निर्गमन 4:26

अनलक शाब्दिक बाइबल

तब उनले भनिन्, “निश्‍चय नै तपाईं रगतद्वारा मेरो दुलहा हुनुहुन्छ ।” त्यसैले परमप्रभुले तिनलाई एक्लै छाडिदिनुभयो । यो खतनाको कारणले “तपाईं मेरो दुलहा हुनुहुन्छ” भनी उनले भनिन् ।

थप स्रोतहरू

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 4:23-25
    3 पदहरू
    90%

    23र म तँलाई भन्दछु, 'मेरो छोरोलाई जान दे ताकि त्यसले मेरो आराधना गरोस् ।' तर तैँले त्यसलाई जान दिन इन्कार गरेकोले निश्‍चय नै म तेरो जेठो छोरोलाई मार्नेछु' ।”

    24अब बाटोमा बास बस्‍ने ठाउँमा तिनीहरू रोकिँदा परमप्रभुले मोशालाई भेटी तिनलाई मार्न खोज्नुभयो ।

    25त्यसपछि सिप्पोराले चकमके कर्द लिई आफ्नो छोरोको खलडी काटेर त्यसलाई मोशाको खुट्टामा छुवाइन् ।

  • 2मोशाले आफ्नी पत्‍नीलाई माइत पठाएपछि तिनका ससुरा यित्रोले सिप्पोरा

  • निर्ग 2:20-22
    3 पदहरू
    70%

    20तिनले आफ्ना छोरीहरूलाई भने, “त्यसो भए, तिनी कहाँ छन् त? किन तिमीहरूले ती मानिसलाई छाड्यौ?” तिनलाई डाक ताकि तिनले हामीसितै खाना खान सकून् ।”

    21मोशा ती मानिससित बस्‍न राजी भए जसले तिनलाई आफ्नी छोरी सिप्पोरा विवाहको लागि दिए ।

    22उनले एउटा छोरो जन्माइन् र मोशाले त्यसको नाउँ गेर्शोम राखे । तिनले भने, “म विदेशी भूमिमा प्रवासी भएको छु ।”

  • 14खलडीको खतना नगरिएको पुरुष उसका मानिसहरूबाट बहिष्कार गरिनेछ । त्यसले मेरो करार भङ्‍ग गरेको छ ।”

  • उत्प 34:15-17
    3 पदहरू
    67%

    15यो सर्तमा मात्रै हामी तपाईंहरूसित सहमत हुनेछौः हामीजस्तै तपाईंहरूको हरेक पुरुषको खतना हुनुपर्छ ।

    16तब हामी हाम्रा छोरीहरू तपाईंहरूलाई दिनेछौँ र तपाईंहरूका छोरीहरू हामी लिनेछौँ अनि हामी तपाईंहरूसित बसी एउटै जाति हुनेछौँ ।

    17तर तपाईंहरूले हाम्रो कुरा सुनेर खतना गर्नुभएन भने हामी हाम्री बहिनी लिएर जानेछौँ ।”

  • यहो 5:3-4
    2 पदहरू
    67%

    3त्यसपछि यहोशू आफैले ढुङ्गाका कर्दहरू बनाए र तिनले इस्राएलका सबै पुरुषको गिबियथ-हाअरालोथमा खतना गरे ।

    4यहोशूले तिनीहरूलाई खतना गर्ने कारण थियोः युद्ध गर्ने पुरुषहरूलगायत मिश्रबाट आएका सबै पुरुष मिश्रबाट आएपछि मरुभूमिको यात्रामा मरेका थिए ।

  • 22मोशाले तिमीहरूलाई खतनाको रीति दिए (यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो) अनि तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्दछौ ।

  • 12त्यसको हात काटिदिनू । त्यसलाई नटिठ्याउनू ।

  • 38तिनले भने, “जाऊ ।” तिनले उनलाई दुई महिनाको निम्ति पठाइदिए । उनी र उनका सहेलीहरू तिनीसँग बिदा भए, र तिनीहरूले उनको कुमारी अवस्थाको मृत्युको निम्ति पहाडहरूमा शोक गरे ।

  • 27तब मोशाले आफ्ना ससुरालाई बिदाइ गरे र यित्रो आफ्नै देशमा फर्के ।

  • 22यो सर्तमा मात्रै ती मानिसहरू हामीसित बसी एउटै जाति हुन सहमत छन्: तिनीहरूजस्तै हाम्रो हरेक पुरुषको खतना हुनुपर्छ ।

  • 16त्यसैले परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 3आठौँ दिनमा चाहिँ त्यस बालकको खलडीको खतना गरिनुपर्छ ।

  • गिन 12:13-14
    2 पदहरू
    66%

    13यसैले मोशाले परमप्रभुलाई पुकारे, “हे परमेश्‍वर, बिन्ती छ, उनलाई निको पारिदिनुहोस् ।”

    14परमप्रभुले मोशालाई भन्‍नुभयो, “यदि त्यसको बुबाले त्यसलाई अनुहारमा थुकेको भए, त्यो सात दिनसम्म अपमानित हुन्थ्यो । त्यसलाई छाउनी बाहिर लगेर थुन् । त्यसपछि त्यसलाई फेरि ले ।”

  • 11तिमीहरूको खलडीको खतना हुनुपर्छ । मेरो र तिमीहरूको बिचको करारको चिन्ह यही हुनेछ ।

  • 18त्यसैले मोशा आफ्ना ससुरा यित्रोकहाँ गई तिनलाई भने, “मलाई मिश्रमा भएका मेरा आफन्तहरू जीवितै छन् कि छैनन् भनी हेर्न फर्केर जान दिनुहोस् ।” यित्रोले मोशालाई भने, “शान्तिसित जाऊ ।”

  • 30तर मोशाले भने, “म बोल्नमा सिपालु नभएकोले फारोले किन मेरो कुरा सुन्लान् र?”

  • 16त्यसकारण, तिमीहरूका ह्रदयको खतना गर, र अबदेखि उसो हठी नहोओ ।

  • 27परमप्रभुले हारूनलाई भन्‍नुभयो, “उजाड-स्थानमा मोशालाई भेट्न जा ।” हारून गए र तिनले मोशालाई परमेश्‍वरको पर्वतमा भेटी चुम्बन गरे ।

  • 19'तिनी मेरी बहिनी हुन्' भनी तिमीले किन मलाई भन्यौ? त्यसैले मैले तिनलाई मेरी पत्‍नी बनाउन मैले लगेँ । यसकारण, तिम्रो पत्‍नी यहीँ छिन् । तिनलाई लेऊ र आफ्‍नो बाटो लाग ।

  • 2त्यो आफ्नो घरबाट गइसकेपछि त्यो कसैकी पत्‍नी हुन सक्छे ।

  • 36उनले तिनलाई भनिन्, “मेरा बुबा, तपाईंले परमप्रभुसँग भाकल गर्नुभएको छ, तपाईंले प्रतिज्ञा गर्नुभएको हरेक कुरा मलाई गर्नुहोस्, किनभने परमप्रभुले तपाईंका शत्रु अम्मोनीहरूसँग बदला लिनुभएको छ ।”

  • 12मोशाले परमप्रभुलाई भने, “इस्राएलीहरूले त मेरो कुरा सुनेका छैनन् भने फारोले किन सुन्‍ने किनकि म बोल्नमा सिपालु छैनँ?”

  • 19‘के तँ अरू कुनै व्‍यक्‍तिभन्दा धेरै सुन्दर छस् र? तल जा र खतना नभएकाहरूसँग भुइँमा पल्टेर बस् ।’

  • 20उनले तिनलाई भने, “पालको ढोकामा खडा बस । कोही आएर यहाँ कोही छ भनी तिमीलाई सोध्यो भने, ‘छैन’ भन्‍नू ।”

  • 3तिनका बुबा र आमाले तिनलाई भने, “के तिम्रा नातेदारहरूका छोरीहरू वा हाम्रा मानिसहरूका माझमा कोही स्‍त्री छैन र? के तिमी खतना नभएका पलिश्तीहरूबाट आफ्नो निम्ति पत्‍नी लिन जाँदैछौ?” शिमशोनले आफ्ना बुबालाई भने, “तिनलाई मेरो निम्ति ल्याइदिनुहोस्, किनकि म जब तिनलाई हेर्छु, मलाई खुशी लाग्‍छ ।”

  • 8त्‍यो केटी तेरो पछि आउन इच्‍छा गरिन भने तँ मेरो यो शपथबाट मुक्‍त हुनेछस् । केवल तैँले मेरो छोरालाई चाहिँ त्‍यहाँ फर्काएर नलैजानू ।”

  • २ शमू 14:6-7
    2 पदहरू
    65%

    6म तपाईंको दासीका दुई जना छोरा थिए र तिनीहरू खेतमा एक-आपसमा झगडा गरे र तिनीहरूलाई छुट्टाउने त्‍यहाव कोही पनि थिएन । एउटाले अर्कोलाई प्रहार गर्‍यो र त्यसलाई मार्‍यो ।

    7सारा कुल नै तपाईंको दासीको विरुद्धमा उठेका छन् र तिनीहरू भन्छन्, 'आफ्नो भाइलाई प्रहार गर्ने मानिसलाई हाम्रो हातमा सुम्प, ताकि त्यसले मारेको आफ्नो भाइको जीवनको निम्ति मूल्य चुकाउन हामी त्यसलाई मार्न सकौँ ।' यसरी तिनीहरूले उत्तराधिकार पनि नष्‍ट पार्ने छन् । यसरी मैले छोडेको बलिरहेको भुङ्‍ग्रोलाई तिनीहरूले निभाउने छन् र तिनीहरूले मेरो पतिको निम्ति पृथ्वीको सहतमा न नाम न त सन्तान नै छोड्ने छन् ।

  • 23त्यसपछि अब्राहामले आफ्नो छोरो इश्माएल, र आफ्‍नो घरमा जन्मेका, र दाम हालेर किनेका सबै, परमेश्‍वरले भन्‍‍नुभएबमोजिम त्यसै दिन आफ्नो घरका सबै पुरुषहरूका खलडीको खतना गरे ।