निर्गमन 34:25

अनलक शाब्दिक बाइबल

खमिरसहित मेरो बलिदानको रगत नचढाउनू, न त निस्तार-चाडमा चढाइने बलिको कुनै भाग बिहानसम्म उब्रोस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 23:18 : 18 मलाई चढाउने बलिको रगत खमिर हालेको रोटीसितै नचढाओ । मेरा चाडहरूमा चढाइने बलिदानहरूको बोसो रातभरि रहेर बिहानसम्म रहनुहुँदैन ।
  • निर्ग 12:10 : 10 बिहानसम्ममा कुनै पनि भाग नउबार्नू । बिहानसम्म केही उब्रियो भने त्यसलाई जलाइदिनू ।
  • निर्ग 12:20 : 20 खमिरबाट बनेको कुनै पनि थोक तिमीहरूले नखानू । तिमीहरू जहाँ बसे तापनि तिमीहरूले खमिर नहालेको रोटी मात्र खानू ।”
  • निर्ग 12:8 : 8 त्यस रात तिमीहरूले आगोमा पोलेर त्यो मासु खानू । तितो सागसित खमिर नहालेको रोटीसितै तिमीहरूले त्यो खानू ।
  • निर्ग 29:34 : 34 अर्पण बलिको कुनै पनि खाना वा रोटी भोलिपल्ट बिहानसम्म रह्‍यो भने त्यसलाई जलाइदिनू । यो मेरो लागि अलग गरिएकोले यसलाई खानुहुँदैन ।
  • लैव्य 7:15 : 15 धन्यवाद दिनको निम्ति मेलबलि अर्पण गर्ने मानिसले आफ्नो बलिदानको मासु बलिकै दिनमा खानू । त्यसबाट कत्ति पनि अर्को बिहानीको निम्ति त्यसले नछोडोस् ।
  • गिन 9:12 : 12 तिनीहरूले यसलाई बिहानसम्म राख्‍नुहुँदैन वा यसका हाडहरू भाँच्‍नुहुँदैन । तिनीहरूले निस्तार-चाडका सबै नियम पालन गर्नुपर्छ ।
  • व्यव 16:3 : 3 योसँगै खमिर हालेको रोटी नखानू । सात दिनसम्म अखमिरी रोटी अर्थात् कष्‍टको रोटी खानू । किनकि तिमीहरू हतारमा मिश्र देशबाट निस्केर आयौ । तिमीहरू मिश्र देशबाट निस्केर आएको दिनलाई याद राख्‍न तिमीहरूका जीवनभरि यसको पालन गर्नू ।
  • १ कोरि 5:7-8 : 7 पुराना खमिरबाट आफैलाई शुद्ध गर ताकि तिमीहरू नयाँ मुछेको पिठो बन्‍न सक; फलस्वरूप तिमीहरू अखमिरी रोटी बन्‍न सक । किनभने हाम्रा निस्तार-चाडको थुमा ख्रीष्‍टको बलिदान भइसकेको छ । 8 त्यसैकारण, पुरानो खमिर अर्थात् दुष्‍टता तथा खराब आचरणसाथ होइन, बरु इमानदार तथा सत्यताको अखमिरी रोटीका साथ चाड मनाऔँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 23:18-19
    2 पदहरू
    92%

    18मलाई चढाउने बलिको रगत खमिर हालेको रोटीसितै नचढाओ । मेरा चाडहरूमा चढाइने बलिदानहरूको बोसो रातभरि रहेर बिहानसम्म रहनुहुँदैन ।

    19तिमीहरूले मेरो घर अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरको घरमा अगौटे फलहरूमध्ये सबैभन्दा असलचाहिँ ल्याउनू । बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ ।

  • व्यव 16:3-5
    3 पदहरू
    85%

    3योसँगै खमिर हालेको रोटी नखानू । सात दिनसम्म अखमिरी रोटी अर्थात् कष्‍टको रोटी खानू । किनकि तिमीहरू हतारमा मिश्र देशबाट निस्केर आयौ । तिमीहरू मिश्र देशबाट निस्केर आएको दिनलाई याद राख्‍न तिमीहरूका जीवनभरि यसको पालन गर्नू ।

    4सात दिनसम्म तिमीहरूका सबै सिमानाभित्र कुनै पनि खमिर देखिनुहुँदैन । पहिलो दिनको साँझमा तिमीहरूले चढाउने बलिको कुनै पनि मासु भोलि बिहानसम्म रहनुहुँदैन ।

    5परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने जुनसुकै सहरमा तिमीहरूले निस्तार-चाडको बलि नचढाउनू ।

  • निर्ग 12:9-10
    2 पदहरू
    81%

    9काँचो वा पानीमा उमालेर नखाओ । बरु, यसको टाउको, यसका खुट्टा र भित्री भागहरूसमेत आगोमा पोलेर खाओ ।

    10बिहानसम्ममा कुनै पनि भाग नउबार्नू । बिहानसम्म केही उब्रियो भने त्यसलाई जलाइदिनू ।

  • लैव्य 2:11-12
    2 पदहरू
    80%

    11तिमीहरूले परमप्रभुलाई चढाउने कुनै पनि अन्‍नबलि खमिरद्वारा बनाइनुहुँदैन, किनभने परमप्रभुको निम्ति आगोद्वारा गरिएको बलिमा खमिर वा मह नजलाउनू ।

    12तिमीहरूले ती परमप्रभुलाई पहिलो फलहरूको भेटीको रूपमा चढाउनू, तर वेदीमा मिठो सुगन्ध दिनलाई ती प्रयोग नहोऊन् ।

  • लैव्य 22:29-30
    2 पदहरू
    79%

    29तिमीहरूले परमप्रभुलाई धन्यवादको बलि अर्पण गर्दा तिमीहरूले त्यो स्वीकारयोग्‍य तरिकामा बलि गर्नू ।

    30त्यसलाई त्यो बलि गरिएकै दिनमा खानू । अर्को बिहानीसम्म त्यसको केही भाग पनि नछोड्‍नू । म परमप्रभु हुँ ।

  • 26तिमीहरूले आ-आफ्ना खेतहरूबाट सबैभन्दा असल अगौटे फलहरू मेरो घरमा ल्याउनू । बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ ।”

  • गिन 9:12-13
    2 पदहरू
    78%

    12तिनीहरूले यसलाई बिहानसम्म राख्‍नुहुँदैन वा यसका हाडहरू भाँच्‍नुहुँदैन । तिनीहरूले निस्तार-चाडका सबै नियम पालन गर्नुपर्छ ।

    13तर कुनै व्यक्‍ति शुद्ध छ र यात्रामा छैन, अनि निस्तार-चाड मान्दैन भने परमप्रभुले आज्ञा गर्नुभएको निर्धारित समयमा त्यसले बलिदान नचढाएकोले त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गर्नुपर्छ । त्यस मानिसले आफ्नो पाप भोग्‍नुपर्छ ।

  • 15धन्यवाद दिनको निम्ति मेलबलि अर्पण गर्ने मानिसले आफ्नो बलिदानको मासु बलिकै दिनमा खानू । त्यसबाट कत्ति पनि अर्को बिहानीको निम्ति त्यसले नछोडोस् ।

  • निर्ग 12:18-20
    3 पदहरू
    75%

    18तिमीहरूले यसलाई पुस्तौँसम्म मान्‍नू । यो तिमीहरूका निम्ति सधैँ एउटा विधि हुनेछ । वर्षको पहिलो महिनाको चौधौँ दिनको साँझदेखि त्यस महिनाको एक्‍काइसौँ दिनको साँझसम्म तिमीहरूले अखमिरी रोटी खानू ।

    19यी सात दिनमा तिमीहरूका घरहरूमा कुनै खमिर पाइनुहुँदैन । खमिर हालेको रोटी खाने जोसुकै इस्राएलको समुदायबाट बहिष्कृत हुनेछ, चाहे त्यो व्यक्ति विदेशी होस् या तिमीहरूकै देशमा जन्मेको होस् ।

    20खमिरबाट बनेको कुनै पनि थोक तिमीहरूले नखानू । तिमीहरू जहाँ बसे तापनि तिमीहरूले खमिर नहालेको रोटी मात्र खानू ।”

  • लैव्य 23:5-6
    2 पदहरू
    75%

    5पहिलो महिनाको चौधौँ दिनको साँझ परमप्रभुको निस्तार-चाड हो ।

    6सोही महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति अखमिरी रोटीको चाड हो । सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू ।

  • 34अर्पण बलिको कुनै पनि खाना वा रोटी भोलिपल्ट बिहानसम्म रह्‍यो भने त्यसलाई जलाइदिनू । यो मेरो लागि अलग गरिएकोले यसलाई खानुहुँदैन ।

  • लैव्य 22:24-26
    3 पदहरू
    75%

    24चोट लागेका, कुच्‍च्याइएका, चिरिएका, वा काटिएका अण्डकोष भएका पशु परमप्रभुलाई अर्पण नगर्नू । तिमीहरूको देशैभरि त्यस्तो नगर्नू ।

    25परदेशीको हातबाट तिमीहरूका परमेश्‍वरको भोजन अर्पण नगर्नू । अङ्गभङ्ग भएका वा खोट भएका पशुहरू, तिमीहरूका निम्ति ग्रहण हुने छैनन्’ ।”

    26परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 17त्यो खमिर राखेर पकाउनुहुँदैन । आगोद्वारा गरिने मेरा बलिहरूबाट तिनीहरूको भाग हुनलाई मैले त्यो दिएको छु । पापबलि र दोषबलिझैँ यो अति पवित्र छ ।

  • 15तिमीहरूले अखमिरी रोटीको चाड मान्‍नू । मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म अखमिरी रोटी खानू । त्यस बेला तिमीहरू आबीब महिनामा मेरो सामु देखा पर्नू जुन यही उद्देश्यको लागि तयार पारिएको हो । तिमीहरू यही महिनामा मिश्रबाट बाहिर निस्केर आयौ । तर तिमीहरू खाली हात मेरो सामु देखा नपर्नू ।

  • निर्ग 13:6-7
    2 पदहरू
    74%

    6सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू । सातौँ दिनमा परमप्रभुको निम्ति चाड हुनेछ ।

    7सात दिनसम्म खमिर नहालेको रोटी खानू । खमिर हालेको रोटी तिमीहरूका बिचमा नदेखियोस् ।

  • 6तिमीहरूले यसलाई त्यो महिनाको चौधौँ दिनसम्म राख्‍नुपर्छ । त्यसपछि इस्राएलको सारा समुदायले यी पशुहरूलाई साँझमा मार्नू ।

  • 21पहिलो महिनाको चौधौं दिनमा, तिमीहरूको निम्ति सात दिनको एउटा पर्व हुनेछ । तिमीहरूले अखमिरी रोटी खानुपर्छ ।

  • 15सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू । पहिलो दिनमा तिमीहरूले आ-आफ्ना घरहरूबाट खमिर हटाउनू । पहिलो दिनदेखि सातौँ दिनसम्म खमिर हालेको रोटी खाने मान्छे जोसुकैलाई पनि तिमीहरूले इस्राएलबाट बहिष्कार गर्नू ।

  • 12बालीको बिटालाई डोलाएर मलाई अर्पण गर्ने दिनमा एक वर्षको निष्‍खोट थुमा होमबलिको रूपमा परमप्रभुलाई चढाउनू ।

  • 14यो बलि तिमीहरूले आफ्नो परमेश्‍वरकहाँ नल्याउने दिनसम्म तिमीहरूले रोटी, भुटेको अन्‍न वा हरियो अनाज केही नखानू । तिमीहरू बसोबास गर्ने हरेक ठाउँमा तिमीहरूका मानिसहरूको सबै वंशमा यो सदाको निम्ति विधि होस् ।

  • 21आफै मरेको कुनै पनि थोक नखानू । तिमीहरूका सहरहरूभित्र बस्‍ने परदेशीलाई त्यो दिन सक्छौ र त्यसले खान सक्छ वा यो परदेशीलाई बेच्न सक्छौ । किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गरिएका जाति हौ । बाख्राको पाठो माउको दूधमा नपकाउनू ।

  • व्यव 16:7-8
    2 पदहरू
    73%

    7परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा त्यसलाई पोलेर खानू । तिमीहरू बिहान फर्केर आ-आफ्ना पालमा जानू ।

    8छ दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू । सातौँ दिनमा परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु पवित्र सभा हुने छ । त्यस दिन तिमीहरूले कुनै काम नगर्नू ।

  • 1¶ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि कुनै पनि खोट लागेको वा खराब भएको बलि नचढाउनू किनकि त्यो परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि घृणित कुरो हुने छ ।

  • गिन 28:16-17
    2 पदहरू
    73%

    16पहिलो महिनाको चौधौँ दिनमा परमप्रभुको निस्तार-चाड आउँछ ।

    17यो महिनाको पन्ध्रौँ दिनमा एउटा उत्सव मनाउनुपर्छ । सात दिनसम्म अखमिरी रोटी खानुपर्छ ।

  • 6तिमीहरूले अर्पण गर्ने दिनमा वा अर्को दिनमा नै त्यो खाइयोस् । तेस्रो दिनसम्म केही बाँकी रह्‍यो भने, त्यो आगोद्वारा जलाइयोस् ।

  • 8तिमीहरूले अर्को थुमालाई बिहान चढाइएको एउटा थुमालाई झैँ साँझमा अन्‍नबलिसँगै चढाउनुपर्छ ।

  • 3यो महिनाको चौधौँ दिनको साँझ, तिमीहरूले निस्तार-चाडलाई यसको निर्धारित समयमा नै मान्‍नू । तिमीहरूले यसलाई पालन गर्नुपर्छ, यससँग सम्बन्धित सबै आदेशहरू पालन गर्नुपर्छ र सबै नियमहरू अनुसरण गर्नुपर्छ ।”

  • 18तिमीहरूले अखमिरी रोटीको चाड मान्‍नू । मैले तिमीहरूलाई आज्ञा दिएबमोजिम आबीब महिनाको तोकिएको समयमा सात दिनसम्म खमिर नहालेको रोटी खानू किनकि आबीब महिनामै तिमीहरू मिश्रबाट बाहिर आयौ ।

  • 18रोटीसँगै तिमीहरूले एक वर्षे निष्‍खोट सातवटा थुमा, एउटा साँढेको बच्‍चा, र दुईवटा भेडा अर्पण गर्नू । तिनीहरूको अन्‍नबलि र अर्घबलिसँगै ती परमप्रभुको निम्ति मिठो सुगन्ध दिने होमबलि होऊन् ।

  • 23तिमीहरूले यिनीहरूलाई हरेक बिहान आवश्यक पर्ने होमबलिको अतिरिक्‍त चढाउनुपर्छ ।

  • 29तिमीहरूको कटनी वा दाखबारीबाट भेटी चढाउन विलम्ब नगर । तिमीहरूका छोराहरूका जेठोचाहिँ मलाई दिनुपर्छ ।

  • 20तर खोट भएको कुनै कुरा पनि अर्पण नगर्नू । म त्यो तिमीहरूबाट स्वीकार्ने छैनँ ।

  • 41तैँले दोस्रो थुमा बेलुकी चढाउनू । बिहानजस्तै अन्‍नबलि र अर्घबलि पनि चढाउनू । यी कुराहरूले मेरो लागि मिठो बास्‍ना ल्याउनेछन् । यो मेरो लागि आगोद्वारा चढाइने बलि हो ।

  • 5रोटीले धन्यवादको बलिदान अर्पण गर, स्वइच्‍छा भेटीको घोषणा गर । तीबारे घोषणा गर, किनकि यस कुराले तिमीहरू, इस्राएलका मानिसहरूलाई खुसी तुल्‍याउँछ, — यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 17तिमीहरूको अन्‍न, नयाँ मद्य, तेल, गाईवस्तु वा भेडा-बाख्राका पहिले जन्मेकाहरूको दशांश तिमीहरूले सहरहरूभित्र खानुहुँदैन । तिमीहरूले गर्ने भाकलसँगै चढाउने कुनै पनि बलिदानको मासु नखाओ न त स्वैच्छिक भेटी वा तिमीहरूका हातले चढाउने भेटीबाट खाओ ।