एज्रा 8:21

अनलक शाब्दिक बाइबल

त्यसपछि परमप्रभुको सामु आफैलाई विनम्र तुल्याउन, र हामी, हाम्रा बालबच्‍चा अनि हाम्रा सबै सम्पत्तिको लागि सोझो मार्गको खोजी गर्न मैले अहावा नहरमा उपवासको घोषणा गरें ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ इति 20:3 : 3 यहोशापात डराए र परमप्रभुको खोजी गर्न अलग्‍गै गए । यहूदाभरि तिनले उपवासको घोषणा गरे ।
  • लैव्य 16:29 : 29 यो तिमीहरूका निम्ति सधैँ एउटा विधि बनोस्, कि सातौँ महिनाको दसौँ दिनमा, तिमीहरूका बिचमा जन्मेको वा तिमीहरूका बिचमा बास गर्ने परदेशी सबैले आफैलाई नम्र बनाओस् र कुनै काम नगरोस् ।
  • लैव्य 23:29 : 29 त्यस दिन आफैलाई नम्र नबनाउने मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस् ।
  • १ शमू 7:6 : 6 तिनीहरू मिस्‍पामा भेला भए, पानी भरे र परमप्रभुको सामु खन्याए । त्यस दिन तिनीहरू उपवास बसे र भने, “हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौं ।” शमूएलले त्यहाँ नै इस्राएलका मानिसहरूको विवादहरूमा फैसला गरे अनि मानिसहरूलाई नेतृत्व गरे ।
  • यो 1:14 : 14 पवित्र उपवासको घोषणा गर, र पवित्र सभा आव्‍हान गर । परमप्रभु आफ्‍ना परमेश्‍वरको मन्‍दिरमा देशका सबै धर्मगुरुहरू र बासिन्दाहरूलाई भेला गराओ र, अनि परमप्रभुमा पुकार ।
  • एज्रा 8:15 : 15 मैले यात्रुहरूलाई अहावातिर बग्‍ने नहरमा जम्मा गरें, र हामीले त्यहाँ तिन दिनसम्म छाउनी हाल्‍यौं । मैले मानिसहरू र पुजारीहरूको जाँच गरें तर त्यहाँ लेवीका सन्तानहरू कोही पनि पाइनँ ।
  • भजन 5:8 : 8 हे परमप्रभु, मेरा शत्रुहरूका कारणले मलाई तपाईंको धार्मिकतामा डोर्‍याउनुहोस् । मेरो समु तपाईंको बाटो सोझो बनाउनुहोस् ।
  • भजन 8:2 : 2 तपाईंका शत्रुहरूका कारणले बालकहरू र दूधे बालकहरूका मुखबाट तपाईंले प्रशंसा स्थापित गर्नुभएको छ, ताकि तपाईंले शत्रु र बदला लिने दुवैलाई शान्‍त गराउन सक्‍नुहुन्‍छ ।
  • भजन 107:2-8 : 2 परमप्रभुले उद्धार गर्नुभएकाहरू बोलून्, जसलाई उहाँले शत्रुहरूका हातबाट बचाउनुभएको छ । 3 उहाँले तिनीहरूलाई विदेशी भूमिहरूबाट, पूर्वबाट र पश्‍चिमबाट, उत्तरबाट र दक्षिणबाट भेला पार्नुभएको छ । 4 तिनीहरू मरुभूमिको बाटोमा उजाडस्‍थानमा भौंतारिए र बस्‍नलाई कुनै सहर भेट्टाएनन् । 5 किनभने तिनीहरू भोकाएका र तिर्खाएका थिए, तिनीहरू थकाइले मूर्छित भए । 6 तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बचाउनुभयो । 7 उहाँले तिनीहरूलाई सोझो बाटोमा लानुभयो ताकि तिनीहरू बस्‍नलाई एउटा सहरमा जान पाऊन् । 8 परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
  • भजन 143:8-9 : 8 बिहानमा मलाई तपाईंको करारको विश्‍वस्‍तता सुन्‍न दिनुहोस्, किनकि म तपाईंमा भरोसा गर्छु । म कहाँ हिंड्नुपर्छ सो मलाई देखाउनुहोस्, किनकि म आफ्‍नो प्राण तपाईंतिर उचाल्छु । 9 हे परमप्रभु, मेरा शत्रुहरूबाट मलाई बचाउनुहोस् । लुक्‍नलाई म तपाईंकहाँ भागेर आउँछु । 10 तपाईंको इच्छा पुरा गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । तपाईंको असल आत्माले मलाई सोझाहरूका देशमा डोर्‍याओस् ।
  • नीति 3:6 : 6 तेरा सबै मार्गमा उहाँलाई उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याउने हुनेछ ।
  • यशा 30:21 : 21 जब तिमीहरू दाहिने फर्कन्‍छौ वा जब तिमीहरू देब्रे फर्कन्‍छौ, तब तिमीहरूका पछाडिबाट यसो भनिरहेको आवाज तिमीहरूका कानले सुन्‍नेछन् “बाटो यही हो, यसैमा हिंड ।”
  • यशा 35:8 : 8 त्यहाँ पवित्र बाटो भनिने मुल बाटो हुनेछ । अवित्रहरूले त्‍यसमा यात्रा गर्नेछैनन् । तर यो यसमा हिंड्नेहरूका निम्ति हुनेछ । यसमा कुनै मूर्ख जानेछैन ।
  • यशा 42:16 : 16 अन्‍धाहरूले नचिनेका बाटोद्वारा म तिनीहरूले ल्याउनेछु । तिनीहरूलाई थाहा नभएका बाटोहरूमा म तिनीहरूलाई डोर्‍याउनेछु । तिनीहरूका सामु अन्धकारलाई म उज्यालोमा बद्लनेछु र बाङ्गोटिङ्गो ठाउँहरूलाई सोझो बनाउनेछु । यी कुराहरू म गर्नेछु र म तिनीहरूलाई त्यग्‍नेछैन ।
  • यशा 49:10 : 10 तिनीहरू तिर्काउने वा भोकाउने छैनन् । न तापले न घामले तिनीहरूलाई पोल्‍नेछ, किनकि जसले तिनीहरूलाई दया गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई डोर्‍याउनुहुनेछ । उहाँले तिनीहरूलाई पानीको मुहानहरूतिर लानुहुनेछ ।
  • यशा 58:3 : 3 तिनीहरू भन्छन्, 'हामी उपवास बसेका छौं तर तपाईंले यसलाई किन देख्‍नुहुन्‍न? हामीले आफैलाई नम्र तुल्याएका छौं, तर तपाईंले किन हेर्नुहुन्‍न?' हेर, तिमीहरूले आफ्नो उपवासको दिनमा आफ्नै खुसी खोज्छौ र आफ्ना कामदारहरूलाई अत्‍याचार गर्छौ ।
  • यशा 58:5 : 5 के मैले चाहेको उपवास यस्‍तै किसिमको हो र? एक दिन मात्र कसैले आफैलाई नम्र तुल्याउने, आफ्नो शिर निगालो झैं झुकाउने, र भाङ्ग्रा लगाउने र खरानीमा बस्‍ने हो र? के तिमीहरूले परमप्रभुलाई खुसी पार्ने उपवास यसैलाई भन्छौ?
  • यिर्मि 10:23 : 23 हे परमप्रभु, म जान्दछु, मानिसको चाल ऊ आफैबाट आउँदैन । हिंडिरहेको कुनै पनि व्यक्तिले आफ्ना कदमहरूलाई निर्देशन दिंदैन ।
  • यिर्मि 31:8-9 : 8 हेर, मैले तिनीहरूलाई उत्तरी देशहरूबाट फर्काएर ल्याउनै लागेको छु । म तिनीहरूलाई पृथ्वीका पल्ला छेउहरूबाट जम्मा गर्नेछु । तिनीहरूका बिचमा दृष्‍टिविहीन र लङ्गडाहरू हुनेछन् । गर्भवती स्‍त्रीहरू र बच्‍चा जन्माउनै लागेकाहरू तिनीहरूसितै हुनेछन् । एउटा ठुलो समुदाय यहाँ फर्कनेछ । 9 तिनीहरू रुँदै आउनेछन् । तिनीहरूले आ-आफ्ना बिन्ती बिसाउँदा म तिनीहरूलाई अगुवाइ गर्नेछु । म तिनीहरूलाई सिधा मार्गमा पानीका खोलाहरूबाट यात्रा गराउनेछु । तिनीहरू यसमा ठोकिनेछैनन्, किनकि म इस्राएलको पिता हुनेछु, र एफ्राइम मेरो जेठो छोरा हुनेछ ।”
  • यिर्मि 50:4-5 : 4 यो परमप्रभुको घोषणा हो, ती दिनमा र त्‍यो समयमा इस्राएल र यहूदाका मानिसहरू रुँदैरुँदै जान र परमप्रभु आफ्‍ना परमेश्‍वरको खोजी गर्न सँगसँगै आउनेछन् । 5 तिनीहरूले सियोनतिर जाने बाटो सोध्‍नेछन्, र यसो भन्दै त्‍यतैतिर फर्कनेछन्, हामि जानेछौं र परमप्रभुसित कहिलै नबिर्सिने अनन्त करारमा सहभगी हुनेछौं ।”
  • एज्रा 8:31 : 31 पहिलो महिनाको बाह्रौं दिनमा हामी अहावा नहरबाट यरूशलेम प्रस्थान गर्‍यौं । हामीमाथि हाम्रा परमेश्‍वरको हात थियो । उहाँले हामीलाई शत्रु र बाटोमा लुकेर बसेका लुटेराहरूको हातबाट सुरक्षा दिनुभयो ।
  • लैव्य 16:31 : 31 यो तिमीहरूका निम्ति विश्रामको विधिपूर्ण शबाथ हो, र तिमीहरूले आफैलाई नम्र बनाउनुपर्छ र कुनै काम गर्नुहुँदैन । यो तिमीहरूका बिचमा सधैँ एउटा विधि हुने छ ।
  • गिन 14:3 : 3 तरवारद्वारा मर्नलाई परमप्रभुले हामीलाई किन यो भूमिमा ल्याउनुभयो? हाम्रा पत्‍नीहरू र साना छोराछोरीहरू हताहत हुनेछन् । के हामी मिश्रमा मर्नु नै असल हुँदैनथ्यो र?
  • गिन 14:31 : 31 हताहत हुन्छन् भनेका तिमीहरूका स-साना बालबच्‍चाहरूलाई मैले त्यो भूमिमा लानेछु । तिमीहरूले तिरस्कार गरेका भूमि तिनीहरूले उपभोग गर्नेछन् ।
  • न्या 20:26 : 26 त्यसपछि इस्राएलका सबै सेना र सबै मानिसहरू बेथेलमा उक्ले र रोए, र तिनीहरू परमप्रभुको अगि बसे र तिनीहरू त्यस दिन साँझसम्म उपवास बसे र परमप्रभुलाई होमबलि र मेलबलि चढाए ।
  • यो 2:12-18 : 12 परमप्रभु भन्‍नुहुन्छ “अहिले पनि, आफ्‍ना सारा हृदयले मकाहाँ फर्क । उपवास बस, रोओ, र विलाप गर ।” 13 आफ्ना लुगामात्र होइन तर आफ्ना हृदय पनि धुजाधुजा पार, र परमप्रभु आफ्‍ना परमेश्‍वरकाहाँ फर्क । किनकि उहाँ अनुग्रही र कृपापूर्ण, रिसाउनमा ढिला र करारको विश्‍वसततामा प्रशस्‍त हुनुहुन्छ, र दण्डको पिडा दिनबाट उहाँ पर्कन चाहनुहुन्‍न । 14 कसले जान्दछ? सायद उहाँ पर्कनुहुन्छ, र दया देखाउनुहुन्छ, र आफ्‍नो पछि आशिष् छोड्‍नुहुन्‍छ, तिमीहरूका परमप्रभु परमेश्‍वरका निम्ति अन्‍नबलि र अर्घबलि दिनुहुन्छ कि? 15 सियोनमा तुरही फुक, पवित्र उपवासको आव्‍हान गर, र पवित्र सभा बोलाओ । 16 मानिसहरूलाई भेला गराओ, पवित्र सभा बोलाओ । धर्मगुरुहरूलाई भेला गर, बालबालिका र दूधे बालकहरूलाई भेला गराओ । दुलहाहरू आफ्ना कोठाहरूबाट बाहिर आऊन्, अनि दुलहीहरू आफ्ना सृङ्गारका कोठाहरूबाट बाहिर आऊन् । 17 पुजारीहरू, परमप्रभुका सेवकहरू, दलान र वेदीको बिचमा रोऊन् । तिनीहरूले यसो भनून्, “हे परमप्रभु, आफ्‍ना मानिसहरू बाँकी राख्‍नुहोस्, र आफ्नो उत्तराधिकारलाई घृणाको पात्र बन्‍न नदिनुहोस्, र जातिहरूले तिनीहरूको गिल्ला नगरून् । तिनीहरूले जातिहरूका बिचमा यस्तो किन भन्‍नू, ‘तिनीहरूका परमेश्‍वर कहाँ छ?’” 18 आफ्नो देशको निम्‍ति परमप्रभु डाही हुनुभयो र आफ्ना मानिसहरूलाई दया देखाउनुभयो ।
  • योना 3:5 : 5 निनवेका मानिसहरूले परमेश्‍वरलाई विश्‍वास गरे र तिनीहरूले उपवासको घोषणा गरे । तिमध्‍ये ठुलादेखि लिएर सानासम्म सबैले भाङ्‍ग्रा लगाए ।
  • प्रेरि 2:39 : 39 यो प्रतिज्ञा तिमीहरूका लागि, तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र परमेश्‍वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो ।”
  • मर 10:13-16 : 13 अनि उहाँले छोइदिनुभएको होस् भनी मानिसहरूले आफ्ना स-साना बालबालिकाहरूलाई उहाँकहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हप्काए । 14 तर जब येशूले यो देख्‍नुभयो, उहाँ तिनीहरूसँग रिसाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “स-साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई मनाही नगर, किनभने परमेश्‍वरको राज्य यस्तैहरूको हो ।” 15 साँचो साँचो, म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यलाई यो सानो बालकको रूपमा ग्रहण गर्दैन, त्यो निश्‍चय नै यसभित्र प्रवेश गर्नेछैन ।” 16 त्यसपछि उहाँले बालबालिकाहरूलाई आफ्नो अङ्गालोमा लिनुभयो र तिनीहरूमाथि आफ्नो हातमा लिएर आशिष्‌‌ दिनुभयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • एज्रा 8:22-25
    4 पदहरू
    83%

    22बाटोमा शत्रुहरूबाट हाम्रो रक्षा गर्नका लागि राजासँग सेना वा घोडचढीहरू माग्‍न म लजाएँ किनकि हामीले राजालाई भनेका थियौं, 'हाम्रा परमेश्‍वरको खोजी गर्ने सबैमाथि सदाको लागि उहाँको हात रहेको हुन्छ, तर उहाँलाई त्याग्‍नेहरू सबैमाथि उहाँको शक्ति र क्रोध पर्छ ।'

    23त्यसैले यस विषयमा हामीले उपवास बस्‍यौं, र परमेश्‍वरको खोजी गर्‍यौं, अनि हामीले उहाँलाई बिन्ती चढायौं ।

    24त्यसपछि मैले पुजारीय अधिकारीहरूबाट बाह्र जना मानिस छानें: शरेबियाह र जशब्याह अनि तिनीहरूका दस जना दाजुभाइ थिए ।

    25राजा, तिनका सल्लाहकारहरू र अधिकारीहरू अनि सारा इस्राएलीले परमेश्‍वरको मन्दिरको लागि सित्तैंमा दिएका चाँदी, सुन, चिजहरू र भेटीहरू मैले तिनीहरूका निम्ति तौलें ।

  • एज्रा 8:30-32
    3 पदहरू
    79%

    30यरूशलेममा हाम्रा परमेश्‍वरको मन्दिरमा लैजानलाई तौलिएका ति चाँदी, सुन र वस्तुहरू पुजारीहरू र लेवीहरूले जिम्‍मा लिएर राखे ।

    31पहिलो महिनाको बाह्रौं दिनमा हामी अहावा नहरबाट यरूशलेम प्रस्थान गर्‍यौं । हामीमाथि हाम्रा परमेश्‍वरको हात थियो । उहाँले हामीलाई शत्रु र बाटोमा लुकेर बसेका लुटेराहरूको हातबाट सुरक्षा दिनुभयो ।

    32यसरी हामी यरूशलेम प्रवेश गर्‍यौं, र त्यहाँ तिन दिन बस्यौं।

  • नहे 1:3-6
    4 पदहरू
    78%

    3तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर आएकाहरू जो प्रान्तमा छन्, तिनीहरू ठुलो कष्‍ट र अपमानमा छन्, किनकि यरूशलेमको पर्खाल भत्काइएको छ, र यसका मुल ढोकाहरूमा आगो लगाइएका छन् ।”

    4मैले यी वचन सुन्‍ने बित्तिकै म बसेर रोएँ, अनि कैयौँ दिनसम्म स्वर्गका परमेश्‍वरको सामु म शोक गर्दै, उपवास बस्दै र प्रार्थना गर्दै बसेँ ।

    5तब मैले भनेँ, “तपाईं स्वर्गका परमेश्‍वर परमप्रभु हुनुहुन्छ, जो महान् र भययोग्य हुनुहुन्छ । तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञाहरू मान्‍नेहरूप्रति करार पुरा गर्नुहुन्छ र तपाईंको अचुक प्रेम देखाउनुहुन्छ ।

    6अब तपाईंका दासहरू अर्थात् इस्राएलका मानिसहरूका निम्ति तपाईंका दास मैले दिनप्रतिदिन गर्ने मेरो प्रार्थना सुन्‍नुहोस्, र तपाईंका आँखा खोल्नुहोस् । तपाईंको विरुद्धमा हामी सबै इस्राएलीले गरेका पाप म स्वीकार गर्दै छु । म र मेरा पिताको घराना दुवैले पाप गरेका छन् ।

  • 3उपवाससहित प्रार्थना र बिन्ती गर्न, भाङ्ग्रा लगाउँदै र खरानीमा बस्‍दै परमप्रभु परमेश्‍वरको खोजी गर्न मैले आफ्‍नो अनुहार उहाँतर्फ फर्काएँ ।

  • 15मैले यात्रुहरूलाई अहावातिर बग्‍ने नहरमा जम्मा गरें, र हामीले त्यहाँ तिन दिनसम्म छाउनी हाल्‍यौं । मैले मानिसहरू र पुजारीहरूको जाँच गरें तर त्यहाँ लेवीका सन्तानहरू कोही पनि पाइनँ ।

  • 1¶ अब उही महिनाको चौबिसौँ दिनमा इस्राएलीहरू भेला भए । तिनीहरू उपवास बस्दै र भाङ्ग्रा लगाउँदै थिए, र तिनीहरूले आ-आफ्ना शिरमा धूलो हाले ।

  • एज्रा 9:9-10
    2 पदहरू
    72%

    9हामी दासहरू हौं, तर हाम्रा परमेश्‍वरले हामीलाई बिर्सनुभएको छैन, तर हामीसम्म करारको विश्‍वासनीयता फैलाउनुभएको छ । हामीले हाम्रा परमेश्‍वरको मन्दिर पुनर्निर्माण गर्न सकौं र यसका भग्‍नावशेषहरूलाई उठाउन सकौं भनेर हामीलाई नयाँ शक्ति प्रदान गर्न उहाँले फारसका राजाको दृष्‍टिमा यसो गर्नुभएको छ । उहाँले हामीलाई यहूदा र यरूशलेममा सुरक्षाको पर्खाल दिनलाई उहाँले यसो गर्नुभयो ।

    10तर अब हे हाम्रा परमेश्‍वर, यसपछि हामी के भन्‍न सक्‍छौं र? हामीले तपाईंका आज्ञाहरू भुलेका छौं ।

  • 8परमेश्‍वरको यस मन्दिर बनाउने यी यहूदी धर्म-गुरुहरूका लागि तिमीहरूले यसो गर्नू भनी म तिमीहरूलाई हुकुम दिंदैछुः तिनीहरूले आफ्नो काम रोक्‍न नपरोस् भनेर यूफ्रेटिस नदी पारिको राजकीय कोषबाट रुपियाँ-पैसा दिनू ।

  • 36तब तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्‍ने राजाका उच्‍च अधिकारीहरू र गभर्नरहरूलाई राजाको आदेश दिए, अनि तिनीहरूले मानिसहरू र परमेश्‍वरको मन्दिरलाई मदत गरे ।

  • 21म अर्तासास्तले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै कोषाध्यक्ष यो आदेश दिन्छु, कि एज्राले तिमीहरूबाट मागेका कुनै पनि थोक प्रचुर मात्रामा दिनू,

  • 1¶ एज्राले प्रार्थना गर्दा र पाप स्वीकार गर्द तिनी रोए र परमेश्‍वरको मन्दिरको सामु घोप्टो परे । इस्राएली पुरुष, स्‍त्री र बालबलिकाको एउटा ठुलो भेला तिनीकहाँ जम्मा भए किनकि मानिसहरू धुरुधुरु रुँदै थिए ।

  • एज्रा 9:5-6
    2 पदहरू
    71%

    5तर साँझको बलिदानको समयमा आफ्‍नो च्यातिएकै लुगा र खास्टोमा विनम्र भएकै अवस्थामा म उठें, र घुँडा टेकें अनि परमप्रभु मेरा परमेश्‍वर हुनुभएतिर आफ्ना हात फैलाएँ ।

    6मैले भने, “हे मेरा परमेश्‍वर, मेरो अनुहार तपाईंकहाँ उठाउन म लज्‍जित र अयोग्‍य भएको छु, किनकि हाम्रा अपराध हाम्रा शिरमाथि पुगेका छन्, र हाम्रा दोष स्वर्गसम्मै पुगेका छन् ।

  • 3राजाको हुकुम र आदेश पुगेको हरेक प्रान्तमा यहूदीहरूका माझमा उपवास, रुवाबासी र विलासँगै ठुलो शोक थियो । तिनीहरूमध्ये धेरै जानले भाङ्ग्रा लगाए, र खरानीमा बसे ।

  • 13मोशाको व्यवस्थामा लेखिएझैं सबै विपत्ति हामीमाथि आइपरेको छन्, तापनि आफ्ना पापबाट फर्केर र तपाईं परमप्रभु परमेश्‍वरका सत्यतामा ध्यान दिएर हामीले तपाईंबाट कृपा पाउन अझैसम्‍म बिन्ती गरेका छैनौं ।

  • नहे 2:7-8
    2 पदहरू
    70%

    7तब मैले राजालाई भनेँ, “राजालाई खुसी लागे यूफ्रेटिस पारिको प्रान्तका राज्यपालहरूका लागि मलाई चिट्ठीहरू पठाइऊन् ताकि म यहूदा जाँदा तिनीहरूले मलाई तिनीहरूका इलाकाहरू भएर जान अनुमति देऊन् ।

    8राजाको जङ्गलको जिम्मावाल आसापको लागि पनि एउटा चिट्ठी होस्, ताकि मन्दिरसित गाँसिएको किल्लाका मूल ढोकाहरू, सहरको पर्खाल र म बस्‍ने घरका लागि सत्तरीहरू बनाउन तिनले मलाई मुढाहरू जुटाइदेऊन् ।” परमेश्‍वरको असल हात ममाथि भएकोले राजाले मेरो अनुरोध स्वीकार गर्नुभयो ।

  • 10अब इस्राएलका परमप्रभु परमेश्‍वरसँग एउटा करार गर्ने कुरा मेरो हृदयमा छ, ताकि उहाँको प्रचण्‍ड क्रोध हामीहरूबाट हटोस् ।

  • 6तब एज्रा परमप्रभुको मन्‍दिरको सामुबाट उठेर एल्यासीबका छोरा येहोहानानको कोठामा गए । तिनले कुनै रोटी खाएनन्, न त पानी पिए किनकि तिनी निर्वासनबाट फर्केकाहरूको विश्‍वासत्यागको लागि शोक गर्दै थिए ।

  • 28अनि राजा, तिनका सल्लाहाकारहरू र तिनका सबै शक्तिशाली अधिकारीहरूका सामु मलाई उहाँको करारको विश्‍वास्‍तता देखाउनुभयो । म परमप्रभु मेरा परमेश्‍वरको हातद्वारा बलियो बनाइएको छु, र मैले आफूसित जानलाई इस्राएलका अगुवाहरूलाई भेला गरें ।

  • 9तर हामीले हाम्रा परमेश्‍वरलाई प्रार्थना चढायौँ, र तिनीहरूको धम्कीको कारणले दिनरात तिनीहरूको विरुद्धमा सुरक्षा दिने पहरेदार राख्यौँ ।

  • 4तब राजाले मलाई भन्‍नुभयो, “मैले के गरेको तिमी चाहन्छौ?” त्यसैले मैले स्वर्गका परमेश्‍वरलाई प्रार्थना चढाएँ ।

  • नहे 2:17-18
    2 पदहरू
    69%

    17मैले तिनीहरूलाई भनेँ, “हामी कस्तो सङ्कष्‍टमा छौँ, यरूशलेम कसरी भग्‍नावशेषमा परिणत भएको छ र यसका मूल ढोकाहरू आगोले नष्‍ट पारिएको छ भनी तिमीहरूले देखेका छौ । आओ, हामी फेरि अपमानित नहोऔँ भनेर यरूशलेमको पर्खाल पुनर्निर्माण गरौँ ।”

    18मेरा परमेश्‍वरको असल हात ममाथि र राजाले मलाई भन्‍नुभएका वचनहरूमाथि थियो भनी मैले तिनीहरूलाई बताएँ । तिनीहरूले भने, “उठौँ, र निर्माण गरौँ ।” त्यसैले असल कामको लागि तिनीहरूले आ-आफ्ना हात मजबुत पारे ।

  • एज्रा 10:8-9
    2 पदहरू
    69%

    8अधिकारीहरू र धर्म-गुरुहरूका निर्देशनमुताबिक तिन दिनमा नआउने कुनै पनि व्यक्तिको सारा सम्पत्ति जफत गरिने र निर्वासनबाट फर्केर आएका मानिसहरूको ठुलो सभाबाट बहिष्कार गरिने भयो ।

    9त्यसैले यहूदा र बेन्यामीनका सारा मानिस तिन दिनमा यरूशलेममा भेला भए । यो नवौं महिनामा र उक्‍त महिनाको बाह्रौं दिनमा भएको थियो । सारा मानिस परमेश्‍वरको मन्दिरको सामुन्‍ने चोकमा खडा भए, र वचन र वृष्‍टिको कारणले थरथर काँपे ।

  • 13तापनि हाम्रो दुष्‍ट अभ्यास र हाम्रो ठुलो दोषको कारणले हामीमाथि हरेक कुरा आइपरे पनि तपाईं हाम्रा परमेश्‍वरले हामीलाई हाम्रा अपराधअनुसार कम दण्ड दिनुभएको छ र हामीलाई बाँचेकाहरू छाड्नुभएको छ,

  • 8हामी यहूदामा महान् परमेश्‍वरको मन्दिरमा गयौं भन्‍ने कुरा हजुरलाई जाहेर होस् । ठुला-ठुला ढुङ्गाहरूले यो निर्माण हुँदैछ र पर्खालमा काठहरू राखिंदैछन् । यो काम निकै राम्रोसँग गरिएको छ, र तिनीहरूका हातमा राम्ररी अगाडि बढिरहेको छ ।

  • 17त्यसपछि मैले तिनीहरूलाई कासिपियाका अगुवा इद्दोकहाँ पठाएँ । इद्दो र तिनका आफन्तहरू, कासिपियामा बसिरहेका मन्दिरका सेवकहरूकहाँ गएर हामीकहाँ परमेश्‍वरको मन्दिरका लागि सेवकहरू पठाइदिनुहोस् भनी तिनीहरूलाई भन्‍न लगाएँ ।

  • 16“जानुहोस्, र मेरो निम्ति उपवास बस्‍न शूशनमा बस्‍ने सबै यहूदीलाई भेला गर्नुहोस् । तिन दिन र तिन रातसम्म केही नखानुहोस्, न त केही पिउनुहोस् । मेरा युवतीहरू र म पनि त्यसरी नै उपवास बस्‍नेछौँ । त्यसपछि कानुनको विरुद्धमा भए तापनि म राजाकहाँ जानेछु, र मेरो नाश हुन्छ भने पनि होस् ।”

  • 16तब मानिसहरू बाहिर गए, र हाँगाहरू ल्याए अनि हरेकले आ-आफ्नो निम्ति घरको छाना र चोकमा, परमेश्‍वरका भवनका चोकहरूमा, पानी ढोकाको सामुन्‍नेको चोकमा र एफ्राएमका ढोकाको चोकमा छाप्राहरू बनाए ।

  • 11हे परमप्रभु, म बिन्ती गर्छु, कि तपाईंको नाउँको आदर गर्ने तपाईंका दास र तपाईंका दासहरूको प्रार्थना सुन्‍नुहोस् । आज तपाईंको दासलाई सफलता दिनुहोस्, र यस मानिसको दृष्‍टिमा उसलाई कृपा देखाउनुहोस् ।” म राजाको मद्य टक्र्याउने व्यक्तिको रूपमा काम गर्थें ।

  • 32त्यसकारण, अब हे हाम्रा परमेश्‍वर तपाईं महान्, शक्तिशाली र भययोग्य परमेश्‍वर हुनुहुन्छ, जसले आफ्नो करार र अचुक प्रेम राख्‍नुहुन्छ । अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म हामी, हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू, हाम्रा अगमवक्ताहरू, हाम्रा पिता-पुर्खाहरू र तपाईंका सारा मानिसमाथि आइपरेका यी कठिनाइलाई हलुका नसम्झनुहोस् ।

  • नहे 5:7-8
    2 पदहरू
    69%

    7तब मैले यस विषयमा सोचविचार गरेँ, अनि कुलीनहरू र अधिकारीहरूलाई दोष लगाएँ । मैले तिनीहरूलाई भनेँ, “तिमीहरू हरेकले आफ्नै भाइबाट ब्याज लिँदै छौ ।” मैले तिनीहरूको विरुद्धमा ठुलो भेला गराएँ,

    8र तिनीहरूलाई भनेँ, “हामी कुलीनहरूले जाति-जातिहरूकहाँ दासत्वमा बेचिएका हाम्रा यहूदी दाजुभाइहरूलाई दाम तिरी फिर्ता गरेर ल्याएका छौँ, तर तिमीहरू आफ्ना दाजुभाइ तथा दिदी-बहिनीहरू फेरी हामीलाई बेच्छौ!” तिनीहरू स्तब्ध भए र बोल्नलाई कुनै शब्दै भएन ।

  • 31यहूदी मोर्दकै र रानी एस्तरले यहूदीहरूलाई आज्ञा दिएझैँ तिनीहरूको तोकिएको समयमा पूरीमका यी दिन मान्‍न चिट्ठीहरूले निश्‍चयता दिए । यहूदीहरूले उपवास र विलापको समयलाई स्वीकार गरेझैँ तिनीहरूले आफू र आफ्ना सन्तानहरूका लागि यस कर्तव्यलाई पनि स्वीकार गरे ।

  • 1¶ सारा जनता एउटै मानिसजस्तो गरी पानी ढोकाको सामुन्‍ने खुला क्षेत्रमा भेला भए । तिनीहरूले परमप्रभुले इस्राएललाई आज्ञा दिनुभएको मोशाको व्यवस्थाको पुस्तक ल्याउन भनी शास्‍त्री एज्रालाई भने ।

  • 19हे मेरा परमेश्‍वर, मैले यी मानिसहरूलाई गरेका सबै कामको निम्ति मेरो भलाइ सोच्नुहोस् ।

  • 11हरेक सहरमा भएका यहूदीहरूलाई एकसाथ भेला हुन र आ-आफ्नो जीवनको रक्षाको निम्‍ति संगठित हुन, अनि तिनीहरू, बालबालिका, र स्‍त्रीहरूलाई आक्रमण गर्ने कुनै पनि जाति वा प्रान्तका सशस्‍त्र मानिसहरूलाई नाश गर्न, मार्न र नामेट पार्न अनि तिनीहरूका धनदौलत लुट्न राजाले तिनीहरूलाई अनुमति दिए ।

  • 14म यहूदा देशको राज्यपाल नियुक्त भएको समयदेखि अर्थात् अर्तासास्त राजाको बिसौँ वर्षदेखि बत्तिसौँ वर्षसम्म, जम्माजम्मी बार्‍ह वर्षसम्म मैले र मेरा दाजुभाइहरूले राज्यपालको लागि उपलब्ध गराइएको खाना खाएनौँ ।