लूका 12:53

अनलक शाब्दिक बाइबल

त्यहाँ विभाजन हुनेछ । बाबुको विरुद्धमा छोरा र छोराको विरुद्धमा बाबु हुनेछ; आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा, सासू बुहारीको विरुद्धमा र बुहारी सासूको विरुद्धमा हुनेछिन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मीका 7:6 : 6 किनभने छोरोले आफ्ना बुबाको अनादर गर्दछ, छोरी आफ्नी आमाको विरुद्धमा उठ्छे, र बुहारी सासूको विरुद्ध । मानिसको शत्रु आफ्नै घरका मानिसहरू हुन् ।
  • जक 13:2-6 : 2 त्यस दिन, म भूमिबाट मूर्तिहरूका नाउँ मेटाइदिनेछु र तिनीहरूको कहिल्यै सम्झना हुनेछैन, परमप्रभु घोषणा गर्नुहुन्छ । म भूमिबाट अगमवक्ताहरू र अशुद्धताका आत्मालाई हटाइदिनेछु । 3 कुनै मानिसले अझै अगमवाणी गरेमा, त्यसको बुबा र त्यसलाई जन्माउने आमाले त्यसलाई भन्‍नेछन्, ‘तँ बाँच्नेछैनस्, किनभने तैँले परमप्रभुको नाउँमा झुटो बोल्छस्!’ अनि त्यसको बुबा र त्यसलाई जन्माउने आमाले त्यसले अगमवाणी बोल्दा त्यसलाई छेडिदिनेछन् । 4 त्यस दिन हरेक अगमवक्ता, अगमवाणी गर्न लाग्दा आफ्नो दर्शनको कारण शर्ममा पर्नेछ । यी अगमवक्ताहरूले अब मानिसहरूलाई धोकामा पार्न रौँ भएका लबेदा लगाउनेछैनन् । 5 किनभने हरेकले भन्‍नेछ, ‘म अगमवक्ता होइनँ! म त माटोमा काम गर्ने मानिस हुँ, किनकि म जवान हुँदादेखि नै भूमिमा नै मैले काम गर्न थालेँ!’ 6 तर कसैले त्यसलाई भन्‍नेछ, ‘तेरा हातहरूका बिचमा भएका यी घाउ के हुन्?’ र त्यसले जवाफ दिनेछ, ‘म आफ्ना साथीभाइको घरमा हुँदा मलाईती चोट लागेका थिए ।’”
  • मत्त 10:21-22 : 21 दाजुले भाइलाई मृत्युको निम्ति पक्राइदिनेछ, र बुबाले आफ्नो छोरालाई । छोराछोरीहरू आफ्ना बुबा-आमाका विरुद्धमा उठ्नेछन् र मृत्युका निम्ति तिनीहरूलाई सुम्पिदिनेछन् । 22 मेरो नाउँको खतिर तिमीहरू सबैबाट घृणित हुनेछौ । तर जसले अन्तिम घडीसम्म सहन्छ, त्यस व्यक्‍तिको उद्धार हुनेछ ।
  • मत्त 24:10 : 10 तब धेरै जनाले ठेस खानेछन्, र एक अर्कालाई धोका दिनेछन्, एक अर्कालाई घृणा गर्नेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 12:51-52
    2 पदहरू
    90%

    51के म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी सोच्द्छौ? होइन, म तिमीहरूलाई भन्दछु, कि म बरु विभाजन ल्याउन आएँ ।

    52अब परिवारमा भएका पाँच जना मानिसमध्ये तिन जना दुई जनाको विरुद्धमा वा दुई जना तिन जनाको विरुद्धमा हुनेछन् ।

  • मत्त 10:34-37
    4 पदहरू
    84%

    34म पृथ्‍वीमा शान्‍ति ल्याउन आएँ भनी विचार नगर । म शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएँ ।

    35किनकि म मानिसलाई उसको पिताको विरुद्ध र छोरीलाई उसकी आमाको विरुद्ध र बुहारीलाई उसकी सासूको विरुद्ध गराउन आएँ ।

    36मानिसका शत्रुहरू उसको आफ्नै घरानाभित्रका हुनेछन् ।

    37जसले मलाई भन्दा आफ्नो बुबा वा आमालाई प्रेम गर्छ, त्यो मेरो निम्ति योग्यको हुँदैन । र जसले आफ्नो छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्छ, ऊ मेरो निम्ति योग्यको हुँदैन ।

  • 6किनभने छोरोले आफ्ना बुबाको अनादर गर्दछ, छोरी आफ्नी आमाको विरुद्धमा उठ्छे, र बुहारी सासूको विरुद्ध । मानिसको शत्रु आफ्नै घरका मानिसहरू हुन् ।

  • मर 13:12-13
    2 पदहरू
    81%

    12दाजुले भाइलाई र बुबाले आफ्नो छोरोलाई मृत्यको लागि सुम्पिनेछन् । छोराछोरीहरू आफ्ना बुबा-आमाको विरुद्धमा खडा हुनेछन् र तिनीहरूलाई मृत्युमा पुर्‍याउनेछन् ।

    13मेरो नाउँको खातिर तिमीहरू सबैद्वारा घृणित हुनेछौ । तर जो अन्त्यसम्म रहनेछ, त्यो मानिस बचाइनेछ ।

  • 21दाजुले भाइलाई मृत्युको निम्ति पक्राइदिनेछ, र बुबाले आफ्नो छोरालाई । छोराछोरीहरू आफ्ना बुबा-आमाका विरुद्धमा उठ्नेछन् र मृत्युका निम्ति तिनीहरूलाई सुम्पिदिनेछन् ।

  • 54येशूले भिडलाई पनि यसो भनिरहनुभएको थियो, “जब तिमीहरूले पश्‍चिम दिशामा बादल उठेको देख्दछौ र तुरुन्तै भन्दछौ, ‘वृष्‍टि हुनेछ र त्यस्तै हुनेछ ।’

  • लू 14:25-26
    2 पदहरू
    73%

    25ठुलो भिड उहाँसँग गइराखेको थियो, र उहाँ तिनीहरूतिर फर्केर भन्‍नुभयो,

    26“यदि कोही मेरो पछि आउँछ भने र आफ्नो आमा, बुबा, श्रीमती, छोराछोरी, दाजुभाइ र दिदी-बहिननी, र आफ्नै जीवनलाई पनि इन्कार गर्दैन भने, ऊ मेरो चेला हुन सक्दैन ।

  • मत्त 12:25-26
    2 पदहरू
    72%

    25तर येशूले तिनीहरूको विचार जान्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “आफैँमा विभाजित भएको हरेक राज्यलाई उजाड पारिनेछ, अनि आफैँमा विभाजित भएको हरेक सहर वा घराना टिक्‍नेछैन ।”

    26यदि शैतानले नै शैतानलाई निकाल्दछ भने, त्यो आफैँमा विभाजित हुन्छ । त्यसको राज्य कसरी टिक्ला?

  • मत्त 12:48-50
    3 पदहरू
    72%

    48तर येशूले उत्तर दिनुभयो र त्यसो भन्‍ने व्यक्‍तिलाई भन्‍नुभयो, “मेरी आमा को हुन्? र मेरा भाइहरू को हुन्?”

    49अनि उहाँले आफ्नो हात उहाँका चेलाहरूतर्फ पसारेर भन्‍नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्!

    50किनकि जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छाअनुसार गर्दछ, त्यो मानिस नै मेरो भाइ, मेरी बहिनी र मेरी आमा हुन् ।”

  • मर 3:24-25
    2 पदहरू
    72%

    24यदि राज्य आफैँमा विभाजित हुन्छ भने, त्यो राज्य टिक्‍न सक्दैन ।

    25यदि घर आफैँमा विभाजित हुन्छ भने, त्यो घर टिक्‍न सक्दैन ।

  • व्यव 28:56-57
    2 पदहरू
    72%

    56तिमीहरूको बिचमा भएकी कोमल र शिष्‍ट स्‍त्री जसले कोमलता र शिष्‍टताको कारणले भुइँमा आफ्नो पैतलाले टेक्‍न पनि चाहँदिन थिई, त्यस्ती स्‍त्रीले पनि आफ्ना पतिसाथै आफ्नै छोराछोरी,

    57अनि आफूले भर्खरै जन्माएको छोरोसाथै आफ्नै बालबच्‍चाको मासु खाने छे । तिमीहरूको शत्रुले तिमीहरूको सहरलाई घेराबन्दी गरी कष्‍टमा ल्याउँदा त्यसले केही खान नपाएकीले गर्दा गुप्‍तमा त्यसले त्यो मासु खाने छे ।

  • 10तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “राज्य-राज्यको विरुद्धमा र देश-देशको विरुद्धमा उठ्नेछन् ।

  • लू 21:16-17
    2 पदहरू
    71%

    16तर तिमीहरूलाई तिमीहरूका आमा बुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिमीहरूमध्ये केही मृत्युका लागि सुम्पिनेछौ ।

    17मेरो नाउँको खातिर सबैले तिमीहरूलाई घृणा गर्नेछन् ।

  • 10तब धेरै जनाले ठेस खानेछन्, र एक अर्कालाई धोका दिनेछन्, एक अर्कालाई घृणा गर्नेछन् ।

  • 17तर येशूले तिनीहरूले के सोचिरहेका छन् भनी जान्‍नुभयो र भन्‍नुभयो, हरेक राज्य एक-अर्काको विरुद्धमा विभाजन गरिनेछ र घरहरू एक-आपसको विरुद्धमा खडा हुनेछ ।

  • 8किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । धेरै ठाउँमा भूकम्प र अनिकालहरू हुनेछन् । यी प्रसव-वेदनाको सुरुवात हुन् ।

  • 6त्यसले बुबाहरूका हृदयलाई छोराछोरीहरूतर्फ, र छोराछोरीहरूका हृदयलाई तिनीहरूका बुबाहरूतर्फ फर्काउनेछन्, अनि म आएर देशलाई आक्रमण गरी पूर्ण रूपमा नाश गर्नेछैनँ ।”

  • 12भूमि विलाप गर्नेछ, हरेक कुलले अलग-अलग विलाप गर्नेछन् । दाऊदको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् । नातानको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् ।

  • 14तब प्रत्‍येक मानिसलाई अर्कोको विरुद्धमा, बुबाहरूलाई छोराछोरीका विरुद्धमा नष्‍ट पार्न लगाउनेछु, यो परमप्रभुको घोषणा हो, म तिनीहरूलाई दया देखाउने वा टिठ्यानेछैनँ, र तिनीहरूलाई विनाशबाट जोगाउनेछैनँ ।'

  • यहे 16:44-45
    2 पदहरू
    69%

    44हेर्, उखान भन्‍ने हरेकले तेरो विषयमा यो उखान भन्‍नेछः “जस्‍तो आमा उस्‍तै छोरी ।”

    45तँ आफ्‍नी आमाकी छोरी होस्, जसले आफ्‍नै पति र छोराछोरीलाई घृणा गरी, अनि आफ्‍नी दिदीहरूकी बहिनी होस् जसले आफ्‍नै पति र छोराछोरीलाई घृणा गरे । तेरी आमा हित्ती थिई, र तेरा बुबा एमोरी थियो ।

  • 30जो मसित छैन ऊ मेरो विरुद्धमा हुन्छ, अनि जसले मसित बटुल्दैन उसले छरपष्‍ट पार्छ ।

  • 54तिमीहरूका बिचमा भएका कोमल र भद्र मानिसले पनि आफ्नै भाइ, आफ्नी प्यारी पत्‍नी र आफ्ना बाँकी रहेका बालबच्‍चालाई टिठ्याउने छैन ।

  • 35साथै तरवारले तिम्रो आफ्नै प्राण छेड्नेछ, ताकि धेरैका हृदयका विचारहरू प्रकट होऊन् ।”

  • 11आफ्ना बुबाहरूलाई सराप्‍ने र आमाहरूलाई आशिष् नदिने पुस्ता पनि छ ।

  • 5हरेक मानिस एउटाले अर्कोलाई, हरेक आफ्नै छिमेकीद्वरा मानिसहरूले अत्याचार गर्नेछन् । बालकले वृद्धको अपमान गर्नेछ र तुच्छले आदरणियलाई चुनौति दिनेछ ।

  • 23मसगँ नहुने, मेरो विरुद्धमा हुन्छ, र मसँगै जम्मा नगर्नेले छरपस्ट पार्छ ।

  • 3कुनै मानिसले अझै अगमवाणी गरेमा, त्यसको बुबा र त्यसलाई जन्माउने आमाले त्यसलाई भन्‍नेछन्, ‘तँ बाँच्नेछैनस्, किनभने तैँले परमप्रभुको नाउँमा झुटो बोल्छस्!’ अनि त्यसको बुबा र त्यसलाई जन्माउने आमाले त्यसले अगमवाणी बोल्दा त्यसलाई छेडिदिनेछन् ।

  • 12तब तिमीहरूले त्यसलाई आफ्नो बुबा वा आमाको निम्ति केही गर्न दिँदैनौ ।

  • 29प्रत्येक जसले मेरो नामको खातिर घरबार, दाजुभाइ, दिदी-बहिनीहरू, बुबा, आमा, बालबच्‍चाहरू वा देश त्यागेको छ, उसले सय गुणा प्राप्‍त गर्नेछ र अनन्त जीवनको अधिकार पाउनेछ ।

  • 7किनकि जातिको विरुद्धमा जाति खडा हुनेछ, र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । विभिन्‍न ठाउँमा अनिकाल हुनेछ र भूकम्पहरू जानेछन् ।

  • 10यसकारण तेरै बिचमा बुबाहरूले छोराछोरीलाई र छोराहरूले आफ्‍ना बुबाहरूलाई खानेछन्‌, किनकि म तँमाथि दण्‍ड ल्‍याउनेछु र तेरा बाँचेकाहरू सबैलाई चारैतिर तितरबितर पारिदिनेछु ।

  • 6म तपाईंको दासीका दुई जना छोरा थिए र तिनीहरू खेतमा एक-आपसमा झगडा गरे र तिनीहरूलाई छुट्टाउने त्‍यहाव कोही पनि थिएन । एउटाले अर्कोलाई प्रहार गर्‍यो र त्यसलाई मार्‍यो ।

  • 42तिनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।

  • 4किनकि तिनीहरूले तिमीहरूका छोराहरूले अरू देवी-देवताहरूलाई पुजून् भनेर मलाई पछ्याउनबाट तिनीहरूलाई तर्काउने छन् । त्यसैले परमप्रभुको क्रोध तिमीहरूको विरुद्धमा दन्कने छ, र उहाँले तत्काल तिमीहरूलाई नष्‍ट गर्नुहुने छ ।

  • 35जसले परमेश्‍वरको इच्छालाई पालन गर्छ, तिनीहरू नै मेरा भाइहरू र बहिनीहरू र मेरी आमा हुन् ।”

  • 18कुनै मानिसको हठी र विर्दोही छोरो छ जसले आफ्ना बुबा वा आमाको कुरा मान्दैन वा र तिनीहरूले त्यसलाई सुधार्दा पनि त्यो सुध्रदैन भने

  • 23जसले मलाई घृणा गर्छ, त्यसले मेरा पितालाई पनि घृणा गर्छ ।