यहेज्केल 8:3

अनलक शाब्दिक बाइबल

तब तिनले हातजस्‍तै आकार पसारेर मेरो कपाल समातेर मलाई जुरुक्‍क उठाए । आत्‍माले मलाई पृथ्‍वी र स्‍वर्गको बिचमा उचाल्नुभयो, र परमेश्‍वरका दर्शनहरूमा यरूशलेममा मन्‍दिरको भित्री चोकमा प्रवेश गर्ने उत्तरपट्टिको मूल ढोकानेर उहाँले मलाई लग्‍नुभयो, जहाँ डाही बनाउने मूर्ति खडा थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 32:16 : 16 तिनीहरूले आफ्ना अनौठा देवताहरूद्वारा परमप्रभुलाई डाही तुल्याए ।
  • यहे 11:1 : 1 ¶ तब आत्‍माले मलाई माथि उठाउनुभयो र परमप्रभुका भवनको पूर्वतिरको ढोकामा लानुभयो, र त्‍यहाँ ढोकाको मुखैमा पच्‍चीस जना मानिस थिए । तिनीहरूका माझमा मैले मानिसहरूका अगुवाहरू, अज्‍जूरका छोरा याजन्‍याह र बनायाहका छोरा पलत्‍याहलाई देखें ।
  • यहे 11:24 : 24 आत्‍माले मलाई माथि उठाउनुभयो र परमेश्‍वरका आत्‍माद्वारा दिइएको दर्शनमा कल्‍दीमा निर्वासित भएकाहरूकहाँ ल्‍याउनुभयो । तब मैले देखेको त्‍यो दर्शन मबाट मास्‍तिर गइहाल्‍यो ।
  • यहे 40:2 : 2 परमेश्‍वरबाट आएको दर्शनमा उहाँले मलाई इस्राएल देशमा लानुभयो । उहाँले मलाई अति उच्‍च पर्वतमा आराम गर्न लानुभयो । दक्षिणमा सहरका घरहरूजस्तै देखिएका थिए ।
  • दानी 5:5 : 5 त्यही समय पानसको अगाडि एउटा मानिसको हातका औंलाहरू देखा परे र राजाको दरवारका लिपिएका भित्तामा लेख्‍न थाले । त्यो हातले लेख्दै गर्दा, राजाले त्‍यसको केही भाग देख्‍न सक्थे ।
  • व्यव 32:21 : 21 जे ईश्‍वर होइन, त्यसको कारण तिनीहरूले मलाई डाही तुल्याएका छन्, र तिनीहरूका बेकम्मा कामहरूद्वारा मलाई रिस उठाएका छन् । जो जाति नै होइनन्, तिनीहरूद्वारा म तिनीहरूलाई डाही तुल्याउने छु । एउटा मूर्ख जातिद्वारा म तिनीहरूलाई क्रोधित तुल्याउने छु ।
  • निर्ग 20:5 : 5 तिनीहरूको अगि ननिहरनू वा तिनीहरूको पूजा नगर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिनेछु ।
  • यहे 2:9 : 9 तब मैले हेरें, र एउटा हात मतिर पसारिएको थियो । त्‍यसमा एउटा लेखिएको मुट्ठो थियो ।
  • यहे 5:11 : 11 यसकारण जस्‍तो म जीवित छु—यो परमप्रभु परमेश्‍वरको घोषणा हो—तेरा सबै घृणित कुराहरू र तैंले गरेका सबै घिनलाग्‍दा कामहरूले मेरो पवित्रस्‍थानलाई तैंले बिटुलो पारेको हुनाले म आफै तेरो संख्‍या घटाउनेछु । मेरो आँखाले तँलाई टिठ्याउनेछैन, र म तँलाई छोड्नेछैनँ ।
  • यहे 7:20 : 20 आफ्‍ना सुन्दर गरगहनामा तिनीहरूले घमण्‍ड गरे, र तीबाट तिनीहरूले आफ्‍ना घिनलाग्‍दा मूर्तिहरू र तिनीहरूका घृणित कुराहरू बनाए । यसकारण म यिनलाई तिनीहरूका निम्‍ति अशुद्ध थोकमा परिणत गरिदिनेछु ।
  • यहे 8:5 : 5 तब उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो! तेरो आँखाले उत्तरतिर हेर्‌ ।” यसैले मैले आँखाले उत्तरतिर हेरें, र वेदीतिर जाने ढोकाको उत्तर, त्‍यहाँ ढोकामा त्‍यो डाहको मूर्ति थियो ।
  • यहे 3:12 : 12 तब आत्‍माले मलाई माथि उठाउनुभयो, र मैले आफ्‍नो पछिल्‍तिर ठुलो भुकम्पको आवाज सुनेंः “परमप्रभुको महिमा उहाँको वासस्‍थानमा धन्‍यको होस्!”
  • यहे 3:14 : 14 आत्‍माले मलाई माथि उठाउनुभयो र मलाई टाढा लानुभयो, र म आफ्‍नो आत्‍माको क्रोधमा तीतोपन लिएर गएँ, किनकि परमप्रभुको बलिष्‍ठ बाहुलीले मलाई शक्तिसाथ थिचिरहेको थियो ।
  • निर्ग 34:14 : 14 किनकि तिमीहरूले म परमप्रभुबाहेक कुनै देवी-देवतालाई नपुज्नू । म डाह गर्ने परमेश्‍वर हुँ ।
  • व्यव 4:24 : 24 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर भस्म पार्ने आगो र डाही परमेश्‍वर हुनुहुन्छ ।
  • व्यव 5:9 : 9 तिनीहरूका सामु ननिहुरनू न त तिनीहरूको सेवा गर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिने छु ।
  • व्यव 6:15 : 15 किनकि तिमीहरूका बिचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुनुहुन्छ । तिमीहरूले त्यसो गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरको क्रोध तिमीहरूका विरुद्धमा दन्कने छ र उहाँले तिमीहरूलाई पृथ्वीको धूलोबाट नष्‍ट पार्नुहुने छ ।
  • यहो 24:19 : 19 तर यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुको सेवा गर्न सक्‍दैनौ, किनभने उहाँ पवित्र हुनुहुन्छ, उहाँ डाही परमेश्‍वर हुनुहुन्छ; उहाँले तिमीहरूका पाप र अपराधलाई क्षमा गर्नुहुने छैन ।
  • १ राजा 18:12 : 12 म यहाँबाट जानेबित्तिकै परमप्रभुका आत्माले तपाईंलाई मैले नचिनेको ठाउँमा लैजानुहुने छ । तब मैले आहाबलाई गएर बताउँदा तिनले तपाईंलाई फेला नपारेपछि तिनले मलाई मार्ने छन् । तापनि म तपाईंका दासले त मेरो बाल्यकालदेखि नै परमप्रभुको आराधना गरेको छु ।
  • २ राजा 2:16 : 16 तिनीहरूले तिनलाई भने, “हेर्नुहोस्, तपाईंका दासहरूका माझमा पचास जना बलिया मानिस छन् । हामी अनुरोध गर्छौं कि तिनीहरूलाई जान र तपाईंका मालिकको खोजी गर्न दिनुहोस्, कतै परमप्रभुका आत्माले तिनलाई माथि लानुभएको र तिनलाई कुनै पहाड वा उपत्यकामा फाल्‍नुभएको छ कि?” एलीशाले जवाफ दिए, “अहँ, तिनीहरूलाई नपठाओ ।”
  • २ राजा 16:14 : 14 परमप्रभुको सामु भएको काँसाको वेदी, तिनले परमप्रभुको मन्दिरको सामुबाट अर्थात् तिनको वेदी र परमप्रभुको मन्दिरको बिचबाट ल्‍याए र आफ्‍नो वेदीको उत्तरपट्टि राखे ।
  • २ राजा 21:7 : 7 आफूले बनाएका अश्शेरा देवीको मूर्तिलाई तिनले परमप्रभुको मन्दिरमा राखे । यही मन्दिरको बारेमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनलाई यसो भन्‍नुभएको थियो, “मैले इस्राएलका सबै कुलबाट चुनेको यो मन्दिरमा र यरूशलेममा म मेरो नाउँ सदासर्वदाको निम्ति राख्‍नेछु ।
  • भजन 78:58 : 58 किनकि तिनीहरूले उहाँलाई आफ्‍ना अग्‍ला डाँडाहरूले क्रुद्ध बनाए र आफ्‍ना मूर्तीहरूले उहाँलाई डाहले रसाउने बनाए ।
  • यिर्मि 7:30 : 30 किनकि यहूदाका छोराहरूले मेरो दृष्‍टिमा दुष्‍ट काम गरेका छन्, यो परमप्रभुको घोषणा हो । मेरो नाउँद्वारा पुकारिने यस मन्दिरलाई अपवित्र तुल्याउनलाई तिनीहरूले त्‍यसमा घृणित कुराहरू राखेका छन् ।
  • यिर्मि 32:34 : 34 मेरो नाउँद्वारा कहलाइने मन्‍दिरलाई दुषित पार्न तिनीहरूले त्यसमा आफ्‍ना घिनलाग्दा मूर्तिहरू खडा गरे ।
  • दानी 10:10 : 10 मलाई एउटा हातले छोयो, र त्‍यसले मेरा घुँडाहरू र हत्केलाहरूलाई थरथर काँम्‍ने बनायो ।
  • दानी 10:18 : 18 मानिसजस्ता देखिनेले मलाई फेरि छोए र मलाई शक्ति दिए ।
  • प्रेरि 8:39 : 39 तिनीहरू पानीबाट बाहिर आएपछि परमप्रभुका आत्माले फिलिपलाई लैजानुभयो । नपुंसकले तिनलाई फेरि देखेनन् र तिनी रमाउँदै आफ्नो बाटो लागे ।
  • १ कोरि 10:21-22 : 21 तिमीहरूले प्रभुको कचौरा र भूतहरूको कचौरा दुवैबाट पिउन सक्दैनौ । तिमीहरूले प्रभुको टेबुलमा र भूतहरूको टेबुल दुवैमा सङ्गति गर्न सक्दैनौ । 22 अथवा के हामीले प्रभुलाई डाही बनाउने? के हामी उहाँभन्दा बलिया छौँ?
  • २ कोरि 12:2-4 : 2 म ख्रीष्‍टमा एक जना मानिसलाई चिन्छु जो चौध वर्ष अगाडि तेस्रो स्वर्गसम्म उचाली लगियो, शरीरमा वा शरीरविनै मलाई थाहा छैन, तर परमेश्‍वरलाई थाहा छ । 3 र मलाई थाहा छ, त्यो मानिस शरीरमा वा शरीरविनै हो, मलाई थाहा छैन, तर परमेश्‍वरलाई थाहा छ । 4 कि ऊ स्वर्गमा उचालि लगियो र उसले कसैले उच्‍चारण नै गर्न नसक्‍ने अति पवित्र कुराहरू सुन्यो ।
  • प्रका 1:10-20 : 10 प्रभुको दिनमा म आत्मामा थिएँ । मैले मेरो पछाडि चर्को स्वरमा तुरहीको जस्तै एउटा आवाज सुने । 11 “त्यसले भन्यो, ‘तिमीले जे देख्छौ, सो एउटा पुस्तकमा लेख र सातवटा मण्डली अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई पठाऊ’ ।” 12 कसको आवाज मसँग बोलिरहेको थियो भनी म फर्किएँ र मैले हेर्दा सातवटा सुनका सामदान देखेँ । 13 सामदानहरूका माझमा पाउसम्मै पुग्‍ने लामो पोशाक पहिरिनुभएका र छातीको वरिपरि सुनको पेटी बाँध्‍नुभएका मानिसका पुत्रजस्तै त्यहाँ एक जना हुनुहुन्थ्यो । 14 उहाँको शिर र कपाल ऊन अनि हिउँजस्तै सेता र उहाँका आँखा आगोको ज्वालाजस्तै थिए । 15 उहाँका पाउहरू भट्टीमा चम्किएका काँसाजस्ता थिए र उहाँको सोर उर्लंदो पानीको आवाजजस्तै थियो । 16 उहाँको दाहिने हातमा सातवटा तारा थिए, अनि उहाँको मुखबाट एउटा दुई-धारे धारिलो तरवार निस्किरहेको थियो । उहाँको अनुहार सुर्यको तेजझैँ चम्किरहेको थियो । 17 जब मैले उहाँलाई देखेँ, म मरेतुल्य मानिसजस्तै भएर उहाँको पाउँमा परेँ । उहाँले आफ्नो दाहिने हात ममाथि राख्‍नुभयो र भन्‍नुभयो, “नडराऊ ।” पहिलो र अन्तिम म नै हुँ । 18 म जीवित छु । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन् । 19 त्यसकारण, जे अहिले छ, र यसपछि जे हुन आउनेछ तिमीले जे देखेका छौ, सो लेख । 20 मेरो दाहिने हाततिर तिमीले देखेका सातवटा तारा र सातवटा सामदानको बारेमा लुकेको रहस्यको अर्थ सातवटा तारा सातवटा मण्डलीका दुतहरू र सातवटा सामदान सातवटा मण्डली हुन् ।”
  • प्रका 4:2-9 : 2 एकै छिनमा म आत्मामा थिएँ, र स्वर्गमा एउटा सिंहासन भएको मैले देखेँ, जसमाथि कोही बसिरहनुभएको थियो । 3 त्यसमाथि बस्‍नुहुने स्फटिक र लालमणिजस्तै देखिनुहुन्थ्यो । सिंहासनको वरिपरि इन्द्रेणी थियो । त्यो इन्द्रेणी मोती जस्तो चम्किलो देखिन्थ्यो । 4 त्यस सिंहासनको वरिपरि चौबिसवटा सिंहासन थिए, र चौबिस जना एल्डर तिनीहरूका शिरमा सुनका मुकुटहरू लगाएका र सेतो वस्‍त्र पहिरिएर बसेका थिए । 5 सिंहासनबाट बिजुलीको चमक र गर्जनहरू आए, र चट्याङसँगै नष्‍ट भए । सिंहासनको अगाडि सातवटा बत्ती बलिरहेका थिए । ती बत्तीहरूचाहिँ परमेश्‍वरका सात आत्मा थिए । 6 सिंहासनको अगि स्फटिकजस्तै देखिने काँचको समुद्र थियो । सिंहासनको बिचमा र सिंहासनवरिपरि, अगाडि र पछाडि आँखैआँखाले भरिएका चार जीवित प्राणी थिए । 7 पहिलो जीवित प्राणी सिंहजस्तो थियो, दोस्रो जीवित प्राणी बाछोजस्तो थियो, तेस्रो जीवित प्राणीको अनुहार मानिसको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको चिलजस्तो थियो । 8 चारै जीवित प्राणीमध्ये हरेकका ६-६ वटा पखेटा थिए; तल र माथि आँखैआँखाले भरिएका थिए । दिनरात तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे । 9 जब ती जीवित प्राणीहरूले सिंहासनमाथि विराजमान हुनुहुने र सदासर्वदा जीवित रहनुहुनेलाई महिमा, आदर र धन्यवाद दिए, 10 चौबिस जना एल्डरले निहुरेर सिंहासनमा विराजमान हुनुहुनेका अगाडि दण्डवत् गरे । तिनीहरूले सदासर्वदा जीवित हुनुहुनेलाई दण्डवत् गरे, र सिंहासनको अगाडि आ-आफ्ना मुकुट राख्दै यसो भने, 11 “हाम्रा परमप्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्न योग्यका हुनुहुन्छ । किनकि तपाईंले सबै थोक सृष्‍टि गर्नुभयो, र तपाईंकै इच्छाद्वारा तिनीहरू अस्तित्वमा आए र सृष्‍टि भए ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 8:4-5
    2 पदहरू
    80%

    4तब हेर, मैले मैदानमा देखेको दर्शनअनुसार त्‍यहाँ इस्राएलका परमेश्‍वरको महिमा थियो ।

    5तब उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो! तेरो आँखाले उत्तरतिर हेर्‌ ।” यसैले मैले आँखाले उत्तरतिर हेरें, र वेदीतिर जाने ढोकाको उत्तर, त्‍यहाँ ढोकामा त्‍यो डाहको मूर्ति थियो ।

  • यहे 8:1-2
    2 पदहरू
    77%

    1¶ छैटौं वर्षको छैटौं महिनाको पाँचौं दिनमा जब म आफ्‍नो घरमा बसें र यहूदाका धर्म-गुरुहरू मेरो सामु बसे, तब त्‍यहाँ परमप्रभु परमेश्‍वरको बाहुली ममाथि पर्‍यो ।

    2तब मैले हेरें, र हेर, त्यहाँ मानिसको रूप भएको आकार थियो। तिनको कम्‍मरमुनि आगोजस्‍तो थियो । अनि तिनको कम्‍मरदेखि माथिचाहिं चम्किरहेको धातुजस्‍तो देखिन्‍थ्‍यो ।

  • यहे 3:14-15
    2 पदहरू
    77%

    14आत्‍माले मलाई माथि उठाउनुभयो र मलाई टाढा लानुभयो, र म आफ्‍नो आत्‍माको क्रोधमा तीतोपन लिएर गएँ, किनकि परमप्रभुको बलिष्‍ठ बाहुलीले मलाई शक्तिसाथ थिचिरहेको थियो ।

    15तब म कबार नहरको नजिक बस्‍ने ती कैदीहरूकहाँ तेल-अबीबमा गएँ, र त्यहाँ सात दिनसम्‍म तिनीहरूसँग आश्‍चर्यले व्याकुल भएर म बसें ।

  • यहे 40:1-3
    3 पदहरू
    76%

    1¶ हाम्रो निर्वासनको पच्‍चीसौं वर्षमा, वर्षको सुरुमा, महिनाको दसौं दिनमा, सहर कब्जा भएको चौधौं वर्षमा, त्‍यो दिनमा परमप्रभुको हात ममाथि थियो र उहाँले मलाई त्यहाँ लानुभयो ।

    2परमेश्‍वरबाट आएको दर्शनमा उहाँले मलाई इस्राएल देशमा लानुभयो । उहाँले मलाई अति उच्‍च पर्वतमा आराम गर्न लानुभयो । दक्षिणमा सहरका घरहरूजस्तै देखिएका थिए ।

    3अनि उहाँले मलाई त्यहाँ लानुभयो । हेर, एक जना मानिस । तिनी हेर्दा काँसाजस्ता देखिन्‍थे । तिनको हातमा सूतीको डोरी र नाप्‍ने लौरो थियो, र तिनी सहरको मूल ढोकामा खडा भए ।

  • यहे 11:22-24
    3 पदहरू
    75%

    22ती करूबहरूले आफ्‍ना पखेटा र आफ्‍ना छेउमा भएका पाङ्‌ग्राहरू माथि उचाले र इस्राएलका परमेश्‍वरको महिमा तिनीहरूका माथि थियो ।

    23तब सहरको बिचबाट परमप्रभुको महिमा माथि गयो, र सहरको पूर्वपट्टिको पर्वतमा अडियो ।

    24आत्‍माले मलाई माथि उठाउनुभयो र परमेश्‍वरका आत्‍माद्वारा दिइएको दर्शनमा कल्‍दीमा निर्वासित भएकाहरूकहाँ ल्‍याउनुभयो । तब मैले देखेको त्‍यो दर्शन मबाट मास्‍तिर गइहाल्‍यो ।

  • 1¶ परमप्रभुको हात ममाथि थियो, र उहाँले मलाई परमप्रभुको आत्माले बाहिर ल्‍याउनुभयो र एउटा बेसीको बिचमा मलाई राख्‍नुभयो । त्‍यो हाडहरूले भरिएको थियो ।

  • 1¶ तब आत्‍माले मलाई माथि उठाउनुभयो र परमप्रभुका भवनको पूर्वतिरको ढोकामा लानुभयो, र त्‍यहाँ ढोकाको मुखैमा पच्‍चीस जना मानिस थिए । तिनीहरूका माझमा मैले मानिसहरूका अगुवाहरू, अज्‍जूरका छोरा याजन्‍याह र बनायाहका छोरा पलत्‍याहलाई देखें ।

  • यहे 3:22-24
    3 पदहरू
    74%

    22यसरी त्‍यहाँ परमप्रभुको हात ममाथि रह्‍यो र उहाँले मलाई भन्‍नुभयो, “उठ्, मैदानमा जा, र त्‍यहाँ म तँसित बोल्‍नेछु ।”

    23म उठें र बाहिर मैदानमा गएँ, र कबार नहरको किनारमा मैले देखेको जस्‍तो परमप्रभुको महिमा त्‍यहाँ पनि थियो । यसैले म घोप्‍टो परें ।

    24आत्‍मा ममा आउनुभयो, र मलाई खुट्टामा उभ्‍याउनुभयो; र उहाँले मसित बोल्‍नुभयो, र मलाई भन्‍नुभयो, “जा, र आफ्‍नो घरभित्र आफूलाई थुन्,

  • दानी 8:17-18
    2 पदहरू
    73%

    17यसैले तिनी म उभिएको ठाउँ नजिक आए । जब तिनी आए, म भयभीत भएँ र आफूलाई भुइँमा लम्‍पसार पारेर दण्डवत् गरें । तिनले मलाई भने, “ए मानिसको पुत्र, यो दर्शन अन्तको समयको निम्ति हो भन्‍ने कुरा बुझ ।”

    18तिनले मसँग बोलिरहँदा, मेरो अनुहार भुइँमा घोप्‍टो पारेर म गहिरो निद्रामा निदाएँ । तब तिनले मलाई छोए र मलाई खडा गराए ।

  • 3त्योचाहिं मैले देखेको दर्शनअनुसार थियो, उहाँ सहरलाई नाश गर्न आउनुभएको बेलामा मैले देखेको दर्शनअनुसार थियो, र ती दर्शनहरू मैले कबार नदीको किनारमा देखेको दर्शनजस्‍तो थियो, र मैले आफ्‍नो शिर घोप्टो पारें ।

  • 12तब आत्‍माले मलाई माथि उठाउनुभयो, र मैले आफ्‍नो पछिल्‍तिर ठुलो भुकम्पको आवाज सुनेंः “परमप्रभुको महिमा उहाँको वासस्‍थानमा धन्‍यको होस्!”

  • 17उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, के तँ यो देख्छस्? के तिनीहरूले यहाँ गरिरहेका यी घिनलाग्‍दा काम यहूदाका घरानाको लागि सानो कुरा हो र? किनकि तिनीहरूले देशलाई हिंसाले भरेका छन् र आफ्‍ना नाकमा हाँगा राखेर मलाई रिस उठाउनलाई तर्केका छन् ।

  • 10अनि तिनले मलाई आत्मामा बोकेर एउटा ठुलो अग्‍लो पर्वतमा लगे र परमेश्‍वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए ।

  • 5मैले माथि हेरें र सूतीको लुगा लगाएका एक जना मानिसलाई देखें, जसको कम्मरमा उफाजको शुद्ध सुनले बनेको पेटी बाँधिएको थियो ।

  • 14यसैकारण मसँग कुरा गरेका स्वर्गदूतले मलाई भने, “उच्‍च सोरमा भन, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: म यरूशलेम र सियोनको निम्ति अत्यन्तै डाही भएको छु!

  • 5तब आत्माले मलाई उचाल्‍नुभयो र मलाई भित्री चोकमा ल्याउनुभयो । हेर, परमप्रभुको महिमाले मन्‍दिरलाई भरिरहेको थियो ।

  • यहे 8:9-11
    3 पदहरू
    71%

    9तब उहाँले मलाई भन्‍नुभयो, “जा र तिनीहरूले त्‍यहाँ गरिरहेका घिनलाग्‍दा दुष्‍ट कामहरू हेर्‌ ।”

    10यसैले म भित्र पसें र हेरें, र नियालें । त्‍यहाँ हरेक किसिमका घस्रने जन्‍तुहरू र घिनलाग्‍दा पशुहरू थिए! इस्राएलको घरानाका जम्‍मै मूर्तिहरूका चित्रहरू त्‍यहाँ भित्तामा चारैतिर बनाइएका थिए ।

    11त्यहाँ इस्राएलका घरानाका सत्तरी जना धर्म-गुरुहरू थिए र शापानको छोरो याजन्‍याह तिनीहरूका माझमा खडा थिए । तिनीहरू मूर्तिहरूका सामु खडा थिए, र धूपको धूवाँ मास्‍तिर जाओस् भनेर हरेकले हातमा आ-आफ्‍ना धुपौरो लिएर खडा थिए ।

  • यहे 10:1-2
    2 पदहरू
    70%

    1¶ जब मैले करूबहरूका शिरदेखि मास्‍तिर भएको अर्धगोलाकर क्षेत्रमा हेरें । तीभन्‍दा माथि सिंहासनजस्‍तो स्‍वरूपमा नीरजस्‍तो केही कुरा देखा पर्‍यो ।

    2तब परमप्रभुले ती सूती कपडा लगाएका मानिससँग बोल्‍नुभयो र यसो भन्‍नुभयो, “करूबहरूका मुन्‍तिर रहेका पाङ्‌ग्राहरूका बिचमा जा, र ती करूबहरूका बिचमा भएको जलिरहेको आगोको भुङ्‌ग्रो लिएर आफ्‍ना दुवै हातमा भर् र ती सहरको माथि छरिदे ।” तब मैले हेर्दाहेर्दै ती मानिस गए ।

  • 4तब तिनले मलाई उत्तरी ढोकाको बाटो हुँदै मन्दिरको अगाडि लगे । मैले हेरें, र हेर, परमप्रभुको महिमाले परमप्रभुको मन्‍दिरलाई ढाक्यो, र मैले आफ्‍नो शिर घोप्टो पारें ।

  • 3तब इस्राएलका परमेश्‍वरको महिमाचाहिं करूबहरूदेखि मास्‍तिर हटेर मन्‍दिरको सँघारमा पुगिसकेको थियो । तब परमप्रभुले त्‍यो सूती कपडा लगाएको र कलम भिरेको मानिसलाई आफ्‍नो छेउमा बोलाउनुभयो ।

  • 1¶ मैले परमप्रभुलाई वेदीको छेऊमा खडा हुनुभएको देखें, र उहाँले भन्‍नुभयो, “स्तम्भहरूका टुप्‍पाहरूमा हिर्का ताकि त्यसका जगहरू हल्लिऊन् । तिनलाई ती सबै जनाका शिरहरूमा टुक्रा-टुक्रा पार्, र तीमध्‍ये आखिरी बचेकोलाई म तरवारले मार्नेछु । तीमध्‍ये एक जना पनि निस्‍कनेछैनन्, तीमध्‍ये एक जना पनि भाग्‍नेछैन ।

  • 1¶ तिसौं वर्षको चौथो महिनाको पाँचौं दिनमा जब म निर्वासितसँग कबार नहरको किनारमा बसिरहँदा यस्‍तो भयो । आकाश खोलियो र मैले परमेश्‍वरका दर्शनहरू देखें ।

  • 27मैले उहाँको कम्‍मरदेखि मास्‍तिर जल्‍दो धातुजस्‍तै भएको एउटा आकृति देखें । उहाँको कम्‍मरदेखि मुन्‍तिरको आकृति पनि आगोजस्‍तै देखियो, र उहाँको वरिपरी चहकिलो उज्‍यालोले घेरिराखेको थियो ।

  • 3त्यसपछि स्वर्गदूतले मलाई आत्मामा बोकेर उजाड-स्थानतिर लगे, र निन्दा गर्ने पुरै नाउँहरूले भरिएकी रातो रङको पशुमाथि बसेकी एउटी स्‍त्रीलाई मैले देखेँ । त्यस जनावरको सातवटा टाउका र दसवटा सिङ थिए ।

  • जक 8:1-2
    2 पदहरू
    69%

    1¶ परमप्रभुको यस्तो वचन मकहाँ आयो,

    2“सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: म सियोनको निम्ति साह्रै डाही भएको छु र म त्यसको निम्ति डाही भएर अत्यन्तै रिसाएको छु!

  • 1¶ त्‍यसपछि ती मानिसले मलाई पूर्वपट्टि खोलिने ढोकामा लगे ।

  • 13परमप्रभुको वचन दोस्रो पटक मकहाँ यसो भनेर आयो, “तैंले के देख्छस्?” मैले भनें, “म एउटा तताइएको भाँडो देख्छु जसको माथिल्लो सतह छचल्‍किएर उत्तर दिशाबाट घोप्टिहरेको छ ।”

  • 4तब मैले हेरें, र उत्तरबाट आँधीबेहरी आइरहेको थियो । एउटा विशाल बादल, बिजुलीको चमकसमेत, अनि त्‍यसको वरिपरि र भित्र चहकिलो उज्‍यालो थियो, र त्‍यस आगोको माझ जल्‍दो पहेंलो धातुझैं थियो ।

  • 9तब मैले हेरें, र एउटा हात मतिर पसारिएको थियो । त्‍यसमा एउटा लेखिएको मुट्ठो थियो ।

  • दानी 10:9-10
    2 पदहरू
    69%

    9तब मैले तिनका शब्‍दहरू सुनें— र मैले ती सनिरहँदा, म जमिनमा घोप्टो परेर गहिरो निद्रामा निदाएँ ।

    10मलाई एउटा हातले छोयो, र त्‍यसले मेरा घुँडाहरू र हत्केलाहरूलाई थरथर काँम्‍ने बनायो ।

  • 1¶ मलाई नाप्‍ने निगालोको एउटा टाँगो दिइयो । “उठ र परमेश्‍वरको मन्दिर र वेदी, र जसले त्यसमा आराधना गर्दछन् तिनीहरूको नाप लेऊ भनी मलाई भनियो ।

  • 7तब उहाँले मलाई चोकको ढोकामा ल्याउनुभयो, र मैले हेरें र त्‍यहाँ पर्खालमा प्वाल थियो ।

  • 13म आफ्‍नो ओछ्यानमा पल्टिरहँदा मैले यस्तो दर्शन देखें, अनि आकाशबाट एउटा पवित्र समाचारवाहक तल आए ।

  • 1¶ त्यसपछि मसँग कुरा गरिरहेका स्वर्गदूत फर्के र मलाई निन्द्राबाट जगाइएको मानिसझैँ जगाए ।

  • 1¶ त्यसपछि ती मानिसले मलाई उत्तरी भागको बाहिरी चोकमा लगे, र तिनले मलाई बाहिरी चोक र उत्तरतिरको बाहिरी भित्तामा भएका बर्दलीहरूमा मलाई ल्याए ।