यिर्मिया 3:8

अनलक शाब्दिक बाइबल

त्‍यसैले मैले देखेँ, त्यसरी नै त्यस विश्‍वासहीन इस्राएलले व्यभिचार गरेकी छे, र मैले त्यसलाई निकालेको छु, र त्यसको विरुद्धमा त्यागपत्र दिएको छु । त्यसकी विश्‍वासहीन बहिनी यहूदा डराइन । त्यो पनि गई र वेश्याले झैं काम गरी ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 24:1 : 1 ¶ आफूले बिहे गरेर ल्याएकी पत्‍नीमा कुनै खोट पाएकोले पुरुषले त्यसलाई त्याग्‍न चाह्यो भने त्यसले त्यागपत्र लेखेर उसको हातमा थमाइदिएर उसलाई आफ्नो घरबाट पठाओस् ।
  • यशा 50:1 : 1 ¶ परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले तेरी आमालाई दिएको त्यागपत्रको प्रमाणपत्र कहाँ छ? मेरो कुनचाहिं ऋणीकहाँ मैले तँलाई बेचें? हेर, तिमीहरूका पापहरूका कारणले तिमीहरूलाई बेचियो र तिमीहरूका विद्रोहको कारणले तिमीहरूका आमालाई टाढा पठाइयो ।
  • यिर्मि 3:1 : 1 ¶ “कुनै पुरुषले आफ्नी पत्‍नीसित सम्बन्ध-विच्छेद गर्‍यो, र उसको जीवनबाट त्यो गई अनि अर्को पुरुषकी पत्‍नी भई भने, ऊ फेरि फर्केर त्योकहाँ जान्छ र? के त्यो देश औधी दुषित हुँदैन र? तँ धेरै प्रेमी भएकी वेश्याजस्तै भएर बसेको छेस् । के तँ मकहाँ फर्कन्छेस्? यो परमप्रभुको घोषणा हो ।
  • यहे 16:47 : 47 तँ तिनीहरूका चालमा मात्र चलिनस्‌ र तिनीहरूका घिनलाग्‍दा व्‍यवहारहरू र अभ्‍यासहरू मात्र नक्‍कल गरिनस्‌ तर तेरा सबै चालमा तँ तिनीहरूभन्‍दा झन् भ्रष्‍ट भएको छस्‌ ।
  • यहे 23:9 : 9 यसकारण त्यसका प्रेमीहरूका हातमा अर्थात् अश्‍शूरीहरूका हातमा मैले त्यसलाई सुम्पिदिएँ, जोसँग त्यो मोहित भई ।
  • यहे 23:11-21 : 11 त्‍यसकी बहिनी ओहोलिबाले त्‍यो कुरा देखी, तर त्‍यो झन् बढी कामुक भई र आफ्‍नी दिदीभन्‍दा पनि बढी वेश्‍यावृत्तिको काम गर्न लागी । 12 अश्‍शूरीहरू, तिनका गभर्नरहरू र आकर्षक किसिमले वस्‍त्र पहिरिने अधिकारीहरूसँग त्यो कामुक भई, जो घोडा चढ्‍ने मानिसहरू थिए । ती सबै जना बलिया र सुन्दर मानिसहरू थिए । 13 त्यसले आफैलाई अशुद्ध पारेकी मैले देखें । ती दुवै जना दिदीबहिनी उस्‍तै थिए । 14 त्‍यसपछि त्‍यसले आफ्‍नो वेश्‍यावृत्ति झन्‌ बढाई । भित्तामा कोरिएका मानिसहरू, भित्तामा रातो रङ्गले पेन्‍ट गरेर बनाइएका कल्‍दीहरूका चित्रहरू त्यसले देखी, 15 आफ्‍ना कम्‍मर वरिपरि पटुका बाँधेका र आफ्‍ना शिरमा लट्‌कने फेटा बाँधेका । ती सबै जना कल्‍दी फौजका रथी अधिकारीहरूजस्‍ता, बेबिलोनियाका छोराहरूजस्‍तै देखिन्‍थे, जसको आफ्‍नो देश कल्‍दीया हो । 16 त्‍यसले उनीहरूलाई देख्‍ने बित्तिकै उनीहरूका निम्‍ति त्‍यो कामुक भई । यसैले कल्‍दिया देशमा उनीहरूकहाँ त्‍यसले दूतहरू पठाई । 17 त्‍यसपछि बेबिलोनीहरू त्‍यसकहाँ त्‍यसको कामुक ओच्छ्यानमा आए र आफ्‍ना छाडा यौनले तिनीहरूले त्‍यसलाई अशुद्ध पारे । त्‍यसले जे गरेकी थिई त्‍यसद्वारा त्‍यो अशुद्ध भई । यसरी मनमा घृणा बोकेर त्‍यो उनीहरूसँग टाढा भई । 18 जब त्‍यसले आफ्‍ना वेश्‍यावृत्तिका कामहरू गरी र आफ्‍नो नग्‍नता देखाई, तब जसरी मनमा घृणा बोकेर त्‍यसकी दिदीसँग म टाढा भएको थिएँ, त्‍यसरी नै म त्योसँग पनि टाढा भएँ । 19 तब मिश्रदेशमा त्‍यो वेश्या हुँदाको, आफ्‍ना युवावस्‍थाका समयलाई सम्‍झेर त्‍यसले आफ्‍नो वेश्‍यावृत्ति झन्‌ बढाई । 20 यसरी त्‍यो आफ्‍ना प्रेमीहरूसित कामुक भई, जसका गुताङ्गहरू गधाहरूका जस्‍ता थिए, अनि जसका वीर्य घोडाहरूका झैं निस्‍कन्‍थ्‍यो । 21 मिश्रीहरूले तेरा स्‍तनका मुन्‍टाहरू खेलाउँदा र तेरा जवानीका स्‍तनहरू मिच्‍दा, तैंले आफ्‍ना जवानीका लज्‍जापूर्ण कामहरू यसरी नै गरिस् ।
  • हो 2:2-3 : 2 आफ्नी आमाको विदरुद्धमा एउटा मुद्धा हाल, एउटा मुद्धा हाल, किनकि त्यो मेरी पत्‍नी होइन, र न त म त्यसको पति हुँ । त्यसले आफ्नो सामनेबाट आफ्‍नो वेश्‍यागमन, र आफ्ना स्‍तनहरूको बिचबाट आफ्‍नो व्यभिचारका कामहरूलाई हटाओस् । 3 होइन भने, म त्यसलाई नाङ्गो पार्नेछु र त्यो जन्‍मको दिनमा झैं म त्यसको नग्‍नता देखाउनेछु । उजाड-स्‍थानजस्‍तै, एउटा सुख्‍खा लागेको देशजस्‍तै, म त्यसलाई बनाउनेछु, र त्यसलाई तिर्खाले मर्ने म बानउनेछु ।
  • हो 3:4 : 4 किनकि इस्राएलका मानिसहरू राजा, राजकुमार, बलिदान, ढुङ्गाको स्तम्भ, एपोद र घरघरका मूर्तिहरूविना धेरै दिनसम्म रहनेछन् ।
  • हो 4:15-17 : 15 तँ इस्राएलले व्यभिचार गरेको भए पनि, यहूदाचाहिं दोषी नहोस् । ए मानिस हो, तिमीहरू गिलगालमा नजाओ माथि बेथ-आवनमा नजाओ, र “परमप्रभु जिउँदो हुनुभएझैं” भनेर शपथ नखाओ । 16 किनकि एउटी अटेरी साँडी-गाईले झैं इस्राएलले अटेरी भएर व्यवहार गरेको छ । भेडाहरूलाई घाँसे-मैदानमा लगेझैं परमप्रभुले कसरी तिनीहरूलाई खर्कमा लान सक्‍नुहुन्‍छ? 17 एफ्राइमले आफूलाई मूर्तिहरूसँग मिलाएको छ । त्यसलाई वास्‍तै नगर ।
  • हो 9:15-17 : 15 “तिनीहरूले गिलगालमा गरेका सबै दुष्‍टताका कारणले, तिनीहरूलाई मैले त्‍यहाँ घृणा गर्न सुरु गरें । तिनीहरूका पापी कामहरूका कारणले, मेरो मन्‍दिरबाट म तिनीहरूलाई धपाउनेछु । म तिनीहरूलाई फेरि प्रेम गर्नेछैनँ । तिनीहरूका सबै अधिकारीहरू विद्रोहीहरू हुन् । 16 एफ्राइम रोगले ग्रस्‍त भएको छ, र तिनीहरूको जरा सुकेका छ । तिनीहरूले फल दिंदैनन् । तिनीहरूका छोराछोरी भए पनि, तिनीहरूका अति प्रिय छोराछोरीलाई म मार्नेछु ।” 17 मेरा परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुहुन्छ किनभने तिनीहरूले उहाँको आज्ञा मानेका छैनन् । जातिहरूका बिचमा तिनीहरू फिरन्‍तेहरू हुनेछन् ।
  • व्यव 24:3 : 3 दोस्रो पतिले पनि त्यसलाई घृणा गरी त्यागपत्र लेखी त्यसको हातमा थमाइदिएर उसलाई घरबाट पठाइदियो वा दोस्रो पतिको पनि मृत्यु भयो भने
  • २ राजा 17:6-9 : 6 होशियाको नवौँ वर्षमा अश्शूरका राजाले सामरियालाई कब्जा गरे र इस्राएलीहरूलाई अश्शूरमा लगे । तिनीहरूलाई गोजानको हाबोर नदीको किनारको हलहमा र मादीहरूका सहरहरूमा तिनले बसाले । 7 इस्राएलीहरूले आफूलाई मिश्रदेशका राजा फारोको हातबाट छुटाउनुहुने, तिनीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरेका हुनाले यसरी तिनीहरू बन्‍दी भए । यी मानिसहरूले अरू देवताहरूको पुजा गरिरहेका थिए, 8 र इस्राएलका मानिसहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूका अभ्यासहरू तथा इस्राएलका राजाहरूका अभ्यासहरू गरिरहेका थिए । 9 इस्राएलका मानिसहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा जे कुराहरू गर्नु ठिक थिएन, गुप्‍त रूपमा त्यही गरे । धरहरादेखि किल्लासम्‍म नै आफ्‍ना सबै सहरहरूमा तिनीहरूले आफ्‍ना निम्‍ति उच्‍च थानहरू बनाए । 10 हरेक उच्‍च डाँडा रहरेक हरियो रुखमुनि तिनीहरूले डुङ्गाका मूर्तिहरू र अशेराका खम्बाहरू बनाए । 11 तिनीहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूले गरेजस्तै तिनीहरूले उच्‍च थानहरूमा धूप बाले । परमप्रभुलाई रिस उठाउनलाई इस्राएलीहरूले दुष्‍ट कुराहरू गरे, 12 तिनीहरूले मूर्तिहरूको पुजा गरे, जसका बारेमा परमप्रभुले तिनीहरूलाई भन्‍नुभएको थियो, “तिमीहरूले यो कुरा गर्ने छैनौ ।” 13 तापनि परमप्रभुले हरेक अगमवक्ता र हरेक दर्शीद्वारा इस्राएल र यहूदालाई यसो भनरे चेताउनी दिनुभएको थियो, “आ-आफ्ना दुष्‍ट मार्गहरूबाट फर्केर मेरा आज्ञाहरू र विधिहरू पालन गर, अनि मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेका अनि आफ्‍ना सेवकहरू अर्थात् अगमवक्ताहरूद्वारा मैले तिमीहरूकहाँ पठाएका सबै आज्ञा पालन गर्न सावधना होओ ।” 14 तर तिनीहरूले सुनेनन् । बरु परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि विश्‍वास नगर्ने आफ्‍ना पुर्खाहरूजस्तै तिनीहरू ज्‍यादै हठी भए । 15 तिनीहरूले उहाँका विधिहरू र तिनीहरूका पुर्खाहरूसित उहाँले बाँध्‍नुभएको करार र उहाँले तिनीहरूलाई दिनुभएका करारका आज्ञाहरूलाई इन्कार गरे । तिनीहरूले बेकम्मा अभ्यासहरूको अनुसरण गरे अनि तिनीहरू आफै पनि बेकम्मा भए । तिनीहरूले आफ्नो वरिपरि भएका अरू जातिहरूको अनुसरण गरे जसको नकल्ल नगर्नू भनेर परमप्रभुले तिनीहरूलाई आज्ञा दिनुभएको थियो । 16 तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञालाई बेवास्ता गरे । तिनीहरूले पुजा गर्नलाई पिटेर तयार पारिएका धातुको दुईवटा बाछाका बनाए । तिनीहरूले अशेरा देवीको खम्बा बनाए, र तिनीहरूले आकाशका सम्पूर्ण तारा र बालको पुजा गरे । 17 तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा हिंड्‍न लगाए, तिनीहरूले जोखना हेर र टुनामुना गरे, तिनीहरूले परमप्रभुको दृष्‍टिमा जे खराब छ, त्यही गर्न आफैलाई बेचे, र तिनीहरूले उहाँलाई रिस उठाए । 18 त्यसकारण परमप्रभु इस्राएलसित अत्यन्तै रिसाउनुभयो, र तिनीहरूलाई आफ्नो दृष्‍टिबाट हटाइदिनुभयो । त्यहाँ यहूदाको कुलबाहेक कोही पनि छोडिएन । 19 यहूदाले पनि परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञाहरू पालन गरेनन्, र तिनीहरूले इस्राएलले गरेका अभ्‍यासहरूको अनुसरण गरे ।
  • २ राजा 18:9-9 : 9 राजा हिजकियाको चौथो वर्ष, जुन इस्राएलका राजा एलाहका छोरा होशियाको सातौँ वर्षमा, अश्शूरका राजा शलमनेशेर सामरियाको विरुद्धमा आए र त्‍यसलाई घेरा हाले । 10 तिन वर्षको अन्त्यमा अर्थात् हिजकियाको छैटौँ वर्षमा, जुन इस्राएलका राजा होशियाको नवौँ वर्षमा, तिनीहरूले त्‍यसलाई कब्जा गरे । यसरी सामरियालाई कब्जा गरियो । 11 यसरी अश्शूरका राजाले इस्राएलीहरूलाई बन्दी बनाएर अश्शूरमा लगे, र तिनीहरूलाई हलहमा, गोजानको हाबोर नदीको किनारमा र मादीहरूका सहरहरूमा बसाले ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यिर्मि 3:6-7
    2 पदहरू
    89%

    6तब राजा योशियाहको शासनकालमा परमप्रभुले मलाई भन्‍नुभयो, “विश्‍वासहीन इस्राएलले के गरेको छ, तँ देख्छस्? त्यो हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि गएकी छ, र त्यहाँ त्यसले वेश्याले झैं काम गरेकी छ ।

    7मैले भनें, “यी सबै कुरा गरेपछि त्यो म कहाँ फर्कन्छे', तर त्यो फर्किन । तब त्यसकी विश्‍वासहीन बहिनी यहूदाले यी सबै देखी ।

  • यिर्मि 3:9-12
    4 पदहरू
    86%

    9त्यसको वेश्यावृत्ति त्यसको लागि केहीजस्तो भएन । त्यसले देशलाई दुषित पारी, र त्यसले ढुङ्गा र रुखहरूसित व्यभिचार गरी ।

    10यी सबै कुरापछि त्यसकी विश्‍वासहीन बहिनी यहूदा सारा हृदयले होइन तर झूट लिएर मकहाँ फर्की, यो परमप्रभुको घोषणा हो ।”

    11तब परमप्रभुले मलाई भन्‍नुभयो, “विश्‍वासहीन इस्राएल विश्‍वासहीन यहूदाभन्दा बढी धर्मी भएको छ ।

    12जा र उत्तरलाई यी वचन घोषणा गर्, “'हे विश्‍वासहीन इस्राएल, फर्की' यो परमप्रभु घोषणा हो, 'म तँसित सधैं रिसाउनेछैनँ ।' परमप्रभु घोषणा गर्नुहुन्छ, 'म विश्‍वासयोग्य भएको हुनाले म सदासर्वदा रिसाउनेछैन ।'

  • यिर्मि 3:1-2
    2 पदहरू
    79%

    1¶ “कुनै पुरुषले आफ्नी पत्‍नीसित सम्बन्ध-विच्छेद गर्‍यो, र उसको जीवनबाट त्यो गई अनि अर्को पुरुषकी पत्‍नी भई भने, ऊ फेरि फर्केर त्योकहाँ जान्छ र? के त्यो देश औधी दुषित हुँदैन र? तँ धेरै प्रेमी भएकी वेश्याजस्तै भएर बसेको छेस् । के तँ मकहाँ फर्कन्छेस्? यो परमप्रभुको घोषणा हो ।

    2नाङ्गा डाँडाहरूतर्फ आफ्ना आँखा उठा र हेर् । के कुनै त्‍यस्तो ठाउँ छ, जहाँ तेरो अवैध यौनधन्‍दा छैन? एक जना अरबी उजाड-स्थानमा बसेझैं तँ आफ्ना प्रेमीहरूको प्रतीक्षा गर्दै बाटोका किनारहरूमा बस्छेस् । तेरो वेश्यावृत्ति र दुष्‍टताले तैंले देशलाई दुषित पारेको छेस् ।

  • 20तर आफ्नो पतिको लागि विश्‍वासहीन भएकी स्‍त्रीझैं, ए इस्राएलका घराना हो, तैंले मलाई धोका दिएको छस्, यो परमप्रभुको घोषणा हो ।

  • 11यहूदा विश्‍वासहीन भएको छ । इस्राएल र यरूशलेममा घिनलाग्दो काम भएको छ । परमप्रभुले प्रेम गर्नुहुने पवित्र ठाउँलाई यहूदाले अपवित्र बनाएको छ, र त्यसले पराई ईश्‍वरकी छोरीसँग विहे गरेको छ ।

  • 77%

    19तिमीहरूको दुष्‍टताले नै तिमीहरूलाई हप्काउँछ, र तिमीहरूको अविश्‍वासले नै तिमीहरूलाई दण्ड दिन्छ । त्यसैले यसबारे विचार गर, र बुझ, परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्यागेर उहाँको डर नमान्‍नु भनेको दुष्‍ट र तितो कुरा हो, यो सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको घोषणा हो ।

    20किनकि तँसित प्राचिन समयमा भएको तेरो जुवा मैले भाँचिदिएँ । मैले तेरा बन्धनहरू फुकाइदिएँ । तरै पनि तैंले भनिस्, 'म तपाईंको सेवा गर्नेछैनँ!' किनकि हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि तैंले आफ्‍नो शिर झुकाइस्, तँ वेश्‍या होस् ।

  • यहे 23:17-19
    3 पदहरू
    77%

    17त्‍यसपछि बेबिलोनीहरू त्‍यसकहाँ त्‍यसको कामुक ओच्छ्यानमा आए र आफ्‍ना छाडा यौनले तिनीहरूले त्‍यसलाई अशुद्ध पारे । त्‍यसले जे गरेकी थिई त्‍यसद्वारा त्‍यो अशुद्ध भई । यसरी मनमा घृणा बोकेर त्‍यो उनीहरूसँग टाढा भई ।

    18जब त्‍यसले आफ्‍ना वेश्‍यावृत्तिका कामहरू गरी र आफ्‍नो नग्‍नता देखाई, तब जसरी मनमा घृणा बोकेर त्‍यसकी दिदीसँग म टाढा भएको थिएँ, त्‍यसरी नै म त्योसँग पनि टाढा भएँ ।

    19तब मिश्रदेशमा त्‍यो वेश्या हुँदाको, आफ्‍ना युवावस्‍थाका समयलाई सम्‍झेर त्‍यसले आफ्‍नो वेश्‍यावृत्ति झन्‌ बढाई ।

  • हो 2:5-8
    4 पदहरू
    76%

    5किनकि तिनीहरूकी आमा वेश्‍या थिई, र तिनीहरूलाई गर्भधारण गर्नेले लज्‍जास्‍पद किसिमले काम गरेकी छे । त्यसले भनी, “म आफ्‍ना प्रमीहरूको पछि जानेछु, किनकि तिनीहरूले मलाई मेरो रोटी र पानी, मेरो ऊन र सूती कपडा, मेरो तेल र दाखमद्य दिन्छन् ।”

    6यसकारण त्यसको मार्ग रोक्‍नलाई म काँडे झाडीका बार लगाउनेछु । त्यसले आफ्नो बाटो पत्ता नलगाओस् भनेर, म त्यसको विरुद्ध पर्खाल लगाउनेछु ।

    7त्यो आफ्ना प्रेमीहरूको पछि लाग्‍नेछ, तर त्यसले तिनीहरूलाई भेट्‍टाउनेछैन । त्यसले तिनीहरूलाई खोज्‍नेछ, तर त्यसले तिनीहरूलाई पाउनेछैन । अनि त्यसले भन्‍नेछ, “म आफ्‍नो पहिलो पतिकहाँ नै फर्कनेछु, किनभने अहिलेभन्दा त्यो नै मेरो निम्ति असल थियो ।”

    8किनकि त्यसलाई अन्‍न, नयाँ दाखमद्य र तेल दिने, म नै थिएँ भनी त्यसलाई थाहा भएको थएन,र जसले त्यसलाई प्रशस्‍त चाँदी र सुन दियो जसलाई तिनीहरूले त्‍यस बेला बालको निम्ती प्रयोग गरे ।

  • 3एफ्राइम र इस्राएल मबाट लुकेका छैनन् भनी म जान्‍दछु । ए एफ्राइम, तँ अब वेश्‍याझैं भएको छस् । इस्राएल अपवित्र पारिएको छ ।

  • 7यी मानिसहरूलाई मैले किन क्षमा दिने? तिमीहरूका छोराहरूले मलाई त्यागेका छन्, र तिनीहरूले त्‍यो नाउँमा शपथ खान्छन् जो ईश्‍वरहरू नै होइनन् । मैले तिनीहरूलाई पेटभरि खुवाएँ, तर तिनीहरूले व्यभिचार गरे, र ठुलो सङ्ख्यामा वेश्याहरूका घरहरूमा गए ।

  • 14'ए विश्‍वासहीन जाति, फर्की' यो परमप्रभुको घोषणा हो, 'म तेरा पति हुँ ।' सहरबाट एक जना र एउटा परिवारबाट दुई जना गरी म तँलाई लिनेछु र म तँलाई सियोनमा ल्याउनेछु ।

  • हो 4:14-15
    2 पदहरू
    75%

    14तिमीहरूका छोरीहरूले यौनका अनैतिक काम गर्दा म तिनीहरूलाई दण्ड दिनेछैन, न त तिमीहरूका बुहारीहरूले व्यभिचार गर्दा तिनीहरूलाई दण्ड दिनेछु । किनकि पुरुषहरूले पनि आफैंलाई वेश्‍याहरूकहाँ दिन्छन्, र पवित्र वेश्‍याहरूसँग तिनीहरूले अनैतिक काम गर्न सकून् भनेर तिनीहरू बलिदानहरू चढाउँछन् । यी मानिसहरू जसले बुझ्‍दैनन्, तिनीहरू तल फालिनेछन् ।

    15तँ इस्राएलले व्यभिचार गरेको भए पनि, यहूदाचाहिं दोषी नहोस् । ए मानिस हो, तिमीहरू गिलगालमा नजाओ माथि बेथ-आवनमा नजाओ, र “परमप्रभु जिउँदो हुनुभएझैं” भनेर शपथ नखाओ ।

  • 30वेश्‍याले झैं तैंले काम गरेको, जातिहरूसँग कामुक भएको, उनीहरूका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको हुनाले यी कुराहरू तँलाई हुनेछेन् ।

  • 10इस्राएलको घरानामा मैले घिनलाग्‍दो कुरा देखेको छु । त्यहाँ एफ्राइमको वेश्‍यागमन छ, र इस्राएल अशुद्ध भएको छ ।

  • 1¶ परमप्रभुले मलाई भन्‍नुभयो, “फेरि जा, आफ्नो पतिले प्रेम गरेकी एक जना स्‍त्रीलाई प्रेम गर्, तर त्‍यो एक जना व्यभिचारिणी हो । इस्राएलका मानिसहरू अन्‍य देवतातर्फ लागे र तिनीहरूले पवित्र दाखका केकहरू मन पराए तापनि, जसरी म परमप्रभुले तिनीहरूलाई प्रेम गरें, त्‍यसरी नै त्यसलाई प्रेम गर् ।”

  • 11त्‍यसकी बहिनी ओहोलिबाले त्‍यो कुरा देखी, तर त्‍यो झन् बढी कामुक भई र आफ्‍नी दिदीभन्‍दा पनि बढी वेश्‍यावृत्तिको काम गर्न लागी ।

  • 30तेरो हृदय कति बिरामी छ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— कि एक निर्लज्‍ज वेश्‍याका कामहरू जस्‍ता यी सबै कुराहरू तैंले गरिस्?

  • 13त्यसले आफैलाई अशुद्ध पारेकी मैले देखें । ती दुवै जना दिदीबहिनी उस्‍तै थिए ।

  • 17मैले तँलाई दिएको सुन र चाँदीका गहना तैंले लिइस् र तैंले आफ्‍नो निम्‍ति पुरुष-मूर्तिहरू बनाइस् र तीसित तैंले वेश्‍याले झैं काम गरिस्‌ ।

  • 13बाल देवताका भोजका दिनका निम्ति म त्यसलाई दण्ड दिनेछु, जति बेला त्यसले तिनीहरूका निम्ति धूप बाली, जति बेला त्यसले आफ्ना औँठीहरू र गहनाले आफूलाई सुसज्‍जिए पारी, अनि त्यो आफ्ना प्रेमीहरूको पछि गई र मलाई बिर्सी, यो परमप्रभुको घोषणा हो ।”

  • 15मेरी प्रिय जससित धेरै दुष्‍ट मनसाय थिए, त्यो किन मेरो मन्दिरमा छे? तेरा बलिदानहरूको मासुले तँलाई मदत गर्न सक्दैन । तेरा दुष्‍ट कामहरूको कारणले तँ आनन्द मनाउँछस् ।

  • 5तर मेरै भएको बेलामा पनि ओहोलाले वेश्‍यावृत्ति गरी । आफ्‍ना प्रेमी, प्रभावशाली अश्‍शूरीहरूसित त्‍यो मोहित भई,

  • 43तब व्‍भिचारले दिक्‍क भएकी स्‍त्रीको विषयमा मैले यसो भनें, 'अब उनीहरू त्‍यससँग यौनका अनैतिक काम गर्नेछन्, र त्यसले उनीहरूसँग गर्नेछे ।’

  • 38किनकि व्यभिचार र रगतको बगाएको निम्‍ति म तँलाई दण्ड दिनेछु । अनि मेरो क्रोध र डाहको रक्तपात तँमाथि म ल्याउनेछु ।

  • 27मैले तेरो व्यभिचार, हिनहिनाइ, डाँडाहरू र मैदानहरूमा भएको तेरो वेश्यावृत्तिको दुष्‍टता देखेको छु, र यी घृणित कुराहरू मैले देखेको छु । ए यरूशलेम, तँलाई धिक्‍कार! तँलाई फेरि शुद्ध हुन कति समय लाग्‍नेछ?”

  • 28तैंले अश्‍शूरीहरूसित पनि वेश्‍यावृत्ति गरिस्, किनभने तँ तृप्‍त हुन सकिनस्‌ । तैंले वेश्याले झैं काम गरिस् र पनि तँ सन्तुष्‍ट भइनस् ।

  • हो 2:2-3
    2 पदहरू
    73%

    2आफ्नी आमाको विदरुद्धमा एउटा मुद्धा हाल, एउटा मुद्धा हाल, किनकि त्यो मेरी पत्‍नी होइन, र न त म त्यसको पति हुँ । त्यसले आफ्नो सामनेबाट आफ्‍नो वेश्‍यागमन, र आफ्ना स्‍तनहरूको बिचबाट आफ्‍नो व्यभिचारका कामहरूलाई हटाओस् ।

    3होइन भने, म त्यसलाई नाङ्गो पार्नेछु र त्यो जन्‍मको दिनमा झैं म त्यसको नग्‍नता देखाउनेछु । उजाड-स्‍थानजस्‍तै, एउटा सुख्‍खा लागेको देशजस्‍तै, म त्यसलाई बनाउनेछु, र त्यसलाई तिर्खाले मर्ने म बानउनेछु ।

  • 35यसकारण ए वेश्‍या, परमप्रभुको वचन सुन्‌ ।

  • 11किनकि इस्राएल र यहूदाका घरानाहरूले मलाई पूर्ण रूपमा धोका दिएक छन्, यो परमप्रभुको घोषणा हो ।

  • 35यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘तैंले मलाई बिर्सेको र मलाई तेरो पछाडि फालेको छस्, यसैले आफ्‍नो लज्‍जास्‍पद व्‍यवहार र यौनको अनैतिक कामहरूका दुष्‍परिणामहरू तैंले सहनुपर्नेछ' ।”

  • 8यरूशलेमले घोर पाप गर्‍यो । त्यो अशुद्ध वस्तुजस्तै तिरस्कृत भएको छ । त्यसलाई आदर गर्ने सबैले अहिले त्यसलाई तिरस्कार गर्छ, किनकि तिनीहरूले त्यसको नग्‍नता देखेका छन् । त्यसले सुस्केरा हाल्छ, र भाग्‍ने कोसिस गर्छ ।

  • यहे 23:8-9
    2 पदहरू
    72%

    8किनकि त्‍यसले मिश्रदेशमा हुँदा पनि त्‍यसको वेश्‍यावृतिको व्‍यवहार छाडेकी थिईन । जति बेला त्‍यो एउटी जवान केटी थिई, त्‍यति बेला तिनीहरू त्‍योसित सुतेका थिए । त्‍यति बेला तिनीहरूले पहिलो पल्‍ट त्‍यसका कन्‍या स्‍तनहरू खेलाएका थिए । त्‍यति बेला तिनीहरूले त्‍यससित आफ्‍ना यौनका छाडा व्‍यवहार गर्न सुरु गरेका थिए ।

    9यसकारण त्यसका प्रेमीहरूका हातमा अर्थात् अश्‍शूरीहरूका हातमा मैले त्यसलाई सुम्पिदिएँ, जोसँग त्यो मोहित भई ।

  • 16अरू देवताहरूलाई धुप बालेर र तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पुजा गरेर मलाई त्यागेका हुनाले तिनीहरूका सबै दुष्‍ट कामको विरुद्धमा म इन्साफ गर्नेछु ।

  • 15तर तेरो आफ्‍नो सौन्‍दर्यमा तैंले भरोसा राखिस्‌ र तेरो ख्‍यातिको कारणले तैंले एक वेश्‍याले झैं काम गरिस्‌ । छेउबाट जाने जोसुकैलाई पनि तैंले वेश्याले झैं आफ्‍नो काम तैंले गरिस्, ताकि तेरो सौन्‍दर्य उसको भयो ।

  • 32तँ व्‍यभिचारी स्‍त्री, तँ आफ्‍नो पतिको सट्टामा बिरानाहरूलाई स्वीकार गर्छेस् ।

  • 10तब त्यसका प्रेमीहरूकै सामु म त्यसलाई नाङ्गो बनाउनेछु, र मेरो हातबाट त्यसलाई कसैले बचाउनेछैन ।