यिर्मिया 52:6

अनलक शाब्दिक बाइबल

चौथो महिनाको नवौं दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्‍यो, कि देशका मानिसहरूका लागि कुनै खानेकुरा नै थिएन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 3:1 : 1 ¶ हेर, सर्वशक्तिमान् परमप्रभुले यरूशलेम र यहूदाबाट, टेवा र लट्टी: अर्थात् रोटीको सारा आफुर्ती र पानीको सारा आपुर्ती,
  • २ राजा 25:3 : 3 त्यस वर्षको चौथो महिनाको नवौँ दिनमा सहरमा यति घोर अनिकाल पर्‍यो कि देशका मानिसहरूका लागि खानेकुरा भएन ।
  • यिर्मि 38:9 : 9 “हे मेरा मालिक राजा, यी मानिसहरूले यर्मिया अगमवक्तासँग जसरी व्‍यवहार गरे त्‍यो दुष्‍ट काम हो । सहरमा खानलाई अब कुनै कुरा नभएको हुनाले भोकले मर्नलाई तिनीहरूले तिनलाई इनारमा हाले ।”
  • यिर्मि 39:2 : 2 सिदकियाहको एघारौं वर्षको चौथो महिनाको नवौँ दिनमा सहरको पर्खाल भत्काइयो ।
  • विलाप 4:4-6 : 4 दूध चुस्‍ने शिशुको जिब्रो तिर्खाले गर्दा तालुमा टाँसिन्छ । बालबालिकाहरूले खानेकुरा माग्छन्, तर तिनीहरूका लागि केही छैन । 5 मिठा-मिठा खानेकुरा खाएर भोज गर्नेहरू सडकहरूमा भोकले मर्छन् । वैजनी वस्‍त्र लगाएर हुर्काइएकाहरू अहिले खरानीको थुप्रोमा बस्छन् । 6 मेरो जातिकी छोरीको दण्ड सदोमको भन्दा ठुलो छ, जसलाई एकै क्षणमा फ्याँकिएको थियो, र कसैको हातले त्यसलाई सहायता गरेको थिएन ।
  • विलाप 5:10 : 10 भोकको रापले गर्दा हाम्रो छाला चुलोझैँ तातिएको छ ।
  • यहे 4:9-9 : 9 त्‍यसपछि गहूँ, जौ, सिमी, दाल, कोदो र कठिया लिएर एउटै भाँडामा हालेर तँ कोल्टे परेर सुत्‍ने दिनअनुसार तेरो लागि रोटी पका । ‌ तिन सय नब्‍बे दिनसम्‍म तैंले त्‍यो खानेछस् । 10 तैंले खाने भोजनचाहिं तौलअनुसार हुनेछ, हरेक दिन बिस शेकेल दिनको र तोकिएको बेलामा तैंले त्‍यो खानेछस् । 11 अनि तैंले एक माना पानी पिउनेछस्, त्यो तैंले तोकिएको तोकिएको बेलामा पिउनेछस् । 12 जौका केकजस्‍तै बनाएर तैंले खानेछस्, तर तैंले मानिसहरूकै आँखाको सामुन्‍ने मानिसको दिसालाई दाउराको रूपमा प्रयोग गरेर त्‍यो पकाउनेछस् ।” 13 किनकि परमप्रभु भन्‍नुहुन्छ, “यसको अर्थ यही हो कि इस्राएलीहरूलाई जुन-जुन जातिकहाँ म धपाउनेछु, उनीहरूका बिचमा तिनीहरूले यसरी नै दूषित भोजन खानेछन्‌ ।” 14 तर मैले भनें, “धिक्‍कार, हे परमप्रभु परमेश्‍वर, म कहिले पनि अशुद्ध भएको छैनँ । युवावस्‍थादेखि अहिलेसम्‍म कहिल्‍यै आफै मरेको थोक अथवा पशुले मारेको कुरा वा दुषित मासु मैले कहिलै खाएको छैनँ ।” 15 यसैले उहाँले मलाई भन्‍नुभयो, “हेर, म तँलाई मानिसहरूका दिसाको सट्टा गोबर प्रयोग गरेर तेरो रोटी पकाउन दिनेछु, यसैले तैंले त्यसमाथि आफ्नो रोटी पकाउन सक्छस् । 16 उहाँले मलाई यो पनि भन्‍नुभयो, “ए मानिसको छोरो, हेर, म यरूशलेमबाट अन्‍नको मूल बन्‍द गरिदिनेछु, र तिनीहरूले जोखी-जोखीकन चिन्‍तित भई तिनीहरूले रोटी खानेछन्, र जोखी-जोखीकन डराउँदै पानी पिउनेछन्‌ । 17 किनकि तिनीहरूमा रोटी र पानीको अभाव हुनेछ, हरेक मानिसले आफ्नो दाजुभाइलाई देख्‍दा हताश हुनेछ र आफ्‍नो अधर्मले गर्दा तिनीहरू सुक्‍दैजानेछन्‌ ।'
  • यहे 5:10-12 : 10 यसकारण तेरै बिचमा बुबाहरूले छोराछोरीलाई र छोराहरूले आफ्‍ना बुबाहरूलाई खानेछन्‌, किनकि म तँमाथि दण्‍ड ल्‍याउनेछु र तेरा बाँचेकाहरू सबैलाई चारैतिर तितरबितर पारिदिनेछु । 11 यसकारण जस्‍तो म जीवित छु—यो परमप्रभु परमेश्‍वरको घोषणा हो—तेरा सबै घृणित कुराहरू र तैंले गरेका सबै घिनलाग्‍दा कामहरूले मेरो पवित्रस्‍थानलाई तैंले बिटुलो पारेको हुनाले म आफै तेरो संख्‍या घटाउनेछु । मेरो आँखाले तँलाई टिठ्याउनेछैन, र म तँलाई छोड्नेछैनँ । 12 तेरा मानिसमध्ये एक तिहाइ रूढीले मर्नेछौ, र तिमीहरूकै माझमा तिनीहरूलाई अनिकालले नष्‍ट गर्नेछ । एक तिहाइचाहिं तँलाई घेरा हालेका तरवारले मर्नेछन् । तब एक तिहाइलाई चाहिं म चारैतिर तितरबितर पार्नेछु, र तिनीहरूलाई खेद्‌न तरवार पनि थुत्‍नेछु ।
  • यहे 7:15 : 15 घर बाहिर तरवार अनि भित्र रूढी र अनिकाल छन्‌ । खेतमा हुनेहरू तरवारले मारिनेछन्‌, जबकी सहरमा हुनेचाहिं अनिकाल र रूढीले नष्‍ट हुनेछन्‌ ।
  • यहे 14:21 : 21 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यरूशलेमको विरुद्धा मेरा चारवटा दण्‍डहरू— तरवार, अनिकाल, जङ्गली पशुहरू र रूढी पठाएर, त्‍यहाँका मानिस र पशुहरू दुवैलाई देशबाट नाश गरेर म धैरै खराब तुल्‍याउनेछु ।
  • जक 8:19 : 19 “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: चौथो, साथौँ, र दशौँ महिनाका उपवासहरू यहूदाका घरानाको निम्ति आनन्द, हर्ष, र खुशीका पर्वहरूका समय हुनेछन्! यसैले सत्य र शान्तिलाई प्रेम गर!
  • लैव्य 26:26 : 26 जब म तिमीहरूका भोजनको आपूर्ति रोकिदिने छु, दस जना स्‍त्रीले एउटै भाँडोमा तिमीहरूका निम्ति रोटी बनाउने छन्, र वजनअनुसार तिनीहरूले तिमीहरूका रोटी वितरण गर्ने छन् । तिमीहरूले खाने त छौ, तर तृप्‍त हुने छैनौ ।
  • व्यव 28:52-53 : 52 तिमीहरूले भरोसा गरेका सहरहरूका अग्ला र मजबुत पर्खालहरू नढालेसम्म तिनीहरूले तिमीहरूका सहरहरूलाई घेराबन्दी गर्ने छन् । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको तिमीहरूको देशका सबै सहरलाई तिनीहरूले घेराबन्दी गर्ने छन् । 53 तिमीहरूका शत्रुहरूले तिमीहरूमाथि कष्‍ट ल्याएको समयमा र तिमीहरूलाई घेराबन्दी गर्दा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएका तिमीहरूका आफ्नै सन्तान अर्थात् छोराछोरीका मासु खाने छौ ।
  • व्यव 32:24 : 24 तिनीहरू भोकले नष्‍ट हुने छन्, र प्रचण्ड ताप र डरलाग्दो विनाशले भस्म हुने छन् । भुइँमा घस्रने जन्तुहरूको विषसहित म तिनीहरूकहाँ जङ्गली जनावरहरूको दाह्रा, पठाउने छु ।
  • यिर्मि 15:2 : 2 यस्‍तो हुनेछ, तिनीहरूले तँलाई यसो भन्‍नेछन्, 'हामी कहाँ जाने?' तब तैंले तिनीहरूलाई भन्‍नुपर्छ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मृत्युको निम्ति साँचिएकाहरू मृत्युमा जानुपर्छ । तरवारको निम्ति साँचिएकाहरू तरवारमा जानुपर्छ । अनिकालको निम्ति साँचिएकाहरू अनिकालमा जानुपर्छ, र निर्वासनको निम्ति साँचिएकाहरू निर्वासनमा जानुपर्छ ।'
  • यिर्मि 19:9 : 9 तिनीहरूलाई आफ्नै छोराछोरीको मासु खाने म बनाउनेछु । तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूद्वारा ल्याइएको घेराबन्दी र सङ्कष्‍टमा हरेक मानिसले आफ्नै छिमेकीको मासु खानेछ ।”
  • यिर्मि 21:9 : 9 यस सहरमा बस्‍ने कुनै पनि व्‍यक्ति तरवार, अनिकाल र विपत्तिले मर्नेछ, तर यहाँबाट बाहिर निस्‍केर जाने र तिमीहरूका विरुद्धमा घेराबन्दी गर्ने कल्दीहरूका सामु आफ्‍ना घुँडा टेक्‍ने कुनै पनि व्‍यक्ति बाँच्नेछ । उसले आफ्नो प्राण बचाउनेछ ।
  • यिर्मि 25:10 : 10 म आनन्द र खुसीको सोर, दुलहा र दुलहीको सोर, जाँतो पिंधेको सोर र बत्तिको उज्यालोको अन्त्य गरिदिनेछु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ राजा 25:1-4
    4 पदहरू
    93%

    1¶ राजा सिदकियाहको शासनकालको नवौँ वर्षको दसौँ महिनाको दसौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्ना सबै सेना लिएर यरूशलेमको विरुद्धमा आए । तिनले यसको सामु छाउनी हाले र तिनीहरूले यसको चारैतिर घेरा हाले ।

    2त्यसैले राजा सिदकियाहको शासनकालको एघारौँ वर्षसम्म सहरलाई घेरा हालियो ।

    3त्यस वर्षको चौथो महिनाको नवौँ दिनमा सहरमा यति घोर अनिकाल पर्‍यो कि देशका मानिसहरूका लागि खानेकुरा भएन ।

    4तब सहरको पर्खाल तोडेर भित्र प्रवेश गरियो र रातमा राजाको बगैँचानेर भएका दुईवटा पर्खालको बिचको ढोकाको बाटोबाट सबै योद्धा भागे, जबकि कल्दीहरूले सहरको चारैतिर घेरा लगाई राखेकै थिए । राजा अराबाको दिशातिर गए ।

  • यिर्मि 52:3-5
    3 पदहरू
    84%

    3परमप्रभुले आफ्नो सामुबाट तिनीहरूलाई नधपाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा घटे । तब सिदकियाह बेबिलोनको विरुद्धमा विद्रोह गरे ।

    4राजा सिदकियाहको शासनकालको नवौं वर्षको दसौं महिनाको दसौं दिनमा बेबिलोनका राजा नबूकदनेसर यरूशलेमको विरुद्धमा आफ्ना सबै सेनासँगै आए । तिनीहरूले यसको सामु छाउनी हाले, र तिनीहरूले यसको चारैतिर घेराबन्दी गरे ।

    5यसरी राजा सिदकियाहको शासनकालको एघारौं वर्षसम्म सहरलाई घेराबन्दी गरियो ।

  • यिर्मि 39:1-2
    2 पदहरू
    80%

    1¶ यहूदाका राजाको नवौँ वर्षको दसौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर यरूशलेमका विरुद्धमा आफ्ना सबै सेना लिएर आए, र यसलाई घेराबन्दी गरे ।

    2सिदकियाहको एघारौं वर्षको चौथो महिनाको नवौँ दिनमा सहरको पर्खाल भत्काइयो ।

  • यिर्मि 52:7-8
    2 पदहरू
    77%

    7तब सहरको पर्खाल भत्काइयो, र कल्दीहरू सहरको चारैतिर भए तापनि सहरको पर्खाललाई भत्काएर सबै योद्धा रातमा राजाको बगैंचानेर भएका दुईवटा पर्खालको बिचको ढोकाको बाटो भएर भागे । तिनीहरू अराबाको दिशातिर गए ।

    8तर कल्दीहरूका सेनाले राजा सिदकियाहलाई खेदे, र यरीहो नजिकैको यर्दन नदीका मैदानहरूमा भेट्टाए । तिनका सबै सेना तिनीबाट तितर-बितर भए ।

  • 12अब बेबिलोनका राजा नबूकदनेसरको राज्‍य सुरु गरेको उन्‍नाइसौं वर्षको पाँचौं महिनाको दसौं दिनमा नबूजरदान यरूशलेममा आए । तिनी राजाका अङ्गरक्षकहरूका कमान्‍डर अनि बेबिलोनका राजाका सेवक थिए ।

  • 9यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको पाँचौं वर्षको नवौँ महिनामा यरूशलेमका सबै मानिस र यहूदाका सहरहरूबाट यरूशलेम आएका सबै मानिसले परमप्रभुको सामु उपवासको घोषणा गरे ।

  • 9“हे मेरा मालिक राजा, यी मानिसहरूले यर्मिया अगमवक्तासँग जसरी व्‍यवहार गरे त्‍यो दुष्‍ट काम हो । सहरमा खानलाई अब कुनै कुरा नभएको हुनाले भोकले मर्नलाई तिनीहरूले तिनलाई इनारमा हाले ।”

  • 13घोर अनिकालको कारण पुरै देशमा कुनै खानेकुरा थिएन । अनिकालद्वारा मिश्र र कनान दुवै देश कमजोर भए ।

  • 21हाम्रो निर्वासनको बाह्रौं वर्षको दशौं महिनाको पाँचौं दिनमा, यरूशलेमबाट एक जना भगुवा मकहाँ आयो र भन्यो, “त्यो सहरलाई कब्जा गरिएको छ!”

  • 21त्यसैले राजा सिदकियाहले एउटा हुकुम दिए । तिनका अधिकारीहरूले यर्मियालाई गारदको चोकमा थुने । सहरमा सबै रोटी नसकुञ्जेलसम्म तिनलाई हरेक दिन एउटा रोटी दिइन्थ्यो । यसरी यर्मिया गारदको चोकमा रहे ।

  • 8अब बेबिलोनका राजा नबूकदनेसरको शासनकालको उन्‍नाइसौँ वर्षको पाँचौँ महिनाको सातौँ दिनमा बेबिलोनका राजाका सेवक अनि अङ्गरक्षकहरूका सेनापति नबूजरदान यरूशलेममा आए ।

  • 3यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको समयदेखि यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको एघारौं वर्षको पाँचौं महिनासम्म, यरूशलेमका मानिसहरू कैदीका रूपमा नलगिएसम्‍म नै परमप्रभुको वचन आइरह्यो ।

  • 1¶ नवौं वर्षको दशौं महिनाको र महिनको दशौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 7यो परमप्रभुको घोषणा हो, यसपछि यहूदाका राजा सिदकियाह, त्यसका सेवकहरू, मानिसहरू अनि रुढी, तरवार र अनिकालको प्रहारद्वारा पछि यस सहरमा बाँकी रहेकाहरू सबैलाई बेबिलोनका राजा नबूकदनेसर, र तिनीहरूको जीवन लिन खोज्ने तिनीहरूका शत्रुहरूको हातमा म दिनेछु । त्‍यसपछि उसले तिनीहरूलाई तरवारले मार्नेछ । उसले तिनीहरूलाई दया देखाउने, छोडिदिने वा कृपा गर्नेछैन ।'

  • यहे 4:8-9
    2 पदहरू
    71%

    8किनभने हेर्! म तँलाई डोरीहरूले कसी राख्‍नेछु, यसरी तेरा घेराको दिन समाप्‍त नहोउञ्‍जेल तँ यताउता फर्कन सक्‍नेछैनस्‌ ।

    9त्‍यसपछि गहूँ, जौ, सिमी, दाल, कोदो र कठिया लिएर एउटै भाँडामा हालेर तँ कोल्टे परेर सुत्‍ने दिनअनुसार तेरो लागि रोटी पका । ‌ तिन सय नब्‍बे दिनसम्‍म तैंले त्‍यो खानेछस् ।

  • यहे 4:16-17
    2 पदहरू
    71%

    16उहाँले मलाई यो पनि भन्‍नुभयो, “ए मानिसको छोरो, हेर, म यरूशलेमबाट अन्‍नको मूल बन्‍द गरिदिनेछु, र तिनीहरूले जोखी-जोखीकन चिन्‍तित भई तिनीहरूले रोटी खानेछन्, र जोखी-जोखीकन डराउँदै पानी पिउनेछन्‌ ।

    17किनकि तिनीहरूमा रोटी र पानीको अभाव हुनेछ, हरेक मानिसले आफ्नो दाजुभाइलाई देख्‍दा हताश हुनेछ र आफ्‍नो अधर्मले गर्दा तिनीहरू सुक्‍दैजानेछन्‌ ।'

  • 1¶ त्यही वर्ष अर्थात् यहूदाका राजा सिदकियाहले राज्‍य गरेको चौथो वर्षको पाँचौं महिनामा अज्‍जूरका छोरा, गिबोनमा बस्‍ने अगमवक्ता हनन्याहले परमप्रभुको मन्दिरमा पुजारीहरू र सबै मानिसको सामु मसित बोले । तिनले भने,

  • 54योसेफले भनेजस्तै गरी सात वर्षको अनिकालको थालनी भयो । सबै देशहरूमा अनिकाल परेको थियो तर मिश्र देशमा भने अनाज थियो ।

  • 36त्यसकारण अब, 'तरवार, अनिकाल, र विपत्तिद्वारा यो बेबिलोनका राजाको हातमा दिइएको छ,' भनेर तिमीहरूले भन्‍दै गरेको यस सहरको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ।

  • २ राजा 24:10-11
    2 पदहरू
    70%

    10त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका सेनाले यरूशलेमलाई आक्रमण गर्‍यो र सहरलाई घेरा हाल्‍यो ।

    11बेबिलोनका राजा नबूकदनेसरका सिपाहीहरूले सहरलाई घेरा हालेकै समयमा तिनी सहरमा आए,

  • 69%

    14यरूशलेमको वरिपरि भएका पर्खालहरूका सन्‍दर्भमा, अङ्गरक्षकहरूका कमान्‍डरको अधीनमा रहेका बेबिलोनका सबै सेनाले ती नष्‍ट पारे ।

    15सबैभन्दा गरिब मानिसहरू, सहरमा बाँकी रहेका मानिसहरू, बेबिलोनका राजाकहाँ भागेर गएकाहरू र बाँकी रहेका कारीगरहरूका विषयमा, अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले तीमध्‍ये कसैलाई निर्वासनमा लगे ।

  • यिर्मि 32:1-2
    2 पदहरू
    69%

    1¶ यहूदाका राजा सिदकियाहको दसौं वर्ष, नबूकदनेसरको अठारौं वर्षमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो ।

    2त्यस बेला बेबिलोनका राजाको सेनाले यरूशलेमलाई घेराबन्दी गर्दै थियो, र यर्मिया अगमवक्ता यहूदाका राजमहलको गारदको चोकमा थुनामा राखिएका थिए ।

  • 1¶ देशमा अति भयानक अनिकाल परेको थियो ।

  • 11हेर्, यस्‍ता दिनहरू आउँदैछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जति बेला देशमा म अनिकाल पठाउनेछु, त्‍यो रोटीको अनिकाल होइन, न त पानीको तिर्खाको हो, तर त्‍यो परमप्रभुको वचन सुन्‍ने कुराको हो।

  • 4जब यहूदाका राजा सिदकियाह र सबै योद्धाले तिनीहरूलाई देखे, तिनीहरू भागे । तिनीहरू रातमा दुई पर्खालको बिचमा भएको ढोकाबाट छिरेर राजको बगैँचाको बाटो भएर सहरबाट भागे । राजा अराबा जाने बाटोतिर लागे ।

  • 1¶ यहूदाका राजा यहोयाकीमका शासनकालको तेस्रो वर्षमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आए र यसका सबै आपूर्तिहरू बन्द गर्न सहरलाई घेरा हाले ।

  • 8अनि कल्दीहरूले राजदरबार र मानिसका घरहरू जलाए । तिनीहरूले यरूशलेमका पर्खालहरू पनि भत्काए ।

  • 1¶ यहूदाका सबै मानिसको विषयमा यर्मियाकहाँ आएको वचन यही हो । यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा यो वचन आयो । त्यो बेबिलोनका राजा नबूकदनेसरको पहिलो वर्ष थियो ।

  • 1¶ खडेरीको सम्‍बन्‍धमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो,

  • 69%

    29नबूकदनेसरको अठारौं वर्षमा तिनले यरूशलेमबाट ८३२ जना मानिसलाई लगे ।

    30नबूकदनेसरको तेइसौं वर्षमा अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले यहूदाका ७४५ जना मानिसलाई लगे । निर्वासित भएका जम्मा मानिस ४,६०० जना थिए ।

  • 9तिनीहरूलाई आफ्नै छोराछोरीको मासु खाने म बनाउनेछु । तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूद्वारा ल्याइएको घेराबन्दी र सङ्कष्‍टमा हरेक मानिसले आफ्नै छिमेकीको मासु खानेछ ।”

  • 1¶ हेर, सर्वशक्तिमान् परमप्रभुले यरूशलेम र यहूदाबाट, टेवा र लट्टी: अर्थात् रोटीको सारा आफुर्ती र पानीको सारा आपुर्ती,

  • 9तरवारले मारिएकाहरू भोकले मरेकाहरूभन्दा खुसी थिए । जमिनको फसलको कमीको कारणले तिनीहरू भोकाएर सुक्दै जान्छन्।

  • 2त्‍यस महिनाको पाँचौं दिनमा— यहोयाकीन राजा निर्वासित भएको यो पाँचौं वर्ष थियो—

  • 9यस सहरमा बस्‍ने कुनै पनि व्‍यक्ति तरवार, अनिकाल र विपत्तिले मर्नेछ, तर यहाँबाट बाहिर निस्‍केर जाने र तिमीहरूका विरुद्धमा घेराबन्दी गर्ने कल्दीहरूका सामु आफ्‍ना घुँडा टेक्‍ने कुनै पनि व्‍यक्ति बाँच्नेछ । उसले आफ्नो प्राण बचाउनेछ ।

  • 11त्यसका सबै मानिसले रोटीको खोजी गर्दा तिनीहरू सुस्केरा हाल्छन् । आफ्ना प्राण बचाउनलाई खानाको लागि तिनीहरूले आफ्ना बहुमूल्य खजानाहरू दिएका छन् । हे परमप्रभु, हेर्नुहोस्, र मलाई विचार गर्नुहोस्, किनकि म बेकम्मा भएको छु ।