निर्गमन 40:21

अनलक शाब्दिक बाइबल

सन्दुकमा डन्डाहरू हालेर त्यसमाथि प्रायश्‍चित्तको ढकनी राखे । तिनले सन्दुकलाई पवित्र वासस्थानमा ल्याए । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले गवाहीको सन्दुकलाई छेक्‍ने पर्दा टाँगे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 26:33 : 33 पर्दालाई अङ्कुसेमुनि झुण्ड्याउनू, र गवाहीको सन्दुकलाई यसभित्र ल्याउनू । यो पर्दाले पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नुपर्छ ।
  • निर्ग 40:3 : 3 तैँले यसभित्र गवाहीको सन्दुक राख्‍नू, र यसलाई पर्दाले छेक्‍नू ।
  • निर्ग 35:12 : 12 र आधारहरू, सन्दुक र यसका डन्डाहरू, प्रायश्‍चित्तको ढकनी र यसलाई ढाक्‍ने पर्दा ।
  • इब्रा 10:19-20 : 19 यसकारण, भाइहरू हो, हामीसँग येशूको रगतद्वारा महा-पवित्रस्थानभित्र प्रवेश गर्ने साहस छ । 20 पर्दा अर्थात् उहाँको आफ्नो शरीरद्वारा उहाँले हाम्रा लागि नयाँ र जीवित बाटो खोलिदिनुभएको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 40:1-5
    5 पदहरू
    88%

    1¶ तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

    2“नयाँ वर्षको पहिलो महिनाको पहिलो दिनमा तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पाल खडा गर्नू ।

    3तैँले यसभित्र गवाहीको सन्दुक राख्‍नू, र यसलाई पर्दाले छेक्‍नू ।

    4तैँले टेबुललाई भित्र ल्याएर यसमाथि राखिने थोकहरू मिलाएर राख्‍नू । त्यसपछि तैँले सामदान भित्र ल्याएर दियाहरू मिलाउनू ।

    5तैँले गवाहीको सन्दुकको सामुन्‍ने सुनको धूपको वेदी राख्‍नू, र पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा राख्‍नू ।

  • निर्ग 40:17-20
    4 पदहरू
    85%

    17यसरी दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिनमा पवित्र वासस्थान खडा भयो ।

    18मोशाले पवित्र वासस्थान खडा गरे, यसका आधारहरू ठाउँमा राखे, यसका फल्याकहरू खडा गरे, यसका बारहरू जोडे र यसका डन्डाहरू र खम्बाहरू खडा गरे ।

    19परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले पवित्र वासस्थानमाथि पाल फिँजाएर त्यसमाथि छत राखे ।

    20तिनले करारका आज्ञाहरूलाई लिई तिनले सन्दुकभित्र हाले । तिनले

  • निर्ग 40:22-23
    2 पदहरू
    81%

    22तिनले पर्दाको बाहिरपट्टि भेट हुने पाल अर्थात् पवित्र वासस्थानको उत्तरपट्टि टेबुल राखे ।

    23परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु टेबुलमा रोटी मिलाएर राखे ।

  • निर्ग 26:33-34
    2 पदहरू
    80%

    33पर्दालाई अङ्कुसेमुनि झुण्ड्याउनू, र गवाहीको सन्दुकलाई यसभित्र ल्याउनू । यो पर्दाले पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नुपर्छ ।

    34प्रायश्‍चित्तको ढकनीलाई गवाहीको सन्दुकमाथि राख्‍नू जसलाई महा-पवित्रस्थानमा राखिन्छ ।

  • गिन 4:5-6
    2 पदहरू
    79%

    5छाउनी सार्न तयारी हुँदा हारून र तिनका छोराहरू भित्र जानुपर्छ, अति पवित्र स्थानलाई पवित्र स्थानबाट छुट्‌ट्याउने पर्दा झिक्‍नुपर्छ र गवाहीको सन्दूकलाई त्यसैले ढाक्‍नुपर्छ ।

    6तिनीहरूले सन्दूकलाई सीलको छालाले ढाक्‍नुपर्छ । तिनीहरूले यसमाथि निलो कपडाले ढाक्‍नुपर्छ । तिनीहरूले यसलाई बोक्‍न डन्डीहरू हाल्नुपर्छ ।

  • निर्ग 40:28-29
    2 पदहरू
    78%

    28तिनले पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा झुण्ड्याए ।

    29तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको प्रवेशद्वारमा होमबलिको वेदी राखे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले यहीँ नै होमबलि र अन्‍नबलि चढाए ।

  • 21तैँले प्रायश्‍चित्तको ढकनीलाई सन्दुकको माथिपट्टि राख्‍नू, र मैले तँलाई दिने करारका विधिविधानहरू सन्दुकभित्र राख्‍नू ।

  • 12र आधारहरू, सन्दुक र यसका डन्डाहरू, प्रायश्‍चित्तको ढकनी र यसलाई ढाक्‍ने पर्दा ।

  • निर्ग 40:33-35
    3 पदहरू
    77%

    33मोशाले पवित्र वासस्थान र वेदीको वरिपरि चोक खडा गरे । तिनले चोकको प्रवेशद्वारमा पर्दा राखे । यसरी मोशाले काम पुरा गरे ।

    34तब बादलले भेट हुने पाललाई ढाक्यो, अनि परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो ।

    35भेट हुने पालमाथि बादल आएर बसेकोले र परमप्रभुको महिमाले पवित्र वासस्थान भरिएकोले मोशा यसभित्र प्रवेश गर्न सकेनन् ।

  • 16तैँले सन्दुकभित्र मैले तँलाई दिने करारका विधिविधानहरू राख्‍नू ।

  • 7भेट हुने पाल, गवाहीको सन्दुक, सन्दुकमाथि राखिने प्रायश्‍चित्तको ढकनी, पालका सबै सरसामान अर्थात्

  • निर्ग 39:32-35
    4 पदहरू
    76%

    32यसरी पवित्र वासस्थान अर्थात् भेट हुने पालको काम सकियो । इस्राएलका मानिसहरूले सबै कुरा गरे । परमप्रभुले मोशालाई भन्‍नुभएका सबै आज्ञालाई तिनीहरूले पछ्याए ।

    33तिनीहरूले पवित्र वासस्थान, पाल र यसका सबै सरसामान अर्थात् यसका अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू र आधारहरू, रातो

    34रङले रङ्ग्याइएका भेडाका छालाहरूको छत, सीलको छालाको छत र ढाक्‍ने पर्दा,

    35गवाहीको सन्दुकसाथै डन्डाहरू र प्रायश्‍चित्तको ढकनी ल्याए ।

  • निर्ग 40:25-26
    2 पदहरू
    76%

    25परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु दियाहरू बाले ।

    26तिनले भेट हुने पालभित्र पर्दाको सामुन्‍ने सुनको धूपको वेदी राखे ।

  • १ राजा 8:6-7
    2 पदहरू
    75%

    6पुजारीहरूले परमप्रभुको करारको सन्दुकलाई त्यसको उचित स्थान अर्थात् करूबहरूको छायामुनि मन्दिरको महा-पवित्रस्थानमा लगेर राखे ।

    7किनकि करूबहरूले सन्दुक राखिएको ठाउँको माथि आ-आफ्ना पखेटा फैलाएका थिए, र ती पखेटाले सन्दुक र त्यसका डन्डाहरूमाथि छाया पारेका थिए ।

  • 6तैँले धुपको वेदीलाई गवाहीको सन्दुकनेर भएको पर्दाको सामुन्‍ने राख्‍नू । यो मैले तँलाई भेट्ने गवाहीको सन्दुकमाथि राखिएको प्रायश्‍चित्तको ढकनीको सामु हुनेछ ।

  • 25परमप्रभुको करारको सन्दूक बोक्‍ने लेवीहरूलाई तिनले आज्ञा दिए,

  • 21परमप्रभु फेरि मोशासँग बोल्नुभयो,

  • २ इति 5:7-8
    2 पदहरू
    74%

    7पुजारीहरूले परमप्रभुका करारको सन्‍दूक मन्‍दिरको भित्री पवित्रस्‍थान, अर्थात्‌ महा-पवित्रस्‍थानमा त्‍यसकै ठाउँमा ल्‍याएर करूबहरूका पखेटामुनि राखे ।

    8करूबहरूले आफ्‍ना पखेटा सन्‍दूक राखिएको ठाउँमाथि फैलाएका थिए, र तिनले सन्‍दूक र त्‍यसलाई बोक्‍ने डन्‍डाहरूलाई ढाके ।

  • 19परमप्रभुको करारको सन्दुक राख्नका लागि सोलोमनले मन्दिरको भित्री कोठा तयार पारे ।

  • 4तर दाऊदले परमेश्‍वरको सन्‍दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा माथि ल्‍याएका थिए,किनकि त्‍यसको निम्‍ति तिनले यरूशलेममा पाल टाँगेका थिए ।

  • 4परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ उनले गरे, र सबै समुदाय भेट हुने पालको प्रवेशद्वारमा भेला भए ।

  • निर्ग 34:33-34
    2 पदहरू
    74%

    33तिनीहरूसित बोलिसकेपछि मोशाले आफ्नो अनुहारमा घुम्टो हाले ।

    34मोशा परमप्रभुको सामु उहाँसित बोल्न जाँदा तिनी बाहिर नआउञ्‍जेलसम्म तिनले घुम्टो उघार्थे । तिनी बाहिर आउँदा तिनलाई बताउन आज्ञा गरिएको कुरा तिनले इस्राएलीहरूलाई बताउँथे ।

  • 4तिनीहरूले परमप्रभुको सन्दुक, भेट हुने पाल र पालभित्र भएका सजावटका सबै पवित्र सामान ल्याए । पुजारी र लेवीहरूले यी सामानहरू ल्याएका थिए ।

  • 10इस्राएलका मानिसहरूले मिश्रदेश छोड्‌दा परमप्रभुले तिनीहरूसित करार बाँध्‍नुभएको ठाउँ होरेबमा मोशाले सन्‍दूकभित्र राखेका दुई वटा शिला-पाटीबाहेक त्‍यसमा अरू केही थिएन ।

  • 34परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ हारूनले यसलाई करारको सन्दुकको छेउमा राखे ।

  • 5यसैकारण मोशाले भनेअनुसार तिनीहरूले सबै कुरा भेट हुने पालमा ल्याए, र इस्राएलका सबै समुदाय परमप्रभुको सामु आई खडा भए ।

  • 15यसैले परमप्रभुको वचनको अनुरण गरेर मोशाले आज्ञा दिएझैं लेवीहरूले परमेश्‍वरको सन्‍दूकलाई आ-आफ्‍ना काँधमा डन्‍डाले बोकेर ल्‍याए ।

  • 5तिनीहरूले सन्‍दूक र भेट हुने पाल र त्‍यसमा भएका सबै सामानहरू उठाएरमाथि लगे । लेवीका कुलका पुजारीहरूले ती बोकेर माथि लगे ।

  • 11परमप्रभुले इस्राएलका मानिससित गर्नुभएको उहाँको आफ्‍नो करारको सन्‍दूक मैले त्‍यहाँ राखेको छु ।”

  • 9इस्राएलीहरू मिश्र देशबाट आउँदा परमप्रभुले तिनीहरूसित करार बाँध्नुहुँदा होरेब पर्वतमा मोशाले दुईवटा शिला-पाटी सन्दुकभित्र राखेका थिए, र सन्दुकभित्र यी शिला-पाटीहरू मात्र थिए ।