निर्गमन 5:6

अनलक शाब्दिक बाइबल

त्यही दिन फारोले मानिसका नाइकेहरू र मजदुरहरूलाई यस्तो हुकुम दिए,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 5:19 : 19 “तिमीहरूले दैनिक उत्पादन गर्ने इँटहरूको सङ्ख्या कम हुनुहुँदैन” भनी इस्राएली नाइकेहरूलाई बताइँदा तिनीहरू कष्‍टमा भएको तिनीहरूले देखे ।
  • निर्ग 5:10 : 10 त्यसैले मानिसका नाइकेहरू र मजदुरहरू बाहिर गई तिनीहरूले मानिसहरूलाई भने, “फारो यसो भन्‍नुहुन्छ, 'अबदेखि उसो म तिमीहरूलाई पराल दिन्‍नँ ।
  • निर्ग 5:13-15 : 13 नाइकेहरूले तिनीहरूलाई यसो भनिरहे, “तिमीहरूलाई पराल दिँदा जस्तै गरी तिमीहरूको काम सक ।” 14 फारोका नाइकेहरूले इस्राएली नाइकेहरूलाई पिटे । यी तिनै मानिसहरू थिए जसलाई कामदारहरूको रेखदेख गर्न राखिएको थियो । नाइकेहरूले यसो भनेर सोधिरहे, “तिमीहरूले विगतमा गरेझैँ हिजोआज किन चाहेजति इँटहरू बनाइरहेका छैनौ?” 15 त्यसैले इस्राएली नाइकेहरू फारोकहाँ आएर बिन्ती गरे, “तपाईंले हजुरका दासहरूलाई किन यस्‍तो व्यवहार गर्दै हुनुहुन्छ?
  • निर्ग 1:11 : 11 त्यसैले तिनीहरूलाई कठोर काम लगाएर तिनीहरूमाथि थिचोमिचो गर्न तिनीहरूले नाइकेहरू खटाए । इस्राएलीहरूले पिताम र रामसेस नामक भण्डारका सहरहरू बनाए ।
  • निर्ग 3:7 : 7 परमप्रभुले भन्‍नुभयो, “निश्‍चय नै मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्‍ट मैले देखेको छु । तिनीहरूका नाइकेहरूको कारणले तिनीहरूको रुवाइ मैले सुनेको छु किनकि मलाई तिनीहरूको दुःखकष्‍ट थाहा छ ।
  • गिन 11:16 : 16 परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलका सत्तरी जना धर्म-गुरु मकहाँ ले । तिनीहरू सबै धर्म-गुरु र मानिसहरूका अधिकृतहरू होऊन् । तिनीहरूलाई भेट हुने पालमा तँसँगै खडा हुनलाई ले ।
  • व्यव 1:15 : 15 त्यसैले मैले तिमीहरूका कुलहरूबाट मुख्य मानिसहरू, बुद्धिमान् मानिसहरू, असल नाउँ चलेकाहरूलाई छानी तिनीहरूलाई तिमीहरूका नायक बनाएँ ताकि तिनीहरूले कुल-कुलअनुसार हजार, सय, पचास र दसको रेखदेख गरून् ।
  • व्यव 16:18 : 18 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने तिमीहरूका सबै सहरमा न्यायकर्ता र अधिकारीहरू नियुक्त गर्नू । तिमीहरूका हरेक कुलबाट तिनीहरूलाई छान्‍नू, र तिनीहरूले मानिसहरूको निष्पक्ष न्याय गरून् ।
  • यहो 8:33 : 33 स्वदेशी र विदेशी सारा इस्राएल, तिनीहरूका धर्म-गुरुहरू, अधिकृतहरू र तिनीहरूका न्यायकर्ताहरू परमप्रभुको सन्दुक बोक्‍ने लेवीहरू र पुजारीको सामु सन्दुकको दुवैतिर खडा भए । तिनीहरूको आधा भाग गीरीज्‍जीम डाँडाको अगि र अर्को आधा भागचाहिँ एबाल डाँडाको अगि खडा भए । परमप्रभुका दास मोशाले तिनीहरूलाई पहिले आज्ञा गरेझैँ तिनीहरूले इस्राएलका मानिसहरूलाई आशिष् दिए ।
  • यहो 24:1 : 1 ¶ त्यसपछि यहोशूले इस्राएलका सबै कुललाई शकेममा भेला गरे र तिनीहरूका धर्म-गुरुहरू, तिनीहरूका अगुवाहरू, तिनीहरूका न्यायकर्ताहरू र तिनीहरूका अधिकृतहरूलाई बोलाए, र तिनीहरूले आफैलाई परमेश्‍वरको सामु प्रस्तुत गरे ।
  • यहो 24:4 : 4 त्यसपछि मैले इसहाकलाई याकूब र एसाव दिएँ । मैले पहाडी देश एसावको अधीनमा दिएँ, तर याकूब र तिनका सन्तानहरू मिश्र देशतिर तल गए ।
  • २ इति 26:11 : 11 यसबाहेक उज्‍जियाहको युद्ध गर्ने एउटा फौज पनि थियो, जो फजका मुख्‍य सचिव यहीएल र अधिकृत मासेयाहले गणना गरेका दल-दल गरी राजाका कमाण्‍डरमध्‍ये एक जना हनन्‍याहको अधीनमा युद्धमा जान्थे ।
  • नीति 12:10 : 10 धर्मात्माले आफ्नो पशुका आवश्यकताहरूको वास्ता गर्छ, तर दुष्‍टको दया पनि क्रुर हुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 5:7-16
    10 पदहरू
    85%

    7“पहिलेझैँ तिमीहरूले मानिसहरूलाई इँट बनाउन पराल नदेओ । तिनीहरू आफै गएर तिनीहरूका निम्ति पराल जम्मा गरून् ।

    8तरै पनि तिमीहरूले तिनीहरूबाट पहिले जत्तिकै इँटको सङ्ख्या माग्‍नू । त्योभन्दा कम स्वीकार नगर किनकि तिनीहरू अल्छे भएका छन् । त्यसैले तिनीहरू यसो भन्दै कराउँछन्, 'हाम्रा परमेश्‍वरकहाँ गएर बलिदान चढाउन हामीलाई अनुमति दिनुहोस् ।'

    9यी मानिसहरूलाई कामको बोझ बढाइदेओ ताकि तिनीहरू यसमा लागिराखेर छली वचनहरूतर्फ ध्यान नदिऊन् ।”

    10त्यसैले मानिसका नाइकेहरू र मजदुरहरू बाहिर गई तिनीहरूले मानिसहरूलाई भने, “फारो यसो भन्‍नुहुन्छ, 'अबदेखि उसो म तिमीहरूलाई पराल दिन्‍नँ ।

    11जहाँ-जहाँ पराल पाइन्छ तिमीहरू आफै गएर ल्याओ, तर तिमीहरूको कामको बोझ भने घटाइनेछैन' ।”

    12त्यसैले मानिसहरू परालका टुक्राटाक्री बटुल्न मिश्रभरि छरिए ।

    13नाइकेहरूले तिनीहरूलाई यसो भनिरहे, “तिमीहरूलाई पराल दिँदा जस्तै गरी तिमीहरूको काम सक ।”

    14फारोका नाइकेहरूले इस्राएली नाइकेहरूलाई पिटे । यी तिनै मानिसहरू थिए जसलाई कामदारहरूको रेखदेख गर्न राखिएको थियो । नाइकेहरूले यसो भनेर सोधिरहे, “तिमीहरूले विगतमा गरेझैँ हिजोआज किन चाहेजति इँटहरू बनाइरहेका छैनौ?”

    15त्यसैले इस्राएली नाइकेहरू फारोकहाँ आएर बिन्ती गरे, “तपाईंले हजुरका दासहरूलाई किन यस्‍तो व्यवहार गर्दै हुनुहुन्छ?

    16हजुरका दासहरूलाई पराल नदिएको भए तापनि तिनीहरू हामीलाई यसो भन्दै छन्, 'इँटहरू बनाओ ।' अब हामी हजुरका दासहरूलाई पिटिन पनि थालिएको छ । तर यो त हजुरका आफ्नै मानिसहरूको दोष हो ।”

  • निर्ग 5:4-5
    2 पदहरू
    84%

    4तर मिश्रका राजाले तिनीहरूलाई भने, “ए मोशा र हारून हो, तिमीहरू मानिसहरूका काममा किन अवरोध गर्छौ? तिमीहरूका काममा जाओ ।”

    5तिनले यसो पनि भने, “अहिले हाम्रो देशमा धेरै मानिस छन्, र तिमीहरू तिनीहरूलाई काम गर्नबाट रोक्दै छौ ।”

  • निर्ग 5:18-20
    3 पदहरू
    81%

    18त्यसैले काममा फर्केर जाओ । तिमीहरूलाई अब उसो पराल दिइनेछैन, तरै पनि तिमीहरूले उही सङ्ख्यामा इँटहरू बनाउनुपर्छ ।”

    19“तिमीहरूले दैनिक उत्पादन गर्ने इँटहरूको सङ्ख्या कम हुनुहुँदैन” भनी इस्राएली नाइकेहरूलाई बताइँदा तिनीहरू कष्‍टमा भएको तिनीहरूले देखे ।

    20तिनीहरूले फारोकहाँबाट फर्केपछि मोशा र हारूनलाई भेटे जो दरबारबाहिर उभिरहेका थिए ।

  • 11त्यसैले तिनीहरूलाई कठोर काम लगाएर तिनीहरूमाथि थिचोमिचो गर्न तिनीहरूले नाइकेहरू खटाए । इस्राएलीहरूले पिताम र रामसेस नामक भण्डारका सहरहरू बनाए ।

  • 5इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो र तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो । तिनीहरूले भने, “हामीले के गर्‍यौँ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ ।”

  • 13परमप्रभु मोशा र हारूनसित बोल्नुभयो । इस्राएलीहरूलाई मिश्र देशबाट बाहिर ल्याउन उहाँले मिश्रका राजा फारोलाई बताउनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो ।

  • निर्ग 6:10-11
    2 पदहरू
    75%

    10तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

    11“इस्राएलका मानिसहरूलाई त्यसको देशबाट जान दे भनी मिश्रका राजा फारोलाई बताइदे ।”

  • 34फारोले देशमाथि अधिकारीहरू नियुक्त गर्नुभएको होस् र तिनीहरूले सहकालका सात वर्षमा मिश्रका अनाजहरूको पाँचौँ हिस्सा उठाऊन् ।

  • 20परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जान लाग्दा त्यसको अगि खडा भएर भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः मलाई आराधना चढाउनलाई मेरा मानिसहरूलाई जान दे ।

  • निर्ग 6:28-29
    2 पदहरू
    74%

    28परमप्रभु मिश्र देशमा मोशासित बोल्नुहुँदा

    29उहाँले भन्‍नुभयो, “म परमप्रभु हुँ । मैले तँलाई भन्‍ने हरेक कुरो मिश्रका राजा फारोलाई भन्‍नू ।”

  • 1¶ तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “अब म फारोलाई जे गर्नेछु, त्यो तैँले देख्‍नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई जान दिएको तैँले देख्‍नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई आफ्नो देशबाट बाहिर निकाल्नेछ ।”

  • 13त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारोको सामुन्‍ने खडा हो र त्यसलाई भन्, 'हिब्रूहरूका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे ।

  • 22फारोले आफ्ना सबै मानिसलाई आज्ञा दिए, “जन्मेको हरेक छोरोलाई तिमीहरूले नदीमा फ्याँक्‍नू, तर छोरीलाई भने जीवितै राख्‍नू ।”

  • 31रातमा फारोले मोशा र हारूनलाई बोलाउन पठाए र भने, “उठ, तिमी र इस्राएलीहरू मेरा मानिसहरूका बिचबाट निस्केर जाओ । तिमीहरूले चाहेजस्तै गएर परमप्रभुको आराधना चढाओ ।

  • 6जसरी मिश्रीहरू र फारोले आफ्नो हृदय कठोर पारे त्‍यसरी तपाईंहरूले किन आफ्‍नो हृदय कठोर पार्नुहुन्छ? त्‍यस बेला परमेश्‍वरले तिनीहरूसँग कठोर व्यवहार गर्नुभयो । के मिश्रीहरूले मानिसहरू पठाएनन्, अनि तिनीहरूले छोडेर आएनन् र?

  • 19अरू जातिहरूले पनि यसलाई पिउनुपर्‍यो, अर्थात् मिश्रका राजा फारो, र उसका सेवकहरू, अधिकारीहरू र उसका सबै मानिस,

  • 15तर शान्त भएको देखेपछि परमप्रभुले भन्‍नुभएझैँ फारोले आफ्नो ह्रदय कठोर पारे अनि मोशा र हारूनको कुरा सुनेनन् ।

  • 1¶ तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः मेरो आराधना गर्नलाई मेरा मानिसहरूलाई जान दे ।

  • 1¶ तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ गएर भन्, 'हिब्रूहरूका परमप्रभु यसो भन्‍नुहुन्छः मेरो आराधना गर्नलाई मेरो मानिसहरूलाई जान दे ।

  • 1¶ यी कुराहरूपछि मोशा र हारून फारोकहाँ गएर भने, “इस्राएलका परमप्रभु यसो भन्‍नुहुन्छ, 'उजाड-स्थानमा चाड मनाउनलाई मेरा मानिसहरूलाई जान दे' ।”

  • निर्ग 10:6-7
    2 पदहरू
    72%

    6तिनीहरू तेरा, तेरा सबै अधिकारीसाथै सबै मिश्रीका घरहरूमा भरिनेछन् । यस्तो तिमीहरूका बुबा र हजुर बुबाहरूले पृथ्वीको स्थापना भएदेखि आजको दिनसम्म कहिल्यै देखेका छैनन्' ।” त्यसपछि मोशा फारोकहाँबाट निस्केर गए ।

    7फारोका अधिकारीहरूले तिनलाई भने, “कहिलेसम्म यो मानिसले हामीलाई धम्की दिने? तिनीहरूका परमप्रभु परमेश्‍वरलाई आराधना गर्न इस्राएलीहरूलाई जान दिनुहोस् । मिश्र नष्‍ट भएको के हजुरले देख्‍नुभएको छैन र?”

  • 11त्यही दिन मोशाले मानिसहरूलाई आज्ञा दिई भने,