निर्गमन 33:3

अनलक शाब्दिक बाइबल

दूध र मह बग्‍ने त्यस देशमा जा तर मचाहिँ तिमीहरूसँग जानेछैनँ किनकि तिमीहरू हठी मानिसहरू हौ । मैले तिमीहरूलाई बाटैमा नाश गर्न पनि सक्छु ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 3:8 : 8 तिनीहरूलाई मिश्रीहरूको शक्तिबाट छुटकारा दिलाई असल, विशाल अनि दूध र मह बग्‍ने देशमा लैजान म ओर्लिआएको छु । त्यो कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देश हो ।
  • निर्ग 32:9-9 : 9 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “मैले यो जातिलाई देखेको छु । हेर्, तिनीहरू हठी मानिसहरू हुन् । 10 अब मलाई रोक्‍ने कोसिस नगर् । मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्कनेछ । त्यसैले म तिनीहरूलाई नष्‍ट गर्नेछु । तब म तँबाट नै एउटा ठुलो जाति बनाउनेछु ।”
  • निर्ग 33:15-17 : 15 मोशाले उहाँलाई भने, “तपाईंको उपस्थिति मसँगै जाँदैन भने हामीलाई यहाँबाट नलैजानुहोस् । 16 किनकि नत्रता म र मेरा मानिसहरूले तपाईंको दृष्‍टिमा निगाह पाएका छौँ भनी हामीले कसरी थाहा पाउने? पृथ्वीको सतहमा भएका सबै जातिभन्दा तपाईंको जाति र म अलग छु भनेर थाहा पाउने कुरो भनेको तपाईं हामीसँग गएर मात्र हुने होइन र?” 17 परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैँले अनुरोध गरेको यस कुरालाई पनि म मान्‍नेछु किनकि तैँले मेरो दृष्‍टिमा निगाह पाएको छस्, र म तँलाई नामले नै चिन्छु ।”
  • गिन 16:21 : 21 “यस समुदायबाट अलग होओ, ताकि म तिनीहरूलाई तत्कालै विनाश गर्न सकौँ ।”
  • गिन 16:45 : 45 “यो समुदायबाट गइहाल् ताकि मैले तिनीहरूलाई अहिलै नष्‍ट पार्न सकौँ ।” अनि मोशा र हारून जमिनमा घोप्टो परे ।
  • व्यव 9:6-9 : 6 त्यसकारण यो जानिराख, कि तिमीहरूको धार्मिकताको कारणले परमप्रभु तिमीहरूका परमेश्‍वरले यो असल देश तिमीहरूलाई अधिकारको लागि दिन लाग्‍नुभएको होइन किनकि तिमीहरू त हठी मानिसहरू हौ । 7 उजाड-स्थानमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई कसरी क्रोधित तुल्यायौ भनी याद राख । तिमीहरूले मिश्र देश छाडेदेखि तिमीहरू यस ठाउँमा नआउञ्‍जेलसम्म तिमीहरू परमप्रभुको विरुद्धमा विद्रोही बनेका छौ । 8 साथै, हेब्रोनमा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ, र तिमीहरूलाई नाशै पार्ने गरी उहाँ क्रुद्ध हुनुभयो । 9 परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएका करारका शिला-पाटीहरू लिन म पर्वतमा उक्लँदा म चालिस दिन चालिस रातसम्म पर्वतमा बसेँ । मैले न रोटी खाएँ, न पानी पिएँ । 10 परमप्रभुले मलाई आफ्नै औँलाले लेख्‍नुभएका दुईवटा शिला-पाटी दिनुभयो । सभाको दिनमा आगोको बिचबाट परमप्रभुले पर्वतमा बोल्नुभएका सबै वचन तिनमा लेखिएका थिए । 11 ती चालिस दिन र चालिस रातको अन्त्यमा परमप्रभुले मलाई करारका दुईवटा शिला-पाटी दिनुभयो । 12 परमप्रभुले मलाई भन्‍नुभयो, 'उठेर छिटो गरी यहाँबाट तल जा किनकि तैँले मिश्रबाट ल्याएका तेरा मानिसहरूले आफैलाई भ्रष्‍ट पारेका छन् । मैले तिनीहरूलाई आज्ञा गरेको मार्गबाट तिनीहरू चाँडै नै तर्केर गएका छन् । तिनीहरूले आफ्नो निम्ति ढलौटे मूर्ति बनाएका छन् ।' 13 यसबाहेक, परमप्रभुले मलाई भन्‍नुभयो, 'मैले यी मानिसहरूलाई देखेको छु र तिनीहरू हठी छन् ।
  • व्यव 32:26-27 : 26 म तिनीहरूलाई टाढा-टाढासम्म तितर-बितर पारिदिने छु र मानव-जातिको बिचबाट तिनीहरूको सम्झना मेटिदिने छु भनी मैले भनेँ । 27 म शत्रुको खिसीदेखि डराइनँ, र तिनीहरूका शत्रुहरूले गल्ती गरेर भन्लान्, 'हाम्रो हात माथि उचालिएको छ ।' मैले यी सबै गरेको भए सक्थेँ ।
  • यहो 5:6 : 6 मिश्रबाट निस्केर आएका सबै पुरुष अर्थात् युद्ध गर्ने सबै पुरुष नमरेसम्म इस्राएलका मानिसहरू मरुभूमिमा हिँडिरहे, किनकि तिनीहरूले परमप्रभुको आवाज पालन गरेनन् । परमप्रभुले तिनीहरूका पिता-पुर्खालाई हामीलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको भूमि अर्थात् दूध र मह बग्‍ने भूमि उहाँले तिनीहरूलाई देख्‍न दिनुहुन्थ्यो भनी शपथ खानुभएको थियो ।
  • १ शमू 2:30 : 30 किनकि परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'तेरो घराना र तेरो पुर्खाको घराना सदाको निम्ति मेरो सामु हिंड्नुपर्छ भनी मैले प्रतिज्ञा गरें ।' तर अब परमप्रभु भन्‍नुहुन्छ, 'यसो गर्ने कुरा मबाट टाढै रहोस्, किनकि मलाई आदर गर्नेलाई म आदर गर्छु, तर जसले मलाई तुच्‍छ ठान्छ उसको आदर घट्नेछ ।
  • भजन 78:8 : 8 तब तिनीहरू आफ्‍ना पुर्खाहरूजस्ता हुनेछैनन्, जो हठी र विद्रोही पुस्ता थिए । एउटा यस्तो पुस्ता जसका हृदयहरू ठिक थिएनन् र जसका आत्माहरू परमेश्‍वरप्रति समर्पित र विश्‍वासयोग्य थिएनन् ।
  • यिर्मि 11:5 : 5 मेरो आज्ञा पालन गर ताकि दूध र मह बग्‍ने देश दिनेछु भनी मैले तिमीहरूका पुर्खाहरूसित खाएको शपथ म पुरा गर्न सक्‍छु ।' तब म यर्मियाले जवाफ दिएँ र भनें, 'हे, परमप्रभु हवस् ।'
  • यिर्मि 18:7-9 : 7 एक समय एक जाति वा राज्यलाई म धपाउनेछु, त्‍यसलाई तोड्नेछु वा नष्‍ट गर्नेछु भनी म घोषणा गर्न सक्छु । 8 तर मैले त्‍यस्तो घोषणा गरेको त्यो जाति दुष्‍ट्याइँबाट फर्कन्छ भने मैले त्यसमाथि ल्याउने योजना गरेको विपत्ति म ल्याउनेछैनँ । 9 अर्को समयमा मैले कुनै जाति वा राज्यलाई बनाउने वा रोप्नेछु भनी म घोषणा गर्न सक्छु । 10 तर मेरो कुरा नसुनेर त्‍यसले मेरो दृष्‍टिमा खराबी गर्छ भने, मैले त्यसलाई गर्नेछु भनेको घोषणाको भलाइ गर्न म रोक्‍नेछु ।
  • यहे 3:18-19 : 18 जब म एक जना दुष्‍ट मानिसलाई 'तँ निश्‍चय नै मर्नेछस्‌' भन्‍छु, र त्‍यसको प्राण बचाउनलाई तैंले त्‍यसलाई चेताउनी दिइनस्, वा त्‍यसको दुष्‍ट चालको लागि त्‍यसको विरुद्ध सल्‍लाह दिइनस्‌—भने, त्‍यो मानिस पापको कारण मर्नेछ, तर म त्‍यसको रगत तेरो हातबाट लिनेछु । 19 तर तैंले त्‍यस दुष्‍ट मानिसलाई चेताउनी दिइस्‌ र त्‍यो आफ्‍नो दुष्‍ट्याइँ अथवा आफ्‍नो दुष्‍ट कामहरूदेखि फर्कंदैन भने, त्‍यो आफ्‍नो पापको कारण मर्नेछ, तर तैंले चाहिं आफ्‍नो प्राण बचाएको हुनेछस्‌ ।
  • यहे 33:13-16 : 13 मैले धर्मीलाई यसो भनें, “त्‍यो निश्‍चय नै बाँच्नेछस्!” र त्यसले आफ्नो धार्मिकतामा विश्‍वास गरेर अन्याय गर्छ भने, त्यसको कुनै पनि धार्मिकतालाई म सम्झना गर्नेछैनँ । त्यसले गरेको दुष्‍टताको कारणले त्यो मर्नेछ । 14 यसैले मैले दुष्‍टलाई यसो भनें, “तँ निश्‍चय नै मर्नेछस्”, तर त्‍तसपछि त्यसले आफ्नो पापको पश्‍चात्ताप गर्छ र न्यायपूर्ण र ठिक काम गर्छ भने, 15 र त्यसले ऋणको निम्ति आफूले दुष्‍टतापूर्वक राखेको धितो फिर्ता गर्छ, वा त्यसले चोरेको कुरालाई फिर्ता गर्छ, र जीवन दिने विधिहरू पालना गर्छ र फेरि पाप गर्दैन भने, तब त्यो निश्‍चय नै जिउनेछ । त्यो मर्नेछैन । 16 त्यसले गरेका कुनै पनि पापको सम्झना हुनेछैन । त्यसले न्यायपूर्ण र धार्मिक रूपमा काम गरेको छ र यसैले त्यो निश्‍चय नै जिउनेछ ।
  • आमो 3:13-14 : 13 याकूबका घरानाका विरुद्धमा सुन र गवाही देओ— यो सर्वशक्‍तमान् परमप्रभु परमेश्‍वरको घोषणा हो । 14 “किनभने मैले इस्राएलका पापको दण्ड दिने दिनमा, म बेथेलका वेदीहरूलाई पनि दण्‍ड दिनेछु । वेदीका सिङहरू काटिनेछन् र भुइँमा खस्‍नेछन् ।
  • योना 3:4 : 4 योना सहरभित्र प्रवेश गर्न थाले र एक दिनको यात्रापछि उनले कराए र यसो भने, “अबको चालीस दिनमा निनवे नाश हुनेछ ।”
  • योना 3:10 : 10 तिनीहरूले जे गरे त्‍यो परमेश्‍वरले देख्‍नुभयो । यसरी तिनीहरू आफ्ना दुष्‍ट मार्गहरूबाट फर्के । यसैले परमेश्‍वरले तिनीहरूलाई दिन्‍छु भन्‍नुभएको दण्डको बारेमा उहाँले आफ्नो मन परिवर्तन गर्नुभयो, र उहाँले त्यसो गर्नुभएन ।
  • प्रेरि 7:51 : 51 हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ । तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ ।
  • निर्ग 34:9 : 9 तब तिनले भने, “हे प्रभु, अब मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने हाम्रा बिचमा भएर जानुहोस् किनकि यो जाति हठी छ । हाम्रा पाप र अधर्म क्षमा गरिदिनुहोस् र हामीलाई तपाईंको उत्तराधिकारको रूपमा स्वीकार गर्नुहोस् ।”
  • लैव्य 20:24 : 24 मैले तिमीहरूलाई भनेँ, “तिमीहरूले तिनीहरूका भूमि उत्तराधिकारमा पाउने छौ । दूध र मह बगिरहने देश म तिमीहरूको अधिकारमा दिने छु । अरू मानिसहरूबाट तिमीहरूलाई अलग गर्ने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ ।
  • गिन 13:27 : 27 तिनीहरूले मोशालाई भने, “तपाईंले पठाउनुभएको मुलुकमा हामी पुग्यौँ । यसमा साँच्‍चै दुध र मह बग्दोरहेछ । यसका केही उत्पादनहरू यहाँ छन् ।
  • गिन 14:8 : 8 यदि परपप्रभु हामीसँग प्रसन्‍न हुनुहुन्छ भने, उहाँले हामीलाई यो भूमिमा लानुहुनेछ र यो हामीलाई दिनुहुनेछ । भूमिमा दूध र मह बग्छ ।
  • गिन 14:12 : 12 म तिनीहरूलाई विपत्तिले प्रहार गर्नेछु र विनाश गर्नेछु अनि तेरो आफ्नै कुलबाट एउटा जाति बनाउनेछु जुन तिनीहरूभन्दा महान् र शक्‍तिशाली हुनेछ ।”
  • गिन 16:13 : 13 के हामीलाई दूध र मह बग्‍ने मुलुकबाट यो मरुभूमिमा मार्नलाई ल्याउनु मामुलि कुरा हो? अब तपाईं आफै हाम्रो शासक हुन चाहन्छ!
  • निर्ग 32:14 : 14 तब आफ्नो जातिलाई हानि गर्नदेखि परमप्रभुले आफ्नो मन बद्लनुभयो ।
  • निर्ग 13:5 : 5 परमप्रभुले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्वी र यबूसीहरूको दूध र मह बग्‍ने देशमा लैजानुहुँदा तिमीहरूले यही महिनामा आराधनाको यो चाड मान्‍नू ।
  • निर्ग 23:21 : 21 तिनको कुरा सुनी तिनको आज्ञा पालन गर । तिनलाई नचिढ्याओ किनकि तिनले तिमीहरूका अपराधहरू क्षमा दिनेछैनन् । तिनैमा मेरो नाउँ छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 17तिमीहरूले मिश्रमा भोगेको थिचोमिचोबाट मुक्त गरी दूध र मह बग्‍ने देश अर्थात् कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देशमा लैजाने मैले प्रतिज्ञा गरेको छु” ।'

  • 5परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्, 'तिमीहरू हठी मानिसहरू हौ । म तिमीहरूका बिचमा एकै क्षण मात्र गएँ भने पनि मैले तिमीहरूलाई नष्‍ट गर्न सक्छु । त्यसैले, तिमीहरूले आ-आफ्ना गरगहना फुकाल ताकि तिमीहरूलाई के गर्ने भनी मैले निधो गर्न सकूँ' ।”

  • निर्ग 32:9-10
    2 पदहरू
    78%

    9तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “मैले यो जातिलाई देखेको छु । हेर्, तिनीहरू हठी मानिसहरू हुन् ।

    10अब मलाई रोक्‍ने कोसिस नगर् । मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्कनेछ । त्यसैले म तिनीहरूलाई नष्‍ट गर्नेछु । तब म तँबाट नै एउटा ठुलो जाति बनाउनेछु ।”

  • निर्ग 33:1-2
    2 पदहरू
    77%

    1¶ तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “मिश्र देशबाट तैँले ल्याएका मानिसहरूसँगै यहाँबाट जा । त्यो देशमा जा जसको विषयमा 'म तेरा सन्तानहरूलाई यो दिनेछु' भनी अब्राहाम, इसहाक, र याकूबसित मैले शपथ खाएको थिएँ ।

    2म तेरो अगिअगि एउटा दूत पठाउनेछु, र कनानी, एमोरी, हित्ती, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई म त्यहाँबाट धपाउनेछु ।

  • 13यसबाहेक, परमप्रभुले मलाई भन्‍नुभयो, 'मैले यी मानिसहरूलाई देखेको छु र तिनीहरू हठी छन् ।

  • 8तिनीहरूलाई मिश्रीहरूको शक्तिबाट छुटकारा दिलाई असल, विशाल अनि दूध र मह बग्‍ने देशमा लैजान म ओर्लिआएको छु । त्यो कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देश हो ।

  • 52तेरो सामु भएको देशलाई तैँले देख्‍ने छस्, तर मैले इस्राएलीहरूलाई दिने लागेको देशभित्र तँ प्रवेश गर्ने छैनस् ।”

  • 15यसैले मैले तिनीहरूलाई दिन लागेको देशमा म तिनीहरूलाई लानेछैनँ भनेर तिनीहरूसित उजाड-स्‍थान एउटा शपथ खानलाई म आफैले पनि आफ्‍नो हात उठाएँ । त्‍यो देश सबै देशहरूभन्‍दा सुन्‍दर गहनाको दूध र मह बग्‍ने देश हो ।

  • 6त्यसकारण यो जानिराख, कि तिमीहरूको धार्मिकताको कारणले परमप्रभु तिमीहरूका परमेश्‍वरले यो असल देश तिमीहरूलाई अधिकारको लागि दिन लाग्‍नुभएको होइन किनकि तिमीहरू त हठी मानिसहरू हौ ।

  • निर्ग 33:15-16
    2 पदहरू
    75%

    15मोशाले उहाँलाई भने, “तपाईंको उपस्थिति मसँगै जाँदैन भने हामीलाई यहाँबाट नलैजानुहोस् ।

    16किनकि नत्रता म र मेरा मानिसहरूले तपाईंको दृष्‍टिमा निगाह पाएका छौँ भनी हामीले कसरी थाहा पाउने? पृथ्वीको सतहमा भएका सबै जातिभन्दा तपाईंको जाति र म अलग छु भनेर थाहा पाउने कुरो भनेको तपाईं हामीसँग गएर मात्र हुने होइन र?”

  • 30तर होबाबले मोशालाई भने, “म तिमीहरूसँग जाँदिनँ । म मेरो आफ्नै मुलुकतिर र मेरा आफ्नै मानिसहरूकहाँ जाने छु ।”

  • 6मिश्रबाट निस्केर आएका सबै पुरुष अर्थात् युद्ध गर्ने सबै पुरुष नमरेसम्म इस्राएलका मानिसहरू मरुभूमिमा हिँडिरहे, किनकि तिनीहरूले परमप्रभुको आवाज पालन गरेनन् । परमप्रभुले तिनीहरूका पिता-पुर्खालाई हामीलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको भूमि अर्थात् दूध र मह बग्‍ने भूमि उहाँले तिनीहरूलाई देख्‍न दिनुहुन्थ्यो भनी शपथ खानुभएको थियो ।

  • 14यसको अतिरिक्‍त, तपाईंले हामीलाई दूध र मह बग्‍ने मुलुकमा ल्याउनुभएको छैन अथवा हामीलाई खेत र दाखबारीहरू उत्तराधिकारको रूपमा दिनुभएको छैन । के अब हामीलाई खोक्रो प्रतिज्ञाले अन्धा बनाउन चाहनुहुन्छ? हामी तपाईंकहाँ आउँदैनौँ ।”

  • 37तिमीहरूका कारणले परमप्रभु मसित पनि रिसाउनुभयो, 'तँ पनि त्यहाँ जाने छैनस् ।

  • 8यदि परपप्रभु हामीसँग प्रसन्‍न हुनुहुन्छ भने, उहाँले हामीलाई यो भूमिमा लानुहुनेछ र यो हामीलाई दिनुहुनेछ । भूमिमा दूध र मह बग्छ ।

  • व्यव 1:42-43
    2 पदहरू
    74%

    42परमप्रभुले मलाई भन्‍नुभयो, 'तिनीहरूलाई भन्, “आक्रमण नगर्; लडाइँ नगर् किनकि म तिमीहरूसँग हुने छैनँ, र तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुने छौ ।'

    43मैले तिमीहरूलाई यसरी नै भनेँ, तर तिमीहरूले मेरो कुरा सुनेनौ । तिमीहरू परमप्रभुको आज्ञाको विरुद्धमा गयौ । तिमीहरू हठी भयौ र त्यस पहाडी देशलाई आक्रमण गर्न गयौ ।

  • 23मेरा दूत तिमीहरूका अगिअगि जानेछन् र तिनले तिमीहरूलाई एमोरी, हित्ती, परिज्‍जी, कनानी, हिव्वी र यबूसीहरूकहाँ ल्याउनेछन् । म तिनीहरूलाई नष्‍ट गर्नेछु ।

  • व्यव 3:25-27
    3 पदहरू
    74%

    25म बिन्ती गर्दछु, कि मलाई पारि गएर यर्दनपारिको त्यो देश, असल पहाडी देश र लेबनान पनि देख्‍न दिनुहोस् ।'

    26तर तिमीहरूका कारणले परमप्रभु मसित रिसाउनुभयो । उहाँले मेरो कुरा सुन्‍नुभएन । परमप्रभुले मलाई भन्‍नुभयो, 'तेरो लागि यति नै पर्याप्‍त होस् । अबदेखि उसो यस विषयमा मसित नबोल् ।

    27पिसगाको टाकुरामा उक्लेर तेरा आँखा पश्‍चिमतिर, उत्तरतिर, दक्षिणतिर र पूर्वतिर लगा । तेरा आँखाले हेर् किनकि तँ यर्दनपारि जान पाउने छैनस् ।

  • 42नजाओ, किनभने तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट पराजित हुनलाई बचाउन परमप्रभु तिमीहरूसँग हुनुहुन्‍न ।

  • 3तँसँग अरू कोही नआओस् । पर्वतको कुनै पनि भागमा कोही पनि नदेखियोस् । पर्वतको सामु कुनै भेडा-बाख्रा वा गाईवस्तु नचरोस् ।”

  • लैव्य 20:23-24
    2 पदहरू
    73%

    23तिमीहरूका सामुबाट मैले निष्‍कासन गरेका जातिहरूका रीतिरिवाजहरूमा तिमीहरू नहिँड्नू, किनभने तिनीहरूले यी सबै कुरा गरे, र मैले तिनीहरूलाई घृणा गरेँ ।

    24मैले तिमीहरूलाई भनेँ, “तिमीहरूले तिनीहरूका भूमि उत्तराधिकारमा पाउने छौ । दूध र मह बगिरहने देश म तिमीहरूको अधिकारमा दिने छु । अरू मानिसहरूबाट तिमीहरूलाई अलग गर्ने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ ।

  • 27'मलाई तपाईंको देश भएर जान दिनुहोस् । म लोकमार्ग भएर जानेछु । म दाहिने र देब्रे लाग्‍ने छैनँ ।

  • व्यव 4:21-22
    2 पदहरू
    73%

    21तिमीहरूका कारणले परमप्रभु मसित रिसाउनुभयो । म यर्दनपारि जान नपाउने र परमप्रभु तिमीहरूका परमेश्‍वरले सम्पत्तिको रूपमा तिमीहरूलाई दिनुहुने देशमा जान नपाउने गरी उहाँले शपथ खानुभयो ।

    22बरु, म यस देशमै मर्नुपर्छ । म यर्दनपारि जान पाउने छैनँ । तर तिमीहरू त्यस असल देशमा गएर त्यसको अधिकार गर्ने छौ ।

  • 11परमप्रभुले मलाई मार्ने इच्छा गर्नुभएन । परमप्रभुले मलाई भन्‍नुभयो, 'उठ् र मानिसहरूलाई यात्रामा अगुवाइ गर्न तिनीहरूको अगि जा । मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिने छु भनी प्रतिज्ञा गरेको देशमा तिनीहरू जाने छन् र त्यसको अधिकार गर्ने छन् ।'

  • 9र परमप्रभुले तिमीहरू तिमीहरूका पिता-पुर्खाहरूका सन्तानहरूलाई दिन्छु भनी तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध र मह बहने देशमा तिमीहरूको आयु लामो हुन सकोस् ।

  • 20किनकि तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी मैले प्रतिज्ञा गरेको दूध र मह बग्‍ने देशमा जब मैले तिनीहरूलाई ल्याएको हुने छु, र तिनीहरू खाएर तृप्‍त भएर मोटाएका हुने छन्, तब तिनीहरू अन्य देवताहरूकहाँ लागी तिनीहरूको सेवा गर्ने छन् र तिनीहरूले मेरो तिरस्कार गरी मेरो करार भङ्ग गर्ने छन् ।

  • 26तर तिमीहरूले आक्रमण गर्न इन्कार गरी परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाको विरुद्धमा गयौ ।

  • 11'मैले अब्राहाम, इसहाक र याकूबलाई प्रतिज्ञा गरेका भूमिलाई मिश्रबाट आएका बिस वर्षभन्दा माथिका कसैले देख्‍ने छैनन्, किनभने

  • 9तब तिनले भने, “हे प्रभु, अब मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने हाम्रा बिचमा भएर जानुहोस् किनकि यो जाति हठी छ । हाम्रा पाप र अधर्म क्षमा गरिदिनुहोस् र हामीलाई तपाईंको उत्तराधिकारको रूपमा स्वीकार गर्नुहोस् ।”

  • 34अब, गएर मैले तँलाई भनेको स्थानमा यी मानिसहरूलाई अगुवाइ गरेर लैजा । हेर्, मेरा दूत तेरो अगिअगि जानेछन् । तर त्यस दिन तिनीहरूका पापका लागि म तिनीहरूलाई दण्ड दिनेछु ।”

  • 3तिमीहरूले पार गरिसकेपछि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा त्यसको अधिकार गर्दा यो व्यवस्थाका सबै वचन तिनमा लेख्‍नू ।

  • 17हामीलाई तपाईंको भूमिको बाटो भएर जान दिनुहोस् भनी म बिन्ती गर्दछु । हामी खेत वा दाखबारीतिर पस्दैनौँ, न त हामी तपाईंका ईनारहरूको पानी पिउँछौँ । हामीले तपाईंको देशको सिमाना नकाटेसम्म दायाँ वा बायाँ लाग्‍ने छैनौँ ।”

  • 23यसैले तिनीहरूले निश्‍चय नै त्यो भूमि देख्‍नेछैनन् जसबाट मैले तिनीहरूका पुर्खाहरूसित शपथ खाएँ । तिनीहरूमध्ये मलाई घृणा गर्ने कसैले पनि यो देख्‍नेछैन,

  • 4परमप्रभुले तिनलाई भन्‍नुभयो, “'म यो देश तेरा सन्तानहरूलाई दिन्छु' भनी मैले अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गरेको देश यही हो । मैले तँलाई तेरा आँखाले हेर्न अनुमति दिएको छु, तर तँ त्यहाँ जान पाउने छैनस् ।”

  • 6त्‍यस दिन मैले तिनीहरूसित यो शपथ खाएँ, कि म तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर मैले तिनीहरूका निम्‍ति मैले होसियारीसाथ छानेको देशमा ल्‍याउनेछु । त्‍यहाँ दूध र मह बग्‍दैथियो । यो सबै देशहरूभन्‍दा बढी सुन्‍दर गहना थियो ।

  • 22त्यसपछि तपाईंले तिनीहरूलाई दूध र मह बग्‍ने देश दिनुभयो, जुन दिनलाई तपाईंलै तिनीहरूका पुर्खाहरूसित शपथ खानुभएको थियो ।

  • 7आफ्नो यात्रा सुरु गरी एमोरीहरूको पहाडी देश र त्यसका छेउछाउका सबै ठाउँ अर्थात् यर्दन नदीको बेँसीको मैदान, पहाडी देश, तराई, नेगेव र समुद्रीतटमा कनानीहरूको देश र लेबनान र महानदी यूफ्रेटिससम्म जाओ ।

  • 13तर तिमीहरूले यसो भन्‍छौ, 'हामी यस देशमा बस्‍नेछैनौं'—अनि तिमीहरूले मेरो आवाज, परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज सुन्‍दैनौ ।

  • 33जो रातमा आगो र दिनमा बादल बनेर तिमीहरूलाई छाउनी बनाउने ठाउँ पत्ता लगाउन तिमीहरूका अगिअगि जानुभयो ।

  • 3मोशा परमेश्‍वरकहाँ माथि उक्लेर गए । परमप्रभुले पर्वतबाट तिनलाई भन्‍नुभयो, “तैँले याकूबको घराना अर्थात् इस्राएलका मानिसहरूलाई यसो भन्‍नूः

  • 17फारोले मानिसहरूलाई जान दिएपछि परमेश्‍वरले तिनीहरूलाई पलिश्तीको देशको बाटो नजिकै भए तापनि त्यहाँबाट भएर अगुवाइ गर्नुभएन । किनकि उहाँले भन्‍नुभयो, “तिनीहरूले लडाइँ देखेर तिनीहरूको मन बद्ली तिनीहरू मिश्रमा नै फर्केर जान सक्छन् ।”