यिर्मिया 38:9

अनलक शाब्दिक बाइबल

“हे मेरा मालिक राजा, यी मानिसहरूले यर्मिया अगमवक्तासँग जसरी व्‍यवहार गरे त्‍यो दुष्‍ट काम हो । सहरमा खानलाई अब कुनै कुरा नभएको हुनाले भोकले मर्नलाई तिनीहरूले तिनलाई इनारमा हाले ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 52:6 : 6 चौथो महिनाको नवौं दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्‍यो, कि देशका मानिसहरूका लागि कुनै खानेकुरा नै थिएन ।
  • एस्थ 7:4-6 : 4 किनकि म र मेरो मानिसहरू नाश पारिन, मारिन र नामेट पारिन बेचिएका छौँ । हामी दास-दासीको रूपमा मात्र दासत्वमा बेचिएका भए म चुप रहन्थेँ किनकि त्यस्तो दुःखले मात्र त महाराजालाई बाधा दिनु न्यासङ्गत हुँदैन ।” 5 तब राजा अहासूरसले रानी एस्तरलाई सोधे, “त्यो को हो? यस्तो कुरा गर्न आफ्नो हृदय भरेर बस्‍ने त्यो व्यक्ति कहाँ छ? 6 एस्तरले जवाई दिइन्, “त्यो विरोधी, शत्रु यही दुष्‍ट हामान हो ।” तब हामान राजा र रानीको सामु डरले थरथर काँपे ।
  • अय्यू 31:34 : 34 (किनकि ठुलो भिडदेखि म डराएँ, परिवारहरूको निन्दाले मलाई त्रसित पार्‍यो, जसको कारणले म चुप लागें र बाहिर गइनँ), तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।
  • नीति 24:11-12 : 11 मृत्युको लागि लगिँदै गरेकाहरूलाई छुटकारा दे, र मारिनका लागि ढुनमुनिएकाहरूलाई बचा । 12 “हामीलाई यस विषयमा केही थाहा थिएन,” भनी तैँले भनिस् भने के हृदयको जाँच गर्नुहुनेले तैँले भनिरहेको कुरालाई बुझ्नुहुन्‍न र? तेरो जीवनको रखवाली गर्नुहुनेलाई के यो कुरा थाहा छैन र? के परमेश्‍वरले हरेकलाई त्यसको प्रतिफलअनुसार दिनुहुन्‍न र?
  • नीति 31:8-9 : 8 बोल्न नसक्‍नेहरू र नष्‍ट भइरहेकाहरूको अधिकारको लागि बोल् । 9 आवाज उठा, र जे ठिक छ त्यसको नापअनुसार न्याय गर्, अनि गरिब र खाँचोमा परेकाहरूको अधिकारको निम्ति बोल् ।
  • यिर्मि 37:21-38:6 : 21 त्यसैले राजा सिदकियाहले एउटा हुकुम दिए । तिनका अधिकारीहरूले यर्मियालाई गारदको चोकमा थुने । सहरमा सबै रोटी नसकुञ्जेलसम्म तिनलाई हरेक दिन एउटा रोटी दिइन्थ्यो । यसरी यर्मिया गारदको चोकमा रहे । 1 ¶ मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा यहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसलाई घोषणा गरिरहेका यी वचन सुने । तिनले भन्‍दै थिए, 2 “परमप्रभु यसो भन्‍नुहुन्छः यस सहरमा बस्‍ने कुनै पनि व्‍यक्‍ति तरवार, अनिकाल र विपत्तिले मारिनेछ । तर निस्‍केर कल्दीहरूकहाँ जाने कुनै पनि व्‍यक्‍ति बाँच्नेछ । त्यसले आफ्नो प्राण बचाउनेछ, र जिउनेछ । 3 परमप्रभु यसो भन्‍नुहुन्छः यो सहर बेबिलोनका राजाको सेनाको हातमा दिइनेछ, र उसले यसलाई कब्जा गर्नेछ ।” 4 त्यसैले अधिकारीहरूले राजालाई भने, “यो मान्छे मरोस्, किनकि यसरी यो मानिसले यस सहरमा बाँकी रहेका योद्धाहरू र सबै मानिसको हातलाई कमजोर पार्दै छ । त्यसले यी वचनहरू घोषणा गर्दैछ, किनकि मानिसहरूको सुरक्षाको लागि उसले केही गरिरहेको छैन, तर विपत्तिको घोषणा गर्दैछ ।” 5 त्यसैले राजा सिदकियाहले भने, “तिमीहरूको विरोध गर्न कुनै राजाले पनि नसक्‍ने हुनाले ऊ तिमीहरूकै हातमा छ ।” 6 तब तिनीहरूले यर्मियालाई लगे, र राजकुमार मल्कियाहको इनारमा फालिदिए । यो इनार गारदको चोकमा थियो । तिनीहरूले यर्मियालाई डोरीद्वारा तल झारे । इनारमा पानी थिएन, तर त्‍यसमा दलदले हिलो थियो, र तिनी हिलोमा गाडिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 84%

    10तब राजाले कूशी एबेद-मेलेकलाई हुकुम गरे । तिनले भने, “यहाँबाट तिस जना मानिस साथमा लिएर जाऊ र यर्मिया अगमवक्ता मर्नुअगि तिनलाई इनारबाट निकाल ।”

    11त्यसैले एबेद-मेलेकले ती मानिसहरूलाई लिए र राजदरबारको एउटा भण्डर कोठामा गए । त्यहाँबाट तिनले थोत्रा र फाटेका कपडाहरू निकाले, र त्‍यसपछि तिनले इनारमा यर्मियाको लागि डोरीले बाँधेर ती झारिदिए ।

    12कूशी एबेद-मेलेकले यर्मियालाई भने, “तिम्रा पाखुरा र डोरीहरूको माथिपट्टि यी थोत्रा र फाटेका लुगाहरू लगाऊ ।” यर्मियाले त्यसै गरे ।

    13त्यसपछि तिनीहरूले यर्मियालाई डोरीको सहायताले ताने । यसरी तिनीहरूले तिनलाई इनारबाट बाहिर निकाले । यसरी यर्मिया गारदको चोकमा बसे ।

    14तब राजा सिदकियाहले खबर पठाए र यर्मिया अगमवक्तालाई आफूकहाँ परमप्रभुको मन्दिरको तेस्रो प्रवेशद्वारमा ल्याए । राजाले यर्मियालाई भने, “म तिमीलाई केही कुरो सोध्‍न चाहन्छु । मबाट जवाफ नलुकाऊ ।”

    15यर्मियाले सिदकियाहलाई भने, “मैले तपाईंलाई जवाफ दिएँ भने, के तपाईंले मलाई साँच्‍चै नै मार्नुहुन्‍न त?” तर मैले तपाईंलाई सल्लाह दिएँ भने तपाईंले सुन्‍नुहुनेछैन ।”

    16तर राजा सिदकियाहले यर्मियासित गुप्‍तमा वाचा बाँधे र भने, “हामीलाई बनाउनुहुने जीवित परमप्रभुको नाउँमा शपथ खाएर भन्दछु, कि म तिमीलाई मार्नेछैनँ वा तिम्रो ज्यान लिन खोज्नेहरूको हातमा सुम्पिदिनेछैनँ ।”

    17त्यसैले यर्मियाले सिदकियाहलाई भने, “परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तँ वास्तवमै बेबिलोनका राजाका अधिकारीहरूकहाँ गइस् भने, तँ बाँच्नेछस्, र यो सहर जलाइनेछैन । तँ र तेरो परिवार बाँच्नेछन् ।

  • यिर्मि 38:4-8
    5 पदहरू
    83%

    4त्यसैले अधिकारीहरूले राजालाई भने, “यो मान्छे मरोस्, किनकि यसरी यो मानिसले यस सहरमा बाँकी रहेका योद्धाहरू र सबै मानिसको हातलाई कमजोर पार्दै छ । त्यसले यी वचनहरू घोषणा गर्दैछ, किनकि मानिसहरूको सुरक्षाको लागि उसले केही गरिरहेको छैन, तर विपत्तिको घोषणा गर्दैछ ।”

    5त्यसैले राजा सिदकियाहले भने, “तिमीहरूको विरोध गर्न कुनै राजाले पनि नसक्‍ने हुनाले ऊ तिमीहरूकै हातमा छ ।”

    6तब तिनीहरूले यर्मियालाई लगे, र राजकुमार मल्कियाहको इनारमा फालिदिए । यो इनार गारदको चोकमा थियो । तिनीहरूले यर्मियालाई डोरीद्वारा तल झारे । इनारमा पानी थिएन, तर त्‍यसमा दलदले हिलो थियो, र तिनी हिलोमा गाडिए ।

    7राजदरबारमा भएका नपुंसकमध्ये कूशी एबेद-मेलेक एक जना थिए । तिनीहरूले यर्मियालाई इनारमा राखे भनी तिनले सुने । त्यस बेला राजा बेन्यामीनको मूल ढोकामा बसिरहेका थिए ।

    8त्यसैले एबेद-मेलेक राजदरबाट गए र राजासित बात गरे । तिनले भने,

  • 78%

    15अधिकारीहरू यर्मियासित रिसाए । तिनीहरूले तिनलाई कुटे र थुनामा हाले जुन सचिव जोनाथनको घर थियो, किनकि तिनीहरूले यसलाई झ्यालखानामा परिणत गरेका थिए ।

    16यसरी यर्मियालाई झ्यालखानाको कालकोठरीमा हालियो, जहाँ तिनी धेरै दिनसम्म रहे ।

    17तब राजा सिदकियाहले कसैलाई पठाए जसले तिनलाई दरबारमा ल्याए । आफ्नो महलमा राजाले तिनलाई गुप्‍तमा सोधे, “के परमप्रभुबाट कुनै वचन आएको छ?” यर्मियाले जवाफ दिए, “वचन छः तपाईंलाई बेबिलोनका राजाको हातमा दिइनेछ ।”

    18तब यर्मियाले सिदकियाह राजालाई भने, “तपाईं, तपाईंका सेवकहरू र यी मानिसहरूको विरुद्धमा मैले कसरी पाप गरें जसको कारण तपाईंले मलाई झ्यालखानामा हाल्‍नुभयो?

    19तपाईंका ती अगमवक्ताहरू कहाँ छन् जसले तपाईंको निम्‍ति अगमवाणी बोले र यसो भने, कि बेबिलोनका राजा तपाईं र यस देशको विरुद्धमा आउनेछैनन्?

    20तर हे मेरा मालिक राजा, अब सुन्‍नुहोस् । मेरा बिन्ती हजुरको सामु राख्‍न दिनुहोस् । मलाई सचिव जोनाथनको घरमा नफर्काउनुहोस्, नत्रता म त्यहीँ मर्नेछु ।”

    21त्यसैले राजा सिदकियाहले एउटा हुकुम दिए । तिनका अधिकारीहरूले यर्मियालाई गारदको चोकमा थुने । सहरमा सबै रोटी नसकुञ्जेलसम्म तिनलाई हरेक दिन एउटा रोटी दिइन्थ्यो । यसरी यर्मिया गारदको चोकमा रहे ।

  • 74%

    14तिनीहरूका मानिसहरूले यर्मियालाई गारदको चोकबाट लिएर गए, र घरमा नै लैजान शापानका नाति, अहीकामका छोरा गदल्याहको हातमा जिम्मा दिए । यसरी यर्मिया मानिसहरूकै बिचमा बसे ।

    15यर्मिया गारदको चोकमा गिरफ्तार भएकै बेलामा परमप्रभुको वचन यसो भनेर तिनीकहाँ आयो,

    16“कूशी एबेद-मेलेकलाई भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यस सहरको विरुद्धमा भलाई नभई विपत्ति ल्याएर मैले मेरा वचन पुरा गर्नै लागेको छु । त्यस दिन तेरै सामु यी सबै वचन पुरा हुनेछन् ।

  • 6चौथो महिनाको नवौं दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्‍यो, कि देशका मानिसहरूका लागि कुनै खानेकुरा नै थिएन ।

  • 3त्यस वर्षको चौथो महिनाको नवौँ दिनमा सहरमा यति घोर अनिकाल पर्‍यो कि देशका मानिसहरूका लागि खानेकुरा भएन ।

  • 73%

    24तब सिदकियाहले यर्मियालाई भने, “यी वचनको विषयमा कसैलाई नभन, जसले गर्दा तिमी मारिनेछैनौ ।

    25मैले तिमीसित कुराकानी गरेको कुरा अधिकारीहरूले सुने र तिमीकहाँ आएर यसो भन्‍छन् भने, 'तिमीले राजालाई के भन्यौ, सो हामीलाई बताऊ, र हामीबाट त्‍यो नलुकाऊ, नत्र तिमीलाई हामी मर्नेछौ,'

    26तब तिमीले तिनीहरूलाई यसो भन्‍नू, 'राजाले मलाई जोनाथनको घरमा मर्नलाई नपठाऊन् भनी मैले राजाको सामु विनम्र बिन्ती चढाएँ' ।”

    27तब सबै अधिकारी यर्मियाकहाँ आए र तिनलाई प्रश्न गरे, यसैले राजाले तिनलाई निर्देशन दिएअनुसार तिनले उनीहरूलाई जवाफ दिए । उनीहरूले यर्मिया र राजाको बिचमा भएको बातचितलाई नसुनेका हुनाले उनीहरूले तिनीसित थप कुराकानी गरेनन् ।

    28यसरी यरूशलेम कब्जा नभएसम्म यर्मिया गारदको चोकमा नै बसे ।

  • 14जो झुकेका छ, परमप्रभुले मुक्‍त गर्न हतार गर्नुहुनेछ । ऊ मर्ने र तल खाडलमा जानेछैन, न रोटीको कमी हुनेछ ।

  • 2अङ्गरक्षकका कप्‍तानले यर्मियालाई लगे र भने, “परमप्रभु तिम्रा परमेश्‍वरले यस ठाउँको लागि यो विपत्तिको आज्ञा दिनुभयो ।

  • यिर्मि 38:1-2
    2 पदहरू
    71%

    1¶ मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा यहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसलाई घोषणा गरिरहेका यी वचन सुने । तिनले भन्‍दै थिए,

    2“परमप्रभु यसो भन्‍नुहुन्छः यस सहरमा बस्‍ने कुनै पनि व्‍यक्‍ति तरवार, अनिकाल र विपत्तिले मारिनेछ । तर निस्‍केर कल्दीहरूकहाँ जाने कुनै पनि व्‍यक्‍ति बाँच्नेछ । त्यसले आफ्नो प्राण बचाउनेछ, र जिउनेछ ।

  • 11बेबिलोनका राजा नबूकदेनसरले राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदानलाई यर्मियाको विषयमा हुकुम दिएका थिए,

  • 6तब यर्मिया अगमवक्ताले यरूशलेममा यी सबै वचन यहूदाका राजा सिदकियाहलाई घोषणा गरे ।

  • यिर्मि 32:2-3
    2 पदहरू
    70%

    2त्यस बेला बेबिलोनका राजाको सेनाले यरूशलेमलाई घेराबन्दी गर्दै थियो, र यर्मिया अगमवक्ता यहूदाका राजमहलको गारदको चोकमा थुनामा राखिएका थिए ।

    3यहूदाका राजा सिदकियाहले तिनलाई थुनामा राखे र भने, “तिमी किन यसो भन्दै अगमवाणी बोल्छौ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले यस सहरलाई बेबिलोनका राजाको हातमा दिनै लागेको छु, र उसले यसलाई कब्जा गर्नेछ ।

  • 4यस बेला यर्मिया मानिसहरूकहाँ आउने र जाने गर्थे, किनकि तिनलाई अझै पनि थुनामा राखिएको थिएन ।

  • 69%

    19सिदकियाह राजाले यर्मियालाई भने, “तर कल्दीहरूकहाँ भागेर गएका यहूदाका मानिसहरूदेखि म डराएको छु, किनकि ममाथि खराब व्‍यवहार गर्नलाई मलाई तिनीहरूको हातमा सुम्‍पिएला ।”

    20यर्मियाले भने, “तिनीहरूले तपाईंलाई उनीहरूका हातमा सुम्पिनेछैनन् । परमप्रभुबाट आएको सन्देशलाई मान्‍नुहोस्, जुन मैले तपाईंलाई बताउँदैछु जसले गर्दा तपाईंको भलो हुनेछ, र जसले गर्दा तपाईं बाँच्नुहुनेछ ।

  • 3हामीलाई बेबिलोनमा बन्दी बनाएर लैजान र मार्नका लागि कल्दीहरूको हातमा सुम्पिदिन नेरियाहका छोरा बारूकले तिमीलाई हाम्रो विरुद्धमा उक्साउँदैछन् ।”

  • 15किनकि मलाई वास्तवमा हिब्रूहरूका देशबाट अपहरण गरी ल्याइएको थियो । यहाँ पनि यस झ्यालखानामा राखिनुपर्ने कुनै काम मैले गरेको छैन ।”

  • 7यो परमप्रभुको घोषणा हो, यसपछि यहूदाका राजा सिदकियाह, त्यसका सेवकहरू, मानिसहरू अनि रुढी, तरवार र अनिकालको प्रहारद्वारा पछि यस सहरमा बाँकी रहेकाहरू सबैलाई बेबिलोनका राजा नबूकदनेसर, र तिनीहरूको जीवन लिन खोज्ने तिनीहरूका शत्रुहरूको हातमा म दिनेछु । त्‍यसपछि उसले तिनीहरूलाई तरवारले मार्नेछ । उसले तिनीहरूलाई दया देखाउने, छोडिदिने वा कृपा गर्नेछैन ।'

  • यिर्मि 26:8-9
    2 पदहरू
    68%

    8त्‍यसैले जब परमप्रभुले यर्मियालाई भन्‍नू भनी आज्ञा गर्नुभएका वचन तिनले घोषणा गरेर सके, तब पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसले तिनलाई समाते र भने, “तँ निश्‍चय नै मर्नेछस् ।

    9यो मन्दिर शीलोझैं हुनेछ र यो सहर बासिन्दारहित उजाड हुनेछ भनेर किन परमप्रभुको नाउँमा अगमवाणी गरिस्?” किनकि सबै मानिसले परमप्रभुको मन्दिरमा यर्मियाको विरुद्धमा भिड जम्मा गरेका थिए ।

  • 21तिनीहरू अति व्याकूल भएर र भोकाएर देशमा हिंड्‍नेछन् । जब तिनीहरू भोकाउँछन्, तब तिनीहरू रिसाउनेछन्, र तिनीहरूले आफ्नो अनुहार माथि उचाल्‍दा, आफ्‍ना राजा र आफ्‍ना परमेश्‍वरलाई सराप्‍नेछन् ।

  • 13तिमी किन मर्ने—तिमी र तिम्रा मानिसहरू तरवार, अनिकाल र विपत्तिले किन मर्ने, जसरी बेबिलोनका राजाको सेवा गर्न इन्कार गर्ने जातिको विषयमा मैले घोषणा गरेको छु?

  • 9तरवारले मारिएकाहरू भोकले मरेकाहरूभन्दा खुसी थिए । जमिनको फसलको कमीको कारणले तिनीहरू भोकाएर सुक्दै जान्छन्।

  • 17किनकि तिनीहरूमा रोटी र पानीको अभाव हुनेछ, हरेक मानिसले आफ्नो दाजुभाइलाई देख्‍दा हताश हुनेछ र आफ्‍नो अधर्मले गर्दा तिनीहरू सुक्‍दैजानेछन्‌ ।'