निर्गमन 39:2

अनलक शाब्दिक बाइबल

बजलेलले सुन, निलो, बैजनी, रातो ऊन र मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 28:6-9 : 6 तिनीहरूले सुन, निलो, बैजनी र रातो ऊन अनि मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाऊन् । यो सिपालु शिल्पकारको काम होस् । 7 यो गाँस्‍नलाई त्यसको दुवै छेउमा गाँसेका दुईवटा काँधे-बन्धन होऊन् । 8 यसको निकै राम्रोसँग बुनिएको कमरपेटी एपोदजस्तै हुनुपर्छ । मसिनो गरी बाटेको सुती कपडा, सुन, निलो, बैजनी र रातो धागोबाट एपोदकै टुक्राबाट यसलाई बनाइनुपर्छ । 9 दुईवटा आनिक्स पत्थरलाई लिएर तिनमा इस्राएलका बाह्र जना छोराका नाउँ खोप्‍नू । 10 छोराहरूको जन्मअनुसार एउटा पत्थरमा छ जनाका नाउँ र अर्को पत्थरमा छ जनाका नाउँ खोप्‍नू । 11 छापमा खोप्‍ने शिल्पकारले झैँ तैँले यो दुईवटा पत्थरमा इस्राएलका बाह्र जना छोराका नाउँ खोप्‍नू । ती पत्थर सुनका रत्‍न जडिने मणिघरमा जड्न लगाउनू । 12 परमप्रभुलाई इस्राएलका छोराहरूको सम्झना दिलाउन ती दुईवटा पत्थरलाई एपोदका काँधे-बन्धनमा लगाउनू । उहाँलाई सम्झना दिलाउन हारूनले परमप्रभुको सामु तिनीहरूका नाउँलाई बोकेर लैजानेछन् ।
  • लैव्य 8:7 : 7 उनले हारूनलाई दौरा लगाइदिए र तिनको कम्मरमा फिता लगाइदिए, अनि तिनलाई लबेदा पहिराइदिएर एपोद लगाइदिए, र असल प्रकारले बुनिएको पटुकाले एपोद कसे अनि बाँधिदिए ।
  • निर्ग 25:7 : 7 आनिक्स र अन्य बहुमूल्य रत्‍नहरू ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 39:7-8
    2 पदहरू
    91%

    7परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ बजलेलले तिनलाई एपोदको काँधे-बन्धनहरूमा इस्राएलका बाह्र छोराका निम्ति सम्झनाको रत्‍न हुनलाई ती लगाए ।

    8तिनले एपोदजस्तै छाती-पाता बनाए जुन सिपालु शिल्पकारको काम थियो । तिनले यसलाई सुन, निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट बनाए ।

  • निर्ग 28:4-6
    3 पदहरू
    89%

    4तिनीहरूले बनाउनुपर्ने पोशाकहरू छाती-पाता, एपोद, अलखा, बुनेको लबेदा, फेटा र पटुका हुन् । तिनीहरूले यी पोशाकहरू बनाऊन् जसले तेरा दाजु हारून र त्यसका छोराहरूलाई मेरो निम्ति अलग गरून् ताकि तिनीहरूले पुजारी भएर मेरो सेवा गर्न सकून् ।

    5शिल्पकारहरूले सुती कपडा, सुन, निलो, बैजनी र रातो धागो प्रयोग गरून् ।

    6तिनीहरूले सुन, निलो, बैजनी र रातो ऊन अनि मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाऊन् । यो सिपालु शिल्पकारको काम होस् ।

  • निर्ग 39:18-22
    5 पदहरू
    89%

    18तिनीहरूले बाटेका दुईवटा सिक्रीका अर्का दुईवटा छेउलाई दुवै मणिघरमा जोडे । त्यसपछि तिनीहरूले ती दुईवटालाई एपोदको काँधे-बन्धनको अगाडिपट्टि लगाए ।

    19तिनीहरूले सुनका दुईवटा मुन्द्री बनाए, र भित्रपट्टिको बिँडको छेउमा तिनलाई छाती-पाताका अर्का दुईवटा कुनामा लगाए ।

    20तिनीहरूले थप दुईवटा सुनका मुन्द्री बनाए, र तिनलाई एपोदको अगाडिपट्टि दुवै काँधे-बन्धनका मुनिबाट र एपोदको निकै राम्ररी बुनेको कमरपेटीमाथिको सिउनीनेर लगाए ।

    21तिनीहरूले छाती-पाता त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा निलो फित्ताले कमरपेटीमा बाँधे ताकि त्यो बुनिएको एपोददेखि सर्न नपाओस् । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले बनाए ।

    22बजलेलले एपोदको अलखा पूर्ण रूपमा निलो रङको बुनेको कपडाबाट बनाए । यो जुलाहाको काम थियो ।

  • निर्ग 39:3-5
    3 पदहरू
    89%

    3तिनीहरूले सुन पिटेर पातला पाताहरू काटेर तारहरू बनाए । ती निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडामा लगाउनलाई थिए र यो निपुण शिल्पकारको काम थियो ।

    4तिनीहरूले एपोदको लागि दुई छेउमा गाँसेका काँधे-बन्धनहरू बनाए ।

    5यसको राम्ररी बुनेको कमरपेटी एपोदजस्तै थियो । यसलाई एपोदकै टुक्राबाट बनाइएको थियो र यो मसिनो गरी बाटेको सुती कपडा, सुन, निलो, बैजनी र रातो ऊनबाट बनाइएको थियो, जस्तो परमप्रभुले मोशालाई आज्ञा दिनुभएको थियो ।

  • 1¶ तिनीहरूले निलो, बैजनी र रातो ऊनबाट पवित्रस्थानमा सेवा गर्नका लागि राम्ररी बुनेका पोशाकहरू बनाए । परप्रभुले मोशालाई आज्ञा दिनुभएअनुसार तिनीहरूले पवित्रस्थानको लागि हारूनका पोशाकहरू बनाए ।

  • निर्ग 39:24-29
    6 पदहरू
    84%

    24तिनीहरूले तलको फेरोको चारैतिर निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडाका दारिमहरू बनाए ।

    25तिनीहरूले निखुर सुनका घण्टीहरू बनाए, र तलको फेरोमा वरिपरि दारिमका बिच-बिचमा तिनीहरूले ती लगाए ।

    26तिनीहरूले हारूनले भित्र सेवा गर्दा लगाउने अलखाको छेउ-छेउमा एउटा घण्टी र एउटा दारिम अनि एउटा घण्टी र एउटा दारिम लगाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।

    27तिनीहरूले हारून र तिनका छोराहरूका लागि मसिनो सुती कपडाका लबेदाहरू बनाए ।

    28तिनीहरूले मसिनो सुती कपडाको फेटा, सुती कपडाका अन्य फेटाहरू, सुती कपडाका भित्री वस्‍त्रहरू,

    29सुती कपडा र निलो, बैजनी, रातो धागोको पटुका बनाए । यो बुट्टा भर्नेको काम थियो । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।

  • निर्ग 28:14-15
    2 पदहरू
    83%

    14र डोरीजस्ता बाटेका निखुर सुनका दुईवटा सिक्री बनाउनू, र ती सिक्रीहरूलाई मणिघरहरूमा लगाउनू ।

    15निर्णय गर्नलाई एउटा छाती-पाता बनाउनू । एपोदको बनावटजस्तै यो पनि सिपालु शिल्पकारको काम होस् । सुन, निलो, बैजनी र रातो ऊन र सुतीको कपडाबाट यसलाई बनाउनू ।

  • 8यसको निकै राम्रोसँग बुनिएको कमरपेटी एपोदजस्तै हुनुपर्छ । मसिनो गरी बाटेको सुती कपडा, सुन, निलो, बैजनी र रातो धागोबाट एपोदकै टुक्राबाट यसलाई बनाइनुपर्छ ।

  • 35बजलेलले निलो, बैजनी र रातो ऊन अनि मसिनो सुती कपडाबाट करूबहरूको रचनामा पर्दाहरू बनाए । यो निपुण शिल्पकारको काम थियो ।

  • 31तैँले एपोदको अलखा पूर्ण रूपमा निलो कपडाको बनाउनू ।

  • 37तिनले पालको प्रवेशद्वारको लागि एउटा पर्दा बनाए । यो निलो, बैजनी, रातो ऊन, मसिनो सुती कपडाबाट बनाइएको थियो । यो बुट्टा भर्नेको काम थियो ।

  • 31निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट करूबहरूको रचनासमेत भएको एउटा पर्दा बनाउनू । यो सिपालु शिल्कारको काम होस् ।

  • 6निलो, बैजनी र रातो ऊन अनि मसिनो सुती कपडा, बाख्राको भुत्ला,

  • 14तिनले नीलो, बैजनी र रातो रङ्गको ऊनी धागो र मलमलको कपडाको पर्दा बनाए, र तिनले त्‍यसमा बुट्टा भरेका करूबहरू बनाए ।

  • 4निलो, बैजनी र रातो ऊन, मलमलको कपडा, बाख्राको भुत्ला

  • 39तैँले मसिनो सुती कपडाबाट लबेदा बनाउनू, र फेटा पनि सुती कपडाबाट नै बनाउनू । पटुकाचाहिँ बुट्टा हाल्नेद्वारा बनाइयोस् ।

  • 36पालको प्रवेशद्वारमा एउटा पर्दा बनाउनू । यो निलो, बैजनी, रातो सामग्री, मसिनो गरी बाटेको सुती कपडा र बुट्टा भर्नेको काम भएको होस् ।

  • 5आफूसित पोशाकहरू लैजा र हारूनलाई लबेदा, एपोदको अलखा, एपोद, छाती-पाता अनि राम्ररी बुनेको एपोदको कमरपेटी लगाइदिनू ।

  • 8त्यसैले तिनीहरूका बिचमा भएका सबै शिल्पकारले मसिनो सुती कपडा अनि निलो, बैजनी, रातो ऊनबाट दसवटा पर्दा भएको करूबहरूको रचनासहित पवित्र वासस्थानको निर्माण गरे । यो ज्यादै निपुण शिल्पकार बजलेलको काम थियो ।

  • 41तिनीहरूले पवित्रस्थानमा सेवा गर्नको लागि बुनेका मसिनो सुती कपडाका पोशाकहरू, पुजारी भएर सेवा गर्न हारून र तिनका छोराहरूका लागि पवित्र पोशाकहरू ल्याए ।

  • 1¶ तैँले मसिनो सुती कपडा, निलो, बैजनी र रातो ऊन करूबहरूको रचनासहित दसवटा पर्दा भएको पवित्र वासस्थान बनाउनू । यो ज्यादै सिपालु शिल्पकारको काम हुनेछ ।

  • 7उनले हारूनलाई दौरा लगाइदिए र तिनको कम्मरमा फिता लगाइदिए, अनि तिनलाई लबेदा पहिराइदिएर एपोद लगाइदिए, र असल प्रकारले बुनिएको पटुकाले एपोद कसे अनि बाँधिदिए ।

  • 31तिनीहरूले यसलाई छाप-औँठीमा झैँ “परमप्रभुको निम्ति पवित्र” भनेर खोपे । तिनीहरूले फेटाको माथिपट्टि निलो फित्ता बाँधे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।

  • निर्ग 28:27-28
    2 पदहरू
    76%

    27तैँले थप दुईवटा सुनका मुन्द्री बनाउनू, र तिनलाई एपोदको अगाटिपट्टि दुवै काँधे-बन्धनका मुनिबाट र एपोदको निकै राम्ररी बुनेको कमरपेटीमाथिको सिउनीनेर लगाउनू ।

    28छाती-पाता त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा निलो फित्ताले कमरपेटीमा बाँध्‍नू ताकि त्यो बुनिएको एपोददेखि सर्न नपाओस् ।

  • 15तिनीहरूले छाती-पातामा डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाए ।

  • 23तिनीहरू सबैले परमप्रभुको लागि डोलाइने बलिको रूपमा सुनका भेटीहरू टक्र्याए । जो-जोसँग निलो, बैजनी वा रातो ऊन, मसिनो सुती कपडा, बाख्राको भुत्ला, रातो रङ्ग्याइएको भेडाको छाला वा सीलका छालाहरू थिए, तिनीहरूले ती ल्याए ।

  • 25हरेक सिपालु स्‍त्रीले आफ्ना हातले ऊन कातेर आफूले कातेको निलो, बैजनी वा रातो ऊन वा मसिनो सुती कपडा ल्याई ।

  • 18चोकको मुल ढोकाको पर्दा बिस हात लामो थियो । पर्दा निलो, बैजनी र रातो सुती कपडा, मसिनो गरी बाटेको सुती कपडाबाट बनाइएको थियो र यसको लमाइ बिस हात थियो । चोकका पर्दाहरूजस्तै यसको लमाइ बिस हात र चौडाइ पाँच हातको थियो ।

  • 10यसमा राम्ररी बुनेको पोशाकहरू अर्थात् हारून पुजारी र त्यसका छोराहरूका निम्ति पवित्र पोशाकहरू पनि पर्छन् । पुजारी भएर मेरो सेवा गरून् भनेर तिनीहरू मेरो लागि अलग गरिएका हुन् ।

  • 23दानको कुलबाट अहीसामाकका छोरा ओहोलीआबले खोप्‍ने र सिपालु शिल्पकारले जस्तै अनि बुट्टा भर्नेले जस्तै निलो, बैजनी, रातो ऊनसाथै मसिनो सुती कपडामा बजलेलसँगै काम गरे ।

  • 19तिनीहरूले पवित्रस्थानमा सेवा गर्ने राम्ररी बुनेका पोशाकहरू, हारून पुजारी र तिनका छोराहरूले पुजारी भएर सेवा गर्दा लगाउने पवित्र पोशाकहरू ल्याए ।

  • 9तिनले चोक पनि बनाए । चोकको दक्षिणपट्टिका पर्दाहरू मसिनो सुती कपडाका थिए जुन एक सय हातका थिए ।

  • 2तिनले यसलाई भित्र र बाहिर निखुर सुनले मोहोरे अनि यसको चारैतिर सुनको बिट लगाए ।

  • 33तलको फेरोको चारैतिर निलो, बैजनी र रातो धागोका दारिमहरू बनाउनू ।