यहेज्केल 17:3

अनलक शाब्दिक बाइबल

यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः ठुला पखेटा र धैरै रङ्का लामा सुन्‍दर प्‍वाँखहरू भएको एउटा ठुलो चील उडेर लेबनानमा आयो, र देवदारुको टुप्‍पामा बस्‍यो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 48:40 : 40 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “शत्रु मोआबमाथि आफ्नो पखेटा फैलाउँदै गरुडझैं उडेर आउनेछ ।
  • हो 8:1 : 1 ¶ “तुरही फुक्‍न तयार होओ! परमप्रभुको मन्‍दिरमाथि एउटा गरुड आउँदैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्ध बागी भएका छन् ।
  • दानी 4:22 : 22 हे महाराजा, त्यो रूख हजुर नै हुनुहुन्छ, जो ज्‍यादै शक्तिशाली हुनुभएको छ । हजुरको महान्‌ता बढेर आकाशसम्म पुगेको छ, र हजुरको अधिकार पृथ्वीको पल्‍लो छेऊसम्मै पुगेको छ ।
  • यहे 17:7 : 7 तर त्यहाँ ठुला पखेटा र धेरै प्‍वाखले भएको अर्को एउटा ठुलो चील थियो । हेर, त्‍यस दाखको बोटले आफू रोपिएको ठाउँबाट आफ्‍ना जराहरू त्‍यो चीलतिर फर्कायो र आफ्‍ना हाँगाहरू त्‍यही चीलतिर नै फैलायो, यसरी त्‍यसले पानी पाउन सकोस् ।
  • यहे 17:12-21 : 12 “विद्रोही घरानालाई भन्, 'यी कुराको अर्थ के हुन्‍छ भनी तिमीहरू जान्‍दैनौ? बेबिलोनको राजा यरूशलेममा आयो, र त्‍यसका राजा र शासकहरूलाई लियो र तिनीहरूलाई आफूसँग बेबिलोनमा लग्‍यो । 13 तब त्‍यसले राजकीय वंशमध्‍येको एक जनालाई लियो, ऊसित एउटा करार गर्‍यो र उसलाई शपथले बाँध्यो । उसले देशका शक्तिशाली मानिसहरूलाई लग्‍यो, 14 यसरी त्‍यो राज्‍य निर्बल रहोस्‌ र फेरि खडा हुन नसकोस् । उसको करार पालन गरेर देश रहन सकोस्‌ । 15 तर मिश्रदेशबाट घोडाहरू र फौज झिकाउनलाई यरूशलेमका राजाले उसको विरुद्धमा विद्रोह गरेर मिश्रदेशमा आफ्‍ना राजदूतहरू पठायो । के त्‍यो सफल हुनेछ र? के यस्‍ता कुराहरू गर्ने मानिस उम्‍कन सक्‍छ र? करार भङ्ग गरेपछि पनि के त्‍यो उम्‍कन सक्‍छ र? 16 जस्‍तो म जीवित छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— उसलाई राजा बनाउने राजाको देशमा नै ऊ मर्नेछ, जुन राजाको शपथलाई उसले तुच्‍छ ठान्‍यो र जसको करारलाई उसले भङ्ग गर्‍यो । बेबिलोनको बिचमा ऊ मर्नेछ । 17 फारोले आफ्ना शक्तिशाली फौज र ठुलो दलको साथमा लडाइँमा उसलाई सहायता गर्नेछैन । त्‍यति बेला धेरै जना मानिसलाई नाश गर्न ठुला घेरा-मचान तयार गरिन्‍छन्‌ र घेरा हाल्‍नलाई पर्खालहरू बनाइन्‍छन्‌ । 18 किनकि त्‍यो राजाले करार भङ्ग गरेर उसको शपथलाई अपमान गर्‍यो । हेर, उसले प्रतिज्ञा गर्नको निम्ति आफ्‍नो हात पसार्‍यो तापनि उसले यी कामहरू गर्‍यो । ऊ उम्कनेछैन । 19 यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जस्‍तो म जीवित छु, मेरो शपथलाई उसले अपमान गरेको र मेरो करारलाई उसले भङ्ग गरेको होइन र? त्यसैले उसको दण्ड म उसकै शिरमा खन्‍याइदिनेछु । 20 म आफ्‍नो जाल त्‍यसमाथि फिंजाउनेछु र मेरो शिकारी जालमा ऊ पर्नेछ । तब म उसलाई बेबिलोनमा लानेछु, र उसले मलाई धोका दिंदा उसले मप्रति गरेको विद्रोहको निम्‍ति म उसको न्‍याय गर्नेछु । 21 उसका शरणार्थी फौज सबै तरवारले मारिनेछन्, र बाँचेकाहरू चारैतिर तितरबितर हुनेछन्‌ । तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् । यो हुनेछ भनी मैले घोषणा गरेको हुँ ।
  • दानी 2:38 : 38 मानवजातिहरू बस्‍ने ठाउँ उहाँले हजुरका हातमा दिनुभएको छ । जमिनका पशुहरू र आकाशका चराहरू उहाँले हजुरका हातमा दिनुभएको छ, र ती माथि हजुरलाई शासन गर्ने बनाउनुभएको छ । हजुर नै त्यस सालिकको सुनको शिर हुनुहुन्छ ।
  • यिर्मि 49:16 : 16 तेरो त्रासको विषयमा, ए चट्टानका ठाउँहरूमा बस्‍ने बासिन्दाहरू हो, तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ, गरुडले झैं तैंले आफ्नो गुँड अग्लो ठाउँमा बनाउन भनेर अग्ला डाँडाका टाकुराहरू ओगटेर बस्‍नेहरू हो, म त्यहाँबाट तँलाई तल झार्नेछु, यो परमप्रभुको घोषणा हो ।
  • विलाप 4:19 : 19 हामीले खेद्‍नेहरू आकाशका चीलहरूभन्दा पनि छिटा थिए । तिनीहरूले हामीलाई पहाडहरूसम्मे खेदे, र उजाड-स्थानमा हामीलाई ढुकिबसे ।
  • व्यव 28:49 : 49 परमप्रभुले धेरै टाढाबाट अर्थात् पृथ्वीको छेउबाट आफ्नो सिकारको लागि झम्टने गरुडझैँ तिमीहरूको विरुद्धमा एउटा जातिलाई ल्याउनुहुने छ जसको भाषा तिमीहरू बुझ्दैनौ ।
  • २ राजा 24:10-16 : 10 त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका सेनाले यरूशलेमलाई आक्रमण गर्‍यो र सहरलाई घेरा हाल्‍यो । 11 बेबिलोनका राजा नबूकदनेसरका सिपाहीहरूले सहरलाई घेरा हालेकै समयमा तिनी सहरमा आए, 12 र यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका सेवकहरू, राजकुमारहरू र तिनका अधिकारीहरू बेबिलोनका राजाकहाँ गए । बेबिलोनका राजाले आफ्नो शासनकालको आठौँ वर्षमा तिनलाई समाते । 13 नबूकदनेसरले परमप्रभुको मन्दिर र राजदरबारबाट सबै मूल्यवान थोकहरू लगे । परमप्रभुले भन्‍नुभएझैँ इस्राएलका राजा सोलोमनले परमप्रभुको मन्दिरमा बनाएका सबै सुनका सामानहरू तिनले काटेर निकाले । 14 तिनले जम्मै इस्राएल, सबै अगुवा, सबै योद्धा, सबै कारीगार र सुनारहरू गरी दस हजारलाई कैद गरेर लगे । देशमा सबैभन्दा गरिबहरूबाहेक कोही छाडिएन । 15 नबूकदनेसरले यहोयाकीन, राजाकी आमा, राजाका पत्‍नीहरू, अधिकारीहरू र देशका मुख्य-मुख्य मानिसहरूलाई बेबिलोनमा कैद गरेर लगे । तिनले यरूशलेमदेखि बेबिलोनमा तिनीहरूलाई कैद गरेर लगे । 16 लडाइँको निम्ति सुयोग्य सबै सात हजार योद्धा र एक हजार कारीगार र सुनार, युद्धको निम्‍ति सुयोग्‍य सबै मानिसहरू— बेबिलोनका राजाले तिनीहरूलाई बेबिलोनमा कैद गरेर लगे ।
  • २ इति 36:9-9 : 9 यहोयाकीन ले राज्य गर्न सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा तीन महिना दश दिन राज्य गरे । तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो, त्यही गरे । 10 बसन्त ऋतुमा राजा नबूकदनेसरले मानिसहरू पठाएर परमप्रभुको मन्दिरका मूल्यवान सामानहरूको साथमा तिनलाई बेबिलोनमा ल्याए, र तिनका आफन्त सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए ।
  • यिर्मि 4:13 : 13 हेर, बादलले झैं उहाँले आक्रमण गर्दै हुनुहुन्छ, र उहाँका रथहरू आँधीजस्ता छन् । उहाँका घोडाहरू गरुडहरूभन्दा छिटो कुद्छन् । हामीलाई धिक्‍कार छ, किनकि हामी सर्वनाश हुनेछौं ।
  • यिर्मि 22:23-28 : 23 तँ जो 'लेबनान' मा बस्‍छस्, जुन देवदारुले बनेका घरहरू हुन्, प्रसव-वेदनमा भएकी स्‍त्रीलाई जस्तै तँमाथि पीडा आउँदा तँ कसरी तँमाथि दया गरिनेछ र ।” 24 “यो परमप्रभुको घोषणा हो, जस्तो म जीवित छु, ए यहूदाका राजा यहोयाकीमको छोरो यहोयाकीन, तँ मेरो हातको छाप-औंठी होस्, म तँलाई धुजाधुजा पार्नेछु । 25 किनकि मैले तँलाई तेरो ज्यान लिन खोज्नेहरूको हातमा र जससँग तँ डराउँछस् तिनीहरूकै हातमा, बेबिलोनका राजा नबूकदनेसर र कल्दीहरूको हातमा सुम्पिदिएको छु । 26 तँलाई र तँलाई जन्म दिने तेरी आमालाई म आर्को देशमा फल्‍नेछु, जुन देशमा तँ जन्‍मेको थिइनस् र त्यहाँ तिमीहरू मर्नेछौ । 27 यस देशको बारेमा जहाँ तिनीहरू फर्केर आउन इच्‍छा गर्नेछन्, तिनीहरू यहाँ फर्केर आउनेछैनन् । 28 के यो तिरस्कृत र टुक्रटुक्रा भएको भाँडो हो? के यो मानिस यहोयाकीन एउटा त्‍यस्‍तो भाँडो हो जसले कसैलाई खुसी पार्दैन? ऊ र उसका सन्तानहरूलाई किन तिनीहरूले बाहिर फालेका छन् र तिनीहरूले नचिनेका देशमा तिनीहरूलाई पठाएका छन्?
  • यिर्मि 24:1 : 1 ¶ परमप्रभुले मलाई केही कुरो देखाउनुभयो । हेर, परमप्रभुको मन्दिरको सामु अञ्जीरका दुईवटा डाला राखिएका थिए । (बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन, यहूदाका अधिकारीहरू, कारीगरहरू, र धातुका काम गर्नेहरूलाई यरूशलेमबाट कैद गरेर लगेको र तिनीहरूलाई बेबिलोनमा ल्‍याएको समयपछि यो दर्शन देखियो ।)
  • दानी 7:4 : 4 पहिलोचाहिं सिंहजस्‍तो देखिन्‍थ्‍यो तर त्‍यसका चीलका पखेटाहरू थिए । मैले हेर्दै गर्दा, त्यसका पखेटाहरू च्यातिए र जमिनबाट त्‍यसलाई माथि उठाइयो र मानिसझैं दुई खुट्टामा त्यसलाई खडा गरियो । त्यसलाई मानिसको मन दिइएको थियो ।
  • मत्त 24:28 : 28 जहाँ सिनो छ, त्यहाँ गिद्धहरू भेला हुनेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 17:22-24
    3 पदहरू
    82%

    22परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'यसैले त्‍यो देवदारुको सबैभन्‍दा टुप्‍पाको भाग म नै लिएर जानेछु, र म त्यसलाई त्यसका कोमल हाँगादेखि टाढा रोप्‍नेछु । त्यसलाई म भाँच्नेछु र त्यसलाई एउटा उच्‍च पर्वतमा रोप्‍नेछु ।

    23त्यसलाई इस्राएलको पर्वतहरूमा रोप्‍नेछु, ताकि त्‍यसमा हाँगाहरू पलाउनेछन् र फल फलाउनेछ, र त्‍यो एउटा सुन्‍दर देवदारु होस् ताकि पखेटा भएका हरेक चरा त्योमुनि बस्‍न सकोस् । त्यसका हाँगाहरूका छायामा तिनीहरूले गुँड लागाउन सकून् ।

    24तब मैदानका सबै रूखले म नै परमप्रभु हुँ भनी जान्‍नेछन् । म अग्‍लो रूखलाई होचो बनाउनेछु, र होचो रूखलाई अल्‍गो बनाउनेछु । पानी पाएको रूखलाई म सुकाइदिन्छु र सुकेको रूखलाई म हरियो बनाउँछु । म परमप्रभु हुँ । मैले नै यो कुरा हुनेछ भनी घोषणा गरेको छु । अनि मैले यो गरेको छु ।

  • यहे 17:1-2
    2 पदहरू
    82%

    1¶ परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

    2“ए मानिसको छोरो, इस्राएलका घरानालाई एउटा उखान भन् र एउटा दृष्‍टान्‍त प्रस्‍तुत गर् ।

  • यहे 17:4-9
    6 पदहरू
    81%

    4त्‍यसले हाँगाहरूका टुप्‍पाहरू भाँच्‍यो र ती कनान देशमा लिएर गयो । त्‍यसले त्‍यो व्यापारीहरूका एउटा सहरमा रोप्‍यो ।

    5त्‍यसले देशको केही बिउ लग्‍यो र ती मलिलो जमिनमा रोप्‍यो । त्‍यसले बैंसको बोटजस्‍तै प्रशस्‍त पानी भएको ठाउँमा त्‍यो रोप्‍यो ।

    6तब त्‍यो उम्‍य्रो र जमिनमा झुकेर फैलिएको दाखको बोटजस्‍तो भयो । त्‍यसका हाँगाहरू ऊतिर फर्किए र त्‍यसका जराहरूचाहिं भित्रै बढे । यसरी त्‍यो एउटा दाखको बटो भयो र त्‍यसका हाँगाहरू र मुनाहरू पलाए ।

    7तर त्यहाँ ठुला पखेटा र धेरै प्‍वाखले भएको अर्को एउटा ठुलो चील थियो । हेर, त्‍यस दाखको बोटले आफू रोपिएको ठाउँबाट आफ्‍ना जराहरू त्‍यो चीलतिर फर्कायो र आफ्‍ना हाँगाहरू त्‍यही चीलतिर नै फैलायो, यसरी त्‍यसले पानी पाउन सकोस् ।

    8प्रशस्‍त पानीको छेउमा एउटा राम्रो जमिनमा त्‍यो लगाइएको थियो, जसले गर्दा एउटा शानदार दाखको बोट हुनलाई त्‍यसमा हाँगाहरू पलाओस्, फलहरू पलोस् ।’

    9मानिसहरूलाई भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः के त्‍यो सप्रला त? के त्‍यो जरैसमेत उखेलिंदैन र त्‍यसका फलहरू टिपिंदैनन्, र त्‍यो ओइलाउनेछैन र? त्‍यसलाई जरैसमेत उखेल्‍नलाई बलियो हात वा धेरै मानिसहरू आवश्‍यक हुनेछैन्‌ ।

  • 3हेर्! लेबनानमा अश्शूर, सुन्दर हाँगाहरू भएको लेबनानको एउटा देवदारु थियो, जसले वनलाई छाया दियो, र त्यो उचाइमा सबैभन्दा अग्लो थियो, र त्यसका हाँगाहरू टुप्पोसम्म पुगेका थिए ।

  • यहे 31:5-10
    6 पदहरू
    75%

    5मैदानका अरू सबै रूखभन्दा त्यसको उचाइ धेरै थियो, र त्यसका हाँगाहरू धेरै भए । पानी प्रशस्त भएको कारणले त्यसका हाँगाहरू लामा-लामा भए ।

    6आकाशका हरेक चराले त्यसका हाँगाहरूमा गुँड बनाए, र त्यसका शितल छहारीमा जमिनका सारा प्रानीले बच्‍चा जन्माए । धेरै जातिहरूका सबैले त्यसको छायामुनि बास गरे ।

    7त्यसको महान्‌तामा त्यो सुन्दर थियो र त्यसका हाँगाहरू लामा-लामा थिए, किनकि त्यसका जराहरू प्रशस्त पानीमा थिए ।

    8परमेश्‍वरका बगैंचाका देवदारुहरू पनि त्योबराबर थिएनन् । कुनै पनि सल्लाको रूखका हाँगाहरू त्यसकोझैं थिएनन्, र चिनारको रूख त्यसका हाँगाहरूसित दाँज्न सकिंदैनथ्यो । परमेश्‍वरको बगैंचामा त्यसको सुन्दरतासँग मेल गर्न सकिने कुनै अर्को रूख थिएन ।

    9मैले त्यसका धेरै हाँगासित त्यसलाई सुन्दर बनाएँ र परमेश्‍वरको बगैंचामा भएका अदनका सबै रूखले त्यसको डाह गर्थे ।

    10यसैकारण परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: त्यो उचाइमा अग्लो भएको कारण, र त्यसको टुप्पो त्यसका हाँगाहरूका बिचमा भएको हुनाले, आफ्नो उचाइको कारण त्यो घमण्डले फुल्यो ।

  • 4तिमीहरू गरूडझैं उचाइमा उडे पनि र तिमीहरूको गुँड ताराहरूका बिचमा भए पनि, तिमीहरूलाई त्यहाँबाट म तल ल्याउनेछु, परमप्रभु भन्‍नुहुन्छ ।

  • 11आफ्नो गुँडलाई रक्षा गर्ने र आफ्ना बचेराहरूमाथि पखेटा फटफटाउने गरुडले झैँ परमप्रभुले आफ्ना पखेटा फैलाई तिनीहरूलाई थाम्‍नुभयो र तिनीहरूलाई आफ्ना प्वाँखमा बोक्‍नुभयो ।

  • 27के तेरो आज्ञामा गिद्ध माथि-माथि उड्ने हो र अग्ला ठाउँहरूमा आफ्ना गुँडहरू बनाउने हो?

  • 17माछा मार्ने चील र जल कौवा खानुहुँदैन ।

  • 14तिनले ठुलो सोरमा कराए र यसो भने, ‘त्यो रूख र त्यसका हाँगाहरू काट, त्यसका पातहरू टिपेर फाल र त्यसका फललाई छरपष्‍ट पार । त्यसको छहारीमुनिबाट पशुहरू भागून् र चराहरू त्यसका हाँगाहरूबाट उडून् ।

  • 16तेरो त्रासको विषयमा, ए चट्टानका ठाउँहरूमा बस्‍ने बासिन्दाहरू हो, तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ, गरुडले झैं तैंले आफ्नो गुँड अग्लो ठाउँमा बनाउन भनेर अग्ला डाँडाका टाकुराहरू ओगटेर बस्‍नेहरू हो, म त्यहाँबाट तँलाई तल झार्नेछु, यो परमप्रभुको घोषणा हो ।

  • 11तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • दानी 4:20-21
    2 पदहरू
    70%

    20हजुरले देख्‍नुभएको त्यो रूख, जुन बढेर धेरै बलियो भयो, र जसको टुप्पो आकाशसम्मै पुग्यो, र जुन पृथ्वीको छेऊबाट पनि देखिन्थ्यो,

    21र जसका पातहरू सुन्दर थिए, र जसको फल प्रशस्त थियो, जसले गर्दा सबैले यसैमा खानेकुरो पाउँथे, र यसको मुनि जमिनका पशुहरूले छहारी पाउँथे, र जसमा आकाशका चराहरूले वास गर्थे,

  • दानी 4:11-12
    2 पदहरू
    70%

    11त्यो रूख बढ्यो र बलियो भयो । त्यसको टुप्पो आकाशसम्मै पुग्यो, र पृथ्वीको पल्‍लो छेउबाट पनि त्यो देख्‍न सकिन्थ्यो ।

    12त्यसका पातहरू सुन्दर थिए, त्यसका फल प्रशस्त थिए, र त्यसमा सबैको निम्ति खानेकुरो थियो । जङ्गली पशुहरूले त्यसमुनि छाहरी पाउँथे, र आकाशका चराहरूले त्यसका हाँगाहरूमा वास गर्थे । सबै जीवित प्राणीहरूले त्यसैबाट खान्थे ।

  • यहे 32:3-4
    2 पदहरू
    70%

    3परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः धेरै मानिसहरूका भीडमा म तँमाथि एउटा जाल फिंजाउनेछु, र तिनीहरूले तँलाई मेरो जालमा उठाउनेछन् ।

    4तँलाई म देशमा त्याग्‍नेछु । म तँलाई मैदानमा फल्‍नेछु र आकाशका सबै चरालाई तँमाथि बस्‍न लगाउनेछु । पृथ्वीका सारा जीवित पशुहरूको भोक तँद्वारा नै मेटिनेछ ।

  • व्यव 14:12-13
    2 पदहरू
    70%

    12तर तिमीहरूले यी पक्षीहरूचाहिँ नखानूः गरुड, गिद्ध, कालो गिद्ध,

    13सबै थरीका रातो चील, कालो चील ।

  • 10त्‍यसको छायाले पहाडहरूलाई, त्‍यसका हाँगाहरूले परमेश्‍वरका देवदारुहरूलाई ढाक्यो ।

  • यहे 15:1-2
    2 पदहरू
    70%

    1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

    2“ए मानिसको छोरो, वनका अरू कुनै रूखका हाँगाहरूभन्‍दा दाखका बोटको कसरी असल हुन्‍छ?

  • 17चराहरूले त्‍यहाँ गुँड बनाउँछन् । सारसले सल्लाका रूखहरूलाई आफ्नो घर बनाउँछ ।

  • 4पहिलोचाहिं सिंहजस्‍तो देखिन्‍थ्‍यो तर त्‍यसका चीलका पखेटाहरू थिए । मैले हेर्दै गर्दा, त्यसका पखेटाहरू च्यातिए र जमिनबाट त्‍यसलाई माथि उठाइयो र मानिसझैं दुई खुट्टामा त्यसलाई खडा गरियो । त्यसलाई मानिसको मन दिइएको थियो ।

  • 17त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ भयो,

  • लैव्य 11:17-18
    2 पदहरू
    69%

    17तिमीहरूले यी पक्षीहरूलाई पनि घृणा गर्नू, सानो र ठुलो लाटोकोसेरो, जलकाग,

    18राजहंस र धनेस, माछा खाने चील,

  • 13आकाशका सबै चरा त्यो ढलेको रूखको मुढोमाथि बसे, र जमिनका सबै पशु त्यसका हाँगाहरू भएको ठाउँमा आए ।

  • 23तेरा सन्देशवाहकहरूद्वारा तैँले परमप्रभुको गिल्ला गरेको छस्, र भनेको छस्, 'मेरा धेरै रथहरूसँगै म पर्वतहरूका टाकुराहरूमा, लेबनानका सबैभन्दा उच्‍च टाकुराहरूमा उक्लेको छु । म त्यहाँका अग्ला-अग्ला देवदारुका रुखहरू र सबैभन्दा असल सल्लाका रुखहरू काटेर ढाल्‍नेछु । म त्यसको पल्लो कुनामा, त्यसको सबैभन्दा फलदायी वनभित्र प्रवेश गर्नेछु ।

  • 1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 24तेरो सेवकहरूद्वारा तैंले परमप्रभुको निन्दा गरेको छस् र भनेको छस्, 'मेरा असंख्या रथहरूसहित पहाडहरूको उच्‍च स्थानहरूमा र लेबनानको उच्‍च ठाउँहरूमा म गएको छु । यसका अग्‍ला-अग्‍ला देवदारुहरू र यसका असल-असल सल्ला रूखहरूलाई म काट्नेछु र यसका सबभैभन्दा उच्‍च स्थानहरू, यसका सबभन्दा बढी फलदायी जङ्गलहरूमा म पस्‍नेछु ।

  • 1¶ ए लेबनान तेरा ढोकाहरू खोल्, ताकि आगोले तेरा देवदारुहरूलाई भस्म पारोस्!

  • 20म आफ्‍नो जाल त्‍यसमाथि फिंजाउनेछु र मेरो शिकारी जालमा ऊ पर्नेछ । तब म उसलाई बेबिलोनमा लानेछु, र उसले मलाई धोका दिंदा उसले मप्रति गरेको विद्रोहको निम्‍ति म उसको न्‍याय गर्नेछु ।

  • 1¶ “तुरही फुक्‍न तयार होओ! परमप्रभुको मन्‍दिरमाथि एउटा गरुड आउँदैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्ध बागी भएका छन् ।