यहेज्केल 24:17
तैंले चूपचाप सुस्केरा हाल्नुपर्छ । मृतकको अन्तेष्टि नगर् । आफ्ना फेटा आफ्नो टाउकोमा बाँध र आफ्ना जुत्ता आफ्ना खुट्टामा लगा, तर आफ्नो मुखका रौं नढाक् वा आफ्ना पत्नीको मृत्युमा शोक गर्ने मानिसहरूका रोटी नखा ।”
तैंले चूपचाप सुस्केरा हाल्नुपर्छ । मृतकको अन्तेष्टि नगर् । आफ्ना फेटा आफ्नो टाउकोमा बाँध र आफ्ना जुत्ता आफ्ना खुट्टामा लगा, तर आफ्नो मुखका रौं नढाक् वा आफ्ना पत्नीको मृत्युमा शोक गर्ने मानिसहरूका रोटी नखा ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
22तब मैले गरेझैं तिमीहरूले पनि गर्नेछौः तिमीहरूले आफ्नो अनुहारका रौं छोप्नेछैनौ, न त शोक गर्ने मानिसहरूका रोटी खानेछौ ।
23त्यसको साटोमा, तिमीहरूका फेटा तिमीहरूका टाउकामा र तिमीहरूका जुत्ता तिमीहरूका खुट्टामा हुनेछन् । तिमीहरूले शोक गर्नेछैनौ न त रुनेछौ, किनकि तिमीहरू आफ्ना पापहरूको कारणले पग्लेर जानेछौ, र हरेक मानिसले आफ्ना भाइको निम्ति सुस्केरा हाल्नेछ ।
24यसरी इजकिएलचाहिं तिमीहरूका निम्ति एउटा चिन्ह हुनेछ । उसले जे गरेको छ ती हरेक कुरा तिमीहरूले पनि गर्नेछौ । तब म नै परमप्रभु परमेश्वर हुँ भनी तिमीहरूले जान्नेछौ' ।”
16“ए मानिसको छोरो, हेर्, तेरो आँखाका इच्छालाई म विपतिबाट हटाउँदैछु, तर तैंले शोक गर्नुहुँदैन न त रुनु हुन्छ, र तेरा आँखाबाट आँसु झर्नुहुँदैन ।
5किनकि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, “शोक भएको घरमा प्रवेश नगर् । तिनीहरूका निम्ति शोक गर्न वा सहानुभूति देखाउन नजा, किनकि यी मानिसबाट मैले आफ्नो शान्ति, मेरो अचुक प्रमे र कृपा लिएर गएको छु, यो परमप्रभुको घोषणा हो ।
6यस देशमा साना र ठुला दुवै मर्नेछन् । तिनीहरूलाई गाडिनेछैन, र कसैले पनि तिनीहरूको निम्ति शोक गर्ने वा आफूलाई काट्ने वा आफ्ना कपाल खौरनेछैन ।
7मृत्युको कारणले तिनीहरूलाई सान्त्वना दिन शोकमा कसैले पनि खानेकुरा नबाँडोस्, र तिनीहरूलाई सान्त्वना दिन कसैले पनि त्यसका बाबु वा त्यसकी आमालाई सान्त्वनाको कचौरा नदेओस् ।
8तँ खान र पिउनलाई तिनीहरूसँगै बस्न भोजको घरमा तैंले जानुहुँदैन ।'
18यसैले बिहानै मैले यो कुरा मानिसहरूलाई भनें, र त्यही बेलुकी मेरी पत्नीको मृत्यु भयो । भोलिपल्ट बिहान मलाई जे गर्ने आज्ञा दिइएको थियो, मैले त्यही गरें ।
19मानिसहरूले मलाई सोधे, “यी कुराहरू अर्थात्, तपाईंले गरेका कुराहरूको अर्थ के हो, हामीलाई भन्नुहुन्न?”
12त्यस दिन परमप्रभु सर्वशक्तिमान् परमप्रभुले रुन, विलाप गर्न, कपाल खौरन र भाङ्ग्रा लगाउनलाई बोलाउनुभयो ।
10मृत्यु भएको व्यक्तिको निम्ति नरोओ वा त्यसको निम्तो शोक गर, तर टाढा लगिन लागेको व्यक्तिप्रति धुरुधुरु रोओ, किनकि त्यो फेरि कहिल्यै फर्किने अनि आफ्नो जन्मभूमि देख्नेछैन ।'
10तिमीहरूका चाडहरूलाई विलापमा, अनि तिमीहरूका सबै गीतलाई रुवाईमा म बद्लिनेछु । तिमीहरू सबैलाई भाङ्ग्रा लाउने, र हरेकले कपाल खौरन म बनाउनेछु । एक मात्र छोराको निम्ति विलाप गरेझैं, र त्यसको अन्त्यमा तीतो म बनाउनेछु ।
25किनकि अब ए मानिसको छोरो, तिनीहरूले तँलाई डोरीले बाँध्नेछन्, र तँ बाँधिनेछस्, यसैले तँ तिनीहरूका बिचमा जान सक्दैनस् ।
8आफ्नो भर्खरको पतिको मृत्यु भएर भाङ्ग्रा लगाएकी कन्या केटीले झैं विलाप गर ।
9परमप्रभुको मन्दिरबाट अन्नबलि र अर्घबलि हटाइएका छन् । परमप्रभुको सेवा गर्ने पुजारीहरू विलाप गर्छन् ।
8किनभने हेर्! म तँलाई डोरीहरूले कसी राख्नेछु, यसरी तेरा घेराको दिन समाप्त नहोउञ्जेल तँ यताउता फर्कन सक्नेछैनस् ।
9त्यसपछि गहूँ, जौ, सिमी, दाल, कोदो र कठिया लिएर एउटै भाँडामा हालेर तँ कोल्टे परेर सुत्ने दिनअनुसार तेरो लागि रोटी पका । तिन सय नब्बे दिनसम्म तैंले त्यो खानेछस् ।
24सुगन्धित अत्तरको सट्टामा दूर्गन्ध हुनेछ । अनि पटुकाको सट्टामा डोरी हुनेछ । राम्ररी कोरेको कपालको सट्टामा मुडुलो हुनेछ । अनि पोशाकको सट्टामा भाङ्ग्राको लुगा हुनेछ । र सुन्दरताको सट्टामा डामै-डाम हुनेछ ।
13ए पुजारीहरू हो, भाङ्ग्रा लगाओ र विलाप गर! वेदीमा सेवा गर्नेहरू हो, विलाप गर । ए मेरा परमेश्वरका सेवा गर्नेहरू हो, आओ, र रातभर भाङ्ग्रा लगाएर बस । किनभने तिमीहरूका परमेश्वरको मन्दिरबाट अन्नबलि र अर्घबलि हटाइएका छन् ।
6तेरो बारेमा, ए मानिसको छोरो, तेरो पटुका चुडिंदा सुस्केरा हाल् । तीतो मन लिएर तिनीहरूले देख्ने गरी सुस्केरा हाल् ।
22फर्केर आई यस ठाउँमा रोटी खाएकोले र पानी पिएकोले तेरो शरीरलाई तेरा पित्रहरूको चिहानमा गाडिने छैन किनकि तैँले परमप्रभुले मनाही गर्नुभएको ठाउँमा रोटी खाइस् र पानी पिइस्' ।”
10गातमा यस विषयमा केही नबताओ, रुँदै नरोओ । बेथ-ओप्रामा म आफैँ धुलोमा लत्पतिन्छु ।
11शाफीरका निवासीहरू, नग्नता र शर्ममा हिँड । सानानका निवासीहरू बाहिर ननिस्क । बेथ एजेल विलाप गर्दछ, किनकि तिनीहरूको सुरक्षा-स्थान खोसिएको छ ।
21तब तिनका सेवकहरूले तिनलाई भने, “तपाईंले किन यसो गर्नुभएको छ? त्यो बालक जिउँदो हुँदा तपाईं उपवास बस्नुभयो र रुनुभयो, तर जब बालक मर्यो, तब तपाईं उठ्नुभयो र खानुभयो ।”
18र जो खेतमा छ, ऊ आफ्नो खास्टो लिन नफर्कोस् ।
8तर ए मानिसको छोरो, मैले तँलाई भनिरहेको कुरा सुन् । त्यो विद्रोही घरानाझैं तँ विद्रोही नहो । तेरो मुख खोल्, र मैले तँलाई जे दिन गइरहेको छु त्यो खा!”
17तिनका घरानाका ठुलाहरू उठे र तिनलाई भुईंबाट उठाउन तिनको छेउमा खडा भए, तर तिनी उठेनन् र तिनले तिनीहरूसँग केही पनि खाएनन् ।
2जाँतो लि र पीठो पिंध् । तेरो घुम्टो हटा, तेरो लामो वस्त्र उतार, तेरा गोडाहरू नाङ्गो पार्, खोलाहरू तर् ।
31तिनीहरूले तेरो लागि आफ्नो कपाल मुण्डन गर्नेछन्, र आफूमा भाङ्ग्रा बाँध्नेछन्, अनि तँलाई हेरेर तिनीहरू धुरुधुरु रुनेछन् र तिनीहरू कराउनेछन् ।
1¶ परमप्रभुले मलाई यसो भन्नुभयो, “जा र एउटा सुतीको पटुका किन्, र यसलाई तेरो कम्मरको चारैतिर बाँध, तर त्यसलाई पहिले पानीमा नभिजा ।”
26हे मेरा मानिसकी छोरी, भाङ्ग्रा लगा र खरानीमा लडीबडी हो । एक मात्र छोरोको लागि विलाप गरेझैं शुँक-शुँक गरेर शोक गर, किनकि विनाशक हामीमाथि अकस्मात् आउनेछ ।
11परमप्रभुको वचन फेरि मकहाँ यसो भनेर आयो,
13तब तिनीहरू सात दिन र सात रात तिनीसँगै भुइँमा बसे । कसैले तिनलाई एउटै शब्द पनि बोलेन, किनकि तिनको शोक अत्यन्तै ठुलो भएको तिनीहरूले देखे ।
18त्यसकारण यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्नुहुन्छः 'हाय, मेरा दाजु! हाय मेरी बहिनी!' भन्दै तिनीहरूले त्यसको लागि विलाप गर्नेछैनन् । 'हाय, मेरा मालिक! हाय, उहाँको गौरव!' भन्दै तिनीहरूले त्यसको लागि विलाप गर्नेछैनन् ।
2त्यस बेला आमोजका छोरा यशैयाद्वारा परमप्रभु बोल्नुभयो र भन्नुभयो, “जा र तेरो कम्मरबाट भाङ्ग्रा हटा र तेरो खुट्टाको जुत्ता फुकाल् ।” नाङ्गो भएर र खाली खुट्टाले हिंडेर तिनले त्यसो गरे ।
15ऊसँग बाँच्नेहरू विपत्तिद्वारा गाडिनेछन्, अनि तिनीहरूका विधवाहरूले तिनीहरूका निम्ति विलाप गर्नेछैनन् ।
11पटुका कसेर, खुट्टामा जुत्ता लगाएर र हातमा लट्ठी बोकेर तिमीहरूले खानू । तिमीहरूले हतारसँग खानुपर्छ । यो परमप्रभुको निस्तार-चाड हो ।
16र खेतमा हुनेहरू आफ्नो खास्टो लिन नआऊन् ।
17तर तिमीहरू जब उपवास बस्छौ, आफ्ना अनुहार पखाल र आफ्ना शिरलाई अभिषेक गर ।
18र तिनीहरूले भाङ्ग्रा लाउनेछन् र त्रासले तिनीहरूलाई ढाक्नेछ । हरेक अनुहारमा लाज हुनेछ, र तिनीहरू सबैका शिरमा कपाल हुनेछैन ।
25तेरो खुट्टालाई नाङ्गो हुनबाट र तेरो घाँटीलाई तिर्खाउनबाट तैंले नियन्त्रण गर्नुपर्छ । तर तैंले भनेको छस्, 'यो आशारहित छ! अहँ, म परदेशीहरूलाई प्रेम गर्छु र तिनीहरूकै पछि लाग्छु ।'
1¶ तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका मानिसहरू हौ । मृतकहरूका लागि तिमीहरूले आफ्नो शरीरमा चोट नपुर्याउनु न त आफ्नो शिरको अगाडिको भाग खौरनू ।
4निर्वासनको लागि तेरा सामनाहरू दिउँसै तिनीहरूका आँखाकै सामुन्ने बाहिर निकाल्नेछस् । तिनीहरूका आँखाकै सामुन्ने कोही निर्वासनमा जानेझैं बेलुकी जानेछस् ।
6तिनीहरूले हेरिरहँदा तैंले आफ्नो सामान काँधमा उठा, र ती अँध्यारोमा बोकेर बाहिर लैजा । आफ्नो मुख छोप्, किनकि तैंले भुइँ देख्नुहुँदैन, किनभने इस्राएलका घरानाको निम्ति मैले तँलाई एउटा चिन्हको रूपमा अलग गरेको छु ।”
17किनकि परमप्रभुको वचनद्वारा मलाई आज्ञा दिइएको छ, 'तैँले त्यहाँ रोटी नखानू, न पानी पिउनू, न तँ आएको बाटो फर्केर जानू' ।”
4जब मानिसहरूले यी भयभीत तुल्याउने वचनहरू सुने तिनीहरूले विलाप गरे र कसैले पनि गरगहना लगाएन ।
28मरेको मानिसको निम्ति आफ्नो शरीर नकाट्नू वा आफ्नो शरीरमा खोपेर कुनै छाप नबनाउनू । म परमप्रभु हुँ ।
18“ए मानिसको छोरो, आफ्नो भोजन थरथर हुँदै खा, र काम्दै र चिन्ता गर्दै पानी पी ।
14मेरो शोकको घडीमा मैले त्यो खाएको छैनँ, न म अशुद्ध हुँदा मैले त्यसलाई कतै राखेको छु, न त मृतकहरूको आदरमा मैले त्यो दिएको छु । मैले परमप्रभु मेरा परमेश्वरको आवाज सुनेको छु । तपाईंले मलाई दिनुभएको हरेक आज्ञा मैले पालन गरेको छु ।