लैव्यव्यवस्था 11:13

अनलक शाब्दिक बाइबल

तिमीहरूले घृणा गर्नुपर्ने र खान नहुने पक्षीहरू यी हुन्ः गरुड, गिद्ध,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 14:12-20 : 12 तर तिमीहरूले यी पक्षीहरूचाहिँ नखानूः गरुड, गिद्ध, कालो गिद्ध, 13 सबै थरीका रातो चील, कालो चील । 14 तिमीहरूले कुनै पनि किसिमको काग, 15 र अस्ट्रिच, ठुलो लाटोकोसेरो, समुद्री चरो, सबै थरीका बाज, 16 सानो लाटोकोसेरो, ठुलो लाटोकोसेरो, सेतो लाटोकोसेरो, मरुभूमिको लाटोकोसेरो, 17 माछा मार्ने चील र जल कौवा खानुहुँदैन । 18 तिमीहरूले सारस, कुनै पनि किसिमको बकुल्ला, फाप्रे चरो र चमेरो खानुहुँदैन । 19 बथान-बथानमा उड्ने सबै किरा तिमीहरूका लागि अशुद्ध हुन् । तिमीहरूले ती खानुहुँदैन । 20 तर पखेटा भएका सबै शुद्ध प्राणी तिमीहरूले खान सक्छौ ।
  • अय्यू 28:7 : 7 कुनै पनि सिकारी चरालाई त्यहाँ जाने बाटो थाहा हुँदैन, न त बाजको आँखाले त्‍यसलाई देखेको छ ।
  • अय्यू 38:41 : 41 कागका बचेराहरूले परमेश्‍वरमा पुकारा गर्दा, र खानेकुराको अभावले भाउन्‍न हुँदा, कसले तिनलाई आहार जुटाइदिन्छ?
  • अय्यू 39:27-30 : 27 के तेरो आज्ञामा गिद्ध माथि-माथि उड्ने हो र अग्ला ठाउँहरूमा आफ्ना गुँडहरू बनाउने हो? 28 त्यो पहरामा बस्छ र पहराकै टाकुरामा त्यसले आफ्नो घर बनाउँछ जुन किल्‍लाझैं हुन्छ । 29 त्यहाँबाट त्यसले सिकारहरूको खोजी गर्छ । त्यसका आँखाले धेरै टाढाबाट तिनलाई देख्छन् । 30 त्यसका बचेराहरूले पनि रगत पिउँछन् । जहाँ लाश हुन्छ, त्यहाँ त्यो हुन्छ ।”
  • यिर्मि 4:13 : 13 हेर, बादलले झैं उहाँले आक्रमण गर्दै हुनुहुन्छ, र उहाँका रथहरू आँधीजस्ता छन् । उहाँका घोडाहरू गरुडहरूभन्दा छिटो कुद्छन् । हामीलाई धिक्‍कार छ, किनकि हामी सर्वनाश हुनेछौं ।
  • यिर्मि 4:22 : 22 मेरो जातिको मूर्खताको कारणले तिनीहरूले मलाई चिन्दैनन् । तिनीहरू निर्बुद्धी मानिसहरू हुन्, र तिनीहरूको समझशक्ति छैन । तिनीहरूमा दुष्‍ट्याइँको सिप छ, तर भलाइ गर्न जान्दैनन् ।
  • यिर्मि 48:40 : 40 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “शत्रु मोआबमाथि आफ्नो पखेटा फैलाउँदै गरुडझैं उडेर आउनेछ ।
  • विलाप 4:19 : 19 हामीले खेद्‍नेहरू आकाशका चीलहरूभन्दा पनि छिटा थिए । तिनीहरूले हामीलाई पहाडहरूसम्मे खेदे, र उजाड-स्थानमा हामीलाई ढुकिबसे ।
  • हो 8:1 : 1 ¶ “तुरही फुक्‍न तयार होओ! परमप्रभुको मन्‍दिरमाथि एउटा गरुड आउँदैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्ध बागी भएका छन् ।
  • हब 1:8 : 8 तिनीहरूका घोडाहरू चितुवाभन्दा तेज, र साँझका ब्वाँसाहरूभन्दा द्रुत छन् । यसैकारण तिनीहरूका घोडाहरूले जमिनमा कुल्चन्‍छन्, र तिनीहरूका घोडचढीहरू टाढा-टाढाबाट आउँछन्, र तिनीहरू शिकारलाई खानको निम्ति आतुर भएको गरुडझैँ उड्छन् ।
  • मत्त 24:28 : 28 जहाँ सिनो छ, त्यहाँ गिद्धहरू भेला हुनेछन् ।
  • रोमी 1:28-32 : 28 तिनीहरूको सजगतामा पनि तिनीहरूले परमेश्‍वर हुनुभएकोमा सहमत नभएका हुनाले उहाँले तिनीहरूलाई तिनीहरूका निम्ति अनुचित कुरा गर्नलाई भ्रष्‍ट मनमा छोडिदिनुभयो । 29 तिनीहरू अधार्मिकता, दुष्‍टता, लालच, र द्वेषले भरिएका छन् । तिनीहरू ईर्ष्या, हत्या, कलह, छल र दुष्‍ट विचारले पूर्ण छन् । 30 तिनीहरू कुरौटे, निन्दा गर्ने, र परमेश्‍वरलाई घृणा गर्नेहरू हुन् । तिनीहरू हिंस्रक, घमण्डी र अहङ्कारी छन् । तिनीहरू दुष्‍ट थोकहरूका आविष्कारकहरू हुन् र आफ्ना आमाबुबाप्रति अनाज्ञाकारी भएका छन् । 31 तिनीहरूमा समझ छैन, तिनीहरू अविश्‍वासयोग्य, स्वाभाविक प्रेमविनाका, र कृपारहित छन् । 32 यसो गर्नेहरू मृत्युका भागीदार हुन्छन् भन्‍ने परमेश्‍वरको नियमलाई तिनीहरू जान्दछन् । तर तिनीहरू यी थोकहरू गर्ने मात्र होइनन्, तिनीहरू यसो गर्नेहरूसँग सहमत पनि हुन्छन् ।
  • रोमी 3:13-17 : 13 तिनीहरूको घाँटी खुल्ला चिहान हो । तिनीहरूका जिब्राले छल गरेका छन् । तिनीहरूका ओठहरूमा सर्पको विष छ । 14 तिनीहरूका मुख श्राप र तिक्‍तताले भरिएका छन् । 15 तिनीहरूका खुट्टा रगत बगाउनमा द्रूत छन् । 16 विनाश र कष्‍ट तिनीहरूका मार्गहरूमा छन् । 17 यी मानिसहरूले शान्तिको मार्ग जानेका छैनन् ।
  • तीत 3:3 : 3 किनभने एक पटक हामीहरू पनि लापरवाह, अनाज्ञाकारी थियौँ । हामी बरालिएका र धेरै प्रकारका खराब इच्छाहरू र विलासिताको दासत्वमा थियौँ । हामी दुष्‍टता र ईर्ष्यामा जिउँथ्यौँ । हामी घृणित र एक अर्कालाई घृणा गर्ने मानिस थियौँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • व्यव 14:9-20
    12 पदहरू
    93%

    9पानीमा बस्‍ने यी जलजन्तुहरूमध्ये पखेटा र कत्ला भएका तिमीहरूले खान सक्छौ ।

    10तर पखेटा र कत्ला नभएकाहरूचाहिँ तिमीहरूले नखानू । ती तिमीहरूका लागि अशुद्ध हुन् ।

    11तिमीहरूले सबै शुद्ध पक्षी खान सक्छौ ।

    12तर तिमीहरूले यी पक्षीहरूचाहिँ नखानूः गरुड, गिद्ध, कालो गिद्ध,

    13सबै थरीका रातो चील, कालो चील ।

    14तिमीहरूले कुनै पनि किसिमको काग,

    15र अस्ट्रिच, ठुलो लाटोकोसेरो, समुद्री चरो, सबै थरीका बाज,

    16सानो लाटोकोसेरो, ठुलो लाटोकोसेरो, सेतो लाटोकोसेरो, मरुभूमिको लाटोकोसेरो,

    17माछा मार्ने चील र जल कौवा खानुहुँदैन ।

    18तिमीहरूले सारस, कुनै पनि किसिमको बकुल्ला, फाप्रे चरो र चमेरो खानुहुँदैन ।

    19बथान-बथानमा उड्ने सबै किरा तिमीहरूका लागि अशुद्ध हुन् । तिमीहरूले ती खानुहुँदैन ।

    20तर पखेटा भएका सबै शुद्ध प्राणी तिमीहरूले खान सक्छौ ।

  • लैव्य 11:14-23
    10 पदहरू
    86%

    14चील, सबै प्रकारका बेसारो,

    15सबै प्रकारका काग,

    16सुतुरमुर्ग र हुचील, समुद्रीचरो, र सबै प्रकारका बाज ।

    17तिमीहरूले यी पक्षीहरूलाई पनि घृणा गर्नू, सानो र ठुलो लाटोकोसेरो, जलकाग,

    18राजहंस र धनेस, माछा खाने चील,

    19सारस, सबै प्रकारका बकुल्‍ला, फाप्रेचरो र चमेरो ।

    20चार खुट्‍टाले हिँड्ने पखेटा भएका सबै किराहरू तिमीहरूका निम्ति घृणित हुन् ।

    21तर उड्ने किराहरूमा चार खुट्‍टाले हिँड्ने र जमिनमा उफ्रनको निम्ति खुट्‍टामा जोर्नीहरू भएकाहरूचाहिँ तिमीहरूले खान मिल्छ ।

    22तिमीहरूले कुनै पनि प्रकारका सलह, खुइले-सलह, किथ्रो, वा फटेङ्ग्रो पनि खान मिल्छ ।

    23तर चार खुट्‍टा भएका सबै उड्ने किराहरूचाहिँ तिमीहरूद्वारा घृणित होस् ।

  • लैव्य 11:8-12
    5 पदहरू
    80%

    8तिमीहरूले यी कुनै पशुको मासु नखानू, न त तिनीहरूको सिनु छुनू । यी तिमीहरूका निम्ति अशुद्ध हुन् ।

    9पानीमा पाइने प्राणीहरूमा सागर वा नदीहरूमा पाइने पखेटा र कत्‍ला भएका सबै तिमीहरूले खान मिल्‍छ ।

    10तर सागर वा नदीहरूका सबै जीवित प्राणीहरू र पानीमा हिँड्ने र पानीमा पाइने सबै जीवित प्राणीहरू जसका पखेटा र कत्‍ला हुँदैनन्, ती तिमीहरूले घृणा गर्नू ।

    11ती घृणित भएका हुनाले, तिमीहरूले तिनका मासु नखानू, र तिनका सिनुलाई पनि घृणा गर्नू ।

    12पानीमा पाइने प्राणी जसका पखेटा र कत्‍ला हुँदैनन्, ती तिमीहरूद्वारा घृणित होस् ।

  • लैव्य 11:41-43
    3 पदहरू
    72%

    41जमिनमा घस्रने सबै प्राणी घृणित हुनुपर्छ । ती नखानू ।

    42आफ्नो पेटले हिँड्ने, वा सबै चार खुट्‍टा प्रयोग गरी हिँड्ने, वा धेरै खुट्‍टा भएका जुनसुकै जमिनमा घस्रेर हिँड्ने प्राणी तिमीहरूले नखानू, किनकि ती घृणित हुनुपर्छ ।

    43कुनै पनि घस्रने प्राणीबाट तिमीहरू अशुद्ध नहुनू; आफूलाई अपवित्र बनाउने गरी तीबाट तिमीहरू अशुद्ध नहुनू ।

  • व्यव 14:3-4
    2 पदहरू
    71%

    3तिमीहरूले कुनै घृणित खानेकुरो नखाओ ।

    4तिमीहरूले खान हुने प्राणीहरू यिनै हुन्: गोरु, भेडा र बोका,

  • 15लाटोकोसेराहरूले गुँड बनाउनेछन्, अण्डा पार्नेछन्‌ कोरल्नेछन् र तिनीहरूका बचेराहरूको संरक्षण गर्नेछन् । हो, त्यहाँ आ-आफ्ना जोडीसँग बाजहरू भेला हुनेछन् ।

  • 11आफ्नो गुँडलाई रक्षा गर्ने र आफ्ना बचेराहरूमाथि पखेटा फटफटाउने गरुडले झैँ परमप्रभुले आफ्ना पखेटा फैलाई तिनीहरूलाई थाम्‍नुभयो र तिनीहरूलाई आफ्ना प्वाँखमा बोक्‍नुभयो ।

  • 17बुबालाई खिल्ली उडाउने र आमाको आज्ञालाई खिसी गर्ने आँखालाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्ने छन्, र त्यसलाई गिद्धहरूले खाने छन् ।

  • 33यो जातिका लाशहरू आकाशका चराहरू र जङ्गली जनावरहरूका लागि आहारा हुनेछन्, र तिनीहरूलाई तर्साएर लखेट्ने कोही पनि हुनेछैन ।

  • 26तिमीहरूका लाश आकाशका चराचुरुङ्गीहरू र पृथ्वीका पशुहरूका लागि भोजन हुने छन् । तिनीहरूलाई त्रसित पार्ने कोही हुने छैन ।

  • 16त्यसले त्यसका आन्द्राभुँडीलाई त्यसका मलसहित बाहिर निकाली वेदीको पूर्वपट्‍टि खरानी राखिने ठाउँमा फ्याँकोस् ।

  • 11तर जङ्गली चराहरू र जनावरहरू त्यहाँ बस्‍नेछन् । लाटोकोसेरो र कागले त्‍यसमा आफ्‍ना गुँड बनाउनेछन् । उहाँलले त्‍यसमाथि नाशको नाप्‍ने डोरी र विनाशको सहुल लगाउनुहुनेछ ।

  • 3यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः ठुला पखेटा र धैरै रङ्का लामा सुन्‍दर प्‍वाँखहरू भएको एउटा ठुलो चील उडेर लेबनानमा आयो, र देवदारुको टुप्‍पामा बस्‍यो ।

  • 6कुनै बाटो वा रुख वा भुइँमा बचेरो वा फुलमा माउ बसिरहेको देख्यौ भने माउलाई बचेरोसँगै नलैजानू ।

  • 27के तेरो आज्ञामा गिद्ध माथि-माथि उड्ने हो र अग्ला ठाउँहरूमा आफ्ना गुँडहरू बनाउने हो?

  • 17पृथ्वीमा कुनै पशुको स्वरूप वा आकाशमा उड्ने कुनै चराचुरुङ्गी वा

  • 46सबै पशु, पक्षी, पानीमा चलहल गर्ने सबै जीवित प्राणी, र जमिनमा घस्रने सबै प्राणीसम्बन्धी विधि यी नै हुन्,