यिर्मिया 37:4
यस बेला यर्मिया मानिसहरूकहाँ आउने र जाने गर्थे, किनकि तिनलाई अझै पनि थुनामा राखिएको थिएन ।
यस बेला यर्मिया मानिसहरूकहाँ आउने र जाने गर्थे, किनकि तिनलाई अझै पनि थुनामा राखिएको थिएन ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
14तिनीहरूका मानिसहरूले यर्मियालाई गारदको चोकबाट लिएर गए, र घरमा नै लैजान शापानका नाति, अहीकामका छोरा गदल्याहको हातमा जिम्मा दिए । यसरी यर्मिया मानिसहरूकै बिचमा बसे ।
15यर्मिया गारदको चोकमा गिरफ्तार भएकै बेलामा परमप्रभुको वचन यसो भनेर तिनीकहाँ आयो,
12तब यर्मिया यरूशलेमबाट प्रस्थान गरेर बेन्यामीनको इलाकामा गए । त्यहाँ तिनले आफ्ना मानिसहरूका बिचमा आफ्नो जग्गाको अंश लिन चाहन्थे ।
13जसै तिनी बेन्यामीनको मूल ढोकामा पुगे, त्यहाँ मुख्य पहरेदार थिए । तिनको नाउँ यिरियाह थियो, जो हनन्याहका नाति, शेलेम्याहका छोरा थिए । तिनले यर्मिया अगमवक्तालाई समाते र भने, “तिमी कल्दीहरूकहाँ भागेर जाँदैछौ ।”
14तर यर्मियाले भने, “त्यो साँचो होइन । म कल्दीहरूकहाँ भागेर जानेछैन ।” तर यिरियाहले तिनको कुरा सुनेनन् । तिनले यर्मियालाई समाते र अधिकारीहरूकहाँ लगे ।
15अधिकारीहरू यर्मियासित रिसाए । तिनीहरूले तिनलाई कुटे र थुनामा हाले जुन सचिव जोनाथनको घर थियो, किनकि तिनीहरूले यसलाई झ्यालखानामा परिणत गरेका थिए ।
16यसरी यर्मियालाई झ्यालखानाको कालकोठरीमा हालियो, जहाँ तिनी धेरै दिनसम्म रहे ।
17तब राजा सिदकियाहले कसैलाई पठाए जसले तिनलाई दरबारमा ल्याए । आफ्नो महलमा राजाले तिनलाई गुप्तमा सोधे, “के परमप्रभुबाट कुनै वचन आएको छ?” यर्मियाले जवाफ दिए, “वचन छः तपाईंलाई बेबिलोनका राजाको हातमा दिइनेछ ।”
18तब यर्मियाले सिदकियाह राजालाई भने, “तपाईं, तपाईंका सेवकहरू र यी मानिसहरूको विरुद्धमा मैले कसरी पाप गरें जसको कारण तपाईंले मलाई झ्यालखानामा हाल्नुभयो?
19तपाईंका ती अगमवक्ताहरू कहाँ छन् जसले तपाईंको निम्ति अगमवाणी बोले र यसो भने, कि बेबिलोनका राजा तपाईं र यस देशको विरुद्धमा आउनेछैनन्?
13त्यसपछि तिनीहरूले यर्मियालाई डोरीको सहायताले ताने । यसरी तिनीहरूले तिनलाई इनारबाट बाहिर निकाले । यसरी यर्मिया गारदको चोकमा बसे ।
14तब राजा सिदकियाहले खबर पठाए र यर्मिया अगमवक्तालाई आफूकहाँ परमप्रभुको मन्दिरको तेस्रो प्रवेशद्वारमा ल्याए । राजाले यर्मियालाई भने, “म तिमीलाई केही कुरो सोध्न चाहन्छु । मबाट जवाफ नलुकाऊ ।”
2त्यस बेला बेबिलोनका राजाको सेनाले यरूशलेमलाई घेराबन्दी गर्दै थियो, र यर्मिया अगमवक्ता यहूदाका राजमहलको गारदको चोकमा थुनामा राखिएका थिए ।
3यहूदाका राजा सिदकियाहले तिनलाई थुनामा राखे र भने, “तिमी किन यसो भन्दै अगमवाणी बोल्छौ, 'परमप्रभु यसो भन्नुहुन्छः मैले यस सहरलाई बेबिलोनका राजाको हातमा दिनै लागेको छु, र उसले यसलाई कब्जा गर्नेछ ।
5फारोको सेना मिश्रदेशबाट आयो, र यरूशलेमलाई घेराबन्दी गर्ने कल्दीहरूले तिनीहरूका बारेमा खबर सुने र यरूशलेम छाडे ।
6तब परमप्रभुको वचन यर्मिया अगमवक्ताकहाँ यसो भनेर आयो,
27तब सबै अधिकारी यर्मियाकहाँ आए र तिनलाई प्रश्न गरे, यसैले राजाले तिनलाई निर्देशन दिएअनुसार तिनले उनीहरूलाई जवाफ दिए । उनीहरूले यर्मिया र राजाको बिचमा भएको बातचितलाई नसुनेका हुनाले उनीहरूले तिनीसित थप कुराकानी गरेनन् ।
28यसरी यरूशलेम कब्जा नभएसम्म यर्मिया गारदको चोकमा नै बसे ।
1¶ तब यर्मिया गारदको चोकमा थुनिएकै अवस्थामा परमप्रभुको वचन दोस्रो पटक तिनीकहाँ यसो भनेर आयो,
1¶ रामामा राजाका अङ्गरक्षकका कप्तान नबूजरदानले यर्मियालाई मुक्त गरेपछि परमप्रभुबाट यर्मियाकहाँ यो वचन आयो । तिनले यर्मियालाई बेबिलोनमा निर्वासनमा लगिने यरूशलेम र यहूदाका सबै बन्दीका बिचमा साङ्लाले बाँधिएको भेट्टाए ।
2अङ्गरक्षकका कप्तानले यर्मियालाई लगे र भने, “परमप्रभु तिम्रा परमेश्वरले यस ठाउँको लागि यो विपत्तिको आज्ञा दिनुभयो ।
2तर सिदकियाह, तिनका सेवकहरू र देशका मानिसले यर्मिया अगमवक्ताको हातद्वारा परमप्रभुले घोषणा गर्नुभएको उहाँको वचनलाई सुनेनन् ।
3त्यसैले राजा सिदकियाह, शेलेम्याहका छोरा यहूकल र मासेयाहका छोरा सपन्याह पुजारीले यर्मिया अगमवक्तालाई एउटा सन्देश पठाए । तिनीहरूले यसो भने, “हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्वरसँग प्रार्थना गर ।”
8राजा सिदकियाहले यरूशलेमका सबै मानिससित तिनीहरूको छुटकाराको घोषणा गर्ने करार बाँधेपछि यर्मियाकहाँ परमप्रभुको यो वचन आयो,
21त्यसैले राजा सिदकियाहले एउटा हुकुम दिए । तिनका अधिकारीहरूले यर्मियालाई गारदको चोकमा थुने । सहरमा सबै रोटी नसकुञ्जेलसम्म तिनलाई हरेक दिन एउटा रोटी दिइन्थ्यो । यसरी यर्मिया गारदको चोकमा रहे ।
1¶ मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा यहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसलाई घोषणा गरिरहेका यी वचन सुने । तिनले भन्दै थिए,
5त्यसैले राजा सिदकियाहले भने, “तिमीहरूको विरोध गर्न कुनै राजाले पनि नसक्ने हुनाले ऊ तिमीहरूकै हातमा छ ।”
6तब तिनीहरूले यर्मियालाई लगे, र राजकुमार मल्कियाहको इनारमा फालिदिए । यो इनार गारदको चोकमा थियो । तिनीहरूले यर्मियालाई डोरीद्वारा तल झारे । इनारमा पानी थिएन, तर त्यसमा दलदले हिलो थियो, र तिनी हिलोमा गाडिए ।
8त्यसैले एबेद-मेलेक राजदरबाट गए र राजासित बात गरे । तिनले भने,
5यर्मियाले जवाफ नदिएपछि नबूजरदानले भने, “शापानका नाति, अहीकामका छोरा गदल्याहकहाँ जाऊ, जसलाई बेबिलोनका राजाले यहूदाका सहरहरूको रेखदेख गर्ने जिम्मा दिएका छन् । मानिसहरूका बिचमा तिनीसँगै बस वा तिम्रो दृष्टिमा जहाँ जानु उचित लाग्छ, त्यहीँ जाऊ ।” राजाक अङ्गरक्षकका कप्तानले तिनलाई खाना र उपहार दिए, र त्यसपछि तिनलाई पठाए ।
6त्यसैले यर्मिया मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ गए । तिनी देशमा छाडिएका मानिसहरूकै बिचमा तिनीसित बसे ।
4तब यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए, र परमप्रभुले यर्मियासँग बोल्नभएको सबै वचनको आवाज तिनको मुखबाट सुनेर बारूकले एउटा मुट्ठोमा लेखे ।
5त्यसपछि यर्मियाले बारूकलाई एउटा आज्ञा दिए । तिनले भने, “म थुनामा छु, र परमप्रभुको मन्दिरमा जान सक्दिनँ ।
14तब यर्मिया तोपेतबाट गए, जहाँ अगमवाणी बोल्न परमप्रभुले तिनलाई पठाउनुभएको थियो । तिनी परमप्रभुको मन्दिरको चोकमा खडा भए र तिनले सबै मानिसलाई भने,
12तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
1¶ परमप्रभु तिनीहरूका परमेश्वरले यर्मियालाई भन्न दिनुभएका परमप्रभु तिनीहरूका परमेश्वरका सबै वचन तिनले सबै मानिसहरूलाई भनेर सिद्ध्याए ।
11बेबिलोनका राजा नबूकदेनसरले राजाका अङ्गरक्षकका कप्तान नबूजरदानलाई यर्मियाको विषयमा हुकुम दिएका थिए,
24तर शापानका छोरा अहीकामको हात यर्मियासित थियो । त्यसैले तिनलाई मारिनलाई मानिसहरूका हातमा दिइएन ।
4जब यहूदाका राजा सिदकियाह र सबै योद्धाले तिनीहरूलाई देखे, तिनीहरू भागे । तिनीहरू रातमा दुई पर्खालको बिचमा भएको ढोकाबाट छिरेर राजको बगैँचाको बाटो भएर सहरबाट भागे । राजा अराबा जाने बाटोतिर लागे ।
1¶ यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो, अनि उहाँले भन्नुभयो,
9यो मन्दिर शीलोझैं हुनेछ र यो सहर बासिन्दारहित उजाड हुनेछ भनेर किन परमप्रभुको नाउँमा अगमवाणी गरिस्?” किनकि सबै मानिसले परमप्रभुको मन्दिरमा यर्मियाको विरुद्धमा भिड जम्मा गरेका थिए ।
1¶ परमप्रभुको यो वचन यर्मियाकहाँ त्यति बेला आयो, जति बेला सिदकियाह राजाले मल्कियाहका छोरा पशहूर र मासेयाहका छोरा पुजारी सपन्याहलाई तिनीकहाँ पठाए, र तिनीहरूले भने,
12त्यसैले परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
7यर्मियाले परमप्रभुको मन्दिरमा यी वचन घोषणा गरेका पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसले सुने ।
21तर जान तपाईंले इन्कार गर्नुभयो भने त परमप्रभुले मलाई देखाउनुभएको कुरो यही हो ।
24तब सिदकियाहले यर्मियालाई भने, “यी वचनको विषयमा कसैलाई नभन, जसले गर्दा तिमी मारिनेछैनौ ।
25मैले तिमीसित कुराकानी गरेको कुरा अधिकारीहरूले सुने र तिमीकहाँ आएर यसो भन्छन् भने, 'तिमीले राजालाई के भन्यौ, सो हामीलाई बताऊ, र हामीबाट त्यो नलुकाऊ, नत्र तिमीलाई हामी मर्नेछौ,'
26तब राजाले एक जना आफन्त यरहमेल, अज्रीएलका छोरा सरायाह र अबदीलका छोरा शेलेम्याहलाई सचिव बारूक र यर्मिया अगमवक्तालाई गिरफ्तार गर्ने हुकुम गरे, तर परमप्रभुले तिनीहरूलाई लुकाउनुभएको थियो ।
3त्यसैले यर्मियाले तिनीहरूलाई भने, “तिमीहरूले सिदकियाहलाई यसो भन्नुपर्छ,
17त्यसैले यर्मियाले सिदकियाहलाई भने, “परमप्रभु सर्वशक्तिमान् परमेश्वर, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः तँ वास्तवमै बेबिलोनका राजाका अधिकारीहरूकहाँ गइस् भने, तँ बाँच्नेछस्, र यो सहर जलाइनेछैन । तँ र तेरो परिवार बाँच्नेछन् ।