यहेज्केल 10:8
ती करूबहरूका पखेटामुनि मैले एक जना मानिसके हातजस्तै केही कुरा देखें ।
ती करूबहरूका पखेटामुनि मैले एक जना मानिसके हातजस्तै केही कुरा देखें ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
8तापनि तिनीहरूका पखेटामुनि चारैतिर मानिसका हातहरू थिए । ती चारैका मुहार र पखेटाहरू यस्ता थिएः
1¶ जब मैले करूबहरूका शिरदेखि मास्तिर भएको अर्धगोलाकर क्षेत्रमा हेरें । तीभन्दा माथि सिंहासनजस्तो स्वरूपमा नीरजस्तो केही कुरा देखा पर्यो ।
2तब परमप्रभुले ती सूती कपडा लगाएका मानिससँग बोल्नुभयो र यसो भन्नुभयो, “करूबहरूका मुन्तिर रहेका पाङ्ग्राहरूका बिचमा जा, र ती करूबहरूका बिचमा भएको जलिरहेको आगोको भुङ्ग्रो लिएर आफ्ना दुवै हातमा भर् र ती सहरको माथि छरिदे ।” तब मैले हेर्दाहेर्दै ती मानिस गए ।
3ती मानिस भित्र जाँदा करूबहरूचाहिं मन्दिरको दाहिनेपट्टि खडा भए, र भित्री चोक बादलले भरियो ।
4परमप्रभुको महिमा करूबहरूबाट मास्तिर उठ्यो र मन्दिरको सँघारमाथि गयो । यसले मन्दिरलाई बादलले भरिदियो, र चोकचाहिं परमप्रभुको महिमाको चमकले भरिपूर्ण भयो ।
5करूबहरूका पखेटाको आवाजचाहिं बाहिरको चोकसम्मै सुनिन्थ्यो, जुन सर्वशक्तिमान् परमेश्वर बोल्नुहुँदा सुनिने आवाज जस्तै थियो ।
6यस्तो भयो, परमेश्वरले त्यो सूती कपडा लाउने मानिसलाई यसो भनेर आज्ञा दिनुहुँदा, “ती करूबहरूका माझमा भएका पाङ्ग्राहरूका बिचबाट आगो ले,” तब ती मानिस भित्र गए र एउटा पाङ्ग्राको छेउमा खडा भए ।
7करूबहरूका बिचमा भएको त्यो आगोतिर करूबहरूका बिचबाट एउटा करूबले आफ्नो हात छिराए, र त्यो माथि उठाए र सूती कपडा लाउने मानिसको हातमा त्यो राखिदिए । ती मानिसले त्यो लिए र फर्केर बाहिर गए ।
14ती हरेकका चार वटा अनुहार थिए । पहिलो अनुहार करूबको, दोस्रो अनुहार मानिसको, तेस्रो अनुहार सिंहको र चौथो अनुहार गरुडको जस्तै थियो ।
15तब मैले कबार नहरको किनारमा देखेका करूबहरू अर्थात् जीवित प्राणीहरू उठे ।
16जब ती करूबहरू हलचल गर्थे, तब छेउका ती पाङ्ग्राहरू पनि तिनीहरूसितै जान्थे, र जब ती करूबहरू भूइँबाट माथि ऊठ्नलाई आफ्ना पखेटा फैलाउँथे, तब ती पाङ्ग्राहरू फर्कंदैन थिए । तिनीहरूकै छेउमा ती रहन्थे ।
17जब ती करूबहरू ठिङ्ग खडा हुन्थे, तब ती पाङ्ग्राहरू पनि ठिङ्ग खडा नै रहन्थे, र जब ती माथि उठ्थे, तब ती पाङ्ग्राहरू पनि तिनीहरूसँगै माथि उठ्थे, किनकि ती जीवित प्राणीहरूका आत्मा ती पाङ्ग्राहरूमा थिए ।
18तब परमप्रभुको महिमा मन्दिरको सँघारबाट निस्केर गयो र ती करूबहरूका माथि अडियो ।
19ती करूबहरूले आ-आफ्ना पखेटाहरू फैलाएर माथि उठे र मैले हेर्दै गर्दा बाहिर गए, र ती पाङ्ग्राहरूले पनि तिनीहरूका पछिपछि त्यसै गरे । परमप्रभुका मन्दिरको पूर्वतिरका ढोकाको मुखैमा तिनीहरू खडा भए, र इस्राएलका परमेश्वरको महिमा माथिबाट तिनीहरूमा आयो ।
20कबार नहरको किनारमा इस्राएलका परमेश्वरको मुन्तिर मैले देखेका ती जीवित प्राणीहरू यी नै थिए, यसैले तिनीहरू त करूबहरू रहेछन् भनी मैले थाहा पाएँ ।
21ती प्रत्येकका चार वटा अनुहार र चार वटा पखेटा थिए, र तीनका पखेटामुनि मानिसका हातहरूजस्तै देखिन्थे,
9अनि मैले हेरें, र देखें । करूबहरूका छेउमा चार वटा पाङ्ग्रा थिए— प्रत्येक करूबको छेउमा एउटा पाङ्ग्रा थियो, र ती पाङ्ग्रा पीतमणीजस्ता देखिन्थे ।
10ती चारै पाङ्ग्राहरू एकै किसिमका थिए, एकअर्कामा खप्टिएका देखिन्थे ।
6पुजारीहरूले परमप्रभुको करारको सन्दुकलाई त्यसको उचित स्थान अर्थात् करूबहरूको छायामुनि मन्दिरको महा-पवित्रस्थानमा लगेर राखे ।
7किनकि करूबहरूले सन्दुक राखिएको ठाउँको माथि आ-आफ्ना पखेटा फैलाएका थिए, र ती पखेटाले सन्दुक र त्यसका डन्डाहरूमाथि छाया पारेका थिए ।
5माझमा चार जीवित प्राणीहरूजस्ता थिए । तिनीहरूका स्वरूप यस्तो थियोः तिनीहरू मानिसको स्वरूपजस्ता थिए,
6तर तिनीहरू हरेकका चारवटा मुहार थिए, र हरेकका प्राणीका चारवटा पखेटा थिए ।
8करूबहरूले आफ्ना पखेटा सन्दूक राखिएको ठाउँमाथि फैलाएका थिए, र तिनले सन्दूक र त्यसलाई बोक्ने डन्डाहरूलाई ढाके ।
24पहिलो करूबको एउटा पखेटा पाँच हात लामो थियो भने अर्को पखेट पनि पाँचै हात लामो थियो । एउटा पखेटाको टुप्पोदेखि अर्को पखेटाको टुप्पोसम्म दस हात थियो ।
25दोस्रो करूबको नाप पनि दसै हात थियो । दुवै करूबको कद र आकार उही थिए ।
26एउटा करूबको उचाइ दस हात थियो र अर्कोको उचाइ पनि उत्ति नै थियो ।
27सोलोमनले करूबहरूलाई सबैभन्दा भित्री कोठामा राखे । ती करूबका पखेटाहरू बाहिरतिर फैलिएका थिए । एउटा करूबको एउटा पखेटाले एकापट्टिको भित्तालाई र अर्को करूबको एउटा पखेटाले अर्कोपट्टिको भित्तालाई छुन्थे । तिनीहरूका अर्का पखेटाहरूले चाहिँ महा-पवित्रस्थानको बिच भागमा एक-अर्कालाई छुन्थे ।
22ती करूबहरूले आफ्ना पखेटा र आफ्ना छेउमा भएका पाङ्ग्राहरू माथि उचाले र इस्राएलका परमेश्वरको महिमा तिनीहरूका माथि थियो ।
12तिनीहरूका सम्पूर्ण शरीर, तिनीहरूका पीठ, हात र पखेटा, तिनीहरूका चारै वटा पाङ्ग्राहरूसमेत सम्पूर्ण आँखाले भरिएका थिए ।
25जब तिनीहरू ठिङ्ग उभिए र आफ्ना पखेटा तल झारे, तब तिनीहरूका शिरहरू मास्तिरको विशाल अर्धगोलाकार क्षेत्रबाट एउटा आवाज आयो ।
26तिनीहरू शिरमाथिका विशाल अर्धगोलाकार क्षेत्रमाथि एउटा सिंहासनजस्तो थियो जुन हेर्दा त्यो नीलमणीजस्तै देखिन्थ्यो, र त्यो सिंहासनजस्तोमा बस्नेको स्वरूप मानिसको जस्तो थियो ।
27मैले उहाँको कम्मरदेखि मास्तिर जल्दो धातुजस्तै भएको एउटा आकृति देखें । उहाँको कम्मरदेखि मुन्तिरको आकृति पनि आगोजस्तै देखियो, र उहाँको वरिपरी चहकिलो उज्यालोले घेरिराखेको थियो ।
10तिनीहरूका मुहार मानिसको झैं थियो । ती चारैको दाहिनेपट्टिको मुहार सिंहको जस्तो र देब्रेपट्टिको अनुहारचाहिं गोरुको जस्तो थियो । ती चारैवटाको चिलको जस्तो अनुहार पनि थियो ।
11तिनीहरूका मुहार यस्तै थिए, र तिनीहरूका पखेटाचाहिं बाहिर मास्तिर फैलिएका थिए । हरेकका दुईवटा पखेटाले चाहिं एउटाले अर्काको पखेटालाई छोएका थिए, र दुईवटा पखेटाले आ-आफ्ना शरीर ढाकेका थिए ।
10तिनले महा-पवित्रस्थानको निम्ति दुई करूबका प्रतिरूप बनाए । कालिगरहरूले तिनमा सुनको जलप लगाए ।
11यी करूबका पखेटाहरू एक छेउदेखि अर्को छेउसम्म बीस हात लामा थिए । एउटा करूबको एउटा पखेटा कोठाको भित्तालाई छुने गरी पाँच हातको थियो । यसै गरी अर्को पखेटाचाहिं अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो ।
12अर्को करूबको एउटा पखेटा मन्दिरको भित्ता छुने गरी पाँच हातको थियो । त्यसको अर्को पखेटाचाहिं अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो ।
13यी करूबका पखेटा बीस हातसम्म फिंजिएका थिए । करूबहरू आफ्ना खुट्टामा उभिएका थिए, र तिनीहरूका मुख मन्दिरको मुख्य सभा कोठातिर फर्केका थिए ।
8एउटा करूब प्रायश्चित्तको ढकनीको एउटा छेउमा अर्को करूब अर्को छेउको लागि थिए । ती करूबहरू प्रायश्चित्तको ढकनीकै टुक्राबाट बनाइएका थिए ।
9करूबहरूले आ-आफ्ना पखेटाहरू माथितिर फैलाएका थिए, र प्रायश्चित्तको ढकनीलाई छाया पारेका थिए । करूबहरू आमनेसामने थिए, र तिनीहरूले प्रायश्चित्तको ढकनीतर्फ हेरेका थिए ।
22ती जीवित प्राणीहरूका शिरको मास्तिर विशाल अर्धगोलाकार क्षेत्रजस्तै थियो । त्यो तिनीहरूको शिरमाथिबाट फैलिएको भयावह स्फटिकझैं देखिन्थ्यो ।
23त्यो विशाल अर्धगोलाकार क्षेत्र मुन्तिर ती हरेक प्राणीका पखेटाहरू सोझै फैलिएका थिए र एउटाको पखेटाले अर्काको पखेटालाई छुन्थ्यो । हरेक जीवित प्राणीका आफूलाई ढाक्ने एकजोडी पखेटा थिए । हरेकसित आफूलाई ढाक्ने जोडी थियो ।
11उहाँ करूबहरूमा सवार हुनुभयो र उड्नुभयो । उहाँलाई हावाको पखेटाहरूमा देखियो ।
10उहाँ करूबमा चढ्नुभयो र उड्नुभयो । हावाको पखेटाहरूमा उहाँ सवार हुनुभयो ।
20करूबहरूले आ-आफ्ना पखेटा मास्तिर फैलाऊन् र प्रायश्चित्तको ढकनीलाई छाया पारून् । करूबहरू एक-अर्काको आमनेसामने होऊन् र तिनीहरूले प्रायश्चित्तको ढकनीतर्फ हेरून् ।
3तब इस्राएलका परमेश्वरको महिमाचाहिं करूबहरूदेखि मास्तिर हटेर मन्दिरको सँघारमा पुगिसकेको थियो । तब परमप्रभुले त्यो सूती कपडा लगाएको र कलम भिरेको मानिसलाई आफ्नो छेउमा बोलाउनुभयो ।
2तब मैले हेरें, र हेर, त्यहाँ मानिसको रूप भएको आकार थियो। तिनको कम्मरमुनि आगोजस्तो थियो । अनि तिनको कम्मरदेखि माथिचाहिं चम्किरहेको धातुजस्तो देखिन्थ्यो ।
10मलाई एउटा हातले छोयो, र त्यसले मेरा घुँडाहरू र हत्केलाहरूलाई थरथर काँम्ने बनायो ।
4तब हेर, मैले मैदानमा देखेको दर्शनअनुसार त्यहाँ इस्राएलका परमेश्वरको महिमा थियो ।
2उहाँ माथिल्तिर सराफहरू थिए । प्रत्येकका छ-छवटा पखेटाहरू थिए । दुई वटा पखेटाहरूले प्रत्येकले आफ्नो मुहार छोप्थे र दुई वटा पखेटाले तिनले आफ्ना खुट्टा छोप्थे र दुई वटाले ती उड्थे ।