निर्गमन 9:31

अनलक शाब्दिक बाइबल

अब सनपाट र जौ नष्‍ट भए किनकि जौमा बाला लागेको थियो र सनपाटचाहिँ फुलिसकेको थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • रूत 1:22 : 22 यसरी तिनि र तिनकी मोआबी बुहारी रूथ मोआब देशबाट फर्के । तिनीहरू बेथलेहेममा जौको कटनी सुरु हुने समयमा आइपुगे ।
  • रूत 2:23 : 23 त्यसैले तिनी जौ र गहूँको कटनीको अन्तसम्म शिला-बाला जम्मा गर्न बोअजका महिला कामदारहरूको नजिकै रहिन् ।
  • आमो 4:9 : 9 डढुवा र ओसले मैले तिमीहरूलाई कष्‍ट दिएँ । तिमीहरूका असङ्ख्‍य बगैँचाहरू, तिमीहरूका दाखबारीहरू, तिमीहरूका नेभाराका रूखहरू, र जैतूनका रूखहरू, सलहले ती सबैलाई सखाप पारे । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।
  • हब 3:17 : 17 अन्जिरका रूखहरूमा मुना नलागेपनि, र दाखका बोटहरूमा कुनै फल नलागेपनि, र जैतूनको रूखले केही नफलाए पनि, र भुमिले केही भोजन नदिएपनि, र खोरबाट बगाल हटाइएपनि, र गोठमा कुनै गाइवस्तु नभएपनि, म यही गर्नेछु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 32तर गहुँ र कठियागहुँलाई हानि भएन किनकि ती पछि पाक्छन् ।

  • यो 1:10-11
    2 पदहरू
    75%

    10खेतहरू सखाप पारिएका छन्, र अन्‍नहरू नष्‍ट पारिएका हुनाले भूमिले विलाप गर्दैछ । नयाँ दाखमद्य सुकेको छ, तेल बाँकी छैन ।

    11ए किसानहरू हो, लज्‍जित होओ, र दाखबारी लगाउनेहरू हो, विलाप गर । किनभने भूमिको उब्जनी नष्‍ट भएको छ । गहुँ र जौका बढिरहेका छैनन् ।

  • 17माटोका डल्‍लामुनि बीउहरू सडे, भण्‍डारहरू उजाड भए, र अन्‍नका भकारीहरू भत्‍काइए, किनकि अन्‍न सुकेको छ ।

  • 17मैले तिमीहरू र तिमीहरूका सबै कामहरूलाई शीत र ढुसीले सताएँ, तर पनि तिमीहरू मकहाँ फर्केनौ, परमप्रभु घोषणा गर्नुहुन्छ ।

  • 27थोरै बल भएका तिनीहरूका बासिन्दाहरूलाई चूरचूर पारिन्छ र लज्‍जित हुन्छन् । तिनीहरू खेतका बिरुवाहरू, हरियो घाँस, पुर्वीय बतासअगिको छाना वा खेतमा भएका घाँस हुन् ।

  • 26तिनका थोरै बल भएका बासिन्दाहरू, थाकेका र लाजमा परेका छन् । तिनीहरू मैदानका बिरुवाहरू हुन्, हरिया घाँस छानामाथिका वा मैदान घाँस हुन् जुन उम्रनअगि नै सुक्छन् ।

  • यशा 28:27-28
    2 पदहरू
    70%

    27अनि सूँपलाई हथौडाले झारिंदैन, न जीरालाई झार्न गाडा नै गुडाइन्छ । तर सूँपलाई लट्ठीले कुटिन्छ र जीरालाई लुहुरोले कुटिन्छ ।

    28रोटी बनाउन अन्‍नलाई पिसिन्छ, तर अति मिहिन पारिंदैन, र त्‍यसको गाडाका पाङ्ग्राहरू र त्यसका घोडाहरूले यसलाई छरे तापनि त्यसका घोडाहरूले यसलाई चूरचूर पार्दैनन् ।

  • निर्ग 9:25-26
    2 पदहरू
    70%

    25मिश्र देशभरि असिनाले खेतमा भएका हरेक कुरासाथै मानिस र पशुहरू दुवैलाई प्रहार गर्‍यो । यसले खेतहरूमा भएको हरेक बोट-बिरुवालाई प्रहार गर्नुका साथै हरेक रुख भाँचिदियो ।

    26इस्राएलीहरू बसेको गोशेन प्रदेशमा मात्र असिना परेको थिएन ।

  • 3परमप्रभुको हात खेतहरू, घोडाहरू, गधाहरू, ऊँटहरू, गाईवस्तुहरू र भेडा-बाख्राहरूमाथि पर्नेछ र यसले डरलाग्दो रोग उत्पन्‍न गराउनेछ ।

  • 30तर तपाईं र तपाईंका अधिकारीहरूको सवालमा तपाईंहरूले वास्तवमा परमप्रभुलाई आदर गर्नुहुन्‍न भनी म जान्दछु ।”

  • 15पुरै अन्धकार हुने गरी तिनीहरूले पुरै देशको सतहलाई ढाके । असिनाले नष्‍ट गरेर छाडेका रुखहरूका सबै फल र खेतका सबै बोट-बिरुवा तिनीहरूले खाइदिए । मिश्र देशभरि कुनै जीवित हरियो बिरुवा बाँकी रहेन न त खेतमा नै कुनै रुख-बिरुवा बाँकी रह्‍यो ।

  • 10ए मेरा चुटिएका र निफनिएकाहरू हो, मेरा खलाका सन्तानहरू हो! सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरबाट मैले जे सुनेको छु सो मैले तिमीहरूलाई घोषणा गरेको छु ।

  • 9डढुवा र ओसले मैले तिमीहरूलाई कष्‍ट दिएँ । तिमीहरूका असङ्ख्‍य बगैँचाहरू, तिमीहरूका दाखबारीहरू, तिमीहरूका नेभाराका रूखहरू, र जैतूनका रूखहरू, सलहले ती सबैलाई सखाप पारे । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।

  • 17अन्जिरका रूखहरूमा मुना नलागेपनि, र दाखका बोटहरूमा कुनै फल नलागेपनि, र जैतूनको रूखले केही नफलाए पनि, र भुमिले केही भोजन नदिएपनि, र खोरबाट बगाल हटाइएपनि, र गोठमा कुनै गाइवस्तु नभएपनि, म यही गर्नेछु ।

  • 21तर परमप्रभुको सन्देशलाई गम्भीरतापूर्वक नलिनेहरूले तिनीहरूका दासदासीहरू र गाईवस्तुहरूलाई खेतहरूमा छाडिदिए ।

  • 2तर अन्‍नका खला र दाखबारीका कोलले तिनीहरूलाई खुवाउनेछैन, र नयाँ दाखमद्य तिनीहरूका निम्ति पर्याप्‍त हुनेछैन ।

  • 5कटनीअगि फूल फुल्‍ने समय सिद्धिएपछि र फूल दाख हुँदैगर्दा, उहाँले छाँट्ने हँसियाहरूले छाँट्नुहुनेछ र उहाँले फैलिरहेको हाँगाहरूलाई काट्नुहुनेछ र लानुहुनेछ ।

  • 3यस्‍तो भयो, जति बेला इस्राएलीहरूले आफ्‍ना बालीहरू लगाउँथे, त्‍यति बेला मिद्दानीहरू र अमालेकीहरू र पूर्वका मानिसहरूले इस्राएलीहरूलाई आक्रमण गर्थे ।

  • 23त्यसपछि सुकेका, सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका अरू सातवटा अन्‍नका बाला तिनीहरू पछि पलाउन थाले ।

  • 25जब त्यसले जमिन तयार पार्छ, के त्यसले सूँप छर्ने र जीराको बीउ फैलाउने, गहुँलाई ड्‍याङमा रोप्‍ने र जौलाई ठिक ठाउँमा र कठियालाई यसको छेउहरूमा रोप्दैन?

  • आमो 9:8-9
    2 पदहरू
    68%

    8हेर्, परमप्रभु परमेश्‍वरको आँखा पापी राज्यमाथि पर्छ, र म त्यसलाई पृथ्वीको सतहबाट विनाश गर्नेछु, तर म याकूबको घरानालाई पूर्ण रूपमा नाश गर्नेछैनँ, यो परमप्रभुको घोषणा हो ।

    9हेर्, म एउटा आज्ञा दिनेछु, र कसैले अन्‍नलाई एउटा नाङ्लोमा निफनेझैं, सबै जातिहरूका बिचमा म इस्राएलको घरानालाई हल्‍लाउनेछु, ताकि सबभन्दा सानो ढुङ्गा पनि जमिनमा खस्‍नेछैन ।

  • 5दाख बटुल्‍ने समयसम्मै तिमीहरूले दाइँ गर्ने छौ, र रोपाइँको समयसम्मै दाख बटुल्‍ने छौ । तिमीहरूले भरपेट रोटी खाने छौ र भूमिमा तिमीहरूले जहाँ आफ्नो घर बसाल्छौ त्यहाँ सुरक्षितसाथ जिउने छौ ।

  • 32नदीका जँघारहरू कब्जा गरिएका छन् । शत्रुले सिमसारहरूमा आगो लगाउँदैछ, र बेबिलोनका योद्धाहरू अलमलमा पारिएका छन् ।”

  • 7किनकि मानिसहरूले बतास छर्छन्, र आँधिको कटनी गर्छन् । खडा बालीमा बालाहरू छैनन्, र त्यसले केही फसल दिंदैन । त्यसमा फसल लाग्‍यो भने, परदेशीहरूले त्यो सखाप पार्नेछन् ।

  • 19अब मानिसहरू पठाएर तेरा खेतहरूमा भएका तेरा गाईवस्तु र हरेक जे-जति छन् तिनलाई सुरक्षित स्थानमा जम्मा गर् । खेतमा भएका र घरमा नल्याइएका हरेक मानिस र पशुमाथि असिना बर्सनेछ र तिनीहरू मर्नेछन् ।”

  • 1¶ परमप्रभु परमेश्‍वरले मलाई यो कुरा देखाउनुभयो । हेर, बसन्‍त ऋतुको बाली मौलाउनै लाग्‍दा, उहाँले सलहको बथान तयार गर्नुभयो, अनि हेर, योचाहिं राजाको कटनी पछिको बाली थियो ।

  • 16मानिसहरू बाहिर निस्के र अरामीहरूको छाउनी लुटे । त्यसैले जस्‍तो परमप्रभुले भन्‍नुभएको थियो त्‍यस्‍तै भयो, एक ग्राम चाँदीमा डेढ माना पिठो र एक ग्राम चाँदीमा तिन माना जौ बेचियो ।

  • 40तब गहुँको साटोमा काँढा र जौँको साटो झारपात उम्रियोस् ।” अय्यूबका वचनहरू सकिए ।

  • 38तिमीहरूले खेतमा धेरै बिउ लगाउने छौ, तर थोरै मात्र कटनी गर्ने छौ किनकि सलहहरूले त्यसलाई खाइदिने छन् ।

  • 1¶ मैले परमप्रभुलाई वेदीको छेऊमा खडा हुनुभएको देखें, र उहाँले भन्‍नुभयो, “स्तम्भहरूका टुप्‍पाहरूमा हिर्का ताकि त्यसका जगहरू हल्लिऊन् । तिनलाई ती सबै जनाका शिरहरूमा टुक्रा-टुक्रा पार्, र तीमध्‍ये आखिरी बचेकोलाई म तरवारले मार्नेछु । तीमध्‍ये एक जना पनि निस्‍कनेछैनन्, तीमध्‍ये एक जना पनि भाग्‍नेछैन ।

  • 25तिमीहरू आफ्नो छिमेकीको अन्‍न पाकेको खेतमा जाँदा तिमीहरूले आफ्ना हातले अन्‍नका बाला टिप्‍न सक्छौ, तर पाकेको बालीमा हँसिया नलगाओ ।

  • 6त्यसपछि सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका अरू सातवटा अन्‍नका बाला तिनीहरू पछि पलाए ।

  • 9त्‍यसपछि गहूँ, जौ, सिमी, दाल, कोदो र कठिया लिएर एउटै भाँडामा हालेर तँ कोल्टे परेर सुत्‍ने दिनअनुसार तेरो लागि रोटी पका । ‌ तिन सय नब्‍बे दिनसम्‍म तैंले त्‍यो खानेछस् ।

  • 7जसले कटनी गर्नेको हात भर्न सक्दैन वा अन्‍नको बिटा बाँध्‍नेको छाती ढाक्‍न सक्दैन ।

  • 5कसैले जमिनलाई देख्‍न नसक्‍ने गरी तिनीहरूले भुइँलाई ढाक्‍नेछन् । असिनाबाट बचेर रहेका कुनै पनि चिज तिनीहरूले खाइदिनेछन् । खेतमा उम्रने हरेक रुखलाई पनि तिनीहरूले खाइदिनेछन् ।

  • 17त्यसैले तिनले खेतमा साँझसम्म शिला-बाला बटुलिन् । तिनले बटुलेकी अन्‍नका बालाहरू कुटिन् र अन्‍न झण्डै पाँच पाथी जति भयो ।

  • 14हेर्, तेरा मानिसहरू, तेरा छोराछोरी, तेरी पत्‍नीहरू र तेरा सबै धन-सम्‍पत्तिमा परमप्रभुले प्रहार गर्नुहुनेछ ।

  • 6तर तिनले तिनीहरूलाई कौसीमा लगेकी थिइन् र तिनले कौसीमाथि थुपारेकी सनको डाँठहरूमुनि लुकाएकी थिइन् ।

  • 14परमप्रभुलाई पहिलो फलहरूको अन्‍नबलि चढाउँदा, आगोमा सेकाइएको र पिसिएको ताजा अन्‍न चढाउनू ।

  • 12तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “सलहहरू मिश्र देशमा आऊन् भनी तेरो हात पसार् । असिनाको आक्रमणबाट बाँकी रहेका मिश्र देशका हरेक थोकमाथि तिनीहरूले आक्रमण गरून् ।”

  • 6परमप्रभुले अर्को दिन त्यही गर्नुभयो । मिश्रका सबै गाईवस्तु मरे, तर इस्राएलीहरूका पशुहरू भने जीवितै रहे, एउटै पनि मरेन ।

  • 11किनकि, हेर, परमप्रभुले एउटा आज्ञा दिनुहुनेछ, र ठुलो घर टुक्रा-टुक्रा हुनेछ, र सानो घरचाहिं धूलोपिठो हुनेछ ।

  • 9ती मिश्र देशभरि मसिनो धुलो बन्‍नेछन् । तिनले मिश्र देशका सबै मानिस र पशुहरूमा फोका र खटिरा ल्याउनेछन् ।”

  • 17त्यसैले तिमीहरूका फसल, तिमीहरूका छोराछोरी अनि तिमीहरूका खानेकुरा स्वाहा पारिनेछन् । तिनीहरूले तिमीहरूका भेडा-बाख्रा र गाईवस्तु खानेछन् । तिनीहरूले तिमीहरूका दाखका बोट र अञ्जीरका बोटहरूका फल खानेछन् । तिमीहरूले भरोसा गरेका तिमीहरूका किल्ला भएका सहरहरूलाई तिनीहरूले तरवारले नष्‍ट पार्नेछन् ।

  • 9तिमीहरूले आफ्ना जमिनको कटनी गर्दा पूर्ण रूपमा आफ्ना जमिनको कुना-कुनाहरूमा कटनी नगर्नू, न त आफ्ना फसल सबै बटुल्‍नू ।