यहेज्केल 16:28

अनलक शाब्दिक बाइबल

तैंले अश्‍शूरीहरूसित पनि वेश्‍यावृत्ति गरिस्, किनभने तँ तृप्‍त हुन सकिनस्‌ । तैंले वेश्याले झैं काम गरिस् र पनि तँ सन्तुष्‍ट भइनस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 16:7 : 7 त्‍यसैले आहाजले अश्शूरका राजा तिग्लत-पिलेसेरकहाँ यसो भनेर सन्देशवाहकहरू पठाए, “म तपाईंको सेवक र तपाईंको छोरो हुँ । माथि आउनुहोस् र अरामका राजा र इस्राएलका राजाको हातबाट मलाई बचाउनुहोस् जसले मलाई आक्रमण गरेका छन् ।”
  • २ राजा 16:10-18 : 10 राजा आहाज अश्शूरका राजा तिग्लत-पिलेसेरलाई भेट्न दमस्कसमा गए । दमस्कसमा तिनले एउटा वेदी देखे । तिनले आवश्यक सबै कामको लागि वेदीको ढाँचा र तरिका उरियाह पुजारीलाई नमुनाको लागि पठाए । 11 त्यसैले राजा आहाजले दमस्कसबाट पठाएको योजनाहरू जस्‍तै ढाँचाको वेदी उरियाह पुजारीले बनाए । राजा आहाज दमस्कसबाट फर्कनुअगि तिनले यसलाई बनेर सिद्ध्याए । 12 राजा दमस्कसबाट आएपछि, तिनले वेदी देखे । राजा वेदीमा गए र बलिदानहरू चढाए । 13 तिनले आफ्ना होमबलि र अन्‍नबलि चढाए, आफ्‍नो अर्घबलि खन्याए, अनि मेलबलिको रगतलाई वेदीमाथि छर्के । 14 परमप्रभुको सामु भएको काँसाको वेदी, तिनले परमप्रभुको मन्दिरको सामुबाट अर्थात् तिनको वेदी र परमप्रभुको मन्दिरको बिचबाट ल्‍याए र आफ्‍नो वेदीको उत्तरपट्टि राखे । 15 तब राजा आहाजले उरियाह पुजारीलाई यसो भनेर आदेश दिए, “ठुलो वेदीमा बिहानको होमबलि र साँझको अन्‍नबलि अनि राजाको होमबलि र तिनको अन्‍नबलिलाई देश भरिका सबै मानिसका होमबलि र तिनीहरूका अन्‍नबलि र तिनीहरूका अर्घबलिसँगै चढाऊ । यसमाथि होमबलिको सबै रगत र बलिदानका सबै रगत छर्क । तर काँसाको वेदीचाहिं मार्गदर्शनको सल्लाह लिन मेरो निम्‍ति हुनेछ ।” 16 राजा आहाजले जसरी आज्ञा दिए, उरियाह पुजारीले त्‍यसरी नै गरे । 17 तब राजा आहाजले गुड्‍ने आधारहरूबाट पाटाहरू र बाटाहरू हटाए । तिनले विशाल खँड्कुलोलाई त्यसलाई थामिराख्‍ने काँसाका साँढेहरूबाट निकाले र ढुङ्गाको आधारमा राखे । 18 तिनले शबाथमा प्रयोग गरिने चँदुवालाई हटाए जसलाई तिनीहरूले मन्दिरमा निर्माण गरेका थिए । तिनले अश्शूरका राजाको कारणले मन्दिरबाहिर भएको राजकीय प्रवेशद्वारलाई पनि हटाइदिए ।
  • यिर्मि 2:18 : 18 त्यसैले अब, शिहोर नदीको पानी पिउन किन मिश्रदेशमा पुर्‍याउने बाटो भएर जान्छौ? यूफ्रेटिस नदीको पानी पिउन किन अश्शूरमा पुर्‍याउने बाटो भएर जान्छौ?
  • यिर्मि 2:36 : 36 तेरा मार्गमा यो बद्लाउलाई तँ किन निकै हलुकासित लिन्छेस्? जसरी अश्शूरले तँलाई निरुत्साही पार्‍यो, त्यसै गरी मिश्रदेशले पनि तँलाई निरुत्साही पार्नेछ ।
  • हो 10:6 : 6 महान् राजाका निम्ति उपहारको रूपमा, तिनीहरू अश्‍शूरमा लगिनेछन् । एफ्राइम अपमान हुनेछ, र इस्राएल आफ्नो मूर्तिको लागि लाजमा पर्नेछ ।
  • २ इति 28:23 : 23 किनकि तिनले आफूलाई परास्‍त गर्ने दमस्‍कसका देवताहरूलाई बलिदान चढाए । तिनले भने, “अरामका राजाहरूका देवताहरूले उनीहरूलाई सहायता गरेका हुनाले म तिनीहरूलाई बलिदान चढाउनेछु, ताकि तिनीहरूले मलाई सहायता गरुन्‌ ।” तर तिनीहरू नै तिनको र सारा इस्राएलको पतनको कारण बने ।
  • न्या 10:6 : 6 इस्राएलका मानिसहरूले परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्यही गरेका कुरामाथि तिनीहरूले झमै थप गरे र बाल देवताहरू र अश्तोरेत देवीहरू, अरामका देवताहरू, सीदोनका देवताहरू, मोआबका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू र पलिश्तीहरूका देवीहरूको पुजा गरे । तिनीहरूले परमप्रभुलाई त्यागे र फेरि उहाँको आराधना गरेनन् ।
  • यहे 23:5-9 : 5 तर मेरै भएको बेलामा पनि ओहोलाले वेश्‍यावृत्ति गरी । आफ्‍ना प्रेमी, प्रभावशाली अश्‍शूरीहरूसित त्‍यो मोहित भई, 6 नीलो वस्‍त्र लाउने गभर्नर र तिनका अधिकारीहरू, जो बलिया र सुन्दर थिए, ती सबै जना घोडा चढ्ने मानिसहरू थिए । 7 यसरी तिनीहरू, सबै असल अश्‍शूरी मानिसहरूलाई त्यसले आफैलाई सुम्पिदिई, र त्‍यो मोहित भएका हरेक व्‍यक्‍तिसँग अनि तिनीहरूका सबै मूर्तिहरूसँग त्यसले आफैलाई अशुद्ध पारी । 8 किनकि त्‍यसले मिश्रदेशमा हुँदा पनि त्‍यसको वेश्‍यावृतिको व्‍यवहार छाडेकी थिईन । जति बेला त्‍यो एउटी जवान केटी थिई, त्‍यति बेला तिनीहरू त्‍योसित सुतेका थिए । त्‍यति बेला तिनीहरूले पहिलो पल्‍ट त्‍यसका कन्‍या स्‍तनहरू खेलाएका थिए । त्‍यति बेला तिनीहरूले त्‍यससित आफ्‍ना यौनका छाडा व्‍यवहार गर्न सुरु गरेका थिए । 9 यसकारण त्यसका प्रेमीहरूका हातमा अर्थात् अश्‍शूरीहरूका हातमा मैले त्यसलाई सुम्पिदिएँ, जोसँग त्यो मोहित भई ।
  • यहे 23:12-21 : 12 अश्‍शूरीहरू, तिनका गभर्नरहरू र आकर्षक किसिमले वस्‍त्र पहिरिने अधिकारीहरूसँग त्यो कामुक भई, जो घोडा चढ्‍ने मानिसहरू थिए । ती सबै जना बलिया र सुन्दर मानिसहरू थिए । 13 त्यसले आफैलाई अशुद्ध पारेकी मैले देखें । ती दुवै जना दिदीबहिनी उस्‍तै थिए । 14 त्‍यसपछि त्‍यसले आफ्‍नो वेश्‍यावृत्ति झन्‌ बढाई । भित्तामा कोरिएका मानिसहरू, भित्तामा रातो रङ्गले पेन्‍ट गरेर बनाइएका कल्‍दीहरूका चित्रहरू त्यसले देखी, 15 आफ्‍ना कम्‍मर वरिपरि पटुका बाँधेका र आफ्‍ना शिरमा लट्‌कने फेटा बाँधेका । ती सबै जना कल्‍दी फौजका रथी अधिकारीहरूजस्‍ता, बेबिलोनियाका छोराहरूजस्‍तै देखिन्‍थे, जसको आफ्‍नो देश कल्‍दीया हो । 16 त्‍यसले उनीहरूलाई देख्‍ने बित्तिकै उनीहरूका निम्‍ति त्‍यो कामुक भई । यसैले कल्‍दिया देशमा उनीहरूकहाँ त्‍यसले दूतहरू पठाई । 17 त्‍यसपछि बेबिलोनीहरू त्‍यसकहाँ त्‍यसको कामुक ओच्छ्यानमा आए र आफ्‍ना छाडा यौनले तिनीहरूले त्‍यसलाई अशुद्ध पारे । त्‍यसले जे गरेकी थिई त्‍यसद्वारा त्‍यो अशुद्ध भई । यसरी मनमा घृणा बोकेर त्‍यो उनीहरूसँग टाढा भई । 18 जब त्‍यसले आफ्‍ना वेश्‍यावृत्तिका कामहरू गरी र आफ्‍नो नग्‍नता देखाई, तब जसरी मनमा घृणा बोकेर त्‍यसकी दिदीसँग म टाढा भएको थिएँ, त्‍यसरी नै म त्योसँग पनि टाढा भएँ । 19 तब मिश्रदेशमा त्‍यो वेश्या हुँदाको, आफ्‍ना युवावस्‍थाका समयलाई सम्‍झेर त्‍यसले आफ्‍नो वेश्‍यावृत्ति झन्‌ बढाई । 20 यसरी त्‍यो आफ्‍ना प्रेमीहरूसित कामुक भई, जसका गुताङ्गहरू गधाहरूका जस्‍ता थिए, अनि जसका वीर्य घोडाहरूका झैं निस्‍कन्‍थ्‍यो । 21 मिश्रीहरूले तेरा स्‍तनका मुन्‍टाहरू खेलाउँदा र तेरा जवानीका स्‍तनहरू मिच्‍दा, तैंले आफ्‍ना जवानीका लज्‍जापूर्ण कामहरू यसरी नै गरिस् ।
  • २ राजा 21:11 : 11 “यहूदाका राजा मनश्शेले यी घिनलाग्दा कुराहरू गरेको छ र तिनीभन्दा अगिका एमोरीहरूले गरेको भन्दा बढी खराब गरेको छ र यहूदालाई आफ्ना मूर्तिहरूले पाप गर्न लगाएको छ,
  • २ इति 28:16 : 16 त्‍यस बेला राजा आहाजले अश्‍शूरका राजाकहाँ सहायताको निम्ति दूतहरू पठाए ।
  • २ इति 28:20-21 : 20 अश्‍शूरका राजा तिग्‍लत-पिलेसेर तिनीकहाँ आए र तिनलाई सहायता दिनुको साटोमा झन्‌ तिनलाई कष्‍ट दिए । 21 किनकि आहाजले अश्‍शूरका राजालाई दिनको निम्ति परमप्रभुको मन्‍दिर, राजा र भारदारहरूका महलहरू लुटे । तर यसले तिनलाई केही फाइदा भएन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 16:29-38
    10 पदहरू
    92%

    29कल्‍दीका व्‍यापारीहरूका देशमा पनि तैंले धैरै वेश्‍यावृत्तिका कामहरू गरिस्, र यसले पनि तँलाई सन्‍तुष्‍ट बनाएन ।

    30तेरो हृदय कति बिरामी छ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— कि एक निर्लज्‍ज वेश्‍याका कामहरू जस्‍ता यी सबै कुराहरू तैंले गरिस्?

    31हरेक गल्‍लीको मोडमा आफ्‍नो डाँडाका थानहरू र हरेक सार्वजनिक ठाउँमा तैंले गुमज पुजाकोठा बनाइस् । तापनि तँ वेश्‍याजस्‍तो थिइनस्, किनभने ज्‍याला लिन तैंले इन्‍कार गरिस् ।

    32तँ व्‍यभिचारी स्‍त्री, तँ आफ्‍नो पतिको सट्टामा बिरानाहरूलाई स्वीकार गर्छेस् ।

    33मानिसहरूले त हरेक वेश्‍यालाई ज्‍याला दिन्‍छन्, तर तैंले चाहिं उल्‍टो आफ्‍ना सबै प्रेमीलाई ज्याला दिन्छेस् र तँसित वेश्‍यवृति गर्न चारैतिरबाट तिनीहरू तँकहाँ आऊन् भनेर घुस दिन्‍छेस्‌ ।

    34यसैले तँ र अरू स्‍त्रीहरूमा फरक छ । किनकि आफूसँग सुत भन्‍न कोही पनि तँकहाँ आउँदैन । बरु, तैंले तिनीहरूलाई ज्याला दिन्छेस् । कसैले पनि तँलाई ज्‍याला दिंदैन ।

    35यसकारण ए वेश्‍या, परमप्रभुको वचन सुन्‌ ।

    36परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तैंले आफ्ना यौनको उत्तेजना पोखेको छस् र आफ्‍ना प्रेमीहरूसँगको तेरो वेश्यावृत्तिद्वारा आफ्नो नग्‍नता देखाएको छस्, र तेरा सबै घिनलाग्‍दा मूर्तिहरू बनाएको छस्, र तिनीहरूलाई तैंले आफ्‍ना छोराछोरीका रगत चढाएको छस्,

    37यसकारण हेर्, तैंले भेटेका सबै प्रेमीहरूलाई म भेला गर्नेछु, तैंले प्रेम गरेका सबै प्रेमीहरू र तैंले घृणा गरेका सबैलाई म भेला गर्नेछु, र तिनीहरूलाई म तेरा विरुद्धमा तेरो चारैतिर जम्‍मा गर्नेछु । तिनीहरूले तेरो नग्‍नता देखून् भनेर म तेरो नग्‍नता उघारिदिनेछु ।

    38किनकि व्यभिचार र रगतको बगाएको निम्‍ति म तँलाई दण्ड दिनेछु । अनि मेरो क्रोध र डाहको रक्तपात तँमाथि म ल्याउनेछु ।

  • यहे 16:25-27
    3 पदहरू
    84%

    25हरेक चोकमा आफ्‍नो निम्‍ति एउटा अल्‍गो देवता-थान बनाइस्‌ र तैंले आफ्‍नो सुन्‍दताको अपमान गरिस्, अनि त्‍यहाँबाट जाने सबैलाई आफ्‍ना खुट्टाहरू फैलाइस् र तैंले आफ्‍नो वेश्‍यावृत्तिका कामहरू बढाइस्‌ ।

    26यौनले उन्‍मत्त तेरो मिश्रदेशका छिमेकीहरूसित पनि तैंले वेश्‍यावृत्ति गरेको छस्, र वेश्‍यावृत्तिका तेरा अरू धेरै कामले मलाई रिस उठाइस्‌ ।

    27हेर्, म आफ्‍नै हातले तँलाई हिर्काउनेछु र तेरो रोटी बन्‍द गर्नेछु । तेरो जीवन म तेरा शत्रुहरू, पलिश्‍तीहरूका छोरीहरूका हातमा सुम्पिदिनेछु जो तेरा घिनलाग्दा व्यवहार देखेर लज्‍जित भएका थिए ।

  • यहे 16:15-18
    4 पदहरू
    80%

    15तर तेरो आफ्‍नो सौन्‍दर्यमा तैंले भरोसा राखिस्‌ र तेरो ख्‍यातिको कारणले तैंले एक वेश्‍याले झैं काम गरिस्‌ । छेउबाट जाने जोसुकैलाई पनि तैंले वेश्याले झैं आफ्‍नो काम तैंले गरिस्, ताकि तेरो सौन्‍दर्य उसको भयो ।

    16तब आफ्‍ना केही वस्‍त्र लिएर तैंले राम्ररी सिङ्गारिएका डाँडाका थानहरू बनाइस्, र त्‍यहीं नै तैंले वेश्‍याले झैं व्यवहार गरिस् । यस्‍तो नहुनुपर्थ्‍यो । न त यस्तो कुराको अस्तित्वमा हुनुपर्थ्यो ।

    17मैले तँलाई दिएको सुन र चाँदीका गहना तैंले लिइस् र तैंले आफ्‍नो निम्‍ति पुरुष-मूर्तिहरू बनाइस् र तीसित तैंले वेश्‍याले झैं काम गरिस्‌ ।

    18तैंले आफ्‍ना बुट्टादार कपडाहरू लिइस् र तिनीहरूलाई ढाकिस् र मेरो तेल र अत्तर तैंले तिनीहरूका अगि चढाइस्‌ ।

  • 30वेश्‍याले झैं तैंले काम गरेको, जातिहरूसँग कामुक भएको, उनीहरूका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको हुनाले यी कुराहरू तँलाई हुनेछेन् ।

  • यहे 16:57-58
    2 पदहरू
    78%

    57तेरो दुष्‍टता प्रकट हुनुअघि । तर अहिले तँ एदोमका छोरीहरू र त्‍यसका वरिपरिका पलिश्‍तीहरूका छोरीहरूका बिचमा गिल्लाको पात्र बनेको छस् । मानिसहरूले तँलाई घृणा गर्छन् ।

    58तैंले आफ्नो निर्लज्‍जता र घृणित व्यवहार देखाउनेछस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 20किनकि तँसित प्राचिन समयमा भएको तेरो जुवा मैले भाँचिदिएँ । मैले तेरा बन्धनहरू फुकाइदिएँ । तरै पनि तैंले भनिस्, 'म तपाईंको सेवा गर्नेछैनँ!' किनकि हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि तैंले आफ्‍नो शिर झुकाइस्, तँ वेश्‍या होस् ।

  • यिर्मि 3:1-3
    3 पदहरू
    77%

    1¶ “कुनै पुरुषले आफ्नी पत्‍नीसित सम्बन्ध-विच्छेद गर्‍यो, र उसको जीवनबाट त्यो गई अनि अर्को पुरुषकी पत्‍नी भई भने, ऊ फेरि फर्केर त्योकहाँ जान्छ र? के त्यो देश औधी दुषित हुँदैन र? तँ धेरै प्रेमी भएकी वेश्याजस्तै भएर बसेको छेस् । के तँ मकहाँ फर्कन्छेस्? यो परमप्रभुको घोषणा हो ।

    2नाङ्गा डाँडाहरूतर्फ आफ्ना आँखा उठा र हेर् । के कुनै त्‍यस्तो ठाउँ छ, जहाँ तेरो अवैध यौनधन्‍दा छैन? एक जना अरबी उजाड-स्थानमा बसेझैं तँ आफ्ना प्रेमीहरूको प्रतीक्षा गर्दै बाटोका किनारहरूमा बस्छेस् । तेरो वेश्यावृत्ति र दुष्‍टताले तैंले देशलाई दुषित पारेको छेस् ।

    3त्यसैले वर्षा थामिएको छ, र वसन्त ऋतुको पानी परेको छैन । तरै पनि तँसित वेश्याको निधार छ । तँ लज्‍जित हुन इन्कार गर्छेस् ।

  • 5तर मेरै भएको बेलामा पनि ओहोलाले वेश्‍यावृत्ति गरी । आफ्‍ना प्रेमी, प्रभावशाली अश्‍शूरीहरूसित त्‍यो मोहित भई,

  • यहे 23:7-9
    3 पदहरू
    76%

    7यसरी तिनीहरू, सबै असल अश्‍शूरी मानिसहरूलाई त्यसले आफैलाई सुम्पिदिई, र त्‍यो मोहित भएका हरेक व्‍यक्‍तिसँग अनि तिनीहरूका सबै मूर्तिहरूसँग त्यसले आफैलाई अशुद्ध पारी ।

    8किनकि त्‍यसले मिश्रदेशमा हुँदा पनि त्‍यसको वेश्‍यावृतिको व्‍यवहार छाडेकी थिईन । जति बेला त्‍यो एउटी जवान केटी थिई, त्‍यति बेला तिनीहरू त्‍योसित सुतेका थिए । त्‍यति बेला तिनीहरूले पहिलो पल्‍ट त्‍यसका कन्‍या स्‍तनहरू खेलाएका थिए । त्‍यति बेला तिनीहरूले त्‍यससित आफ्‍ना यौनका छाडा व्‍यवहार गर्न सुरु गरेका थिए ।

    9यसकारण त्यसका प्रेमीहरूका हातमा अर्थात् अश्‍शूरीहरूका हातमा मैले त्यसलाई सुम्पिदिएँ, जोसँग त्यो मोहित भई ।

  • 22तेरा यी सबै घृणित काम र वेश्‍यावृत्तिमा तैंले आफ्‍नो युवावस्‍थाका दिनहरू सम्‍झेको छैनस्‌, जति बेला तँ नाङ्गो, वस्‍त्रहीन र भएर आफ्‍नो रगतमा लट्‌पटिएकी थिइस्‌ ।

  • 17त्‍यसपछि बेबिलोनीहरू त्‍यसकहाँ त्‍यसको कामुक ओच्छ्यानमा आए र आफ्‍ना छाडा यौनले तिनीहरूले त्‍यसलाई अशुद्ध पारे । त्‍यसले जे गरेकी थिई त्‍यसद्वारा त्‍यो अशुद्ध भई । यसरी मनमा घृणा बोकेर त्‍यो उनीहरूसँग टाढा भई ।

  • 20अनि तैंले मेरो निम्‍ति जन्‍माएका तेरो छोराछोरीलाई तैंले लइस् र मूर्तिहरूका लागि खानेकुराको रूपमा तैंले तिनीहरूको बलि चढाइस्‌ । के तेरा वेश्‍यावृत्तिका कामहरू साना कुराहरू हुन्?

  • 19तब मिश्रदेशमा त्‍यो वेश्या हुँदाको, आफ्‍ना युवावस्‍थाका समयलाई सम्‍झेर त्‍यसले आफ्‍नो वेश्‍यावृत्ति झन्‌ बढाई ।

  • 41तिनीहरूले तेरा घरहरू जलाउनेछन्, र धेरै जना स्‍त्रीले देख्‍ने गरी तँलाई धेरै किसिमका दण्‍ड दिनेछन्‌, किनकि म तेरो वेश्‍यावृत्ति रोक्‍नेछु, र तैंले आफ्‍ना प्रेमीहरूलाई फेरि ज्‍याला दिनेछैनस्‌ ।

  • 15मेरी प्रिय जससित धेरै दुष्‍ट मनसाय थिए, त्यो किन मेरो मन्दिरमा छे? तेरा बलिदानहरूको मासुले तँलाई मदत गर्न सक्दैन । तेरा दुष्‍ट कामहरूको कारणले तँ आनन्द मनाउँछस् ।

  • 35यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘तैंले मलाई बिर्सेको र मलाई तेरो पछाडि फालेको छस्, यसैले आफ्‍नो लज्‍जास्‍पद व्‍यवहार र यौनको अनैतिक कामहरूका दुष्‍परिणामहरू तैंले सहनुपर्नेछ' ।”

  • 47तँ तिनीहरूका चालमा मात्र चलिनस्‌ र तिनीहरूका घिनलाग्‍दा व्‍यवहारहरू र अभ्‍यासहरू मात्र नक्‍कल गरिनस्‌ तर तेरा सबै चालमा तँ तिनीहरूभन्‍दा झन् भ्रष्‍ट भएको छस्‌ ।

  • 43तैंले आफ्‍नो युवावस्‍थाका दिनलाई सम्‍झेको छैनस्, र यी सबै कुराले मलाई रिसले थरथर काम्‍ने बनाएको छस् । यसैकारण हेर्, तैंले गरेका कामको दण्‍ड म आफैं तेरो आफ्‍नै शिरमा खन्‍याइदिनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । के तेरा अरू सबै घिनलाग्‍दा व्‍यवहारहरूमा वेश्‍यवृति पनि थपेको छैनस् र?

  • यिर्मि 3:8-9
    2 पदहरू
    75%

    8त्‍यसैले मैले देखेँ, त्यसरी नै त्यस विश्‍वासहीन इस्राएलले व्यभिचार गरेकी छे, र मैले त्यसलाई निकालेको छु, र त्यसको विरुद्धमा त्यागपत्र दिएको छु । त्यसकी विश्‍वासहीन बहिनी यहूदा डराइन । त्यो पनि गई र वेश्याले झैं काम गरी ।

    9त्यसको वेश्यावृत्ति त्यसको लागि केहीजस्तो भएन । त्यसले देशलाई दुषित पारी, र त्यसले ढुङ्गा र रुखहरूसित व्यभिचार गरी ।

  • 8ढोका र चौकोसहरूका पछाडि तिमीहरूले चिन्हहरू खडा गर्‍यौ । तिमीहरूले मलाई त्याग्यौ, र आफैलाई नाङ्गो बनायौ र माथि गयौ । तिमीहरूले आफ्ना ओछ्यान फराकिलो बनायौ । तिमीहरूले तिनीहरूसित करार बाँध्यौ । तिमीहरूले तिनीहरूका ओछ्यानहरूलाई प्रेम गर्‍यौ । तिमीहरूले तिनीहरूका गुप्‍ताङ्गहरू देख्यौ ।

  • 5किनकि तिनीहरूकी आमा वेश्‍या थिई, र तिनीहरूलाई गर्भधारण गर्नेले लज्‍जास्‍पद किसिमले काम गरेकी छे । त्यसले भनी, “म आफ्‍ना प्रमीहरूको पछि जानेछु, किनकि तिनीहरूले मलाई मेरो रोटी र पानी, मेरो ऊन र सूती कपडा, मेरो तेल र दाखमद्य दिन्छन् ।”

  • 7यी मानिसहरूलाई मैले किन क्षमा दिने? तिमीहरूका छोराहरूले मलाई त्यागेका छन्, र तिनीहरूले त्‍यो नाउँमा शपथ खान्छन् जो ईश्‍वरहरू नै होइनन् । मैले तिनीहरूलाई पेटभरि खुवाएँ, तर तिनीहरूले व्यभिचार गरे, र ठुलो सङ्ख्यामा वेश्याहरूका घरहरूमा गए ।

  • 20तर आफ्नो पतिको लागि विश्‍वासहीन भएकी स्‍त्रीझैं, ए इस्राएलका घराना हो, तैंले मलाई धोका दिएको छस्, यो परमप्रभुको घोषणा हो ।

  • 10तिनीहरूले खानेछन् तर तिनीहरूसँग येथेष्‍ट हुनेछैन, तिनीहरूले वेश्‍यागमन गर्नेछन् तर वृद्धि हुनेछैन, किनभने तिनीहरू परमप्रभुबाट धेरै टाढा गएका छन् ।

  • 6तब राजा योशियाहको शासनकालमा परमप्रभुले मलाई भन्‍नुभयो, “विश्‍वासहीन इस्राएलले के गरेको छ, तँ देख्छस्? त्यो हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि गएकी छ, र त्यहाँ त्यसले वेश्याले झैं काम गरेकी छ ।

  • 21मिश्रीहरूले तेरा स्‍तनका मुन्‍टाहरू खेलाउँदा र तेरा जवानीका स्‍तनहरू मिच्‍दा, तैंले आफ्‍ना जवानीका लज्‍जापूर्ण कामहरू यसरी नै गरिस् ।

  • 45तँ आफ्‍नी आमाकी छोरी होस्, जसले आफ्‍नै पति र छोराछोरीलाई घृणा गरी, अनि आफ्‍नी दिदीहरूकी बहिनी होस् जसले आफ्‍नै पति र छोराछोरीलाई घृणा गरे । तेरी आमा हित्ती थिई, र तेरा बुबा एमोरी थियो ।

  • 15तँ इस्राएलले व्यभिचार गरेको भए पनि, यहूदाचाहिं दोषी नहोस् । ए मानिस हो, तिमीहरू गिलगालमा नजाओ माथि बेथ-आवनमा नजाओ, र “परमप्रभु जिउँदो हुनुभएझैं” भनेर शपथ नखाओ ।

  • 51सामरियाले पनि तैंले गरेका पापहारूका आधा पनि गरेन । त्‍यसको साटोमा, तिनीहरूले गरेको भन्‍दा ज्‍यादै धेरै घिनलाग्‍दा काम तैंले गरिस्, र तैंले गरेका यी सबै घिनलाग्‍दा कामका कारणले तेरा दिदी-बहिनी तँभन्दा असल थिए भनी तैंले देखाइस् ।

  • 27यसरी तेरा लाजमर्दो व्यवहार र मिश्रदेशदेखि तैंले सुरु गरेका तेरा वेश्‍यावृत्तिका कामहरू तँबाट म हटाउनेछु । तैंले यी कुराहरूतिर आफ्‍ना कुदृष्‍टि लगाउनेछैनस्‌, र मिश्रदेशको सम्‍झना फेरि तैंले गर्नेछैनस्‌ ।'