यिर्मिया 52:33
एबील-मरोदकले यहोयाकीनका कैदका लुगाहरू हटाए, र यहोयाकीनले आफ्नो बाँकी जीवनभर नियमित रूपमा राजाको टेबुलमा खानपान गरे,
एबील-मरोदकले यहोयाकीनका कैदका लुगाहरू हटाए, र यहोयाकीनले आफ्नो बाँकी जीवनभर नियमित रूपमा राजाको टेबुलमा खानपान गरे,
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
27यहूदाका राजा यहोयाकीन निर्वासन भएको सैँतिसौँ वर्षको बाह्रौं महिनाको सत्ताइसौँ दिनमा बेबिलोनका राजा एबील-मरोदकले यहूदाका राजा यहोयाकीनलाई झ्यालखानाबाट मुक्त गरिदिए । एबील-मरोदकले राज्य गर्न सरु गरेको वर्षमा यो भएको थियो ।
28राजाले तिनीसँग दयापूर्वक कुरा गरे, र बेबिलोनमा तिनीसित भएका अरू राजाहरूलाई भन्दा तिनलाई इज्जतदार ठाउँमा बसाए ।
29एबील-मरोदकले यहोयाकीनका कैदका लुगाहरू उतारे, र यहोयाकीनले आफ्नो बाँकी जीवनकालभरि राजाको टेबुलमा बसेर नियमित रूपमा खाए ।
30तिनको जीवनको बाँकी समयभरि हरेक दिन खानाको भत्ता तिनलाई नियमित रूपमा दिइयो ।
34र तिनको मृत्यु नभएसम्म नै तिनको बाँकी जीवनभर हरेक दिन तिनलाई नियमित रूपमा खानाको भत्ता दिइयो ।
31यहूदाका राजा यहोयाकीन निर्वासन भएको सैंतिसौं वर्षको बाह्रौं महिनाको पच्चिसौं दिनमा, बेबिलोनका राजा एबील-मरोदकले यहूदाका राजा यहोयाकीनलाई कैदबाट मुक्त गरे । एबील-मरोदकले राज्य सुरु गरेको वर्षमा यसो गरियो ।
32राजाले तिनीसित दयापूर्वक बोले, र बेबिलोनमा तिनीसित भएका अन्य राजाहरूलाई भन्दा तिनलाई प्रतिष्ठित स्थान दिए ।
20तर हे मेरा मालिक राजा, अब सुन्नुहोस् । मेरा बिन्ती हजुरको सामु राख्न दिनुहोस् । मलाई सचिव जोनाथनको घरमा नफर्काउनुहोस्, नत्रता म त्यहीँ मर्नेछु ।”
21त्यसैले राजा सिदकियाहले एउटा हुकुम दिए । तिनका अधिकारीहरूले यर्मियालाई गारदको चोकमा थुने । सहरमा सबै रोटी नसकुञ्जेलसम्म तिनलाई हरेक दिन एउटा रोटी दिइन्थ्यो । यसरी यर्मिया गारदको चोकमा रहे ।
5राजाले आफ्ना मीठा भोजन र आफूले पिउने दाखमद्यबाट तिनीहरूका निम्ति दैनिक भाग अलग गर्थे । ती जवान मानिसहरूलाई तिन वर्षसम्म तालिम दनुपर्थ्यो, र त्यसपछि, तिनीहरूले राजाको सेवा गर्नुपर्थ्यो ।
17हाम्रा वरिपरि भएका जाति-जातिहरूबाट आउने मानिसहरूबाहेक मेरो टेबुलमा यहूदीहरू र अधिकारीहरू गरी जम्मा १५० जना हुन्थे ।
18एउटा गोरु, छवटा मोटा-मोटा भेडा र कुखुराहरू हरेक दिन खानलाई जुटाइनुपर्थ्यो, र दस-दस दिनपछि चाहिँ सबै किसिमका दाखमद्य प्रचुर मात्रामा जुटाइन्थ्यो । यति हुँदाहुँदै पनि मैले राज्यपालको भोजनको भत्ताको माग गरिनँ किनकि मानिसहरूमाथि ठुलो बोझ परेको थियो ।
14म यहूदा देशको राज्यपाल नियुक्त भएको समयदेखि अर्थात् अर्तासास्त राजाको बिसौँ वर्षदेखि बत्तिसौँ वर्षसम्म, जम्माजम्मी बार्ह वर्षसम्म मैले र मेरा दाजुभाइहरूले राज्यपालको लागि उपलब्ध गराइएको खाना खाएनौँ ।
12र यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका सेवकहरू, राजकुमारहरू र तिनका अधिकारीहरू बेबिलोनका राजाकहाँ गए । बेबिलोनका राजाले आफ्नो शासनकालको आठौँ वर्षमा तिनलाई समाते ।
8त्यसैले एबेद-मेलेक राजदरबाट गए र राजासित बात गरे । तिनले भने,
9“हे मेरा मालिक राजा, यी मानिसहरूले यर्मिया अगमवक्तासँग जसरी व्यवहार गरे त्यो दुष्ट काम हो । सहरमा खानलाई अब कुनै कुरा नभएको हुनाले भोकले मर्नलाई तिनीहरूले तिनलाई इनारमा हाले ।”
10तब राजाले कूशी एबेद-मेलेकलाई हुकुम गरे । तिनले भने, “यहाँबाट तिस जना मानिस साथमा लिएर जाऊ र यर्मिया अगमवक्ता मर्नुअगि तिनलाई इनारबाट निकाल ।”
11त्यसैले एबेद-मेलेकले ती मानिसहरूलाई लिए र राजदरबारको एउटा भण्डर कोठामा गए । त्यहाँबाट तिनले थोत्रा र फाटेका कपडाहरू निकाले, र त्यसपछि तिनले इनारमा यर्मियाको लागि डोरीले बाँधेर ती झारिदिए ।
27त्यसलाई भन्, ‘राजा भन्नुहुन्छः यो मानिसलाई झ्यालखानामा हाल्, र म सुरक्षितसाथ नफर्केसम्म त्यसलाई थोरै रोटी र थोरै पानी मात्र खुवाउनू' ।”
13त्यसपछि राजाका मिठा भोजन खाने जवान मानिसहरूका सामु हाम्रो अनुहार कस्तो देखिन्छ तुलना गरेर हेर्नुहोस्, र हामी तपाईंका सेवकहरूलाई तपाईंले जे देख्नुहुन्छ, त्यसअनुसार व्यवहार गर्नुहोस् ।”
8यहोयाकीमको राजकालका अरू घटनाहरू, र तिनले गरेका घिनलाग्दा कामहरू, र तिनको विरुद्ध पाइएका कुराहरू यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् । त्यसपछि तिनको ठाउँमा तिनका छोरा यहोयाकीन राजा भए ।
9यहोयाकीन ले राज्य गर्न सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा तीन महिना दश दिन राज्य गरे । तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो, त्यही गरे ।
8किनभने हेर्! म तँलाई डोरीहरूले कसी राख्नेछु, यसरी तेरा घेराको दिन समाप्त नहोउञ्जेल तँ यताउता फर्कन सक्नेछैनस् ।
9त्यसपछि गहूँ, जौ, सिमी, दाल, कोदो र कठिया लिएर एउटै भाँडामा हालेर तँ कोल्टे परेर सुत्ने दिनअनुसार तेरो लागि रोटी पका । तिन सय नब्बे दिनसम्म तैंले त्यो खानेछस् ।
10तैंले खाने भोजनचाहिं तौलअनुसार हुनेछ, हरेक दिन बिस शेकेल दिनको र तोकिएको बेलामा तैंले त्यो खानेछस् ।
11तब तिनले सिदकियाहका आँखा निकाले, तिनलाई काँसाका साङ्लाहरूले बाँधे र बेबिलोनमा ल्याए । तिनको मृत्यु नभएसम्म नै बेबिलोनका राजाले तिनलाई झ्यालखानामा राखे ।
26तिनलाई तिमीहरूले यसो भन्नेछौ, ‘राजा यसो भन्नुहुन्छ: यस मानिसलाई झ्यालखानमा राख र म कुशलसाथ नआएसम्म त्यसलाई थोरै रोटी र थोरै पानी मात्र देओ ।’”
14जो झुकेका छ, परमप्रभुले मुक्त गर्न हतार गर्नुहुनेछ । ऊ मर्ने र तल खाडलमा जानेछैन, न रोटीको कमी हुनेछ ।
6त्यसपछि बेबिलोनका राजा नबूकदनेसरले तिनलाई आक्रमण गरे र तिनलाई बेबिलोनमा लानलाई तिनलाई साङ्लाले बाँधे ।
6चौथो महिनाको नवौं दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्यो, कि देशका मानिसहरूका लागि कुनै खानेकुरा नै थिएन ।
3तिन हप्ता पुरै नबितेसम्म नै मैले कुनै मिठो खाना खाइनँ, न मासु खाएँ, न दाखमद्य पिएँ, न त मैले आफैंलाई तेलले अभिषेक गरें ।
30तैँले टेबुलमा मेरो सामु नियमित रूपमा उपस्थितिको रोटी राख्नू ।
2त्यस बेला बेबिलोनका राजाको सेनाले यरूशलेमलाई घेराबन्दी गर्दै थियो, र यर्मिया अगमवक्ता यहूदाका राजमहलको गारदको चोकमा थुनामा राखिएका थिए ।
6यहोयाकीम आफ्ना पुर्खाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा यहोयाकीन राजा भए ।
1¶ यहोयाकीमको समयमा बेबिलोनका राजा नबूकदनेसरले यहूदालाई आक्रमण गरे । तिन वर्षसम्म यहोयाकीम तिनका सेवक भए । त्यसपछि यहोयाकीम फर्किए र नबूकदनेसरको विरुद्धमा विद्रोह गरे ।
15दस दिनको अन्त्यमा, राजाका मीठा भोजन खाने सबै जवान मानिसहरूभन्दा तिनीहरूका अनुहार बढी स्वस्थ देखिए, र तिनीहरूले बढी पोषण पाएका देखा परे ।
16यसैले ती भण्डारेले तिनीहरूका सबै राजकीय मीठा भोजन र दाखमद्य हटाइदिए, अनि तिनीहरूलाई सागपात मात्र दिए ।
10प्रमुख अधिकारीले दानिएललाई यसो भने, “म आफ्ना मालिक, महाराजादेखि डराउँछु । तिमीले के खाने र पिउने भन्ने बारेमा उहाँले आज्ञा गर्नुभएको छ । तिमीहरूकै उमेरका अरू जवान मानिसहरूभन्दा तिमीहरू उहाँको सामु किन कमजोर देखिने?”
11तब दानिएल, हनन्याह, मीशाएल र अजर्याहमाथि प्रमुख अधिकारीले खटाएका भण्डारेसँग दानिएलले कुरा गरे ।
17बेबिलोनका राजाले यहोयाकीनका काका मत्तन्याहलाई तिनको ठाउँमा राजा बनाए, र तिनकको नाउँ बद्लेर सिदकियाह राखे ।
12त्यसैले यहूदाका राजा सिदकियाहसित मैले बोलें र तिनलाई यो सन्देश दिएँ, “आफ्नो काँधमा बेबिलोनका राजाको जुवा थाप र ऊ र उसका मानिसहरूको सेवा गर, अनि तिमी बाँच्नेछौ ।
13त्यसपछि तिनीहरूले यर्मियालाई डोरीको सहायताले ताने । यसरी तिनीहरूले तिनलाई इनारबाट बाहिर निकाले । यसरी यर्मिया गारदको चोकमा बसे ।
20जसको कारणले उसको जीवनले खानेकुरालाई घृणा गर्छ, र उसको प्राणले मिठो भोजनलाई घृणा गर्छ ।
16यसरी यर्मियालाई झ्यालखानाको कालकोठरीमा हालियो, जहाँ तिनी धेरै दिनसम्म रहे ।
3इस्राएलको शासक परमप्रभुको अगि भोजन गर्नलाई त्यहाँ बस्नेछ । त्यो ढोकाको दलानबाट भित्र आउनेछ र त्यही बाटो बाहिर जानेछ ।”
2परमप्रभुले यहूदाका राजा यहोयाकीममाथि नबूकदनेसरलाई विजय दिनुभयो, र उहाँले परमेश्वरको मन्दिरबाट केही पवित्र थोकहरू तिनलाई दिनुभयो । ती तिनले बेबिलोनियाको देशको आफ्नो देवताको भवनमा ल्याए, र ती पवित्र थोकहरूलाई तिनले आफ्नो देवताको भण्डारमा राखे ।
4तर अब हेर, तिम्रा हातमा भएका साङ्लाबाट मैले तिमीलाई आज मुक्त गरेको छु । तिम्रो दृष्टिमा मसितै बेबिलोन आउनु उचित हो भने आऊ, र म तिम्रो हेरचाह गर्नेछु । तर तिम्रो दृष्टिमा मसितै बेबिलोन आउनु उचित होइन भने, त्यसो नगर । तिम्रो सामु भएको सबै देशलाई हेर । तिम्रो दृष्टिमा जहाँ जान ठिक र उचित लाग्छ, त्यहीँ जाऊ ।”
8तर दानिएलले राजाका मीठा भोजन र तिनले पिउने दाखमद्यले आफैंलाई अशुद्ध नपार्नलाई आफ्नो मनमा इच्छा गरे । यसैले तिनले आफैंलाई अशुद्ध पार्नु नपरोस् भनेर प्रमुख अधिकारीसँग तिनले अनुमति मागे ।