गिन्ती 31:51

अनलक शाब्दिक बाइबल

मोशा र पुजारी एलाजारले सुन र सबै कलात्मक सरसामान तिनीहरूबाट ग्रहण गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 7:2-6 : 2 त्यस दिन इस्राएलका अगुवाहरू, तिनीहरूका आ-आफ्ना पुर्खाहरूका परिवारका मुखियाहरूले बलिदानहरू चढाए । यी मानिसहरू कुलका प्रमुखहरू थिए । तिनीहरूले पुरुषहरूको जनगणनाको देखरेख गरेका थिए । 3 तिनीहरूले आफ्‍ना बलिदानहरू परमप्रभुको सामु ल्याए । तिनीहरूले छोपिएका छवटा गाडा र बाह्रवटा गोरु ल्याए । तिनीहरूले दुई-दुई जना अगुवाको निम्ति एउटा गाडा र हरेक अगुवाले एउटा-एउटा गोरु ल्याए । तिनीहरूले यी थोकहरूलाई पवित्र वासस्थानको सामु चढाए । 4 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, 5 “तिनीहरूले चढाएका बलिहरू स्वीकार गर् र तिनीहरूलाई भेट हुने पालको कामको निम्ति प्रयोग गर् ।” 6 मोशाले गाडाहरू र गोरुहरू लिएर तिनले ती लेवीहरूलाई दिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 31:52-54
    3 पदहरू
    87%

    52तिनीहरूले परमप्रभुलाई दिएका, हजारका सेनापतिहरू र सय जनाका कप्‍तानहरूबाट आएका सुनका भेटीहरूको तौल एक सय नब्बे किलोग्राम थियो ।

    53हरेक सिपाहीले आ-आफ्नो निम्ति लुटका माल लिएका थिए ।

    54मोशा र पुजारी एलाजारले हजारका सेनापतिहरू र सयका कप्‍तानहरूबाट सुन लिए । तिनीहरूले यसलाई परमप्रभुको निम्ति इस्राएलका मानिसहरूको याद दिलाउने चिनोको रूपमा भेट हुने पालभित्र लगे ।

  • 50हामी हरेकले पाएका सुनका गहनाहरू, बाजू, बाला, छाप औँठी, कुण्डल र सिक्रीहरू परमप्रभुको सामु हाम्रो प्रायश्‍चित्त गर्नको निम्ति परमप्रभुको भेटी ल्याएका छौँ ।”

  • 41परमप्रभुलाई चढाउने बलि हुनुपर्ने कर मोशाले लिए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले यसलाई पुजारी एलाजारलाई दिए ।

  • 35अब इस्राएलका मानिसहरूले मोशाले भनेझैँ गरे । तिनीहरूले मिश्रीहरूबाट चाँदी, सुनका वस्तुहरूसाथै लुगाहरू मागे ।

  • निर्ग 32:2-3
    2 पदहरू
    78%

    2त्यसैले हारूनले तिनीहरूलाई भने, “तिमीहरूका पत्‍नीहरू र छोराछोरीहरूका कानमा भएका सुनका कुण्डलहरू फुकाली मकहाँ लेओ ।”

    3सबै मानिसले तिनीहरूका कानमा लगाएका कुण्डलहरू फुकाली हारूनकहाँ ल्याए ।

  • 3तैँले तिनीहरूबाट प्राप्‍त गर्नुपर्ने भेटीहरू यिनै हुन्: सुन, चाँदी, र काँसा

  • 31त्यसैले मोशा र पुजारी एलाजारले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम गरे ।

  • 22इच्छुक ह्रदय भएका पुरुष र स्‍त्रीहरू सबै जना आए । तिनीहरूले पीन, कुण्डल, औँठी र सिङ्गारका सरसामानहरूसाथै सबै किसिमका सुनका गरगहनाहरू ल्याए ।

  • गिन 31:11-12
    2 पदहरू
    76%

    11तिनीहरूले मानिसहरू र पशुहरू दुवैलाई लुटको माल र कैदीको रूपमा लिए ।

    12तिनीहरूले कैदीहरूलाई, लुटका मालहरू र कब्जा गरेका सामानहरू मोशा, पुजारी एलाजार र इस्राएलका मानिसहरूका समुदायकहाँ ल्याए । तिनीहरूले यिनीहरूलाई मोआबको मैदानमा यरीहो नजिक यर्दनको किनारमा ल्याए ।

  • 2हरेक पुरुष र स्‍त्रीले तिनीहरूका छिमेकीहरूबाट चाँदी र सरसामानहरू माग्‍न तिनीहरूलाई निर्देशन दे ।”

  • गिन 31:25-26
    2 पदहरू
    76%

    25त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो,

    26“मानिस र पशुहरू दुवै लुटका मालहरूको रूपमा गन्ती गर् । तँ, पुजारी एलाजार र समुदायका कुल-कुलका अगुवाहरूले लुटका मालहरूलाई

  • 5इच्छुक ह्रदय भएका सबैले परमप्रभुका निम्ति यी भेटीहरू ल्याऊन्: सुन, चाँदी, काँसा,

  • 29यो कर तिनीहरूका आधा अंशबाट लिनू र यसलाई मेरो निम्ति चढाउन पुजारी एलाजारलाई दिनू ।

  • गिन 31:21-22
    2 पदहरू
    75%

    21पुजारी एलाजारले युद्धमा गएका सिपाहीहरूलाई भने, “परमप्रभुले मोशालाई दिनुभएको धर्म-विधि यही होः

    22सुन, चाँदी, काँसा, फलाम, टिन र सिसा,

  • 39पुजारी एलाजारले आगोले नष्‍ट भएका मानिसहरूले प्रयोग गरेका काँसाका धुपौराहरू लिए र

  • न्या 8:25-26
    2 पदहरू
    74%

    25तिनीहरूले जवाफ दिए, “ती तपाईंलाई दिन हामी खुशी छौं ।” तिनीहरूले एउटा लुगा ओछ्याए र हरेक मानिसले आफ्नो लुटको सामनाबाट कुण्डलचाहिँ त्यसमा राखे ।

    26उनले अनुरोध गरेका सुनका कुण्डलको तौल १,७०० शेकेल सुन भयो । यी सुन ती चन्द्रहारका गहनाहरू, अरू गहनाहरू, मिद्दानी राजाहरूले लगाएका बैजनी वस्‍त्र, र तिनीहरूका ऊँटका घाँटीमा भएका सिक्रीहरूभन्दा बाहेकका थिए ।

  • 49यसैले लेवीहरूद्वारा छुटकारा पाएका सङ्ख्याभन्दा धेरै भएकाहरूबाट मोशाले छुटकाराको मूल्य जम्मा गरे ।

  • 24पवित्रस्थानसित सम्बन्धित सबै काममा यस परियोजनाको लागि प्रयोग भएका सबै सुन डोलाइने बलिबाट जम्मा भएका पवित्र वासस्थानको शेकेलको नापबमोजिम २९ तोडा र ७३० शेकेल थियो ।

  • 51मोशाले त्यो छुटकाराको मूल्य हारून र तिनका छोराहरूलाई दिए । परमप्रभुले उहाँको वचनद्वारा आज्ञा गर्नुभएबमोजिम मोशाले सबै थोक गरे ।

  • 24तब मैले तिनीहरूलाई भनेँ, 'जो-जोसँग सुन छ, तिनीहरूले फुकालून् ।' तिनीहरूले मलाई सुन दिए र मैले त्यसलाई आगोमा फाल्दा यही बाछो बनेर आयो ।”

  • 6त्यसैले होरेब पर्वतदेखि इस्राएलीहरूले गरगहना लगाएनन् ।

  • 25राजा, तिनका सल्लाहकारहरू र अधिकारीहरू अनि सारा इस्राएलीले परमेश्‍वरको मन्दिरको लागि सित्तैंमा दिएका चाँदी, सुन, चिजहरू र भेटीहरू मैले तिनीहरूका निम्ति तौलें ।

  • 27एपोद र छाती-पातामा जड्नका लागि अगुवाहरूले आनिक्ससाथै अन्य बहुमूल्य रत्‍नहरू ल्याए ।

  • 31मोशा परमप्रभुकहाँ फर्केर आए र भने, “हाय! यी मानिसहरूले ठुलो पाप गरेका छन् र तिनीहरूले सुनको मूर्ति बनाएका छन् ।

  • 10यसमा राम्ररी बुनेको पोशाकहरू अर्थात् हारून पुजारी र त्यसका छोराहरूका निम्ति पवित्र पोशाकहरू पनि पर्छन् । पुजारी भएर मेरो सेवा गरून् भनेर तिनीहरू मेरो लागि अलग गरिएका हुन् ।

  • 22हरेक स्‍त्रीले आ-आफ्ना मिश्री छिमेकीहरू र तिनीहरूका घरहरूमा बस्‍ने कुनै पनि स्‍त्रीहरूबाट सुन र चाँदीका गरगहनाहरूसाथै लत्ता कपडाहरू माग्‍नेछ । तिमीहरूले ती आ-आफ्ना छोराछोरीहरूलाई लगाइदिनेछौ । यसरी तिमीहरूले मिश्रीहरूलाई लुट्नेछौ ।”

  • 21औंठीहरू, नत्थहरू,

  • 7परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ बजलेलले तिनलाई एपोदको काँधे-बन्धनहरूमा इस्राएलका बाह्र छोराका निम्ति सम्झनाको रत्‍न हुनलाई ती लगाए ।

  • 39सामदान र यसका सबै पात्र बनाउन करिब चौँतिस किलोग्राम निखुर सुनको प्रयोग गर्नू ।

  • 14हरेक सेवामा प्रयोग गरिने सबै सुनका भाँडाहरूका तौल, र सबै चाँदीका भाँडाहरूका तौल तिनले तोकिदिए,

  • 30यरूशलेममा हाम्रा परमेश्‍वरको मन्दिरमा लैजानलाई तौलिएका ति चाँदी, सुन र वस्तुहरू पुजारीहरू र लेवीहरूले जिम्‍मा लिएर राखे ।

  • 28त्यसैले मोशाले तिनीहरूको बारेमा पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूका कुल-कुलका अगुवाहरूलाई निर्देशन दिए ।

  • 19सबै चाँदी, सुन, र काँसाबाट बनेका थोकहरू अनि फलामलाई परमप्रभुको निम्ति अलग गरिएको छ । ती सबै परमप्रभुको घरमा जानुपर्छ ।”

  • 47इस्राएलका मानिसहरूका आधा भागबाट मोशाले पशु र मानिस दुवैबाट हरेक पचास वटाबाट एउटा लिए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनले तिनीहरूलाई परमप्रभुको पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिए ।

  • निर्ग 28:13-14
    2 पदहरू
    71%

    13तैँले सुनका मणिघरहरू

    14र डोरीजस्ता बाटेका निखुर सुनका दुईवटा सिक्री बनाउनू, र ती सिक्रीहरूलाई मणिघरहरूमा लगाउनू ।

  • 15राजाका सेनापतिले खरानी उठाउने भाँडाहरू अनि सुन र चाँदीले बनेका कचौराहरू लिएर गए ।

  • 3त्यसैले मोशा र पुजारी एलाजारले यर्दन नजिकैको मोआबको मैदान यरीहोमा तिनीहरूलाई भने,