अय्यूब 39:27

अनलक शाब्दिक बाइबल

के तेरो आज्ञामा गिद्ध माथि-माथि उड्ने हो र अग्ला ठाउँहरूमा आफ्ना गुँडहरू बनाउने हो?

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 49:16 : 16 तेरो त्रासको विषयमा, ए चट्टानका ठाउँहरूमा बस्‍ने बासिन्दाहरू हो, तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ, गरुडले झैं तैंले आफ्नो गुँड अग्लो ठाउँमा बनाउन भनेर अग्ला डाँडाका टाकुराहरू ओगटेर बस्‍नेहरू हो, म त्यहाँबाट तँलाई तल झार्नेछु, यो परमप्रभुको घोषणा हो ।
  • ओबद 1:4 : 4 तिमीहरू गरूडझैं उचाइमा उडे पनि र तिमीहरूको गुँड ताराहरूका बिचमा भए पनि, तिमीहरूलाई त्यहाँबाट म तल ल्याउनेछु, परमप्रभु भन्‍नुहुन्छ ।
  • हो 8:1 : 1 ¶ “तुरही फुक्‍न तयार होओ! परमप्रभुको मन्‍दिरमाथि एउटा गरुड आउँदैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्ध बागी भएका छन् ।
  • निर्ग 19:4 : 4 मैले मिश्रीहरूलाई के गरेँ, र मैले कसरी तिमीहरूलाई गरुडको पखेटामा बोकेर मकहाँ ल्याएँ भनी तिमीहरूले देखेका छौ ।
  • लैव्य 11:13 : 13 तिमीहरूले घृणा गर्नुपर्ने र खान नहुने पक्षीहरू यी हुन्ः गरुड, गिद्ध,
  • भजन 103:5 : 5 उहाँले तिम्रो जीवनलाई असक थोकहरूले सन्‍तुष्‍ट पार्नुहुन्छ, ताकि तिम्रो जवानी चीलको झैं नयाँ हुन्‍छ ।
  • नीति 23:5 : 5 के यसमाथि तेरो आँखाको ज्योति चम्कन दिन्छस्? यो बितेर जाने छ, किनकि गरुडका झैँ यसका पखेटाहरू पलाउने छन् र यो आकाशमा उडेर जाने छ ।
  • यशा 40:31 : 31 तर परमप्रभुमा आशा गर्नेहरूले आफ्‍नो बललाई नयाँ बनाउनेछन् । तिनीहरू चिलहरू झैं पखेटाहरूले माथि-माथि उड्नेछन् । तिनीहरू दौडनेछन् र हैरान हुनेछैनन् । तिनीहरू हिंड्नेछन् र मूर्छा पर्नेछैनन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 26के तेरो बुद्धिद्वारा बाज माथि-माथि उड्ने हो र दक्षिणतिर त्यसले आफ्नो पखेटा फिंजाउने हो?

  • अय्यू 39:28-29
    2 पदहरू
    83%

    28त्यो पहरामा बस्छ र पहराकै टाकुरामा त्यसले आफ्नो घर बनाउँछ जुन किल्‍लाझैं हुन्छ ।

    29त्यहाँबाट त्यसले सिकारहरूको खोजी गर्छ । त्यसका आँखाले धेरै टाढाबाट तिनलाई देख्छन् ।

  • 11आफ्नो गुँडलाई रक्षा गर्ने र आफ्ना बचेराहरूमाथि पखेटा फटफटाउने गरुडले झैँ परमप्रभुले आफ्ना पखेटा फैलाई तिनीहरूलाई थाम्‍नुभयो र तिनीहरूलाई आफ्ना प्वाँखमा बोक्‍नुभयो ।

  • अय्यू 39:12-14
    3 पदहरू
    78%

    12तेरो अन्‍न घरमा ल्‍याउन, अन्‍लाई तेरो खलामा जम्मा गर्न, के त्यसमाथि तँ भर पर्छस् र?

    13शुतुरमुर्गका पखेटा हर्षोल्लाससाथ चल्छन्, तर के ती प्रेमका पखेटाहरू र पुच्‍छर हुन् र?

    14किनकि त्यसले भुइँमा आफ्ना फुलहरू छोड्छ, र ती त्‍यसले धूलोमा नै तातो हुन दिन्छ ।

  • ओबद 1:3-4
    2 पदहरू
    76%

    3ए चट्टानका छेदहरूमा, आ-आफ्ना अग्ला घरहरूमा बस्‍नेहरू हो । आ-आफ्ना हृदयमा यसो भन्‍नेहरू “कसले मलाई तल जमिनमा खसाल्‍छ र?” तिमीहरूको हृदयको घमण्डले तिमीहरूलाई धोका दिएको छ ।

    4तिमीहरू गरूडझैं उचाइमा उडे पनि र तिमीहरूको गुँड ताराहरूका बिचमा भए पनि, तिमीहरूलाई त्यहाँबाट म तल ल्याउनेछु, परमप्रभु भन्‍नुहुन्छ ।

  • 15लाटोकोसेराहरूले गुँड बनाउनेछन्, अण्डा पार्नेछन्‌ कोरल्नेछन् र तिनीहरूका बचेराहरूको संरक्षण गर्नेछन् । हो, त्यहाँ आ-आफ्ना जोडीसँग बाजहरू भेला हुनेछन् ।

  • 17चराहरूले त्‍यहाँ गुँड बनाउँछन् । सारसले सल्लाका रूखहरूलाई आफ्नो घर बनाउँछ ।

  • 3यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः ठुला पखेटा र धैरै रङ्का लामा सुन्‍दर प्‍वाँखहरू भएको एउटा ठुलो चील उडेर लेबनानमा आयो, र देवदारुको टुप्‍पामा बस्‍यो ।

  • 16तेरो त्रासको विषयमा, ए चट्टानका ठाउँहरूमा बस्‍ने बासिन्दाहरू हो, तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ, गरुडले झैं तैंले आफ्नो गुँड अग्लो ठाउँमा बनाउन भनेर अग्ला डाँडाका टाकुराहरू ओगटेर बस्‍नेहरू हो, म त्यहाँबाट तँलाई तल झार्नेछु, यो परमप्रभुको घोषणा हो ।

  • 3हे सर्वशक्तिमान् परमप्रभु, मेरो राजा, र मेरो परमेश्‍वर, भँगेराले आफ्नो गुँड, अनि गौंथलीले तपाईंको वेदीहरूको नजिकै त्यसका बचेराहरू राख्‍न आफ्नो गुँड भेट्टाएको छ ।

  • व्यव 14:12-13
    2 पदहरू
    71%

    12तर तिमीहरूले यी पक्षीहरूचाहिँ नखानूः गरुड, गिद्ध, कालो गिद्ध,

    13सबै थरीका रातो चील, कालो चील ।

  • अय्यू 38:39-41
    3 पदहरू
    71%

    39के सिंहनीको निम्ति तैंले सिकार खोज्न सक्छस्, अर्थात् त्यसका डमरूहरूको भोकलाई तृप्‍त पार्न सक्छस्,

    40जति बेला तिनीहरू आफ्नो खोरमा ढुकिबस्छन्, अनि गुप्‍तमा लुकेर पर्खिरहन्‍छन्?

    41कागका बचेराहरूले परमेश्‍वरमा पुकारा गर्दा, र खानेकुराको अभावले भाउन्‍न हुँदा, कसले तिनलाई आहार जुटाइदिन्छ?

  • लैव्य 11:13-14
    2 पदहरू
    70%

    13तिमीहरूले घृणा गर्नुपर्ने र खान नहुने पक्षीहरू यी हुन्ः गरुड, गिद्ध,

    14चील, सबै प्रकारका बेसारो,

  • 5उहाँले तिम्रो जीवनलाई असक थोकहरूले सन्‍तुष्‍ट पार्नुहुन्छ, ताकि तिम्रो जवानी चीलको झैं नयाँ हुन्‍छ ।

  • 7कुनै पनि सिकारी चरालाई त्यहाँ जाने बाटो थाहा हुँदैन, न त बाजको आँखाले त्‍यसलाई देखेको छ ।

  • 5के यसमाथि तेरो आँखाको ज्योति चम्कन दिन्छस्? यो बितेर जाने छ, किनकि गरुडका झैँ यसका पखेटाहरू पलाउने छन् र यो आकाशमा उडेर जाने छ ।

  • लैव्य 11:17-18
    2 पदहरू
    69%

    17तिमीहरूले यी पक्षीहरूलाई पनि घृणा गर्नू, सानो र ठुलो लाटोकोसेरो, जलकाग,

    18राजहंस र धनेस, माछा खाने चील,

  • 40किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “शत्रु मोआबमाथि आफ्नो पखेटा फैलाउँदै गरुडझैं उडेर आउनेछ ।

  • व्यव 14:15-17
    3 पदहरू
    69%

    15र अस्ट्रिच, ठुलो लाटोकोसेरो, समुद्री चरो, सबै थरीका बाज,

    16सानो लाटोकोसेरो, ठुलो लाटोकोसेरो, सेतो लाटोकोसेरो, मरुभूमिको लाटोकोसेरो,

    17माछा मार्ने चील र जल कौवा खानुहुँदैन ।

  • 11जसले पृथ्वीका जन्तुहरूलाई भन्दा बढी हामीलाई सिकाउनुहुन्छ, र जसले आकाशका चराहरूलाई भन्दा बढी हामीलाई बुद्धिमानी बनाउनुहुन्छ?'

  • 6कुनै बाटो वा रुख वा भुइँमा बचेरो वा फुलमा माउ बसिरहेको देख्यौ भने माउलाई बचेरोसँगै नलैजानू ।

  • 14एउटा गुँडबाट झैं, मेरा हातले जातिहरूका सम्पत्ति समातेको छ, र छोडिएको अण्डाहरू कसैले बटुलेझैं, मैले सारा पृथ्वीलाई बटुलेको छु । कसैले पनि आफ्‍ना पखेटाहरू चलाएनन् वा आफ्‍ना मुख खोलेनन् वा चिरबिर आवाज निकालेनन् ।”

  • 19घोडालाई त्यसको शक्ति तैंले दिएको हो? त्यसको गर्दनमा जगरले पहिराएको तैंले हो?

  • अय्यू 38:33-34
    2 पदहरू
    68%

    33के तैंले आकाशको शासन गर्ने नियमहरूलाई जानेको छस्? के तैंले आकाशको नियमलाई पृथ्वीमाथि बसाउन सक्छस्?

    34के तैंले आफ्नो सोर बादलसम्म पुर्‍याउन सक्छस्, जसले गर्दा झरीको प्रसस्‍त भलले तँलाई ढाक्‍न सक्‍छ?

  • 7तर त्यहाँ ठुला पखेटा र धेरै प्‍वाखले भएको अर्को एउटा ठुलो चील थियो । हेर, त्‍यस दाखको बोटले आफू रोपिएको ठाउँबाट आफ्‍ना जराहरू त्‍यो चीलतिर फर्कायो र आफ्‍ना हाँगाहरू त्‍यही चीलतिर नै फैलायो, यसरी त्‍यसले पानी पाउन सकोस् ।

  • 14गौंथलीझैं म चिरबिर गर्छु । ढुकुरझैं कुर्लिन्‍छु । माथितिर हेरेर मेरा आँखा थकित भएका छन् । हे परमप्रभु, म दुःखमा परेको छु । मलाई सहायता गर्नुहोस् ।

  • 5तैले चरासित खेलेझैं के तँ त्योसित खेल्नेछस् र? तेरा दासीहरूका निम्ति तैंले त्यसलाई बाँध्‍नेछस् र?

  • 9प्रभातका पखेटाहरूमा उडेर म टाढा गएँ र समुद्रपारि पल्‍लो भागमा बसें भने,

  • 6आकाशका हरेक चराले त्यसका हाँगाहरूमा गुँड बनाए, र त्यसका शितल छहारीमा जमिनका सारा प्रानीले बच्‍चा जन्माए । धेरै जातिहरूका सबैले त्यसको छायामुनि बास गरे ।

  • 12नदीका किनाराहरूमा चराहरूले आफ्‍ना गुँड बनाउँछन् । तिनीहरूले हाँगाहरूमा गाउँछन् ।

  • 19हामीले खेद्‍नेहरू आकाशका चीलहरूभन्दा पनि छिटा थिए । तिनीहरूले हामीलाई पहाडहरूसम्मे खेदे, र उजाड-स्थानमा हामीलाई ढुकिबसे ।

  • 9उहाँले पशुहरूलाई र कागहरूका बचेराहरूले पुकारा गर्दा तिनीहरूलाई भोजन दिनुहुन्छ ।

  • 1¶ म परमप्रभुमा शरण लिन्छु । तिमीहरूले मलाई कसरी भन्‍न सक्छौ, “चराझैं पहाडतिर भाग्”?

  • 12के परमेश्‍वर स्‍वर्गको उच्‍चमा हुनुहुन्‍न र? आकाशका ताराहरूको उच्‍चता हेर्नुहोस्, ती कति उच्‍चमा छन्!

  • 4उहाँले तिमीलाई आफ्‍नो पखेटाहरूले ढाक्‍नुहुनेछ र उहाँको पखेटाहरूमुनि तिमीले शरण पाउनेछौ । उहाँको सत्‍यताचाहिं ढाल र सुरक्षा हो ।