निर्गमन 4:21

अनलक शाब्दिक बाइबल

परमप्रभुले मोशालाई भन्‍नुभयो, “तँ मिश्रमा फर्केर जाँदा मैले तेरो शक्तिमा राखिदिएका सबै अचम्मका कामहरू तैँले फारोको सामु गरेर देखा । तर म त्यसको ह्रदय कठोर पार्नेछु र त्यसले मानिसहरूलाई जान दिनेछैन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • रोमी 9:18 : 18 त्यसैले, परमेश्‍वरले जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई दया गर्नुहुन्छ र जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई कठोर पनि बनाउनुहुन्छ ।
  • निर्ग 7:13 : 13 फारोको ह्रदय कठोर पारियो, र परमप्रभुले पहिले भन्‍नुभएझैँ तिनले उनीहरूका कुरा सुनेनन् ।
  • निर्ग 9:12 : 12 परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो । त्यसैले फारोले मोशा र हारूनको कुरा सुनेनन् । फारोले मोशाको कुरा सुन्‍नेथिएन भनी परमप्रभुले भन्‍नुभएझैँ भयो ।
  • निर्ग 3:20 : 20 म मेरो हात फैलाई मैले मिश्रीहरूका बिचमा गर्ने सबै आश्‍चर्यकर्मले तिनीहरूलाई आक्रमण गर्नेछु । त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ ।
  • निर्ग 14:8 : 8 परमप्रभुले मिश्रका राजा फारोको ह्रदय कठोर पारिदिनुभएको थियो । त्यसैले राजाले इस्राएलीहरूको पिछा गरे । इस्राएलीहरू विजयका साथ गइसकेका थिए ।
  • यशा 63:17 : 17 हे परमप्रभु, हामीलाई किन तपाईंको मार्गहरूबाट तर्कने र हाम्रा हृदयहरूलाई कठोर पार्ने बनाउनुहुन्छ, यसैले हामीले तपाईंका आज्ञा पालन गर्दैनौं? तपाईंको सेवक, तपाईंको उत्तराधिकारका कुलहरूका निम्‍ति फर्कनुहोस् ।
  • यूह 12:40 : 40 “उहाँले तिनीहरूका आँखा अन्धो तुल्याइदिनुभएको छ र उहाँले तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ; नत्रता तिनीहरूका आँखाले देख्‍ने थिए र उनीहरूका हृदयले बुझ्‍ने थिए र फर्किने थिए, अनि म तिनीहरूलाई निको पार्ने थिएँ ।”
  • निर्ग 7:3 : 3 तर म फारोको ह्रदय कठोर पार्नेछु, र मिश्र देशमा मेरो शक्तिमा धेरै चिन्हहरू, अचम्मका कामहरू देखाउनेछु ।
  • निर्ग 9:35-10:1 : 35 फारोको ह्रदय कठोर भयो । त्यसैले तिनले इस्राएलका मानिसहरूलाई जान दिएनन् । फारोले यसै गर्नेथिए भनी परमप्रभुले मोशालाई भन्‍नुभएको थियो । 1 ¶ परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ जा किनकि मैले त्यसको र त्यसका अधिकारीहरूका ह्रदय कठोर बनाइदिएको छु । तिनीहरूका बिचमा मेरो शक्तिका यी चिन्हहरू देखाउनलाई मैले यसो गरेको हुँ ।
  • यहो 11:20 : 20 किनभने उनीहरूका हृदय कठोर बनाउनुहुने परमप्रभु नै हुनुहुन्थ्यो, त्यसैले उनीहरूले इस्राएलविरुद्ध लडाइँ गर्थे, ताकि उहाँले मोशालाई अह्राउनुभएझैँ उहाँले उनीहरूलाई दयाविना नै पूर्ण रूपमा नष्‍ट पार्नुभएको होस् ।
  • निर्ग 10:20 : 20 तर परमप्रभुले फारोको ह्रदय कठोर बनाइदिनुभयो र तिनले इस्राएलीहरूलाई जान दिएनन् ।
  • निर्ग 14:4 : 4 म फारोको ह्रदय कठोर बनाउनेछु र त्यसले तिमीहरूको पिछा गर्नेछ । फारो र त्यसका सबै सेनाको कारणले गर्दा मैले आदर पाउनेछु । म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्‍नेछन् ।” इस्राएलीहरूलाई आज्ञा गरिएझैँ तिनीहरूले पाल टाँगे ।
  • व्यव 2:30-33 : 30 तर हेश्बोनका राजा सीहोनले हाम्रो कुरा सुनेनन् र हामीलाई तिनको बाटो भएर जान दिएनन् । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनको मन कठोर बनाइदिनुभएको थियो र तिनको हृदय हठी बनाइदिनुभएको थियो ताकि तिमीहरूको शक्तिद्वारा उहाँले तिनलाई पराजित गर्नुभएको होस् जस्तो उहाँले आजको दिनसम्म गर्नुभएको छ । 31 परमप्रभुले मलाई भन्‍नुभयो, 'हेर्, मैले तेरै सामुन्‍ने सीहोन र त्यसको देश तँलाई दिन थालेको छु । यस देशमाथि तेरो अधिकार होस् भनेर यसलाई कब्जा गर्न थाल् ।' 32 तब सीहोन आफ्ना सबै मानिस लिएर यहसा भन्‍ने ठाउँमा हाम्रो विरुद्धमा लड्न आए । 33 परमप्रभु हाम्रा परमेश्‍वरले तिनलाई हाम्रो हातमा सुम्पिदिनुभयो र हामीले तिनी, तिनका छोराहरू र तिनका सबै मानिसलाई पराजित गर्‍यौँ ।
  • व्यव 2:36 : 36 अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलादसम्म हामीले कब्जा गर्न नसक्‍ने कुनै सहर थिएन । परमप्रभु हाम्रा परमेश्‍वरले ती हाम्रा हातमा दिनुभयो ।
  • १ राजा 22:22 : 22 आत्माले जवाफ दियो, 'म बाहिर जाने छु, र तिनका सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा बन्ने छु ।' परमप्रभुले भन्नुभयो, 'तैँल त्यसलाई बहकाउने छस्, र तँ सफल पनि हुने छस् । अब जा र त्यसै गर् ।'
  • भजन 105:25 : 25 उहाँका मानिसहरूलाई तिनीहरूका शत्रुहरूले घृणा गर्ने, आफ्ना सेवकहरूलाई दुर्व्यवहार गर्ने उहाँले बनाउनुभयो ।
  • यशा 6:10 : 10 यी मानिसहरूका हृदयलाई मुर्ख बनाऊ, र तिनीहरूका कानलाई बैरो बनाऊ र तिनीहरूका आँखालाई अन्‍धो बनाऊ । अन्‍यथा तिनीहरूका आफ्नो आँखाले देख्‍लान्, तिनीहरूका कानले सुन्‍लान् र तिनीहरूका हृदयले बुझ्‍लान् र तब फर्केर निको होलान् ।”
  • रोमी 11:8-9 : 8 जस्तो लेखिएको छ, “परमेश्‍वरले तिनीहरूलाई बोधो आत्मा दिनुभएको छ, ताकि आजको दिनसम्म पनि तिनीहरूका आँखा छन् र पनि तिनीहरूले देख्‍न नसकून् अनि कान छन् र पनि तिनीहरूले सुन्‍न नसकून् ।” 9 अनि दाऊद भन्छन्, “तिनीहरूका भोजनको टेबल तिनीहरूका निम्ति पासो, जाल, बाधा र तिनीहरूका विरुद्धमा प्रतिशोध बनोस् । 10 तिनीहरूका आँखा अँध्यारो होस्, ताकि तिनीहरूले नदेखून् । तिनीहरूका ढाड सधैँ कुप्रो होस् ।”
  • २ कोरि 2:16 : 16 नष्‍ट भइरहेका मानिसहरूका लागि यो मृत्युदेखि मृत्युसम्मको सुबास्‍ना हो । अनि बचाइएकाहरूको लागि हामी जीवनदेखि जीवनसम्मको सुबास्‍ना हो । यी कुराहरूका लागि को योग्यको छ?
  • २ थेस 2:10-12 : 10 त्यो अधार्मिकताका सबै छलका साथ आउनेछ । यी कुराहरू नाश हुनेहरूका निम्ति हुनेछन् जसले बचाइनको लागि परमेश्‍वरको प्रेमको सत्यतालाई ग्रहण गरेनन् । 11 यसकारण, तिनीहरूले झुटो विश्‍वास गरून् भनी परमेश्‍वरले भ्रमको काम पठाई रहनुभएको छ, 12 ताकि अधार्मिकतामा रमाउने तर सत्यतालाई विश्‍वास नगर्ने सबैको न्याय होस् ।
  • १ पत्रु 2:8 : 8 र “एउटा ठक्‍कर लाग्‍ने ढुङ्गा र एउटा ठक्‍कर लाग्‍ने चट्टान ।” वचन उल्लङ्घन गरेको कारण तिनीहरू ठक्‍कर खान्छन् जसको निम्ति तिनीहरू नियुक्त गरिएका थिए ।
  • रोमी 1:28 : 28 तिनीहरूको सजगतामा पनि तिनीहरूले परमेश्‍वर हुनुभएकोमा सहमत नभएका हुनाले उहाँले तिनीहरूलाई तिनीहरूका निम्ति अनुचित कुरा गर्नलाई भ्रष्‍ट मनमा छोडिदिनुभयो ।
  • उत्प 6:3 : 3 परमप्रभुले भन्‍नुभयो, “मेरो आत्मा मानव-जातिमा सदासर्वदा रहनेछैन, किनभने तिनीहरू शरीर हुन् । तिनीहरू १२० वर्ष बाँच्‍नेछन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 10:1-3
    3 पदहरू
    86%

    1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ जा किनकि मैले त्यसको र त्यसका अधिकारीहरूका ह्रदय कठोर बनाइदिएको छु । तिनीहरूका बिचमा मेरो शक्तिका यी चिन्हहरू देखाउनलाई मैले यसो गरेको हुँ ।

    2मैले गरेका कुराहरू, मैले मिश्रलाई कसरी कठोरतापूर्वक व्यवहार गरेँ र तिनीहरूका बिचमा मेरो शक्तिका विभिन्‍न चिन्हहरू कसरी देखाएँ भनी तैँले तेरा छोराछोरीहरू र नातिनातिनाहरूलाई बताउनेछस् भनेर पनि मैले यसो गरेको हुँ । यसरी म परमप्रभु हुँ भनी तैँले जान्‍नेछस् ।”

    3त्यसैले मोशा र हारून फारोकहाँ गए र भने, “हिब्रूहरूका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मेरो सामु आफैलाई विनम्र पार्न कहिलेसम्म अस्वीकार गर्छस्? मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे ।

  • निर्ग 11:9-10
    2 पदहरू
    85%

    9परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोले तेरो कुरा सुन्‍नेछैन । मैले मिश्र देशमा धेरै अचम्मका कामहरू गर्न सकूँ भनेर यसो भएको हो ।”

    10मोशा र हारूनले फारोको सामु यी सबै अचम्मका काम गरे । तर परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो र तिनले आफ्नो देशबाट इस्राएलका मानिसहरूलाई जान दिएनन् ।

  • निर्ग 7:13-16
    4 पदहरू
    83%

    13फारोको ह्रदय कठोर पारियो, र परमप्रभुले पहिले भन्‍नुभएझैँ तिनले उनीहरूका कुरा सुनेनन् ।

    14परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोको ह्रदय कठोर छ, त्यसले मानिसहरूलाई जान दिन इन्कार गर्छ ।

    15फारो नदीतिर जाने बेलामा बिहानै त्यसकहाँ जा । त्यसलाई भेट्न नदीको तटमा उभेर बस् र सर्प बनेको लट्ठी तेरो हातमा लिएर जा ।

    16त्यसलाई भन्, 'हिब्रूहरूका परमेश्‍वर परमप्रभुले मलाई तपाईंकहाँ यसो भनेर पठाउनुभएको छ, 'मेरो जातिलाई जान दे ताकि तिनीहरू उजाड-स्थानमा गएर मेरो आराधना गर्न सकून् । तैँले अहिलेसम्म मानेको छैनस् ।'

  • 20तर परमप्रभुले फारोको ह्रदय कठोर बनाइदिनुभयो र तिनले इस्राएलीहरूलाई जान दिएनन् ।

  • निर्ग 7:3-4
    2 पदहरू
    82%

    3तर म फारोको ह्रदय कठोर पार्नेछु, र मिश्र देशमा मेरो शक्तिमा धेरै चिन्हहरू, अचम्मका कामहरू देखाउनेछु ।

    4तर फारोले तेरो कुरा सुन्‍नेछैन । त्यसैले म मेरो हात मिश्रमाथि पसारी ठुला-ठुला दण्डका क्रियाकलापहरूद्वारा मेरा योद्धाहरू, मेरो जाति र इस्राएलका सन्तानहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनेछु ।

  • निर्ग 9:12-13
    2 पदहरू
    81%

    12परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो । त्यसैले फारोले मोशा र हारूनको कुरा सुनेनन् । फारोले मोशाको कुरा सुन्‍नेथिएन भनी परमप्रभुले भन्‍नुभएझैँ भयो ।

    13त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारोको सामुन्‍ने खडा हो र त्यसलाई भन्, 'हिब्रूहरूका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे ।

  • निर्ग 14:4-5
    2 पदहरू
    81%

    4म फारोको ह्रदय कठोर बनाउनेछु र त्यसले तिमीहरूको पिछा गर्नेछ । फारो र त्यसका सबै सेनाको कारणले गर्दा मैले आदर पाउनेछु । म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्‍नेछन् ।” इस्राएलीहरूलाई आज्ञा गरिएझैँ तिनीहरूले पाल टाँगे ।

    5इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो र तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो । तिनीहरूले भने, “हामीले के गर्‍यौँ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ ।”

  • 27तर परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो र तिनले तिनीहरूलाई जान दिएनन् ।

  • निर्ग 9:34-35
    2 पदहरू
    81%

    34वर्षा, असिना र गर्जन रोकिएको देखेपछि फारोले फेरि पाप गरे र तिनले आफ्नो ह्रदय कठोर पारे र तिनका अधिकारीहरूले पनि त्यसै गरे ।

    35फारोको ह्रदय कठोर भयो । त्यसैले तिनले इस्राएलका मानिसहरूलाई जान दिएनन् । फारोले यसै गर्नेथिए भनी परमप्रभुले मोशालाई भन्‍नुभएको थियो ।

  • 6जसरी मिश्रीहरू र फारोले आफ्नो हृदय कठोर पारे त्‍यसरी तपाईंहरूले किन आफ्‍नो हृदय कठोर पार्नुहुन्छ? त्‍यस बेला परमेश्‍वरले तिनीहरूसँग कठोर व्यवहार गर्नुभयो । के मिश्रीहरूले मानिसहरू पठाएनन्, अनि तिनीहरूले छोडेर आएनन् र?

  • 8परमप्रभुले मिश्रका राजा फारोको ह्रदय कठोर पारिदिनुभएको थियो । त्यसैले राजाले इस्राएलीहरूको पिछा गरे । इस्राएलीहरू विजयका साथ गइसकेका थिए ।

  • 15तर शान्त भएको देखेपछि परमप्रभुले भन्‍नुभएझैँ फारोले आफ्नो ह्रदय कठोर पारे अनि मोशा र हारूनको कुरा सुनेनन् ।

  • निर्ग 8:19-20
    2 पदहरू
    78%

    19तब जादुगरहरूले फारोलाई भने, “यसमा परमेश्‍वरको हात छ ।” तर फारोको ह्रदय कठोर भयो र तिनले तिनीहरूका कुरा सुनेनन् । परमप्रभुले भन्‍नुभएझैँ भयो ।

    20परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जान लाग्दा त्यसको अगि खडा भएर भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः मलाई आराधना चढाउनलाई मेरा मानिसहरूलाई जान दे ।

  • निर्ग 3:19-20
    2 पदहरू
    78%

    19तर राजा बाध्य नपारिएसम्म त्यसले तिमीहरूलाई जान दिनेछैन भनी मलाई थाहा छ ।

    20म मेरो हात फैलाई मैले मिश्रीहरूका बिचमा गर्ने सबै आश्‍चर्यकर्मले तिनीहरूलाई आक्रमण गर्नेछु । त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ ।

  • 1¶ तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “अब म फारोलाई जे गर्नेछु, त्यो तैँले देख्‍नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई जान दिएको तैँले देख्‍नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई आफ्नो देशबाट बाहिर निकाल्नेछ ।”

  • 17मिश्रीहरू तिमीहरूका पिछा गरून् भनेर म तिनीहरूका ह्रदय कठोर पारिदिनेछु भन्‍ने कुरामा सचेत हो । फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउनेछु ।

  • 22तर मिश्रका जादुगरहरूले पनि आफ्नो जादुद्वारा त्यसै गरे । त्यसकारण परमप्रभुले भन्‍नुभएझैँ फारोको ह्रदय कठोर भयो र तिनले मोशा र हारूनको कुरा सुनेनन् ।

  • 32तर फारोले यस पटक पनि आफ्नो ह्रदय कठोर पारे र तिनले मानिसहरूलाई जान दिएनन् ।

  • 20आफ्नी पत्‍नी र आफ्ना छोराहरू गधामा चढाएर मोशा बाटो लागे । तिनी मिश्र देशमा फर्के र तिनले परमेश्‍वरको लट्ठी आफूसँगै लगेका थिए ।

  • 1¶ तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ गएर भन्, 'हिब्रूहरूका परमप्रभु यसो भन्‍नुहुन्छः मेरो आराधना गर्नलाई मेरो मानिसहरूलाई जान दे ।

  • 1¶ तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः मेरो आराधना गर्नलाई मेरा मानिसहरूलाई जान दे ।

  • 11मिश्र देश, फारो र तिनका सबै अधिकारीसाथै तिनका समस्त देशमा तिनीद्वारा सबै चिन्ह र आश्‍चर्य गर्न परमप्रभुद्वारा पठाइएका कुनै पनि अगमवक्ता तिनीजस्तो छैन ।

  • निर्ग 6:10-11
    2 पदहरू
    75%

    10तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

    11“इस्राएलका मानिसहरूलाई त्यसको देशबाट जान दे भनी मिश्रका राजा फारोलाई बताइदे ।”

  • निर्ग 4:22-23
    2 पदहरू
    75%

    22तैँले फारोलाई यसो भन्‍नू, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'इस्राएल मेरो जेठो छोरो हो,

    23र म तँलाई भन्दछु, 'मेरो छोरोलाई जान दे ताकि त्यसले मेरो आराधना गरोस् ।' तर तैँले त्यसलाई जान दिन इन्कार गरेकोले निश्‍चय नै म तेरो जेठो छोरोलाई मार्नेछु' ।”

  • 1¶ तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारो र मिश्रमा मैले ल्याउने एउटा विपत्ति अझै पनि बाँकी छ । त्यसपछि त्यसले तिमीहरूलाई यहाँबाट जान दिनेछ । अन्त्यमा त्यसले तिमीहरूलाई जान दिँदा त्यसले तिमीहरूलाई पूर्ण रूपमा निकालिदिनेछ ।

  • 10अब म तँलाई फारोकहाँ पठाउनेछु ताकि तैँले मेरा मानिस इस्राएलीहरूलाई मिश्रबाट निकालेर लैजान सक् ।”

  • निर्ग 9:7-8
    2 पदहरू
    74%

    7फारोले अनुसन्धान गर्दा इस्राएलीहरूका एउटै पनि पशु नमेरोको पाए । तर तिनको ह्रदय हठी भयो, त्यसैले तिनले मानिसहरूलाई जान दिएनन् ।

    8तब परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “भट्टीबाट मुट्ठीभर खरानी लेओ । तँ मोशाले फारोले हेरिरहँदा त्यस खरानीलाई आकाशमा फ्याँक्‍नू ।

  • 13मोशाले परपप्रभुलाई भने, “यदि तपाईंले यसो गर्नुभयो भने, मिश्रीहरूले यसबारे सुन्‍नेछन्, किनभने तपाईंले यिनीहरूलाई तिनीहरूको शक्‍तिबाट छुटकारा दिनुभयो ।

  • 29उहाँले भन्‍नुभयो, “म परमप्रभु हुँ । मैले तँलाई भन्‍ने हरेक कुरो मिश्रका राजा फारोलाई भन्‍नू ।”

  • 17तैँले तेरो हातमा यो लट्ठी लैजा । यसले तैँले चिन्हहरू गर्नेछस् ।”

  • 8मोशा र हारून फेरि पनि फारोकहाँ ल्याइए । फारोले तिनीहरूलाई भने, “तिमीहरूका परमप्रभु परमेश्‍वरको आराधना गर्न जाओ । तर जानेहरूचाहिँ को-को हुनेछन्?”

  • 29मोशाले भने, “म यहाँबाट जानेबित्तिकै हजुर फारो र हजुरका अधिकारीहरूसाथै मानिसहरूबाट झिँगाका हुलहरू भोलि नै हटून् भनी बिन्ती गर्नेछु । तर परमप्रभुलाई बलिदान चढाउन जान नदिई हाम्रा मानिसहरूलाई तपाईंले छल गर्नुहुँदैन ।