निर्गमन 26:36

अनलक शाब्दिक बाइबल

पालको प्रवेशद्वारमा एउटा पर्दा बनाउनू । यो निलो, बैजनी, रातो सामग्री, मसिनो गरी बाटेको सुती कपडा र बुट्टा भर्नेको काम भएको होस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 36:37 : 37 तिनले पालको प्रवेशद्वारको लागि एउटा पर्दा बनाए । यो निलो, बैजनी, रातो ऊन, मसिनो सुती कपडाबाट बनाइएको थियो । यो बुट्टा भर्नेको काम थियो ।
  • निर्ग 39:33 : 33 तिनीहरूले पवित्र वासस्थान, पाल र यसका सबै सरसामान अर्थात् यसका अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू र आधारहरू, रातो
  • निर्ग 40:28-29 : 28 तिनले पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा झुण्ड्याए । 29 तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको प्रवेशद्वारमा होमबलिको वेदी राखे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले यहीँ नै होमबलि र अन्‍नबलि चढाए ।
  • गिन 3:25 : 25 गेर्शोनको परिवारले पवित्र वासस्थानलगायत भेट हुने पालको हेरचाह गर्नुपर्छ । तिनीहरूले पाल, यसको छत र भेट हुने पालको प्रवेश-द्वारको रूपमा प्रयोग गरिएको पर्दाको देखरेख गर्नुपर्छ ।
  • गिन 9:15 : 15 पवित्र वासस्थान खडा गरेको दिन पवित्र वासस्थान अर्थात् करारको आदेशको पाललाई बादलले ढाक्यो । साँझमा बादल पवित्र वासस्थानमाथि थियो । यो बिहानसम्म आगोजस्तो देखियो ।
  • २ शमू 7:6 : 6 किनकि मैले इस्राएलका मानिसलाई मिश्र देशबाट ल्याएको दिनदेखि वर्तमान्‌ समयसम्म नै म मन्‍दिरमा बसेको छैन । बरु, म पालमा अर्थात् पवित्र वासस्थानमा नै घुमिहिंडेको छु ।
  • भजन 78:60 : 60 शीलोको पवित्रस्थान, उहाँ मानिसहरूका बिचमा बास गर्नुभएको पाललाई उहाँले त्याग्‍नुभयो ।
  • यूह 10:9 : 9 म ढोका हुँ । यदि कोही मद्वारा भएर भित्र पस्छ भने, त्यो बचाइनेछ; त्यो भित्र र बाहिर जानेछ र त्यसले चर्ने मैदान भेट्टाउनेछ ।
  • यूह 14:6 : 6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्य र जीवन मै नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।
  • निर्ग 26:31 : 31 निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट करूबहरूको रचनासमेत भएको एउटा पर्दा बनाउनू । यो सिपालु शिल्कारको काम होस् ।
  • निर्ग 35:11 : 11 पवित्रस्थान र यसको पाल, यसको छत, यसका अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 36:35-37
    3 पदहरू
    94%

    35बजलेलले निलो, बैजनी र रातो ऊन अनि मसिनो सुती कपडाबाट करूबहरूको रचनामा पर्दाहरू बनाए । यो निपुण शिल्पकारको काम थियो ।

    36तिनले पर्दाहरूका लागि बबुल काठका चारवटा खम्बा बनाए, र तिनलाई सुनले मोहोरे । तिनले खम्बाहरूका लागि अङ्कुसेहरू पनि बनाए, र तिनका निम्ति चाँदीका चारवटा आधार बनाए ।

    37तिनले पालको प्रवेशद्वारको लागि एउटा पर्दा बनाए । यो निलो, बैजनी, रातो ऊन, मसिनो सुती कपडाबाट बनाइएको थियो । यो बुट्टा भर्नेको काम थियो ।

  • निर्ग 26:30-33
    4 पदहरू
    89%

    30तँलाई पर्वतमा देखाइएको नमुनाबमोजिम पवित्र वासस्थान खडा गर्नू ।

    31निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट करूबहरूको रचनासमेत भएको एउटा पर्दा बनाउनू । यो सिपालु शिल्कारको काम होस् ।

    32सुनले मोहोरिएको बबुल काठको चारवटा खम्बामा यस पर्दालाई झुण्ड्याउनू । यी खम्बाहरूमा सुनका अङ्कुसेहरू हुनुपर्छ जसमा चारवटा चाँदीका आधार राखिएका होऊन् ।

    33पर्दालाई अङ्कुसेमुनि झुण्ड्याउनू, र गवाहीको सन्दुकलाई यसभित्र ल्याउनू । यो पर्दाले पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नुपर्छ ।

  • निर्ग 26:1-10
    10 पदहरू
    87%

    1¶ तैँले मसिनो सुती कपडा, निलो, बैजनी र रातो ऊन करूबहरूको रचनासहित दसवटा पर्दा भएको पवित्र वासस्थान बनाउनू । यो ज्यादै सिपालु शिल्पकारको काम हुनेछ ।

    2हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौडाइ चार हातको होस् । सबै पर्दा उही आकारको हुनुपर्छ ।

    3पाँचवटा पर्दालाई एक-अर्कासित गाँस्‍नू, र अन्य पाँचवटा पर्दालाई एक-अर्कासित गाँस्‍नू ।

    4पहिलो गाँसिएको भागको बाहिरी छेउमा निलो सुर्काउनी बनाउनू । त्यसै गरी, दोस्रो गाँसिएको भागको बाहिरी छेउमा पनि निलो सुर्काउनी बनाउनू ।

    5पहिलो पर्दामा पचासवटा सुर्काउनी बनाउनू, र दोस्रो गाँसिएको भागको पर्दामा पनि पचासवटा सुर्काउनी बनाउनू । ती सुर्काउनीहरू आमनेसामने हुने गरी बनाउनू ।

    6सुनका पचासवटा अङ्कुसे बनाई पवित्र वासस्थान एउटै हुने गरी ती पर्दाहरूलाई अङ्कुसेहरूसित जोड्नू ।

    7पवित्र वासस्थानमाथि राखिने पालको निम्ति बाख्राका भुत्लाका पर्दाहरू बनाउनू । एघारवटा यस्ता पर्दा बनाउनू ।

    8हरेक पर्दाको लमाइ तिस हात र चौडाइ चार हातको होस् । एघारवटै पर्दाको नाप उही होस् ।

    9पाँचवटा पर्दालाई एक-अर्कामा जोड्नू र बाँकी छवटालाई एक-अर्कामा जोड्नू । छैटौँ पर्दालाई चाहिँ पालको अगाडिपट्टि दोब्बर गर्नू ।

    10पहिलो गाँसिएको भागको एकापट्टिको छेउमा पचासवटा सुर्काउनी बनाउनू, र दोस्रो गाँसिएको भागको एकापट्टिको छेउमा पचासवटा सुर्काउनी बनाउनू ।

  • 18चोकको मुल ढोकाको पर्दा बिस हात लामो थियो । पर्दा निलो, बैजनी र रातो सुती कपडा, मसिनो गरी बाटेको सुती कपडाबाट बनाइएको थियो र यसको लमाइ बिस हात थियो । चोकका पर्दाहरूजस्तै यसको लमाइ बिस हात र चौडाइ पाँच हातको थियो ।

  • 16चोकको द्वारमा राखिने पर्दा बिस हातको होस् । यो पर्दा निलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको होस् र यो बुट्टा हाल्नेको काम होस् । यसका चारवटा खम्बा र चारवटा आधार होऊन् ।

  • 37यस पर्दाको लागि बबुल काठको पाँचवटा खम्बा बनाई तिनलाई सुनले मोहोर्नू । तिनका अङ्कुसे सुनका होऊन् र तिनका लागि काँसाका पाँचवटा आधार होऊन् ।

  • निर्ग 36:8-9
    2 पदहरू
    82%

    8त्यसैले तिनीहरूका बिचमा भएका सबै शिल्पकारले मसिनो सुती कपडा अनि निलो, बैजनी, रातो ऊनबाट दसवटा पर्दा भएको करूबहरूको रचनासहित पवित्र वासस्थानको निर्माण गरे । यो ज्यादै निपुण शिल्पकार बजलेलको काम थियो ।

    9हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौडाइ चार हातको थियो । सबै पर्दा उही आकारका थिए ।

  • 26तिनीहरूले चोकका पर्दाहरू अनि पवित्र वासस्थान र वेदी वरिपरिका पर्दाहरूको देखरेख गर्नुपर्छ । तिनीहरूले भेट हुने पाल र यसमा भएका सबै थोकको देखरेख गर्नुपर्छ ।

  • 28तिनले पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा झुण्ड्याए ।

  • 14तिनले नीलो, बैजनी र रातो रङ्गको ऊनी धागो र मलमलको कपडाको पर्दा बनाए, र तिनले त्‍यसमा बुट्टा भरेका करूबहरू बनाए ।

  • 9तिनले चोक पनि बनाए । चोकको दक्षिणपट्टिका पर्दाहरू मसिनो सुती कपडाका थिए जुन एक सय हातका थिए ।

  • 9पवित्र वासस्थानको लागि चोक बनाउनू । चोकको दक्षिणपट्टि मसिनो गरी बाटेको सुती कपडाका पर्दाहरू राख्‍नू जसका लमाइ एक सय हात होऊन् ।

  • 16चोकको वरिपरिका सबै पर्दा मसिनो सुती कपडाका थिए ।

  • 26तिनीहरूका डोरीहरू र तिनीहरूका सेवाको निम्ति सबै सामान बोक्‍नुपर्छ । यिनीहरूसँग सम्बन्धित सबै थोक तिनीहरूले गर्नुपर्छ । हारून

  • 8चोकको वरिपरि घेरा हाली यसको प्रवेशद्वारमा पर्दा झुण्ड्याउनू । तैँले अभिषेक गर्ने तेल लिई पवित्र वासस्थान र यसभित्र भएको हरेक थोकलाई अभिषेक गर्नू ।

  • निर्ग 28:5-6
    2 पदहरू
    79%

    5शिल्पकारहरूले सुती कपडा, सुन, निलो, बैजनी र रातो धागो प्रयोग गरून् ।

    6तिनीहरूले सुन, निलो, बैजनी र रातो ऊन अनि मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाऊन् । यो सिपालु शिल्पकारको काम होस् ।

  • निर्ग 36:14-15
    2 पदहरू
    78%

    14पवित्र वासस्थान ढाक्‍ने पालको निम्ति बजलेलले बाख्राका भुत्लाका पर्दाहरू बनाए । तिनले यस्ता खालका पर्दाहरू एघारवटा बनाए ।

    15हरेक पर्दाको लमाइ तिस हात र चौडाइ चार हातको थियो । सबै एघारवटै पर्दाको आकार उही थियो ।

  • निर्ग 39:2-3
    2 पदहरू
    78%

    2बजलेलले सुन, निलो, बैजनी, रातो ऊन र मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाए ।

    3तिनीहरूले सुन पिटेर पातला पाताहरू काटेर तारहरू बनाए । ती निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडामा लगाउनलाई थिए र यो निपुण शिल्पकारको काम थियो ।

  • 29सुती कपडा र निलो, बैजनी, रातो धागोको पटुका बनाए । यो बुट्टा भर्नेको काम थियो । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।

  • 17तिनीहरूले चोकको लागि पर्दा र यसका डन्डासाथै आधारहरू अनि चोकको प्रवेशद्वारको लागि पर्दा,

  • 11पहिले गाँसिएको पर्दाको पल्लो पर्दाको छेउमा तिनले निलो सुर्काउनी बनाए, र दोस्रो गाँसिएको पर्दाको छेउमा पनि तिनले त्यसै गरे ।

  • 6निलो, बैजनी र रातो ऊन अनि मसिनो सुती कपडा, बाख्राको भुत्ला,

  • 12पालको बाँकी रहेको आधा भाग अर्थात् पालका पर्दाहरूबाट झुण्डिरहको आधा भागलाई पवित्र वासस्थानको पछिल्तिर झुण्ड्याउनू ।

  • 24तिनीहरूले तलको फेरोको चारैतिर निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडाका दारिमहरू बनाए ।

  • 40तिनीहरूले चोकका लागि यसका खम्बाहरू र आधारहरू अनि चोकको प्रवेशद्वारको लागि पर्दा, यसका डोरीहरू र पालका किलाहरू अनि पवित्र वासस्थान अर्थात् भेट हुने पालको सेवाको लागि सबै सरसामान ल्याए ।

  • 22बजलेलले एपोदको अलखा पूर्ण रूपमा निलो रङको बुनेको कपडाबाट बनाए । यो जुलाहाको काम थियो ।

  • 15निर्णय गर्नलाई एउटा छाती-पाता बनाउनू । एपोदको बनावटजस्तै यो पनि सिपालु शिल्पकारको काम होस् । सुन, निलो, बैजनी र रातो ऊन र सुतीको कपडाबाट यसलाई बनाउनू ।

  • 14रातो रङले रङ्ग्याएका भेडाका छालाबाट पवित्र वासस्थानलाई ढाक्‍ने बनाउनू, र त्यसको माथि मसिनो छालाको ढकनी होस् ।

  • 31तैँले एपोदको अलखा पूर्ण रूपमा निलो कपडाको बनाउनू ।

  • 4निलो, बैजनी र रातो ऊन, मलमलको कपडा, बाख्राको भुत्ला

  • 39तैँले मसिनो सुती कपडाबाट लबेदा बनाउनू, र फेटा पनि सुती कपडाबाट नै बनाउनू । पटुकाचाहिँ बुट्टा हाल्नेद्वारा बनाइयोस् ।

  • 5तैँले गवाहीको सन्दुकको सामुन्‍ने सुनको धूपको वेदी राख्‍नू, र पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा राख्‍नू ।