा फालिनुभन्दा एउटा मात्र आँखा लिएर परमेश्‍वरको राज्यमा प्रवेश गर्नु नै असल हुन्छ ।

  • 21प्राचीन समयमा तिनीहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘हत्या नगर’ र ‘हत्या गर्नेचाहिँ इन्साफको जोखिममा पर्नेछ ।’