यहेज्केल 16:44

अनलक शाब्दिक बाइबल

हेर्, उखान भन्‍ने हरेकले तेरो विषयमा यो उखान भन्‍नेछः “जस्‍तो आमा उस्‍तै छोरी ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहे 18:2-3 : 2 “इस्राएलका देशको बारेमा तैंले उखान भनेको अर्थ के होः “'बाबुहरू अमिलो अङ्‌गूर खाने र छोराछोरीका दाँत कुडिंने'? 3 जस्‍तो म जीवित छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो—इस्राएलमा तिमीहरूलाई फेरि कहिल्‍यै यो उखान भन्‍ने अवसर हुनेछैन ।
  • १ शमू 24:13 : 13 जस्‍तो पुरानो उखान छ, 'दुष्‍टबाट नै दुष्‍टता निस्‍कन्‍छ ।' तर मेरा हात तपाईंको विरुद्धमा हुनेछैन ।
  • १ राजा 21:16 : 16 नाबोत मरे भनी जब आहाबले सुने तिनी उठेर यिजरेली नाबोतको दाखबारीमा गए, र त्यसको अधिकार गरे ।
  • २ राजा 17:11 : 11 तिनीहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूले गरेजस्तै तिनीहरूले उच्‍च थानहरूमा धूप बाले । परमप्रभुलाई रिस उठाउनलाई इस्राएलीहरूले दुष्‍ट कुराहरू गरे,
  • २ राजा 17:15 : 15 तिनीहरूले उहाँका विधिहरू र तिनीहरूका पुर्खाहरूसित उहाँले बाँध्‍नुभएको करार र उहाँले तिनीहरूलाई दिनुभएका करारका आज्ञाहरूलाई इन्कार गरे । तिनीहरूले बेकम्मा अभ्यासहरूको अनुसरण गरे अनि तिनीहरू आफै पनि बेकम्मा भए । तिनीहरूले आफ्नो वरिपरि भएका अरू जातिहरूको अनुसरण गरे जसको नकल्ल नगर्नू भनेर परमप्रभुले तिनीहरूलाई आज्ञा दिनुभएको थियो ।
  • २ राजा 21:9 : 9 तर मानिसहरूले यो कुरा सुनेनन्, र इस्राएलका मानिसहरूकै सामु परमप्रभुले नष्‍ट गर्नुभएका जातिहरूले भन्दा बढी खराब काम गर्न मनश्शेले तिनीहरूलाई अगुवाइ गरे ।
  • एज्रा 9:1 : 1 ¶ जब यी कुराहरू भए तब अधिकारीहरू मकहाँ आए र भने, “इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरूले अन्य देशमा बस्‍ने जातिहरू अर्थात् कनानी, हित्ती, परिज्‍जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री र एमोरीहरू अनि तिनीहरूका घिनलाग्दा कुराहरूदेखि आफैलाई अलग गरेका छैनन् ।
  • भजन 106:35-38 : 35 तर तिनीहरू जातिहरूसँग मसिए र तिनीहरूका मार्गहरू सिके, 36 र तिनीहरूका मूर्तीहरूको पुजा गरे जुन तिनीहरूको निम्ति पासो बन्यो । 37 तिनीहरूले आफ्‍ना छोरा र छोरीहरू भुत आत्माहरूलाई बलि चढाए । 38 तिनीहरूले निर्दोष रगतको, अर्थात् आफ्‍ना छोराहरू र छोरीहरूका रगत बगाए, जुन तिनीहरूले कनानको मूर्तीहरूलाई बलि चढाएर रगतले देशलाई अशुद्ध पारे ।
  • यहे 12:22 : 22 “ए मानिसको छोरो, ‘समय लामो पारिएको छ, र हरेक दर्शन फेल हुन्छ' भन्‍ने इस्राएलमा चल्‍दैआएको उखान के हो?
  • यहे 16:3 : 3 र घोषणा भन्, 'यरूशलेमलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तेरो सुरु र तेरो जन्‍म कनानहरूको देशमा भएको हो । तेरो बुबा एक एमोरी थियो, र तेरी आमाचाहिं हित्ती थिई ।
  • यहे 16:45 : 45 तँ आफ्‍नी आमाकी छोरी होस्, जसले आफ्‍नै पति र छोराछोरीलाई घृणा गरी, अनि आफ्‍नी दिदीहरूकी बहिनी होस् जसले आफ्‍नै पति र छोराछोरीलाई घृणा गरे । तेरी आमा हित्ती थिई, र तेरा बुबा एमोरी थियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 16:45-48
    4 पदहरू
    83%

    45तँ आफ्‍नी आमाकी छोरी होस्, जसले आफ्‍नै पति र छोराछोरीलाई घृणा गरी, अनि आफ्‍नी दिदीहरूकी बहिनी होस् जसले आफ्‍नै पति र छोराछोरीलाई घृणा गरे । तेरी आमा हित्ती थिई, र तेरा बुबा एमोरी थियो ।

    46तेरी दिदी सामरिया थिई र त्यसका छोरीहरू उत्तरमा बस्थे, तेरी बहिनीचाहिं तेरो दक्षिणपट्टि बस्थी, अर्थात् सदोम र त्यसका छोरीहरू थिए ।

    47तँ तिनीहरूका चालमा मात्र चलिनस्‌ र तिनीहरूका घिनलाग्‍दा व्‍यवहारहरू र अभ्‍यासहरू मात्र नक्‍कल गरिनस्‌ तर तेरा सबै चालमा तँ तिनीहरूभन्‍दा झन् भ्रष्‍ट भएको छस्‌ ।

    48जस्‍तो म जीवित छु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, तँ र तेरा छोरीहरूले जति धेरै दुष्‍टता गरेका छौ त्‍यति तेरी बहिनी सदोम र त्‍यसका छोरीहरूले गरेनन् ।

  • 43तैंले आफ्‍नो युवावस्‍थाका दिनलाई सम्‍झेको छैनस्, र यी सबै कुराले मलाई रिसले थरथर काम्‍ने बनाएको छस् । यसैकारण हेर्, तैंले गरेका कामको दण्‍ड म आफैं तेरो आफ्‍नै शिरमा खन्‍याइदिनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । के तेरा अरू सबै घिनलाग्‍दा व्‍यवहारहरूमा वेश्‍यवृति पनि थपेको छैनस् र?

  • 5तिमी पुजारीहरू दिनमा ठेस खानेछौ । तिमीहरूसँगै अगमवक्ताहरू पनि रातमा ठेस खानेछन्, र तिमीहरूकी आमालाई म नष्‍ट गर्नेछु ।

  • यहे 16:54-55
    2 पदहरू
    73%

    54यी कुराहरूका कारणले तैंले आफ्‍ना लाज देखाउनेछस् । तैंले गरेका हरेक कुराको कारणले तेरो अपमान हुनेछ, र यसरी तिनीहरूका निम्ति तँचाहिं सान्त्वना हुनेछस् ।

    55तेरी बहिनी सदोम र त्यसका छोरीहरू पहिलेको अवस्थामा फर्किनेछन्, र सामरिया र त्‍यसका छोरीहरू आफ्‍नो पहिलेको अवस्‍थामा फर्किनेछन् । त्यसपछि तँ र तेरा छोरीहरू आफ्‍नो पहिलेको अवस्‍थामा फर्किनेछौ ।

  • यहे 16:34-37
    4 पदहरू
    72%

    34यसैले तँ र अरू स्‍त्रीहरूमा फरक छ । किनकि आफूसँग सुत भन्‍न कोही पनि तँकहाँ आउँदैन । बरु, तैंले तिनीहरूलाई ज्याला दिन्छेस् । कसैले पनि तँलाई ज्‍याला दिंदैन ।

    35यसकारण ए वेश्‍या, परमप्रभुको वचन सुन्‌ ।

    36परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तैंले आफ्ना यौनको उत्तेजना पोखेको छस् र आफ्‍ना प्रेमीहरूसँगको तेरो वेश्यावृत्तिद्वारा आफ्नो नग्‍नता देखाएको छस्, र तेरा सबै घिनलाग्‍दा मूर्तिहरू बनाएको छस्, र तिनीहरूलाई तैंले आफ्‍ना छोराछोरीका रगत चढाएको छस्,

    37यसकारण हेर्, तैंले भेटेका सबै प्रेमीहरूलाई म भेला गर्नेछु, तैंले प्रेम गरेका सबै प्रेमीहरू र तैंले घृणा गरेका सबैलाई म भेला गर्नेछु, र तिनीहरूलाई म तेरा विरुद्धमा तेरो चारैतिर जम्‍मा गर्नेछु । तिनीहरूले तेरो नग्‍नता देखून् भनेर म तेरो नग्‍नता उघारिदिनेछु ।

  • यहे 16:57-58
    2 पदहरू
    72%

    57तेरो दुष्‍टता प्रकट हुनुअघि । तर अहिले तँ एदोमका छोरीहरू र त्‍यसका वरिपरिका पलिश्‍तीहरूका छोरीहरूका बिचमा गिल्लाको पात्र बनेको छस् । मानिसहरूले तँलाई घृणा गर्छन् ।

    58तैंले आफ्नो निर्लज्‍जता र घृणित व्यवहार देखाउनेछस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 3किनकि यस ठाउँमा जन्मने छोराहरू र छोरीहरू, तिनीहरूलाई जन्माउने आमाहरू र तिनीहरूलाई यस देशमा जन्मने पार्ने बाबुलाई परमप्रभु यसो भन्‍नुहुन्छ,

  • 17यसैले अब ए मानिसको छोरो, तेरा मानिसहरूका छोरीहरू, जसले आफ्‍नै कल्‍पनाको अगमवाणी बोल्‍नेहरूतिर तेरो मुख फर्का, रर तिनीहरूका विरुद्धमा अगमवाणी बोल् ।

  • 12त्यसैले तेरी आमा अत्यन्तै लज्‍जित हुनेछे । तँलाई जन्म दिने शर्ममा पर्नेछे । हेर, त्‍यो जातिहरूका बिचमा नीच हुनेछे । त्यो उजाड, सक्खा भूमि र मरुभूमि हुनेछे ।

  • 10धिक्‍कार त्‍यसलाई जसले बुबालाई भन्छ, 'तपाईंले के जन्‍माउनुभयो?' वा आमालाई भन्छ, ‘तपाईंले के जन्‍म दिनुभयो?'

  • व्यव 28:56-57
    2 पदहरू
    71%

    56तिमीहरूको बिचमा भएकी कोमल र शिष्‍ट स्‍त्री जसले कोमलता र शिष्‍टताको कारणले भुइँमा आफ्नो पैतलाले टेक्‍न पनि चाहँदिन थिई, त्यस्ती स्‍त्रीले पनि आफ्ना पतिसाथै आफ्नै छोराछोरी,

    57अनि आफूले भर्खरै जन्माएको छोरोसाथै आफ्नै बालबच्‍चाको मासु खाने छे । तिमीहरूको शत्रुले तिमीहरूको सहरलाई घेराबन्दी गरी कष्‍टमा ल्याउँदा त्यसले केही खान नपाएकीले गर्दा गुप्‍तमा त्यसले त्यो मासु खाने छे ।

  • 4ए विश्‍वासहीन छोरी, तँ किन तेरा ज्यादै फलवन्त बेँसीहरूको विषयमा घमण्ड गर्छेस्? आफ्नो धन-सम्पत्तिमा भरोसा गरी तँ भन्छस्, 'मेरो विरुद्धमा को आउनेछ?'

  • 32तँ व्‍यभिचारी स्‍त्री, तँ आफ्‍नो पतिको सट्टामा बिरानाहरूलाई स्वीकार गर्छेस् ।

  • 2“ए मानिसको छोरो, एउटै आमाका दुई छोरीहरू त्‍यहाँ थिए ।

  • 26आफ्नो बुबालाई लुट्ने र आफ्नी आमालाई लखेट्ने छोरोले लाज र बेइज्‍जत ल्याउँछ ।

  • 6किनभने छोरोले आफ्ना बुबाको अनादर गर्दछ, छोरी आफ्नी आमाको विरुद्धमा उठ्छे, र बुहारी सासूको विरुद्ध । मानिसको शत्रु आफ्नै घरका मानिसहरू हुन् ।

  • 10तेरी आमा पानीको छेउमा तेरो रगतमा रोपिएको दाखको बोटजस्तै थिई । प्रशस्त पानीको कारणले त्यो फलवन्त र हाँगैहाँगाले पूर्ण थियो ।

  • 20तँ बस्छस् र तेरो भाइको विरुद्धमा बोल्छस् । आफ्नै आमाको छोराको निन्दा तैंले गर्छस् ।

  • 5किनकि तिनीहरूकी आमा वेश्‍या थिई, र तिनीहरूलाई गर्भधारण गर्नेले लज्‍जास्‍पद किसिमले काम गरेकी छे । त्यसले भनी, “म आफ्‍ना प्रमीहरूको पछि जानेछु, किनकि तिनीहरूले मलाई मेरो रोटी र पानी, मेरो ऊन र सूती कपडा, मेरो तेल र दाखमद्य दिन्छन् ।”

  • 52विशेषगरी तैंले आफ्नो निर्लज्‍जता देखाउँछेस् । यसरी तैंले गरेका यी सबै घिनलाग्दा पापहरूका कारणले तेरा दिदीबहिनी तँभन्‍दा असल थिए भन्‍ने तैंले देखाइस्‌ । तेरा दिदीबहिनी अब तँभन्दा असल देखिन्छन् । विशेषगरी तैंले आफ्नै निर्लज्‍जता देखाउँछेस्, किनकि यसरी तेरा दिदीबहिनी तँभन्‍दा असल थिए भनी तैंले देखाइस्‌ ।

  • यहे 16:22-23
    2 पदहरू
    70%

    22तेरा यी सबै घृणित काम र वेश्‍यावृत्तिमा तैंले आफ्‍नो युवावस्‍थाका दिनहरू सम्‍झेको छैनस्‌, जति बेला तँ नाङ्गो, वस्‍त्रहीन र भएर आफ्‍नो रगतमा लट्‌पटिएकी थिइस्‌ ।

    23धिक्‍कार! तँलाई धिक्‍कार!— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— यसकारण, यी सबै दुष्‍टताका साथै

  • 11आफ्ना बुबाहरूलाई सराप्‍ने र आमाहरूलाई आशिष् नदिने पुस्ता पनि छ ।

  • 20अनि तैंले मेरो निम्‍ति जन्‍माएका तेरो छोराछोरीलाई तैंले लइस् र मूर्तिहरूका लागि खानेकुराको रूपमा तैंले तिनीहरूको बलि चढाइस्‌ । के तेरा वेश्‍यावृत्तिका कामहरू साना कुराहरू हुन्?

  • 20त्यसैले हे स्‍त्रीहरू हो, परमप्रभुको वचन सुन । उहाँको मुखबाट निस्कने सन्देशमा ध्यान देओ । तब आ-आफ्ना छोरीहरूलाई शोकको गीत र हरेक छिमेकी स्‍त्रीलाई मृत्‍यु संस्‍कारको गीत सिकाओ ।

  • 2र भन्‌, 'तेरी आमा को थिई? एक सिंहिनी, त्यो सिंहका डमरुसँग बस्थी । त्यसले आफ्ना डमरुहरूलाई हुर्काउँदै तिनीहरूका बिचमा बस्थी ।

  • 21तैंले तालिम दिएकाहरूलाई नै तेरा खास मित्रहरू हुन परमेश्‍वरले तँमाथि राख्‍नुहुँदा तैंले के भन्‍नेछस्? के यी एउटी स्‍त्रीले प्रसव-वेदनामा पीडा भोगेजस्तै तैंले भोग्‍ने पीडाको थालनी होइन र?

  • यहे 18:2-3
    2 पदहरू
    69%

    2“इस्राएलका देशको बारेमा तैंले उखान भनेको अर्थ के होः “'बाबुहरू अमिलो अङ्‌गूर खाने र छोराछोरीका दाँत कुडिंने'?

    3जस्‍तो म जीवित छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो—इस्राएलमा तिमीहरूलाई फेरि कहिल्‍यै यो उखान भन्‍ने अवसर हुनेछैन ।

  • 22तँलाई जन्म दिने बुबाको कुरा सुन्, र तेरी आमा वृद्ध हुँदा उनलाई तुच्छ नठान् ।

  • 11आफ्‍नो छिमेकीकी पत्‍नीसँग घिनलाग्‍दा काम गर्ने मानिसहरू, र आफ्‍नी बुहारीहरूलाई लाज हुने किसिमले अशुद्ध पार्ने मानिसहरू, आफ्‍नै बहिनीहरू—आफ्‍ना बुबाकी छोरीहरूलाई बिगार्ने मानिसहरू —यी सबै जना तँभित्रै छन् ।

  • 15तर तेरो आफ्‍नो सौन्‍दर्यमा तैंले भरोसा राखिस्‌ र तेरो ख्‍यातिको कारणले तैंले एक वेश्‍याले झैं काम गरिस्‌ । छेउबाट जाने जोसुकैलाई पनि तैंले वेश्याले झैं आफ्‍नो काम तैंले गरिस्, ताकि तेरो सौन्‍दर्य उसको भयो ।

  • 16अनि तिनीहरूका छोरीहरूले तिनीहरूका देवी-देवताहरूका निम्ति आफैलाई वेश्या-वृत्तिमा लगाउनेछन् अनि तिनीहरूले तिमीहरूका छोराहरूलाई पनि तिनीहरूका देवी-देवताहरूका निम्ति वेश्या-वृत्तिमा लैजानेछन् ।

  • 16त्यसले आफ्ना बच्‍चाहरूलाई आफ्नो नभएजस्तै गरी निर्दयतापूर्वक व्यवहार गर्छ । त्यसको परिश्रम व्यर्थैमा खेर जान्छ कि भनी त्यो डराउँदैन,

  • 61तब तैंले आफ्‍ना चालहरू सम्‍झनेछस्‌ र दिदी-बहिनीहरू दुवैलाई तैंले ग्रहण गर्दा लज्‍जित हुनेछस् । ती म तँलाई छोरीहरूका रूपमा दिनेछु, तर तेरो करारको कारणले चाहिं होइन ।

  • 8हे मरो छोरो, आफ्नो छोरोको निर्देशन सुन्, र आफ्नी आमाका नियमहरूलाई पाखा नलगा ।

  • 30तेरो हृदय कति बिरामी छ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— कि एक निर्लज्‍ज वेश्‍याका कामहरू जस्‍ता यी सबै कुराहरू तैंले गरिस्?

  • 2आफ्नी आमाको विदरुद्धमा एउटा मुद्धा हाल, एउटा मुद्धा हाल, किनकि त्यो मेरी पत्‍नी होइन, र न त म त्यसको पति हुँ । त्यसले आफ्नो सामनेबाट आफ्‍नो वेश्‍यागमन, र आफ्ना स्‍तनहरूको बिचबाट आफ्‍नो व्यभिचारका कामहरूलाई हटाओस् ।

  • 20बुद्धिमान् छोरोले आफ्नो बुबालाई आनन्द दिन्छ, तर मूर्ख व्यक्तिले आफ्नी आमालाई तुच्छ ठान्छ ।

  • 41तिनीहरूले तेरा घरहरू जलाउनेछन्, र धेरै जना स्‍त्रीले देख्‍ने गरी तँलाई धेरै किसिमका दण्‍ड दिनेछन्‌, किनकि म तेरो वेश्‍यावृत्ति रोक्‍नेछु, र तैंले आफ्‍ना प्रेमीहरूलाई फेरि ज्‍याला दिनेछैनस्‌ ।

  • 53त्यहाँ विभाजन हुनेछ । बाबुको विरुद्धमा छोरा र छोराको विरुद्धमा बाबु हुनेछ; आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा, सासू बुहारीको विरुद्धमा र बुहारी सासूको विरुद्धमा हुनेछिन् ।