यहेज्केल 4:9
त्यसपछि गहूँ, जौ, सिमी, दाल, कोदो र कठिया लिएर एउटै भाँडामा हालेर तँ कोल्टे परेर सुत्ने दिनअनुसार तेरो लागि रोटी पका । तिन सय नब्बे दिनसम्म तैंले त्यो खानेछस् ।
त्यसपछि गहूँ, जौ, सिमी, दाल, कोदो र कठिया लिएर एउटै भाँडामा हालेर तँ कोल्टे परेर सुत्ने दिनअनुसार तेरो लागि रोटी पका । तिन सय नब्बे दिनसम्म तैंले त्यो खानेछस् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
10तैंले खाने भोजनचाहिं तौलअनुसार हुनेछ, हरेक दिन बिस शेकेल दिनको र तोकिएको बेलामा तैंले त्यो खानेछस् ।
11अनि तैंले एक माना पानी पिउनेछस्, त्यो तैंले तोकिएको तोकिएको बेलामा पिउनेछस् ।
12जौका केकजस्तै बनाएर तैंले खानेछस्, तर तैंले मानिसहरूकै आँखाको सामुन्ने मानिसको दिसालाई दाउराको रूपमा प्रयोग गरेर त्यो पकाउनेछस् ।”
13किनकि परमप्रभु भन्नुहुन्छ, “यसको अर्थ यही हो कि इस्राएलीहरूलाई जुन-जुन जातिकहाँ म धपाउनेछु, उनीहरूका बिचमा तिनीहरूले यसरी नै दूषित भोजन खानेछन् ।”
3तब आफ्नो निम्ति एउटा फलामको तावा लि र सहर र तेरो बिचमा एउटा फलामको पर्खालझैं त्यो खडा गर् र तेरो मुहार सहरतिर फर्का, किनकि त्यो घेरा लाएको अवस्थामा हुनेछ, र तैंले त्यसलाई घेरा हाल्नुपर्छ । इस्राएलका घरानाको निम्ति यो एउटा चिन्ह हुनेछ ।
4त्यसपछि तँ देब्रेतिर कोल्टे परेर सुत्, र इस्राएलका घरानाको पाप त्यसमाथि राख् । जति समयसम्म तँ यसरी इस्राएलको घरानाको विरुद्धमा कोल्टो परिरहन्छस्, त्यति दिनसम्म तैंले तिनीहरूको पाप बोक्नेछस् ।
5तिनीहरूको पापका वर्षको संख्याकै बराबर तेरो लागि दिनको संख्या तोकेको छुः तिन सय नब्बे दिन । यसरी तैंले इस्राएलका घरानाको पाप बोक्नेछस् ।
6जब तैंले ती दिन पुरा गर्नेछन्, तब दोस्रो पटक दाहिनेतिर कोल्टे पर् र किनकि तैंले चालिस दिनसम्म यहूदाका घरानाको पाप बोक्नेछस् । मैले तँलाई प्रत्येक वर्षको लागि एक दिन तोकेको छु ।
7तेरो अनुहार यरूशलेमको घेरातर्फ फर्काएर राख् र पाखुरा नाङ्गै राखेर त्यस सहरको विरुद्धमा अगमवाणी भन् ।
8किनभने हेर्! म तँलाई डोरीहरूले कसी राख्नेछु, यसरी तेरा घेराको दिन समाप्त नहोउञ्जेल तँ यताउता फर्कन सक्नेछैनस् ।
15यसैले उहाँले मलाई भन्नुभयो, “हेर, म तँलाई मानिसहरूका दिसाको सट्टा गोबर प्रयोग गरेर तेरो रोटी पकाउन दिनेछु, यसैले तैंले त्यसमाथि आफ्नो रोटी पकाउन सक्छस् ।
16उहाँले मलाई यो पनि भन्नुभयो, “ए मानिसको छोरो, हेर, म यरूशलेमबाट अन्नको मूल बन्द गरिदिनेछु, र तिनीहरूले जोखी-जोखीकन चिन्तित भई तिनीहरूले रोटी खानेछन्, र जोखी-जोखीकन डराउँदै पानी पिउनेछन् ।
17किनकि तिनीहरूमा रोटी र पानीको अभाव हुनेछ, हरेक मानिसले आफ्नो दाजुभाइलाई देख्दा हताश हुनेछ र आफ्नो अधर्मले गर्दा तिनीहरू सुक्दैजानेछन् ।'
28सुत्ने ओछ्यान र ओड्ने कम्बलहरू, भाँडाहरू, जौको पिठो भुटेको अन्न, सिमी, दाल
26जब म तिमीहरूका भोजनको आपूर्ति रोकिदिने छु, दस जना स्त्रीले एउटै भाँडोमा तिमीहरूका निम्ति रोटी बनाउने छन्, र वजनअनुसार तिनीहरूले तिमीहरूका रोटी वितरण गर्ने छन् । तिमीहरूले खाने त छौ, तर तृप्त हुने छैनौ ।
1¶ उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, तैंले जे पाएको छस् त्यो खा । यो मुट्ठो खा, र गएर इस्राएलको घरानालाई भन् ।”
2यसैले मैले आफ्नो मुख खोलें, र उहाँले त्यो मुट्ठो मलाई खुवाउनुभयो ।
3उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, मैले तँलाई दिएको त्यो मुट्ठो खा र यसले तेरो पेट भर ।” यसैले मैले त्यो खाएँ, र त्यो मेरो मुखमा महझैं गुलियो थियो ।
2अखमिरी रोटी र खमिर नहाली तेलमा मुछेको फुरौला अनि तेल दलेको खमिरविनाको बाबर पनि लिएर आइज ।
19मसिनो पीठो, तेल र महले बनेको मेरो रोटी मैले तँलाई दिएँ— सुगन्धित बास्ना हुनलाई तैंले ती तिनीहरूका अगि चढाइस् किनकी यस्तै भएको छ— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
6चौथो महिनाको नवौं दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्यो, कि देशका मानिसहरूका लागि कुनै खानेकुरा नै थिएन ।
22तब मैले गरेझैं तिमीहरूले पनि गर्नेछौः तिमीहरूले आफ्नो अनुहारका रौं छोप्नेछैनौ, न त शोक गर्ने मानिसहरूका रोटी खानेछौ ।
3त्यस वर्षको चौथो महिनाको नवौँ दिनमा सहरमा यति घोर अनिकाल पर्यो कि देशका मानिसहरूका लागि खानेकुरा भएन ।
23परमप्रभुको सामु भएको खमिर नहालेको रोटीको टोकरीबाट एउटा रोटी, तेलमा पोलेको एउटा फुरौला र एउटा बाबर लिनू ।
3तिन हप्ता पुरै नबितेसम्म नै मैले कुनै मिठो खाना खाइनँ, न मासु खाएँ, न दाखमद्य पिएँ, न त मैले आफैंलाई तेलले अभिषेक गरें ।
4पहिलो महिनाको चौबीसौं दिनमा, जब म त्यो विशाल नदी (अर्थात् टाइग्रिस) को छेउमा थिएँ,
18“ए मानिसको छोरो, आफ्नो भोजन थरथर हुँदै खा, र काम्दै र चिन्ता गर्दै पानी पी ।
12तिनले भने, “कृपया, हामी तपाईंका सेवकहरूलाई दस दिनसम्म जाँच्नुहोस् । हामीलाई खानलाई सागपात र पिउनलाई पानी मात्र दिनुहोस् ।
14तिमीहरूले खानेछौ तर तृप्त हुनेछैनौ; तिमीहरूको खालीपन तिमीहरूभित्रै रहनेछ । तिमीहरू वस्तुहरू संचय गर्नेछौ तर जोगाउनेछैनौ, र तिमीहरूले जे जोगाउँछौ, त्यो म तरवारलाई दिनेछु ।
29तेरो लागि चिन्हचाहिँ यो हुने छः यो साल तैँले आफै उम्रेको अन्न खानेछस्, र अर्को साल त्यसैबाट उम्रेको खानेछस् । तर तेस्रो वर्षमा चाहिँ तैँले अन्न रोप्ने अनि कटनी गर्नेछस्, दाखबारी लगाउनेछस् र तिनका फल खानेछस् ।
19तिमीहरूले मासु एक दिन, दुई दिन, पाँच दिन, दस दिन वा बिस दिन मात्र खानेछेनौ,
41तर एलीशाले भने, “केही पिठो ल्याऊ ।” तिनले त्यसलाई भाँडोभित्र हाले र भने, “मानिसहरूलाई यो खान देऊ ताकि तिनीहरूले त्यो खानसकून् ।” तब त्यस भाँडोमा त्यस्तो हानिकारक कुनै कुरो बाँकी रहेन ।
42बाल-शलीशाको कोही एक जना मानिस परमेश्वरकका मानिसकहाँ आयो, र त्यसले अगौटे फलबाट तयार गरिएको जौँका बिसवटा रोटी र केही अन्नका ताजा बाला आफ्नो बोरामा लिएर आयो । त्यसले भन्यो, “यो मानिसहरूलाई दिनुहोस् ताकि तिनीहरूले खान सकून् ।”
17तैंले चूपचाप सुस्केरा हाल्नुपर्छ । मृतकको अन्तेष्टि नगर् । आफ्ना फेटा आफ्नो टाउकोमा बाँध र आफ्ना जुत्ता आफ्ना खुट्टामा लगा, तर आफ्नो मुखका रौं नढाक् वा आफ्ना पत्नीको मृत्युमा शोक गर्ने मानिसहरूका रोटी नखा ।”
16परमप्रभुले दिनुभएको आज्ञा यस्तो छः तिमीहरू हरेकले आफूलाई चाहिने बटुल अर्थात् तिमीहरूका मानिसहरूको सङ्ख्याअनुसार हरेकलाई एक-एक ओमेर बटुल । तिमीहरूको पालमा बस्ने हरेक व्यक्तिलाई पर्याप्त हुने गरी बटुल' ।”
21खानलाई र भण्डरण गर्नलाई सबै किसिमका खानेकुराहरू जम्मा गर्नू, जुन तेरो र तिनीहरूका निम्ति आहारा हुनेछ ।”
19मर्नु नपर्ने मानिसहरूलाई मार्नलाई र बाँच्न नपर्नेहरूको जीवन बचाउनलाई तिमीहरूका कुरा सुन्ने मेरा मानिसहरूलाई झुटा कुरा गरेर र आफ्ना दुई-चार मुट्ठी जौ र रोटीका केही टुक्राहरूका निम्ति मेरो मानिसहरूका बिचमा तिमीहरूले मलाई बिटुलो पार्यौ ।
9तिनीहरूलाई आफ्नै छोराछोरीको मासु खाने म बनाउनेछु । तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूद्वारा ल्याइएको घेराबन्दी र सङ्कष्टमा हरेक मानिसले आफ्नै छिमेकीको मासु खानेछ ।”
3उहाँले तिमीहरूलाई विनम्र तुल्याउनुभयो; भोकले पीडित तुल्याउनुभयो र मन्न खुवाउनुभयो जसलाई तिमीहरूले चिनेका थिएनौ न त तिमीहरूका पिता-पुर्खाहरले चिनेका थिए । मानिस रोटीले मात्र नभई परमप्रभुको मुखबाट निस्केको हरेक कुराले बाँच्दछ भनी तिमीहरूलाई बुझाउन उहाँले यसो गर्नुभयो ।
13“ए मानिसको छोरो, कुनै देशले पाप गरेर मेरो विरुद्धमा पाप गर्छ, ताकि त्यसको विरुद्धमा आफ्नो हात पसारें र त्यसको खाद्य भण्डार म नाश गरें, र अनिकाल ल्याएँ र मानिस र पशु दुवैलाई नाश गरें भने,
13तिमीहरूले दिनेपर्ने योगदान यही हो: गहुँको एक होमेरसँग एपाको छैटौंभाग, र जौको एक होमेरसँग एपाको छैटौंभाग तिमीहरूले दिनेछौ ।
30तेरो निम्ति चिन्ह यो हुनेछ, “यो वर्ष तैंले आफै उम्रेका कुरा खानेछस्, र दोस्रो वर्षमा त्यसबाट उम्रेका कुरा खानेछस् । तर तेस्रो वर्ष तैंले रोप्नुपर्छ र कटनी गर्नुपर्छ, दाखबारी रोप्नुपर्छ र तिनका फल खानुपर्छ ।
2घेराबन्दीका दिन समाप्त हुन्छन्, तब रौंको एक तिहाइलाई सहरभित्र आगोमा जलाइदे, र अर्को एक तिहाइलाई चाहिं सहरका चारैतिर तरवारले टुक्रा-टुक्रा पारिदे । अनि बाँकी एक तिहाइचाहिं हावामा उडाइदे, र मानिसहरूलाई केद्न म तरवार थुत्नेछु ।
22सोलोमनको एक दिनको खाना पचहत्तर मुरी मसिनो पिठो, एक सय पचास मुरी अन्न,
32मोशाले भने, “परमप्रभुले दिनुभएको आज्ञा यही होः एक ओमेर मन्न तिमीहरूको पुस्तौँसम्मको लागि राख ताकि तिमीहरूका सन्तानहरूले मैले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याएपछि उजाड-स्थानमा खुवाएको यो रोटी देख्न सकून्' ।”
29तिमीहरूले आफ्ना छोराछोरीहरूका मासु खाने छौ ।
21त्यसैले राजा सिदकियाहले एउटा हुकुम दिए । तिनका अधिकारीहरूले यर्मियालाई गारदको चोकमा थुने । सहरमा सबै रोटी नसकुञ्जेलसम्म तिनलाई हरेक दिन एउटा रोटी दिइन्थ्यो । यसरी यर्मिया गारदको चोकमा रहे ।
5तिमीहरूले एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पिठोलाई होमबलिको रूपमा चढाउनुपर्छ ।
8तर ए मानिसको छोरो, मैले तँलाई भनिरहेको कुरा सुन् । त्यो विद्रोही घरानाझैं तँ विद्रोही नहो । तेरो मुख खोल्, र मैले तँलाई जे दिन गइरहेको छु त्यो खा!”