निर्गमन 40:20
तिनले करारका आज्ञाहरूलाई लिई तिनले सन्दुकभित्र हाले । तिनले
तिनले करारका आज्ञाहरूलाई लिई तिनले सन्दुकभित्र हाले । तिनले
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
20करूबहरूले आ-आफ्ना पखेटा मास्तिर फैलाऊन् र प्रायश्चित्तको ढकनीलाई छाया पारून् । करूबहरू एक-अर्काको आमनेसामने होऊन् र तिनीहरूले प्रायश्चित्तको ढकनीतर्फ हेरून् ।
21तैँले प्रायश्चित्तको ढकनीलाई सन्दुकको माथिपट्टि राख्नू, र मैले तँलाई दिने करारका विधिविधानहरू सन्दुकभित्र राख्नू ।
22यही सन्दुकमा म तँसित भेट्नेछु । प्रायश्चित्तको ढकनीमाथिबाट म तँसित बोल्नेछु । गवाहीको सन्दुकको माथि भएका दुईवटा करूबको बिचबाट मैले इस्राएलीहरूलाई दिने सबै आज्ञा तँलाई दिनेछु ।
35गवाहीको सन्दुकसाथै डन्डाहरू र प्रायश्चित्तको ढकनी ल्याए ।
21सन्दुकमा डन्डाहरू हालेर त्यसमाथि प्रायश्चित्तको ढकनी राखे । तिनले सन्दुकलाई पवित्र वासस्थानमा ल्याए । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले गवाहीको सन्दुकलाई छेक्ने पर्दा टाँगे ।
22तिनले पर्दाको बाहिरपट्टि भेट हुने पाल अर्थात् पवित्र वासस्थानको उत्तरपट्टि टेबुल राखे ।
33पर्दालाई अङ्कुसेमुनि झुण्ड्याउनू, र गवाहीको सन्दुकलाई यसभित्र ल्याउनू । यो पर्दाले पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नुपर्छ ।
34प्रायश्चित्तको ढकनीलाई गवाहीको सन्दुकमाथि राख्नू जसलाई महा-पवित्रस्थानमा राखिन्छ ।
12र आधारहरू, सन्दुक र यसका डन्डाहरू, प्रायश्चित्तको ढकनी र यसलाई ढाक्ने पर्दा ।
13तैँले बबुल काठका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोर्नू ।
14सन्दुकलाई बोक्नलाई त्यसको दुवैपट्टिका किनारामा भएका मुन्द्राहरूमा ती डन्डाहरू घुसाउनू ।
15डन्डाहरू सन्दुकका मुन्द्राहरूमा रहनुपर्छ । तिनलाई त्यसबाट झिकिनुहुँदैन ।
16तैँले सन्दुकभित्र मैले तँलाई दिने करारका विधिविधानहरू राख्नू ।
17तैँले निखुर सुनको एउटा प्रायश्चित्तको ढकनी बनाउनू । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको होस् ।
3तैँले यसभित्र गवाहीको सन्दुक राख्नू, र यसलाई पर्दाले छेक्नू ।
4तैँले टेबुललाई भित्र ल्याएर यसमाथि राखिने थोकहरू मिलाएर राख्नू । त्यसपछि तैँले सामदान भित्र ल्याएर दियाहरू मिलाउनू ।
5तैँले गवाहीको सन्दुकको सामुन्ने सुनको धूपको वेदी राख्नू, र पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा राख्नू ।
18मोशाले पवित्र वासस्थान खडा गरे, यसका आधारहरू ठाउँमा राखे, यसका फल्याकहरू खडा गरे, यसका बारहरू जोडे र यसका डन्डाहरू र खम्बाहरू खडा गरे ।
19परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले पवित्र वासस्थानमाथि पाल फिँजाएर त्यसमाथि छत राखे ।
4तिनले बबुलका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोरे ।
5तिनले सन्दुकलाई बोक्न ती डन्डाहरू त्यसका दुवैतिर भएका मुन्द्राहरूमा हाले ।
6तिनले निखुर सुनबाट प्रायश्चित्तको ढकनी बनाए । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको थियो ।
7बजलेलले प्रायश्चित्तको ढकनीको दुवै छेउका लागि पिटेको सुनका दुईवटा करूब बनाए ।
7भेट हुने पाल, गवाहीको सन्दुक, सन्दुकमाथि राखिने प्रायश्चित्तको ढकनी, पालका सबै सरसामान अर्थात्
6पुजारीहरूले परमप्रभुको करारको सन्दुकलाई त्यसको उचित स्थान अर्थात् करूबहरूको छायामुनि मन्दिरको महा-पवित्रस्थानमा लगेर राखे ।
7किनकि करूबहरूले सन्दुक राखिएको ठाउँको माथि आ-आफ्ना पखेटा फैलाएका थिए, र ती पखेटाले सन्दुक र त्यसका डन्डाहरूमाथि छाया पारेका थिए ।
7पुजारीहरूले परमप्रभुका करारको सन्दूक मन्दिरको भित्री पवित्रस्थान, अर्थात् महा-पवित्रस्थानमा त्यसकै ठाउँमा ल्याएर करूबहरूका पखेटामुनि राखे ।
8करूबहरूले आफ्ना पखेटा सन्दूक राखिएको ठाउँमाथि फैलाएका थिए, र तिनले सन्दूक र त्यसलाई बोक्ने डन्डाहरूलाई ढाके ।
9डन्डाहरूचाहिं यति लामा थिए कि तिनका टुप्पाहरूभित्री पवित्रस्थानबाट देखिन्थ्यो, तर ती बाहिरबाट देखिंदैनथे । ती आजक दिनसम्म त्यहीं छन् ।
10इस्राएलका मानिसहरूले मिश्रदेश छोड्दा परमप्रभुले तिनीहरूसित करार बाँध्नुभएको ठाउँ होरेबमा मोशाले सन्दूकभित्र राखेका दुई वटा शिला-पाटीबाहेक त्यसमा अरू केही थिएन ।
5डन्डाहरू बबुल काठबाट बनाएर तिनलाई सुनले मोहोर्नू ।
6तैँले धुपको वेदीलाई गवाहीको सन्दुकनेर भएको पर्दाको सामुन्ने राख्नू । यो मैले तँलाई भेट्ने गवाहीको सन्दुकमाथि राखिएको प्रायश्चित्तको ढकनीको सामु हुनेछ ।
6तिनीहरूले सन्दूकलाई सीलको छालाले ढाक्नुपर्छ । तिनीहरूले यसमाथि निलो कपडाले ढाक्नुपर्छ । तिनीहरूले यसलाई बोक्न डन्डीहरू हाल्नुपर्छ ।
26तिनले भेट हुने पालभित्र पर्दाको सामुन्ने सुनको धूपको वेदी राखे ।
2तिनले यसलाई भित्र र बाहिर निखुर सुनले मोहोरे अनि यसको चारैतिर सुनको बिट लगाए ।
15तिनले टेबुल बोक्नलाई बबुल काठबाट डन्डाहरू बनाए, र तिनलाई सुनले मोहोरे ।
19परमप्रभुको करारको सन्दुक राख्नका लागि सोलोमनले मन्दिरको भित्री कोठा तयार पारे ।
9करूबहरूले आ-आफ्ना पखेटाहरू माथितिर फैलाएका थिए, र प्रायश्चित्तको ढकनीलाई छाया पारेका थिए । करूबहरू आमनेसामने थिए, र तिनीहरूले प्रायश्चित्तको ढकनीतर्फ हेरेका थिए ।
34तब बादलले भेट हुने पाललाई ढाक्यो, अनि परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो ।
4यसमा धूपको निम्ति एउटा सुनको वेदी थियो । यसमा करारको सन्दुक पनि थियो, जुन पूर्ण रूपले सुनले मोहोरिएको थियो । यसको भित्रपट्टि रहेको सुनको भाँडोमा मन्न राखिएको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिलालेखहरू थिए ।
13त्यहाँ त्यसले परमप्रभुको सामु भएको आगोमा धुप राखोस् ताकि करारको सन्दुकमाथिको प्रायश्चित्त-आसनलाई त्यस धुपबाट निस्केको बादलले ढाकोस् । त्यो नमरोस् भनेर त्यसले यो गरोस् ।
9इस्राएलीहरू मिश्र देशबाट आउँदा परमप्रभुले तिनीहरूसित करार बाँध्नुहुँदा होरेब पर्वतमा मोशाले दुईवटा शिला-पाटी सन्दुकभित्र राखेका थिए, र सन्दुकभित्र यी शिला-पाटीहरू मात्र थिए ।
11यसको निम्ति सुनका चारवटा मुन्द्रा झुण्ड्याउनू ।
7यसलाई बोक्नलाई तिनले ती डन्डाहरू वेदीका किनाराका मुन्द्राहरूमा हाले । तिनले ती फल्याकहरूबाट खोक्रो बनाए ।
27बोक्ने डन्डाहरूका लागि घर हुनलाई तिनले त्यसको बिटमुनि वेदीका दुवैपट्टि सुनका दुईवटा मुन्द्रा बनाएर त्यसका दुईतिर लगाए ।
28तिनले बबुल काठका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोरे ।
11परमप्रभुले इस्राएलका मानिससित गर्नुभएको उहाँको आफ्नो करारको सन्दूक मैले त्यहाँ राखेको छु ।”
34तिनले फल्याकहरूलाई सुनले मोहोरे । तिनले बारहरू पक्रनका निम्ति सुनका मुन्द्राहरू बनाए, र बारहरूलाई सुनले मोहोरे ।
25परमप्रभुको करारको सन्दूक बोक्ने लेवीहरूलाई तिनले आज्ञा दिए,
15यसैले परमप्रभुको वचनको अनुरण गरेर मोशाले आज्ञा दिएझैं लेवीहरूले परमेश्वरको सन्दूकलाई आ-आफ्ना काँधमा डन्डाले बोकेर ल्याए ।