निर्गमन 36:8

अनलक शाब्दिक बाइबल

त्यसैले तिनीहरूका बिचमा भएका सबै शिल्पकारले मसिनो सुती कपडा अनि निलो, बैजनी, रातो ऊनबाट दसवटा पर्दा भएको करूबहरूको रचनासहित पवित्र वासस्थानको निर्माण गरे । यो ज्यादै निपुण शिल्पकार बजलेलको काम थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 25:18 : 18 तैँले प्रायश्‍चित्तको ढकनीको दुई किनारामा राख्‍न पिटिएको सुनका दुईवटा करूब बनाउनू ।
  • निर्ग 25:22 : 22 यही सन्दुकमा म तँसित भेट्नेछु । प्रायश्‍चित्तको ढकनीमाथिबाट म तँसित बोल्नेछु । गवाहीको सन्दुकको माथि भएका दुईवटा करूबको बिचबाट मैले इस्राएलीहरूलाई दिने सबै आज्ञा तँलाई दिनेछु ।
  • निर्ग 26:1-9 : 1 ¶ तैँले मसिनो सुती कपडा, निलो, बैजनी र रातो ऊन करूबहरूको रचनासहित दसवटा पर्दा भएको पवित्र वासस्थान बनाउनू । यो ज्यादै सिपालु शिल्पकारको काम हुनेछ । 2 हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौडाइ चार हातको होस् । सबै पर्दा उही आकारको हुनुपर्छ । 3 पाँचवटा पर्दालाई एक-अर्कासित गाँस्‍नू, र अन्य पाँचवटा पर्दालाई एक-अर्कासित गाँस्‍नू । 4 पहिलो गाँसिएको भागको बाहिरी छेउमा निलो सुर्काउनी बनाउनू । त्यसै गरी, दोस्रो गाँसिएको भागको बाहिरी छेउमा पनि निलो सुर्काउनी बनाउनू । 5 पहिलो पर्दामा पचासवटा सुर्काउनी बनाउनू, र दोस्रो गाँसिएको भागको पर्दामा पनि पचासवटा सुर्काउनी बनाउनू । ती सुर्काउनीहरू आमनेसामने हुने गरी बनाउनू । 6 सुनका पचासवटा अङ्कुसे बनाई पवित्र वासस्थान एउटै हुने गरी ती पर्दाहरूलाई अङ्कुसेहरूसित जोड्नू । 7 पवित्र वासस्थानमाथि राखिने पालको निम्ति बाख्राका भुत्लाका पर्दाहरू बनाउनू । एघारवटा यस्ता पर्दा बनाउनू । 8 हरेक पर्दाको लमाइ तिस हात र चौडाइ चार हातको होस् । एघारवटै पर्दाको नाप उही होस् । 9 पाँचवटा पर्दालाई एक-अर्कामा जोड्नू र बाँकी छवटालाई एक-अर्कामा जोड्नू । छैटौँ पर्दालाई चाहिँ पालको अगाडिपट्टि दोब्बर गर्नू । 10 पहिलो गाँसिएको भागको एकापट्टिको छेउमा पचासवटा सुर्काउनी बनाउनू, र दोस्रो गाँसिएको भागको एकापट्टिको छेउमा पचासवटा सुर्काउनी बनाउनू । 11 पचासवटा काँसाका अङ्कुसे बनाई तिनलाई सुर्काउनीहरूमा लगाउनू । त्यसपछि एउटै बनाउन पाललाई सँगसँगै जोड्नू । 12 पालको बाँकी रहेको आधा भाग अर्थात् पालका पर्दाहरूबाट झुण्डिरहको आधा भागलाई पवित्र वासस्थानको पछिल्तिर झुण्ड्याउनू । 13 एकापट्टि एक हात लामो र अर्कोपट्टि एक हात लामो पर्दा हुनुपर्छ । पवित्र वासस्थानलाई ढाक्‍न त्यसको दुवैपट्टि पालका पर्दाहरूको बाँकी भाग झुण्डिरहून् । 14 रातो रङले रङ्ग्याएका भेडाका छालाबाट पवित्र वासस्थानलाई ढाक्‍ने बनाउनू, र त्यसको माथि मसिनो छालाको ढकनी होस् । 15 पवित्र वासस्थानको लागि बबुल काठबाट ठाडा फल्याकहरू बनाउनू । 16 हरेक फल्याकको लमाइ दस हात र चौडाइ साँढे एक हातको होस् । 17 फल्याकहरूलाई एक-अर्कासित जोड्न हरेक फल्याकमा दुईवटा काठका चोसा होऊन् । पवित्र वासस्थानका सबै फल्याक यसरी नै बनाउनू । 18 पवित्र वासस्थानको लागि फल्याकहरू बनाउँदा दक्षिणपट्टिको लागि बिसवटा फल्याक बनाउनू । 19 ती बिसवटा फल्याकको मुन्तिर राख्‍न चाँदीका चालिसवटा आधार बनाउनू । पहिलो फल्याकको मुन्तिर दुईवटा आधार र अन्य फल्याकहरूको मुन्तिर पनि दुई-दुईवटा आधार बनाउनू । 20 पवित्र वासस्थानको दोस्रो भाग अर्थात् उत्तरपट्टिको लागि बिसवटा फल्याक 21 र तिनका चालिसवटा आधार बनाउनू । पहिलो फल्याकको मुन्तिर दुईवटा आधार अनि दोस्रोको मुन्तिर दुईवटा आधार र बाँकीको निम्ति पनि यसरी नै बनाउनू । 22 पवित्र वासस्थानको पछाडिपट्टि अर्थात् पश्‍चिमपट्टि छवटा फल्याक बनाउनू । 23 पवित्र वासस्थानको पछाडिका कुनाहरूमा दुईवटा फल्याक बनाउनू । 24 यी फल्याकहरू तल छुट्टिएका होऊन् तर माथि भने जोडिएका होऊन् । दुवै कुनाका लागि यही किसिमले बनाउनू । 25 चाँदीका आधारहरू भएका आठवटा फल्याक बनाउनू । पहिलो फल्याकमुनि दुईवटा आधार, अर्को फल्याकमुनि दुईवटा आधार एवम् रितले जम्माजम्मी सोह्रवटा आधार होऊन् । 26 तैँले बबुल काठका बारहरू बनाउनू । पवित्र वासस्थानका एकापट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार, 27 पवित्र वासस्थानका अर्कोपट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार र पवित्र वासस्थानको पश्‍चिमपट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार बनाउनू । 28 फल्याकहरूका बिचमा भएको बारचाहिँ एक छेउदेखि अर्को छेउसम्म पुगोस् । 29 तैँले फल्याकहरूलाई सुनले मोहोर्नू । बारहरूलाई अल्झाउन सुनका मुन्द्राहरू बनाउनू, र बारहरूलाई पनि सुनले मोहोर्नू । 30 तँलाई पर्वतमा देखाइएको नमुनाबमोजिम पवित्र वासस्थान खडा गर्नू । 31 निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट करूबहरूको रचनासमेत भएको एउटा पर्दा बनाउनू । यो सिपालु शिल्कारको काम होस् । 32 सुनले मोहोरिएको बबुल काठको चारवटा खम्बामा यस पर्दालाई झुण्ड्याउनू । यी खम्बाहरूमा सुनका अङ्कुसेहरू हुनुपर्छ जसमा चारवटा चाँदीका आधार राखिएका होऊन् । 33 पर्दालाई अङ्कुसेमुनि झुण्ड्याउनू, र गवाहीको सन्दुकलाई यसभित्र ल्याउनू । यो पर्दाले पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नुपर्छ । 34 प्रायश्‍चित्तको ढकनीलाई गवाहीको सन्दुकमाथि राख्‍नू जसलाई महा-पवित्रस्थानमा राखिन्छ । 35 पर्दाबाहिर टेबुललाई उत्तरपट्टि राख्‍नू । पवित्र वासस्थानको दक्षिणपट्टि टेबुलको सामुन्‍ने सामदान राख्‍नू । 36 पालको प्रवेशद्वारमा एउटा पर्दा बनाउनू । यो निलो, बैजनी, रातो सामग्री, मसिनो गरी बाटेको सुती कपडा र बुट्टा भर्नेको काम भएको होस् । 37 यस पर्दाको लागि बबुल काठको पाँचवटा खम्बा बनाई तिनलाई सुनले मोहोर्नू । तिनका अङ्कुसे सुनका होऊन् र तिनका लागि काँसाका पाँचवटा आधार होऊन् ।
  • निर्ग 31:6 : 6 त्योबाहेक मैले दानको कुलबाट अहीसामाकको छोरो ओहोलीआबलाई नियुक्त गरेको छु । मैले तिनीहरूलाई आज्ञा गरेमुताबिक तिनीहरूले बनाउन सकून् भनेर सबै बुद्धिमानीहरूका ह्रदयमा मैले सिप हालिदिएको छु । तिनीहरूले बनाउने सामग्रीहरू यिनै हुन्:
  • निर्ग 35:10 : 10 तिमीहरूका बिचमा भएका हरेक सिपालु व्यक्ति आएर परमप्रभुले आज्ञा दिनुभएका हरेक कुरा बनाओस्:
  • १ राजा 6:23 : 23 सोलोमनले भित्री कोठाको लागि जैतूनको काठबाट दुईवटा करूब बनाए । प्रत्येकको उचाइ दस हात थियो ।
  • १ इति 15:1 : 1 ¶ दाऊदले आफ्‍नो निम्‍ति दाऊदको सहरमा भवनहरू बनाए । तिनले परमेश्‍वरका सन्‍दूकको निम्‍ति एउटा ठाउँ तयार गरे र त्‍यसको लागि एउटा पाल टाँगे ।
  • २ इति 3:10 : 10 तिनले महा-पवित्रस्‍थानको निम्ति दुई करूबका प्रतिरूप बनाए । कालिगरहरूले तिनमा सुनको जलप लगाए ।
  • यहे 1:5-9 : 5 माझमा चार जीवित प्राणीहरूजस्ता थिए । तिनीहरूका स्‍वरूप यस्‍तो थियोः तिनीहरू मानिसको स्‍वरूपजस्‍ता थिए, 6 तर तिनीहरू हरेकका चारवटा मुहार थिए, र हरेकका प्राणीका चारवटा पखेटा थिए । 7 तिनीहरूका गोडा सीधा थिए, तर तिनीहरूका खुट्टा बाछाका खुरजस्‍ता थिए जो टल्‍काइराखेका काँसाजस्‍तै टल्‍कन्‍थे । 8 तापनि तिनीहरूका पखेटामुनि चारैतिर मानिसका हातहरू थिए । ती चारैका मुहार र पखेटाहरू यस्ता थिएः 9 एउटाको पखेटाले अर्काको पखेटालाई छोएको थियो, कतै जाँदा तिनीहरू फर्कंदैन थिए । बरु, हरेक सोझै अगाडि हिंड्‌थ्‍यो । 10 तिनीहरूका मुहार मानिसको झैं थियो । ती चारैको दाहिनेपट्टिको मुहार सिंहको जस्तो र देब्रेपट्टिको अनुहारचाहिं गोरुको जस्तो थियो । ती चारैवटाको चिलको जस्तो अनुहार पनि थियो । 11 तिनीहरूका मुहार यस्‍तै थिए, र तिनीहरूका पखेटाचाहिं बाहिर मास्‍तिर फैलिएका थिए । हरेकका दुईवटा पखेटाले चाहिं एउटाले अर्काको पखेटालाई छोएका थिए, र दुईवटा पखेटाले आ-आफ्‍ना शरीर ढाकेका थिए । 12 तिनीहरू हरेक सोझै हिंड्‌थे, ताकि आत्‍माले जता-जता लग्यो तिनीहरू त्‍यतै जान्‍थे, तिनीहरू यताउता नफर्की हिंड्‌थे । 13 ती जीवित प्राणीहरूको आकृति जलिरहेको आगोको भुङ्‌ग्रोजस्तो, राँकोहरूजस्‍ता थिए । ती प्राणीहरूको बिचमा चम्किलो आगो यताउता जान्थ्यो, र त्‍यहाँ बिजुलीका चमकहरू थिए । 14 ती जीवित प्राणीहरू तिव्र गतिले अघि पछि जान्थे, र तिनीहरू बिजुलीको चमकजस्ता देखिन्‍थे । 15 तब मैले ती जीवित प्राणीहरूलाई हेरें र ती चारै मुहार भएका हरेक प्राणीको छेउमा मैले जमिनमा एउटा पाङ्‌ग्रा देखें । 16 ती पाङ्‌ग्राहरूका आकार र बनावट यस्‍ता थिएः हरेक पाङ्ग्रा पीतमणिजस्‍तै थिए, र ती चारैवटा उस्‍तै किसिमका थिए । एउटा पाङ्‌ग्रो अर्को पाङ्‌ग्रोमा खप्टिएको भएझैं थियो । 17 जसै ती हलचल गर्थे, तब कतै नफर्की ती चारैतिर हिंड्‌थे । 18 तिनीहरूका घेरा अल्‍गा र डरलाग्‍दा थिए, किनकि ती चारै घेरा आँखाहरूले भरिएका थिए । 19 जब ती जीवित प्राणीहरू चलहल गर्थे, तब ती पाङ्‌ग्राहरू पनि साथसाथै हिंड्‌थे । जब ती जीवित प्राणीहरू जमिनबाट माथि उठ्‌थे, तब ती पाङ्‌ग्राहरू पनि उठ्‌थे । 20 आत्‍मा जता जानुहुन्‍थ्‍यो तिनीहरू त्‍यतै जान्‍थे, र ती पाङ्‌ग्राहरू पनि तिनीहरूसँगै उठ्थे, किनकि ती जीवित प्राणीहरूका आत्‍मा तिनै पाङ्‌ग्रामा थिए । 21 जब ती प्राणीहरू चलहल गर्थे, तब पाङ्ग्राहरू पनि चलहल गर्थे । अनि जब ती प्राणीहरू ठिङ्ग उभिन्‍थे, तब ती पाङ्ग्राहरू पनि ठिङ्ग उभिन्‍थे । ती प्राणीहरू जमिनबाट उठ्‌दा यी पाङ्‌ग्रा पनि तिनीहरूसँगै उठेर जान्‍थे, किनभने ती जीवित प्राणीहरूका आत्‍मा ती पाङ्‌ग्रामा नै थिए । 22 ती जीवित प्राणीहरूका शिरको मास्‍तिर विशाल अर्धगोलाकार क्षेत्रजस्‍तै थियो । त्यो तिनीहरूको शिरमाथिबाट फैलिएको भयावह स्फटिकझैं देखिन्थ्यो । 23 त्‍यो विशाल अर्धगोलाकार क्षेत्र मुन्‍तिर ती हरेक प्राणीका पखेटाहरू सोझै फैलिएका थिए र एउटाको पखेटाले अर्काको पखेटालाई छुन्‍थ्‍यो । हरेक जीवित प्राणीका आफूलाई ढाक्‍ने एकजोडी पखेटा थिए । हरेकसित आफूलाई ढाक्‍ने जोडी थियो । 24 तब मैले तिनीहरूका पखेटाको आवाज सुनें । त्यो आवाज धेरै पानीको हल्‍लाजस्तै थियो । जब तिनीहरू हलचल गर्थे, तब सर्वशक्तिमान्‌को आवाजजस्तो हुन्‍थ्‍यो । आँधीको वर्षाजस्‍तो थियो । सेनाको आवाजजस्तो थियो । जब तिनीहरू ठिङ्ग उभिन्‍थे, तब तिनीहरूले आफ्‍ना पखेटा तल झार्थे । 25 जब तिनीहरू ठिङ्ग उभिए र आफ्‍ना पखेटा तल झारे, तब तिनीहरूका शिरहरू मास्‍तिरको विशाल अर्धगोलाकार क्षेत्रबाट एउटा आवाज आयो । 26 तिनीहरू शिरमाथिका विशाल अर्धगोलाकार क्षेत्रमाथि एउटा सिंहासनजस्‍तो थियो जुन हेर्दा त्‍यो नीलमणीजस्‍तै देखिन्‍थ्‍यो, र त्‍यो सिंहासनजस्‍तोमा बस्‍नेको स्‍वरूप मानिसको जस्‍तो थियो । 27 मैले उहाँको कम्‍मरदेखि मास्‍तिर जल्‍दो धातुजस्‍तै भएको एउटा आकृति देखें । उहाँको कम्‍मरदेखि मुन्‍तिरको आकृति पनि आगोजस्‍तै देखियो, र उहाँको वरिपरी चहकिलो उज्‍यालोले घेरिराखेको थियो । 28 उहाँको वरिपरीको चम्किलो उज्यालो पानी परेको दिन बादलमा देखिने इन्‍द्रेनीको आकारझैं उज्‍ज्‍वल थियो । त्‍यो परमप्रभुका महिमासँग मिल्दो दोखिन्‍थ्‍यो । जब मैले त्‍यो देखें तब म घोप्‍टो परें, र एउटा बोलिरहेको आवाज मैले सुनें ।
  • यहे 10:1-9 : 1 ¶ जब मैले करूबहरूका शिरदेखि मास्‍तिर भएको अर्धगोलाकर क्षेत्रमा हेरें । तीभन्‍दा माथि सिंहासनजस्‍तो स्‍वरूपमा नीरजस्‍तो केही कुरा देखा पर्‍यो । 2 तब परमप्रभुले ती सूती कपडा लगाएका मानिससँग बोल्‍नुभयो र यसो भन्‍नुभयो, “करूबहरूका मुन्‍तिर रहेका पाङ्‌ग्राहरूका बिचमा जा, र ती करूबहरूका बिचमा भएको जलिरहेको आगोको भुङ्‌ग्रो लिएर आफ्‍ना दुवै हातमा भर् र ती सहरको माथि छरिदे ।” तब मैले हेर्दाहेर्दै ती मानिस गए । 3 ती मानिस भित्र जाँदा करूबहरूचाहिं मन्‍दिरको दाहिनेपट्टि खडा भए, र भित्री चोक बादलले भरियो । 4 परमप्रभुको महिमा करूबहरूबाट मास्‍तिर उठ्यो र मन्‍दिरको सँघारमाथि गयो । यसले मन्‍दिरलाई बादलले भरिदियो, र चोकचाहिं परमप्रभुको महिमाको चमकले भरिपूर्ण भयो । 5 करूबहरूका पखेटाको आवाजचाहिं बाहिरको चोकसम्‍मै सुनिन्‍थ्‍यो, जुन सर्वशक्तिमान्‌ परमेश्‍वर बोल्‍नुहुँदा सुनिने आवाज जस्‍तै थियो । 6 यस्‍तो भयो, परमेश्‍वरले त्‍यो सूती कपडा लाउने मानिसलाई यसो भनेर आज्ञा दिनुहुँदा, “ती करूबहरूका माझमा भएका पाङ्‌ग्राहरूका बिचबाट आगो ले,” तब ती मानिस भित्र गए र एउटा पाङ्‌ग्राको छेउमा खडा भए । 7 करूबहरूका बिचमा भएको त्‍यो आगोतिर करूबहरूका बिचबाट एउटा करूबले आफ्‍नो हात छिराए, र त्‍यो माथि उठाए र सूती कपडा लाउने मानिसको हातमा त्‍यो राखिदिए । ती मानिसले त्‍यो लिए र फर्केर बाहिर गए । 8 ती करूबहरूका पखेटामुनि मैले एक जना मानिसके हातजस्‍तै केही कुरा देखें । 9 अनि मैले हेरें, र देखें । करूबहरूका छेउमा चार वटा पाङ्‌ग्रा थिए— प्रत्‍येक करूबको छेउमा एउटा पाङ्‌ग्रा थियो, र ती पाङ्ग्रा पीतमणीजस्‍ता देखिन्‍थे । 10 ती चारै पाङ्‌ग्राहरू एकै किसिमका थिए, एकअर्कामा खप्टिएका देखिन्थे । 11 ती हलचल गर्दा चार दिशामा कुनै एक दिशातिर तिनीहरू जान्‍थे, तिनीहरू जाँदा फर्कंदैन थिए । तर तिनीहरू जता फर्केका थिए त्यतै जान्थे, तिनीहरू पनि त्‍यसैतिर नफर्की जान्‍थे । 12 तिनीहरूका सम्‍पूर्ण शरीर, तिनीहरूका पीठ, हात र पखेटा, तिनीहरूका चारै वटा पाङ्‌ग्राहरूसमेत सम्‍पूर्ण आँखाले भरिएका थिए । 13 मैले सुन्‍दा, ती पाङ्‌ग्राहरूलाई “घुम्‍ने पाङ्‌ग्रा” भनियो । 14 ती हरेकका चार वटा अनुहार थिए । पहिलो अनुहार करूबको, दोस्रो अनुहार मानिसको, तेस्रो अनुहार सिंहको र चौथो अनुहार गरुडको जस्‍तै थियो । 15 तब मैले कबार नहरको किनारमा देखेका करूबहरू अर्थात्‌ जीवित प्राणीहरू उठे । 16 जब ती करूबहरू हलचल गर्थे, तब छेउका ती पाङ्‌ग्राहरू पनि तिनीहरूसितै जान्‍थे, र जब ती करूबहरू भूइँबाट माथि ऊठ्‍नलाई आफ्‍ना पखेटा फैलाउँथे, तब ती पाङ्‌ग्राहरू फर्कंदैन थिए । तिनीहरूकै छेउमा ती रहन्थे । 17 जब ती करूबहरू ठिङ्ग खडा हुन्‍थे, तब ती पाङ्‌ग्राहरू पनि ठिङ्ग खडा नै रहन्‍थे, र जब ती माथि उठ्‌थे, तब ती पाङ्‌ग्राहरू पनि तिनीहरूसँगै माथि उठ्‌थे, किनकि ती जीवित प्राणीहरूका आत्‍मा ती पाङ्‌ग्राहरूमा थिए । 18 तब परमप्रभुको महिमा मन्‍दिरको सँघारबाट निस्‍केर गयो र ती करूबहरूका माथि अडियो । 19 ती करूबहरूले आ-आफ्‍ना पखेटाहरू फैलाएर माथि उठे र मैले हेर्दै गर्दा बाहिर गए, र ती पाङ्‌ग्राहरूले पनि तिनीहरूका पछिपछि त्‍यसै गरे । परमप्रभुका मन्दिरको पूर्वतिरका ढोकाको मुखैमा तिनीहरू खडा भए, र इस्राएलका परमेश्‍वरको महिमा माथिबाट तिनीहरूमा आयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 26:1-5
    5 पदहरू
    90%

    1¶ तैँले मसिनो सुती कपडा, निलो, बैजनी र रातो ऊन करूबहरूको रचनासहित दसवटा पर्दा भएको पवित्र वासस्थान बनाउनू । यो ज्यादै सिपालु शिल्पकारको काम हुनेछ ।

    2हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौडाइ चार हातको होस् । सबै पर्दा उही आकारको हुनुपर्छ ।

    3पाँचवटा पर्दालाई एक-अर्कासित गाँस्‍नू, र अन्य पाँचवटा पर्दालाई एक-अर्कासित गाँस्‍नू ।

    4पहिलो गाँसिएको भागको बाहिरी छेउमा निलो सुर्काउनी बनाउनू । त्यसै गरी, दोस्रो गाँसिएको भागको बाहिरी छेउमा पनि निलो सुर्काउनी बनाउनू ।

    5पहिलो पर्दामा पचासवटा सुर्काउनी बनाउनू, र दोस्रो गाँसिएको भागको पर्दामा पनि पचासवटा सुर्काउनी बनाउनू । ती सुर्काउनीहरू आमनेसामने हुने गरी बनाउनू ।

  • निर्ग 36:35-37
    3 पदहरू
    88%

    35बजलेलले निलो, बैजनी र रातो ऊन अनि मसिनो सुती कपडाबाट करूबहरूको रचनामा पर्दाहरू बनाए । यो निपुण शिल्पकारको काम थियो ।

    36तिनले पर्दाहरूका लागि बबुल काठका चारवटा खम्बा बनाए, र तिनलाई सुनले मोहोरे । तिनले खम्बाहरूका लागि अङ्कुसेहरू पनि बनाए, र तिनका निम्ति चाँदीका चारवटा आधार बनाए ।

    37तिनले पालको प्रवेशद्वारको लागि एउटा पर्दा बनाए । यो निलो, बैजनी, रातो ऊन, मसिनो सुती कपडाबाट बनाइएको थियो । यो बुट्टा भर्नेको काम थियो ।

  • निर्ग 36:9-17
    9 पदहरू
    87%

    9हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौडाइ चार हातको थियो । सबै पर्दा उही आकारका थिए ।

    10बजलेलले पाँचवटा पर्दा एक-अर्कामा गाँसे र बाँकी पाँचवटालाई पनि एक-अर्कामा गाँसे ।

    11पहिले गाँसिएको पर्दाको पल्लो पर्दाको छेउमा तिनले निलो सुर्काउनी बनाए, र दोस्रो गाँसिएको पर्दाको छेउमा पनि तिनले त्यसै गरे ।

    12तिनले पहिलो पर्दामा पचासवटा सुर्काउनी बनाए, र अर्को गाँसिएको भागको पल्लो पर्दामा पनि पचासवटा सुर्काउनी बनाए । ती सुर्काउनीहरू एक-अर्काका आमनेसामने थिए ।

    13तिनले पवित्र वासस्थान एउटै होस् भनेर सुनका पचासवटा अङ्कुसे बनाए, र तिनलाई पर्दाका दुई भाग एक-अर्कासित जोडे ।

    14पवित्र वासस्थान ढाक्‍ने पालको निम्ति बजलेलले बाख्राका भुत्लाका पर्दाहरू बनाए । तिनले यस्ता खालका पर्दाहरू एघारवटा बनाए ।

    15हरेक पर्दाको लमाइ तिस हात र चौडाइ चार हातको थियो । सबै एघारवटै पर्दाको आकार उही थियो ।

    16तिनले पाँचवटा पर्दा एक-अर्कासित जोडे र बाँकी छवटा पर्दा एक-अर्कासित जोडे ।

    17तिनले पहिलो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पचासवटा सुर्काउनी बनाए, र दोस्रो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पनि पचासवटा सुर्काउनी बनाए ।

  • 31निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट करूबहरूको रचनासमेत भएको एउटा पर्दा बनाउनू । यो सिपालु शिल्कारको काम होस् ।

  • 14तिनले नीलो, बैजनी र रातो रङ्गको ऊनी धागो र मलमलको कपडाको पर्दा बनाए, र तिनले त्‍यसमा बुट्टा भरेका करूबहरू बनाए ।

  • 36पालको प्रवेशद्वारमा एउटा पर्दा बनाउनू । यो निलो, बैजनी, रातो सामग्री, मसिनो गरी बाटेको सुती कपडा र बुट्टा भर्नेको काम भएको होस् ।

  • 35तिनीहरूले सबै किसिमका शिल्पकारी, खोप्‍ने, चित्र बनाउने काम, निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडा र जुलहाको काम गरून् भनेर उहाँले तिनीहरूलाई सिपले भरिपूर्ण पार्नुभएको छ । सबै किसिमका काममा तिनीहरू शिल्पकारी र कलापूर्ण रचनाकारहरू हुन् ।

  • 18चोकको मुल ढोकाको पर्दा बिस हात लामो थियो । पर्दा निलो, बैजनी र रातो सुती कपडा, मसिनो गरी बाटेको सुती कपडाबाट बनाइएको थियो र यसको लमाइ बिस हात थियो । चोकका पर्दाहरूजस्तै यसको लमाइ बिस हात र चौडाइ पाँच हातको थियो ।

  • निर्ग 39:1-3
    3 पदहरू
    79%

    1¶ तिनीहरूले निलो, बैजनी र रातो ऊनबाट पवित्रस्थानमा सेवा गर्नका लागि राम्ररी बुनेका पोशाकहरू बनाए । परप्रभुले मोशालाई आज्ञा दिनुभएअनुसार तिनीहरूले पवित्रस्थानको लागि हारूनका पोशाकहरू बनाए ।

    2बजलेलले सुन, निलो, बैजनी, रातो ऊन र मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाए ।

    3तिनीहरूले सुन पिटेर पातला पाताहरू काटेर तारहरू बनाए । ती निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडामा लगाउनलाई थिए र यो निपुण शिल्पकारको काम थियो ।

  • निर्ग 26:7-9
    3 पदहरू
    79%

    7पवित्र वासस्थानमाथि राखिने पालको निम्ति बाख्राका भुत्लाका पर्दाहरू बनाउनू । एघारवटा यस्ता पर्दा बनाउनू ।

    8हरेक पर्दाको लमाइ तिस हात र चौडाइ चार हातको होस् । एघारवटै पर्दाको नाप उही होस् ।

    9पाँचवटा पर्दालाई एक-अर्कामा जोड्नू र बाँकी छवटालाई एक-अर्कामा जोड्नू । छैटौँ पर्दालाई चाहिँ पालको अगाडिपट्टि दोब्बर गर्नू ।

  • निर्ग 28:5-6
    2 पदहरू
    79%

    5शिल्पकारहरूले सुती कपडा, सुन, निलो, बैजनी र रातो धागो प्रयोग गरून् ।

    6तिनीहरूले सुन, निलो, बैजनी र रातो ऊन अनि मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाऊन् । यो सिपालु शिल्पकारको काम होस् ।

  • 8तिनले एपोदजस्तै छाती-पाता बनाए जुन सिपालु शिल्पकारको काम थियो । तिनले यसलाई सुन, निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट बनाए ।

  • 25हरेक सिपालु स्‍त्रीले आफ्ना हातले ऊन कातेर आफूले कातेको निलो, बैजनी वा रातो ऊन वा मसिनो सुती कपडा ल्याई ।

  • निर्ग 36:1-2
    2 पदहरू
    78%

    1¶ यसैले बजलेल, ओहोलीआब र परमप्रभुले पवित्रस्थान बनाउने काम गर्न ज्ञान र दक्षता दिनुभएको हरेक सिपालु व्यक्‍तिले उहाँको आज्ञामुताबिक काम गरून् ।”

    2मोशाले बजलेल, ओहोलीआब र हरेक सिपालु व्यक्ति जसको मनमा उहाँको काम गर्न परमप्रभुले सिप दिनुभएको थियो र जसको ह्रदयमा उहाँले प्रेरणा दिनुभएको थियो, ती सबैलाई बोलाए ।

  • 7सबै कामको लागि तिनीहरूसित चाहिनेभन्दा बढी सामग्रीहरू थिए ।

  • 9तिनले चोक पनि बनाए । चोकको दक्षिणपट्टिका पर्दाहरू मसिनो सुती कपडाका थिए जुन एक सय हातका थिए ।

  • 16चोकको द्वारमा राखिने पर्दा बिस हातको होस् । यो पर्दा निलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको होस् र यो बुट्टा हाल्नेको काम होस् । यसका चारवटा खम्बा र चारवटा आधार होऊन् ।

  • 6निलो, बैजनी र रातो ऊन अनि मसिनो सुती कपडा, बाख्राको भुत्ला,

  • 23दानको कुलबाट अहीसामाकका छोरा ओहोलीआबले खोप्‍ने र सिपालु शिल्पकारले जस्तै अनि बुट्टा भर्नेले जस्तै निलो, बैजनी, रातो ऊनसाथै मसिनो सुती कपडामा बजलेलसँगै काम गरे ।

  • 23तिनीहरू सबैले परमप्रभुको लागि डोलाइने बलिको रूपमा सुनका भेटीहरू टक्र्याए । जो-जोसँग निलो, बैजनी वा रातो ऊन, मसिनो सुती कपडा, बाख्राको भुत्ला, रातो रङ्ग्याइएको भेडाको छाला वा सीलका छालाहरू थिए, तिनीहरूले ती ल्याए ।

  • 15निर्णय गर्नलाई एउटा छाती-पाता बनाउनू । एपोदको बनावटजस्तै यो पनि सिपालु शिल्पकारको काम होस् । सुन, निलो, बैजनी र रातो ऊन र सुतीको कपडाबाट यसलाई बनाउनू ।

  • 10तिमीहरूका बिचमा भएका हरेक सिपालु व्यक्ति आएर परमप्रभुले आज्ञा दिनुभएका हरेक कुरा बनाओस्:

  • 16चोकको वरिपरिका सबै पर्दा मसिनो सुती कपडाका थिए ।

  • 4निलो, बैजनी र रातो ऊन, मलमलको कपडा, बाख्राको भुत्ला

  • 22बजलेलले एपोदको अलखा पूर्ण रूपमा निलो रङको बुनेको कपडाबाट बनाए । यो जुलाहाको काम थियो ।

  • 29सुती कपडा र निलो, बैजनी, रातो धागोको पटुका बनाए । यो बुट्टा भर्नेको काम थियो । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।

  • 4त्यसैले पवित्रस्थानमा काम गरिरहेका सबै निपुण मानिस काम छाडेर आए ।

  • 34रङले रङ्ग्याइएका भेडाका छालाहरूको छत, सीलको छालाको छत र ढाक्‍ने पर्दा,

  • 24तिनीहरूले तलको फेरोको चारैतिर निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडाका दारिमहरू बनाए ।

  • 5यसको राम्ररी बुनेको कमरपेटी एपोदजस्तै थियो । यसलाई एपोदकै टुक्राबाट बनाइएको थियो र यो मसिनो गरी बाटेको सुती कपडा, सुन, निलो, बैजनी र रातो ऊनबाट बनाइएको थियो, जस्तो परमप्रभुले मोशालाई आज्ञा दिनुभएको थियो ।