विलापगीत 3:64

अनलक शाब्दिक बाइबल

हे परमप्रभु, तिनीहरूले गरेअनुसार तिनीहरूलाई बदला लिनुहोस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 28:4 : 4 तिनीहरूका कामहरूका फल तिनीहरूलाई दिनुहोस् र तिनीहरूका दुष्‍टताले मागअनुसार प्रतिफल तिनीहरूलाई दिनुहोस् । तिनीहरूका हातहरूका कामको निम्ति प्रतिफल तिनीहरूलाई दिनुहोस् र तिनीहरूले पाउनुपर्ने कुरा तिनीहरूलाई दिनुहोस् ।
  • यिर्मि 11:20 : 20 तापनि सर्वशक्तिमान् परमप्रभु धार्मिक न्यायाधीश हुनुहुन्छ जसले हृदय र मनको जाँच गर्नहुन्छ । तिनीहरूको विरुद्धमा तपाईंको बदलाको म साक्षी बन्‍नेछु किनकि मैले मेरो विषय तपाईंको सामु पेस गरेको छु ।
  • २ तिमो 4:14 : 14 तमौटे अलेक्जेन्डरले मप्रति खराब व्यवहार गरेको छ । प्रभुले त्यसलाई त्यसको कामअनुसारको इनाम दिनुहुनेछ ।
  • प्रका 6:10 : 10 तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले हाम्रो रगतको बदला लिनुहुन्‍न र पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्‍न?”
  • प्रका 18:6 : 6 जसरी त्यसले अरूलाई दिएकी थिई, त्यसरी नै त्यसलाई फर्काइदेओ र त्यसले जे गरेकी छे फिर्ता गरिदेओ । त्यसले कचौरामा जे मिसाएकी थिई, त्यसको दोब्बर हुने गरी त्यसलाई देओ ।
  • यिर्मि 50:29 : 29 “बेबिलोनको विरुद्धमा काँड हान्‍नेहरू, आफ्‍ना धनु तान्‍नेहरूलाई बोलाओ । त्यसको विरुद्धमा छाउनी हाल, र कोही पनि भाग्‍न नपाओस् । त्यसले गरेको कामअनुसार त्यसको बदला लेओ । त्यसले प्रयोग गरेको नापअनुसार त्यसलाई गर । किनभने त्यसले परमप्रभु, इस्राएलका परमपवित्रलाई दुषित पारेको थियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 28:4-5
    2 पदहरू
    87%

    4तिनीहरूका कामहरूका फल तिनीहरूलाई दिनुहोस् र तिनीहरूका दुष्‍टताले मागअनुसार प्रतिफल तिनीहरूलाई दिनुहोस् । तिनीहरूका हातहरूका कामको निम्ति प्रतिफल तिनीहरूलाई दिनुहोस् र तिनीहरूले पाउनुपर्ने कुरा तिनीहरूलाई दिनुहोस् ।

    5किनभने तिनीहरूले परमप्रभुको कामहरू वा उहाँका हातका कामहरू बुझ्दैनन्, उहाँले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ र तिनीहरूलाई कहिल्यै पुनः निर्माण गर्नुहुनेछैनन् ।

  • 65तपाईंले तिनीहरूका हृदय लज्‍जित पर्न दिनुहुने छ । तपाईंको दण्डाज्ञा तिनीहरूमाथि परोस् ।

  • 12हे परमप्रभु, छिमेकी देशहरूले तपाईंलाई जति अपमान गरेका छन् त्यसको सात गुणा बढी बदला तिनीहरूसँग लिनुहोस् ।

  • 18आफ्‍ना विरोधीहरूलाई क्रोधको इन्साफले, आफ्‍ना शत्रुहरूलाई बदलाले, टापुहरूलाई तिनीहरूका इनामको रूपमा दण्डले, तिनीहरूले जे गरेका थिए, त्‍यसको प्रतिफल उहाँले तिनीहरूलाई दिनुभयो ।

  • 6परमेश्‍वरले हरेकलाई त्यसको आफ्ना कर्महरूको नापअनुसार दिनुहुनेछः

  • 12हे परमप्रभु, करारको विश्‍वस्‍तता पनि तपाईंकै हो, किनकि हरेक व्यक्‍तिले जे गरेको छ त्यसको प्रतिफल तपाईंले दिनुहुन्छ ।

  • 29यसो नभन्, “त्यसले मलाई गरेजस्तै म त्यसलाई गर्ने छु । त्यसले मलाई गरेको साटो म लिने छु ।”

  • 14किनकि अरू धेरै जातिहरू र महान् राजाहरूले यी जातिहरूका मानिसहरूलाई कमारा तुल्याउनेछन् । तिनीहरूका कामहरू र तिनीहरूका हातका कार्यहरूका कारण म तिनीहरूलाई बदला लिनेछु ।”

  • यशा 3:9-11
    3 पदहरू
    74%

    9तिनीहरूका विरुद्धको गवाहीहरू तिनीहरूकै अनुहारहरूमा खोज्‍नुहोस् । अनि सदोमले झैं तिनीहरूले आफ्‍ना पाप भन्‍नेछन् । तिनीहरूले त्‍यो लुकाउने छैनन् । तिनीहरूलाई धिक्‍कार! किनकि तिनीहरूले आफ्नै निम्ति सर्वनाश पुरा गरेका छन् ।

    10धर्मी मानिसलाई राम्रो हुनेछ भन, किनकि तिनीहरूले आफ्‍ना कामहरूका फल खानेछन् ।

    11दुष्‍टलाई धिक्‍कार! उसलाई खराब हुनेछ, किनकि उहाँको हातको बदला उसैमाथि पर्नेछ ।

  • 6हेर, मेरो सामु यस्तो लेखिएको छः म चूपचाप रहनेछैनँ, किनकि तिनीहरूलाई म साटो फेर्नेछु । तिनीहरूकै काखमा तिनीहरूलाई म बदला दिनेछु,

  • 63तिनीहरू कसरी बस्छन्, र उठ्छन्, हेर्नुहोस् । तिनीहरूका गीतले मेरो ठट्टा गर्छन् ।

  • 2हे पृथ्वीका न्यायकर्ता, उठ्नुहोस् । घमण्‍डीहरूलाई जे सुहाउँदो हुन्‍छ, त्‍यो तिनीहरूलाई दिनुहोस् ।

  • 27अधर्ममाथि अधर्म गरेको दोष तिनीहरूलाई लगाउनुहोस् । तिनीहरू तपाईंको धार्मिक विजयमा आउन नसकून् ।

  • 10तर हे परमप्रभु, तपाईंले ममाथि दया गर्नुहोस् र मलाई उठाउनुहोस् ताकि मैले तिनीहरूलाई बदला लिन सकूँ ।

  • 4अब, टुरोस, सीदोन र पलिश्‍तीका सबै क्षेत्रहरू, तिमीहरू किन मसँग रिसाउँछौ? के तिमीहरूले मलाई बदला लिन सक्छौ? तिमीहरूले मलाई बदला लियौ भने पनि, तिमीहरूको बदलालाई म तुरुन्तै तिमीहरूकै थाप्‍लोमा फर्काउनेछु ।

  • भजन 69:22-24
    3 पदहरू
    72%

    22तिनीहरूको निम्ति राखिएको भोजन तिनीहरूको निम्ति पासो बनोस् । तिनीहरू सुरक्षित छन् भनी तिनीहरूले विचार गर्दा, त्‍यो नै पासो बनोस् ।

    23तिनीहरूका आँखाहरू धमिला होऊन्, ताकि तिनीहरूले देख्‍न नसकून् । अनि तिनीहरूका कम्मर सधैं दुर्बल बनाउनुहोस् ।

    24तिनीहरूमाथि आफ्‍नो क्रोध खन्याउनुहोस् र तपाईंको रिसको उग्रताले तिनीहरूलाई व्याकुल बनाओस् ।

  • 11किनकि उहाँले व्यक्तिको कामअनुसारको प्रतिफल दिनुहुन्छ । उहाँले हरेक मानिसलाई उसका आफ्नै चालअनुसारको इनाम दिनुहुन्छ ।

  • 20मलाई दोष लगाउने, अर्थात् मेरो बारेमा खरब कुराहरू भन्‍नेलाई परमप्रभुबाट यो इनाम होस् ।

  • 6जसरी त्यसले अरूलाई दिएकी थिई, त्यसरी नै त्यसलाई फर्काइदेओ र त्यसले जे गरेकी छे फिर्ता गरिदेओ । त्यसले कचौरामा जे मिसाएकी थिई, त्यसको दोब्बर हुने गरी त्यसलाई देओ ।

  • 9अनि दाऊद भन्छन्, “तिनीहरूका भोजनको टेबल तिनीहरूका निम्ति पासो, जाल, बाधा र तिनीहरूका विरुद्धमा प्रतिशोध बनोस् ।

  • 35बदला लिने काम मेरो हो र तिनीहरूको खुट्टा चिप्लिएको ठिक समयमा म नै प्रतिशोध लिने छु ।

  • 11हेर्नुहोस्, यिनीहरूले हामीलाई कस्तो प्रतिफल दिइरहेका छन् । तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको ठाउँदेखि हामीलाई धपाउन तिनीहरू आउँदै छन्‌ ।

  • विलाप 3:60-61
    2 पदहरू
    72%

    60तिनीहरूले मलाई गरेका अपमान, मेरो विरुद्धमा रचेका सबै षड्यन्त्र तपाईंले देख्‍नुभएको छ ।

    61हे परमप्रभु, तिनीहरूले गरेका निन्दा र मेरो बारेमा भएका तिनीहरूका सबै योजना तपाईंले देख्‍नुभएको छ ।

  • 10तर उहाँको अवहेलना गर्नेहरूलाई उहाँले बदला लिनुहुने छ वा तिनीहरूलाई नष्‍ट गर्नुहुने छ । उहाँको अवहेलना गर्नेहरू जोकसैप्रति पनि उहाँ सहनशील हुनुहुन्‍न । उहाँले त्यसको बदला लिनुहुने छ ।

  • 23तर हे परमप्रभु, मलाई मार्न तिनीहरूले मेरो विरुद्धमा बनाएका तिनीहरूका सबै योजना तपाईंलाई थाहा छ । तिनीहरूका अधर्म र पाप क्षमा नगर्नुहोस् । तिनीहरूका पाप तपाईंबाट नहटाउनुहोस् । बरु, तिनीहरू तपाईंकै सामु पराजित होऊन् । तपाईंको क्रोधको समयमा तिनीहरूको विरुद्धमा उत्रनुहोस् ।

  • 5उहाँले मेरा शत्रुहरूलाई खराबीको प्रतिफल दिनुहुनेछ । आफ्‍नो विश्‍वस्‍ततामा तिनीहरूको नाश गर्नुहोस्!

  • 24तैंले देख्‍ने गरी म बेबिलोन र कल्दीका सबै बासिन्दालाई बदला लिनेछु, किनकि तिनीहरूले सियोनमा सारा किसिमका दुष्‍ट काम गरेका छन्, यो परमप्रभुको घोषणा हो ।

  • 31दुष्‍ट मानिसको सामु उसको मार्गलाई कसले दोषी ठहराउँछ र? उसको गरेको कामको बदला कसले लिन सक्‍छ र?

  • 9पुजारीहरूलाई जस्‍तो गरियो मानिसहरूलाई त्‍यस्‍तै गरिनेछः तिनीहरूका अभ्‍यासहरूका निम्‍ति म तिनीहरू सबैलाई दण्ड दिनेछु, तिनीहरूका कामहरूको बदला म तिनीहरूलाई दिनेछु ।

  • 7जातिहरूमा बदला लिन र मानिसहरूमा दण्डका कामहरू गर्न ।

  • 15किनकि सबै जातिहरूमाथि परमप्रभुको दिन नजिकै छ । तैंले जस्तो गरेको छस्, तँलाई त्यस्तै गरिनेछ । तेरा कामहरू तेरो आफ्‍नै थाप्‍लोमा फर्किनेछन् ।

  • 18तिनीहरूका अपराध र पापको निम्‍ति म तिनीहरूलाई दोब्बर दण्ड दिनेछु, किनकि तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरूले मेरो देश अपवित्र पारेका छन्, र मेरो उत्तराधिकारलाई आफ्ना घिनलाग्दा मूर्तिहरूले भरेका छन् ।”

  • 5भलाइको साटोमा तिनीहरूले मलाई खराबी गर्छन्, मेरो प्रेमलाई तिनीहरूले घृणा गर्छन् ।

  • भजन 64:7-8
    2 पदहरू
    71%

    7तर परमेश्‍वरले तिनीहरूलाई प्रहार गर्नुहुनेछ । अचानक तिनीहरू उहाँको काँडले घाइते हुनेछन् ।

    8तिनीहरूलाई ठेस खानेछन् । किनभने तिनीहरूका जिब्रोहरू तिनीहरूका विरुद्धमा छन् । तिनीहरूलाई देख्‍ने सबै जनाले आफ्‍ना मुन्टो हल्लाउनेछन् ।

  • 10हे परमेश्‍वर, तिनीहरूलाई दोषी ठहराउनुहोस् । तिनीहरूको षड्यान्त्र नै तिनीहरूको पतन बनोस् । तिनीहरूका धेरै अपराधहरूका कारणले तिनीहरूलाई खेद्‍नुहोस् किनकि तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरेका छन् ।

  • 14जसरी आफ्नो हातको कामले मानिसलाई इनाम दिन्छ, त्यसै गरी आफ्नै वचनको फलबाट ऊ असल थोकहरूले भरिन्छ ।

  • 27हे परमप्रभु, यो तपाईंको काम हो, जुन तपाईंले नै गर्नुभएको छ भनी तिनीहरूले जानून् ।

  • 8तिनीहरूको देश मूर्तीहरूले पनि भरिएको छ । तिनीहरूले आफ्नै हातहरूका कलाको, तिनीहरूका आफ्‍नै औंलाहरूले बनाएका कुराहरूको पुजा गर्छन् ।

  • 2तिनीहरूका सबै दुष्‍ट कामलाई मैले याद गर्छु, भनी तिनीहरूले आफ्नो हृदयहरूमा महसुस नै गर्दैनन् । अब तिनीहरूका कामहरूले तिनीहरूलाई नै घेर्छन् । ती मेरो अनुहारको सामु छन् ।

  • 20मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई इनाम दिनुभएको छ । उहाँले मलाई पुनर्स्थापना गर्नुभएको छ किनभने मेरा हातहरू शुद्ध थिए ।

  • 14र तिमी आशिषित् हुनेछौ, किनकि तिनीहरूले तिमीलाई तिम्रो गुणा फिर्ता गर्न सक्दैनन् । किनकि धर्मीहरूको पुनरुत्थान हुँदा तिम्रो गुण तिरिनेछ ।”

  • 20म तिनीहरूका लागि असल भएको हुनाले के साँच्‍चै तिनीहरूबाट आउने विपत्ति मेरो इनाम हुनेछ? किनकि तिनीहरूले मेरो लागि एउटा खाडल खनेका छन् । तिनीहरूबाट तपाईंको क्रोध हटाउन तिनीहरूको कल्याणको पक्षमा म कसरी तपाईंको सामु खडा भएको थिएँ भनी सम्झनुहोस् ।

  • 4हे परमप्रभु, असलहरू र आफ्‍ना हृदयहरूमा सोझो हुनेहरूलाई असलै गर्नुहोस् ।