निर्गमन 39:7

अनलक शाब्दिक बाइबल

परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ बजलेलले तिनलाई एपोदको काँधे-बन्धनहरूमा इस्राएलका बाह्र छोराका निम्ति सम्झनाको रत्‍न हुनलाई ती लगाए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 4:7 : 7 अनि तिमीहरूले तिनीहरूलाई यसो भन्‍ने छौ, 'परमप्रभु परमेश्‍वरको सन्दुक सामु यर्दन नदीको पानी रोकिएको थियो । त्यसैले यी ढुङ्गाहरू इस्राएलका मानिसहरूका निम्ति स्मारक हुने छन्' ।”
  • निर्ग 28:12 : 12 परमप्रभुलाई इस्राएलका छोराहरूको सम्झना दिलाउन ती दुईवटा पत्थरलाई एपोदका काँधे-बन्धनमा लगाउनू । उहाँलाई सम्झना दिलाउन हारूनले परमप्रभुको सामु तिनीहरूका नाउँलाई बोकेर लैजानेछन् ।
  • निर्ग 28:29 : 29 हारून पवित्रस्थानमा जाँदा त्यसले परमप्रभुको सामु निरन्तर सम्झनाको निम्ति आफ्नो छातीमा निर्णय गर्न राखिने छाती-पातामा इस्राएलका मानिसहरूका नाउँ बोकोस् ।
  • नहे 2:20 : 20 तब मैले तिनीहरूलाई जवाफ दिएँ, “स्वर्गका परमेश्‍वरल हामीलाई सफलता दिनुहुने छ । हामी उहाँका दासहरू हौँ, अनि हामी उठ्ने छौँ र निर्माणको काम गर्ने छौँ । तर यरूशलेममा तिमीहरूको कुनै हिस्सा, कुनै हक र कुनै ऐतिहासिक दाबी छैन ।”
  • मर 14:9 : 9 साँच्‍चै, म तिमीहरूलाई भन्दछु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, त्यहाँ यी स्‍त्रीले गरेकी काम तिनको सम्झनामा बताइनेछ ।
  • मर 14:22-25 : 22 तिनीहरूले खाँदै गर्दा येशूले रोटी लिनुभयो; आशिष्‌‌ दिनुभयो, र भाँच्‍नुभयो । उहाँले यो तिनीहरूलाई दिनुभयो र भन्‍नुभयो, “यो लेओ । यो मेरो शरीर हो ।” 23 उहाँले कचौरा लिनुभयो; धन्यवाद दिनुभयो; तिनीहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए । 24 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो करारको मेरो रगत हो । यो रगत धेरैका निम्ति बगाइएको छ ।” 25 साँच्‍चै, म तिमीहरूलाई भन्दछु, यो दाखको फलबाट तबसम्म पिउनेछैनँ जबसम्म मैले परमेश्‍वरको राज्यमा यसलाई नयाँ गरी पिउँदिनँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 28:7-15
    9 पदहरू
    87%

    7यो गाँस्‍नलाई त्यसको दुवै छेउमा गाँसेका दुईवटा काँधे-बन्धन होऊन् ।

    8यसको निकै राम्रोसँग बुनिएको कमरपेटी एपोदजस्तै हुनुपर्छ । मसिनो गरी बाटेको सुती कपडा, सुन, निलो, बैजनी र रातो धागोबाट एपोदकै टुक्राबाट यसलाई बनाइनुपर्छ ।

    9दुईवटा आनिक्स पत्थरलाई लिएर तिनमा इस्राएलका बाह्र जना छोराका नाउँ खोप्‍नू ।

    10छोराहरूको जन्मअनुसार एउटा पत्थरमा छ जनाका नाउँ र अर्को पत्थरमा छ जनाका नाउँ खोप्‍नू ।

    11छापमा खोप्‍ने शिल्पकारले झैँ तैँले यो दुईवटा पत्थरमा इस्राएलका बाह्र जना छोराका नाउँ खोप्‍नू । ती पत्थर सुनका रत्‍न जडिने मणिघरमा जड्न लगाउनू ।

    12परमप्रभुलाई इस्राएलका छोराहरूको सम्झना दिलाउन ती दुईवटा पत्थरलाई एपोदका काँधे-बन्धनमा लगाउनू । उहाँलाई सम्झना दिलाउन हारूनले परमप्रभुको सामु तिनीहरूका नाउँलाई बोकेर लैजानेछन् ।

    13तैँले सुनका मणिघरहरू

    14र डोरीजस्ता बाटेका निखुर सुनका दुईवटा सिक्री बनाउनू, र ती सिक्रीहरूलाई मणिघरहरूमा लगाउनू ।

    15निर्णय गर्नलाई एउटा छाती-पाता बनाउनू । एपोदको बनावटजस्तै यो पनि सिपालु शिल्पकारको काम होस् । सुन, निलो, बैजनी र रातो ऊन र सुतीको कपडाबाट यसलाई बनाउनू ।

  • निर्ग 39:4-6
    3 पदहरू
    84%

    4तिनीहरूले एपोदको लागि दुई छेउमा गाँसेका काँधे-बन्धनहरू बनाए ।

    5यसको राम्ररी बुनेको कमरपेटी एपोदजस्तै थियो । यसलाई एपोदकै टुक्राबाट बनाइएको थियो र यो मसिनो गरी बाटेको सुती कपडा, सुन, निलो, बैजनी र रातो ऊनबाट बनाइएको थियो, जस्तो परमप्रभुले मोशालाई आज्ञा दिनुभएको थियो ।

    6तिनीहरूले सुनका मणिघरहरूमा आनिक्स रत्‍नहरू जडे, र छापमा खोपिएजस्तै तिनीहरूले इस्राएलका बाह्र छोराका नाउँ खोपे ।

  • निर्ग 39:13-22
    10 पदहरू
    80%

    13चौथो लहर पीतमणि, आनिक्स र बिल्लौरको थियो । ती सुनका मणिघरहरूमा जडिएका थिए ।

    14ती मणिहरू इस्राएलका बाह्र छोराका नाउँअनुसार क्रमैसँग राखिएका थिए । छाप-औँठीमा खोपेजस्तै हरेक नाउँले बाह्र कुलका हरेक कुलको प्रतिनिधित्व गर्थ्यो ।

    15तिनीहरूले छाती-पातामा डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाए ।

    16तिनीहरूले छाती-पाताको लागि सुनका दुईवटा मुन्द्री बनाए र तिनलाई छाती-पाताका दुईवटै किनारामा लगाए ।

    17तिनीहरूले सुनका दुईवटा सिक्रीलाई छाती-पाताका किनाराहरूमा लगाए ।

    18तिनीहरूले बाटेका दुईवटा सिक्रीका अर्का दुईवटा छेउलाई दुवै मणिघरमा जोडे । त्यसपछि तिनीहरूले ती दुईवटालाई एपोदको काँधे-बन्धनको अगाडिपट्टि लगाए ।

    19तिनीहरूले सुनका दुईवटा मुन्द्री बनाए, र भित्रपट्टिको बिँडको छेउमा तिनलाई छाती-पाताका अर्का दुईवटा कुनामा लगाए ।

    20तिनीहरूले थप दुईवटा सुनका मुन्द्री बनाए, र तिनलाई एपोदको अगाडिपट्टि दुवै काँधे-बन्धनका मुनिबाट र एपोदको निकै राम्ररी बुनेको कमरपेटीमाथिको सिउनीनेर लगाए ।

    21तिनीहरूले छाती-पाता त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा निलो फित्ताले कमरपेटीमा बाँधे ताकि त्यो बुनिएको एपोददेखि सर्न नपाओस् । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले बनाए ।

    22बजलेलले एपोदको अलखा पूर्ण रूपमा निलो रङको बुनेको कपडाबाट बनाए । यो जुलाहाको काम थियो ।

  • 7आनिक्स र अन्य बहुमूल्य रत्‍नहरू ।

  • 9आनिक्ससाथै अन्य बहुमूल्य रत्‍नहरू ।

  • 27एपोद र छाती-पातामा जड्नका लागि अगुवाहरूले आनिक्ससाथै अन्य बहुमूल्य रत्‍नहरू ल्याए ।

  • 8तिनले एपोदजस्तै छाती-पाता बनाए जुन सिपालु शिल्पकारको काम थियो । तिनले यसलाई सुन, निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट बनाए ।

  • निर्ग 28:25-30
    6 पदहरू
    78%

    25बाटेका दुईवटा सिक्रीका अर्का दुईवटा छेउलाई दुवै मणिघरमा जोड्नू । त्यसपछि ती दुईवटालाई एपोदको काँधे-बन्धनको अगाडिपट्टि लगाउनू ।

    26सुनका दुईवटा मुन्द्री बनाउनू, र भित्रपट्टिको बिटको छेउमा तिनलाई छाती-पाताका अर्का दुईवटा कुनामा लगाउनू ।

    27तैँले थप दुईवटा सुनका मुन्द्री बनाउनू, र तिनलाई एपोदको अगाटिपट्टि दुवै काँधे-बन्धनका मुनिबाट र एपोदको निकै राम्ररी बुनेको कमरपेटीमाथिको सिउनीनेर लगाउनू ।

    28छाती-पाता त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा निलो फित्ताले कमरपेटीमा बाँध्‍नू ताकि त्यो बुनिएको एपोददेखि सर्न नपाओस् ।

    29हारून पवित्रस्थानमा जाँदा त्यसले परमप्रभुको सामु निरन्तर सम्झनाको निम्ति आफ्नो छातीमा निर्णय गर्न राखिने छाती-पातामा इस्राएलका मानिसहरूका नाउँ बोकोस् ।

    30निर्णय गर्नलाई छाती-पातामा ऊरीम र तुम्मीम राख्‍नू ताकि हारून परमप्रभुको सामु जाँदा ती त्यसको छातीमा होस् । यसरी हारूनले इस्राएलका मानिसहरूका लागि निर्णय गर्ने माध्यमलाई परमप्रभुको सामु सधैँ आफूसितै बोकोस् ।

  • निर्ग 28:20-22
    3 पदहरू
    77%

    20चौथो लहरमा पीतमणि, आनिक्स र बिल्लौर राख्‍नू । ती सुनका मणिघरहरूमा जडिऊन् ।

    21ती मणिहरू इस्राएलका बाह्र छोराका नाउँअनुसार क्रमैसँग होऊन् । छाप-औँठीमा खोपेजस्तै हरेक नाउँले बाह्र कुलका हरेक कुलको प्रतिनिधित्व गरोस् ।

    22छाती-पातामा डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाउनू ।

  • निर्ग 39:29-31
    3 पदहरू
    75%

    29सुती कपडा र निलो, बैजनी, रातो धागोको पटुका बनाए । यो बुट्टा भर्नेको काम थियो । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।

    30तिनीहरूले निखुर सुनको पवित्र मुकुटको पाता बनाए ।

    31तिनीहरूले यसलाई छाप-औँठीमा झैँ “परमप्रभुको निम्ति पवित्र” भनेर खोपे । तिनीहरूले फेटाको माथिपट्टि निलो फित्ता बाँधे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।

  • लैव्य 8:7-9
    3 पदहरू
    75%

    7उनले हारूनलाई दौरा लगाइदिए र तिनको कम्मरमा फिता लगाइदिए, अनि तिनलाई लबेदा पहिराइदिएर एपोद लगाइदिए, र असल प्रकारले बुनिएको पटुकाले एपोद कसे अनि बाँधिदिए ।

    8उनले तिनलाई छाती-पाता लगाइदिए, र छाती-पातामा ऊरीम र तुम्मीम राखिदिए ।

    9उनले तिनको शिरमा फेटा लगाइदिए, र परमप्रभुले उनलाई आज्ञा गर्नुभएझैँ त्यस फेटाको अगाडिपट्टि सुनको पाता, अर्थात् पवित्र मुकुट लगाइदिए ।

  • निर्ग 39:1-2
    2 पदहरू
    75%

    1¶ तिनीहरूले निलो, बैजनी र रातो ऊनबाट पवित्रस्थानमा सेवा गर्नका लागि राम्ररी बुनेका पोशाकहरू बनाए । परप्रभुले मोशालाई आज्ञा दिनुभएअनुसार तिनीहरूले पवित्रस्थानको लागि हारूनका पोशाकहरू बनाए ।

    2बजलेलले सुन, निलो, बैजनी, रातो ऊन र मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाए ।

  • 10तिनीहरूले यसलाई चार लहर गरी मणिहरू जडे । पहिलो लहर मानिक, पुष्पराज र बेरूजको थियो ।

  • 37यस पातालाई निलो फित्ताले फेटाको अगाडिपट्टि बाँध्‍नू ।

  • 8इस्राएलका मानिसहरूले यहोशूले आज्ञा गरेमुताबिक गरे र तिनीहरूले परमप्रभुले यहोशूलाई भन्‍नुभएअनुसार यर्दनको बिचबाट बाह्रवटा ढुङ्गा टिपे । तिनीहरूले ढुङ्गाहरूलाई इस्राएलका मानिसहरूका सङ्ख्याअनुसार खडा गरे । तिनीहरूले ढुङ्गाहरूलाई छाउनी हालेको ठाउँमा लगे र तिनीहरूलाई त्यहीँ खडा गरे ।

  • 51मोशा र पुजारी एलाजारले सुन र सबै कलात्मक सरसामान तिनीहरूबाट ग्रहण गरे ।

  • 26तिनीहरूले हारूनले भित्र सेवा गर्दा लगाउने अलखाको छेउ-छेउमा एउटा घण्टी र एउटा दारिम अनि एउटा घण्टी र एउटा दारिम लगाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।

  • 17तैँले यसमा बहुमूल्य पत्थरका चारवटा लहर गरी मणीहरू राख्‍नू । पहिलो लहरमा मानिक, पुष्पराज र बेरूज राख्‍नू ।

  • 32त्यहाँ तिनले इस्राएलका मानिसहरूको सामु मोशाको व्यवस्थाको प्रतिलिपी ढुङ्गाहरूमा लेखे ।