यहेज्केल 1:10

अनलक शाब्दिक बाइबल

तिनीहरूका मुहार मानिसको झैं थियो । ती चारैको दाहिनेपट्टिको मुहार सिंहको जस्तो र देब्रेपट्टिको अनुहारचाहिं गोरुको जस्तो थियो । ती चारैवटाको चिलको जस्तो अनुहार पनि थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहे 10:14 : 14 ती हरेकका चार वटा अनुहार थिए । पहिलो अनुहार करूबको, दोस्रो अनुहार मानिसको, तेस्रो अनुहार सिंहको र चौथो अनुहार गरुडको जस्‍तै थियो ।
  • प्रका 4:7 : 7 पहिलो जीवित प्राणी सिंहजस्तो थियो, दोस्रो जीवित प्राणी बाछोजस्तो थियो, तेस्रो जीवित प्राणीको अनुहार मानिसको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको चिलजस्तो थियो ।
  • प्रका 5:5 : 5 तर ती एल्डरहरूमध्येका एक जनाले मलाई भने, “नरोऊ । हेर! यहूदाको कुलको सिँह, दाऊदको मुलले विजय प्राप्‍त गर्नुभएको छ । त्यो मुट्ठो र त्यसका सातवटा छाप खोल्न उहाँ योग्यका हुनुहुन्छ ।”
  • दानी 7:4 : 4 पहिलोचाहिं सिंहजस्‍तो देखिन्‍थ्‍यो तर त्‍यसका चीलका पखेटाहरू थिए । मैले हेर्दै गर्दा, त्यसका पखेटाहरू च्यातिए र जमिनबाट त्‍यसलाई माथि उठाइयो र मानिसझैं दुई खुट्टामा त्यसलाई खडा गरियो । त्यसलाई मानिसको मन दिइएको थियो ।
  • लू 15:10 : 10 त्यसै गरी, म तिमीहरूलाई भन्दछु, कि एक जना पश्‍चात्ताप गर्ने पापीका खातिर परमेश्‍वरका दूतहरूका उपस्थितिमा स्वर्गमा ठुलो आनन्द हुनेछ ।”
  • १ कोरि 9:9-9 : 9 मोशाको व्यवस्थामा यस्तो लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोला नलगाओ ।” के परमेश्‍वरले साँच्‍चै गोरुहरूको मात्र वास्ता गर्नुहुन्छ? 10 के उहाँले हामीहरूका निम्ति नै यो बोलिरहनुभएको छैन र? यो हाम्रो निम्ति लेखिएको हो । किनभने खेत जोत्‍नेले बालीको आशा राखेर नै जोत्‍नुपर्छ र बाली चुट्नेले पनि बाली भित्र्याउने आशले नै चुट्नुपर्छ ।
  • १ कोरि 14:20 : 20 भाइहरू हो, आफ्नो सोचाइमा बालक नबन । खराबीको निम्ति बालक बन । तर आफ्नो सोचाइमा परिपक्‍व बन ।
  • गिन 2:3 : 3 तिनीहरूले भेट हुने पालको वरिपरि छाउनी लगाऊन् । भेट हुने पालको पूर्वतिर अर्थात् घाम झुल्कनेतिर छाउनी लगाउनेहरू यहूदाको दल होस् र तिनीहरूले आफ्नो झन्डामुनि छाउनी लगाऊन् । अम्मीनादाबको छोरो नहशोन यहूदाका मानिसको अगुवा होस् ।
  • गिन 2:10 : 10 तिनीहरू अग्रस्थानमा हिँड्नेछन् । दक्षिणपट्टि रूबेनको छाउनी तिनीहरूको झन्डामुनि हुनेछ । रूबेनको छाउनीको अगुवा शदेऊरका छोरा एलीसूर होस् ।
  • गिन 2:18 : 18 एफ्राइमको छाउनीका दलहरू आफ्‍नै झन्डामुनि हुन्छन् । एफ्राइमको मानिसहरूको अगुवा अम्मीहूदका छोरा एलीशामा होस् ।
  • गिन 2:25 : 25 उत्तरमा दानको छाउनीको दल हुनेछ । दानका मानिसहरूका अगुवा अम्मीशद्दैका छोरा अहीएजेर होस् ।
  • व्यव 28:49 : 49 परमप्रभुले धेरै टाढाबाट अर्थात् पृथ्वीको छेउबाट आफ्नो सिकारको लागि झम्टने गरुडझैँ तिमीहरूको विरुद्धमा एउटा जातिलाई ल्याउनुहुने छ जसको भाषा तिमीहरू बुझ्दैनौ ।
  • न्या 14:18 : 18 सातौं दिनमा सूर्य अस्ताउनअगि सहरका मानिसले तिनलाई भने, “महभन्दा गुलियो के हुन्छ र? सिंहभन्दा बलियो के हुन्छ र?” शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूले मेरो कोरेलीलाई नजोतेका भए, तिमीहरूले मेरो अड्कोको उत्तर पाउनेथिएनौ ।”
  • १ इति 12:8 : 8 कोही गादीहरू पनि उजाड-स्‍थानको किल्लामा दाऊदसँग सहभागी भए । तिनीहरू युद्धका निम्ति तालिमप्राप्‍त योद्धाहरू थिए, जसले ढाल र भाला चलाउन सक्थे, जसका अनुहारहरू सिंहका अनुहारहरूजस्‍तै डरलाग्दा थिए । तिनीहरू पहाडहरूमा हरिणझैं तेजिला थिए ।
  • अय्यू 39:27 : 27 के तेरो आज्ञामा गिद्ध माथि-माथि उड्ने हो र अग्ला ठाउँहरूमा आफ्ना गुँडहरू बनाउने हो?
  • नीति 14:4 : 4 गाईवस्तु नभएको ठाउँमा भकारी खाली हुन्छ, तर गोरुको बलद्वारा प्रशस्त फसलको कटनी हुन सक्छ ।
  • यशा 40:31 : 31 तर परमप्रभुमा आशा गर्नेहरूले आफ्‍नो बललाई नयाँ बनाउनेछन् । तिनीहरू चिलहरू झैं पखेटाहरूले माथि-माथि उड्नेछन् । तिनीहरू दौडनेछन् र हैरान हुनेछैनन् । तिनीहरू हिंड्नेछन् र मूर्छा पर्नेछैनन् ।
  • यशा 46:8 : 8 ए विद्रोहीहरू, यी कुराहरूका बारेमा विचार गर । तिनलाई कदापि बेवास्त नगर ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 10:8-17
    10 पदहरू
    91%

    8ती करूबहरूका पखेटामुनि मैले एक जना मानिसके हातजस्‍तै केही कुरा देखें ।

    9अनि मैले हेरें, र देखें । करूबहरूका छेउमा चार वटा पाङ्‌ग्रा थिए— प्रत्‍येक करूबको छेउमा एउटा पाङ्‌ग्रा थियो, र ती पाङ्ग्रा पीतमणीजस्‍ता देखिन्‍थे ।

    10ती चारै पाङ्‌ग्राहरू एकै किसिमका थिए, एकअर्कामा खप्टिएका देखिन्थे ।

    11ती हलचल गर्दा चार दिशामा कुनै एक दिशातिर तिनीहरू जान्‍थे, तिनीहरू जाँदा फर्कंदैन थिए । तर तिनीहरू जता फर्केका थिए त्यतै जान्थे, तिनीहरू पनि त्‍यसैतिर नफर्की जान्‍थे ।

    12तिनीहरूका सम्‍पूर्ण शरीर, तिनीहरूका पीठ, हात र पखेटा, तिनीहरूका चारै वटा पाङ्‌ग्राहरूसमेत सम्‍पूर्ण आँखाले भरिएका थिए ।

    13मैले सुन्‍दा, ती पाङ्‌ग्राहरूलाई “घुम्‍ने पाङ्‌ग्रा” भनियो ।

    14ती हरेकका चार वटा अनुहार थिए । पहिलो अनुहार करूबको, दोस्रो अनुहार मानिसको, तेस्रो अनुहार सिंहको र चौथो अनुहार गरुडको जस्‍तै थियो ।

    15तब मैले कबार नहरको किनारमा देखेका करूबहरू अर्थात्‌ जीवित प्राणीहरू उठे ।

    16जब ती करूबहरू हलचल गर्थे, तब छेउका ती पाङ्‌ग्राहरू पनि तिनीहरूसितै जान्‍थे, र जब ती करूबहरू भूइँबाट माथि ऊठ्‍नलाई आफ्‍ना पखेटा फैलाउँथे, तब ती पाङ्‌ग्राहरू फर्कंदैन थिए । तिनीहरूकै छेउमा ती रहन्थे ।

    17जब ती करूबहरू ठिङ्ग खडा हुन्‍थे, तब ती पाङ्‌ग्राहरू पनि ठिङ्ग खडा नै रहन्‍थे, र जब ती माथि उठ्‌थे, तब ती पाङ्‌ग्राहरू पनि तिनीहरूसँगै माथि उठ्‌थे, किनकि ती जीवित प्राणीहरूका आत्‍मा ती पाङ्‌ग्राहरूमा थिए ।

  • यहे 1:5-9
    5 पदहरू
    89%

    5माझमा चार जीवित प्राणीहरूजस्ता थिए । तिनीहरूका स्‍वरूप यस्‍तो थियोः तिनीहरू मानिसको स्‍वरूपजस्‍ता थिए,

    6तर तिनीहरू हरेकका चारवटा मुहार थिए, र हरेकका प्राणीका चारवटा पखेटा थिए ।

    7तिनीहरूका गोडा सीधा थिए, तर तिनीहरूका खुट्टा बाछाका खुरजस्‍ता थिए जो टल्‍काइराखेका काँसाजस्‍तै टल्‍कन्‍थे ।

    8तापनि तिनीहरूका पखेटामुनि चारैतिर मानिसका हातहरू थिए । ती चारैका मुहार र पखेटाहरू यस्ता थिएः

    9एउटाको पखेटाले अर्काको पखेटालाई छोएको थियो, कतै जाँदा तिनीहरू फर्कंदैन थिए । बरु, हरेक सोझै अगाडि हिंड्‌थ्‍यो ।

  • यहे 1:11-27
    17 पदहरू
    88%

    11तिनीहरूका मुहार यस्‍तै थिए, र तिनीहरूका पखेटाचाहिं बाहिर मास्‍तिर फैलिएका थिए । हरेकका दुईवटा पखेटाले चाहिं एउटाले अर्काको पखेटालाई छोएका थिए, र दुईवटा पखेटाले आ-आफ्‍ना शरीर ढाकेका थिए ।

    12तिनीहरू हरेक सोझै हिंड्‌थे, ताकि आत्‍माले जता-जता लग्यो तिनीहरू त्‍यतै जान्‍थे, तिनीहरू यताउता नफर्की हिंड्‌थे ।

    13ती जीवित प्राणीहरूको आकृति जलिरहेको आगोको भुङ्‌ग्रोजस्तो, राँकोहरूजस्‍ता थिए । ती प्राणीहरूको बिचमा चम्किलो आगो यताउता जान्थ्यो, र त्‍यहाँ बिजुलीका चमकहरू थिए ।

    14ती जीवित प्राणीहरू तिव्र गतिले अघि पछि जान्थे, र तिनीहरू बिजुलीको चमकजस्ता देखिन्‍थे ।

    15तब मैले ती जीवित प्राणीहरूलाई हेरें र ती चारै मुहार भएका हरेक प्राणीको छेउमा मैले जमिनमा एउटा पाङ्‌ग्रा देखें ।

    16ती पाङ्‌ग्राहरूका आकार र बनावट यस्‍ता थिएः हरेक पाङ्ग्रा पीतमणिजस्‍तै थिए, र ती चारैवटा उस्‍तै किसिमका थिए । एउटा पाङ्‌ग्रो अर्को पाङ्‌ग्रोमा खप्टिएको भएझैं थियो ।

    17जसै ती हलचल गर्थे, तब कतै नफर्की ती चारैतिर हिंड्‌थे ।

    18तिनीहरूका घेरा अल्‍गा र डरलाग्‍दा थिए, किनकि ती चारै घेरा आँखाहरूले भरिएका थिए ।

    19जब ती जीवित प्राणीहरू चलहल गर्थे, तब ती पाङ्‌ग्राहरू पनि साथसाथै हिंड्‌थे । जब ती जीवित प्राणीहरू जमिनबाट माथि उठ्‌थे, तब ती पाङ्‌ग्राहरू पनि उठ्‌थे ।

    20आत्‍मा जता जानुहुन्‍थ्‍यो तिनीहरू त्‍यतै जान्‍थे, र ती पाङ्‌ग्राहरू पनि तिनीहरूसँगै उठ्थे, किनकि ती जीवित प्राणीहरूका आत्‍मा तिनै पाङ्‌ग्रामा थिए ।

    21जब ती प्राणीहरू चलहल गर्थे, तब पाङ्ग्राहरू पनि चलहल गर्थे । अनि जब ती प्राणीहरू ठिङ्ग उभिन्‍थे, तब ती पाङ्ग्राहरू पनि ठिङ्ग उभिन्‍थे । ती प्राणीहरू जमिनबाट उठ्‌दा यी पाङ्‌ग्रा पनि तिनीहरूसँगै उठेर जान्‍थे, किनभने ती जीवित प्राणीहरूका आत्‍मा ती पाङ्‌ग्रामा नै थिए ।

    22ती जीवित प्राणीहरूका शिरको मास्‍तिर विशाल अर्धगोलाकार क्षेत्रजस्‍तै थियो । त्यो तिनीहरूको शिरमाथिबाट फैलिएको भयावह स्फटिकझैं देखिन्थ्यो ।

    23त्‍यो विशाल अर्धगोलाकार क्षेत्र मुन्‍तिर ती हरेक प्राणीका पखेटाहरू सोझै फैलिएका थिए र एउटाको पखेटाले अर्काको पखेटालाई छुन्‍थ्‍यो । हरेक जीवित प्राणीका आफूलाई ढाक्‍ने एकजोडी पखेटा थिए । हरेकसित आफूलाई ढाक्‍ने जोडी थियो ।

    24तब मैले तिनीहरूका पखेटाको आवाज सुनें । त्यो आवाज धेरै पानीको हल्‍लाजस्तै थियो । जब तिनीहरू हलचल गर्थे, तब सर्वशक्तिमान्‌को आवाजजस्तो हुन्‍थ्‍यो । आँधीको वर्षाजस्‍तो थियो । सेनाको आवाजजस्तो थियो । जब तिनीहरू ठिङ्ग उभिन्‍थे, तब तिनीहरूले आफ्‍ना पखेटा तल झार्थे ।

    25जब तिनीहरू ठिङ्ग उभिए र आफ्‍ना पखेटा तल झारे, तब तिनीहरूका शिरहरू मास्‍तिरको विशाल अर्धगोलाकार क्षेत्रबाट एउटा आवाज आयो ।

    26तिनीहरू शिरमाथिका विशाल अर्धगोलाकार क्षेत्रमाथि एउटा सिंहासनजस्‍तो थियो जुन हेर्दा त्‍यो नीलमणीजस्‍तै देखिन्‍थ्‍यो, र त्‍यो सिंहासनजस्‍तोमा बस्‍नेको स्‍वरूप मानिसको जस्‍तो थियो ।

    27मैले उहाँको कम्‍मरदेखि मास्‍तिर जल्‍दो धातुजस्‍तै भएको एउटा आकृति देखें । उहाँको कम्‍मरदेखि मुन्‍तिरको आकृति पनि आगोजस्‍तै देखियो, र उहाँको वरिपरी चहकिलो उज्‍यालोले घेरिराखेको थियो ।

  • यहे 10:20-22
    3 पदहरू
    86%

    20कबार नहरको किनारमा इस्राएलका परमेश्‍वरको मुन्‍तिर मैले देखेका ती जीवित प्राणीहरू यी नै थिए, यसैले तिनीहरू त करूबहरू रहेछन्‌ भनी मैले थाहा पाएँ ।

    21ती प्रत्‍येकका चार वटा अनुहार र चार वटा पखेटा थिए, र तीनका पखेटामुनि मानिसका हातहरूजस्‍तै देखिन्‍थे,

    22र तिनीहरूका अनुहारहरूका स्‍वरूप कबार नहरको किनारमा मैले देखेका अनुहारहरूजस्‍तै थिए, र तीमध्‍ये हरेक सिधै अगाडि हिंड्‌दथे ।

  • प्रका 4:6-8
    3 पदहरू
    85%

    6सिंहासनको अगि स्फटिकजस्तै देखिने काँचको समुद्र थियो । सिंहासनको बिचमा र सिंहासनवरिपरि, अगाडि र पछाडि आँखैआँखाले भरिएका चार जीवित प्राणी थिए ।

    7पहिलो जीवित प्राणी सिंहजस्तो थियो, दोस्रो जीवित प्राणी बाछोजस्तो थियो, तेस्रो जीवित प्राणीको अनुहार मानिसको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको चिलजस्तो थियो ।

    8चारै जीवित प्राणीमध्ये हरेकका ६-६ वटा पखेटा थिए; तल र माथि आँखैआँखाले भरिएका थिए । दिनरात तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे ।

  • 4पहिलोचाहिं सिंहजस्‍तो देखिन्‍थ्‍यो तर त्‍यसका चीलका पखेटाहरू थिए । मैले हेर्दै गर्दा, त्यसका पखेटाहरू च्यातिए र जमिनबाट त्‍यसलाई माथि उठाइयो र मानिसझैं दुई खुट्टामा त्यसलाई खडा गरियो । त्यसलाई मानिसको मन दिइएको थियो ।

  • 6यसपछि मैले फेरि हेरें । त्यहाँ अर्को एउटा पशु थियो, जुन चितुवाजस्तो देखिन्थ्यो । त्यसको पछाडिपट्टि चराका जस्‍तै चारवटा पखेटा थिए, र त्यसका चारवटा टाउका थिए । राज्‍य गर्ने अधिकार त्यसलाई दिइएको थियो ।

  • 17पृथ्वीमा कुनै पशुको स्वरूप वा आकाशमा उड्ने कुनै चराचुरुङ्गी वा

  • 19एकापट्टि मानिसको अनुहारले खजूरको रूखतिर हेरिरहेको थियो, र अर्को पट्टि जवान सिंहको अनुहारले खजूरको रूखतिर हेरिरहेको थियो । ती मन्‍दिरको सबैतिर खोपिएका थिए ।

  • प्रका 9:7-9
    3 पदहरू
    73%

    7सलहहरू लडाइँका निम्ति तयार गरिएका घोडाहरूजस्ता देखिन्थे । तिनीहरूका शिरमा सुनको जस्ता मुकुट र तिनीहरूका अनुहार मानवको अनुहारहरूजस्ता देखिन्थे ।

    8तिनीहरूका कपाल स्‍त्रीहरूका कपालजस्तै र तिनीहरूका दाँत सिंहका दाँतजस्ता थिए ।

    9तिनीहरूका छाती-पाता, फलामका छाती-पाताजस्तै अनि तिनीहरूका पखेटाहरूको आवाज युद्धमा दगुर्ने धेरै रथ र घोडाहरूका जस्तै थिए ।

  • 1¶ जब मैले करूबहरूका शिरदेखि मास्‍तिर भएको अर्धगोलाकर क्षेत्रमा हेरें । तीभन्‍दा माथि सिंहासनजस्‍तो स्‍वरूपमा नीरजस्‍तो केही कुरा देखा पर्‍यो ।

  • 13यी करूबका पखेटा बीस हातसम्‍म फिंजिएका थिए । करूबहरू आफ्‍ना खुट्टामा उभिएका थिए, र तिनीहरूका मुख मन्‍दिरको मुख्‍य सभा कोठातिर फर्केका थिए ।

  • 4‘समुद्र’ नाम दिइएको त्‍यो ठुलो खड्‌कुँलोलाई बाह्र वटा साँढेमाथि राखिएको थियो, जसमा तीन वटा उत्तरतिर फर्केका, तीन वटा पश्‍चिमतिर फर्केका, तीन वटा दक्षिणतिर फर्केका र तीन वटा पूर्वतिर फर्केका थिए । त्‍यो “खड्‌कुँलो” तिनैमाथि बसालिएको थियो, र तिनीहरूका पछाडिका भागचाहिं भित्रपट्टि फर्केका थिए ।

  • 17‘यी विशाल पशुका चारवटा सङ्ख्‍याले चार जना राजालाई जनाउँछन् जो पृथ्वीमा खडा हुनेहुन् ।

  • 2उहाँ माथिल्तिर सराफहरू थिए । प्रत्‍येकका छ-छवटा पखेटाहरू थिए । दुई वटा पखेटाहरूले प्रत्‍येकले आफ्नो मुहार छोप्थे र दुई वटा पखेटाले तिनले आफ्‍ना खुट्टा छोप्थे र दुई वटाले ती उड्थे ।