निर्गमन 8:15

अनलक शाब्दिक बाइबल

तर शान्त भएको देखेपछि परमप्रभुले भन्‍नुभएझैँ फारोले आफ्नो ह्रदय कठोर पारे अनि मोशा र हारूनको कुरा सुनेनन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उप 8:11 : 11 दुष्‍ट अपराधको विरुद्धमा जारी गरिएको मृत्युदण्डलाई झट्टै कार्यान्यन नगरिँदा यसले मानिसको हृदयलाई खराब काम गर्न उस्काउँछ ।
  • यशा 26:10 : 10 दुष्‍ट व्‍यक्‍तिलाई कृपा गरियोस्, तर त्यसले धार्मिकता जान्‍नेछैन । सोझाको देशमा उसले दुष्‍टतासाथ काम गर्छ र परमप्रभुको ऐश्‍वर्यलाई देख्दैन ।
  • यिर्मि 34:7-9 : 7 बेबिलोनका राजाका सेनाले यरूशलेम र यहूदाका बाँकी रहेका सबै सहरः लाकीश र आजेकाको विरुद्धमा युद्ध गरे । यहूदाका यी सहर किल्लाबन्दी गरिएका सहरको रूपमा बाँकी रहेका थिए । 8 राजा सिदकियाहले यरूशलेमका सबै मानिससित तिनीहरूको छुटकाराको घोषणा गर्ने करार बाँधेपछि यर्मियाकहाँ परमप्रभुको यो वचन आयो, 9 हरेक मानिसले आ-आफ्ना हिब्रू कमारा-कमारीलाई फुक्‍का गर्नुपर्छ । कसैले पनि आफ्नो यहूदी दाजुभाइलाई कमारा राख्‍नुहुँदैनथ्यो । 10 त्यसैले सबै अगुवा र मानिसहरू यस करारमा संलग्‍न भए, जसमा तिनीहरू हरेकले आ-आफ्ना कमारा-कमारी फुक्‍का गर्नुपर्थ्यो, जसले गर्दा तिनीहरू फेरि कमारा हुनेछैनन् । तिनीहरूले पालन गरे र तिनीहरूलाई फुक्‍का गरे । 11 तर यसपछि तिनीहरूले आफ्नो मन बद्ले । तिनीहरूले फुक्‍का गरिदिएका कमारा-कमारीहरूलाई फर्काएर ल्याए, र तिनीहरूलाई फेरि कमारा-कमारी हुन जबरदस्ती गरे ।
  • निर्ग 7:4 : 4 तर फारोले तेरो कुरा सुन्‍नेछैन । त्यसैले म मेरो हात मिश्रमाथि पसारी ठुला-ठुला दण्डका क्रियाकलापहरूद्वारा मेरा योद्धाहरू, मेरो जाति र इस्राएलका सन्तानहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनेछु ।
  • निर्ग 7:13-14 : 13 फारोको ह्रदय कठोर पारियो, र परमप्रभुले पहिले भन्‍नुभएझैँ तिनले उनीहरूका कुरा सुनेनन् । 14 परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोको ह्रदय कठोर छ, त्यसले मानिसहरूलाई जान दिन इन्कार गर्छ ।
  • निर्ग 14:5 : 5 इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो र तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो । तिनीहरूले भने, “हामीले के गर्‍यौँ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ ।”
  • नीति 29:1 : 1 ¶ धेरै पटक हप्की पाएर पनि हठी हुने मानिस निको नहुने गरी एकै क्षणमा नष्‍ट हुने छ ।
  • निर्ग 4:21 : 21 परमप्रभुले मोशालाई भन्‍नुभयो, “तँ मिश्रमा फर्केर जाँदा मैले तेरो शक्तिमा राखिदिएका सबै अचम्मका कामहरू तैँले फारोको सामु गरेर देखा । तर म त्यसको ह्रदय कठोर पार्नेछु र त्यसले मानिसहरूलाई जान दिनेछैन ।
  • हो 6:4 : 4 ए एफ्राइम, म तँलाई के गरूँ? ए यहूदा, म तँलाई के गरूँ? तेरो विश्‍वस्‍तता बिहानीको बादलझैं, चाँडै हराएर जाने शीतझैं छ ।
  • जक 7:11-12 : 11 तर तिनीहरूले ध्यान दिएनन् र हठी भएर आफ्नो पीठ फर्काए । तिनीहरूले आफ्ना कान थुने र केही पनि सुनेनन् । 12 व्यवस्था वा सेनाहरूका परमप्रभुको वचन नसुन्‍नको निम्ति तिनीहरूले आफ्ना हृदयलाई चट्टानझैँ कडा बनाए । पहिलेका समयमा, उहाँले यी सन्देशहरू आफ्ना मानिसहरूकहाँ आफ्नो आत्माद्वारा, अगमवक्ताहरूका ओठद्वारा पठाउनुभयो । तर ती मानिसहरूले सुन्‍न इन्कार गरे, यसैकारण सेनाहरूका परमप्रभु तिनीहरूसँग धेरै रिसाउनुभयो ।
  • इब्रा 3:8 : 8 उजाड-स्थानमा परीक्षाको समयमा विद्रोह गरेजस्तै तिमीहरूका हृदयलाई कठोर नपार ।
  • इब्रा 3:15 : 15 यसको बारेमा यस्तो भनिएको थियो, “आज, यदि तिमीहरूले उहाँको सोर सुन्यौ भने, विद्रोहमा गरेजस्तै तिमीहरूले हृदय कठोर नपार ।”
  • प्रका 16:9 : 9 तिनीहरू प्रचण्ड तापद्वारा डढे, र तिनीहरूले यस विपत्तिहरूमाथि शक्‍ति भएका परमेश्‍वरको नाउँको निन्दा गरे । तिनीहरूले पश्‍चात्ताप गरेनन् वा उहाँलाई महिमा दिएनन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 9:12-13
    2 पदहरू
    88%

    12परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो । त्यसैले फारोले मोशा र हारूनको कुरा सुनेनन् । फारोले मोशाको कुरा सुन्‍नेथिएन भनी परमप्रभुले भन्‍नुभएझैँ भयो ।

    13त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारोको सामुन्‍ने खडा हो र त्यसलाई भन्, 'हिब्रूहरूका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे ।

  • निर्ग 7:13-14
    2 पदहरू
    87%

    13फारोको ह्रदय कठोर पारियो, र परमप्रभुले पहिले भन्‍नुभएझैँ तिनले उनीहरूका कुरा सुनेनन् ।

    14परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोको ह्रदय कठोर छ, त्यसले मानिसहरूलाई जान दिन इन्कार गर्छ ।

  • निर्ग 9:33-35
    3 पदहरू
    86%

    33जब मोशाले फारो र सहरलाई छाडे तिनले आफ्ना हात परमप्रभुतिर फैलाए । गर्जन र असिना रोकिए अनि पानी पर्न छाड्यो ।

    34वर्षा, असिना र गर्जन रोकिएको देखेपछि फारोले फेरि पाप गरे र तिनले आफ्नो ह्रदय कठोर पारे र तिनका अधिकारीहरूले पनि त्यसै गरे ।

    35फारोको ह्रदय कठोर भयो । त्यसैले तिनले इस्राएलका मानिसहरूलाई जान दिएनन् । फारोले यसै गर्नेथिए भनी परमप्रभुले मोशालाई भन्‍नुभएको थियो ।

  • निर्ग 7:22-23
    2 पदहरू
    84%

    22तर मिश्रका जादुगरहरूले पनि आफ्नो जादुद्वारा त्यसै गरे । त्यसकारण परमप्रभुले भन्‍नुभएझैँ फारोको ह्रदय कठोर भयो र तिनले मोशा र हारूनको कुरा सुनेनन् ।

    23तब फारो फर्केर आफ्नो घर गए । तिनले यसमा ध्यान पनि दिएनन् ।

  • निर्ग 8:31-32
    2 पदहरू
    83%

    31मोशाले अनुरोध गरेअनुसार परमप्रभुले गर्नुभयो, र उहाँले फारो, तिनका अधिकारीहरू र तिनका मानिसहरूबाट झिँगाका हुलहरूलाई हटाइदिनुभयो । एउटै पनि बाँकी रहेन ।

    32तर फारोले यस पटक पनि आफ्नो ह्रदय कठोर पारे र तिनले मानिसहरूलाई जान दिएनन् ।

  • निर्ग 8:19-20
    2 पदहरू
    82%

    19तब जादुगरहरूले फारोलाई भने, “यसमा परमेश्‍वरको हात छ ।” तर फारोको ह्रदय कठोर भयो र तिनले तिनीहरूका कुरा सुनेनन् । परमप्रभुले भन्‍नुभएझैँ भयो ।

    20परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जान लाग्दा त्यसको अगि खडा भएर भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः मलाई आराधना चढाउनलाई मेरा मानिसहरूलाई जान दे ।

  • निर्ग 10:27-28
    2 पदहरू
    81%

    27तर परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो र तिनले तिनीहरूलाई जान दिएनन् ।

    28फारोले मोशालाई भने, “मबाट जाऊ! एउटा कुराको बारेमा होसियार होऊ । अबदेखि मेरो सामु देख नपर किनकि मेरो अनुहार देखेको दिनमा तिमी मर्नेछौ ।”

  • 20तर परमप्रभुले फारोको ह्रदय कठोर बनाइदिनुभयो र तिनले इस्राएलीहरूलाई जान दिएनन् ।

  • निर्ग 11:9-10
    2 पदहरू
    81%

    9परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोले तेरो कुरा सुन्‍नेछैन । मैले मिश्र देशमा धेरै अचम्मका कामहरू गर्न सकूँ भनेर यसो भएको हो ।”

    10मोशा र हारूनले फारोको सामु यी सबै अचम्मका काम गरे । तर परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो र तिनले आफ्नो देशबाट इस्राएलका मानिसहरूलाई जान दिएनन् ।

  • निर्ग 9:7-8
    2 पदहरू
    80%

    7फारोले अनुसन्धान गर्दा इस्राएलीहरूका एउटै पनि पशु नमेरोको पाए । तर तिनको ह्रदय हठी भयो, त्यसैले तिनले मानिसहरूलाई जान दिएनन् ।

    8तब परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “भट्टीबाट मुट्ठीभर खरानी लेओ । तँ मोशाले फारोले हेरिरहँदा त्यस खरानीलाई आकाशमा फ्याँक्‍नू ।

  • 1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ जा किनकि मैले त्यसको र त्यसका अधिकारीहरूका ह्रदय कठोर बनाइदिएको छु । तिनीहरूका बिचमा मेरो शक्तिका यी चिन्हहरू देखाउनलाई मैले यसो गरेको हुँ ।

  • 8परमप्रभुले मिश्रका राजा फारोको ह्रदय कठोर पारिदिनुभएको थियो । त्यसैले राजाले इस्राएलीहरूको पिछा गरे । इस्राएलीहरू विजयका साथ गइसकेका थिए ।

  • 21परमप्रभुले मोशालाई भन्‍नुभयो, “तँ मिश्रमा फर्केर जाँदा मैले तेरो शक्तिमा राखिदिएका सबै अचम्मका कामहरू तैँले फारोको सामु गरेर देखा । तर म त्यसको ह्रदय कठोर पार्नेछु र त्यसले मानिसहरूलाई जान दिनेछैन ।

  • 6जसरी मिश्रीहरू र फारोले आफ्नो हृदय कठोर पारे त्‍यसरी तपाईंहरूले किन आफ्‍नो हृदय कठोर पार्नुहुन्छ? त्‍यस बेला परमेश्‍वरले तिनीहरूसँग कठोर व्यवहार गर्नुभयो । के मिश्रीहरूले मानिसहरू पठाएनन्, अनि तिनीहरूले छोडेर आएनन् र?

  • निर्ग 14:3-5
    3 पदहरू
    77%

    3फारोले इस्राएलीहरूको बारेमा भन्‍नेछन्, “तिनीहरू देशमा भौतारिहरहेका छन् । उजाड-स्थानले तिनीहरूलाई थुनिदिएको छ ।'

    4म फारोको ह्रदय कठोर बनाउनेछु र त्यसले तिमीहरूको पिछा गर्नेछ । फारो र त्यसका सबै सेनाको कारणले गर्दा मैले आदर पाउनेछु । म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्‍नेछन् ।” इस्राएलीहरूलाई आज्ञा गरिएझैँ तिनीहरूले पाल टाँगे ।

    5इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो र तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो । तिनीहरूले भने, “हामीले के गर्‍यौँ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ ।”

  • निर्ग 7:3-4
    2 पदहरू
    75%

    3तर म फारोको ह्रदय कठोर पार्नेछु, र मिश्र देशमा मेरो शक्तिमा धेरै चिन्हहरू, अचम्मका कामहरू देखाउनेछु ।

    4तर फारोले तेरो कुरा सुन्‍नेछैन । त्यसैले म मेरो हात मिश्रमाथि पसारी ठुला-ठुला दण्डका क्रियाकलापहरूद्वारा मेरा योद्धाहरू, मेरो जाति र इस्राएलका सन्तानहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनेछु ।

  • 17मिश्रीहरू तिमीहरूका पिछा गरून् भनेर म तिनीहरूका ह्रदय कठोर पारिदिनेछु भन्‍ने कुरामा सचेत हो । फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउनेछु ।

  • निर्ग 5:4-6
    3 पदहरू
    73%

    4तर मिश्रका राजाले तिनीहरूलाई भने, “ए मोशा र हारून हो, तिमीहरू मानिसहरूका काममा किन अवरोध गर्छौ? तिमीहरूका काममा जाओ ।”

    5तिनले यसो पनि भने, “अहिले हाम्रो देशमा धेरै मानिस छन्, र तिमीहरू तिनीहरूलाई काम गर्नबाट रोक्दै छौ ।”

    6त्यही दिन फारोले मानिसका नाइकेहरू र मजदुरहरूलाई यस्तो हुकुम दिए,

  • 2फारोले भने, “परमप्रभु को हुनुहुन्छ? उहाँको कुरा सुनेर मैले इस्राएललाई किन जान दिने? म परमप्रभुलाई चिन्दिनँ, र म इस्राएललाई जान दिन्‍नँ ।”

  • 16त्यसपछि फारोले झट्टै मोशा र हारूनलाई डाक्‍न पठाए र भने, “मैले तिमीहरूका परमेश्‍वर र तिमीहरूको विरुद्धमा पाप गरेको छु ।

  • 3त्यसैले मोशा र हारून फारोकहाँ गए र भने, “हिब्रूहरूका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मेरो सामु आफैलाई विनम्र पार्न कहिलेसम्म अस्वीकार गर्छस्? मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे ।

  • 1¶ तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “अब म फारोलाई जे गर्नेछु, त्यो तैँले देख्‍नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई जान दिएको तैँले देख्‍नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई आफ्नो देशबाट बाहिर निकाल्नेछ ।”

  • 15त्यसैले इस्राएली नाइकेहरू फारोकहाँ आएर बिन्ती गरे, “तपाईंले हजुरका दासहरूलाई किन यस्‍तो व्यवहार गर्दै हुनुहुन्छ?

  • 2तैँले तिनीहरूलाई जान दिन इन्कार गरिस् र तिनीहरूलाई अझै पनि रोकिस् भने

  • 27त्यसपछि फारोले मोशा र हारूनलाई बोलाउन मानिसहरू पठाए । तिनले तिनीहरूलाई भने, “यस पटक मैले पाप गरेको छु । परमप्रभु धर्मी हुनुहुन्छ अनि म र मेरा मानिसहरू दुष्‍ट छौँ ।

  • 10तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

  • 30तर हेश्बोनका राजा सीहोनले हाम्रो कुरा सुनेनन् र हामीलाई तिनको बाटो भएर जान दिएनन् । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनको मन कठोर बनाइदिनुभएको थियो र तिनको हृदय हठी बनाइदिनुभएको थियो ताकि तिमीहरूको शक्तिद्वारा उहाँले तिनलाई पराजित गर्नुभएको होस् जस्तो उहाँले आजको दिनसम्म गर्नुभएको छ ।

  • 8“मेरीबामा वा उजाडस्‍थानको मस्साहका दिनमा झैं आफ्नो हृदयलाई कठोर नपार,

  • 1¶ तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारो र मिश्रमा मैले ल्याउने एउटा विपत्ति अझै पनि बाँकी छ । त्यसपछि त्यसले तिमीहरूलाई यहाँबाट जान दिनेछ । अन्त्यमा त्यसले तिमीहरूलाई जान दिँदा त्यसले तिमीहरूलाई पूर्ण रूपमा निकालिदिनेछ ।