दानिएल 1:12
तिनले भने, “कृपया, हामी तपाईंका सेवकहरूलाई दस दिनसम्म जाँच्नुहोस् । हामीलाई खानलाई सागपात र पिउनलाई पानी मात्र दिनुहोस् ।
तिनले भने, “कृपया, हामी तपाईंका सेवकहरूलाई दस दिनसम्म जाँच्नुहोस् । हामीलाई खानलाई सागपात र पिउनलाई पानी मात्र दिनुहोस् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
13त्यसपछि राजाका मिठा भोजन खाने जवान मानिसहरूका सामु हाम्रो अनुहार कस्तो देखिन्छ तुलना गरेर हेर्नुहोस्, र हामी तपाईंका सेवकहरूलाई तपाईंले जे देख्नुहुन्छ, त्यसअनुसार व्यवहार गर्नुहोस् ।”
14यसैले भण्डारे तिनका कुरामा सहमत भए, र तिनले दस दिनसम्म तिनीहरूको जाँच गरे ।
15दस दिनको अन्त्यमा, राजाका मीठा भोजन खाने सबै जवान मानिसहरूभन्दा तिनीहरूका अनुहार बढी स्वस्थ देखिए, र तिनीहरूले बढी पोषण पाएका देखा परे ।
16यसैले ती भण्डारेले तिनीहरूका सबै राजकीय मीठा भोजन र दाखमद्य हटाइदिए, अनि तिनीहरूलाई सागपात मात्र दिए ।
17यी चार जना जवान मानिसहरूका विषयमा परमेश्वरले तिनीहरूलाई सबै साहित्य र बुद्धिमा ज्ञान र अन्तर्दृष्टि दिनुभयो, अनि दानिएलले सबै किसिमका दर्शनहरू र सपनाहरू बुझ्न सक्थे ।
18तिनीहरूलाई हाजिर गराउनलाई राजाले दिएका समयको अन्तमा, प्रमुख अधिकारीले तिनीहरूलाई भित्र नबूकदनेसरको सामु लगे ।
19राजाले तिनीहरूसँग कुरा गरे, र दानिएल, हनन्याह, मीशाएल र अजर्याहसँग तुलना गर्नलाई सम्पूर्ण समूहमा अरू कोही भेटिएन । तिनीहरू राजाको सामु तिनको सेवा गर्न खडा भए ।
20राजाले तिनीहरूलाई सोधेका ज्ञान र समझका सबै प्रश्नहरूमा, तिनको सारा राज्यमा भएका जादुगरहरू र मृतहरूसँग बातचित गर्न सक्छौं भनेर दावी सबै जनाभन्दा तिनीहरू दस गुणा असल थिए ।
3राजाले आफ्ना प्रमुख अधिकारी अशपेनजलाई इस्राएलका राजकीय परिवार र कुलिनहरूबाट केही मानिसहरू ल्याउने हुकुम गरे—
4खोटबिनाका जवान मानिसहरू, आकर्षक देखिनेहरू, सबै बुद्धिका सीप भएकाहरू, ज्ञान र समझले भरिएकाहरू, र राजाको दरवारमा सेवा पुर्याउनलाई योग्यहरू हुनुपर्थ्यो । तिनले उनीहरूलाई बेबिलोनका साहित्य र भाषा सिकाउनुपर्थ्यो ।
5राजाले आफ्ना मीठा भोजन र आफूले पिउने दाखमद्यबाट तिनीहरूका निम्ति दैनिक भाग अलग गर्थे । ती जवान मानिसहरूलाई तिन वर्षसम्म तालिम दनुपर्थ्यो, र त्यसपछि, तिनीहरूले राजाको सेवा गर्नुपर्थ्यो ।
6यहूदाका ती मानिसमध्ये कोही दानिएल, हनन्याह, मीशाएल र अजर्याह थिए ।
7प्रमुख अधिकारीले तिनीहरूलाई यी नाउँहरू दिए: दानिएललाई तिनले बेलतसजर भने, हनन्याहलाई तिनले शद्रक भने, मीशाएललाई तिनले मेशक भने र अजर्याहलाई तिनले अबेद्नगो भने ।
8तर दानिएलले राजाका मीठा भोजन र तिनले पिउने दाखमद्यले आफैंलाई अशुद्ध नपार्नलाई आफ्नो मनमा इच्छा गरे । यसैले तिनले आफैंलाई अशुद्ध पार्नु नपरोस् भनेर प्रमुख अधिकारीसँग तिनले अनुमति मागे ।
9अब प्रमुख अधिकारीले दानिएललाई गरेको आदरद्वारा परमेश्वरले तिनलाई कृपा र सहानुभूति देखाउनुभयो ।
10प्रमुख अधिकारीले दानिएललाई यसो भने, “म आफ्ना मालिक, महाराजादेखि डराउँछु । तिमीले के खाने र पिउने भन्ने बारेमा उहाँले आज्ञा गर्नुभएको छ । तिमीहरूकै उमेरका अरू जवान मानिसहरूभन्दा तिमीहरू उहाँको सामु किन कमजोर देखिने?”
11तब दानिएल, हनन्याह, मीशाएल र अजर्याहमाथि प्रमुख अधिकारीले खटाएका भण्डारेसँग दानिएलले कुरा गरे ।
9त्यसपछि गहूँ, जौ, सिमी, दाल, कोदो र कठिया लिएर एउटै भाँडामा हालेर तँ कोल्टे परेर सुत्ने दिनअनुसार तेरो लागि रोटी पका । तिन सय नब्बे दिनसम्म तैंले त्यो खानेछस् ।
10तैंले खाने भोजनचाहिं तौलअनुसार हुनेछ, हरेक दिन बिस शेकेल दिनको र तोकिएको बेलामा तैंले त्यो खानेछस् ।
11अनि तैंले एक माना पानी पिउनेछस्, त्यो तैंले तोकिएको तोकिएको बेलामा पिउनेछस् ।
2ती दिनहरूमा म दानिएल, तिन हप्तासम्म शोक गरिरहें ।
3तिन हप्ता पुरै नबितेसम्म नै मैले कुनै मिठो खाना खाइनँ, न मासु खाएँ, न दाखमद्य पिएँ, न त मैले आफैंलाई तेलले अभिषेक गरें ।
16त्यसपछि दानिएल भित्र गए र राजासँग भेट गर्न दिन अनुरोध गरे जसले गर्दा तिनले सपनाको अर्थ राजालाई बताउन सकून्।
17त्यसपछि दानिएल आफ्नो घरमा गए र जे भएको थियो त्यो हनन्याह, मीशाएल र अजर्याहलाई बताए ।
18यो रहस्यको विषयमा स्वर्गका परमेश्वरको कृपा खोज्न तिनले उनीहरूलाई अनुरोध गरे, ताकि उनीहरू र तिनी बेबिलोनका अन्य ख्यातिप्राप्त बुद्धिमान् मानिसहरूसँगै नमारिऊन् ।
11अनि यी एकसाथ मिलेर षड्यन्त्र गरेका मानिसहरूले दानिएलले परमेश्वरसँग बिन्ती गरेका र उहाँसँग मदत मागेका देखे ।
12तब तिनीहरू राजाको नजिक गए र तिनको उर्दिको विषयमा तिनीसँग कुरा गरे: “हे महाराजा, के आउँदो तिस दिनसम्म हजुर, महाराजाबाहेक अरू कुनै देवता वा मानिसलाई प्रार्थना गर्ने मानिस सिंहको खोरमा फालिनुपर्छ भनेर हजुरले उर्दि निक्लनुभएको थिएन र?” राजाले जवाफ दिए, “मादी र फारसीहरूको ऐनअनुसार यो निश्चित छ, र यो हेरफेर हुन सक्दैन ।”
13तब तिनीहरूले राजालाई जवाफ दिए, “यहूदाका निर्वासितहरूमध्ये एक जना ती दानिएलले हजुर, महाराजा, वा हजुरले दस्तखत गर्नुभएको उर्दिको वेवास्ता गर्छन् । तिनले आफ्नो परमेश्वरलाई दिनको तिन पटक प्रार्थना गर्छन् ।”
11हे परमप्रभु, म बिन्ती गर्छु, कि तपाईंको नाउँको आदर गर्ने तपाईंका दास र तपाईंका दासहरूको प्रार्थना सुन्नुहोस् । आज तपाईंको दासलाई सफलता दिनुहोस्, र यस मानिसको दृष्टिमा उसलाई कृपा देखाउनुहोस् ।” म राजाको मद्य टक्र्याउने व्यक्तिको रूपमा काम गर्थें ।
7राज्यका सबै प्रमुख प्रशासकहरू र क्षेत्रीय गभर्नरहरू र प्रदेशीय गभर्नरहरू, सल्लाहकारहरू, र अन्य गभर्नरहरूले एकसाथ सल्लाह गरी यो निर्णय गरेका छौं, कि राजाले एउटा यस्तो उर्दि निकाली त्यसलाई लागु गर्नुहोस्, र भन्नुहोस्, तिस दिनसम्म हजुरबाहेक अरू कुनै देवता वा मानिसलाई कसैले प्रार्थना गर्यो भने, त्यो मानिस सिंहको खोरमा फालिनुपर्छ ।
36हेर्नुहोस्, हामी दास भएका छौँ । अहिले हामी तपाईंले हाम्रा पिता-पुर्खाहरूलाई त्यसका फलहरू खान र त्यसका असल उब्जनीहरू उपभोग गर्नलाई दिनुभएको यही देशमा हामी दास भएका छौँ ।
18एउटा गोरु, छवटा मोटा-मोटा भेडा र कुखुराहरू हरेक दिन खानलाई जुटाइनुपर्थ्यो, र दस-दस दिनपछि चाहिँ सबै किसिमका दाखमद्य प्रचुर मात्रामा जुटाइन्थ्यो । यति हुँदाहुँदै पनि मैले राज्यपालको भोजनको भत्ताको माग गरिनँ किनकि मानिसहरूमाथि ठुलो बोझ परेको थियो ।
5अनि यी मानिसहरूले भने, “आफ्नो परमेश्वरको व्यवस्थासँगको दानिएलको सम्बन्धको कुरामा तिनको विरुद्ध केही खोट नदेखाएसम्म हामीले तिनको विरुद्ध अरू कुनै अभियोग लगाउन सक्दैनौं ।”
14म यहूदा देशको राज्यपाल नियुक्त भएको समयदेखि अर्थात् अर्तासास्त राजाको बिसौँ वर्षदेखि बत्तिसौँ वर्षसम्म, जम्माजम्मी बार्ह वर्षसम्म मैले र मेरा दाजुभाइहरूले राज्यपालको लागि उपलब्ध गराइएको खाना खाएनौँ ।
3उपवाससहित प्रार्थना र बिन्ती गर्न, भाङ्ग्रा लगाउँदै र खरानीमा बस्दै परमप्रभु परमेश्वरको खोजी गर्न मैले आफ्नो अनुहार उहाँतर्फ फर्काएँ ।
9तिनीहरूलाई आवश्यक हरेक कुरो अर्थात् स्वर्गका परमेश्वरको निम्ति होमबलि चढाउन साँढेहरू, भेडाहरू वा थुमाहरू र यरूशलेमका पुजारीहरूको आज्ञामुताबिक अन्न, नून, दाखमद्य वा तेल दिनहुँ तिनीहरूलाई नबिर्सी दिनू ।
10यसै गर्नू ताकि तिनीहरूले स्वर्गका परमेश्वरको निम्ति भेटी ल्याऊन् र म राजा अनि मेरा छोराहरूका निम्ति प्रार्थना गरून् ।
17तब दनिएलले राजाको सामु जवाफ दिए, “हजुरका उपहारहरू हजुरकै निम्ति होऊन्, र हजुरका इनामहरू अर्को व्यक्तिलाई दिनुहोस् । तापनि, म यो लेख, महाराजा, हजुरको निम्ति पढिदिनेछु, र हजुरलाई यसको अर्थ बताउनेछु ।
1¶ दारालाई १२० जना प्रान्तिय गभर्नरहरू नियुक्त गर्न मन लाग्यो, जसले सारा राज्यभरि शासन गर्नेछन् ।
4तिनले एक सय असी दिनसम्म आफ्नो राज्यको वैभवशाली धनदौलत र आफ्नो महान्ताको महिमाको रवाफ देखाए ।
12यति बेला त्यहाँ कोही यहूदीहरू छन् जसलाई हजुरले बेबिलोनको प्रदेशका मामिलाहरू हेर्न नियुक्त गर्नुभएको छ । तिनीहरूका नाउँ शद्रक, मेशक, र अबेद्नगो हुन् । हे महाराजा, यी मानिसहरूले हजुरका कुरामाथि ध्यान दिंदैनन् । तिनीहरूले हजुरका देवताहरूलाई दण्डवत् गर्दैनन् वा हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु आफूलाई लम्पसार पार्दैनन् ।”
21त्यसपछि परमप्रभुको सामु आफैलाई विनम्र तुल्याउन, र हामी, हाम्रा बालबच्चा अनि हाम्रा सबै सम्पत्तिको लागि सोझो मार्गको खोजी गर्न मैले अहावा नहरमा उपवासको घोषणा गरें ।
12यी मानिस, दानिएलमा उत्कृष्ट आत्मा, ज्ञान, समझ, सपनाको अर्थ खोल्न सक्ने, अड्को फुकाउन सक्ने र समस्याहरू हल गर्न सक्ने विशेषताहरू थिए, जसलाई राजाले बेलतसजर नाउँ दिनुभयो । अब दानिएललाई बोलाउनुहोस् र लेखिएको कुराको अर्थ तिनले हजुरलाई बताउनेछन् ।”
13तब दानिएललाई राजाको सामु ल्याइयो । राजाले तिनलाई भने, “तिमी यहूदाका निर्वासितमध्ये एक जना मानिस, त्यही दानिएल हौ, जसलाई मेरा बुबाले यहूदाबाट ल्याउनुभयो ।
14हामीले दरबारको नून खाएका हुनाले राजालाई कुनै अनादर भएको देख्नु हाम्रो लागि निश्चय नै उचित हुँदैन । यही कारणले गर्दा हामीले राजालाई जानकारी गराउँदैछौं,
26राजाले दानिएललाई (जसको नाउँ बेलतसजर थयो) सोधे, “मैले देखेको सपना र त्यसको अर्थ के तिमी मलाई भन्न सक्छौ?”
34र तिनको मृत्यु नभएसम्म नै तिनको बाँकी जीवनभर हरेक दिन तिनलाई नियमित रूपमा खानाको भत्ता दिइयो ।
16अनि राजाले आज्ञा दिए र तिनीहरूले दानिएललाई भित्र ल्याए र तिनीहरूले उनलाई सिंहको खोरमा फाले । राजाले दानिएललाई भने, “तिमीले निरन्तर सेवा गर्ने तिम्रो परमेश्वरले तिमीलाई बचाऊन् ।”
33त्यस देशका मालिकले हामीलाई भने, 'यसैद्वारा तिमीहरू इमानदार मानिस हौ कि होइनौ भनेर म थाहा पाउनेछु । तिमीहरूमध्ये एक जना यहीँ बस, अनिकालको कारणले गर्दा तिमीहरूका परिवारहरूका लागि अनाज लिएर आफ्नो बाटो लाग ।
10तिनीहरूले तिनलाई भने, “त्यसो होइन, हजुर । तपाईंका दासहरू अनाज किन्न आएका हुन् । हामी सबै एउटै मानिसका छोराहरू हौँ ।