नहेम्याह 5:14

अनलक शाब्दिक बाइबल

म यहूदा देशको राज्यपाल नियुक्त भएको समयदेखि अर्थात् अर्तासास्त राजाको बिसौँ वर्षदेखि बत्तिसौँ वर्षसम्म, जम्माजम्मी बार्‍ह वर्षसम्म मैले र मेरा दाजुभाइहरूले राज्यपालको लागि उपलब्ध गराइएको खाना खाएनौँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नहे 13:6 : 6 तर यी सबै समयमा म यरूशलेममा थिइनँ । किनकि बेबिलोनका राजा अर्तासास्तको बत्तिसौँ वर्षमा म राजाकहाँ गएको थिएँ । केही समयपछि फर्केर जान मैले राजालाई अनुमति मागेँ,
  • नहे 2:1 : 1 ¶ राजा अर्तासास्तको बिसौँ वर्षको नीसान महिनामा उहाँले दाखमद्य रोज्नुभयो, र मैले दाखमद्य लिई राजालाई टक्र्याएँ । म उहाँको उपस्थितिमा पहिले कहिल्यै यस्तो उदास भएको थिइनँ ।
  • एज्रा 4:13-14 : 13 यो सहर निर्मण भयो रउक्‍त पर्खाल सम्पन्‍न भयो भने, तिनीहरूले कुनै महसुल र कर तिर्नेछैनन्, तर तिनीहरूले राजाहरूलाई हानि पुर्‍याउनेछन् भन्‍ने कुरो राजाका हजुरीमा जाहेर होस् । 14 हामीले दरबारको नून खाएका हुनाले राजालाई कुनै अनादर भएको देख्‍नु हाम्रो लागि निश्‍चय नै उचित हुँदैन । यही कारणले गर्दा हामीले राजालाई जानकारी गराउँदैछौं,
  • रोमी 13:6-7 : 6 तसर्थ, तिमी कर पनि तिर्छौ । अधिकारीहरू यिनै कुराहरूको निरन्तर रूपमा हेरचाह गर्ने परमेश्‍वरका सेवकहरू हुन् । 7 तिर्नु पर्नेलाई तिर; कर तिर्नुपर्नेलाई कर र महसुल दिनुपर्नेलाई महसुल देऊ; डर मान्‍नुपर्नेको डर मान; जसको इज्‍जत गर्नुपर्ने हो, उसको इज्‍जत गर ।
  • १ कोरि 9:4-9 : 4 के हामीलाई खाने र पिउने अधिकार छैन? 5 के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले गरेजस्तै हामीले पनि आफूसँग विश्‍वासी पत्‍नी लिएर हिँड्ने अधिकार छैन? 6 अथवा के बारनाबास र मैले मात्र काम गर्नु पर्छ? 7 कसले आफ्नै खर्चमा सिपाहीको रूपमा सेवा गर्छ? कसले दाखबारी लगाएर त्यसको फल खाँदैन र? कसले गाईवस्तु पालेर तिनीहरूबाट दूध पिउँदैन र? 8 के मैले यी कुराहरू मानवीय अधिकारको आधारमा भनिरहेको छु? के व्यवस्थाले पनि यसै गर भन्दैन र? 9 मोशाको व्यवस्थामा यस्तो लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोला नलगाओ ।” के परमेश्‍वरले साँच्‍चै गोरुहरूको मात्र वास्ता गर्नुहुन्छ? 10 के उहाँले हामीहरूका निम्ति नै यो बोलिरहनुभएको छैन र? यो हाम्रो निम्ति लेखिएको हो । किनभने खेत जोत्‍नेले बालीको आशा राखेर नै जोत्‍नुपर्छ र बाली चुट्नेले पनि बाली भित्र्याउने आशले नै चुट्नुपर्छ । 11 यदि हामीले तिमीहरूका बीचमा आत्मिक कुराहरू छर्‍यौँ भने तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्ने काम अति भयो र? 12 यदि तिमीहरूबाट अरूहरूले हकको दाबी गर्छन् भने के हामीलाई त्योभन्दा बढता हक छैन र? तापनि हामीले यो हकको दाबी गरेनौँ । बरु, ख्रीष्‍टको सुसमाचारमा बाधा नबनौँ भनेर हामीले सबै सह्‍यौँ । 13 के मन्दिरमा सेवा गर्नेले मन्दिरबाट नै खानेकुरा पाउँछन् भन्‍ने तिमीहरूलाई थाहा छैन? वेदीमा सेवा गर्नेले वेदीमा चढाइएको कुराको हिस्सा पाउँछ भन्‍ने तिमीहरूलाई थाहा छैन र? 14 त्यसरी नै सुसमाचार प्रचार गर्नेले त्यसैबाट जीविका चलाओस् भनेर परमप्रभुले आज्ञा गर्नुभयो । 15 तर मैले यी कुनै पनि हकहरूको दाबी गरिनँ । र मेरो लागि केही गरियोस् भनेर म यो लेख्दिनँ । यो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्‍चित गर्छ भने म बरु मर्न तयार छु ।
  • १ कोरि 9:18 : 18 त्यसो भए मेरो इनाम के हो? यही हो कि जब म प्रचार गर्छु, सित्तैँमा सुसमाचार प्रचार गरूँ र सुसमाचरमा मेरो हकको पूर्ण प्रयोग नगरूँ ।
  • २ थेस 3:8-9 : 8 न त हामीले सित्तैँमा कसैको खाना नै खायौँ, तर त्यसको सट्टामा हामी कसैको भार बनेनौँ भनेर हामीले मेहनत गर्‍यौँ, रातदिन काम गर्‍यौँ । 9 यसको अर्थ हामीसँग अधिकार छैन भनेको होइन, तर हामी तिमीहरूको निम्ति उदाहरण भयौँ ताकि तिमीले हाम्रो अनुकरण गर्न सक ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नहे 5:15-19
    5 पदहरू
    86%

    15तर मभन्दा अगिका राज्यपालहरूले मानिसहरूमाथि गर्‍हौँ बोझ लादिदिए, र तिनीहरूको दैनिक भोजनसाथै दाखमद्यको लागि मानिसहरूबाट चाँदीका चालिस सिक्‍का कर लिएका थिए । तिनीहरूका सेवकहरूले पनि मानिसहरूमाथि थिचोमिचो गरे । तर परमेश्‍वरको भयको कारणले मैले त्यसो गरिनँ ।

    16मैले पर्खालको कामलाई पनि जारी राखेँ, र कुनै जग्गा जमिन किनिनँ, अनि मेरा सबै सेवक कामको लागि त्यहाँ जम्मा हुन्थे ।

    17हाम्रा वरिपरि भएका जाति-जातिहरूबाट आउने मानिसहरूबाहेक मेरो टेबुलमा यहूदीहरू र अधिकारीहरू गरी जम्मा १५० जना हुन्थे ।

    18एउटा गोरु, छवटा मोटा-मोटा भेडा र कुखुराहरू हरेक दिन खानलाई जुटाइनुपर्थ्यो, र दस-दस दिनपछि चाहिँ सबै किसिमका दाखमद्य प्रचुर मात्रामा जुटाइन्थ्यो । यति हुँदाहुँदै पनि मैले राज्यपालको भोजनको भत्ताको माग गरिनँ किनकि मानिसहरूमाथि ठुलो बोझ परेको थियो ।

    19हे मेरा परमेश्‍वर, मैले यी मानिसहरूलाई गरेका सबै कामको निम्ति मेरो भलाइ सोच्नुहोस् ।

  • नहे 13:5-6
    2 पदहरू
    76%

    5एल्यासीबले तोबियाको लागि एउटा ठुलो भण्डार-कोठा तयार पारेका थिए जहाँ पहिले तिनीहरूले लेवीहरू, गायकहरू, द्वारपालहरूका निम्ति अन्‍नबलि, धूप, काठपातहरू, अन्‍नका दशांशहरू, नयाँ दाखमद्य र तेल अनि पुजारीहरूका निम्ति दान राख्‍ने गर्थे ।

    6तर यी सबै समयमा म यरूशलेममा थिइनँ । किनकि बेबिलोनका राजा अर्तासास्तको बत्तिसौँ वर्षमा म राजाकहाँ गएको थिएँ । केही समयपछि फर्केर जान मैले राजालाई अनुमति मागेँ,

  • नहे 2:1-2
    2 पदहरू
    75%

    1¶ राजा अर्तासास्तको बिसौँ वर्षको नीसान महिनामा उहाँले दाखमद्य रोज्नुभयो, र मैले दाखमद्य लिई राजालाई टक्र्याएँ । म उहाँको उपस्थितिमा पहिले कहिल्यै यस्तो उदास भएको थिइनँ ।

    2त्यसैले राजाले मलाई सोध्‍नुभयो, “तिम्रो अनुसार किन यति उदास छ? तिमी बिरामीजस्तो त देखिँदैनौँ । यो ह्रदयको उदासी हुनुपर्छ ।” तब म सार्‍है डराएँ ।

  • 14हामीले दरबारको नून खाएका हुनाले राजालाई कुनै अनादर भएको देख्‍नु हाम्रो लागि निश्‍चय नै उचित हुँदैन । यही कारणले गर्दा हामीले राजालाई जानकारी गराउँदैछौं,

  • 6तब एज्रा परमप्रभुको मन्‍दिरको सामुबाट उठेर एल्यासीबका छोरा येहोहानानको कोठामा गए । तिनले कुनै रोटी खाएनन्, न त पानी पिए किनकि तिनी निर्वासनबाट फर्केकाहरूको विश्‍वासत्यागको लागि शोक गर्दै थिए ।

  • 8परमेश्‍वरको यस मन्दिर बनाउने यी यहूदी धर्म-गुरुहरूका लागि तिमीहरूले यसो गर्नू भनी म तिमीहरूलाई हुकुम दिंदैछुः तिनीहरूले आफ्नो काम रोक्‍न नपरोस् भनेर यूफ्रेटिस नदी पारिको राजकीय कोषबाट रुपियाँ-पैसा दिनू ।

  • 11हे परमप्रभु, म बिन्ती गर्छु, कि तपाईंको नाउँको आदर गर्ने तपाईंका दास र तपाईंका दासहरूको प्रार्थना सुन्‍नुहोस् । आज तपाईंको दासलाई सफलता दिनुहोस्, र यस मानिसको दृष्‍टिमा उसलाई कृपा देखाउनुहोस् ।” म राजाको मद्य टक्र्याउने व्यक्तिको रूपमा काम गर्थें ।

  • 3तिन हप्‍ता पुरै नबितेसम्म नै मैले कुनै मिठो खाना खाइनँ, न मासु खाएँ, न दाखमद्य पिएँ, न त मैले आफैंलाई तेलले अभिषेक गरें ।

  • नहे 5:7-13
    7 पदहरू
    70%

    7तब मैले यस विषयमा सोचविचार गरेँ, अनि कुलीनहरू र अधिकारीहरूलाई दोष लगाएँ । मैले तिनीहरूलाई भनेँ, “तिमीहरू हरेकले आफ्नै भाइबाट ब्याज लिँदै छौ ।” मैले तिनीहरूको विरुद्धमा ठुलो भेला गराएँ,

    8र तिनीहरूलाई भनेँ, “हामी कुलीनहरूले जाति-जातिहरूकहाँ दासत्वमा बेचिएका हाम्रा यहूदी दाजुभाइहरूलाई दाम तिरी फिर्ता गरेर ल्याएका छौँ, तर तिमीहरू आफ्ना दाजुभाइ तथा दिदी-बहिनीहरू फेरी हामीलाई बेच्छौ!” तिनीहरू स्तब्ध भए र बोल्नलाई कुनै शब्दै भएन ।

    9मैले यसो पनि भनेँ, “तिमीहरूले जे गरिरहेका छौ, त्यो ठिक होइन । जाति-जातिहरू अर्थात् हाम्रा शत्रुहरूका कटाक्षलाई रोक्‍न के तिमीहरू हाम्रा परमेश्‍वरोक डरमा चल्नुपर्दैन र?

    10मैले, मेरा दाजुभाइहरूले र मेरा सेवकहरूले तिनीहरूलाई रुपियाँ-पैसा र अन्‍न सापट दिँदै छौँ । तर हामीले यी ऋणमा ब्याज लगाउन रोक्‍नुपर्छ ।

    11आजकै दिन तिमीहरूले तिनीहरूबाट लिएका तिनीहरूका खेतहरू, दाखबारीहरू, भद्राक्ष बारीहरू, तिनीहरूका घरहरू, रुपियाँ-पैसाको ब्याज, अन्‍न, नयाँ दाखमद्य र तेल फर्काइदेओ ।”

    12तब तिनीहरूले भने, “हामीले तिनीहरूबाट लिएका चिजहरू फिर्ता गरिदिने छौँ, र हामी तिनीहरूबाट केही माग गर्दैनौँ । हामी तपाईंले भन्‍नुभएझैँ गर्ने छौँ ।” तब मैले पुजारीहरूलाई बोलाई तिनीहरूले भनेअनुसार गर्न तिनीहरूलाई शपथ खान लगाएँ ।

    13मैले आफ्नो खास्टोको गाँठो फुकाएर भनेँ, “आफ्नो प्रतिज्ञा पुरा नगर्ने हरेक मानिसको घर र धन-सम्पत्ति परमेश्‍वरले यसरी नै फुकालिदेऊन् । त्यसलाई फुकाली रित्तो बनाइयोस् ।” सबै समुदायले भने, “आमेन,” अनि तिनीहरूले परमेश्‍वरको स्तुति गरे, र तिनीहरूले आ-आफूले प्रतिज्ञा गरेअनुसार गरे ।

  • एज्रा 7:21-22
    2 पदहरू
    70%

    21म अर्तासास्तले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै कोषाध्यक्ष यो आदेश दिन्छु, कि एज्राले तिमीहरूबाट मागेका कुनै पनि थोक प्रचुर मात्रामा दिनू,

    22अर्थात् एक सय तोडा चाँदी, एक सय कोर गहुँ, एक सय बाथ दाखमद्य, एक सय बाथ तेल र नूनचाहिं असिमित रूपमा दिनू ।

  • 14मेरो शोकको घडीमा मैले त्यो खाएको छैनँ, न म अशुद्ध हुँदा मैले त्यसलाई कतै राखेको छु, न त मृतकहरूको आदरमा मैले त्यो दिएको छु । मैले परमप्रभु मेरा परमेश्‍वरको आवाज सुनेको छु । तपाईंले मलाई दिनुभएको हरेक आज्ञा मैले पालन गरेको छु ।

  • 16म कहाँ गएँ र मैले के गरेँ भन्‍ने बारेमा शासकहरूलाई थाहै भएन, र यति बेलासम्म मैले यहूदीहरूलाई पनि भनेको थिइनँ, न पुजारीहरू, न प्रतिष्‍ठित मानिसहरू, न शासकहरू, न त काम गर्ने बाँकी मानिसहरूलाई भनेको थिएँ ।

  • 63त्‍यसैले ऊरीम र तुम्मीमको सेवा गर्ने एक जना पुजारीले अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खानुहुँदैन भनी गभर्नरले तिनीहरूलाई बताए ।

  • 26तिनीहरूले येशूअका छोरा, योसादाकका नाति योयाकीमको पालोमा अनि राज्यपाल नहेम्याह र पुजारीसाथै शास्‍त्री एज्राको पालोमा सेवा गरे ।

  • 65पुजारीले ऊरीम र तुम्मीमसहित अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खान मिल्दैनथ्यो भनी राज्यपालले तिनीहरूलाई बताए ।

  • 24त्यसपछि मैले पुजारीय अधिकारीहरूबाट बाह्र जना मानिस छानें: शरेबियाह र जशब्याह अनि तिनीहरूका दस जना दाजुभाइ थिए ।

  • 5राजाले आफ्ना मीठा भोजन र आफूले पिउने दाखमद्यबाट तिनीहरूका निम्ति दैनिक भाग अलग गर्थे । ती जवान मानिसहरूलाई तिन वर्षसम्‍म तालिम दनुपर्थ्‍यो, र त्यसपछि, तिनीहरूले राजाको सेवा गर्नुपर्थ्‍यो ।

  • 4मैले यी वचन सुन्‍ने बित्तिकै म बसेर रोएँ, अनि कैयौँ दिनसम्म स्वर्गका परमेश्‍वरको सामु म शोक गर्दै, उपवास बस्दै र प्रार्थना गर्दै बसेँ ।

  • नहे 2:6-9
    4 पदहरू
    69%

    6राजाले मलाई जवाफ दिनुभयो (रानी पनि उहाँकै छेउमा बसिरहनुभएको थियो), “तिमी कहिलेसम्म टाढिन्छौ र तिमी कहिले फर्कने छौ?” मैले राजालाई मिति दिँदा राजा मलाई पठाउन खुसी हुनुभयो ।

    7तब मैले राजालाई भनेँ, “राजालाई खुसी लागे यूफ्रेटिस पारिको प्रान्तका राज्यपालहरूका लागि मलाई चिट्ठीहरू पठाइऊन् ताकि म यहूदा जाँदा तिनीहरूले मलाई तिनीहरूका इलाकाहरू भएर जान अनुमति देऊन् ।

    8राजाको जङ्गलको जिम्मावाल आसापको लागि पनि एउटा चिट्ठी होस्, ताकि मन्दिरसित गाँसिएको किल्लाका मूल ढोकाहरू, सहरको पर्खाल र म बस्‍ने घरका लागि सत्तरीहरू बनाउन तिनले मलाई मुढाहरू जुटाइदेऊन् ।” परमेश्‍वरको असल हात ममाथि भएकोले राजाले मेरो अनुरोध स्वीकार गर्नुभयो ।

    9म यूफ्रेटिस पारिको प्रान्तका राज्यपालहरूकहाँ आइपुगेँ, र तिनीहरूलाई राजाका चिट्ठीहरू दिएँ । राजाले मसँगै सेनाका अधिकृतहरू र घोडचढीहरू पठाएका थिए ।

  • 69%

    33एबील-मरोदकले यहोयाकीनका कैदका लुगाहरू हटाए, र यहोयाकीनले आफ्नो बाँकी जीवनभर नियमित रूपमा राजाको टेबुलमा खानपान गरे,

    34र तिनको मृत्यु नभएसम्म नै तिनको बाँकी जीवनभर हरेक दिन तिनलाई नियमित रूपमा खानाको भत्ता दिइयो ।

  • 13त्‍यसपछि राजाका मिठा भोजन खाने जवान मानिसहरूका सामु हाम्रो अनुहार कस्‍तो देखिन्‍छ तुलना गरेर हेर्नुहोस्, र हामी तपाईंका सेवकहरूलाई तपाईंले जे देख्‍नुहुन्छ, त्यसअनुसार व्यवहार गर्नुहोस् ।”

  • एज्रा 8:21-22
    2 पदहरू
    69%

    21त्यसपछि परमप्रभुको सामु आफैलाई विनम्र तुल्याउन, र हामी, हाम्रा बालबच्‍चा अनि हाम्रा सबै सम्पत्तिको लागि सोझो मार्गको खोजी गर्न मैले अहावा नहरमा उपवासको घोषणा गरें ।

    22बाटोमा शत्रुहरूबाट हाम्रो रक्षा गर्नका लागि राजासँग सेना वा घोडचढीहरू माग्‍न म लजाएँ किनकि हामीले राजालाई भनेका थियौं, 'हाम्रा परमेश्‍वरको खोजी गर्ने सबैमाथि सदाको लागि उहाँको हात रहेको हुन्छ, तर उहाँलाई त्याग्‍नेहरू सबैमाथि उहाँको शक्ति र क्रोध पर्छ ।'

  • 29एबील-मरोदकले यहोयाकीनका कैदका लुगाहरू उतारे, र यहोयाकीनले आफ्नो बाँकी जीवनकालभरि राजाको टेबुलमा बसेर नियमित रूपमा खाए ।

  • 1¶ हकल्याहका छोरा नहेम्याहका वचनहरूः बिसौँ वर्षको किसलेव महिनामा म शूशनको किल्लामा छँदा,

  • 14हे मेरा परमेश्‍वर, यस विषयमा मेरो सम्झना गर्नुहोस्, अनि मेरा परमेश्‍वरको मन्दिर र यसका सेवाहरूमा मैले गरेका असल कार्यहरूलाई नमेटिदिनुहोस् ।

  • 30मैले तोकिएको समयमा दाउराको भेटी र अगौटे फलहरू उपलब्ध गराएँ ।

  • 28अनि राजा, तिनका सल्लाहाकारहरू र तिनका सबै शक्तिशाली अधिकारीहरूका सामु मलाई उहाँको करारको विश्‍वास्‍तता देखाउनुभयो । म परमप्रभु मेरा परमेश्‍वरको हातद्वारा बलियो बनाइएको छु, र मैले आफूसित जानलाई इस्राएलका अगुवाहरूलाई भेला गरें ।

  • 5“भूमिका सबै मानिसहरू र पुजारीहरूलाई यस्तो भन्, ‘यी सत्तरी वर्षसम्म तिमीहरूले पाचौँ र सातौँ महिनामा उपवास बस्दा र विलाप गर्दा, के तिमीहरू साँच्‍चै मेरो निम्ति उपवास बसिरहेका थियौ?

  • 15दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको चौबीसौँ दिनमा यो भयो ।

  • 36तब तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्‍ने राजाका उच्‍च अधिकारीहरू र गभर्नरहरूलाई राजाको आदेश दिए, अनि तिनीहरूले मानिसहरू र परमेश्‍वरको मन्दिरलाई मदत गरे ।

  • 33उपस्थितिको रोटी, नियमित अन्‍नबलि, शबाथमा चढाइने होमबलिहरू, औँसीका चाडहरू र तोकिएका चाडहरू, पवित्र भेटीहरू, इस्राएलको निम्ति प्रायश्‍चित्तको लागि चढाइनुपर्ने पापबलिहरूसाथै हाम्रा परमेश्‍वरको मन्दिरका कामको लागि उपलब्ध गराउनुपर्ने आज्ञालाई हामीले स्वीकार गर्‍यौँ ।

  • 10प्रमुख अधिकारीले दानिएललाई यसो भने, “म आफ्‍ना मालिक, महाराजादेखि डराउँछु । तिमीले के खाने र पिउने भन्‍ने बारेमा उहाँले आज्ञा गर्नुभएको छ । तिमीहरूकै उमेरका अरू जवान मानिसहरूभन्दा तिमीहरू उहाँको सामु किन कमजोर देखिने?”