अय्यूब 41:5

अनलक शाब्दिक बाइबल

तैले चरासित खेलेझैं के तँ त्योसित खेल्नेछस् र? तेरा दासीहरूका निम्ति तैंले त्यसलाई बाँध्‍नेछस् र?

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 16:25-30 : 25 जब तिनीहरू उत्सव मनाउँदै थिए, तब तिनीहरूले भने, “शिमशोनलाई बोलाओ, ताकि त्यसले हामीलाई हँसाओस् ।” तिनीहरूले शिमशोनलाई झ्यालखानाबाट बाहिर झिके र तिनले तिनीहरूलाई हँसाए । उनीहरूले तिनलाई खम्‍बाहरूका बिचमा खडा गरेका थिए । 26 शिमशोनका आफ्‍नो हात समाइरहेको केटोलाई भने, “यो मन्‍दिर अडाउने खम्बाहरू मलाई छुन देऊ, ताकि म तिनमा अडेस लगाउन सकूँ ।” 27 त्यो मन्‍दिर पुरुष र स्‍त्रीहरूले भरिएको थियो । पलिश्तीहरूका सबै शासकहरू त्यहीं नै थिए । छतमा करिब तिन हजार पुरुष र स्‍त्रीहरू थिए । शिमशोनले तिनीहरूलाई मनोरन्‍जन दिंदा हेरिरहेका थिए । 28 शिमशोनले परमप्रभुलाई पुकारा गरे र भने, “परमप्रभु परमेश्‍वर, मेरो सम्झना गर्नुहोस्! परमेश्‍वर, कृपया मलाई एकपटक मात्र शक्ति दिनुहोस्, ताकि मेरा दुई आँखाको साटो मैले यी पलिश्तीहरूसँग एकै पटकमा बदला लिन सकूँ ।” 29 त्यस मन्‍दिरलाई अडाउने बिचका दुई खम्बालाई शिमशोनले समाए र एउटा खम्बालाई आफ्नो दाहिने हात र अर्कोलाई आफ्नो देब्रे हातले समाएर ती ठेले । 30 शिमशोनले भने, “मलाई पलिश्तीहरूसँगै मर्न दिनुहोस्!” तिनले आफ्नो बल लगाएर हातहरू पसारे र त्यो मन्‍दिर सबै शासकहरू र त्यहाँ भएका सबै मानिसहरूमाथि खस्यो । यसरी तिनी आफू मर्दा आफ्नो जीवनभरमा मरेका भन्दा धेरैलाई मारे ।
  • अय्यू 28:11 : 11 उसले खोलाहरू थुन्छ जसको कारणले ती बग्‍दैनन् । त्यहाँ जे लुकेको छ, त्‍यो उसले बाहिर प्रकाशमा ल्याउँछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 41:1-4
    4 पदहरू
    86%

    1¶ के एउटा बल्छीले तैंले लिव्यातन्‌लाई तान्‍न सक्छस्? अर्थात् एउटा डोरीले त्यसको बङ्गारा बाँध्‍न सक्छस्?

    2के त्यसको नाकमा तैंले डोरी लगाउन सक्छस्? एउटा बल्छीले त्‍यसको बङ्गारा छेड्न सक्छस्?

    3के त्यसले तँलाई धेरै बिन्ती चढाउनेछ र? के त्यसले तँसित नम्र वचनहरू बोल्नेछ र?

    4के त्यसले तँसित करार गर्नेछ, जसले गर्दा सदाको निम्ति तैंले त्‍यसलाई कमारो बनाउनुपर्छ?

  • अय्यू 41:6-7
    2 पदहरू
    83%

    6के मछुवाहरूका समूहरूले त्यसको लागि बार्गेनिङ् गर्नेछन्? के तिनीहरूले त्यसको व्यापार गर्न व्यापारीहरूका बिचमा भाग लगाउनेछन्?

    7के तैंले त्यसको छालामा चक्‍कु हान्‍न, अर्थात् टाउकोमा माछा मार्ने भाला हान्‍न सक्छस्?

  • 39के सिंहनीको निम्ति तैंले सिकार खोज्न सक्छस्, अर्थात् त्यसका डमरूहरूको भोकलाई तृप्‍त पार्न सक्छस्,

  • अय्यू 39:9-14
    6 पदहरू
    73%

    9वन-गोरुले तेरो सेवा गर्न खुसी हुनेछ र? तेरो डुँडनेर बस्‍न त्यो सन्तुष्‍ट हुनेछ र?

    10वन-गोरुलाई हलोको सियोमा हिंडाउन तँ डोरीको प्रयोग गर्न सक्छन्? त्यसले तेरो कुरा मानेर उपत्यकाहरूलाई जोत्‍नेछ?

    11त्यसको बल अत्‍याधिक हुनाले त्यसमा तँ भर पर्छस् र? त्यसले तेरो काम गरोस् भनेर के तैंले आफ्नो काम छाड्नेछस्?

    12तेरो अन्‍न घरमा ल्‍याउन, अन्‍लाई तेरो खलामा जम्मा गर्न, के त्यसमाथि तँ भर पर्छस् र?

    13शुतुरमुर्गका पखेटा हर्षोल्लाससाथ चल्छन्, तर के ती प्रेमका पखेटाहरू र पुच्‍छर हुन् र?

    14किनकि त्यसले भुइँमा आफ्ना फुलहरू छोड्छ, र ती त्‍यसले धूलोमा नै तातो हुन दिन्छ ।

  • 21तैंले तालिम दिएकाहरूलाई नै तेरा खास मित्रहरू हुन परमेश्‍वरले तँमाथि राख्‍नुहुँदा तैंले के भन्‍नेछस्? के यी एउटी स्‍त्रीले प्रसव-वेदनामा पीडा भोगेजस्तै तैंले भोग्‍ने पीडाको थालनी होइन र?

  • अय्यू 39:26-27
    2 पदहरू
    68%

    26के तेरो बुद्धिद्वारा बाज माथि-माथि उड्ने हो र दक्षिणतिर त्यसले आफ्नो पखेटा फिंजाउने हो?

    27के तेरो आज्ञामा गिद्ध माथि-माथि उड्ने हो र अग्ला ठाउँहरूमा आफ्ना गुँडहरू बनाउने हो?

  • 14तर तिमीले त्यसमा रुचि देखाएनौ भने त्यसलाई इच्छा लागेको ठाउँमा जान दिनू । तथापि तिमीले त्यसलाई पैसामा नबेच्नू, त्यसलाई कमारीलाई जस्तै व्यवहार नगर्नू किनकि तिमीले त्यसको सतीत्व नष्‍ट गरेका छौ ।

  • आमो 3:4-5
    2 पदहरू
    68%

    4जङ्गलको सिंहले कुनै सिकार नपाउँदा पनि, के त्यो गर्जन्छ र? जवान सिंहले आफ्नो ओडारमा केही फेला नपारेसम्म, के त्यो ङ्‍यार्रङ्‍यार् गर्छ र?

    5चराको निम्ति चारो नराखेसम्म के त्यो भुइँमा भएको पासोमा पर्छ र? पासोले केही कुरा समाउन नपाउँदा पनि के त्यो भुइँबाट माथि उफ्रिन्‍छ र?

  • 4तपाईंले उहाँको आदर गरेको हुनाले, उहाँले तपाईंलाई हप्काउनुहुन्छ अनि तपाईंलाई इन्साफमा लानुहुन्छ र?

  • अय्यू 39:19-20
    2 पदहरू
    67%

    19घोडालाई त्यसको शक्ति तैंले दिएको हो? त्यसको गर्दनमा जगरले पहिराएको तैंले हो?

    20त्यसलाई तैंले कहिल्यै सलहले झैं उफ्रन लगाएको छस्? त्यसको चर्को हिनहिनाइ डरलाग्दो हुन्‍छ ।

  • अय्यू 39:1-2
    2 पदहरू
    67%

    1¶ चट्टानहरूका घोरल कहिले बियाउँछ भनी तँ जान्‍दछस्? हरिणीले बच्‍चा जन्माउँदै गर्दा के तैंले हेर्न सक्छस्?

    2तिनीहरूले पेटमा पाठा बोक्दा के तैंले तिनीहरूको महिना गन्‍न सक्छस्? तिनीहरूले बच्‍चा जन्माउने समय तँलाई थाहा छ?

  • 31के तैंले किरकिटी ताराहरूलाई साङ्लाले बाँध्‍न सक्छस्? अर्थात् मृगशिराको पुञ्जलाई फुकाल्न सक्छस्?

  • 5वन-गधालाई कसले छाडा छोडेको हो? कुद्‍ने गधाको बन्धन कसले फुकालेको हो,

  • अय्यू 40:8-9
    2 पदहरू
    67%

    8के म अन्यायी छु भनेर तँ साँच्‍चै भन्‍छस्? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस्?

    9के तँसँग परमेश्‍वरको जस्तो पाखुरा छ? के तँ उहाँको जस्तो आवाजले गर्जन सक्छस्?

  • 17हेर्, परमप्रभुले तँलाई फाल्‍न लाग्‍नुभएको छ, ए शक्तिशाली मानिस, तँलाई फाल्‍न लाग्‍नुभएको छ । उहाँले तँलाई कसेर समात्‍नुहुनेछ ।

  • 11जसले पृथ्वीका जन्तुहरूलाई भन्दा बढी हामीलाई सिकाउनुहुन्छ, र जसले आकाशका चराहरूलाई भन्दा बढी हामीलाई बुद्धिमानी बनाउनुहुन्छ?'

  • 23किनकि तपाईंको खेतमा भएका ढुङ्गाहरूसित तपाईंले करार बाँध्‍नुहुनेछ, र वनका पशुहरू तपाईंसित मिलापमा रहनेछन् ।

  • 7तर अब जङ्गली पशुहरूलाई सोध्‍नुहोस्, र तिनीहरूले तपाईंलाई भन्‍नेछन् । आकाशका चराहरूलाई सोध्‍नुहोस्, र तिनीहरूले तपाईंलाई बताउनेछन् ।

  • 5सिकारीको हातबाट हरिण उम्केझैँ र व्यधाको हातबाट चरा उम्केझैँ आफैलाई बचा ।

  • 22मारिनलाई लगिएको गोरुझैँ र पासोमा परेको मृगझैँ त्यो अकस्मात् स्‍त्रीको पछि लाग्यो ।

  • 14तपाईंले मानिसलाई समुद्रका माछाझैँ बनाउनुहुन्छ, घस्रने जीवहरूझैँ जसको कुनै शासक छैन ।

  • 7कुनै मानिसले आफ्नी छोरीलाई कमारीको रूपमा बेच्यो भने कमाराहरूजस्तै त्यो मुक्त भएर जानुहुँदैन ।

  • 17एउटा सुतारो लिएर त्यसको कानको लोती ढोकामा लगाएर छेड्नू, र त्यो जीवनभरि तिमीहरूको कमारो हुने छ । तिमीहरूका कमारीलाई पनि यसै गर्नू ।

  • 20किनकि पहाडहरूले त्यसलाई खानेकुरो जुटाउँछन् । वन-पशुहरू त्यसकै नजिक खेल्छन् ।

  • 25तपाईंले एउटा उडेको पातलाई सताउनुहुन्‍छ र? तपाईं सुकेका झारपातको पछि जानुहुन्‍छ र?

  • अय्यू 13:8-9
    2 पदहरू
    66%

    8उहाँलाई तपाईंहरू पक्षपात गर्नुहुनेछ र? परमेश्‍वरको लागि तपाईंहरू मुद्दाको बहस गर्नुहुनेछ र?

    9उहाँले तपाईंहरूको खोजी गर्नुहुँदा तपाईंहरूको भलो हुनेछ त? तपाईंहरूले मानिसहरूलाई छल गरेझैं उहाँलाई छल गर्न सक्‍नुहुन्छ र?

  • 15अब मैले तँलाई बनाउँदा बनाएको बहेमोथलाई विचार गर् । एउटा गोरुले झैं त्यसले घाँस खान्छ ।

  • 3के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ?

  • 19तपाईंको धन-सम्पत्तिले तपाईंलाई यति फाइदा दिन्‍छ जसले गर्दा तपाईं निराशामा पर्नुहुन्‍न? अर्थात् तपाईंको ताकतको सबै शक्तिले तपाईंलाई मदत गर्न सक्छ?

  • 19आकाशमा चिलको चाल, चट्टानमा सर्पको चाल, समुद्रको बिचमा जहाजको चाल र तरुणीसित पुरुषको चाल ।

  • 5के वनको गधाले घाँस पाउँदा यो निराशमा कराउँछ र? वा के गोरुले कुँडो पाउँदा यो डुक्रन्छ र?

  • 20हे मेरो छोरो, तँ किन व्यभिचारी स्‍त्रीद्वारा फसाइने? तैँले किन अनैतिक स्‍त्रीलाई अङ्गालो हाल्ने?

  • 6कुनै बाटो वा रुख वा भुइँमा बचेरो वा फुलमा माउ बसिरहेको देख्यौ भने माउलाई बचेरोसँगै नलैजानू ।

  • 4के तपाईंका मासुका आँखा छन्? के मानिसले झैं तपाईं देख्‍नुहुन्छ?

  • 13जसले गर्दा आफ्‍नो आत्मालाई तपाईंले परमेश्‍वरको विरुद्धमा फर्काउनुहुन्छ, र आफ्नो मुखबाट यस्ता वचनहरू बोल्‍नुहुन्छ?