यहेज्केल 11:13

अनलक शाब्दिक बाइबल

जब मैले अगमवाणी गरिरहेको थिएँ, तब बनायाहका छोरा पलत्‍याह मरे । तब म घोप्‍टो परें र चर्को सोरमा कराएँ र यसो भनें, “हाय, परमप्रभु परमेश्‍वर! के इस्राएलका बचेकाहरूलाई तपाईंले सम्‍पूर्ण रूपले सर्वनाश गर्नुहुन्‍छ?”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहे 9:8 : 8 जब तिनीहरूले त्‍यसलाई आक्रमण गर्दैथिए, र मचाहिं एक्लै छोडिएँ, तब घोप्‍टो परें र रुँदै भनें, “हे परमप्रभु परमेश्‍वर, यरूशलेममाथि आफ्‍नो क्रोध खन्‍याउनुहुँदा इस्राएलका बचेकाहरू जम्‍मैलाई तपाईंले सर्वनाश गर्नुहुनेछ?”
  • यहे 11:1 : 1 ¶ तब आत्‍माले मलाई माथि उठाउनुभयो र परमप्रभुका भवनको पूर्वतिरको ढोकामा लानुभयो, र त्‍यहाँ ढोकाको मुखैमा पच्‍चीस जना मानिस थिए । तिनीहरूका माझमा मैले मानिसहरूका अगुवाहरू, अज्‍जूरका छोरा याजन्‍याह र बनायाहका छोरा पलत्‍याहलाई देखें ।
  • प्रेरि 5:5 : 5 यी कुराहरू सुनेर हननिया भुइँमा लडे र उनको मृत्यु भयो र यो कुरा सुन्‍नेहरू सबैमा ठुलो डर छायो ।
  • प्रेरि 5:10 : 10 तिनी तुरुन्तै उनको पाउमा लडिन् र तिनको मृत्यु भयो र ती जवान मानिसहरू भित्र आए र तिनलाई मृत भेट्टाए; तिनीहरूले तिनलाई बोकेर बाहिर लगे र तिनलाई तिनको पतिको नजिकै गाडिदिए ।
  • प्रेरि 13:11 : 11 अब हेर्, प्रभुको हात तँमाथि परेको छ र तँ अन्धो हुनेछस् । केही समयका लागि तैँले घाम देख्‍ने छैनस् ।’’ तुरुन्तै त्यहाँ बाक्लो तुवाँलो र अन्धकारले एलुमासलाई ढाक्यो र हात समातेर डोर्‍याइदिऊन् भन्दै यताउति मानिसहरूलाई आग्रह गर्न थाल्यो ।
  • यहे 37:7 : 7 यसैले जस्‍तो मलाई आज्ञा गरियो तेस्‍तै मैले अगमवाणी गरें । जसै मैले अगमवाणी गरें, हेर, थर्केको आवाज आयो । अनि हाडहरू नजीक आए—हाड-हाडसँग टाँसियो ।
  • हो 6:5 : 5 यसैले तिनीहरूलाई मैले अगमवक्ताहरूद्वारा टुक्रा-टुक्रा पारेको छु, तिनीहरूलाई मैले आफ्‍नो मुखको वचनले मारेको छु । तिमीहरूका आदेशहरू चम्किने बिजुलीझैं छन् ।
  • आमो 7:2 : 2 जब तिनीहरूले भूमिको बालीनाली खाएर सके, अनि त्‍यसपछि मैले भनें, “परमप्रभु परमेश्‍वर, कृपया क्षमा गर्नुहोस् । याकूब कसरी बाँच्‍नेछ? किनकि त्यो त धेरै सानो छ ।”
  • आमो 7:5 : 5 तर मैले भनें, “परमप्रभु परमेश्‍वर, कृपया रोक्‍नुहोस् । याकूब कसरी बाँच्‍नेछ? किनकि त्यो त धेरै सानो छ ।”
  • गिन 14:35-37 : 35 म परमप्रभुले बोलेको हुँ । मेरो विरुद्ध खडा हुने यो सबै दुष्‍ट समुदायमाथि म निश्‍चय नै यो गर्नेछु । तिनीहरू पूर्ण रूपमा नष्‍ट हुनेछन् र तिनीहरू यहीँ मर्नेछन् ।” 36 यसैले मोशाले भूमिको जासूस गर्न पठाएकाहरू जो फर्के र जसले भूमिबारे खराब खबर फैलाएर मोशा विरुद्ध सारा समुदायलाई गनगन गर्न लगाउने मानिसहरू थिए अर्थात् 37 भूमिबारे खराब खबर ल्याउने यी मानिसहरूलाई प्रहार गरियो र तिनीहरू परमप्रभुको सामु महामारीले मरे ।
  • व्यव 7:4 : 4 किनकि तिनीहरूले तिमीहरूका छोराहरूले अरू देवी-देवताहरूलाई पुजून् भनेर मलाई पछ्याउनबाट तिनीहरूलाई तर्काउने छन् । त्यसैले परमप्रभुको क्रोध तिमीहरूको विरुद्धमा दन्कने छ, र उहाँले तत्काल तिमीहरूलाई नष्‍ट गर्नुहुने छ ।
  • व्यव 9:18-19 : 18 फेरि, मैले न रोटी खाएँ न पानी पिएँ । परमप्रभुको दृष्‍टिमा दुष्‍ट काम गरेर उहाँलाई चिढ्याई तिमीहरूका सबै पापको कारणले गर्दा चालिस दिन र चालिस रातसम्म म परमप्रभुको सामु लम्पसार परेँ । 19 किनकि तिमीहरूलाई नाशै पार्ने गरी तिमीहरूको विरुद्धमा भएको परमप्रभुको रिस र कडा बेखुसीको कारणले म भयभीत भएँ । तर त्यस बेला पनि परमप्रभुले मेरो कुरा सुन्‍नुभयो ।
  • यहो 7:6-9 : 6 तब यहोशूले आफ्‍नो लुगा च्याते । तिनी र इस्राएलका धर्म-गुरुहरूले आ-आफ्‍नो शिरमा धूलो हाले र साँझसम्म नै परमप्रभुको सन्दुकको सामु भुइँमा घोप्टो परेर लम्पसार परिरहे । 7 त्यसपछि यहोशूले भने, “हाय! हे परमप्रभु परमेश्‍वर, तपाईंले यी मानिसहरूलाई किन यर्दन तारेर ल्याउनुभयो? के हामीलाई एमोरीहरूका हातमा दिएर नष्‍ट पार्नलाई हो? हामीले अर्कै निर्णय गरेर हामी त यर्दन पारी नै बसेको भए पनि हुनेथियो । 8 हे परमप्रभु, इस्राएलीहरूले आफ्ना शत्रुहरूका सामु पीठ फर्काएपछि म के भन्‍न सक्छु र? 9 कनानीहरू र यस भूमिमा बस्‍नेहरूले यो कुरा सुन्‍ने छन् । तिनीहरूले हामीलाई घेर्ने छन् र पृथ्वीका मानिहरूलाई हाम्रो नाउँ बिर्सन लगाउने छन् । अनि तपाईंको महान् नाउँको निम्ति तपाईं के गर्नुहुन्छ?
  • १ राजा 13:4 : 4 बेथेलमा परमेश्वरका जनले वेदीको विरुद्धमा भनेका कुरा जब राजा यारोबामले सुने तिनले वेदीबाट आफ्नो हात पसारेर यसो भने, “त्यसलाई समात्!” तब तिने परमेश्वरको जनलाई समात्न जुन हात पसारेका थिए, त्यो सुक्यो र तिनले त्यो फेरि आफूतिर ल्याउन सकेनन् ।
  • १ इति 21:16-17 : 16 दाऊदले मास्‍तिर हेरे र परमप्रभुका स्‍वर्गदूतले आफ्‍नो हातमा नाङ्गो तरवार लिएर यरूशलेममाथि ताकेर आकाश र पृथ्‍वीका बीचमा खडा भएको देखे । तब भाङ्‌ग्रा लागाएका दाऊद र धर्म-गुरुहरू भूइँमा घोप्‍टो परे । 17 दाऊदले परमेश्‍वरलाई भने, “सेनाको गन्‍ती गर् भनेर हुकुम दिने म होइनँ र? मैले यो दुष्‍ट काम गरें । तर बिचरा यी भेडाहरूले के नै पो गरेका छन् र? हे परमप्रभु मेरा परमेश्‍वर!, तपाईंको हातले म र मेरो घरानालाई प्रहार गरोस्, तर तर यो विपत्ति तपाईंका मानिसहरूमाथि नरहोस् ।”
  • भजन 106:23 : 23 त्यसैले उहाँले तिनीहरूलाई नाश गर्छु भन्‍नुहुँदा—तिनीहरूलाई नष्‍ट गर्ने उहाँको रिस हटाउनलाई उहाँको चुनिएको जन मोशा धाँदोमा खडा भए ।
  • भजन 119:120 : 120 तपाईंको भयले मेरो शरीर थरथर हुन्‍छ र तपाईंका धार्मिक आदेशहरूको डर मलाई हुन्‍छ । ऐयिन
  • नीति 6:15 : 15 त्यसकारण त्यसको विपत्तिले त्यसलाई एकै क्षणमा आक्रमण गर्ने छ । क्षण भरमा नै निको नहुने गरी त्यो टुट्ने छ ।
  • यिर्मि 28:15-17 : 15 अनि यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तालाई भने, “हे हनन्याह, सुन, परमप्रभुले तिमीलाई पठाउनुभएको होइन, तर तिमी आफैले यी मानिसलाई झूटो कुरामा विश्‍वास गर्न लगाएका छौ । 16 त्यसैले परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर्, तँलाई मैले पृथ्वीबाट हटाउनै लागेको छु । तैंले परमप्रभुको विरुद्धमा विद्रोही कुराको घोषणा गरेको हुनाले तँ यही वर्ष मर्नेछस्' ।” 17 त्यही वर्षको सातौँ महिनामा हनन्याह अगमवक्ता मरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 14त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • यहे 9:8-9
    2 पदहरू
    79%

    8जब तिनीहरूले त्‍यसलाई आक्रमण गर्दैथिए, र मचाहिं एक्लै छोडिएँ, तब घोप्‍टो परें र रुँदै भनें, “हे परमप्रभु परमेश्‍वर, यरूशलेममाथि आफ्‍नो क्रोध खन्‍याउनुहुँदा इस्राएलका बचेकाहरू जम्‍मैलाई तपाईंले सर्वनाश गर्नुहुनेछ?”

    9उहाँले मलाई भन्‍नुभयो, “इस्राएल र यहूदाका घरानाको पाप असाध्‍य ठुलो छ । देश रक्तपातले भरिएको छ, र सहरचाहिं विकृतिले भरिपूर्ण छ, किनकि तिनीहरू भन्‍छन्, 'परमप्रभुले देशलाई त्‍याग्‍नुभएको छ, र ‘परमप्रभुले देख्‍नुहुन्‍न' ।

  • 11परमप्रभुको वचन फेरि मकहाँ यसो भनेर आयो,

  • 1¶ तब आत्‍माले मलाई माथि उठाउनुभयो र परमप्रभुका भवनको पूर्वतिरको ढोकामा लानुभयो, र त्‍यहाँ ढोकाको मुखैमा पच्‍चीस जना मानिस थिए । तिनीहरूका माझमा मैले मानिसहरूका अगुवाहरू, अज्‍जूरका छोरा याजन्‍याह र बनायाहका छोरा पलत्‍याहलाई देखें ।

  • 11तब परमप्रभुले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, यी हडाहरूचाहिं इस्राएलका सम्‍पूर्ण घराना हुन् । हेर, तिनीहरू यसो भन्दैछन्, ‘हाम्रा हाडहरू सुकेका छन्, र हाम्रा आशा हराएको छ । हामी बहिष्‍कृत भएका छौं ।’

  • 1¶ यसैले यो एघारौं वर्षमा, महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 13तब मैले भनें, “हे परमप्रभु परमेश्‍वर, हेर्नुहोस्, अगमवक्ताहरूले मानिसहरूलाई भन्दैछन्, 'तिमीहरूले तरवार देख्‍नेछैनौ । तिमीहरूका निम्ति अनिकाल पर्नेछैन, किनकि म यस ठाउँमा तिमीहरूलाई साँचो सुरक्षा दिनेछु' ।”

  • यहे 21:1-2
    2 पदहरू
    72%

    1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः

    2“ए मानिसको छोरो, तेरो अनुहार यरूशलेमको विरुद्धमा फर्का र पवित्रस्‍थानहरूका विरुद्धमा बोल् । इस्राएल देशको विरुद्धमा अगमवाणी गर् ।

  • 17परमेश्‍वरको वचन यसो भनेर मकहाँ आयो,

  • 1¶ फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 15अनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 26फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 11तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 21फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 17अनि बाह्रौं वर्षमा, महिनाको पन्ध्रौं दिनमा, परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 1¶ एघारौं वर्षको तेस्रो महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 15त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः

  • 20त्यसपछि परमप्रभुको वचन मकहाँ यसो भनेर आयो,

  • 12तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ, जसका विधिहरूमा तिमीहरू हिंडेका, र जसका नियमहरू तिमीहरूले पालन गरेका छैनौ । बरु, तिमीहरूका वरिपरि भएका जातिहरूका विधिहरू तिमीहरू पालन गरेका छौ ।”

  • 8तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 1¶ फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 16अब परमप्रभुको वचन सुन । तिमी भन्छौ, ‘इस्राएलको विरुद्धमा अगमवाणी नगर, र इसहाकको घरानाको विरुद्धमा नबोल ।’

  • 8तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 16तब सात दिनको अन्‍त्‍यमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 23त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः

  • 1¶ परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 1¶ परमप्रभुको हात ममाथि थियो, र उहाँले मलाई परमप्रभुको आत्माले बाहिर ल्‍याउनुभयो र एउटा बेसीको बिचमा मलाई राख्‍नुभयो । त्‍यो हाडहरूले भरिएको थियो ।

  • 20यसैले मैले तिनीहरूलाई भनें, “परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 1¶ परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • यहे 11:4-5
    2 पदहरू
    70%

    4यसैकारण तिनीहरूका विरुद्धमा अगमवाणी गर । ए मानिसको छोरो, अगमवाणी गर ।”

    5तब परमप्रभुका आत्‍मा ममा आउनुभयो, र उहाँले मलाई यसो भन्‍न लाउनुभयोः “परमप्रभु यसो भन्‍नुहुन्‍छः हे इस्राएलका घराना, तिमीहरू यसो भन्दछौ । किनकि तिमीहरूका मनमा के आउँछ भन्‍ने मलाई थाहा छ ।

  • 16यरूशलेमको बारेमा अगमवाणी बोल्‍ने इस्राएलका यी अगमवक्ताहरू र त्‍यसको निम्‍ति शान्‍तिको दर्शन देख्‍नेहरू । तर त्यहाँ शान्ति नै छैन! यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।”

  • 21हाम्रो निर्वासनको बाह्रौं वर्षको दशौं महिनाको पाँचौं दिनमा, यरूशलेमबाट एक जना भगुवा मकहाँ आयो र भन्यो, “त्यो सहरलाई कब्जा गरिएको छ!”

  • 1¶ ए इस्राएलको घराना, तिमीहरूका विषयमा मेरो यो विलापको वचन सुन ।

  • 3त्योचाहिं मैले देखेको दर्शनअनुसार थियो, उहाँ सहरलाई नाश गर्न आउनुभएको बेलामा मैले देखेको दर्शनअनुसार थियो, र ती दर्शनहरू मैले कबार नदीको किनारमा देखेको दर्शनजस्‍तो थियो, र मैले आफ्‍नो शिर घोप्टो पारें ।

  • 11परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः “आफ्‍नो ताली बजा र आफ्‍ना खुट्टा बजार्! यसो भन् ‘इस्राएलका घरानाका सबै दुष्‍ट र घिनलाग्‍दा व्‍यवहारहरूका कारण, धिक्‍कार!’ किनभने तरवार, अनिकाल र रूढीले तिनीहरू नष्‍ट हुनेछन्‌ ।

  • 21त्यसकारण परमप्रभु तेरो प्राण लिन खोज्ने अनातोतका मानिसहरूको सम्बन्धमा यसो भन्‍नुहुन्छ, “तिनीहरू भन्छन्, 'तैंले परमप्रभुको नाउँमा अगमवाणी बोल्‍नुहँदैन, नत्रता तँ हाम्रा हातबाट मर्नेछस् ।'

  • 12तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 17तिनीहरूलाई यो वचन भन्, ‘मेरा आँखाबाट दिनरात आँसु बगिरहोस् । त्यसलाई नरोक्, किनकि मेरो जातिकी कन्याको ठुलो विनाश हुनेछ । त्यसले ठुलो र निको नहुने चोट पाउनेछ ।

  • 9अगमवक्ताहरूको सम्बन्धमा मेरो हृदय टुटेको छ, र मेरा सबै हड्‍डी काम्दछन् । परमप्रभु र उहाँको पवित्र वचनको कारणले म एक जना मातेको मान्छेजस्तै भएको छु, जसलाई मदिराले नियन्त्रण गरेको हुन्‍छ ।

  • 1¶ छैटौं वर्षको छैटौं महिनाको पाँचौं दिनमा जब म आफ्‍नो घरमा बसें र यहूदाका धर्म-गुरुहरू मेरो सामु बसे, तब त्‍यहाँ परमप्रभु परमेश्‍वरको बाहुली ममाथि पर्‍यो ।

  • 7यसैले जस्‍तो मलाई आज्ञा गरियो तेस्‍तै मैले अगमवाणी गरें । जसै मैले अगमवाणी गरें, हेर, थर्केको आवाज आयो । अनि हाडहरू नजीक आए—हाड-हाडसँग टाँसियो ।

  • 23परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 16तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 10त्यसैले मैले भनें, “हाय, परमप्रभु परमेश्‍वर, 'तिमीहरूका लागि शान्ति हुनेछ' भनेर निश्‍चय नै तपाईंले यी मानिस र यरूशलेमलाई पूर्णतः धोका दिनुभएको छ । तापनि तरवारले तिनीहरूको जीवनको विरुद्धमा प्रहार गर्दैछ ।”

  • 27राजाले शोक गर्नेछन् र शासकले निराशको पोशाक पहिरिनेछ, जबकि देशका मानिसहरूका हात त्रासले काँप्‍नेछन्‌ । तिनीहरूका आफ्‍नै चालअनुसार तिनीहरूलाई म यसो गर्नेछु । म नै परमप्रभु हुँ भनी तिनीहरूले नजानेसम्म तिनीहरूकै मानकअनुसार म तिनीहरूको न्‍याय गर्नेछु ।

  • 11त्‍यसपछि कैदमा परेका तेरा मानिसहरूकहाँ जा, र तिनीहरूलाई भन् । तिनीहरूले सुने पनि नसुने पनि तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ' ।”