यहेज्केल 11:1
¶ तब आत्माले मलाई माथि उठाउनुभयो र परमप्रभुका भवनको पूर्वतिरको ढोकामा लानुभयो, र त्यहाँ ढोकाको मुखैमा पच्चीस जना मानिस थिए । तिनीहरूका माझमा मैले मानिसहरूका अगुवाहरू, अज्जूरका छोरा याजन्याह र बनायाहका छोरा पलत्याहलाई देखें ।
¶ तब आत्माले मलाई माथि उठाउनुभयो र परमप्रभुका भवनको पूर्वतिरको ढोकामा लानुभयो, र त्यहाँ ढोकाको मुखैमा पच्चीस जना मानिस थिए । तिनीहरूका माझमा मैले मानिसहरूका अगुवाहरू, अज्जूरका छोरा याजन्याह र बनायाहका छोरा पलत्याहलाई देखें ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
2परमेश्वरले मलाई भन्नुभयो, “ए मानिसको छोरो, यस सहरमा दुष्ट्याइँ गर्न षड्यन्त्र रच्ने र दुष्ट योजना बनाउने मानिसहरू यी नै हुन् ।
13जब मैले अगमवाणी गरिरहेको थिएँ, तब बनायाहका छोरा पलत्याह मरे । तब म घोप्टो परें र चर्को सोरमा कराएँ र यसो भनें, “हाय, परमप्रभु परमेश्वर! के इस्राएलका बचेकाहरूलाई तपाईंले सम्पूर्ण रूपले सर्वनाश गर्नुहुन्छ?”
14त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
24आत्माले मलाई माथि उठाउनुभयो र परमेश्वरका आत्माद्वारा दिइएको दर्शनमा कल्दीमा निर्वासित भएकाहरूकहाँ ल्याउनुभयो । तब मैले देखेको त्यो दर्शन मबाट मास्तिर गइहाल्यो ।
25तब परमप्रभुले मलाई देखाउनुभएका सबै कुरा मैले निर्वासित भएकाहरूकहाँ घोषणा गरिदिएँ ।
1¶ हाम्रो निर्वासनको पच्चीसौं वर्षमा, वर्षको सुरुमा, महिनाको दसौं दिनमा, सहर कब्जा भएको चौधौं वर्षमा, त्यो दिनमा परमप्रभुको हात ममाथि थियो र उहाँले मलाई त्यहाँ लानुभयो ।
2परमेश्वरबाट आएको दर्शनमा उहाँले मलाई इस्राएल देशमा लानुभयो । उहाँले मलाई अति उच्च पर्वतमा आराम गर्न लानुभयो । दक्षिणमा सहरका घरहरूजस्तै देखिएका थिए ।
3अनि उहाँले मलाई त्यहाँ लानुभयो । हेर, एक जना मानिस । तिनी हेर्दा काँसाजस्ता देखिन्थे । तिनको हातमा सूतीको डोरी र नाप्ने लौरो थियो, र तिनी सहरको मूल ढोकामा खडा भए ।
11त्यहाँ इस्राएलका घरानाका सत्तरी जना धर्म-गुरुहरू थिए र शापानको छोरो याजन्याह तिनीहरूका माझमा खडा थिए । तिनीहरू मूर्तिहरूका सामु खडा थिए, र धूपको धूवाँ मास्तिर जाओस् भनेर हरेकले हातमा आ-आफ्ना धुपौरो लिएर खडा थिए ।
3तब तिनले हातजस्तै आकार पसारेर मेरो कपाल समातेर मलाई जुरुक्क उठाए । आत्माले मलाई पृथ्वी र स्वर्गको बिचमा उचाल्नुभयो, र परमेश्वरका दर्शनहरूमा यरूशलेममा मन्दिरको भित्री चोकमा प्रवेश गर्ने उत्तरपट्टिको मूल ढोकानेर उहाँले मलाई लग्नुभयो, जहाँ डाही बनाउने मूर्ति खडा थियो ।
5तब उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो! तेरो आँखाले उत्तरतिर हेर् ।” यसैले मैले आँखाले उत्तरतिर हेरें, र वेदीतिर जाने ढोकाको उत्तर, त्यहाँ ढोकामा त्यो डाहको मूर्ति थियो ।
1¶ इस्राएलका धर्म-गुरुमध्ये कोही मकहाँ आए र मेरो सामुन्ने बसे ।
2तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
19परमप्रभुले मलाई यसो भन्नुभयो, “जा र मानिसहरूका मूल ढोकामा खडा हो, जहाँबाट यहूदाका राजाहरू प्रवेश गर्छन् र जहाँबाट तिनीहरू बाहिर निस्कन्छन् । त्यसपछि यरूशलेमका अन्य सबै ढोकामा खडा हो ।
20तिनीहरूलाई भन्, 'यी ढोकाहरूबाट आवातजावत गर्ने हे सबै यहूदाका राजा, यहूदाका सबै मानिस र यरूशलेमका हरेक बासिन्दा हो, परमप्रभुको वचन सुन ।
1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
1¶ परमप्रभुको हात ममाथि थियो, र उहाँले मलाई परमप्रभुको आत्माले बाहिर ल्याउनुभयो र एउटा बेसीको बिचमा मलाई राख्नुभयो । त्यो हाडहरूले भरिएको थियो ।
1¶ त्यसपछि ती मानिसले मलाई पूर्वपट्टि खोलिने ढोकामा लगे ।
18अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए ।
1¶ यसैले यो एघारौं वर्षमा, महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
4मैले तिनीहरूलाई परमप्रभुको मन्दिरमा परमेश्वरका मानिस यिग्दल्याहका छोरा हानानका छोराहरूको कोठामा लगेँ । यी कोठाहरू अगुवाहरूको कोठाको छेउमा थिए, जुन शल्लूमका छोरा मासेयाह द्वारपालको कोठाको मास्तिर थियो ।
3यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको समयदेखि यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको एघारौं वर्षको पाँचौं महिनासम्म, यरूशलेमका मानिसहरू कैदीका रूपमा नलगिएसम्म नै परमप्रभुको वचन आइरह्यो ।
16उहाँले मलाई परमप्रभुका मन्दिरको भित्री चोकमा लानुभयो, र हेर, अनि त्यहाँ वेदी र दलानको बिचमा परमप्रभुको मन्दिरको ढोकामा करिब पच्चीस जना मानिस थिए, आफ्ना पिठ परमप्रभुको मन्दिरतिर र अनुहारचाहिं पूर्वपट्टि फर्काएर तिनीहरूले सूर्यको पुजा गरिरहेका थिए ।
17उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, के तँ यो देख्छस्? के तिनीहरूले यहाँ गरिरहेका यी घिनलाग्दा काम यहूदाका घरानाको लागि सानो कुरा हो र? किनकि तिनीहरूले देशलाई हिंसाले भरेका छन् र आफ्ना नाकमा हाँगा राखेर मलाई रिस उठाउनलाई तर्केका छन् ।
1¶ त्यही वर्ष अर्थात् यहूदाका राजा सिदकियाहले राज्य गरेको चौथो वर्षको पाँचौं महिनामा अज्जूरका छोरा, गिबोनमा बस्ने अगमवक्ता हनन्याहले परमप्रभुको मन्दिरमा पुजारीहरू र सबै मानिसको सामु मसित बोले । तिनले भने,
4तब तिनले मलाई उत्तरी ढोकाको बाटो हुँदै मन्दिरको अगाडि लगे । मैले हेरें, र हेर, परमप्रभुको महिमाले परमप्रभुको मन्दिरलाई ढाक्यो, र मैले आफ्नो शिर घोप्टो पारें ।
1¶ छैटौं वर्षको छैटौं महिनाको पाँचौं दिनमा जब म आफ्नो घरमा बसें र यहूदाका धर्म-गुरुहरू मेरो सामु बसे, तब त्यहाँ परमप्रभु परमेश्वरको बाहुली ममाथि पर्यो ।
21मशेजेबेल, सादोक, यदूअ,
22पलत्याह, हानान, अनायाह,
1¶ परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
1¶ त्यसपछि ती मानिसले मलाई पूर्व फर्केको बाहिरी पवित्र स्थानको ढोकामा ल्याए । त्यो बलियो गरी बन्द थियो ।
10तब यहूदाका अधिकारीहरूले यो खबर सुने, र तिनीहरू राजाको महलदेखि परमप्रभुको मन्दिरमा गए । तिनीहरू परमप्रभुको मन्दिरको नयाँ मूल ढोकामा बसे ।
1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
14आत्माले मलाई माथि उठाउनुभयो र मलाई टाढा लानुभयो, र म आफ्नो आत्माको क्रोधमा तीतोपन लिएर गएँ, किनकि परमप्रभुको बलिष्ठ बाहुलीले मलाई शक्तिसाथ थिचिरहेको थियो ।
15तब म कबार नहरको नजिक बस्ने ती कैदीहरूकहाँ तेल-अबीबमा गएँ, र त्यहाँ सात दिनसम्म तिनीहरूसँग आश्चर्यले व्याकुल भएर म बसें ।
1¶ तब उहाँले ठुलो सोरमा कराएर यसो भन्नुभएको मैले सुनें, “रक्षकहरू हरेकले आफ्ना हातमा नष्ट गर्ने हतियार लिएर सहरमा आऊन् ।”
33अनि अजर्याह, एज्रा, मशुल्लाम,
5तब आत्माले मलाई उचाल्नुभयो र मलाई भित्री चोकमा ल्याउनुभयो । हेर, परमप्रभुको महिमाले मन्दिरलाई भरिरहेको थियो ।
24अङ्गरक्षकहरूका कमान्डरले मुख्य पुजारी बन्दी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए ।
23बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल बनाए भनेर जब सिपाहीहरूका सबै सेनापति र तिनीहरूका मानिसहरूले सुने, तब तिनीहरू मिस्पामा गदल्याहकहाँ गए । यी मानिसहरू नतन्याहका छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हूमेतका छोरा सरायाह र माकातीका छोरा याजन्याह र तिनीहरूका मानिसहरू थिए ।
9यसैकारण परमप्रभुको यस्तो वचन मकहाँ आयो,
11तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
12तब आत्माले मलाई माथि उठाउनुभयो, र मैले आफ्नो पछिल्तिर ठुलो भुकम्पको आवाज सुनेंः “परमप्रभुको महिमा उहाँको वासस्थानमा धन्यको होस्!”
1¶ फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
12तिनी राजमहलमा भएको सचिवको कोठामा गए । हेर, त्यहाँ सबै अधिकारी अर्थात् सचिव एलीशामा, शमायाहका छोरा दलायाह, अक्बोरका छोरा एल्नातान, शापानका छोरा गमर्याह र हनन्याहका छोरा सिदकियाह र अन्य सबै अधिकारी बसिरहेका थिए ।
1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
7तब उहाँले मलाई चोकको ढोकामा ल्याउनुभयो, र मैले हेरें र त्यहाँ पर्खालमा प्वाल थियो ।
1¶ अनि मैले माथितिर हेरें र एउटा मानिसले आफ्नो हातमा नाप्ने डोरी लिएको देखें ।
5त्यसपछि मसँग बोलिरहेका स्वर्गदूत बाहिर निस्के अनि मलाई भने, “आफ्नो नजर उठाउ र आउन लागेको कुरा हेर!”
21हाम्रो निर्वासनको बाह्रौं वर्षको दशौं महिनाको पाँचौं दिनमा, यरूशलेमबाट एक जना भगुवा मकहाँ आयो र भन्यो, “त्यो सहरलाई कब्जा गरिएको छ!”